SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » यायावर पाइलामा खेमराज पोखरेलको निबन्धकारिता
समीक्षा

यायावर पाइलामा खेमराज पोखरेलको निबन्धकारिता

डा. रमेश शुभेच्छुBy Sahitya SagarFebruary 13, 2023Updated:February 14, 2023No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
डा. रमेश शुभेच्छुको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी युवापुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा व्यक्तित्व हुन् । प्रस्तुत शृङ्खलामा उनको खेमराज पोखरेलको निबन्धकृतिमाथि लेखिएको ‘यायावर पाइलामा खेमराज पोखरेलको निबन्धकारिता’ शीर्षकको लघुसमीक्षा समेटिएको छ ।

-सम्पा.

विषय प्रवेश
खेमराज पोखरेल प्रवाशमा रहेर नेपाली साहित्यलाई माया गर्ने प्रतिभा हुन् । उनी मुलतः लघुकथा र निबन्ध विधामा कलम चलाइरहेका छन् । उनको यायावर पाइला नियात्रामूलक निबन्धको सङ्कलन हो । यहाँ सरसरती रूपमा पोखरेलको नियात्राकारिता कस्तो छ भनी मूल्याङ्कन गरिएको छ । यस लघु समीक्षाले यही एउटा कृतिका आधारमा पोखरेलका निबन्ध प्रवृत्तिको सङ्केत गरेको छ ।

यायावर पाइलाको गन्तव्य
यायावर पाइला खेमराज पोखरेलको निबन्ध कृति हो । सुशीला पोखरेलद्वारा सम्पादित प्रतीक ढकालको भूमिका र लेखकीयसहित २०८ पृष्ठमा संरचित यस कृतिको उद्देश्य लेखकले आफू पुगेका ठाउँको अनुभूति र ज्ञानलाई संरक्षण गर्नु देखिन्छ । यो उनको नियात्रापरक निबन्धको सङ्ग्रह हो । यसमा जम्मा १७ वटा नियात्राप्रधान निबन्धहरू समेटिएका छन् लघुकथा विधामा कलम चलाइरहेका पोखरेलको यो पहिलो नियात्रा कृति हो यद्यपि यसको प्रस्तुति शैली सिकारु निबन्धकारको जस्तो कमजोर देखिँदैन ।

प्रस्तुत निबन्ध कृतिले स्वर्गद्वारी, टनकपुर, हलेसी, पाथीभरा, खप्तड, भोजपुर, काठमाडौँ, बेनीबजार, घलेगाउँ, जनकपुर, बाग्लुङ, मनाङ, कर्णाली, जिरी, तामाकोशी, दलचोकी जस्ता पूर्वदेखि पश्चिमसम्मका र पहाडदेखि तराईसम्मका ठाउँका यात्रालाई नियात्राको रूप दिएका छन् । यहाँ ती भूगोल वा स्थलसँगै त्यहाँको जनजीवनलाई पनि पढ्न पाइन्छ । जब निबन्धले भूगोलका साथै लेखक पुगेका ठाउँको जनजीवन र संस्कृति पनि समेटिन्छ तब त्यो कृति बहुआयामिक बन्दछ ।

प्रस्तुत सङ्कलनमा स्गर्गद्धारीको स्वर्ग, टनकपुरमा टनटनी दुःखेको टाउको, सम्झनाका तप्केनीमा मेरो हलेसी, कस्तो मोहनी लायौ नि पाथीभरा ! फर्कनै मन लागेन नि खप्तड !, भाग्यमानी भोजपुर ः अभागी भोजपुर, काठमाडौँको नाकले पाथीभरा फेदिमा श्वास फेर्दा, गोडलागैछी जनकपुर, हिमाल बोक्न मन थियो नि घले गाउँ, बाग्लुङ बेनी घुमेर आउँदा, सम्झनामा मनाङ तिर्सनामा मस्र्याङ्दी, रारा तालको काल्लाभित्र कर्णाली कहर, उठ्तै थियो जिरी कङ्क्रिट भएर, तामाकोशीको फन्कोले दिएका यादहरू, सम्झनाका तरेली, दलचोकी मनकामना जस्ता निबन्ध रचना समेटिएका छन् । यी शीर्षकले नै कहाँ कहाँका यात्रा संस्मरण वा नियात्रा समेटिएका छन् भन्ने सङ्केत पाठकलाई गरेका छन् । यस्तो सङ्केतले आफ्नो रुचिको निबन्ध पढ्न पाठक स्वतन्त्र भएका छन् । कुनै पनि विधाको सङ्कलनले यस्तो सुविधा दिइरहेका हुन्छन् ।

प्रस्तुत कृतिमा समेटिएका नियात्रा स्थानका दृश्यावलोकन र भ्रमणका वर्णनमा केन्द्रित रहँदा रहँदै पनि तिनमा स्थानीय रङको रागात्मक प्रस्तुति पाइन्छ । स्थानीय प्रकृति र संस्कृतिलाई घोल्दै त्यस ठाउँको वर्णन र त्यहाँका मानिसहरूको प्रस्तुति गर्ने शैली निकै रोचक लाग्छ । यी नियात्राले ठाउँमा पुगेर फर्किएको विवरण मात्र नभई त्यहाँका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय एवम् पर्यावरणीय जस्ता बहुआयामिक पक्षलाई समेटेका छन् । यसले यी निबन्ध रचनाहरू यात्रा विवरणमा मात्र केन्द्रित नभई बहुआयामिक ज्ञानसहित उज्याला बनेका छन् ।

प्रस्तुत निबन्ध कृतिभित्र गाइवस्तुले अन्न बाली खाइदिएका निहुँमा मानिसले झगडा गरेका कमजोर चेतनाका बहुमुखी पक्षदेखि प्रहरी हिरासतमा रहेको व्यक्ति पिटाइ नखाई अनुसन्धानबाट छोडिएका उच्च मानवीय पक्षसम्मका घटना समेटिएका छन् । यस अर्थमा लेखकको दृष्टि सामान्य विषय देखि उच्च विषयसम्म पुगेको देखिन्छ । भूगोल र संस्कृतिका साथै नेपालका विशेषता झल्काउने विविध पक्ष यस एउटै कृतिमा पढ्न पाइन्छ ।

प्रस्तुत संस्मरणहरू लेखकका विदेशको बसाईपछि स्वदेश फिर्ती र भ्रमणका संस्मराणहरू हुन् । त्यसले गर्दा लेखक आफ्नो जन्मभूमिको प्रकृतिसँग निकै मोहित देखिन्छन् । उनी लामो समय हराएको बालक आफ्नी आमा भेट्टाएर आमाकै काखमा लटपटिइरहेझैँ प्रकृतिका काखमा लुटुपुटु गरिरहेका भेटिन्छन् । त्यसबेला केही कोमल भाषा र केही चर्को भाषा पनि बोल्नु स्वाभाविक लाग्छ । यहाँ केही आलोचना र केही समर्थन पालो गरी गरी आइरहेका हुन्छन् । उनी विदेशमा देखेका विकास निर्माण र नेपालका अवस्थासँग तुलना गरिरहेका हुन्छन् । उनी बारम्बार हीरा पाएर चाल नपाउने नेपाली शासकप्रति आक्रोश पनि व्यक्त गरिरहेका हुन्छन् । यी पक्ष प्रासङ्गिक र सान्दर्भिक रूपमा मात्र आएका छन् ।

प्रस्तुत सङ्ग्रहका रचनामा उक्त विविध पक्ष हुँदाहुँदै मूलतः आफ्नै माटोको सुवास, खुसी र दुःखका बहुविध पक्ष पनि छन् । यहाँ यात्राका क्रममा हुने शारीरिक दुःखभन्दा पनि मानसिक र चिन्तनप्रधान दुःखको शृङ्खला छ । यस अर्थमा घलेगाउँ, भुजुङ जस्ता ठाउँमा देखिएका विदेशी संस्कृतिप्रतिको मोह, र मौलिक र निजी संस्कृतिको पलायन हुँदै गएको चिन्ता निकै जीवन्त रूपमा प्रकट गरिएको छ । लेखकको बसाई विदेशमा हुँदा यी र यस्ता विषयहरू लेखकका देशभक्ति वा नेपाली संस्कृतिका अन्धभक्ति हुन् भन्ने आरोप लाग्न सक्ने सम्भावना पनि छ ।

यी रचनामा लेखकले नेपालका गाउँको विकास गाउँले मोडलमा हुनुपर्ने विचार राखेका छन् । त्यसरी गाउँको विकास हुन नसकेको पक्षलाई लेखकले आफ्ना जीवनका अनुभव र आफूले देखे बुझेका ठाउँबाट बारम्बार दोहोर्याएका छन् । उनका दृष्टिमा नेपालको विकासका नाममा गाउँको विकास असाध्यै देखावटी मात्र भएको छ भन्ने देखिन्छ ।

लेखक नेपालका ग्रामीण भेगको भ्रमणका क्रममा नेपाली नारीहरूका अवस्था उठिनसकेका पक्षमा पनि दृष्टि पुर्याउँछन् । देशमा केही नारीहरू उच्च पदमा पुगे पनि ग्रामीण भेगका प्रयः नारीहरूको अवस्था जहाँसुकै उस्तै दुःखद रहेको पक्ष दोहोर्याइरहन्छन् । आफ्ना देश विदेशका अनुभवलाई केन्द्रमा राख्दै कमजोर खानपिन र कठोर श्रमले आफ्ना दाजुभाइ दिदीबहिनी पिल्सिएको देख्छन् र तिनीहरूप्रति सहानुभूति प्रकट गर्दछन् ।

निबन्धलाई कतिको प्रभावकारी बनाउने भन्ने कुरा सम्बन्धित निबन्धको भाषाशैलीमा भर पर्दछ । पोखरेलको भाषा केही विवरणात्मक वर्णनात्मक रहेर पनि साहित्यिक मूल्यको रक्षा गरिरहेकको भेटिन्छ । उनको यो कृति पहिलो निबन्धकृति भए पनि उनको लघुकथा साधना र सम्पादन साधनाले भाषा खारिएको देखिन्छ । स्थानीय भाषा, भाषिका र लोक लवज एवम् मिथकहरू दोहोरिएर आइरहन्छन् । कतिपय ठाउँमा पौराणिक मिथकहरू र ऐतिहासिक मिथकहरूले पनि सान्दर्भिक रूपमा समेटिएका छन् । यस्ता स्थानीय, ऐतिहासिक एवम् पौराणिक सन्दर्भको संयोजनले कृतिलाई गुगल सर्च गर्दा भेटिने वर्णन जस्तो नबनाई वास्तविक भूगोलको साहित्य बनाएको छ ।

नियात्रा यात्रासाँगसँगै सम्बन्धित सन्दर्भहरूको संयोजन पनि हो । यात्रा र यात्राकारका अनुभूतिहरूको संयोजन पनि हो । तिनमा मिसिएको लेखकको मनोविज्ञान, सम्बन्धित परिवेशजन्य अनुभूतिसमेतले कृतिलाई पठनीय बनाएका छन् । ठाउँ ठाउँ लेखकले वस्तुगत चित्रण भन्दा पनि बाह्य प्रसङ्ग जोड्दा अनावश्यक सन्दर्भ जस्तो लाग्दा लाग्दै र कतै कतै उच्च कलात्मक भाषा बन्न नसकेको जस्तो लाग्दा लाग्दै पनि यो नियात्रा कृति उल्लेख्य बनेको छ । यात्रा विवरणमा निबन्धकलाको संयोजन हुन सकेकै देखिन्छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
डा. रमेश शुभेच्छु
डा. रमेश शुभेच्छु
Post Views: 592
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.