SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » उपन्यासकार मणिकुमार शर्माको ‘लत्याएको फूल’लाई उकेरा लाउने प्रयासमा
समीक्षा

उपन्यासकार मणिकुमार शर्माको ‘लत्याएको फूल’लाई उकेरा लाउने प्रयासमा

कृष्ण प्रधानBy Sahitya SagarMay 17, 2023No Comments24 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कृष्ण प्रधान सिर्जना एवम् समीक्षाका माध्यमबाट नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनी नेपाली भाषा साहित्यकै प्राध्यापन र साङ्गठानिक ढङ्गले पनि भारतको सिलिगुडीमा बसेर निरन्तर नेपाली साहित्यको विकासमा लागिरहेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको मणिकुमार शर्माको लत्याएको फूल उपन्यासमाथि लेखिएको समीक्षालाई समेटिएको छ । यस समीक्षामा केही सर्वेक्षणात्मक र केही उपन्यासको संरचनात्मक अध्ययन भएको छ । लत्याएको फूल उपन्यासलाई सिलिगुडीको औपन्यासिक यात्रामा महत्त्वपूर्ण उपलब्धीका रूपमा मूल्याङ्कन गरिएको छ ।

-सम्पा.

नेपथ्यिका –
सिलिगुड़ीको साहित्य फाँटले यो वर्ष २०२२ को सिरानमै एक जना उपन्यासकार पाएको छ । पश्चिम बङ्गाल पुलिस विभागको सब इन्सपेक्टर पदमा कलकत्ताका विभिन्न थाना राँटो लाउने यी उपन्यासकार हाल सिलिगुड़ीमै स्थायी रूपमा बसाइँ सरेका छन् । कलकत्तामै छाँदा दिनभरि पुलिसको ड्युटीमा व्यस्त रहे पनि आफ्नो निखार–पखार जोसले कलकत्ताका स्थानीय संस्थामा संलग्न हुनु मात्रै होइन यी उपन्यासकारले साहित्यिक पत्रिका सम्पादन तथा प्रकाशन गरी कलकत्ताको नेपाली साहित्यको विकास तथा संरक्षण–संवर्द्धनमा सोह्रै आना परिश्रम, लगनशीलता फुर्मास गरिसकेका छन् ।

आफ्नो दीर्घ सेवाकालपछि पश्चिम बङ्गालको पुलिस विभाग अन्तर्गत सब इन्सपेक्टर पदबाट अवकाश ग्रहण गरी सिलिड़ीको प्रधाननगरमा स्थायी रूपमा बसोबासो गर्न थालेपछि यी उपन्यासकार चुपो लागि बसेनन् । सिलिगुड़ी सिक्सटी प्लस एसोसिएसनमा संलग्न रही आजीवन सदस्यको रूपमा थुप्रै वर्ष फुर्मास गरेपछि एसोसिएसनको संरक्षण–संवर्द्धनमा अहर्निश खटेर हाल यिनी यसै एसोसिएशनका महासचिव पद सम्हालेर एसोसिएसनलाई बलियो बनाउन ठ्याम्मै कञ्जुसी नगर्ने उपन्यासकार कहिले एसोसिएसनको मुखपत्र ‘सिक्स्टी पल्स’ –बोकी बिक्री वितरण गर्न साथीहरूलाई हुटहुट्याएर कहिले दार्जिलिङ जिल्लाका विभिन्न ठाउँमा दुगुरिरहेका हुन्छन् भने कहिले कालेबुङ जिल्लाका विभिन्न ठाउँमा ता कहिले डुवर्सका कुना–काप्चा राँटो लाइरहेका हुन्छन् । साहित्यप्रति अच्चाकाली मोह भएका यी उपन्यासकार कविता पनि कथ्छन् । कविता कथ्नु मात्र होइन फेसबुकमा अपलोड गरिएका कवितामाथि टड़्कारो मन्तव्य पोख्नमा पनि यिनलाई खप्पिस देखिन्छ ।

उर्जाशील, उद्यमी, लगनशील, जोशिला. हरिला–भरिला उपन्यासकार हुन् मणिकुमार शर्मा । सिलिगुड़ीको नेपाली उपन्यास फाँटमा नेपाली उपन्यास लेखनमा खड़ेरी परिरहेको बेला मणिकुमार शर्मा ’लत्याएको फूल’ नामक उपन्यास लिएर सिलिगुड़ी मात्र होइन भारतीय नेपाली उपन्यास लेखनमा खड़ेरी परिरहेको समयमा सिङ्गो भारतीय नेपाली उपन्यास फाँटलाई प्रतिनिधित्व गर्न हाम्रो अघि उपस्थित भएका छन् सिलिगुड़ीका उपन्यासकार मणिकुमार शर्मा । उपन्यासकारलाई न्यानो स्वागत ।

पूर्वपीठिका –
जहाँसम्म सिलिगुड़ीको उपन्यास फाँटमा उपन्यास लेखनको प्रश्न छ, भारतमा उपन्यास लेखन परम्परा सर्वप्रथम सिलिगुड़ीदेखि अलिक पर….बैकुण्ठपुर राज फरेष्ट, जलपाइगड़ीबाटै थालनी भएको पाइन्छ । खरसाङका पत्रकार, साहित्यकार बाबु प्रतिमानसिंह लामा, के.एफ.सी, बैकुण्ठपुर फरेष्ट रेञ्जमा उच्च ओहोदामा सरुवा भएर आएपछि यसै समयमा लेखिएको यिनको उपन्यास ‘महाकाल जासूस’ सन् १९१८ मा खरसाङको हरि प्रिण्टिङ प्रेसबाट प्रकाशित भएको पाइन्छ । यो उपन्यास सिङ्गो सिलिगुड़ी मात्र होइन सिङ्गो दार्जिलिङे नेपाली उपन्यास फाँटमा प्रथम मौलिक उपन्यासका रूपमा प्रकाशित हुने पारषमणि प्रधान सम्पादित ’चन्द्रिका’ (दिसम्बर १९१८) मा प्रकाशित विज्ञापन मार्फत जानकारी पाइए तापनि यो ’महाकाल जासूस’–को प्रकाशित अनुहार भने बजारमा कसैले देख्न पाएनन् । कारण उक्त उपन्यास स्वतन्त्रता आन्दोलनको पक्षमा अथवा ब्रिटिसहरूका विरुद्ध विषयवस्तु बनाएर लेखिएको हुनाले ब्रिटिसहरूले ’महाकाल जासूस’का जम्मै प्रतिहरू नाश गरे भन्ने विचार पाइएको छ । अर्कोतिर उपन्यासमा राणा विरोधी कुराहरू लेखिएका हुनाले नेपालका राणाहरूका जासूसहरूले ’महाकाल जासूस’–का खाराक–खुरुक प्रतिहरू आफूसितै लगेर काठमाडौंमा जलाएर खरानी पारिदिएको तथ्य पनि सुनिन्छ । जे होस्, विस्तृत जानकारी अनुसार ’महाकाल जासूस’लाई नै भारतको पहिलो नेपाली उपन्यासका रूपमा ग्रहण गरिन्छ । भारतीय नेपाली उपन्यास फाँटमा देखा परेको प्रथम नेपाली उपन्यास ’महाकाल जासूस’ पछि असमबाट धनबहादुर राई लिखित उपन्यास ’एक थुँगा फूल’ सन् १९२९ मा दोस्रो भारतीय नेपाली उपन्यास रूपमा प्रकाशित भएको पाइन्छ । ’फूलको थुँगा’ उपन्यास छापिएको ७ वर्षपछि अर्थात् सन् १९३६ मा दार्जिलङबाट रूपनारायण सिंह लिखित उपरन्यास ’भ्रमर’ प्रकाशित भएको पाइन्छ । भारतीय नेपाली उपन्यास फाँटको क्रममा हेर्दा ’भ्रमर’को तेस्रो स्थान रहे पनि स्वच्छन्दतावादी प्रवृत्तिमा लेखिएको यो उपन्यास आधुनिक हुनाका साथै उच्चस्तरीय उपन्यास भएकोले रूपनारायण सिंह ’भ्रमर’–लाई दार्जिलङ, असम तथा सिलिगुड़ी मात्र होइन सिङ्गो भारतकै पहिलो भारतीय नेपाली उपन्यास मानिएको छ ।

त्यसपछि टिष्टा–रङ्गीतबाट कति पानी बग्दै सागरदेखि महासागर पुगिसके । भारीतय नेपाली साहित्यको फाँट विस्तृत हुँदै गयो । भारतीय नेपाली साहित्य फाँटला विस्तृत अनि फाँटिलो बनाउन सिङ्गो भारतबाटै साहित्यका विभिन्न विधाका कृतिहरू प्रकाशित हुने थाले । सिलिगुड़ीकाक साहित्यकारहरू पनि सुस्तरी चालमा साहित्यको विकास गर्ने काममा लागिपरे । अहिलेसम्म सिलिगुड़ीको साहित्य फाँटमा तीन–चार दर्जनभन्दा धेर कृतिहरू प्रकाशित भएको पाइए तापनि उपन्यास लेखनमा भने खड़ेरी नै परिरह्यो । सन् १९६८ मा सर्वप्रथम चन्द्रकुमार राई (कदमतला)को उपन्यास ’झरेको फूल’ प्रकाशित भएको पाइन््छ । यो उपन्यास छापिएको बीस वर्षपछि अर्थात् सन् १९८८ मा पाण्डव छेत्री (दुइ माइल)को उपन्यास ’अशेष यात्रा’ प्रकाशित भएको पाइन्छ । उपन्यासकार पाण्डव छेत्रीका हातमा चार–पाँचवटा उपन्यासका तयार पाण्डुलिपि भए पनि उनले ती उपन्यास प्रकाशित गराउन कुनै रहर नगरेको देखिएकोले ती उपन्यासहरू हाल स्मृतिको गर्भमा विलिन भइसकेका छन् । सिलिगुड़ी नेपाली उपन्यास लेखनको फाँटमा सर्वप्रथम चन्द्रकुमार राई र दोस्रो उपन्यासकार रूपमा पाण्डव छेत्रीले उपन्यास प्रदान गरेपछि उसो सिलिगुड़ीबाट तेस्रो उपन्यासको निम्ति सिलिगुड़ीको नेपाली उपन्यास फाँटले ३३ वर्ष कुर्नुपर्‍यो । बल्ल बल्ल ३४ वर्षको आरम्भमै सिलिगुड़ीको नेपाली उपन्यास फाँटमा देखा परेका छन् मणिकुमार शर्मा उनको नयाँ उपन्यास ’लत्याएको फूल’ लिएर ।

’लत्याएको फूल’ –

उपन्यासकार मणिकुमार शर्माले उनको उपन्यास “लत्याएको फूल’’–को निम्ति भूमिका लेखिदिनुपर्नेबारे जुन दिन विशालकाय पृष्ठको पाण्डुलिपि मेरो हातमा सुम्पे त्यति नै बेलादेखि उपन्यास आद्योपान्त पढ़्नमा आफूलाई सम्पूर्ण रूपमा उपन्यामभित्र संलग्न गराएँ । उपन्यास दोहोर्‍याइ–तेहेर्‍याइँ पढ़ेपछि मलाई चार्ली च्यापलिनको आफ्नो निर्देशन, लेखन अनि सङ्गीतमा सन् १९२१ मा निर्मित साइलेण्ट कमेडियन ड्रामा “द किड“–को सँगसँगै स्मरण भयो । चार्लीको जीवनको पहिलो निर्देशित यो पूर्णाङ्ग कमेडी फिल्म हो । यस कमेडी फिल्ममा बतासे नानीले ढुङ्गा हानेर हानेर झ्यालको ऐना फुटाउँछ । ताकि त्यो फुटेको ऐना चार्लीले फेर्न सकोस् । कारण चार्ली यस काममा निपूर्ण थिए ।

सद्दे समाजमा बसोबास गर्ने एकजना सद्दे उपन्यासकारले झ्यालका ऐनाहरू ढुङ्गा लागेर चूर भएको मात्र होइन सिङ्गो घरलगायत तलैतलाको घर गार्लाम् गुर्लुम ढलेको कुराहरू लेख्न चाहन्छन् । यस्तो दुःखद स्थितिमा पिरोलिएर छताछुल्ल हुने समय नै एकजना सद्दे उपन्यासकारले उपन्यास लेख्ने सुमय हो । समाजका यिनै सत्य कथालाई उपन्यासकार मणिकुमार शर्माले आफ्नो उपन्यासमा प्रस्तुत गरेर एकजना उपन्यासकारमा हुने बिरुवाका चिल्ला पातका लक्षण देखाएका छन् ।

कुरै कुरामा भन्नु हो भने, उपन्यासकार मणिकुमार शर्मा ग्रीकका उपन्यासकार कासान्द्राजस्तो उपन्यासकार पनि होइनन् । कासान्द्राका जति पनि उपन्यासहरू देखिन्छन् तिनमा कासन्द्राले चरित्रहरू धेर बनाएका देखिन्छ । उपन्यासमा यति धेर बनावटी कुरा वा उपन्यास चाखलाग्दो पार्नलाई उपन्यासलाई बनावटी, कृत्रिम युद्ध, चरित्र समावेश गरिँदा उपन्यासलाई रानी बनाउने धुनमा उपन्यास तयार पार्दा त्यो कानी नै धेर बनिने सम्भावन देखिन्छ । जस्तो कासान्द्राका उपन्यासहरूमा देखिन्छन् । तर मणिकुमार शर्माको प्रस्तुत “लत्याएको फूल“–मा कुनै कृत्रिमता, बनावटी ठ्याम्मै देखिन्न । उपन्यासमा सत्य घटना वा वास्तविक घटना नभए पनि सत्य र वास्तविकजस्तो लाग्ने घटनावलीलाई बुन्नमा उप्यासकार सफल देखिन्छ । यस उपन्यासमा बनाएको कुरालाई पनि तथ्यरूपमा प्रस्तुत गरेर भएको कुराको सङ्केत गरेको पाइन्छ । प्रस्तुत उपन्यास सामाजिक यथार्थवादी वा आदर्शोन्मुख यथार्थवादी ढाँचामा लेखिएको पाइन्छ ।

कथासार –

खरसाङको सन्तमेरिज हिल्सबाट कलकत्तामा नोकरी गर्न आएको पारष र खरसाङ्कै अम्बोटे कमानबाट घरको आर्थिक अवस्थामा भरथेग पुर्‍याउन कलकत्तामै नोकरी गर्न आएकी तृष्णा प्रमुख पात्र छन् । तृष्णा कलकत्ताको एउटा फिनान्स कम्पनी एकवर्षदेखि कार्यरत छन् । पारष पनि डलहाउसीमा कार्यरत छ । यिनै पारष र तृष्णालाई मूल पात्र र मूल पात्राको रूपमा प्रस्तुत गरेर उपन्यासलाई विभिन्न घटना, विभिन्न तथ्यको लेप लगाएर मानसिक उथुलपुथुलको बेलिविस्तार गराइएको पाइन्छ । पारष डलहाउसीस्थित कार्यालयमा सधैँ निजी गाड़ीमा आउने–जाने गर्छ । पार्क सर्कसको बस बिसाउनी नाँघेपछि हठात् पारषले एकजना युवती बस बिसाउनीमा उभिरहेकी देख्छ । झट्ट हेर्दा चिनेको चिनेको जस्तो, कतै भेटेजस्तो लागेकोले पारषले गाड़ी रोकी तृष्णा नै हो भन्ने ठानी तृष्णा भनी बोलाउँछ । कलकत्ताजस्तो महानगरी मात्रै होइन अपरिचित ठाउँमा पनि कसैले तृष्णा भनेर बोलाइदिँदा कौतुहल जाग्नु स्वाभाविकै हो । तर उनलाई नामैले बोलाउनेलाई देखेर तृष्णालाई पारष भनेर ठम्याउन गाह्रो पर्दैन र नै तृष्णाको मुखबाट अचानक उच्चारण हुन्छ – “अप्पुई ! पारष दाज्यू ?“

उहिले कलेजमा भेट भएको । पारष तेस्रो वर्ष पढ़्दाहुँदी तृष्णा पहिलो वर्षकी विद्यार्था । कलेजको एउटा कार्यक्रममा भेट– परिचय । पारष र तृष्णाको पुनः परिचय र दिनहुँको भेटले उनीहरूको घनिष्टता निकै झ्याङिएर जान्छ । आरम्भमा पारषले तृष्णालाई “तपाई…तपाईं“ भनेको मन नपरेर पछि तृष्णाले तपाई नभनेर तिमी भन्ने आग्रह गर्छे । त्यसपछि पारषले तिमी भनेरै सम्बोधन गर्न थाल्छ । मोबाइल नम्बर आदान प्रदान । साँझ पख मोबाइलमा लामो गफ । तृष्णा साथीको फ्ल्याटम बस्छे । उनलाई फ्ल्याटको जिम्मा लाएर साथी अमेरिका गएकी कुरा तृष्णाले पारषलाई बताउँछे । कुरै कुरामा पारषले तृष्णालाई कतै घुम्न जाने प्रस्ताव राख्दा आइतबार छुट्टीको दिन जाने निर्णय हुन्छ । घुम्न जाँदा गाड़ीमा पारष र तृष्णामाझ घरकै कुरा हुन्छ । तृष्णा आमा, एक बहिनी र एक भाइका सन्तान । बाबु माटोको आन्दोलनमा पुलिसको गोलीको शिकार भएका हुन्छन् । आमा अम्बटे कमानमा पत्ती टिप्न जान्छिन् । भाइ–बहिनी स्कूल, पारषका भने बाबा, आमा अनि एक जना भाइ हुन्छन् । तृष्णाले पारषका बाबाबारे कता कता सुनेकी थिए । उनको परिवारमा छोरी जातिलाई त्यति मान्यता दिइँदैन थियो किनभने पारषका बाबा गम्भीर सरदार पुराना विचारधाराका हुनका साथै दाइजोमाथि निकै आसक्ति भएका ढिट व्यक्तित्वका धनी । निको पार्क घुमिसकेपछि यी दुवै भर्खर परिचित साँझ पख फर्किन्छन् । तृष्णा गाड़ीबाट ओर्लिने बेलामा लभ यु भने पनि तृष्णाबाट कुनै प्रत्युत्तर पाउँदैन । यसरी पारषले तृष्णालाई भित्र–भित्रै मनपराएको थियो । तर तृष्णा भने एकमात्र आमा, भाइ–बहिनीकै याद राख्नमा मस्त युवती । त्यैमाथि कमान बन्द आमाको । बोनसको नामोनिशान छैन । घरको आर्थिक अवस्थामा कुनै कमी कमजोरी नआवोस् र भाइ–बहिनीको पढ़ाइमा कुनै किसिमको वाधा उत्पन्न नहोस् भन्ने ध्याउन्नमा सोझै नोकरी गर्नमै व्यस्त र मस्त । एकदिन सिनेमा हेर्न जाँदा पारषले “पपी“ माग्छ । तृष्णा लजाएर “छ्या“ भनी तर्किन्छे ।

दशैको छुट्टीमा घर जाने निर्णय । पारषका बाबाले फोनमा यसपाली दशैंको छुट्टी लामो लिएर आउँनु भन्ने आदेश दिँदा पारषको मनमा एक प्रकारको चिसो पस्यो । पारष र तृष्णा सँगै एउटै रेलमा घर आउँछन् । कुरै कुरामा आमाले तृष्णालाई बिहेको प्रस्ताव राख्छिन् । आमा बुझकी छन् । उनी अचेलका छोरा–छोरीको केही भरोसा हुन्न भन्छिन् । पहिल्यैबाट आफ्ना जीवन साथी रोजेका हुन्छन् । आमाले यो कुरा राख्दा तृष्णाले पारषको सबै कुरा बताउँछिन् । आमाले कुनै आपत्ति गर्दिनन् । त्यसरी नै पारषको घरमा पनि तृष्णाको कुरा हुन्छ । पारष परिवारबाट कुनै आपत्ति वा विरोध हुँदैन । नियमपूर्वक मगनी हुन्छ । तर तृष्णा भाइ–बहिनीलाई पढ़ाउने कुरामा ढीट भएरै बिहे गर्न मान्दिनन् तर लगन आएपछि कसको के लाग्छ र ?

धुमधामले बिहे सम्पन्न हुन्छ । दुवै लोग्ने स्वास्नी कलकत्ता आएपछि पारषकै घरमा तृष्णाको पनि वास हुन्छ । अमेरिकाबाट साथी रजनी र उनका पति विवेक आउने सूचना पाउँछे । कलकत्तामा बिहे भोजको निम्ति अफिसका साथीहरू निम्त्याइन्छ । बिहे भोजमा रजनीको अनुरोधमा तृष्णाले गीत गाएर सबैलाई मनोरञ्जन प्रदान गर्छिन् ।

दुवै दम्पत्ति दक्षिणेश्वर मन्दिर जान्छन् । पूजा अर्चना गरेर फर्किँदा बाटामा तृष्णाले पतिदेव पारषलाई के वरदान माग्नुभो भनी सोध्दा पारषले छोरो मागेको कुरा जनाउँछ । तर तृष्णाले छोरी नै मागेकी कुरा गर्छे । छोरा राम्रो कि छोरी राम्रो भन्नेबारेमा दम्पत्तिद्वयको तर्क चल्छ । तृष्णाले राम्रो तर्क राख्छे ।

तृष्णालाई नर्सिङ होममा भर्ना गरिन्छ । तृष्णाको घरबाट आमा र भाइ दीपेश आउँछन् । दिपेश फर्केपछि दिपेशले पारषका आमालाई लिएर आउँछ । दुई सम्धिनीको कलकत्तामा बेजोड़ घुमाइ हुन्छ । तृष्णाको छोरी जन्मिन्छे । दुवै आमा–बाबाले पहिलो सन्तानको नाम अञ्जुली राख्छन् । न्वारानमा मयूरभञ्बाट आएका डिस्को बाजेले तर नानीको राशीनुसार छोरीको नाम मनोज्ञा राख्छन् ।

आमा बिसञ्चो भएकी खबर गम्भीर सरदारले छोरो पारषलाई दिन्छ । आमाको छाती दुखेर सिलिगुड़ीको नर्सिङ होममा जचाउँन लगेको तर ग्यास भएको कुरा डाक्टरले दिएपछि उनीहरू फेरि खरसाङ नै लाग्छन् ।

अचानक पारषका बाबा गम्भीर सरदार लड़ेर खबर पाएर पारष त्यति नै बेला इन्डिगो हवाइ जहाजमा चढ़ी बाघडुग्रा गएर पोर्टमा ओर्ली एउटा गाड़ी लिएर सोझै नर्सिङ होममा लाग्छ । नर्सिङ होममा पुगेपछि पारषको भाइबाट बाबाको अन्तिम चोला उठिसकेको थाहा पाउँदा पारष बिलखबन्द पर्छ । ससुरा बितेका खबर पाएर तृष्णा पनि नानी च्यापी ससुराली घर लाग्छे ।

अन्त्येष्टि क्रिया सकिए पछि बृद्ध आमा एक्लै हुन्छिन् र तृष्णालाई ससुरालीमै बस्ने प्रस्ताव राख्दा छोरीको पढ़ाइमा ध्यान दिने तृष्णाले पति पारषको कुरा अस्वीकार गर्दै आफ्नो नोकरी पनि नछोड़्ने कुरा गर्छे । बुझकी आमाले उनको हेरचार र स्याहार सुसारको निम्ति कम्सिरीकी बड़ीले एउटी लठेब्री केटीलाई ल्याएर राखिदिने कुरा सुनाउँछिन् ।

आमा फेरि साह्रो भएकी खबर पारष विचलित बन्छ । र तृष्णालाई घर गएर बसे सबै कुरोको समाधान हुन्छ भन्ने प्रस्ताव राख्दा फेरि तृष्णाले नोकरी कुनै हालतमा पनि छोड़्न सक्तिनँ भनेर पारषको कुरालाई टाटो मार्छे । यतिकैमा दुइ दम्पत्तिमाध मनोमालिन्य शुरु हुन्छ । दुवै माझ तर्क–वितर्कले सीमा नाँघ्दा पारषले सहन नस्की तृष्णालाई चड़्याम्म…झ्याँपट कस्छ । त्यतिबेलै मस्तु निद्रामा सुतिरहेकी छोरी अञ्जली उर्फ मनोज्ञा कहालिएर उठ्छे ।

सधैं बेलुकी सात बजे नै घर पस्ने पति आठ बजे घर पस्छ । पारष मातेर टुन्न भई घरभित्र पस्छ । मातेर टुन्न भई तृष्णाको छेउमा उभी फ्लाइटको टिकट दिन्छ । आमाले यतै ल्याउने कुरा गर्छ । फेरि बातैबातमा पारषले तृष्णालाई थप्पड हिर्काउँछ । दुवै लोग्ने स्वास्नी भाकभाक र भुकभुक पर्छन् । पारषको प्रहारले तृष्णा अचेत हुन्छे ।

साह्रै मर्माहत भएर तृष्णाले च्यापी उनका साथी रजनीलाई वृतान्त बताउँदै राति नै रजनीको घरमा आउने कुरा जनाउँछिन् । रजनी र उनका पति विवेक गाड़ी लिएर आई तृष्णा र छोरीलाई लिएर उनीहरूको फ्ल्याटमा लिएर जान्छन् ।

अञ्जली ठूली भई । उसलाई आमा तृष्णाले अङ्ग्रेजी माध्यमको स्कूलमा भर्ना गरिदिए पनि नेपाली भाषा साहित्यबारे दिनुपर्ने जम्मै ज्ञान दिएकी छन् । तृष्णाकी बहिनी उर्वशीले माध्यमिक पास गरी कलकत्ता आई तृष्णासँदै बसेर कम्प्यूटर कोर्स गर्न थालेकी छन् । तृष्णाकी आमा बितेको तीन वर्ष भइसकेको छ । भाइ दिनेश खरसाङ कोर्टमा काम गर्दैछ । अम्बटे कमानको प्राथमिक पाठशालाकी शिक्षिकालाई बिहे गरेको छ ।

पारषले यती एकपल्ट पनि तृष्णाको खोज गरेको छैन । अरू कसैसित घरजम नहुँदा कलकत्ताको नोकरी छोड़ी खरसाङमै ठिकादार गर्दैछ । अञ्जलीले पाँच–पाँचवटा विषयमा स्टार अङ्क प्राप्त गरी उच्च माध्यमिक उत्तीर्ण गरेपछि जोइन्ट इन्ट्रान्स गरी डाक्टर पढ़्न थालेकी छे । उता उर्वशीले पनि कम्प्यूटर कोर्स सिद्ध्याएपछि विवाह गरेर बङ्लोरमा काम गर्दैछे । यसैबीच तृष्णा पनि सोही कम्पनीमा डाइरेक्टर भएर सिलगढ़ी सरुवा भएकी छन् । अञ्जली डाक्टरी उत्तीर्ण गरी नेत्र विशेषज्ञ भएकी छे । अञ्जली सिलिगुड़ीको नेत्रालयमा जोइन गरेकी छे । घरको आर्थिक अवस्था बलियो हुनाका साथै निकै परिवर्तन पनि आइसकेको छ ।

आमा छोरी सधैँ एकैसाथ आ–आफ्नो ड्यूटी लाग्छन् । दुवैको कर्मस्थल बेग्ला–बेग्लै ठाउँमा भए पनि आमा छोरी एउटै अटोमा चढ़ेर छोरी अञ्जली नेत्रालय छेउ ओर्लिन्छे अनि आमा तृष्णा सोही अटोमा चढ़ी आफ्नो कार्यालयमा लाग्छे । नेत्रालयको सङ्घारमा पुग्ने बित्तिक्कै आँखा जँचाउन आउने रोगीहरू सबै जाराकजुरुक उठी अभिवादन गर्छन् । डाक्टर अञ्जलीले सो अभिवादगन ग्रहण गरी आफ्नो च्याम्बरमा पस्छे । उनको सहायकले रोगीहरूको नाउँको सूची टेबलमा राखिदिन्छे । सूचीमा थुप्रै रोगीहरूका नामहरूमध्ये पहिलो सूचीमा पारष छेत्रीको नाम देखेर डाक्टर अञ्जलीका आँखा ठुल्ठूला हुन्छन् । सेविकालाई कुनै कुरा थाहा पाउन नदिई सर्वप्रथम पारष छेत्रीलाई भित्र बोलाउने निर्देश दिन्छे । सेविकाले प्रथममै पारष छेत्रीको नाण बोलाएर च्याम्बरभित्र पस्ने सङ्केत गरी । कालो चश्मा लाएको रोगी आफ्नो भाइ प्रदीपको सहायता लिएर भित्र पस्यो । धमिलो देखिए पनि सङ्केतमै डाक्टरलाई प्रणाम गर्छ । प्रदीपले पनि नमस्कार गर्छ । डाक्टरले उमेर सोधेपछि साठी वर्ष पुगेको पारष छेत्रीको आँखा जाँच गर्छे । सम्पूर्ण जाँच गरेपछि डाक्टर अञ्जली आँखा ठिक हुने सम्भावना देखिएको छ र पहिले एकपल्ट फिजिसियनलाई जाँच गराउने आदेश दिन्छे । एकैखेपमा बीस–बीस जना रोगी जाँच्दा प्रायः तीन बजिसकेको थियो । उनलाई आमा तृष्णा लिन आएकी रहिछे ।

घरमा आएपछि आमा छोरी एकैसाथ बसेर चिया पिउन थाल्छन् । गफको सिलसिला चल्दै जाँदा अञ्जलीले उनकै बाबा वा तृष्णाका पति महोदयको आँखा जाँच गरेकी कुरा सुनाई । छोरीको कुरा ध्यानपूर्वक सुन्दै गर्दाहँुदी तृष्णालाई पारषको मुहार अनि आफ्नी छोरीको अनुहार देखेर एकोहोरो भइन् । अञ्जलीको विवरणले सो रोगी मानिस तृष्णाकै बाब पारष छेत्री हो भन्ने कुरा अञ्जलीलाई बताई । अञ्जलीले अघि आफ्नो च्याम्बरमा पारषले थाहा नपाउने गरी मोबाइलमा खिँचेकी फोटो देखाई । तृष्णाले मोबाइलमा खिचिएको नक्सा ध्यान लाएर हेर्छे अनि हेर्दा हेर्दै उसको आँखाबाट बररर…आँसु खस्न थाल्छ ।

पारष छेत्रीका दुइवटै आँखाको अपरेशन गर्नुपर्ने कुरा सुन्दा खर्च निक्कै लाग्ने कुरा गर्छे । डाक्टर अञ्जलीले यो केशलाई व्यक्तिगत बनाई निःशुल्क अपरेशन गराउने कोशिस गर्नाका साथै औषधिको पैसा लागे पनि पचास प्रतिशत छूट गराउने प्रयास गर्ने कुरा बताउँछे ।

पारषले उनका दाजुको अपरेशनको खर्छ कति होला भन्ने प्रश्न गर्दा यो कुरा सुनेर डाक्टर अञ्जलीले सबै निःशुल्क गरिदिने अनि औषधिको खर्चको पचास प्रतिशत मात्रै तिर्नुपर्ने कुराको जानकारी दिन्छे ।

अपरेसन भयो पारषको । डाक्टर अञ्जलीको जीवनमा यो प्रथम ठूलो अपरेसन थियो । पाँच दिनपछि डाक्टर अञ्जली स्वयमले पारषको आँखाको पट्टी खोल्छे । पट्टी खोल्नुभन्दा अघि डाक्टरले पारषलाई पट्टी खोलिएपछि सर्वप्रथम कसलाई हेर्न चाहनुहुन्छ भने पारषले कसैको नाम नलिई जसले अगाध माया र स्नेहका साथ निःशुल्क आँखा अपरेशन गरी, तिनै नारीशक्तिकको साक्षात् रूप मेरी प्यारी डाक्टरलाई नै पहिलोपल्ट हेर्न चाहन्छु भन्ने जवाफ दिन्छ ।

आँखाको पट्टी खोलिएपछि डाक्टरले पारषलाई बिस्तारै आँखा खोल्ने निर्देश दिन्छ । दुवै आँखा खोलिएपछि आफनो अघिल्तिर एउटा प्रतिमा उभिएकी जस्तो मात्र देख्छ । आँखीभौं केही तलमाथि गरेपछि आफू अघि एउटी साक्षात् देवी मुस्कुराउँदै उभिएकी देख्छ । त्यसपछि भित्तामा लेखिएको बोर्डमा लेखिएका अक्षरहरू एकेक गरी पढ्न लाउँछे । ती अक्षरहरू पारषले निर्धक्क पढिदिदँदा डाक्टर अञ्जलीले पारष पास भएको कुरा सुनाउँदै उनलाई बधाई दिँदै थपड़ी मार्छे । साथ साथै उनकी सहायिकाले पनि अनि पारषले पनि हाँस्दै खुसीको थपड़ी बजाउँछ ।

घर आएपछि डाक्टर अञ्जलीले अपरेशनको नालीबेली बताउँदै अपरेसन सफल भएको कुरा सुनाउँछे । यो खबर सुनेर तृष्णा भावुक बन्छे र पारषसित बिताएका रमाइला क्षणहरू एकाएक सम्झनामा डुब्छे ।

अङ्ग्रेजी विषयमा शिक्षा हासिल गरे पनि आमाले छोरीलाई नेपाली भाषा साहित्यप्रति मोह बढ़ाएकीले अञ्जली साहित्य, सामाजिक सञ्जाल तथा पत्र–पत्रिकातिर डाक्टर कवि नाउँमा आफ्नो मौलिक रचना छपाइ निक्कै ख्यातिप्राप्त गरिसकेकी छ । यिनका क्रन्दन, आमाको काख, व्यथा, हाम्रो चियाबारी, नारीको आँसु आदि कविताले बजार पिटेको छ ।

साहित्यप्रतिको छोरीको यस्तो करामती र ख्याति देखेर आमा तृष्णाले छोरी अञ्जली उर्फ डाक्टर कविलाई एउटा कविता सङ्ग्रह प्रकाशित गर्नुपर्ने सल्लाह दिन्छे । अहिले बेला भएको छैन भनी अञ्जली कविता सङ्ग्रह छाप्ने कुरा त्यतिकै टार्छे । खरसाङको नयाँ बजारको सार्वजनिक भवनमा खरसाङ नेपाली साहित्य समाजले नेपाली भाषामा कविता प्रतियोगिता आयोजन गर्ने भएकोले डाक्टर कवि अञ्जलीले पनि भाग लिने निर्णय लिन्छे । उक्त प्रतियोगितामा उपस्थित भएर प्रतियोगिताको गरिमा बढ़ाइ दिनाका निम्ति मुकेश शर्मा निम्तो पत्र लिएर पारषको घर पुगेर निम्तो पत्र दिन्छ । निम्तो पत्रमा श्री पारष छेत्री, सचिव, सेन्टमेरिज हिल्स ग्राम सुधार समिति लेखिएको हुन्छ । आरम्भमा पारषले साहित्य त्यति बुझ्दिनँ भने पनि डाक्टर कविले पनि भाग लिने कुरा सुनेर पारष, उनका भाइ प्रदीप कार्यकर्ममा उपस्थित हुने स्वीकृति दिन्छ ।

कार्यक्रम सुरु भयो । कार्यक्रममा डाक्टर अञ्जलीलका आमा तृष्णा, कलकत्ताबाट केही दिनको निम्ति खरसाङ घुम्न आएका आमाका साथी रजनी र विवेक पनि उपस्थित हुन्छन् । कार्यक्रमको प्रथम चरणमा स्कूले विद्यार्थीहरूले सरस्वती वन्दनासहित नृत्य प्रस्तुत गरेपछि सर्वप्रथम मिरिकबाट आएकी सुश्री दीपा राईले “हरियो सुनको भाउ“ शीर्षकको कविता वाचन गरी पछि रिम्बिकको नरबुङ रुम्बाले “कानूनको दुलोबाट“ कविता वाचन गरेपछि प्रतियोगितामा आसन ग्रहणकारी बग्रेल्तै कविहरूले एकपछि एक गर्दै भटाभट आ–आफ्ना कविता वाचन उपस्थित श्रोतालाई भरपूर मनोरञ्जन प्रदान गरे । यति बेलासम्म पनि डाक्टर कविको पालो नआउँदा पारषलाई निकै खुल्दुली हुन्छ । अन्त्यमा डाक्टर कविको नाम उद्घोषण हुन्छ । नाम घोषण हुनासाथ डाक्टर कविले सर्वप्रथम परमपूज्य गुरुआमा सरह आफ्नै आमाको चरणकमल स्पर्श गरी ढोग गर्छे, त्यसपछि यथाक्रमले आमासितै बसेका आमाकी साथी रजनी अनि उनको श्रीमान विवेकलाई प्रणाम गरि मञ्चमा चढ़्छे । डाक्टर कविले बड़ो जोशपूर्ण रूपमा “लत्याएको फूल“ शीर्षकको कविता वाचन गर्छे ।

डाक्टर कविको कविता वाचन शैली, प्रस्तुति तथा कविताको भाव सुनेर उपस्थित श्रोताहरू मक्ख परी करतल ध्वनिका साथ डाक्टर कविको प्रशंसा गर्छन् । अन्त्यमा प्रतियोगिता परिणाम घोषणा हुँदा डाक्टर कविको नाम प्रथम पुरस्कारले घोषित हुन्छ । डाक्टर कवि प्रथम भएकी घोषणा हुनासाथ हल थपड़ीले गुञ्जयमान हुन्छ । यस खुसीमा पागल भई पारषले पनि आफ्नो आसनबाट खुसीसाथ थपड़ी मार्नमा व्यस्त देखिन्छ । नेपाली साहित्यमा नारी सशक्तीकरण हुन थालेको देखेर भक्कु रमाए पारष ।

पुरस्कार वितरण पछि डाक्टर कविले महत्त्वपूर्ण घोषणा गर्नेछे भन्ने उदघोषकको घोषाले सबै छक्क पर्छन् । सबै एकार्कामा हेराहेर गर्छन् । डाक्टर अञ्जली आफ्नो मार्मिक र सत्य घटना यसरी भावुक हुँदै राख्छे – “…मलाई धेरैले डाक्टर कवि भनेर चिन्छन् । यो मेरो अहोभाग्य हो । मेरी आमा एउटा चुनौतिपूर्ण जीवनको सम्मुख पीडित हृदय लिएर प्रेम रोएको बेला, आफ्नै प्रेमले लत्याएको एक असहाय फूलजस्तै तर समयानुसार सशक्त नारी बनी, खरसाङकै एउटी छोरी उनी दर्शक÷श्रोता बनी दर्शक दिर्घामा विराजमान हुनुहुन्छ ।…..साथै मेरी आमालाई एक्लो पारी आवेगमा भूल गरेर प्रेमलाई रुवाएर अनि पछि आफू पनि रुँदै, सायद यो पहिलो प्रेमको निम्ति छटपटिरहेको एक प्रेमी पनि यहाँ उपस्थित हुनुहुन्छ । तीसवटा भन्दा धेर वसन्तहरू छिचोलिसकेको, त्यो विछोडिएको मुटुलाई त्यो पीडित प्रेमलाई आज तपाईहरूका माझमा, तपाईहरूको सामुन्नेमा जोड़्न चाहन्छु, के मलाई साथ दिनुहुन्छ ?“

डाक्टर कविको यो भावुकताका साथै मार्मिक मर्मवेदनास्वरूप प्रश्न सुनेर सबै “हामी साथ दिन्छौं, तपाईँ अघि बढ़्नोस्“ भन्दै समवेत स्वर हलभरि रुमलिन्छ । छोरीको यो भावुकतापूर्ण कुरा सुनेर तृष्णा सुक्सुकाउँछे । साथी रजनीले शान्त हुने आग्रह गर्छे । बाबाले आमालाई एक्लो पारेर गएदेखि अञ्जलीलाई आमाले झरी–बतास सहेर मान्छे बनाइन् सो पनि खुलस्त पार्छे । …..म डाक्टर कवि, अञ्जली र मनोज्ञा पनि…मेरा पिता श्री पारष छेत्री अनि माता तृष्णा छेत्री, हजूरहरू सबैलाई मैले मेरो पारिवारिक जञ्जालमा अल्झाएँ । यसका लागि म क्षमा प्रार्थी छु । “

त्यसपछि डाक्डटर अञ्जली, मनोज्ञा आफू माझमा उभिएर एकापट्टि आमा तृष्णा अनि अर्कापट्टि बाबा पारषलाई राख्छे । तीनजनाले दर्शकवर्गलाई एकैसाथ नमस्कार गर्छन् ।

सबै हल बाहिर आएपछि तृष्णाले देवरलाई बोलाउँछे । देवरले पनि भाउज्यूलाई शीर निहुराएर ढोग गर्छ । सबै घर पुग्छन् । पारषलाई पछुतो लाग्छ र मनमनै प्रण गर्छ, “फेरि कहिले पनि लत्याएको फूल कविताको सृष्टि हुने कारण कसैको जीवनमा पनि नआवोस्, प्रेमको फूल सदा–सर्वदा फुलिरहोस्…फुलिरहोस् ।“

तीनैजना परिवारको भेटले उपन्यास योगान्त रूपमा सिद्धिएको छ ।

शीर्षकको सार्थकता –
“लत्याएको फूल“ शीर्षकले अभिधार्थमा ’फ्याँकिएको’, ’दुत्कारिएको’ भन्ने बुझिन्छ । यसबाट उपन्यासमा कोही कसैबाट लत्याएको, फ्याँकिएको भन्ने स्पष्ट हुन्छ । आरम्भमा देखा–देख, पछि भेटघाट अनि त्यसपछि विभिन्न ठाउँमा घुमाइपछि एकार्कामा माया साटिन्छ । दशैँको छुट्टीमा दुवै पात्र घर आउँछन् । घर आएपछि मगनी अनि त्यसपछि बिहे बन्धनमा बाँधिन्छन् । एउटा सुनौलो, सुखिलो अनि रमाइलो जीवन बित्छ । जयजन्म हुन्छ । घरमा लक्ष्मीजस्ती छोरीको आगमनले पारिवारिक जीवन सुनौलो हुन्छ । अचानक पात्रका आमा बिरामी अनि त्यसको केही महिनापछि बाबाको मृत्यु । दुवै छोरा–बुहारी मूल घरमा उपस्थित हुन्छन् । आमा एक्लै हुनाले आमाको हेरचाह गर्न पात्रले पात्रालाई अब नोकरीमा नगएर ससुराली बस्ने अनुरोध गर्दा पात्राले सो स्वीकार नगर्नु मात्र होइन यति राम्रो नोकरी छोड़ेर ससुराली आउन सक्दिन भनेपछि त्यहाँ एक प्रकारको शीत द्वन्द्व सृष्टि हुन्छ । फेरि पनि ससुरालीमै गएर बसिदिने प्रस्ताव राख्दा त्यो पनि अस्वीकर गर्छे पात्राले । यति निहुँ मात्रै पाएपछि पात्र प्रचण्ड रिसाएर पात्रालाई एक लबटा कस्छ । मिठाइलो, सुखिलो जीवनमा खटपटी सुरु हुन्छ ।

एक रात पात्र लट्ठ मातेर आई फेरि उही कुरा निकाल्दा त्यहाँ लोग्नेस्वास्नीमाझ लड़ाइँ झगड़ा हुन्छ । साह्रै चित्त दुखाएकीले पात्रा आफ्नो काखको नानी च्यापी साथीको घरमा स्थायी रूपमा बसी आफ्नो नोकरी सम्हाल्नुका साथै छोरीको पढ़ाइमा आफ्नो समय फुर्मास गर्छे । पात्रले पात्राको कुनै खोज खबर लिँदैन । पछि पात्र आफ्नो नोकरी छोड़ी आफ्नै मातृभूमिमा आई ठेकादारी काम गर्न थाल्छ ।

आफ्नो पढ़ाइ सिध्याएर छोरी नेत्र विशेषज्ञ बन्छे । आफूले काम गर्ने नेत्रालयमा उही पात्र आँखा जँचाउन आउँछ । डाक्टर पात्राले उनी उनकै बाबा हुन् भनी चिन्छे । सबै कुरा आमालाई बताएपछि आमा पुरानो स्मरणमा डुब्छे ।

छोरीले पात्रको आँखाको अपरेशन सफल पार्नु मात्र होइन जम्मै खर्च निःशुल्क गरिदिन्छे । पात्र साहित्यप्रति पनि रुचि भएकोले एउटा कविता प्रतियोगितामा पात्रले पहिलो स्थान ओगट्छे । आफ्नो वक्तव्य दिने क्रममा पात्रले उनका आमा–बाबुसित मिलन गराइदिन्छे ।

सामान्य रिसका कारणले पात्रले देवीजस्ती स्वास्नी र हिराको टुक्राजस्तो छोरीलाई लत्याएर जान्छ । पात्राले घाम–पानी, पीर–कष्ट सहेर छोरीलाई डाक्टरी समेत पढ़ाएर आफ्नै खुट्टामा उभिन सक्षम बनाउँछे । आफूले लत्याएको छोरीले नै आमा–बाबाको मिलन गराउँछे । छोरी डाक्टर कविता उर्फ अञ्जली, उर्फ मनोज्ञाको केन्द्रिय चारित्रिक भूमिका लगायत उनको विचक्षण बुद्धि, विवेक तथा धैर्य र सहनशीलता उनकै पिताबाट लत्याएको फूल (आमा–छोरी) लाई उकेर लाएर लामो दिनसम्म मेल–मिलाप हुन नसकेका आमा–बाबाको मिलन गराएकी प्रस्तुत सुखान्त उपन्यासको शीर्षक “लत्याएको फूल“ अत्यन्तै सार्थक मात्र नभएर प्रतीकात्मकसमेत भएको छ ।

संरचना –
“लत्याएको फूल“–को संरचना लामाछोटा बाह्र खण्डमा बाँडिर लेखिएको छ । यस उपन्यासमा उपन्यासकारले आफू कलकत्ता जस्तो महानगरीमा आफूले नै गाड़ी हाँकी कार्यालय जाँदै गर्दा बस बिसौनीमा कतै देखेजस्तो, चिनेजस्तो गरी बोलाएर आफ्नै गाड़ीमा गन्तव्य स्थलमा पुर्‍याएपछि आरम्भमा प्रणय जीवन अनि त्यसपछि बिहे बन्धनमा बाँधिन्छन् पारष र तृष्णा । तृष्णा पनि कलकत्ताको कुनै कम्पनीमा जागिर गर्ने; पारष पनि उस्तै ।

जयजन्म भएपछि घरमा खुसियाली छाए पनि त्यो खुशियाली पछिसम्म स्थायी हुन सक्तैन । पारषका बाबा बितेपछि उनको अस्वस्थ आमाको हेरचार गर्ने कोही नहुँदा तृष्णालाई पारषले अब कलकत्ताको काम छोड़ी आमालाई हेर्नुपर्ने प्रस्ताव राख्दा तृष्णा नमानेपछि सुखिलो, रमाइलो घरमा विस्तारै द्वन्द्व सृष्टि हुन्छ । त्यसपछि सामान्य कुटपिट भएपछि तृष्णा लोग्नेको घर छोड़ी साथीको घरमा बसी आफ्नो नोकरी सम्हाल्नुका साथै एक मात्र छोरीको पढ़ाइमा मग्न हुन्छे । आरम्भमा सुखिलो जीवन बिताए पछि लोग्नेले अलपत्र पारेर लत्याएपछि छोरीकै उच्च शिक्षामा दिलोज्यान दिएर छोरीलाई सक्षम बनाउँछे । आरम्भमा घटनाक्रम पारष, तृष्णा अनि उनका परिवारहरूमा मात्र सीमित रही उपन्यास अघि बढ़े पनि पारषले छोरी–आमालाई लत्याएर गएपछि तृष्णा आफू ढीट, हठी अनि स्वाभिमानी स्त्री भएकी नाताले लोग्लेले लत्याएको कुरालाई परवाह नै नगरी जीवन सङ्घर्षमा लाग्छे । छोरीलाई सद्दे मान्छे बनाएपछि उपन्यासले मोड़ लिएर पछि उपन्यास छोरी डाक्टर अञ्जली र पिता पारषसित केन्द्रित रहेको देखिन्छ । यसै क्रममा उपन्यासमा पारषका पिता, माता, भाइ अनि यता तृष्णाका आमा, भाइ–बहिनी, काका–काकी आदिका कथाहरू पनि उपन्यासकमा जोडिएका छन् । ती जम्मै मूल तथा गौण पात्र–पात्राहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा उपन्यासको उद्देश्यसित सम्बन्धित देखिन्छन् । यसैकारण पनि उपन्यासको संरचना गहकिलो, च्यूँच्यूँलाग्दो, मिठाइलो, सुखान्तिलो बनेको छ ।

दृष्टिबिन्दु –
“लत्याएको फूल“–मा तृतीय पुरुष (वाह्य) सर्वज्ञ दृष्टिबिन्दु पद्धतिमा लेखिएको उपन्यास भएको कारणले उपन्यासभित्र भएका सम्पूर्ण घटना, क्रियाकलाप र द्वन्द्वलाई समेटेर आफू अलग्गै बाहिरै रही उपन्यास आफैले वर्णन गरेका छन् । सम्पूर्ण घटना, प्रकृतिचित्रण, पात्र–पात्रा तथा सहायक पात्रहरूको मानसिक क्रियाकलाप, हर्ष, पीÞड़ालाई आफू अलग्गै रही उपन्यासकार (कथयिता)ले तृतीय पुरुष (वाह्य दृष्टिविन्दुमा उपन्यासको कथानक भट्याएको पाइन्छ । समस्त घटनालाई हलुङ्गो पाराले बुन्दै पात्र अनुरूपको गतिविधि, पात्र सुहाउँदो संवाद बोल्न लाएर घटनाक्रमसित तारतम्य राख्दै तृतीय पुरुष दृष्टिबिन्दुको आधारमा उपन्यासलाई सुखान्त पाराले टुङ्ग्याइएको पाइन्छ ।

सारवस्तु –
“लत्याएको फूल“ उपन्यासले असहाय, हेपिएका, फालिएका नारीलाई स्वतन्त्र र आत्मविश्वासपूर्ण जीवन बाँच्ने कुरामा प्रेरित गरिएको छ । नेपाली सामाजिक संरचनामा पुरुषबाट नारीमाथि भइरहेको फोस्रो प्रेम, मानसिक, सांस्कृतिक, सामाजिक, शारीरिक आदि विभिन्न शोषणका .यथार्थहरू यस उपन्यासमा सरल अनि सहज पाराले उदाङ्गो पारिएको छ । आरम्भमा मेल मिलाप देखिए पनि तृष्णाले पारषबाट भोगेका लाञ्छना, तिरस्कार, हेपिनु लत्तिनु परेको कहालीलाग्र्दो स्थिति र परिस्थिति भोग्नु परे पनि तृष्णा ढीट, स्वाभिमानी, कर्मशील, कर्तव्यपरायण, आस्थाशील रही नारीले पाउनु परेको मानसिक, आर्थिक, शारीरिक प्रताड़ना यस उपन्यासमा उद्घाटन गरिएको पाइन्छ । यसैकारण यस उपन्यासमा वर्तमान नारीको शोषित अवस्थाप्रति सचेतता देखाई त्यस्ता उत्पीड़न, शोषण, हेपाइ आदि समस्याबाट मुक्तिको लागि नारीहरूले कठोरभन्दा कठोर सङ्घर्ष गर्नुपर्ने सन्देश दिएका छन् उपन्यासकार मणिकुमार शर्माले प्रस्तुत उपन्यासमा ।

पुरुषसत्तात्मक स्वार्थी समाजसित जस्तै परिस्थितिमा पनि पौंठाजोरी खेलेर प्रत्येक नारीहरूले पुरुषप्रधान समाज स्थापित हुन सक्छन् भन्ने सारवस्तु यस उपन्यासमा छर्लङ्ङै पाइन्छ । त्रहरूको उठान गरिएको छ । नारीशक्ति बेजोड़, अदम्य हुन्छ र नारीवादी भइरहने हेपाइ, शोषण, यातनालाई यिनै नारीशक्तिले निमिट्यान्नै पार्न सक्छन् भन्ने पनि यस उपन्यासको सार हो । नारीहरूको सामाजिक, आर्थिक तथा सास्कृतिक स्वतन्त्रता तथा समानतामाथि उत्खनन गर्नु पनि यस उपन्यासको सार देखिन्छ । नारीहरूका स्वतन्त्रता, जीजिविषा, सोंचाइ, अनुभव तथा गतिविधिलाई पनि पितृसत्तात्मक समाजले ध्यान दिनुपर्ने पनि यस उपन्यासको सार बुझिन्छ ।

चरित्र चित्रण –
“लत्याएको फूल“– उपन्यासमा उपन्यासकार मणिकुमार शर्माले थोरै पात्रहरू समेटी सफलताका साथ प्रस्तुत गरेका छन् । पारष र तृष्णा अनि डाक्टर छोरी उपन्यासका प्रमुख चरित्र हुन् भने साथी रजनी र उनका पति विवेक सहायक पात्र हुन् । यसबाहेक तृप्तिकी आमा, काका–काकी बहिनी र भाइ अनि उता पारषका बाबा, आमा र भाइ मञ्चीय गौण पात्रहरू हुन् । उपन्यासमा पारष, तृप्ति र डाक्टर छोरी नै केन्द्रिय पात्रहरू हुन् जसले उपन्यासलाई आरम्भदेखि अन्त्यसम्मै पाठकलाई बाँधेर राख्न सघाएका छन् ।

भाषा र शैली –

“लत्याएको फूल“– मध्यमवर्गीय नेपालीको सामाजिक जीवनको यथार्थ चित्रण पाइन्छ । यस उपन्यासमा सरल, स्वाभाविक भाषाको प्रयोग गरिएको छ । यस उपन्यासको टेसिलो पक्ष के हो भने उपन्यासकारको पट्यारलाग्दो टिप्पणी, दिक्क लाग्दो वर्णन नभएर पात्रहरूलाई नै संवाद बोल्न लगाएका छन् । संवाद पनि पट्यारलाग्दो, लम्बेतान नभएर छोटा, सरल, रोचक छन् । पात्र–पात्राको भनावैरी र कुटपिटले उपन्यासमा द्वन्द्वात्मक शैली पनि उत्पन्न भएको पाइन्छ । यस उपन्यासको भाषाले पात्रअनुकूल समाजकै यथार्थलाई टिपेर संवादमार्फत प्रस्तुत गरेकोले उपन्यास बान्किलो देखिन्छ ।

उपसंहार –

मणिकुमार शर्माको औपन्यासिक नयाँ अनि आफ्नो औपन्यासिक जीवन पहिलो कृति “लत्याएको फूल“–मा सामाजिक यथार्थवादी अथवा आदर्शोन्मुख यथार्थवादी चेतनाका पृष्ठभूमिबाट उपन्यासकारले मानव नियतिलाई प्रष्ट्याउने काम गरेका छन् । सङ्गति र विसङ्गति भन्नु नै जीवनको व्याख्या हो । जीवनमा सफलता हासिल गर्नेको जीवन सङ्गतिमय हुन्छ भने जीवनमा हार्नेहरू, पराजित हुनेहरू, हेपिनेहरू, लत्याइनेहरूको माखेसाङ्लोमा परी जीवन असफलताको दलदलीमा पुग्नेहरू असङ्गतिका सिकार हुन्छन् । यसैको नाम हो नियति । यहाँ तृष्णा नियतिको सिकाकरमा परेकी छ । यही विषयलाई उपन्यासमा राखी जीवन नै सङ्घर्ष हो र यसबाट भरसक उम्किने वा पन्सिने प्रयास गरे सफताको भर्‍याङमा सजिलैसित चढ़्न सकिन्छ भन्ने उपन्यासकारको मनसाय देखिन्छ । उपन्यासको आरम्भमा मूल नायिका तृष्णाले दुःख पाई उसकै पति विकासको लत्याइले अनि हेलचेक्याइँले । यो असङ्गितपूर्ण जीवनलाई आफ्नो कठोर सङ्घर्षको बलले दृढ़तापूर्वक सामना गरी छोरी अञ्जली उर्फ डाक्टर कवि उर्फ मनोज्ञालाई डाक्टरजस्तो पदमा पुर्‍याउन सफल हुन्छे । यहाँ आदर्शोनमुख यथार्थवादी चेतना झल्किएको छ । अर्कोतिर आफ्नो बल र तुजुकको भरमा आफ्नै जीवनसङ्गिनीलाई अलपात्रै छोड़ेर घर छाड़ी जाने विकासको जीवन आरम्भमा सङ्गतिपूर्ण देखिए पनि जीवनको अन्तिम क्षणमा डाक्टर छोरीकै शरण परी बिसेक भई उही श्रीमती तृष्णा र डाक्टर छोरीको शरणमा पर्नु पनि नियतिकै खेल हो । यही औपन्यासिक विषयवस्तु उपन्यासकारले द्वान्द्वात्मक संरचनाका आधारबाट अझै सशक्त गराएको पाइन्छ । यस उपन्यासमा समाजको यथार्थलाई प्रस्तुत गरेको छ । समाजकै घटनलाई टपक्क टिपेर आदर्शलाई उदाङ्गो पारिएको छ ।

सिलिगुड़ीको नेपाली उपन्यास लेखन फाँटमा खड़ेरी परिरहेको कहालिलाग्दो परिस्थितिमा “लत्याएको फूल“–जस्तो सामाजिक यथार्थवादी अथवा आदर्शोन्मुख यथार्थवादी उपन्यास प्रदान गरेर उपन्यासकारले बिर्सिनै नसकिने गुण लाएका छन् ।

उपन्यासकार मणिकुमार शर्माबाट निकट भविष्यमा अझै उपन्यासको आशा साँच्दै । अहिलेलाई बधाई भक्कुमारी ।

सिलिगुड़ी (भारत)

  • Sahitya Sagar
    Sahitya Sagar
कृष्ण प्रधान
कृष्ण प्रधान
Post Views: 569
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.