SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सरिता दर्नाल प्रकाशित कमल स्मृति (स्मृति ग्रन्थ) माथि केही किर्कौला केही कटमिरा कैरन
समीक्षा

सरिता दर्नाल प्रकाशित कमल स्मृति (स्मृति ग्रन्थ) माथि केही किर्कौला केही कटमिरा कैरन

Sahitya SagarBy Sahitya SagarApril 13, 2023No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
कृष्ण प्रधान भारतको सिलिगुडीमा बसेर साहित्य साधना गरिरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनले सरिता दर्नालको कमल स्मृति स्मृतिग्रन्थमाथि लेखिएको समीक्षा प्रस्तुत गरिएको छ । यस समीक्षाको फन्ट समस्याले गर्दा वर्णविन्यासमा केही तलमाथि भएमा साहित्यसागर परिवार क्षमा चाहन्छ ।

-सम्पा.

“भैंसी लड़्यो है माया

छोराचाहिँ है माया हिँड़दछ डुलेर
तरुणीको है माया गफैमा भुलेर (२)
…
…” (स्वर डेजी बराइली)

सन् १९७१ मा सोनादाको पुरानो सिनेमा हलमा आयोजित सङ्गीत प्रतियोगितामा एकजना नपत्याउने प्रतियोगी डेजी बराइलीले ठिटौली उमेरमा “भैंसी लड़्यो है माया…. ” लोकगीत गाएर प्रथम पुरस्कार हासिल गरेपछि यस गीतले संसार पिटेको थियो । सबैको ओँठ-ओँठमै झुण्डिएको गीत “भैंसी लड़्यो है माया…. ।” के पूजा-आजा, के बर्थ डे, के बिहे-बटुल जताततै “भैंसी लड़्यो है माया…. ” कि “भैंसी लड़्यो है माया…. ” । आजसम्म पनि यो लोकगीत “भैंसी लड़्यो है माया…. ” गुन्गुनाउऩेहरू भक्कु देखिँदोछ । उबेला गायिका डेजीको उमेर १०-१२ को थियो ।

हामी पनि कलेज पढ़्दा, सत्यनारायण पूजा, सरस्वती पूजातिर यही “भैंसी लड़्यो है माया…. ” गाएर उपस्थित सबैलाई भुतुक्-भुतुक र हुरुक्-हुरुक् पार्थ्यौ । गीत गाउने डेजी बराइली हुन् भन्ने कुरा हामीलाई कण्ठस्थ भए पनि यसका गीतकारको नाम कहिल्यै सुन्ने मौका परेन न ता जान्नेहरूले गीतकारको नाम नै सार्वजनिक गरे । यस कमल स्मृति ग्रन्थ लोकापर्णको दिन मात्र डेजी बराइलीले मञ्चमा शब्दकार सङ्गीतकार कमल दर्नाल दाजुकै यो “भैंसी लड़्यो है माया…. ” ले मलाई आजको डेजी बराइली बनाएको हो भन्दै आफ्नो स्वीकारोक्ति प्रस्तुत गरेपछि मात्र यो लोकप्रिय लोकगीतका शब्द सङ्गीत अब्बल गायक- सङ्गीतकार कमल दर्नाल हुन् भन्ने कुरा थाहा भयो । अरुलाई सायद थाहा थियो होला तर मलाई चाहिँ कमल दर्नाल शब्दकार-सङ्गीतकार हुन् भन्ने छतछती प्रमाणित भएको सोही लोकार्पणको दिन मात्र हो । कति दुर्भाग्यको कुरो हाम्रो नेपाली सङ्गीत जगतमा गायक-गायिकाको नाम मात्र उच्चारण गरिने तर सङ्गीतकार शब्दकारको नाउँ अरुको कुरा ता छोड़िदिउँ उदघोषिक-उदघोषिका बाहेक कतै कसैले उच्चारण नगर्ने एउटा देशान नै लागेको छ । जस्तै लोकप्रिय गीतका गायक-गायिकाको नाउँ हाम्रो ओँठमै झुण्डिए तापनि गीतकार तथा सङ्गीतकारको नाउँ उच्चारण नहुनु गतिलो दुर्भाग्यको कुरो हो ।

जस योञ्जन ‘प्यासी’ सम्पादन सल्लाहकारको निर्देशनमा प्रकाश प्रधानद्वारा सम्पादित तथा श्रीमती सरिता दर्नाल, कमल स्मृति प्रकाशन गुठी, खरसाङ (दार्जिलिङ)-द्वारा प्रकाशित कमल स्मृति ग्रन्थ ‘कमल स्मृति’ मेरो हातमा परेको छ । यो ग्रन्थ मलाई प्रकाशिका सरिता दर्नालले लोकार्पणकै दिन उपहारस्वरुप प्रदान गरेकी हुन् । यति गहकिलो, बान्किलो, महकिलो ग्रन्थ उपहारस्वरुप प्रदान गरेकीमा प्रकाशिका ससिता दर्नालकन साधुवादाभिवादन ।

सरिता दर्नाल शब्दकार सङ्गीतकार कमल दर्नालकी धर्मपत्नी हुन् । यिनकै भगीरथ प्रयासमा यो कमल स्मृति ग्रन्थ प्रकाशित हुन सकेको हो । यो ग्रन्थ प्रकाशित भए पछि कमल दर्नालको पुनर्जन्म भएको छ । गायक-सङ्गीतकारले गाएका गीतहरू एल्बम सिडी वा मञ्चमा प्रस्तुत भएपछि जस्तै कालजयी गीत वा तिनका सर्जकका नाउँ स्मृतिको गर्भमा विलिन हुने नै हो । यो कपटी, स्वार्थी, छिन्द्रान्वेषी समाजले जस्तै स्रष्टालाई पनि बिर्सिने नै हो । तर प्रस्तुत कमल दर्नाल स्मृति ग्रन्थ प्रकाशित भएकोमा कमल दर्नालले अब कहिल्यै पनि स्मृतिको गर्भमा विलिन हुने छैनन् । यिनका विषयमा नेपाली सङ्गीत संसारका अब्बल- अब्बल गायक, सङ्गीतकार, शब्दकार, साहित्यकारले कमल दर्नालबारे विस्तृति रुपमा आफ्ना स्मरणको माध्यमबाट जानकारी गराउने भरपूर प्रयास गरेका छन् । यसै ग्रन्थमा प्रकाशित प्रत्येक सामग्रीबाट हामीलाई कमल दर्नालबारे जान्न-बुझ्न छिनु र मार्तोलको काम गरेको छ ।

यो ऐतिहासिक ग्रन्थ प्रकाशित गरेर प्रकाशिका श्रीमती सरिता दर्नालले नेपाली सङ्गीत संसारलाई बिर्सिनै नसकिने गुण लाएकी छन् । पतिप्रतिको उनको स्नेह, प्रेम साँच्चै नै अविस्मरणीय भएर रहनेछ । आज हाम्रो साहित्य वा सङ्गीत वा खेल संसारमा नामुद्दार शिल्पीहरूको नामो निशान छैन…छैन उनीहरूको कुनै दस्तावेज शिल्पीहरूका एकाध परिवरबाहेक अऩ्य कसैले प्रकाशित गर्ने दुस्साहस गरेको देखिँदैन । यो पनि एउटा विडम्बना नै हो । तर हाम्री सरिता दर्नालले भने आफ्ना प्राणप्रिय पतिदेवको नाम अजम्मरी राख्नका निमित्त कमल दर्नाल स्मृति ग्रन्थ प्रकाशित गरेर कीर्तिमान कायम गरेकी छन् ।

उनलाई समस्त नेपाली जातिको श्रद्धा छ…सलाम छ । आज हाम्रो साहित्य वा सङ्गीत संसारमा श्रीमती सरिता दर्नालजस्तै धेर होइन कम्ति पनि चार-पाँचजना श्रीमतीहरू हुँदा हुन् ता हाम्रा साहित्यकार तथा सङ्गीतकारहरू स्मृतिको गर्भमा विलिन हुने थिएनन् । कति भाग्यमानी पति कमल दर्नाल, कति भाग्यमानी पुत्र-पुत्रीद्वय अभिषेक-योजनाका बुवा कमल दर्नाल, बुहारी भावनाका कति सौभाग्यशाली ससुरा बाबा कमल दर्नाल । यिनीहरू चारैजना परिवार धुरिएर कमल दर्नाल स्मृति ग्रन्थ प्रकाशित गरिछाड़े । यसबारेमा हेनतेन नभनेर प्रकाशिका श्रीमती सरिता दर्नालको प्रकाशकीय मनतव्य यहाँ राख्ने इच्छा लागेको छ –

“ईश्वरले भन्नुहुन्छ अरे – तँ चिता म पुऱ्याइदिनेछु । …….यस कार्यमा छोरा अभिषेक, छोरी योजना अनि बुहारी भावनाको नैतिक सहयोग साथै होस्टेमा हैंसेले यो कार्य सम्पन्न गर्नमा ठूलो भूमिका निर्वाह गरेको छ । यसै अनुरुप आफन्तजन, हितैषी अनि शुभचिन्तक महानुभावहरूलाई म कृतज्ञ हृदयले आभार व्यक्त गर्न चाहन्छु ।” (पृ.सं. १५) य़सबाहेक यो ग्रन्थ प्रकाशन हुनुमा सम्पादन सल्लाहकार जस योञ्जन ‘प्यासी’ र सम्पादक प्रकाश प्रधानको सिंहभाग भूमिका रहेको कुरा उल्लेख गर्न पनि प्रकाशिकाले कुनै कञ्जुस्याइँ गरेकी देखिँदैन ।

२४२ पृष्ठको यो ग्रन्थमा समाविष्ट सामग्रीहरूलाई मोठ ११ (सम्पादकीय र प्रकाशकीय छोड़ेर) खण्डमा विभाजन गरिएको पाइन्छ –
पहिलो खण्ड – शुभकामना सन्देश, दोस्रो खण्ड परिचय, तेस्रो खण्ड कमल पुरस्कार, चौथो खण्ड – संस्मरण अऩि भावोदगार, पाँचौं खण्ड – पत्र-पत्रिकाहरूको पृष्ठहरूबाट, छैटौं खण्ड – कमल दर्नालका शब्द, सङ्गीतमा रहेका केही गीतहरू, सातौं खण्ड – श्रद्धाञ्जली गीति क्यासेट, आठौं खण्ड – श्री र् रत्न रेकर्डस्का अमूल्य प्रतिभाहरू, नवौं खण्ड – शब्द हस्ताक्षर कतिपय, दशौं खण्ड – शोक समवेदना अऩि एघारौं वा अन्तिम खण्ड – कमल दर्नालसँग सम्बन्धित विभिन्न क्षणका तस्वीरहरू ।

ऐतिहासिक दस्तावेज रुपमा प्रकाशित गरिएको प्रस्तुत कमल स्मृति ग्रन्थको पहिलो खण्ड – शुभकामना सन्देशमा यथाक्रमले हिमालय कला मन्दिर, दार्जिलङ, गोर्खा दुःख निवारक सम्मेलन, दार्जिलिङ, गोर्खा जन पुस्तकालय, खरसाङ, गीतिगुञ्ज सङ्गीत महाविद्यालय, खरसाङ, सुर तरङ्ग सङ्गीत महाविद्यालय, सोनादा, डा. कविता लामा, सिक्किम विश्वविद्यालय तथा देसराज गजमेरका यस कमल स्मृति ग्रन्थ प्रकाशनको निम्ति शुभेच्छा शुभकामन सन्देशहरू समाविष्ट गरिएको छ ।

दोस्रो खण्ड परिचय अन्तर्गत सम्पादन सल्लाहकार जस योञ्जन प्यासीले कमल परिचय लेखोटमा कमल दर्नाललाई भारतीय सङ्गीत क्षेत्रमा तेस्रो पीढ़ीका एकजना सशक्त कलाकार-सङ्गीतकारको आख्या दिँदै उनी आफ्ना अमर सङ्गीत सृजनाहरूसित बाँचेका कुरा राखेका छन् । कमल दर्नालद्वारा सङ्गीतबद्ध गीतहरू अऩेकन् ख्यातिप्राप्त गायक-गायिकाहरूका स्वरमा रेकर्डिङ भएको कुरा उठान गर्दै केही गीतहरू पनि प्रस्तुत गरेका छन् । तिनमध्ये डेजी बराइली, अरुणा लामा, दीप श्रेष्ठ-सोफिया श्रेष्ठ, दिलमाया खाती, प्रेमध्वज प्रधान, कुमार सुब्बा, पेमा लामा तथा वाङ्गेल लामाले गाएका गीतहरूका केही अँश समेत राखेका छन् । कमल दर्नाल सह्गीतकार मात्र होइनन् तर उनी एकजना सफल रङ्गकर्मी हुन् भन्ने कुरा पनि प्यासीको यस प्रतिवेदनात्मक लेखले प्रष्ट पारेको छ । ग्रन्थको माझ माझमा शब्दकार-सङ्गीतकार कमल दर्नालका मीठा-मीठा गीतहरू राखिएको छ ।

तेस्रो खण्ड कमल पुरस्कार अन्तर्गत “कैरन कमल पुरस्कार”-को प्रतिवेदनमा उनै जस, योञ्जन प्यासीले कमल दर्नाल दुर्घटना परी मृत्युवरण गरेका कुरा उठान गर्दै कमल दर्नालको स्मृतिमा एउटा क्यासेट सार्वजनिक गर्नाका साथै कमलजीको नाम स्मृतिमै सङ्गीत विधामै एउटा पुरस्कार प्रदान गर्ने निर्णय सर्वसम्मतिक्रम (विशेष सरिता दर्नाल) ले अनुमोदन गरेपछि १८ नोभेम्बर १९९० का दिन पहिलो ‘कमल पुरस्कार’ प्रदान गरिएको तथ्य प्रस्तुत गर्दै आठौं पुरस्कारको विस्तृत तथ्याङ्क पनि ‘प्यासी’- ले आफ्नो लेखमा विस्तृत रुपमा प्रस्तुत गरेका छन् । नेपाली सङ्गीत फाँटका महान् नक्षत्रहरूलाई ‘कमल पुरस्कार’ प्रदान गरिएको सूची र सङ्गीतको कुन विधामा प्रदान गरिएको हो सो पनि प्रतिवेदनकार जस योञ्जन ‘प्यासी’-ले उल्लेख गरेका छन् यसरी –

पहिलो ‘कमल पुरस्कार’ – सङ्गीतकार मणिकमल छेत्री, दार्जिलिङ – विधा – आधुनिक नेपाली सङ्गीत सृजन (१९९०),
दोस्रो ‘कमल पुरस्कार’ – भायलिन वादक गणेश शर्मा, दार्जिलिङ – विधा – आधुनिक वाद्यवादन (१९९१),
तेस्रो ‘कमल पुरस्कार’ – मङ्गलसिंह घिमिरे, कालेबुङ – विधा – मादल वादन एवम् गायन (१९९२),
चौथो ‘कमल पुरस्कार’ – लोक एवम् शास्त्रीय नर्तक गगन लेप्चा, दार्जिलिङ – विधा लोक एवम् शास्त्रीय नृत्य (१९९३),
पाँचौं ‘कमल पुरस्कार’ –गायक नवीन बरदेवा – विधा –आधुनिक नेपाली गीत गायन (१९९४),
छैटौं ‘कमल पुरस्कार’ –शास्त्रीय गायक जे सी राई, सोनादा, विधा – शास्त्रीय गायन (१९९७),
सातौं ‘कमल पुरस्कार’ – गीतकार डा जस योञ्जन “प्यासी”, खरसाङ – विधा – गीत रचना (१९९९) ,
आठौं ‘कमल पुरस्कार’ – भायलिन वादक रमेश छेत्री, बाघडुग्रा – विधा – शास्त्रीय वाद्यवादन (२००४) ।
सामान्य राशिको रुपमा ‘कमल पुरस्कार’ नेपाली सङ्गीत जगतका अब्बल नक्षत्रहरूलाई प्रदान गरिए पनि यसको महत्व र मान्यता ठूलो तथा महान् छ भन्ने दाबी गर्दै यो सङ्गीत पुरस्कार दार्जिलिङ भेकबाट प्रदान गरिने पहिलो हो भन्ने उनको स्पष्टिकरण पनि छ ।

नेपाली सङ्गीत फाँटमा अनवरत्, अहर्निश साधना गर्ने कलाकारलाई जीवित अवस्थामै मूल्याङ्कन र कदर गर्ने विचारमा प्रदान गरिने यो ‘कमल पुरस्कार’ सङ्गीतकार-गायक कमल दर्नालको स्मृति आलो राख्नाका साथै नेपाली सङ्गीत फाँटको संरक्षण-संवर्द्धन गर्नमा पुरस्कार दाता सरिता दर्नालको यो प्रयासलाई सलाम नगरी बस्न सकिन्न ।

चौथो खण्ड – संस्मरण अऩि भावोदगार – यस खण्डमा मोठ ३६ जना विभिन्न स्रष्टाहरूले कमल दर्नालप्रति आ-आफ्नै पाराले भावोदगार पोखेका छन् । सुश्री शान्ति प्रधानले उनको निजी विद्यालय (रामकृष्ण हायर सेकेण्ड्री स्कूल) मा हुने साङ्गीतिक कार्यक्रममा कमलजीको सहभागिता रहेको कुरा उठान गर्दै ‘कमल स्मृति’ प्रकाशित गरेकोमा आफ्नो हर्षोदगार प्रकट गर्दै कमल दर्नालकी धर्मपत्नी सरिता दर्नालज्यूलाई भक्कु प्रशंसा गरेकी छन्…जुन अत्यन्तै न्यायोचित देखिन्छ ।

टङ्क शर्माले कमल दर्नालका विभिन्न योगदानको चर्चा गर्दै उनका सहकर्मी, दक्ष अमीन र सुदक्ष सङ्गीतकारकन हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।

पी. अर्जुनले आफ्नो भावोदगार उत्कृष्ट कविता मार्फत् पोखेका छन् ।

यसरी नै कर्म योञ्जन, दिलमाया खाती, शान्ति ठटाल, कुमार सुब्बा, कालूसिंह रनपहेँली, दावा ग्याल्मो देवान, मणिकमल छेत्री, कुन्ती मोक्तानले कमल दर्नालले सङ्गीतमा प्रदान गरेका अमूल्य स्मृतिलाई प्रस्तुत गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।

भावोदगारको क्रममा ग्रन्थकी प्रकाशिका तथा सङ्गीतकार कमल दर्नालकी धर्मपत्नी श्रीमती सरिता दर्नालले कमलजीलाई प्रथमचोटि दिलमाया खातीको घरमा कमलजीले देखेपछि उनलाई बिहे गर्ने प्रस्ताव राखेका कुरा यहाँ प्रस्तुत गर्दै कमजीसित हातखुट्टा बाँधेकी कुरा स्पष्टसित खुलस्त पारेकी छन् । त्यसपिछको जीवन बड़ो रोचकिलो अऩि मिठाइलो पाराले प्रस्ततु गरेकी छन् ‘उहाँ’ शीर्षकको संस्मरणात्मक लेखमा । आफ्नो परिचय दिने क्रममा म फलानु, फलानु स्कूलकी गुरुआमा नभनेर ‘म कमलकी श्रीमती सरिता’ भनी चिनाउने कुरा गर्वसाथ उदघोषणा गरेकी छन् प्रस्तुत लेखमा ।

श्रीमती/श्री कमल दर्नालकी सुपुत्री योजना दर्नालले आफ्नो भावोदगारमा बाबाले बड़ो जतनपूर्वक स्कूल पुऱ्याउने ल्याउने कथा अनि बाबाको स्मृतिका कुराहरू मायालाग्दो पाराले प्रस्तुत गरेकी छन् ।

डेजी बराइलीले ‘म, कमल दाइ नि भैंसी लड़्यो’ गीतबाट आफू कसरी माथि पुगिन् सोको विस्तृत व्याख्खा गरेकी छन् ।

अशोक राईले कमल दर्नालप्रति श्रद्धा सुमन चढ़ाउँदै कमल दर्नालसित संसर्गका कुराहरू टेसिलो पाराले प्रस्तुत गरेका छन् ।

दुर्गा खरेल, मानसिंह मोक्तान, मेनुका प्रधान, सतीश रसाइली, जीवन लाबर, रमेश बरदेवा, सफल थापा, जीबी बल, पूर्ण गुरुङ ‘निरुपम’, आशा मुखिया लामा, पारसचन्द्र आलेले आफ्नो मर्मस्पर्शी, रोचक अनि चाखलाग्दो भावोदगार मार्फत कमल दर्नाललाई हृदयभित्रबाटै सम्झना गरेका छन् ।

मधुसुदन लामाले कालजयी गीत ‘भैंसी लड़यो’ प्रति सम्बन्धित सबैलाई बधाई र शुभकामना व्यक्त गरेका छन् । आदर्श राईले कमल स्मृति प्रकाशनलाई हार्दिक नमन गर्नाका साथै प्रस्तुत स्मृति ग्रन्थको प्रत्येक पाना अमर रहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

भोइस अफ नेपाल सिजन २, २०१९ मा भैसी लड़्यो है माया गाएर निर्णायकमण्डली लगायत उपस्थित सबैलाई हुरुक्कै र भुतुक्कै पार्ने विमोचना लमजेलले यस गीतले उनकी आमा (डेजी बराइली) मात्र उनलाई पनि सिङ्गो नेपालीहरूसित परिचय गरायो भन्ने कुरा कुनै कञ्जुस्याइँ नगरी प्रस्तुत गरेकी छन् । यस कालजयी गीतको निम्ति शब्दकार, सङ्गीतकार कमल दर्नालप्रति आजीवन ऋणी रहने स्वीकार निवेदन गरेकी छन् ।

अर्मिना गजमेर दर्नालले आफ्नो भावोदगारमा अश्रुपूर्ण श्रद्धाञ्जली निवेदन गरेकी छन् ।

सालो-सालीहरू प्रमोद राई (सालो), शशी घिमिरे आफ्ना (साली), शबि घिमिरे (साली), सुरेखा कार्की (साली), सुदेशना रसाइली (साली)ले पनि आफ्ना भेनाज्यूप्रति श्रद्धाञ्जली चढ़ाएका छन् ।.

पाँचौं खण्ड – पत्र-पत्रिकाहरूका पृष्ठहरूबाट- कमल दर्नाल बितेर गएपछि विभिन्न पत्र-पत्रिकामा बिमल दर्नाल, देवेन, पूर्ण राई ‘बाबरी’, चन्दन लमजेल, सबिता थापा ‘सङ्कल्प’ले छपाएका आफ्नो लेखोट मार्फत शब्दकार सङ्गीतकार कमल दर्नालको स्मरणमा आ-आफ्ना स्मरण व्यक्त गरेका छन् ।

छैटौं खण्ड – कमल दर्नालका शब्द, सङ्गीतमा रहेका केही गीतहरू – यस खण्डमा कमल दर्नालको शब्द र सङ्गीतमा विभिन्न प्रसिद्ध गायक गायिकाले गाएका मोठ एक दर्जन गीतहरू प्रकाशित गरिएको पाइन्छ । यी गीतहरू सबैले ख्याति प्राप्त गरेका हुन् ।

सातौं खण्ड – श्रद्धाञ्जली गीति क्यासेट – यस खण्डमा श्रद्धाञ्जली गीति क्यासेट भाग १ र २ का गीतहरूका गीतकार, गायक गायिका तथा विभिन्न साजहरूमा साथ दिने कलाकारहरूका नामावली प्रस्तुत गरिएको छ ।

आठौं खण्ड – श्री रत्न रेकर्डसका अमूल्य प्रतिभाहरू – यस खण्डमा श्री रत्न रेकर्डिङ संस्थान्, काठमाण्डौंद्वारा अऩुमोदित दुइ दर्जनभन्दा धेर दार्जिलिङ भेकका गीतकार, सङ्गीतकार अनि गायक-गायिकाहरूका सूची प्रकाशित गरिएको छ जसलाई ऐतिहासिक सूची मान्न सकिन्छ ।

नवौं खण्ड – शब्द हस्ताक्षर कतिपय – यस खण्डमा विभिन्न महानुभावहरूको निजी हस्ताक्षरमा कमल दर्नालप्रति पोखिएका केही उदगारहरू प्रकाशित गरिएको छ ।

दशौं खण्ड – शोक समवेदना – यस खण्डमा सङ्घ, संस्थाहरूले कमल दर्नालप्रति शोक संवेदना व्यक्त गरिएका पत्रहरू प्रकाशित गरिएको छ भने एघारौं वा अन्तिम खण्ड – कमल दर्नालसँग सम्बन्धित विभिन्न क्षणका रङ्गीन तस्वीरहरू समावेश गरेर नेपाली सङ्गीत फाँटमा कमल दर्नालको योगदानलाई स्मृतिको निम्ति प्रकाशित गरिएको छ । यी तस्वीरहरू जम्मै स्मरणीय मात्र नभएर ऐतिहासिक पनि भएको छ ।

सम्पादकीय – सम्पादक प्रकाश प्रधानले आफ्नो सम्पादकीयमा शब्दकार-सङ्गीतकार कमल दर्नाललाई एकजना सङ्गीत सर्जक, गायक, गीतकार,स्रष्टा, समाज सचेतक साथै सदभावना, नैतिकता, सतचरित्र, इमान्दारिता, परोपकारिताजस्ता मानवीय गुणले परिपूर्ण बहुआयामिक व्यक्तित्वका रुपमा चिनाउँदै उनका सङ्गीतप्रतिको योगदानलाई प्रस्तुत गरेका छन् । यस ‘कमल स्मृति’ले कमल दर्नाललाई आजन्म जीवन्त तुल्याउनका साथै अमरत्व प्रदान गर्ने कुरामा आशावादी रहेका कुरा प्रकट गरेको पाइन्छ ।

प्रकाशकीय – यस ग्रन्थका प्रकाशिका सरिता दर्नालले आफ्नो प्रकाशकीयमा उनका अधूरो कल्पनालाई साकार रुप दिन उनैद्वारा सङ्गीतबद्ध गीतहरू एक बिटा पारी श्रद्धाञ्जली क्यासेट भाग १ र २ निर्माण गर्नाका साथै ‘कमल पुरस्कार’ प्रदान अनि अन्त्यमा ‘कमल स्मृति’ ग्रन्थ प्रकाशित हुँदासम्मको तथ्य प्रस्तुत गर्दै यस ग्रन्थ प्रकाशनको निम्ति सहयोग पुऱ्याउने सबै महानुभावप्रति आभार एवम् कृतज्ञ प्रकट गरेकी छन् । अन्त्यमा यस कृति पाठकले पढ़िदिए मात्र यो कृति प्रकाशित गरेको सार्थक हुनेछ भन्ने आह्वान समेत गरेकी छन् ।

निष्कर्ष –
भाग्यमानी शब्दकार सङ्गीतकार कमल दर्नालकी धर्मपत्नी सरिता दर्नालको मुटु साँच्चै भैँसीकै मुटु मान्नुपर्छ । उनले आफ्नो रगत पसिना फुर्मास गरी कमल दर्नाल बितेपछि उनैद्वारा सङ्गीतबद्ध गीतहरू एक मुष्ट पारी श्रद्धाञ्जली क्यासेट भाग १ र २ निर्माण, ‘कमल पुरस्कार’ प्रदान अनि अन्त्यमा ‘कमल स्मृति’ ग्रन्थ प्रकाशित गरेर कुनै पनि स्रष्टाकी श्रीमती ता यस्तो पो हुनुपर्छ भन्ने दृष्टान्त राखिऩ् । कत्रो ठूलो आँट प्रकाशिका सरिता दर्नालको, श्रीमती कमल दर्नालको । कति श्रद्धा भक्ति आफ्ना स्वर्गवासी पतिप्रति । चाणक्ले एक ठाउँ भनेका छन्, “भाग्यमानीले मात्र असल मित्र पाउँछन् ।” उनै चाणक्यको आह्रिस वा देखासिकी गर्दै म चाहिँ के भन्छु भने, भाग्यमानी साहित्यकार वा सङ्गीतकार पतिले मात्र श्रीमती सरिता दर्नालजस्ता अर्धाङ्गिनी पाउँछन् । यो स्मृति ग्रन्थ कमल दर्नालप्रति श्रीमती सरिता दर्नालको अर्घ्य मात्र होइन तर तमाम साहित्यकार एवम् सङ्गीतकार पत्नीहरूलाई सन्देशात्मक शङ्खघोष हो….आफ्ना स्वर्गवासी पतिको स्मरण यस्तै स्मृति ग्रन्थ प्रकाशित गरेर नेपाली सङ्गीत फाँटमा उनको योगदान, समर्पण अजम्मरी बनाइ राखुन् ।

कमल स्मृति प्रकाशन गुठी, खरसाङको पक्षमा श्रीमती सरिता दर्नालद्वारा प्रकाशित गरिएको प्रस्तुत ‘कमल स्मृति’ ग्रन्थ ऐतिहासिक मात्र नभएर सङ्ग्रहणीय हुनाका साथै ईर्ष्यणीय भएको छ भन्ने मेरो दाबी छ । ‘कमल स्मृति’ ग्रन्थका सम्पूर्ण टोलीकन हार्दिक साधुवाद ।

कृति – कमल स्मृति (कमल दर्नाल स्मृति ग्रन्थ)
सम्पादन सल्लाहकार – जस योञ्जन ‘प्य़ासी’
सम्पादक – प्रकाश प्रधान
प्रकाशक – श्रीमती सरिता दर्नाल, कमल स्मृति प्रकाशन गुठी, खरसाङ, दार्जिलिङ
पहिलो संस्करण – २०२२ (५०० प्रति)
सर्वाधिकार प्रकाशकमा
अक्षर संयोजन – ज्ञानकुञ्ज बुक्स, खरसाङ
मुद्रण – ग्राफिक प्रिण्टर्स, दुर्गागढ़ी, सिलगढ़ी
पृष्ठ सङ्ख्या – २४२
मूल्य – उपहारस्वरुप निःशुल्क भेट ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 709
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.