SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेगेटिभ
निबन्ध

नेगेटिभ

वासुदेव पाण्डेयBy Sahitya SagarJuly 26, 2023No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

वासुदेव पाण्डेय उल्लेख्य युवा कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित नेगेटिभ शीर्षकको संस्मरणात्मक निबन्ध समेटिएको छ । यस निबन्धले लेखककै आत्मप्रकाश गरेको छ । यसले आजको रङ्गीन परिवेश र हिजोको श्यामस्वेत परिवेशलाई उजागर गरेको छ ।

-सम्पा.

समयले कसैलाई पर्खँदैन भन्थे बुढापाकाले, हो रहेछ ।हाम्रो जीवन लोक साहित्यमय त छँदै थियो तर साहित्यमय पनि हुने रहेछ ।फरक यति हो कि कसैले गहन रूपले अध्ययन गरेर बुझ्छन् भने कसैले ढिलो गरेर बुझ्छन् ।भीमदर्शन रोका जो ‘घाम डुबी तारा नउदाएको आकाश हुँ म’ नामक चर्चित पुस्तकका सर्जक हुन् उनले एकपटक शङ्कर लामिछानेलाई भनेका थिए रे ”बाबु जीवनमा कविता त कति छरिएर बसेका छन् , देख्न सक्नुपर्छ; लेख्ने फुर्सद कसलाई ?” त्यसै रहेछ। हाम्रो बाल्यकाल बितेको करिब दुई अढाई दशक मात्रै बितेको छ तर समय भने रकेट गतिमा उडिरहेछ ।प्रविधिका क्षेत्रमा विश्वमा जस्तै नेपालमा छोटो समयमा आशातीत प्रगति भएको मान्नुपर्छ । अहिलेजस्ता क्यामेरा र मोबाइल, कम्प्युटरजस्ता प्रविधिका उपकरण हाम्रा पालामा यति सहज कहाँ थिए र ? त्यो पनि सुदूर पश्चिमको पनि पश्चिमी सुदूरमा ।डडेल्धुराको घनघस्या नि.मा.वि. बाट आठ कक्षा पास गरेर बैतडी जिल्ला सिलङ्गा गा. वि. स. मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयमा नौ कक्षामा भर्ना भएपछि केही साथीहरू रजिस्ट्रेसन फाराम भर्नका लागि फोटो खिच्न पाटनतिर गयौँ। लक्ष्मी फोटो स्टुडियो त्यो क्षेत्रकै नाम चलेको स्टुडियो थियो । फोटो अहिलेझैँ कहाँ रङ्गीन हुन्थ्यो र? विशुद्ध श्यामश्वेत । तीन दिनपछि लिन गइयो । फोटो हेर्दा आफू हुँ कि होइन चिन्नै गाह्रो, दुब्लो, लिखुरे र पायौँ साथमा नेगेटिभ पनि । स्टुडियोको सञ्चालक हाम्रा पुरोहित र नाताले काका पर्नुहुन्थ्यो र ठट्यौलो स्वभावको हुनुहुन्थ्यो । फोटोको कलाकारिताका बारेमा उहाँले यसरी वर्णन गर्नु हुन्थ्यो कि हामी धर्मप्रति आस्थावान् भक्तले सत्यनारायणको कथा सुनेझैँ एकाग्र भएर सुन्दथ्यौँ ।त्यो नेगेटिभ हेरेर म एकदमै अचम्मित हुन्थेँ ।कपाल र आँखी-भौँ हेरेर म पुलकित हुन्थेँ । हेर्दा काला कपाल र आँखी-भौँ सेता देखिन्थे । यो कसरी सम्भव भयो होलाजस्तो लाग्थ्यो ।

समय फेरियो । प्रवेशिका पास भएपछि आइ. ए. पढ्न बैतडीको पाटन बहुमुखी क्याम्पसमा भर्ना भइयो ।माओवादी जनयुद्ध उत्कर्षतिर लाग्दै थियो ।करिब एक महिना तीन घन्टा बिहान घरबाट हिँडेरै म क्याम्पस गएँ ।पछि म डेरा लिएर पाटन बजारमै बस्न थालेँ ।डेरामा म र साथी मानबहादुर बोहरा करिब छ वर्ष(२०५५-२०६१) पाटनमै रूम पार्टनर भएर बस्यौँ ।कोठा बजारमै तर पारि गाउँतिर जाने बाटोमै थियो ।घर पुरै खाली थियो । तल्लो तला सबै खाली थियो तर ताला मारिएको । हामीहरूले माथिल्लो तलाका दुई ओटा कोठामध्ये एउटामा भान्सा र एउटामा सुत्ने कोठा बनाएका थियौँ । बाहिर बार्दलीयुक्त हावा चल्ने राम्रो घर थियो ।त्यो घर हाम्रो छिमेकी गाउँका एक जना व्यक्तिको थियो ।उनले खै किन हो गाउँको घर र जमिन बाँझै छाडेका थिए र पाटन बजारको घर पनि अलपत्र । छ वर्ष बस्दा कहिल्यै घरभेटीसँग भेट भएन । उनी अत्तरिया बजार छेउमा घुम्ती र सानो होटल चलाएर बस्थे ।वि.सं. २०५८ तिर आर्मीमा भर्ती हुन म तेघरी ब्यारेक आएँ । त्यो दौरान उनकै होटलमा बसेँ र उनलाई बैतडीको घरमा बस्छु भनेर सुनाएँ तर उनले कुनै प्रतिक्रिया जनाएनन् । विविध कारणले म सेनामा भर्ती हुन सकिनँ र फर्किएँ । पाटन क्याम्पसमै बी. ए. पढ्न थालेँ ।

पाटनको पारि गाउँबाट एक जना कपाल पूरै सेतो भएका बुढा मान्छे सधैँ बिहान दश बजेतिर बजारतिर आउँथे र साँझपख घरतिर जान्थे । कालो वर्णका ती व्यक्ति निजामती कर्मचारी थिए तर कुन कार्यालयमा काम गर्थे सम्झना छैन । उनलाई हामीहरू ‘नेगेटिभ बड्डा’ भन्ने गर्थ्यौँ साङ्केतिक रूपमा । उनी कहिले साँझमा रक्सी खाएर धर्मराउॅदै जान्थे र हामी पारि नपुग्दासम्म हेरेर टिप्पणी गर्दथ्यौँ ।एक पटक माओवादीले रक्सी खाएको निहुँमा चिरपटले टाउकामा हिर्काएका थिए । सेतै कपालमा रातो रगत लागेर टाउको रङ्गीन बन्यो ।हामीलाई टीठ लाग्यो तर पनि कुकुरको पुच्छर बाङ्गो देख्दा हाँस्ने अल्लारे उमेर हुनाले हामी नेगेटिभ त रङ्गीन भयो भनेर मरी मरी हाँस्यौँ ।

समय बित्दै गयो । हामीहरू पनि छुट्टियौँ । म पाटन छाडेर स्नातकोत्तर तहको अध्ययन गर्न काठमाडौँतिर लागेँ । साथीहरू को कहाँ पुगे आकाशमा छुट्टिएर फरक दिशातिर लागेका बादलझैँ । कथाकार इन्द्रबहादुर राईले ‘खीर’ कथाको अर्थ ढिलो बुझेझैँ म पनि अहिले ‘नेगेटिभ’ को अर्थ जीवनमा पो भेट्दै छु । हामी जीवनलाई रङ्गीन बनाउन प्रयासरत रहन्छौँ तर यो सदैव नेगेटिभ नै हुन खोज्छ । सक्कली रूप त नेगेटिभ (गाउँले जीवन) पो रहेछ ।यो रङ्गीन रूप (सहरी कृत्रिम र बनावटी) बनाउन त नेगेटिभलाई नै सच्च्याइँदो रहेछ । काला कोठी, दुबी,दाग र धब्बा तथा चाउरीहरू हटाएर, अन्यबाट अवयवहरू ल्याई गाँसेझैँ, केही घटाएझैँ , केही हटाएझैँ लाग्छ । हरेक सम्बन्ध नेगेटिभ (नकारात्मक) तर रङ्गीन बनाउन जीवनभर मानिसले प्रयास गरिरहन्छ ।पहिले फोटाको मात्र नेगेटिभ हुन्थे अन्यत्र सबै रङ्गीन जीवन तर अहिले सबैतिर नेगेटिभकै हालीमुहाली देखिन्छ ।मान्छेको बानी, व्यवहार, सोचाइ, धारणा, टिप्पणी सबै नेगेटिभ मात्रै । फोटा रङ्गीन हुन्छन् तर त्यसमा सबै सक्कली पक्ष पाइन्न । जडौरी लुगा,अर्काको पन लिएर बन्ने रङ्गीन फोटा र बनावटयुक्त हाम्रो जीवनशैली उस्तै हुन् । असली रूप छिपाइन्छ, नेगेटिभ लुकाएझैँ अनि बनाबटीपन, बोक्रेपन, आडम्बर, सम्पत्ति प्रदर्शनको रङ्गीन व्यवहार देखाइन्छ र बनाइन्छ । सक्कल नेगेटिभ भएर पनि नेगेटिभ भन्न र बन्न नरूचाउनेहरूकै बोलबाला छ । नेगेटिभ भनेकै बाल्यकालीन सहजता,नैसर्गिकता,स्वाभाविकता र यथार्थता रहेछ । गाउँघरमा हुँदा सहर पस्ने रहर र सहरतिरको जीवनशैलीप्रतिको आकर्षण पनि श्यामश्वेतका नेगेटिभजस्तै हुन् जो सत्यता र यथार्थताभन्दा रङ्गीन पक्षलाई मन पराउँछन् ।अहिले पनि फोटो खिच्दा लाग्छ नेगेटिभ त दिन्नन् होला जहाँ काला कपाल र आँखी-भौँ सेतै देखियुन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
वासुदेव पाण्डेय
वासुदेव पाण्डेय
Post Views: 405
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

तेजबहादुर फेरि मलेशिया गएनन्

May 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.