SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » किन र कसरी लेख्छु
निबन्ध

किन र कसरी लेख्छु

आत्माराम खरेलBy Sahitya SagarJune 26, 2023No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
आत्माराम खरेलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली साहित्यका निबन्ध सिर्जनामा निकै सशक्त प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘किन र कसरी लेख्छु’ शीर्षकको निबन्धात्मक आत्मकथन समेटिएको छ । यस निबन्धमा लेखकले आफूलाई भोलिको अज्ञात सहिद लेखकका रूपमा प्रस्तुत गर्दै व्यङ्ग्य पनि गरेका छन् । निबन्ध विषयवस्तुअनुरूप दार्शनिक पनि बनेको छ ।

-सम्पा.

मलाई पटक–पटक सोधिइने प्रश्न हुन् – किन र कसरी लेख्छौ ?

लेख्न बस्दा – मभित्रको पाठकलाई पढ्न हतारो हुन्छ । पाठक बन्दा – मभित्रको लेखकलाई लेख्न चटारो हुन्छ । भाव लिपिबद्ध नगरुँ; खुला समाजमै पनि निर्वासित हुन पुगुँला । यसर्थ पनि हरदम चिन्तन र लेखन गरिरहन्छु । यसबाट ममा विचार उम्रन्छन्, भाव पलाउँछन् । अनि प्रश्निल हुन्छु – ‘अभिव्यक्तिको माध्यम कसरी ? प्रसङ्ग कुन ? शैली कस्तो ? भाव नि ? अन्ततः के हुन्छौ ?’ उत्तरित हुन्छु – ‘अभिव्यक्तिको माध्यम – सिर्जना । प्रसङ्ग – समाज । शैली – स्वतन्त्र । भावलाई मस्तिष्क–गर्भमा हुर्काएको हुन्छु । लिपिबद्ध भइसक्दा एक सर्जक माता बनेको हुन्छु ।’

लेख्दै जान्छु । भाव सरर्र पोखिँदै जान्छन् । प्रसङ्ग थपिँदै जान्छन् । उप–प्रसङ्ग जोडिँदै जान्छन् । शैली फेरिँदै जान्छन् । एकातिर, मन– कल्पनामा डुबिरहन्छ । मस्तिष्क – लेखनमा दौडिरहन्छ । यी र यस्तै गतिविधिले मलाई लेखन–सुख दिइरहन्छ । मन र मस्तिष्कले भनिरहेका हुन्छन् – ‘विचारका पोसिला बीउ छर्ने साहित्यले समाजलाई सकारात्मक सन्देश दिइरहन्छन् ।’

आफ्नो अपूर्ण रचनाको पाठक आफै भइरहेको हुन्छु । कतै विचारहीन अंश पाउँदा गुदीबिनाको स्वाद पाउँछु । अस्पष्ट अंश देखापरे स्पष्ट पार्ने कोसिस भइरहन्छ । पुनर्लेखन अभ्यासको फल हो – लेखन केही न केही खारिँदै जानु । अर्कातिर मेरो शब्द भण्डार एकदमै सानो छ । व्याकरणीय त्रुटि हुन्छन् । ममा उखान–तुक्का र गाउँखाने कथाको निकै अभाव छ । अध्ययनको एकदमै कमी छ । तर पनि म हतोत्साहित हुन्नँ । कारण साहित्य एउटा विषय र प्रस्तुति हो । अनि भाव र शैली पनि हो । अनि यो हो लिपिबद्ध गरिने आफ्नै परिवेशको कथाकुथुङ्ग्री पनि । साथै आफ्नो भाव र कलासित आफै प्रतिस्पर्धी पनि ।

आज यो ‘म’ निकै गम्भीर छ । भन्छ – ‘म किन र कसरी बाँचिरहन चाहन्छु ? कहाँ हो मेरो लेखन गन्तव्य ? मेरा शब्द भाव कति प्रासङ्गिक छन् ? कला पक्ष कुन छेउमा छ ? ममा लेखकीय दायित्वबोध छ कि छैन ?’

लेखन एउटा कला हो, लेखक कलाकार । आफ्ना भाव लिपिबद्ध गर्दै जाँदा नदी र झरनामै पनि शब्द पाउँछु । सामान्य शब्दमै पनि भाव अटाउँछु । यसरी नै मेरो लेखनले हर रोज मलाई दह्रो विद्यार्थी बनाउँछ । पठन र चिन्तनमा थप अग्रसर गराउँछ ।

म लेख्छु – पहिले मनमा, पछि कागजमा । अनि रमाउँछु – आफूद्वारा आफै सम्प्रेषित हुँदा । आफूलाई सम्झाउँछु – जसरी देखियो–भोगियो त्यसरी नै प्रस्तुत हुनु । सदा चाहिरहन्छु – आफ्ना लेखनका हर पक्षमा आफ्ना निजीपना झल्किरहोस् । यो चाहना हिजो र आज झैँ भोलि पनि रहिरहोस् भन्ने लाग्छ ।

मेरा दुई कर्म छन् – बाँचेर लेख्ने अनि लेखेर बाँच्ने । कारण लेखन नै मेरो उत्तराद्र्धीय जीवनको सार भइदियो । यो नै मसित रुने साथी बनिदियो । यही नै भइदियो मसित हाँसिदिने साथी पनि । यिनै परिवेशले मलाई लेखनको पूजारी बनायो । पठनलाई पनि साथ लगायो । यसैले जीवन र जगत् बुझ्ने गोरेटोमा डो¥यायो । यही गोरेटोले बाँच्नका लागि विविध सपना पनि बोकायो ।

एकताकाको कुरो हो – दुःख पर्दा जिन्दगीलाई धिक्कार्थें । ‘बाँच्न नपरे हुने नि !’ भन्ठान्थें । तर, मेरा लेखन–सपना मर्नदेखि डराउँथे । निश्चय पनि; विना कल्पना उज्यालो–भोली देख्न सकिन्न । जीवन र जगत् टाढा राखेर सपना देख्न सकिन्न । यहाँ छिनको छिनमै शयौं पुस्तक प्रकाशित हुन्छन् । मैले लेख्दै गरेको यस क्षणमा पनि कैयौं लेखकले आफ्ना भावना लिपिबद्ध गरिरहेका होलान् । भोली ती सबै सार्र्वजनिक होलान् । तर पनि समाजका धेरै कुरा लेख्न बाँकी नै रहन्छन् । लेख्न बाँकिमध्ये कुनै पक्ष पहिल्याउन खोज्नु लेखन कर्मभित्रकै पाटो हो ।

यतिबेला कलम समाइरहेछु । लेख्नुअघि सोचिरहेछु – अब मैले लेखनमा नयाँ स्वाद दिनुपर्छ । निराकार विम्बलाई आकार दिनुपर्छ, शब्द संसारमा डुल्नुपर्छ र सामाजिक द्वन्द्वसित मेलखाने हस्तक्षेपी शब्द खोज्नुपर्छ । त्यस्तै हर शब्द र वाक्यमा साहित्य–सत्वको पनि खाँचो हुन्छ । लिपिबद्ध गर्दागर्दै पनि विचारमा परिष्कार हुन्छन् । आफ्नै मनको आवाज पनि सुनिन्छन् – जब सत्वको खोजी गर्न थालिन्छ तब अस्तित्वको जरा पलाउन थाल्छ ।

जब लेख्न बस्छु – विविध चित्र र चरित्र हेरिरहेको हुन्छु । मूल चित्रमा भन्दा पनि त्यस वरिपरिको पृष्ठभूमिमा ध्यान दिइरहेको हुन्छु । यसै क्रममा फूल र फलफूल पनि देखिन्छन् । तिनको रङ्ग, वासना र स्वादमा ख्याल गरिरहेको हुन्छु । अनि ममा भाव फुर्ने गर्छ – हावा चल्दा र पात हल्लिँदा । समूहमा बस्दा र एकान्तमा रहँदा पनि । लेखन अघि बढ्छ – जुनेली रातमा मात्र हैन औँसीकै रातमा पनि । झमझम पानी पर्दा मात्र हैन आकाश उघ्रिँदा पनि । कहिले उद्यान र वनतिर पनि जान्छु । त्यहाँ देखिने वृक्ष र पातमा थुप्रै कुरा पढ्छु । अनि त आफ्नै कापी र कलममा पनि वृक्ष र पात देख्छु । वृक्ष र फलमा हुने परिवर्तनमा आफ्नै शारीरिक परिवर्तन पनि देख्छु । यिनै ढाँचा र प्रसङ्ग मेरा लेखन–शैली र अभिव्यक्ति हुन् ।

म लेख्छु किन कि यो मन नै लेखन–मन हो । यसभित्रको एउटा पाटो हो – सामाजिक काँडा–छेस्का पाखा लगाउनु । अनि असरल्ल सामाजिक झारपात पन्छ्याउनु । र त, आफ्नै जीवन चिथोरेर सामाजिक कुनाकानी हेरिरहन्छु । आफ्नै रगत निचोरेर केही न केही लेखिरहन्छु । आफ्नै भोगाइको विम्बसमेत प्रस्तुत गरिरहन्छु ।

अब यो ‘म’ को लेखन सुरु हुन्छ । पहिले आफूभित्र छिर्छ । अनि पात्रभित्र छिर्छ । त्यसपछि समाज र जीवनको एक्स–रे गर्छ । लेख्दै जाँदाको यो वृद्ध कलम युवामा बदलिँदै जान्छ । अनि त कोरीबाटीमै पनि प्रशस्त समय खर्चिरहन्छ । बसाइको तर्फ पनि बरोबर फेरिरहन्छ । कहिले झ्यालतर्फ त कहिले दर्पणतर्फ । कहिले स्रोतातर्फ त कहिले दर्शकतर्फ । त्यस्तै कहिले समीक्षकतर्फ त कहिले पाठकतर्फ । लेख्दै जाँदा शैली निर्माण हुँदै जान्छ । भाव उम्रँदै जान्छ । कला परिष्कृत हुँदै जान्छ । यिनै गतिविधीमा यो ‘म’ उत्साहित भइरहन्छ । यसरी नै भोलिको उज्यालोप्रति भरोसा राखिरहन्छ ।

लेखन त आफूमा युवत्व जगाउने विधि हो । लेखनमा रमाउने शैली हो । भावहरू पोख्दै र छर्दै जाने आफ्नै तरिका पनि हो । जब प्रशस्त अभ्यासको खाँचो बोध हुन्छ तब लाग्छ – सिर्जना भन्नु साधना हो ।

आत्मकथा लेख्दै गर्दाको कुरो हो । विगतमा फर्किरहेको हुन्छु । त्यतिबेलाकै उमेरलाई हेरिरहेको ह्न्छु । आफूलाई झनै उत्साहित बनाइरहेको हुन्छु । नियालिरहेको हुन्छु – अतीतको जीवन भोगेको आत्मारामको उपस्थिती पाउँछु । त्यस्तै, वर्तमानमा हिँडिरहेको आत्मारामको उपस्थिती पनि । विगत र वर्तमान दुवै साक्षी राखेको हुन्छु । दुबैथरीको कथा र व्यथा मन्थन गरिरहेको हुन्छु । निचोडमा मेरो विगत जस्तो थियो मेरो आत्मकथा त्यस्तै हुने गर्छ । ह्रदयबाट जे आउँछ त्यही नै मेरो भाव । जसरी पोखिन्छ त्यही नै मेरो शैली । आफ्ना अनुभव र अनुभूति नै लेखन खुराक । त्यसलाई शब्द र वाक्यसीमामा बाँध्नु लेखन बाध्यता । झलक्क हेर्दा जस्तो देखिन्छ त्यही नै मेरो स्वरूप । पानीका लहरझैं लहराउन खोज्नु मेरो स्वभाव । लेखन–पठनलगायत शारीरिक सक्रियता नै मेरो दिनचर्या । यही नै मेरो दैनिक अस्मिता । यही हो मेरो आत्मकथा ।

म घुमन्ते जीवन बाँचिरहेको छैन । बाँचिरहेछु – ‘पेन–डायस्पोरिष्ट’ भएर । नयाँ चस्माले हेरिरहन्छु – पुराना कुरा संगालेर । मेरो लागि साहित्यिक कच्चा पदार्थको पहिलो स्रोत हो – काठमाडौँ । त्यसपछि म बसाइ सर्दै गएका स्थलहरू । अर्को महत्वपूर्ण स्रोत हो – कल्पना । म हर रचनामा अघिल्लो भन्दा फरक मुहारमा देखिन चाहन्छु । हर रचनामा नयाँ खाले रङ दिन चाहन्छु । एकातिर मेरा आफ्नै खाले भाषा पनि छन् । तिनले मेरा विचारसित विनिमय गर्छन् । अर्कातिर यात्रा गरिरहँदा मनमनै लेखिरहन्छु । कतै बसिरहँदा कागजमा उतारिरहन्छु । सुतिरहँदा सपनामा लेखिरहन्छु । यसर्थ म आफ्नैखाले संसारको परिकल्पना गर्दै भन्छु – संसार सुन्दर र शान्त हुनुपर्छ । मानिसमा ज्ञान र विज्ञान दुबै हुनुपर्छ । त्यसका लागि हर लेखनमा संश्लेषण र विश्लेषण हुनुपर्छ ।

मेरो लेखन–बानीमा विविधता छ । कहिले कल्पनामा डुबिरहनु । कहिले चिन्तन गरिरहनु । ‘एकातिर, म लेखिरहेको हुन्छु – कहिले गत र विगतबीच । कहिले विगत र आगतबीच त कहिले गत र आगतबीच । लेखिँरहँदा भावलाई बरालिन दिन्नँ । विवेकबाट हट्दिनँ । सत्यपथ छाड्दिनँ । औँसीको रातमै पनि अघि लम्किरहेको हुन्छु । किनकि जुनकिरीको साथ पाइरहन्छु । हिँडाइमा कछुवा र उफ्राइमा खरायोका पाठाहरूको अनुभव गर्छु । अर्कातिर झूठहरू लजाउँदै आउँदा मेरा शब्दहरू रोकिन्छन् । आँखाहरू रसाउँछन् । मुटुको ढुकढुकी बढ्छ । सास फेर्न गाहारो हुन्छ । अनि त एकसुरमा हिँडिरहेको मलाई जीवन राजमार्गले हुत्याउन खोज्छ ।’ ओहो ! यसखाले कल्पनाले मात्र पनि लेखन जीवन निकै रमाइलो लाग्छ । यसले दिने पुनर्ताजगीले लेखाइरहन्छ, निरन्तर लेखाइरहन्छ । फलतः यो मनले भनिरहन्छ – सास छउन्जेल लेखिरहु लेखिरहु । सपना रहुन्जेल लेखिरहु, लेखिरहुँ ।

यो ‘म’ ले बारम्बार भनिरहन्छ – लेख्ने बानीले अरूको भनाइमा ध्यान दिन थाल्यो । चिन्तन गर्ने बानी बसाल्यो । थाहा पाएँ – चिन्तनले तर्क मौलाउँछ । तर्कले दर्शन फस्टाउँछ । दर्शन र विवेकले न्याय फलाउँछ । अध्ययनले ज्ञान दिलाउँछ । अनुभवले विचार उब्जाउँछ । विचारले विश्व हल्लाउँछ । अध्ययन, विचार र अनुभवले भावलाई परिष्कृत गराउँछ । अर्कातिर विमतिलाई पनि सम्मान गर्नुले नयाँ–नयाँ विचार जन्माउँछ । अन्यथा उसले चिन्तन त गर्छ, गहिराइमा पुग्दैन । पढ्न त पढ्छ, उताको पढ्दैन । चारैतिर ध्यान नदिनाले उसमा काँचोपना कहिल्यै जाँदैन । अनि त लाग्यो यति कुरो बुझ्दा पनि त नयाँ भाव उम्रन्छन् । तिनै भावले जीउने शैली दिन्छन् । अनि विश्वास पनि दिलाउँछन् – अथक प्रयासमा नै भावहरू कलात्मक तवरमा पोखिने गर्छन् ।

निश्चय पनि लेखनले मबाट टाढै राखेको भन्नु वैराग हो । वैराग टाढै रहनु भनेको शब्द कोर्नका लागि चिराग हो । कलम र कागतसित मेरो नातो भन्नु साहित्यप्रति अनुराग हो । यो नै मेरा लागि बिना हाजिरीको स्वतन्त्र दैनिकी हो । मेरो चाहना भन्नु हर रोज सिर्जनामा रमाउनु हो । लेखन नै मेरो अस्मिता हो । किनकि साहित्यिक परिचय कहिल्यै पनि भूतपूर्व हुँदैनन् । मृत्युपश्चात पनि सर्जक सर्जक नै रहन्छ ।

यो मनले एकदिन एकाएक पुरानै प्रश्न दोहो¥यायो – ‘आत्माराम ! तिमी किन लेख्छौ ?’

लेखनले जीवन ‘रिचार्ज’ गर्छ । अनुभूव र अनुभूतीलाई शब्द–शब्दमा अनुवाद गर्छ । सामाजिक कर्मप्रति अग्रसर गराउँछ । लेख्नु मेरो सोख हो र स्वधर्म पनि । यही भावले लेखनतर्फ बारम्बार घच्घच्याउँछ । आफूलाई परिष्कृत गर्न सघाउँछ । पुनर्जीवित हुन सिकाउँछ । निश्चय पनि मेरो कलमको पछाडि जीवन अनुभूति छ । आस्थाको पछाडि जीवन स्तुति छ । मेरो लेखनमा विश्वास भरिएको गतिशीलता छ । साहित्यप्रतिको माया र श्रद्धाको अनन्त प्रवाह छ ।

एकातिर हर दैनिकीका थुप्रै पक्ष मत्थर हुँदै गए । अघिल्ला दैनिकीका तुलनामा समय अभाव हुँदै गए । उकालो लाग्दो उमेरसँगै रुचिको प्राथमिकता पनि फेरिँदै गए । साहित्यमोह बढ्दै जाँदा लेखनम् शरणम् गच्छामी हुँदै गएँ । अर्कातिर, म कुवाभित्रको एक जीव हुँ । कुवाबाहिर आइपुग्न सयौँ खुट्किला उक्लिनुपर्छ । त्यसमध्ये एक खुट्किलो त उक्लेको छु । त्यहाँबाट जति देखिन्छ, त्यसबाट गरिने अनुभव र अनुभूतिबारे मैले लेख्ने हो । वर्षैँदेखि आफूभित्र लेखन इच्छा, सपना र ‘प्यासन’ पालेर राख्ने म एक लेखन–पालक हुँ । किनकि म त भोलि हुने एक अज्ञात शहीद लेखक हुँ ।

atma55ram@gmail.com

  • Sahitya Sagar
    Sahitya Sagar
आत्माराम खरेल
आत्माराम खरेल
Post Views: 538
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

तेजबहादुर फेरि मलेशिया गएनन्

May 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.