SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » को वरिष्ठ को कनिष्ठ
निबन्ध

को वरिष्ठ को कनिष्ठ

विनयकुमार शर्मा नेपालBy Sahitya SagarJanuary 15, 2023No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

विनयकुमार शर्मा नेपाल नेपाली साहित्यमा बहुविध ढङ्गले समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी अनुवाद, सिर्जना, समीक्षा, सम्पादन, सङ्गठन आदि विविध ढङ्गले साहित्यमा समर्पित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा निबन्ध समेटिएको छ । ‘को वरिष्ठ को कनिष्ठ’ शीर्षकको यस निबन्धले समाजमा वरिष्ठ र कनिष्ठको भेद बढ्दै गएका पक्षप्रति तीव्र व्यङ्ग्य गरेको छ ।

-सम्पा.

को वरिष्ठ को कनिष्ठ ? उत्तर जटिल छ ! केले ? नामले ? पदले ? कामले ? ज्ञानले ? यदि अग्लाइ, मोटाइ वरिष्ठ र कनिष्ठको नाप गर्ने मापदण्ड हो भने म के भनूँ मान्छेभन्दा हात्ती ठूलो भन्नेहरूलाई ? यदि श्रेष्ठ उत्कृष्ट वा ‘सिनियारिटी’को अर्थलाई वरिष्ठसँग जोड्ने हो भने पनि यो संसारमा प्राप्त हुने सबै तत्त्व-तत्त्वको आफ्नै मौलिकपन र महत्त्व छ फेरि कुन वरिष्ठ ? कुन कनिष्ठ ? सात अरब मान्छेका मनका भाव, औँलाका छाप, अनुहार नमिलेजस्तै उल्टापाल्टा हो यो मापदण्ड । अब भन्नोस् कुन र को श्रेष्ठ कुन र को उत्कृष्ट ? यदि उमेर वा दिनलाई हद मान्ने हो भने पनि कनिष्ठको जोस वरिष्ठमा हुन्न र वरिष्ठको अनुभव कनिष्ठमा हुन्न, फेरि कुन कताबाट वरिष्ठ ? यदि ज्ञान यसको नाप्ने मापदण्ड हो भने पनि प्रमाणपत्रको कि ? अनुभवको ? दुईचार हजारमा बिक्ने वा दुईचार दिनको घोकाइको प्रमाणपत्र मापदण्ड मान्ने कति होलान् यहाँ ? अनि अनुभव जोख्ने, भर्ने, नाप्ने, हेर्ने यन्त्र के हो ? यदि हाम्रो मन वा मस्तिष्क मात्र हो भने फेरि किन औडाहा ? किन ‘कम्पिटिसन’ ?

नाक वरिष्ठ कि कान वरिष्ठ ? हात वरिष्ठ कि खुट्टो वरिष्ठ ? मुटु वरिष्ठ कि दिमाग वरिष्ठ ? मुख वरिष्ठ कि चाक वरिष्ठ ? के यिनमा कुनै एकलाई मात्र वरिष्ठ मान्न सक्छौँ हामी ? रातो वरिष्ठ कि नीलो वरिष्ठ ? कालो वरिष्ठ कि सेतो वरिष्ठ ? पहेँलो वरिष्ठ कि हरियो वरिष्ठ ? कुनलाई हामी प्रकृतिबाट फेँक्न सक्छौ ? ज्ञान वरिष्ठ कि विज्ञान वरिष्ठ ? जीव वरिष्ठ कि जगत् वरिष्ठ ? न विज्ञानविना ज्ञान जन्मन्छ न ज्ञानविना विज्ञान खुल्छ । न जगत् विना जीव हुन्छ न जीवविना जगत्को सार हुन्छ । यी सबै परस्पर अविछिन्न छन् । यो संसारमा विछिन्न केही छैन, कुनै तत्त्व छैन । सिङ्गो ब्रह्माण्डमा यावत् तत्त्व-तत्त्वको परस्पर सम्बन्ध छ- मिलाप छ, चाहे त्यो हामी देखौँ वा नदेखौँ । फेरि कुन कनिष्ठ ? एकको अन्त अर्काको अन्त, एकको जन्म अर्काको जन्म अर्थात् एकको अन्त अर्काको जन्म, एकको जन्म अर्काको अन्त । मात्र रुपान्तरको सृष्टि संरचनाभित्र को वरिष्ठ को कनिष्ठ ? मान्छेमा आजकल होडबाजी छ म ठूलो कि तँ ठूलो ? म जान्ने कि तँ जान्ने ? प्रकृतिमा कुनै होडबाजी छैन, कुनै हतारो छैन, कुनै सुस्तता पनि छैन तर मान्छे मूर्ख ! कुदिरहन्छ, दौडिरहन्छ, उफ्रिरहन्छ ।

म श्रेष्ठ, बाँकी सबै अश्रेष्ठ । म जान्ने बाँकी सबै नजान्ने । म बलियो, बाँकी सबै निर्बलियो । म ज्ञानी बाँकी सबै अज्ञानी । मान्छे हरेक क्षेत्रमा आफूलाई ‘सुपरियर’ सबैभन्दा श्रेष्ठ ठानेर आफू घमण्ड वा हीनतामा डुबिरहन चाहन्छ तर मलाई लाग्छ एउटा मान्छेको अस्तित्व यो प्रकृतिको लागि एक गेडो धान-मकै-गहुँ भन्दा भिन्न छैन । एउटा फूल, कोपिला र बीज भन्दा ठूलो छैन । एउटा पदार्थ र शक्तिभन्दा महत्त्वको छैन । फेरि को वरिष्ठ ? को कनिष्ठ ? अब भन्नोस् कलाकार वरिष्ठ कि साहित्यकार वरिष्ठ ? वैज्ञानिक वरिष्ठ कि दार्शनिक वरिष्ठ ? आगो वरिष्ठ कि पानी वरिष्ठ ? नारी वरिष्ठ कि पुरुष वरिष्ठ ? बीज वरिष्ठ कि जीव वरिष्ठ ? कसको महत्त्व कसको भन्दा कम छ ? एउटा हात्ती र भुसुनो प्रकृतिको लागि बराबर ! समान ।

आजकल सबै क्षेत्रमा वरिष्ठको लेवल टाँस्ने होडबाजी चलेको छ । वरिष्ठ शब्दको प्रयोग राम्रो कुरो हो तापनि प्रयोगभित्र सदुपयोग र दुरुपयोग टाँसिएको छ । यो प्रश्न एकातिर छ भने अर्कोतिर साहित्यकार वरिष्ठ कि कलाकार वरिष्ठ ? चित्रकार वरिष्ठ कि मूर्तिकार वरिष्ठ ? शिल्पकार वरिष्ठ कि दृश्यकार वरिष्ठ ? यसको खिचातानी आफ्नै छ । अझै हेर्दा स्रष्टा वरिष्ठ कि सिर्जना वरिष्ठ ? कला वरिष्ठ कि कलाकार वरिष्ठ ? यो वरिष्ठ र कनिष्ठ मापनको होडबाजी किन, कसले, के को लागि गरिरहेछन् पाठकले खुट्ट्याउनै पर्छ ।

खास गरी साहित्य क्षेत्रबाट आरम्भ भएको वरिष्ठको घन्को कलाकर्मी, शिल्पकर्मी, प्रवचनकर्ता हुँदै सुजिकारदेखि कुचिकारसम्म पुगेको छ । व्यापारीदेखि उत्पादकसम्म पुगेको छ । वरिष्ठता र कनिष्ठताको सबैभन्दा धेरै प्रयोग साहित्य क्षेत्रमा हुन गएको भेटिन्छ । साहित्यको कुन विधा वरिष्ठ ? काव्य, निबन्ध, नाटक, उपन्यास, इतिहास हुँदै हुँदै तिनका सिर्जनासम्म यसको फेरो सल्किएको छ । के हामी खुट्ट्याउन सक्छौ ? कथाकार वरिष्ठ कि उपन्यासकार वरिष्ठ ? निबन्धकार वरिष्ठ कि नाटककार वरिष्ठ ? कवि वरिष्ठ कि महाकाव्यकार वरिष्ठ ? गजलकार वरिष्ठ कि नाटककार वरिष्ठ ? मुक्तककार वरिष्ठ कि टिप्पणीकार वरिष्ठ, स्रष्टा वरिष्ठ कि द्रष्टा वरिष्ठ ?

चुनाव कठिन छ र जटिल पनि छ । चुनाव कठिनाइको स्रोत पनि हो । अब हेर्नुहोस्न चुनावको फेरोमा र्पयो कि मस्तिष्क सलबलाउँछ, विचार गर्छ, जालझेल गर्छ । अनेक नौटङ्की तिकडम मच्चाएर दिमागबाट निस्केको निर्णय दिलको निर्णय हुनै सक्तैन । मान्ने मानिरहुन् तर म मान्न सक्तिनँ, चुनाव हुनुपर्छ दिलमा, आत्मामा । सच्चा, निस्वार्थ, निष्पक्ष निर्णय दिमागबाट निस्केको चलखेल, जालझेलको निर्णयभन्दा कयौँ गुना आह्लादित हुन्छ ।

स्वस्फूर्त, विनादवाब, विनास्वार्थ, विनाविचार निस्केको निर्णयमा सच्चा मनको सच्चा भाव लुकेको हुन्छ । चुनावको आरम्भ भयो कि मनमा, दिमागमा चलखेल सुरू हुन्छ । दिमागको चलखेलको मापनबाट निस्केको निर्णय चिरस्याथी हुन सक्तैन । न त दिमागले सोची विचारी गरेको निर्णय अपरिवर्तनीय हुनसक्छ । यो मेरो ठोकुवा हो, लोकतन्त्रको जमानामा यस्तो तानाशाहीपन ? अडान र अडानको एकाग्रता वा एकोहोरो पन पनि त एक किसिमको तानाशाही पन नै हो । त कहाँ छ लोकतन्त्र ? कुनै घर, कुन परिवार, कुन देश, कुन मान्छेमा छ लोकतन्त्र ? कसको मनमा, कसको व्यवहारमा छैन तानाशाही पन ? सब देखौवा…. ? नौटङ्की नाटकको दृश्यजस्तो ।

राम-कृष्णदेखि क्राइष्ट र बुद्धसम्म, सोक्रोटियसदेखि रसेलसम्म, कन्फ्यूसियसदेखि लाओत्सेसम्म, अलेकजेन्डरदेखि बुससम्म, कोपरनिक्सदेखि आइस्टाइनसम्म, होमरदेखि मिल्टनसम्म, बाल्मीकिदेखि देवकोटासम्म, मार्क्सदेखि माओसम्म, ओवामादेखि लादेनसम्म, अझै भन्ने हो भने घर-घरका बाबुआमासम्म कसले तानाशाही पन देखाएन ? यो सृष्टिमा जन्मने कुन मान्छेमा छैन तानाशाही पन ? छोराछोरी वा आफूभन्दा तलका कर्मचारीलाई बोल्न नदिने सबका सब तानाशाह । अर्काका कुरो नसुन्ने आफ्नै मात्र भट्याउने सबका सब तानाशाह । कसैले आफ्नो विचार लाद्न बन्दुक ठोके, कसैले कलम । कसैले आफ्नो कुरो भनाउन जाल गरे, कसैले आफ्नो कुरो ठीक भनाउन घर त्यागे, कसैले देश । जसको पहुँचमा जे छ त्यही ठोके, त्यही गरे । कोही कोठे तानाशाह कोही मुलुके तानाशाह ! फरक मात्र आयामको हो …., क्षेत्रको हो…, उपलब्ध वस्तुको हो… पन त तानाशाही नै हो… ।

मान्छेको मस्तिष्क बेला बेलामा भौँतारिन्छ । ‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भनेको यही हो । कहाँ सोच्दै थिएँ वरिष्ठ र कनिष्ठको कुरो कहाँ पुगिएछ तानाशाहको इतिहासमा । सोच न हो ? पुगिरहोस् जहाँ जहाँ पुग्छ ।

यहाँ सबैलाई श्रेष्ठ हुनुपरेको छ, उत्कृष्ट बन्नुपरेको छ । वरिष्ठ भनाउनुपरेको छ । कोही आफूलाई कनिष्ठ भनाउन चाहँदैन यो वरिष्ठ र कनिष्ठको चहलपहल नेपाली साहित्य वृत्तमा खुबै बढेको छ । अलिअलि सङ्गीतकार, चित्रकार, कलाकार, समाजसेवा हुँदै व्यवसायीसम्म नाचेको छ । अरूले भनोस् कि नभनोस् आफैँ मपाई भन्न सिपालु छन् साहित्यसेवीहरू । फलानो लेखकलाई फलानो प्रकाशकले वरिष्ठ ठोकिदिएछ, नठोकोस् पनि कसरी ? आफ्नै लेखनको खेस्रो न ठहरियो । फलानो महोदयको पुस्तक स्वास्नी वा लोग्ने छापिदिएको रे ! फलानो महोदयले आफैँले खर्च गरेर नाम चलेको प्रतिष्ठानको नाम राखेको रे ! फलानोको त प्रकाशक पनि दलाल मात्र हो रे ! खर्चबर्च, ह्यानत्यान सबै लेखक महोदयको रे ! विमोचन कार्यक्रमको हर्ताकर्ता, खर्चकर्ता, निम्तार्थी सबै फलानो लेखक महोदय । भाटबन्दी, तुकबन्दी र ताली ठोक्ने चाकडी बाजहरू । आफैँ वरिष्ठ, आफैँ मपाइँ, रोक्ने कसले ? आफ्नै पक्षका, आफ्नै धारका, आफ्नै घरका, आफ्नै वर्गका दुईचार समीक्षकले मञ्चमा वरिष्ठ भनिदिएपछि लेखक महोदयको फुलेको नाक हेर्ने दर्शक वरिष्ठ कि स्वयम् लेखक वरिष्ठ ?

चर्चा-परिचर्चा, अन्तरक्रिया-प्रतिक्रिया, सबका सबको आयोजक, प्रायोजक लेखक महोदय, भाग लिने सबै भाटहरू, वर्गीय भाट । दुईचार भाटहरूबाट वरिष्ठताको उद्घोष, गुणैगुण-सर्वगुण सम्पन्न कृति । सुन्ने हेर्ने सबै मूर्ख पण्डित, सिकारू…. ! अनुकारणको अनुयायी मान्छे । सृष्टिको संरचना वृत्त, गोलो… पालैपालो… । वरिष्ठ र कनिष्ठको खेल……पैसा, नातावाद र वर्गवादको मेल ।

आलेख लेखनमा पनि वरिष्ठ र कनिष्ठको फेरोले छाडेको छैन । आशीर्वादका लागि वा कृतिका गुणावगुणको लागि आलेख लेखाउने परम्परामा वरिष्ठताको फेरो । दुईचार जना वरिष्ठ बनाइएकाहरुको शब्द उद्धरण गरेर जिल्दमा राखे खुद आफू वरिष्ठ हुन पाइने लोभ । वर्गीय खिचातानी-गोल सम्मेलन, दुई चार जना मिली फलानो कृति राम्रो भने राम्रो भइने वा वरिष्ठमा दर्ता हुन पाइने लोभ । सुझ न बुझ ‘फलानोजस्तो कृति अर्को छँदै छैन’ वा ‘यो अलिकति यस मानेमा फरक छ ।’ भनिदिएँ के जान्छ र वरिष्ठ महोदयको ? दुईचार दिनको चाकडी-दुईचार हजारको रेलो नभन्नु पनि कसरी ? मुखै सामु तेरो राम्रो छैन कसरी भन्नु ? भूमिका छापिने लोभ, नराम्रो भनिदिए भूमिका लेखाउनेले भूमिका किन लेखाओस् ? वा किन छापोस् ? आलेख लेखनमा पनि वरिष्ठ र कनिष्ठको चक्रवृत्ति-आखिर संसार र संसारका यावत् कुरो गोलो न छ ?

यो वरिष्ठ र कनिष्ठको फेरोले मेरो दिमाग चरचरी खाइरहेछ, हल्लाइरहेछ । को वरिष्ठ ? को कनिष्ठ ? खुट्ट्याउन कठिन भइरहेछ । कथाकार आफैँमा कथाकार हो, न कि वरिष्ठ कथाकार । त्यस्तै गीतकार, निबन्धकार, नाटककार, उपन्यासकार, समालोचक वा कवि । कविको आफ्नै गरिमा छ र आफ्नै महिमा ।

कवि स्रष्टा हो, प्रकृति हो, ब्रह्म हो, सर्जक हो, कवि कवि मात्र हो उसलाई वरिष्ठ पुच्छर लगाउनु उपबुज्रुग्याइँ हो । कवि आफैँमा सम्मानित शब्द हो, अलङ्कारयुक्त महत्त्वपूर्ण शब्द हो । उसलाई पुच्छ्रे चङ्गामा पुच्छर थपेजस्तो वरिष्ठताको पुच्छर लगाउनु, मूर्खता प्रदर्शन गर्नु हो । त्यसैले त होला देवकोटाले ‘म नै तीन मासाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ? भनेका । बुद्धिहीनको नाम बुद्धिबहादुर, अन्धोको नेत्रलाल, अज्ञानीको ज्ञानबहादुर राखेजस्तै पत्रकार, व्यवसायी वा कविलाई वरिष्ठ बनाइएको हो भने पनि व्यङ्ग्यार्थको कुरो नबुझ्ने शठ कसरी पत्रकार, व्यवसायी वा कवि ? प्रश्न जटिल छ । उत्तर हामीहरू बीच झन् जटिल बनेका होलान् । जसरी कविलाई वरिष्ठ र कनिष्ठको अलङ्कार भद्दा हुन्छ, त्यसैगरी निबन्धकार, उपन्यासकार, गीतकार, कथाकार, समालोचक, व्यावसायिक वा पत्रकारलाई यो वरिष्ठताको पुच्छरले गिज्याएजस्तै लाग्छ मलाई…. ।

स्रष्टा वा द्रष्टालाई विनासुझबुझ वरिष्ठ बनाइदिने स्रष्टाको अन्तरतलमा कताकता आफूलाई वरिष्ठ भनाउने लोभले गाँजेको हुनसक्छ अथवा उसको अन्तरतलमा नाम-पद-पैसाको स्वार्थ हुनसक्छ । राम्रो भन्ने र भनाउने, नराम्रो भन्ने र भनाउने खेलमा यो वरिष्ठता र कनिष्ठताको लहर चलेको हुनसक्छ भने यसमा विचार र्पुयाउनै पर्छ । वरिष्ठ र कनिष्ठ जाँच्ने, जोख्ने एउटा कममाकम नियम-विधि-विधान बन्नुपर्छ र बन्नुपर्छ यन्त्र । नत्र आफ्नै पक्षघर, वर्गधर, चेलाचपेटा, समर्थक, चाटुकार, लेखक र प्रकाशक बटुलेर आफैँले वा आफ्नै वर्गद्वारा खर्च गरेर आयोजन गरिने कार्यक्रम, आफैँले लेखेर बाँडिने निम्ता कार्ड र टाँसिने तुल, चर्चा, परिचर्चा, अन्तरक्रिया, प्रतिक्रिया, विमोचनका कार्यक्रममा भनिएको वा भनाइएको यो छेउ न टुप्पोको अलङ्कारको पुच्छर त्याग्न सक्नुपर्छ सच्चा स्रष्टाले……….. होइन र ?

  • Sahitya Sagar
    Sahitya Sagar
विनयकुमार शर्मा नेपाल
विनयकुमार शर्मा नेपाल
Post Views: 457
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.