SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » “यात्रासाहित्यको पहिलो सैद्धान्तिक ग्रन्थ”
समीक्षा

“यात्रासाहित्यको पहिलो सैद्धान्तिक ग्रन्थ”

कपिल लामिछानेBy Sahitya SagarMarch 18, 2023No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
कपिल लामिछाने चितवनमा बसेर नेपाली भाषा साहित्यका क्षेत्रमा सेवा गरिरहेका प्रतिभा हुन् । उनी शिक्षा र साहित्यसेवामा निरन्तर लागिरहेका छन् । साहित्यतर्फ सिर्जना र समीक्षा दुवै विधामा कलम चलाउने लामिछानेको साहित्यसागरको प्रस्तुत शृङ्खलामा यात्रा साहित्यको पहिलो सैद्धान्तिक ग्रन्थ शीर्षकको समीक्षा समेटिएको छ । यो डा. निर्मोही व्यासको सैघान्तिक कृतिमाथिको पुस्तक समीषा हो ।

-सम्पा.

निर्मोही व्यासले साहित्यका प्रमुख विधा कविता, निबन्ध र आख्यानका क्षेत्रमा कलम चलाएका भए पनि उनी निबन्ध विधाअन्तर्गत पर्ने नियात्रा र संस्मरणमै बढी सक्रिय र त्यसैमा लोकप्रिय पनि रहेका छन् । आरम्भतिर कविता–काव्यका दुई पुस्तक प्रकाशित गराएका व्यासमा झन्डै तीनदशक लामो अन्तरालपछि जीवनको उत्तराद्र्धतिर आएर पद्य कवितातर्पm फेरि पनि रुचि बढेको तथ्य उनका निकै सुन्दर र मार्मिक गीत–कविताहरूको सङ्ग्रह ‘बोधिवृक्षको छायामा’ (२०६९) बाट प्रमाणित हुन्छ । उनको प्रकाशन यात्रा ‘सम्झना’ शीर्षक यात्रासंस्मरण (इ.१९७०) बाट प्रारम्भ भएको हो ।

व्यासको ‘यात्रासाहित्यको सिद्धान्त’ (२०७०) द्रष्टा व्यक्तित्वको सर्वोत्तम कृति हो । यात्रासाहित्यका सन्दर्भमा नेपाली साहित्यको पहिलो र मूर्धन्य सैद्धान्तिक ग्रन्थ पनि हो । यात्रासाहित्यकै बारेमा उनले त्रि.वि.बाट विद्यावारिधि गरेका र यात्रासात्यिकै लक्षणहरूलाई लिएर अनुसन्धानात्मक विधिको प्रयोग गरी प्रबन्धात्मक रूपबाट ग्रन्थको निर्माण गरेको हुनाले आधिकारिक विद्वान् हुुनाका साथै उनी द्रष्टा व्यक्तित्वका रूपमा स्थापित भएका छन् । उनको यो कृति तीन जना लब्धप्रतिष्ठ समालोचकहरूका भूमिका र लेखकको मन्तव्य सहित चारवटा परिच्छेदमा विभाजित छ । परिच्छेद एकमा ‘यात्रा र यात्रा साहित्य’ अन्तर्गत (अ) यात्रा अवधारणा, (आ) मानवजीवनमा यात्राको महत्त्व, (इ) यात्रासाहित्य । परिच्छेद दुईमा यात्रासाहित्यको सैद्धान्तिक अध्ययन परम्पराअन्तर्गत (क) पाश्चात्य साहित्यमा यात्रासाहित्यको सैद्धान्तिक परम्परा, (ख) हिन्दी साहित्यमा यात्रासाहित्यको सैद्धान्तिक अध्ययन परम्परा, (ग) नेपाली साहित्यमा यात्रासाहित्यको सैद्धान्तिक अध्ययन परम्परा । परच्छेद तीनमा यात्रासाहित्यको सिद्धान्तअन्तर्गत (१) यात्रासाहित्यको परिभाषा, (२) नियात्राको परिभाषा, (३) यात्रासाहित्यको विधानिर्धारण, (४) यात्रासाहित्यका तत्त्व, (५) यात्रासाहित्यको उद्देश्य, (६) यात्रासाहित्यको भाषाशैली, (७) यात्रासाहित्यका गुण, (८) यात्रासाहित्यको प्रस्तुति, (९) यात्रासाहित्यको अवधि, (१०) यात्रासाहित्यको आकार, (११) यात्रासाहित्यको वर्गीकरण, (१२) यात्रासाहित्यको सृजन प्रक्रिया, (१३) अन्य विधा वा नव गद्यविधाहरूको आविर्भाव, आवश्यकता र औचित्य, (१४) आख्यानेतर गद्य अन्तर्गतका अन्य विधा वा नव गद्यविधासँग यात्रासाहित्यको तुलना, (१५) यात्रासाहित्यका विशेषता, (१६) यात्रासाहित्यकारका सापेक्षित गुणहरू र परिच्छेद चार उपसंहार रहेको छ ।

यसरी पहिलोमा यात्राको व्युत्पत्ति र अवधारणा, दोस्रोमा इतिहास, तेस्रोमा परिभाषा, तत्त्व र स्वरूप, चौथोमा निष्कर्ष वा उपसंहार रहेको पाइन्छ ।

यात्रासाहित्यको स्वरूप र पहिचान गुण र तत्त्वहरूकै आधारमा हुन्छ । यहाँ लेखकले यात्रासाहित्यका गुण र तत्त्वहरूलाई प्राज्ञिक विधिबाट पर्गेल्दै स्पष्टसँग विश्लेषण र विवेचन गर्ने काम गरेका छन् । यात्राको प्राचीनता, यसको महत्त्व र महिमागान, यसका तत्त्व र स्वरूपको स्पष्ट किटान पहिचान र निर्धारण, आख्यानेतर गद्यअन्तर्गतका अन्य विधाहरूसँग यसको तुलना यस कृतिका विशेषता हुन् । रोचकता, रसात्मकता, भावात्मकता र कौतूहल यात्रासाहित्यका गुण हुन् भन्दै यी गुणहरूलाई उनले राम्ररी खुलाएका छन् । विधागत तत्त्वको विवेचना गर्ने क्रममा गतिशीलता, स्थानीयता, र तथ्यात्मकतालाई यात्रासाहित्यका प्राथमिक तत्त्व र निजात्मकता, आत्मीयता, कल्पनाप्रवणता, चित्रात्मकता जस्ता तत्त्वलाई द्वितीयक तत्त्वका रूपमा लिई यिनको गहन र विस्तृत विवेचना गरेका छन् ।

यात्रासाहित्यलाई यात्रावृत्त, यात्रावृत्तान्त, भ्रमणवृत्तान्त, यात्रानिबन्ध, यात्रासंस्मरण, नियात्रा आदि भन्ने गरिन्छ । यी सबैको प्रयोग पर्यायवाची रूपमा भए तापनि यिनीहरूका बीच तात्त्विक भिन्नता पनि देखापर्छ । अन्य शब्दले भन्दा यात्रासाहित्यले नै व्यापक र विस्तृत अर्थ दिने र व्यापक अभिलक्षणहरूलाई समेट्ने हुँदा उक्त शब्दबाट कृतिको नामकरण गरिनु उपयुक्त देखापर्छ । यात्रासम्बन्धी विविध विधा र अन्य विधाको पनि व्यापक र विस्तृत चर्चा कृतिमा निहित छ ।

लेखकले यात्रासाहित्यलाई छुट्टै स्वतन्त्र विधा मान्नुपर्ने निष्कर्ष निकालेका छन् । यस निष्कर्षसँग भने सहमत हुन सकिन्न । किनभने नैबन्धिक गुणकै आधिक्य रहने हुँदा यो निबन्धकै प्रशाखा वा उपविधा हो । अधिकांश साहित्यिक समालोचकहरूले पनि यही धारणासँग आफ्नो सहमति जनाएका छन् । निबन्धबाट विकसित भई त्यसका केही गुणहरूलाई आत्मसात् गरेको भए पनि यसले नवनव शैलीशिल्पको आविष्कार र प्रयोग गर्दै आफ्नो क्षेत्रलाई विस्तृत उर्वर तुल्याएकाले र प्रवृत्तिगत वैषम्य भएकाले स्वतन्त्र विधाको रूपमा मान्नुपर्ने बलिया तर्कहरू पनि लेखकले नराखेका होइनन् । जति तर्कहरू राखे पनि निबन्धबाट यात्रासाहित्यको पृथक् सत्ता स्थापित हुन सत्तैmन । जस्तै लघुकथा, कथा र उपन्यास आख्यानबाट, मुक्तक, गीत, गजल, खण्डकाव्य र महाकाव्य कविताबाट पृथक् होइनन् त्यस्तै यात्रासाहित्य पनि निबन्धबाट अलग छैन ।

लेखकले यात्रासाहित्यको प्रमुख उद्भव स्रोतका रूपमा संस्कृत वाङ्मयलाई लिएका छन् । ऋग्वेदमा इन्द्रले हरिश्चन्द्रपुत्र रोहितलाई यात्राको महत्त्वबारे सम्बोधन गरेको अभिव्यक्ति निकै महत्त्वपूर्ण महसूस हुन्छ । यसले हर कसैलाई यात्राका निम्ति उत्प्रेरणा जगाउँछ । जस्तै : “बसिरहने व्यक्तिको भाग्य पनि बसिदिन्छ, उठेका व्यक्तिको भाग्य उठ्छ, सुतिरहने व्यक्तिको भाग्य सुतिदिन्छ र पर्यटनशील व्यक्तिको भाग्य दिनप्रतिदिन बढ्दै जान्छ त्यसैले तिमी हिँडिरहू, हिँडिरहू” (यात्रासाहित्यको सिद्धान्त,२०७० : पृष्ठ — २४)

ऐतरेय ब्राह्मण, विभिन्न पुराण, पञ्चतन्त्र र हितोपदेशमा यात्राका निम्ति कथिएका कथनहरू पनि अत्यन्त महत्त्वपूर्ण लाग्दछन्, जस्तै : हितोपदेशमा “सिंहहरू, सत्पुरुषहरू र हात्तीहरू आफ्नो थातथलो छोडेर अन्यत्र जान्छन् । कागहरू, कुत्सित व्यक्तिहरू र मृगहरू चाहिँ उही ठाउँमा मर्छन्” (यात्रासाहित्यको सिद्धान्त,२०७० : पृष्ठ — २६)

यात्राको महत्त्वमाथि प्रकाश पार्ने क्रममा ऐतरेय ब्राह्मण, विभिन्न पुराण, पञ्चतन्त्र, हितोपदेश र अन्य ग्रन्थहरूको उल्लेख गरिएको भए पनि काव्यमीमांसाको भने उल्लेख भेटिँदैन । संस्कृतका ठूला विद्वान् राजशेखर यायावरीय प्रवृत्तिका व्यक्ति थिए । उनको काव्यमीमांसा संस्कृत साहित्यकै मूर्धन्य ग्रन्थ हो । यसै ग्रन्थको तेस्रो अध्यायमा काव्यपुरुषको दृष्टान्तद्वारा राजशेखरले यात्राको महत्त्वमाथि प्रकाश पारेका छन् ।

बगेको पानी नै स्वच्छ र ऊर्जाशील हुन्छ भनेभैmँ जो यात्रामा बढी गतिशील छ उही बढी ऊर्जाशील र उन्नतिशील हुन्छ । पौराणिक युगका नारददेखि आधुनिक युगका सिकन्दरसम्म जसले बढी यात्रा गरेका छन् तिनैले बढी ज्ञान र अनुभव हासिल गरेका छन्, तिनै श्रेष्ठ र प्रसिद्ध कहलिएका छन् । बुद्धले यात्राबाटै बुद्धत्व प्रप्त गरेका हुन् । घुमक्कडी स्वभावका राहुल साङ्कृत्यायनले घुमेरै उत्कृष्ट साहित्य सिर्जेका छन्, अझ उनले ‘घुमक्कडशास्त्र’ नामक यात्रासम्बन्धी चिन्तन ग्रन्थ नै लेखी घुमक्कडी एउटा रस नै भन्दै त्यो काव्यरसभन्दा कुनै मानेमा पनि कम नभएको उल्लेख गरेका जस्ता यात्रासम्बन्धी महत्त्वपूर्ण प्रसङ्गहरू पनि व्यासको यस कृतिमा समेटिएका छन् ।

विस्तृत र व्यापक अर्थ दिने यात्रासाहित्यले गतिमय स्थितिका अनेक स्वरूपहरूलाई बुझाउँछ तापनि अचेल यात्रासाहित्य लेख्नेहरूले आपूmलाई यात्रासाहित्यकार भन्नुभन्दा नियात्राकार भन्न रुचाएको र उनीहरूले आफ्ना यात्रासाहित्यिक रचनालाई पनि नियात्रा नै भन्ने गरेको पाइन्छ । यहाँ लेखकले नियात्राको स्वरूप र लक्षणका बारेमा समेत स्पष्ट पार्दै नेपाली साहित्यमा पहिलो नियात्राकारका रूपमा तारानाथ शर्मालाई र पहिलो नियात्रात्मक कृति (ग्रन्थ) का रूपमा शर्माकै ‘बेलाइततिर बरालिँदा’ (२०२६) लाई मानेका छन् । यस सम्बन्धमा यस पङ्क्तिकारको पनि ‘तानासर्मा : सङ्घर्ष र प्राप्ति’ (२०६९) ग्रन्थमा नियात्राकार ‘तानाशर्माको जीवनदर्शन’ शीर्षक लेख प्रकाशित भएको छ ।

त्यस्तै, ‘समकालीन साहित्य’ पूर्णाङ्क — ४१ (यात्रासंस्मरण विशेषाङ्क) मा ‘नेपाली यात्रासाहित्य : उद्भव र विकास’ शीर्षक लेख पनि प्रकाशित भएको छ ।

निर्मोही व्यासको यस सैद्धान्तिक ग्रन्थका सबै परिच्छेदहरू उत्तिकै महत्त्वपूर्ण छन् । यस ग्रन्थमा पहिलो परिच्छेद बढी शोधखोजपूर्ण, ज्ञानवद्र्धक र प्रेरणाप्रद लाग्दछ । यात्रासाहित्यको स्वरूप र लक्षणहरूलाई चिनाउने महत्त्वपूर्ण भाग त परिच्छेद त झन् तीन नै हो । यसमा विधानिर्धारण, तत्त्व, गुण, उद्देश्य, वर्गीकरण र यात्रासाहित्यको सृजनप्रक्रियाका बारेमा उपशीर्षकहरू राखी पृथक् पृथक् रूपले विश्लेषण गरिएको हुँदा यात्रासाहित्यकोे सिर्जनात्मक स्वरूपबारे स्पष्ट हुन यो ग्रन्थ निकै उपयोगी देखापर्छ । साथै आख्यानेतर गद्यअन्तर्गतका अन्य विधाहरूसँग गरिएको तुलनाले पनि यात्रासाहित्यको स्वरूपलाई छर्लङ्ग्याउन निकै सहयोग पु¥याउँछ । यात्रासाहित्यको सिद्धान्तका बारेमा स्पष्ट, तर्कयुक्त र शोधखोजपूर्ण कृति भएकाले विशेषत: नेपाली यात्रासाहित्यका स्रष्टा, अन्वेषक एवं समीक्षकहरूलाई र सामान्यतया साहित्यका समग्र पाठकलाई यो कृति निकै उपयोगी र मूल्यवान् सिद्ध हुने ठहर्छ ।

यस ग्रन्थका विशेषता बुँदागत रूपमा निम्नानुसार रेखाङ्कित हुन्छन् :
— स्रष्टा निर्मोही व्यास नै द्रष्टा रूपमा प्रस्तुत
— नेपाली साहित्यमा यात्रासाहित्यको प्रथम सैद्धान्तिक ग्रन्थ
— नेपाली, संस्कृत र हिन्दीको महत्त्वपूर्ण सन्दर्भ–स्रोत
— तत्त्व, गुण र स्वरूपका बारेमा विस्तृत विवेचना
— यात्रासाहित्यको परिचय, परिभाषा र महत्त्वका बारेमा व्यापक प्रकाश
— यात्रासाहित्यको सृजन प्रक्रियाका सम्बन्धमा सटीक चर्चा
— इतिहास र परम्पराको समीचीन प्रस्तुति
— अनुसन्धानात्मक विधिको प्रयोग
— उत्प्रेरणा र सम्बोधनहरूको विवरण
— नवनिर्मित र मौलिक शब्दबारे स्पष्ट धारणा
— स्पष्ट र छरितो भाषाशैली

भरतपुर, चितवन

  • Sahitya Sagar
    Sahitya Sagar
कपिल लामिछाने
कपिल लामिछाने
Post Views: 384
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.