SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » प्रमुख अतिथिहरू
निबन्ध

प्रमुख अतिथिहरू

Sahitya SagarBy Sahitya SagarJanuary 29, 2024No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कोमल पोखरेलको परिचय नेपाली शिक्षा र साहित्य क्षेत्रमा सुपरिचित छ । उनी झापामा बसेर साहितय सेवा गरिरहेक छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको व्यङ्ग्यप्रधान निबन्ध प्रमुखअतिथिहरू समेटिएको छ । यस निबन्धले नेपाली समाजमा प्रमुख अतिथिले प्रमुख अतिथि हुन नजानेको र प्रमुख अतिथि चयन गर्नेहरू पनि समारोहका आयोजना गर्ने क्रममा चुकिरहेको पक्ष उद्घाटन गरेका छन् ।

-सम्पा.

१. विषयप्रवेश
दुई शब्द जोडिएर प्रमुख अतिथि शब्दको निर्माण भएको छ । दुईवटै शब्दको निर्माण प्रक्रिया एकै किसिमको छ ।

हेरौं प्रमुखका अर्थहरू– लेख्य भाषामा प्रमुख लेखिए पनि कथ्यमा कसैले पर्मुख भन्छन् त कसैले परमुख भन्छन् । पर्मुख भनेको मुखमा पर्नु हो, अर्थात् जोसुकै पर्मुख अतिथि भए पनि त्यस दिन पर्मुख अतिथि लगायत सबैका मुखमा बासी सिंगडा पर्यो भने त्यस अवस्थामा पर्मुख अतिथि भन्नु उपयुक्त ठहर्छ भने चियासम्म नदिएर मुख चाउरी परेको अवस्थामा परमुख अतिथि भन्ने गरिएको पाइन्छ । यहाँ परमुख भनेको घरमुख हो, अर्थात् भोकले घरतिर मुख फर्काउनु हो । यो शब्द उपसर्ग प्रक्रियाद्वारा निर्माण भएको छ । त्यसैगरी अतिथि शब्दको निर्माण प्रक्रियालाई हेर्दा पनि उस्तैउस्तै देखिन्छ । अतिथि, अर्थात् तिथि मिति बेगरको पाहुना । तर यस बारेमा एकजना तेलको धुप पर्मुख अथिति भन्छन्– ऐले कुनै संस्थाको कार्जेकरममा तेसै संस्थाको पर्मुख अथिति हुने नयाँ संबिधानमा बेबस्ता भएकाले हामीले पालेका कोरली उल्टिएझैं तिथि शब्दको मात्रा उल्टेर थिति भएको छ ।

यसरी हेर्दा अहिले सत्तरी प्रतिशत अथिति र तिस प्रतिशत अतिथि भएको हुनाले बहुमतका आधारमा सत्तामा अथिति नै बसेको छ भन्दा पाप नलाग्ला । हुन त गाईमारा, माईमारा, भाइमारा, ज्यानमारा सबैलाई फलिफापै फलिफाप भएको बेला मलाई के पाप लाग्ला र ! तैपनि अथिति भन्दा दुई तिहाइको डर लाग्दो सरखारले कानुन लाउँछ कि भन्ने डरले यहाँ प्रमुख अतिथि नै लेखेर त्यसैको छोटो बयान गर्ने प्रयाश गरिएको छ ।

नेपालको प्रचलित भारतीय नियम कानुन बमोजिमका केही वर्गीकरणहरू यसप्रकार छन् :

२. पेसागत प्रमुख अतिथि
प्रमुख अथितिका वर्गीकरणमा पर्ने यो पेसागत घटकलाई गाईप्राणी वर्गमा राख्न सकिन्छ । यसलाई अर्को शब्दमा टिके प्रमुख अतिथि पनि भनिन्छ । प्रायः सबै कार्यक्रममा यस खाले प्रमुख अतिथिको उपस्थिति रहेको पाइन्छ । एघार बजे सुरु हुने कार्यक्रममा दसै बजे आइपुगेर अन्तमा कुर्सीब्रेन्चीलाई भए पनि आफ्नो गन्थन सुनाएरै हिँड्ने प्रमुख अतिथि यस वर्गमा पर्दछन् । झापामा एकजना मात्र यस वर्गमा पर्ने प्रमुख अतिथि देख्न पाइन्छ । नाम भनिरहनु पर्दैन, सबैलाई थाहा छ ।

३. कार्यवाहक प्रमुख अतिथि
प्रमुख अतिथिका लागि निम्ता गरिएका व्यक्तिले खेतालाका रूपमा मनोनीत गरी पठाइएको व्यक्ति यस वर्गीकरणभित्र पर्दछ । त्यसैले यसलाई खेताले प्रमुख अतिथि पनि भन्न सकिन्छ । यसखाले मान्छेलाई दिन काट्न निकै मुस्किल पर्छ । भाषण गर्ने बेलामा लगलग काम्नु, कार्यक्रम नसकी सुटुक्क धाइफल तोड्न नपाउनु, कुर्सीबेन्चीलाई भए पनि भाषण सुनाएरै हिँड्नु, भोलिपल्ट छापिने पत्रिकामा निम्ता गरिएकै प्रमुख अतिथिको नाम छापिनु आदि यसका प्रमुख विशेषता हुन् ।

४. निमित्त प्रमुख अतिथि
आधिकारिक प्रमुख अतिथि बिचैमा उपस्थित भए वा अन्य व्यवस्था भएमा स्वतः खारेज हुने गरी निमित्त प्रमुख अतिथिको नियुक्ति गरिन्छ । यस्ता कार्यक्रममा श्रोतालाई नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाको अनुहार हुन्छ । निमित्त पमुख अतिथि अभागी कालिदासको श्रेणीमा पनि पर्दछ । यो कुरा यसपालिको संशोधन विधेयकमा उल्लेख गरिएको छ । अभागी कालिदास किन र कसरी हुन्छ भन्ने कुराका लागि निम्नलिखित घटना अध्ययन गर्न सकिन्छ :

झापाको एउटा कार्यक्रममा एकजना व्यक्तिलाई निमित्त प्रमुख अतिथिको चिठ्ठा परेछ । उनी खुसी भएर मञ्चमा गएर बसेछन् । उनलाई खादा र माला लगाउन एकजना महिला मञ्चमा आइछन् । उनले बिषालु फुलको माला सोझ्याउँदै गर्दा टुप्लुक्क आधिकारिक प्रमुख अतिथि झुल्किएछन् । हत्त न पत्त उनलाई मञ्चमा लगिएछ र खादा माला पहिराइएछ । निमित्त प्रमुख अतिथि हुनै लागेका अभागी कालीदासलाई कसैले वास्ता गरेनछन् । उनी मञ्चबाट ओर्लिएछन् । तल पनि अगाडि बस्ने ठाउँ सकिएको हुनाले पछाडि गएर निगुर्मुन्टी न भएर बसेछन् बिचरा ! सुनिन्छ उनी त्यसपछि आजसम्म कुनै कार्यक्रममा पनि गएका छैनन् अरे ।

त्यस्तै अर्को एक कार्यक्रममा तीन घण्टा जति समय आसन ग्रहणमा खर्च हुँदा पनि प्रमुख अतिथिको कुर्सी खाली रहेकाले श्रोताहरूको आग्रहमा कहिल्यै प्रमुख अतिथि हुन नपाएका एक व्यक्ति निमित्त प्रमुख अतिथिमा मनोनीत भएछन् । नभन्दै त्यस पटक चैं आधिकारिक व्यक्ति उपस्थित भएनछन् । ती निमित्त प्रमुख अतिथिले एक दुई जनाका अगाडि भए पनि भाषण छाँटेछन् । उनले आफूलाई ठूलो भाग्यमानी संझेछन् । कार्यक्रम सकिने बित्तिकै सरासर घर पुगेर उनले श्रीमतीलाई भनेछन्– तँ मलाई सदैं कार्जेकरममा गएर फुस्रा ओठ लगाएर फर्कन्छस् भन्थिस् नि, हेर आज मेरा ओठ कति चिल्ला छन् ! आज म पर्मुख अथिति भएँ ! भोलिको पत्रिकामा मेरो नाम पर्मुख अथितिमा देखेपछि था’ पाउलिस् !

नपत्याऊँ, बरु त्यो छ किलास पड्ने तल्ला घरको बिस्ने पर्मुख अथिति होला तिमी हुँदैनौ ।

भोलि हेर्लिस् ! भएँ कि भइँन, उनले भनेछन् ।

भोलिपल्ट बिहानै भवानी बौद्धिक घर (सुरुङ्गा)बाट उनले पत्रिका किनेर ल्याएछन् । आफूले शीर्षक मात्र हेरेर स्वास्नीलाई दिंदै भनेछन्– लु हेर तेरो टाउको ।

स्वास्नी पत्रिका पढ्न जान्दिरहिछन् । दुई हरप पढेपछि थुक्क ढाँटका पोस्तक ! भन्दै पत्रिका फ्याँकिदिइछन् । निलो कालो हुँदै उनले सो पत्रिका टिपेर पढेछन् । प्रमुख अतिथिमा ता उही निम्ता गरेको व्यक्ति भाँडेस्सोर नेपालको नाम पो रहेछ ।

२।३ दिनअघि बनाएको कार्यक्रममा जसको नाम थियो पत्रिकालाई त्यही नाम सारेर दिएछन् र त्यही छापिएछ । त्यस दिनदेखि उनकी स्वास्नीले उनलाई कतै जान दिएकी छैनन् अरे । जिन्दगीमा प्रमुख अतिथि भएर स्वास्नीलाई सान देखाउने धोको कहिल्यै पुरा भएन छ बिचराको !

५. भैपरी आउने प्रमुख अतिथि
चाहेको प्रमुख अतिथि कोही पनि नभ्याउने भएपछि उसै दिन यसो मान्छे हेरेर राखिने प्रमुख अतिथि भैपरि आउने वर्गमा पर्दछ । धैरै ठाउँमा एकैदिन कार्यक्रम पर्दा यस्तो स्थिति आउँछ । यस्ता कार्यक्रममा गोडा दसेक मान्छे मात्र हुन्छन् । तिनमा पनि गफडीको संख्या बढी हुन्छ । अन्त्यमा प्रमुख अतिथिको भाषण सुन्ने उद्घोषक र सभापति मात्र हुन्छन् । मेरा एकजना मित्रले पनि एक दुई ठाउँमा यस्तो मौका पाएछन्, तर पत्रिकामा चाहिँ उपस्थित नभए पनि अर्कै प्रमुख अतिथिको नाम नै छापिएको रहेछ । किन यसो भयो भनेर अनुसन्धान गर्दा पत्रकारका शब्दकोशमा यस्ता अन्टसन्ट प्रमुख अतिथि लेखिएको हुँदो रहेनछ भन्ने थाहा पाइयो ।

६. जिल्लाराम प्रमुख अतिथि
कुनै एक जनालाई प्रमुख अतिथिको निम्ता दिएर सभा सुरु गर्ने बेलामा अर्कैलाई प्रमुख अतिथि राखियो भने त्यस अवस्थामा निम्ता गरिएको प्रमुख अतिथिलाई जिल्लाराम प्रमुख अतिथि भनिन्छ । विचरा जिल्लाराम वर्गमा पर्ने भए पनि अब उप्रान्त ऊ जिल्ला हराम भन्दा तल्लो दर्जामा पुगेर समाजमा सधैं उसले कुरीकुरी लाजैको स्थिति बेहोर्नु पर्छ । मजस्तो निरीहलाई निम्ता गरेर प्रहरी प्रमुखलाई प्रमुख अतिथि बनाइयो भने मेरो पाखुरा सुर्काइ झिँगाको पाखुरा सुर्काइ जत्तिकै भएन त ? झापामा गोडा चारेक ठाउँमा यस किसिमको दुर्घटना भएको छ ।

७. कोटेसनात्मक प्रमुख अथिति
झापाको कुनै एक संस्थाको कार्यक्रममा यस लेखका लेखन्तेलाई पनि अतिथिको आसनमा विराजमान हुन बकाइदा निम्ता आएको थियो । नभन्दै त्यस दिन पेन्टभित्र सट घुसारेर उपस्थित भइयो अतिथिको आसन ग्रहण गर्न । कार्यक्रम सुरु हुनुभन्दा अगाडि उद्घोषकले निकै लामो भूमिका बाँधे प्रमुख अतिथिका बारेमा । त्यस संस्थाले गर्ने कार्यक्रममा प्रमुख अतिथि हुन इच्छुक उमेदवारलाई हात उठाउन लगाइँदो रहेछ । धेरै अगाडिदेखि प्रमुख अतिथि हुन सारै मन लागेको हुनाले हत्त न पत्त हात मात्र के उठाएको थिएँ एकैचोटि जयजयकार गर्दै मञ्चमा लगिएँ । फूलमालाले गला भरियो । एकछिन त हर्षले मेची काट्यो पनि । तर सो हर्ष फेरि तुरुन्तै फर्केर घरतिरै आयो, किनभने त्यस संस्थामा प्रमुख अतिथि हुनेले दश हजार चन्दा दिनुपर्दो रहेछ । गाँठे छाँगाबाट खसिएन त अब ! गोजीमा गाडीभाडा बाहेक एक कौडी थिएन । भोट जितेझैं प्रमुख अतिथि जस्तो पदमा पुगेर अहिलेसम्मको इतिहासमा वंशकै प्रथम प्रमुख अतिथि भएर पैसा छैन भन्नु त मरेकै जुनी हुने भयो भन्ने लाग्यो र एउटा जुक्ति निकालेंँ । तल माथि सबैतिर गोजी छामेर रुन्चे मुख लगाए जस्तो गरी भने– ला… पागिटमारले पैसा सकेछ ! उपस्थित जनसमुदायहरू ! यो पैसा म जे गरेर पनि दिन्छु । धरोधर्म, फरक पर्दैन सबै चुप लागे । म त्यस फालबाट बाँचे । भन्नु हुँदैन नाक रहँदैन, अहिलेसम्म पनि प्रमुख अतिथि भए बापतको चन्दा तिरिसकेको छैन । सत्ते होला त्यस दिनदेखि प्रमुख अतिथि हुन चेत्बाबा काशी !

८. टपरे प्रमुख अतिथि
यस अन्तर्गत दुई प्रकारका प्रमुख अतिथि पर्दछन् । तिनमध्ये पहिलो हो उपर्चट्टु टपरे प्रमुख अतिथि । नेपालको राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य प्रमुख पदको दाबेदार हुन नेपालको अङ्गीकृत नागरिकले मात्र पाउनु पर्छ भन्ने भारतीय संविधानको धारा तिकडमको उपधारा चलखेलमा यस खाले प्रमुख अतिथिको उल्लेख गरिएको छ । दक्षिण एसियाभित्रको सबभन्दा ठूलो देशको संविधानमा उल्लेख भएको हुनाले डरले पनि यस वर्गका व्यक्तिलाई प्रमुख अतिथि बनाउँछन् अचेल । यसले छलकपट बाहेक केही जानेको हुँदैन । ज्ञान गुठिलमा यो मठ्ठु हुन्छ । चैत, बैशाखमा धुले पुल र बर्खामा हिले पुल बनाउन सिपालु हुन्छ यसखाले प्रमुख अतिथि । यस प्रमुख अतिथिका पाङ्दुरे भाषण सुन्न चाहिं सबै श्रोता नहल्लिई बस्ने गर्छन् । यो प्रमुख अतिथि हुनका लागि प्रधानमन्त्री, मन्त्री र नेता भएरै जन्मिएको हुनुपर्छ, । सर्वसाधारणले यस्तो प्रमुख अतिथिको आशा गर्नु बेकार छ । यो कुरा लोकतान्त्रिक संविधान अन्तर्गत टुकुचाको फोहोर खस्ने धारा ४२० मा उल्लेख छ अरे ।

यस किसिमको प्रमुख अतिथि जुनसुकै कार्यक्रममा दुई घन्टा ढिलो आउँछ र अन्टसन्ट काम देखाएर एक घन्टा छिटो जान्छ । दुई घरमा सोरसराद सकेर तेस्रो घरमा लघुरुद्री सक्ने पुरेत जस्तै हो यो प्रमुख अतिथि । यसको प्रमाण खोज्ने हो भने नाकाबन्दी ऐन अन्तर्गत आकाबन्धी धाराको दफा लौ खालो सार, उपदफा खुत्याइस्मा पाउन सकिन्छ । यस वर्गको अर्को प्रमुख अतिथि हो छट्टु टपरे प्रमुख अतिथि । यो प्रमुख अतिथि समारोहमा समयमा नै आउँछ तर सिँगडा खाएपछि सुटुक्क छड्किन्छ । ऊ गएपनि भाषण गर्नेले सम्बोधन चैं गरिरहनुपर्छ उसैका नाममा । यति गर्दा पनि अर्को पटक उही प्रमुख अतिथि हुन्छ । खै के जादु छ उसमा भनेर क्याम्पसका स्नातकोत्तर तहका विद्यार्थीले प्रत्येक वर्ष अनुसन्धान पनि गर्छन् तर निष्कर्ष शून्य ।

९. उपसंहार
हिजो आज संघसंस्था कति हो कति खुलेका छन्, भनेर साध्य छैन, गनेर पनि साध्य छैन । तिनीहरूका कार्यक्रम पनि अनगिन्ती भइरहन्छन् । त्यसैले प्रमुख अतिथि पाउन पनि मुस्किलै पर्ने भएर होला लोग्ने सभापति भएका समारोहमा स्वास्नी प्रमुख अतिथि र स्वास्नी सभापति भएका समारोहमा लोग्ने प्रमुख अतिथि हुने सारै राम्रो परिपाटी चलेको छ । त्यति मात्र होइन छोराछोरीलाई पनि विशिष्ट अतिथिमा आसीन गराउने र प्रमुख अतिथि र विशेष अतिथिलाई लोग्ने स्वास्नीले आआफ्ना संघसंस्थाको बजेटबाट दामी दामी मायाँको चिनो उपहार दिएर सम्मान गर्ने र पुरस्कार समेत दिने शुभकार्यको शुभारम्भ समेत भइसकेको छ । यस किसिमका क्रियाकलाप हेर्दा हिजोआज प्रमुख अतिथिको चलखेल र महत्त्वले आकाश छुन आँटेको छ । हेरौं अब के कसो हुने हो ।

झापा

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 749
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

तेजबहादुर फेरि मलेशिया गएनन्

May 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.