SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » भाषा शुद्धिका कुरा
समीक्षा

भाषा शुद्धिका कुरा

नवीन पौड्यालBy Sahitya SagarJanuary 15, 2023No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नवीन पौड्यालको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । उनी भारतीय भूमिमा बसेर निरन्तर नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । कालिम्पोङलाई कर्मभूमि बनाई निरन्तर सेवा गरिरहेका पौडेलको सिर्जनात्मक, समीक्षात्मक, सञ्चारपरक र अन्य विविध योगदान रहेको छ । यहाँ उनको भाषासँग सम्बन्धित समीक्षात्मक लेख समेटिएको छ । यस लेखले भारतमा भएका नेपाली भाषा शुद्धिका प्रयासलाई देखाएको छ ।

-सम्पा.

१. नेपालीमा अत्याधिक अरबी शब्द प्रयोग :
भारतमा ईस्वीको प्रायः दशौँ शताब्दीदेखि खिलजी, दास, मुघल, सुरी, आदि वंशका शासकहरूले पालैपिलो शासन गरे। भारतमा लगभग एक हजार वर्ष लामो इस्लामको प्रत्यक्ष-परोक्ष शासनको व्यापक प्रभाव परेको थियो। भारतको सामाजिक, आर्थिक, राजनैतिक सांस्कृतिक, भाषिक र जनसङ्ख्या आदिमा ठूलो प्रभाव परेको थियो। अझै पनि भारतले त्यो लामो शासनको प्रभाव भोगिरहेको छ। प्रत्यक्ष शासन त गयो तर मानसिकता गएन। तिनले सभ्यता र संस्कृति द्वन्द्व छोडेर गएका छन्। यसै गरी भारतमा प्रायः तीन सय वर्ष बेलायतको शासन रह्यो। तीन वर्षमा अङ्ग्रेजको शासनले भारतलाई सकारात्मक नकारात्मक दुवै किसिमबाट प्रभाव पारेको छ। यसरी बेलायतको शासनले भारतीय जनजीवनमा झन ठूलो प्रभाव पाऱ्यो। भारतीय सभ्यता, संस्कृति धेरै कुरामा अङ्ग्रेजको सभ्यता र संस्कृति मिसियो।

नेपालीमा यति धेरै मात्रामा अरबी शब्दहरू कसरी आए, एउटा आश्चर्यको विषय बन्छ। नेपाल न त बेलायतको उपनिवेशमा थियो न त इस्लाम शासकका शासनमा। यद्यपि नेपाल र नेपालीमा बढी मात्रामा अरबी फारसी शब्द कसरी पसे? नेपालमा नेपाली भाषा अरबीको खाड़लमा पसिसकेको छ। नेपालीमा अङ्ग्रेजी शब्द धेरै मात्रामा प्रयोगमा रहेका छन्। नेपालीमा अङ्ग्रजी शब्द पस्नु आधुनिक शिक्षा व्यवस्था, विज्ञान र प्रविधि प्रणाली, विश्वग्राम अवधारणा आदिका कारण हुन्। यस लेखको उद्देश्य नेपालीमा अरबी उर्दू शब्द प्रयोगाधिक्य हो। नेपालको दक्षिणको सीमाना सजिएको नेपालको सरकारी भाषामा सबैभन्दा बढी मात्रामा अरबी मूलका उर्दू शब्द प्रयोग भएको पाउँछौँ। सरकारीबाहेक सामान्य चलन चल्ती बोलीमा समेत उर्दू शब्द प्रयोग भइरहेका छन्। हामीले सचेत भएर अङ्ग्रजी शब्दलाई वहिष्कार गरेर बोल्दा विशुद्ध नेपालीमा बोल्नु पर्दा उर्दू शब्द चलाउँछौं। हाम्रो निम्ति उर्दूका धेरै शब्द हाम्रा पेवा हुन् जस्तो भान भइसकेको छ। विदेशी आगन्तुक शब्द चलाउन स्पर्धा गर्ने दास प्रवृत्ति हामीसित बढ्दैछ। हामी ‘इन्साफ’ पाउन ‘मुद्दा’ ‘दायर’ गर्न ‘अड्डा-अदालत’ जान्छौं, ‘उकिल’ लाउँछौं, ‘इजलास’-मा ‘पेशी’ भएको ‘गवाही’को ‘बयान’ लिन्छौं, ‘साजिस’ गरेको ‘इल्जाम’ लाएर ‘मुद्दा’ ‘पैरवी’ गर्दछौँ। ‘ऐन-कानुन’को आड़ खोज्दै ‘अख्तियारी फाँट’मा ‘मुचुलका’ ‘दाखिला’ गर्दछौं। लासको ‘सनाखत’ ‘बाद’मा ‘पहिचान’ गरी ‘दफ्नाएर’ काज ‘रफादफा’ गरी ‘खत्तम’ गर्दछौं। हामी ‘मोलाहिजा’ गरेर ‘बेकुफ’ बन्छौं। ‘हिफाजत’-मा राखेको ‘मुजरिम’ ‘फरार’ भएको छ। हाम्रो भाषा उर्दू ‘लब्ज’ को ‘गलत’ ‘चंगुल’-मा फँसेको छ, यसबाट उम्किन ‘रास्ता’ खोज्दै छ। ‘अड्डा’का ‘हाकिम’ले ‘तहकीकात’ गर्न ‘सिफारिस’ गरेकाले ‘मुचुलका’ उठाइ ‘बयान’ ‘पेश’ तयार गरी ‘तामेली’मा राखे।

भारतको नेपाली भाषाको तुलनामा नेपालमा लेखिने नेपाली भाषा अधिक मात्रामा अरबीकरण हुँदैगरेको जस्तो लाग्छ। नेपालीको सरकारी भाषामा बढी मात्रामा अरबी-फारसीमूलका उर्दू शब्दहरू प्रयोग देखिन्छ। पुस्तक, समाचार पत्र, सञ्चार माध्यम, बोलीचाली आदिमा अरबी शब्द धेरै मात्रामा देख्न सुन्न पाइन्छ। काठमाडौँको सड़कमा सेनाको ‘बख्तरबन्द’ गाडी चल्यो, उसले ‘बकाइदा’ ‘करारनामा’ गरेको छ। ‘दिलको धड्कन बढेर हलचल भएको । ‘बेदखल’, ‘दखलअन्दाजी’, ‘रूबरू’, ‘हाबी’, तरक्की, सामान्य रूपमा चल्न थालेको छ।

माथिका शब्दहरूमा हामी यति अभ्यस्त भएका छौँ कि लाग्छ यी शब्दहरू नेपाली माटामा नै उब्जेका ठेट नेपाली शब्द हुन्, यस्ता शब्द हाम्रा पेवा हुन्। नेपाली बोल्दा अँग्रेजी शब्द र वाक्य नै गाँसिदिए आफ्नो बडप्पन हुने भ्रम पालेर बस्ने हामीलाई अरबी-फारसी शब्दको प्रयोग पनि त्यही मानसिकताबाट एको हो। अङ्ग्रेजी शब्दलाई तर्काएर यस्ता शब्द बोले लाग्छ कि हामी ठेट बोल्दैछौं। अब यो उर्दू नेपाली शब्दकोश आएको छ। यो कोश हेरेर शब्द खोज्दै गए हामी त उर्दूको ठूलो खाड़लमा पुरिएको पाउँछौं। एकपट्टि पहिलेको अङ्ग्रेजशासित ‘इडियन ओसन’ र अर्कापट्टि अरब खाडीका बिचमा चेप्टिएको छ नेपाली भाषा। नेपाली भाषाको खेतमा एकपट्टिको पानीको कुलो थुने अर्को पट्टिको कुलाबाट पानीको भल पस्दछ। यही भलले हाम्रो सङ्गलो पहाडी खोलाको पानी धमिल्याइरहेका छन्।

२. दिवाकर प्रधानको नयाँ भाषा शुद्धि आन्दोलन :
नेपाली भाषाको अरबी र संस्कृतको बढ्दो प्रयोग देखेर बालकृष्ण पोखरेल र उनका मित्र मण्डलीहरूले वि. सं. २०१३ मा ‘झर्रोवादी आन्दोलन’ गरी नेपाली भाषालाई ठेटपन ल्याउने अभियान र आन्दोलन गरेका थिए। त्यस भाषिक सुधार आन्दोलनले निकै चर्चा पाएको थियो। त्यस अभियानको केही प्रभाव परेको मान्न सकिन्छ। अहिले पनि भाषिक सुधारका उपक्रम र अभियान थामिएको छैन। यद्यपि यहाँ भाषाको वर्णविन्यास र व्याकरणिक सुधारको नभएर नेपाली भाषालाई अरबी-फारसी शब्दबाट कसरी तर्काउनु जोगाउन गरिएको नयाँ आन्दोलनबारे चर्चा गरिन्छ।

भाषिक सीमानाको काँडेतारबाट ‘अवैध’ रूपमा ‘घुसपैठ’ भएर आएका शब्दहरूलाई रोक्ने ‘चौकीदार’ थिएन। यस्तै बढ्दो अरबीकरण भएको देखेर काशी हिन्दू विश्वविद्यालयका प्राध्यापक डा. दिवाकर प्रधानले नेपाली भाषाको पश्चिमी सीमाको रक्षकको भार उठाएका छन्। पश्चिम सीमाबाट छिरेर हिन्दी हुँदै आएका अरबी फारसी मूलका शब्दहरूको प्रयोगाधिक्य रोक्न उनी अघि आएका छन्। उनले आफ्नो लेख, फेसबुक आदिमा व्यक्त गर्दछन्। फेसबुकलगायत जुन कुरामा पनि अरबी शब्दको प्रयोग देखे कि त्यसलाई सच्याउने सुझाव दिने गर्छन्। त्यस्ता अरबी शब्दको बद्ली आफ्ना मौलिक शब्द प्रयोग गर्न जोड़ दिन्छन्। दिवाकर प्रधानको अभियान पनि आफ्नो ठाउँमा समयोचित र आवश्यक छ। हाम्रै आफ्ना शब्द हुँदाहुदै अरबीमूलका शब्द प्रयोग हुनु उचित होइन। बरू त्यसका सट्टा हाम्रै कतिपय जातगोष्ठीका शब्द प्रयोग गरेर त्यसको पदपूर्ति गर्न सकिन्छ। भाषाका क्षेत्रमा नेपाली भाषा धेरै धनी छ। हाम्रै आफ्नै जातगोष्ठीका भाषाको शब्द प्रयोग गर्न सक्छौं। हाम्रै नेवारी, किराती आदिका शब्द प्रयोग गरे नेपाली भाषाको समुन्नति हुन्छ। सक्षम संस्कृतको सहायता लिनुलाई पनि बुद्धिमत्तापूर्ण ठान्दछन्। भाषामा यस्ता शब्दको प्रयोग गर्नु पनि एउटा बानी हो, जसलाई तर्काएर आफ्नै शब्द प्रयोग गर्ने बानी बसाल्नु पर्दछ। नत्र हाम्री भाषा अङ्ग्रेजी र अरबीको तानातानीमा दुई फ्याक हुन वा यी दुई महासागरमा डुब्न कति पनि बेर लाग्दैन। कुनै पनि भाषामा एउटा वा दुईवटा मात्रै अन्य भाषाका शब्दको बढी प्रयोग हुनु राम्रो लक्षण कदापि होइन। बरू अरू भाषाका शब्द पनि समानुपातिक रूपमा आएको उचित हो। प्रधानको तर्कमा धेरै सत्यता छ। उनको उद्देश्य नेपाली भाषालाई अरबी फारसी मूलका भाषाको अतिशय र अनावश्यक प्रयोगबाट जोगाउनु रहेको पाइन्छ।

निमा निची शेर्पाको नयाँ साहित्यिक अभियान ‘उत्तर लीलालेखन’-को प्रस्तावना पुस्तक (२०२०) मा प्रो. प्रधानको पनि एउटा भाषिक सुधारपरक लेख रहेको छ- ‘नेपाली भाषाको शुद्धीकरण’ (पृष्ठ ४८)। यस उत्तर लीलालेखन अभियानमा आफ्नो नेपाली भाषालाई शुद्धतातिर लाने विचारमा आफ्ना मान्यता र अभिमत प्रकट गरेका छन्। यसका साथै दैनिक समाचार-पत्र ‘हिमालय दर्पण’-का केही अङ्कमा उनका अरबी शब्द वहिष्करण अभियानमा कलम चलाएका छन्। शेर्पाको उत्तर लीलालेखनको क्रममा प्रो. प्रधानको यस भाषिक सुधार अभियानलाई पनि समावेश गरेका छन्। यस अभियानलाई केही अन्य भाषाविद् साहित्यकारहरूले पनि स्वीकारेर व्यावहारिक रूपमा ल्याउन थालेका छन्।

प्रो. प्रधानको मतमा ‘अरबी, फारसी, ल्याटिन, अङ्ग्रेजी आदि धनी विदेशी भाषाहरू हुन्। यद्यपि नेपाली भाषामा भएको उनीहरूको भाषिक अतिक्रमणबाट मुक्तिपथ खोज्ने समय यही हो। आगन्तुक आक्रमणले नेपाली भाषामा निधि मानिने मौलिक झर्रो शब्द, नेपाली तत्सम, तद्भव शब्दहरू विलुप्त र विस्मृत हुँदैछन्’। उनका मान्यताअनुसार ‘हाम्रै जातिकै जातभाषाका सुहाउँदिला स्वदशी शब्दलाई नेपालीमा स्थान दिने, नेपाली मौलिक झर्रा शब्द उपयोगमा ल्याउने, तद्भव शब्द स्याहार्ने अनि संस्कृतको संरक्षणमा सुरक्षित हुने काम थालनी गर्नु पर्दछ। नेपाली भाषालाई आफ्नौ प्रकृतिमा हुर्कन दिनुपर्दछ’ भन्ने रहेको छ। उनको मूलोद्देश्य नेपाली भाषाको शुद्धीकरण हो। उनले ‘हिमालय दर्पण’ दैनिक नेपाली समाचारपत्रमा ‘भालेको डाक : शब्द स्वातन्त्र्य’ (हिमालय दर्पण, १५ अगस्त २०२०) भन्ने लेख प्रकाशित गरेका थिए। त्यसमा नेपाली भाषामा विदेशी आगन्तुक शब्दहरूका ठाउँमा चलाउनु पर्ने नेपाली शब्दहरूको सूची छापिएको थियो। यस लेखमा नेपाली उच्च शिक्षा प्राप्त गर्दै गरेका विद्यार्थीवर्गमा सकारात्मक प्रभाव परेको छ। यसबाहेक उनले फेसबुक वा अन्य सञ्जालमा यस्ता विदेशी शब्द देखे, त्यसको नेपाली शब्द लेखेर सुधार्ने आह्वान गर्दछन्।

एकपट्टिबाट नेपाली भाषालाई अङ्ग्रेजी भाषाले ढाकिरहेको अवस्था छ। अङ्ग्रेजी विद्यालय पढेर आउने नयाँ पुस्ताबाट अबको नेपाली भाषालाई जोगाउन कठिन परेको अवस्था छ। हरेक वाक्यमा एक दुईवटा अङ्गेजी शब्द प्रयोग भएको हुन्छ। अर्कापट्टिबाट अरबी फारसी शब्दको बढ्दो प्रयोग पनि चिन्तनीय छ। बानी सप्रिए रानी हुन्छ, बानी बिग्रिए खरानी हुन्छ भन्ने उखानझैँ अब नेपाली भाषालाई अङ्ग्रेजी र अरबीबाट जोगाउनु परेको अवस्था छ। यी दुवैको बढ्ता प्रयोगले हाम्रो भाषा बिटुलिनु र विलयन हुने सम्भावना हुन्छ।

प्रो. प्रधानको यस अभियानलाई मनन गर्दा धेरै तर्क र विचार उचित छन्। यद्यपि हामी पचाइसकेका आफ्नै बनाएका अरबी-फारसीमूलका केही शब्दलाई प्रयोग गर्नै हुँदैन भन्ने कुरालाई मान्न भने सकिन्न। यी त हाम्रा भण्डारमा गइसकेका छन्। भएका शब्दलाई प्रयोग गर्नु हुँदैन भन्नु उचित होइन। यद्यपि कतिपय अरबी फारसी मूलका शब्दहरू हामीले पेवा बनाइसकेका छौं। हाम्रा शब्दभण्डारमा उर्दूको माध्यमबाट आएका अरबी फारसी शब्दहरू हाम्रा ठेट शब्द बनेका छन्। त्यस्ता हाम्रा आफ्ना ठानिएका शब्दले हाम्रै शब्द भण्डारमा वृद्धि भएको छ। मुलुक, शुरू, शुरूवात्, सवाल, जवाब, मुनाफा, नोक्सान, तबल्ची, जिन्दगी, नाबालिग, किताब, कलम, गोदाम, दराज, चौकीदार, चौरस्ता, दरोगा, कहानी, जबर्जस्ती, ताजुब आदि हुन्। यस्ता शब्दहरू अभिन्न रूपमा रहेका छन्, जसलाई नेपाली वा संस्कृत शब्द नपाएमा प्रयोग गर्दा हानि हुँदैन।

डा. प्रधानका कतिपय सुझावअनुसार हामीले पचाइसकेका यस्ता शब्दहरू पनि प्रयोग नगरौँ भन्ने रहेको छ। यद्यपि यो विचार पनि एक प्रकारले अतिवाद हो। हामीले पचाइसकेका, अभिन्न भएर रहेका, परम्परादेखि ठेटसरह भएर बसेका, आफ्नो बनाइसकेका शब्दलाई पनि प्रयोग नगरूँ भन्नु पनि उचित होइन। एउटा नदीमा अर्को नदीको पानी मिसिनु हुँदैन, अथवा ढिकुटीमा अन्न हाल्नु हुँदैन भन्नु पनि उचित होइन। आगन्तुक वा अतिथि नै नेपाली घरका स्वामी बनेको यथार्थ प्रो. प्रधानलाई सह्य छैन। यद्यपि उनको विचारमा यदि नदीमा भल पसेर आफ्नो पानी नै धमिलो बनाइदिन्छ भने त्यो भललाई रोक्नु उचित हुन्छ। यसकारण डा. प्रधानको मूल उद्देश्य उत्तम छ। भाषामा नचाहिँदो रूपमा अर्को भाषाको शब्दलाई ल्याएर घुसार्नु उचित होइन। नेपालीको आफ्नौ मौलिक तत्सम र तद्भव शब्द प्रशस्त छन्। अझै शब्द चाहिए खट्किए हाम्रै स्वजातिका शब्द प्रयोग गरौं तर विदेशी शब्द प्रयोगबाट जोगिनु पर्छ। हामीले बढी र फेसनका रूपमा अरबी-फारसीमूलका शब्दलाई बोल्दा वा लेख्दा बलात् घुसाउनु भने राम्रो लक्षण होइन। अब २०१८ सालमा प्रकाशित श्री विजय कुमार राईको ‘उर्दू – नेपाली शब्दकोश’ पल्टाउँदै त्यहाँबाट नयाँ नयाँ उर्दू शब्दहरू निकाल्दै नेपाली रूबाइ र गजलतिर हाल्दै लेख्न बेर छैन।

  • Sahitya Sagar
    Sahitya Sagar
नवीन पौड्याल
नवीन पौड्याल
Post Views: 397
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.