SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » भय, मृत्युको भय अनि भयवादी दृष्टिकोणले पत्थरको कथा एकाङ्कीको अवलोकन
समीक्षा

भय, मृत्युको भय अनि भयवादी दृष्टिकोणले पत्थरको कथा एकाङ्कीको अवलोकन

कबिर बस्नेतBy Sahitya SagarJanuary 15, 2023No Comments16 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
कबिर बस्नेत नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनी भारतको दर्जिलिङमा बसेर साहित्य साधना गर्ने प्रतिभा हुन् । उनी सिर्जना र समीक्षा दुवै क्षेत्रमा कलम चलाइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्अलमकम उनको शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले भयका दृष्टिले विजय मल्लाको पत्थरको कथा एकाङ्कीको समीक्षण गरेको छ ।

-सम्पा.

मरिते चाइ ना आमि एई सुन्दर भुबने
मानवेर माझे आमि बाँचिबार चाई। (रवीन्द्रनाथ ठाकुर)

१. विषय प्रवेश
जीवनप्रतिको लालसा, मोह, जीवेष्णाको तीव्रता प्राणीमात्रमा पाइने एक नैसर्गिक चाहना अनि जन्मजात भावनाहरू हुन् । समस्त सृष्टिको गतिशीलता जीवनको उपलब्धता अनि मृत्युको अवश्यम्भाव्यता माझ फक्रन्छ, सप्रन्छ र ओइलाउँछ । प्राणीमा जति जति जीवनप्रतिको मोहले उत्कट रूप लिन्छ त्यति नै उसलाई भयले घेर्छ। प्रिय व्यक्ति, वस्तु, स्थिति, समय, अनुभूतिलाई गुमाउने भयले मान्छे सधैं मृत्युको भयले ग्रसित बन्छ । अन्धकारको, अनजान स्थितिको, अज्ञात शक्तिको अनि अज्ञातको भयमै मान्छेको जीवन जेलिएको हुन्छ ।

वर्तमानमा भयवाद एउटा चर्चित सिद्धान्तको रूपमा अघि बढिरहेको देखिन्छ। मान्छेको प्रत्येक क्रियाकलाप नै भयद्वारा संचालित हुन्छ भन्ने विचारधारा यस वादले वहन गरेको पाइन्छ। यस पत्रमा विजय मल्लको पत्थरको कथा एकाङकीलाई भयवादी दृष्टिकोणले हेर्ने प्रयास गरिएको छ। अधिकांश मानिसहरू मृत्युको भयद्वारा पीडित हुन्छन् जसरी यस एकाङ्कीका पात्र-पात्राहरू मृत्युको भयले आक्रान्त छन् । मृत्युसित् भय हुनको मुख्य कारण हो जिजीविषा । जीवनसित टालिरहने एक अज्ञात लालसा । व्यक्ति सोच्दछ जहाँ मृत्यु छ त्यहाँ हामी छैनौं । मनोवैज्ञानिकहरूले मृत्युको विश्लेषण गरेर मृत्युसित भयको मुख्य कारण व्यक्तिको सांसारिक वासना औ सम्बन्धहरूप्रति लगाउ हो भनेका छन्। जीवित रहने इच्छाले मृत्युप्रति घृणा जन्माउँछ फलतः मानव यस इच्छापूर्तिको निम्ति निम्न भन्दा निम्न कार्य गर्न पनि पछि हट्दैन । रघुवीरसिँह बाँच्नको निम्ति हत्या गर्छ, विपिन बाबु अझ सुखसित जिउनुको लागि हत्या गराउँछ । पात्रहरूको मृत्यु-भयकै वरिपरि प्रस्तुत एकाङ्की संरचित रहेको पाइन्छ। प्रस्तुत एकाङ्कीका पात्रहरूका क्रियाकलाप पनि कसरी भयद्वारा नियन्त्रित छ भन्ने देखाउनु नै यस प्रपत्रको उद्देश्य रहेको छ।

विजय मल्लका एकाङ्कीहरू पात्रहरूका मनोवैज्ञानिक समस्यामाथि केन्द्रित रहेको पाइन्छ। प्रत्येक जीवित व्यक्तिको केही न केही समस्या अनि अपठ्याराहरू हुने गर्छन्। यी समस्याहरूलाई मान्छेले सन्तुलित गर्न सकेन भने व्यक्तिको व्यवहार पनि असन्तुलित बन्छ। ऊ मानसिक रूपले प्रतिपल, तनाउ, चिन्ता, अन्तर्द्वन्द, कुण्ठा, भय आदिले ग्रस्त बन्छ अनि उसको व्यवहारमा अनि जीवनमा पनि यसको प्रभाव देखापर्छ। यस्तै मनोविकारले पीडित पात्रहरूका चित्रण उनका एकाङ्कीहरूमा पाइन्छ। सामाजिक विसंगतिलाई देखाउँदै समाजमा व्याप्त दमन, अन्याय, भेदभाव. शोषण, अन्धविश्वासप्रति आलोचनात्मक दृष्टिकोण उनका एकाङ्कीहरूका मूल विशेषताहरू रहेका छन्। पत्थरको कथा पनि यस्तै एउटा एकाङ्की हो जसमा एकाङ्कीकारले राणाकालीन अनि पञ्चायतकालीन नेपालका सत्तासीन सामन्तवादी व्यक्तिहरूमा पाइने यिनै मनोविकार अनि यसबाट प्रभावित उनीहरूका कृत्यलाई दर्शाइएको पाइन्छ।

२. भय, मृत्युको भय अनि भयवाद
भय प्राणीमा हुने एकप्रकारको भाव हो । यो भाव उसले जन्मजात रूपमा पाएको हुन्छ । ऊ जति बढ्दै जान्छ, भय पनि त्यति नै सघन हुँदै जान्छ । वैज्ञानिकहरूले प्राणीमात्रमा नभएर उद्भिदमा समेत भय व्याप्त रहेको तथ्य उजागर गरेका छन् । समस्थितिमा मान्छेको भय अवचेतन मनमा लुकेर बसेको हुन्छ तर विषम स्थितिमा वा कुनै उत्प्रेरक तत्त्व पाए यो सचेत रूपमा देखा पर्छ । मान्छे शारीरिक रूपमा अरू प्राणीभन्दा कमजोर रहेकोले नै ऊ आदिम अवस्थादेखि नै भयभीत बन्न थालेको कुरो विद्वानहरूले गरेका छन् । प्राकृतिक आपदा, वन्य प्राणी अनि अन्य प्राकृतिक प्रतिकूलताको भयले नै मान्छेलाई प्रकृतिको मात्र भर नपरेर आफ्नो बुद्धि खटाउँदै विकासतर्फ उन्मुख बन्न प्रेरित गर्यो । मान्छेको हाँसो, रोदन, लाज, क्रोध, लोभ, मोह आदि सबै भयद्वारा नै परिचालित हुन्छ। मान्छेले आदिम समयमा आफ्नो एकमात्र सबल हतियार दाँत देखाउनुको अर्थ पनि शत्रुलाई आफ्नो हतियारले भयभीत गराउनु थियो अनि आफू पनि भयबाट मुक्त हुनु थियो भन्ने वैज्ञानिकहरूले आफ्नो अध्ययनद्वारा प्रमाणित गरेका छन् । पछि यो नै हाँसोको रूपमा मान्छेको एउटा औपचारिक सामाजिक व्यवहार बन्न पुग्यो । यस्ता अनेक शारीरिक प्रचेष्टाहरू छन् जो मान्छेले भयबाट मुक्त हुनको निम्ति प्रयोग गर्ने गरेको तर पछि यी सबै मान्छेको शिष्ट व्यवहारको रूपमा परिणत भएको पनि विश्लेषकहरूले खुट्याएका छन् । मान्छेसित अन्य प्राणी भन्दा बढी चेतना भएकै कारण ऊ अरूभन्दा बढी भयाक्रान्त छ। युद्ध, शान्ति, हिंसा, हत्या दमन, अन्याय, अत्याचार, शोषण भयका विकृत र सकृत रूपहरू हुन्। मानव मस्तिष्कलाई भयले पचहत्तर प्रतिशतभन्दा बढी समय सताइरहन्छ।

भयवादी दृष्टिकोणअनुसार मानवीय जीवनमा भयको विश्व रूप छ। भयको विश्व रूप भन्नाले मान्छेका स्वभाव, मान्छेका गुण र प्रत्येक वस्तुसित मान्छेलाई भय हुन्छ। आन्तरिक रूपमा आफ्नै कारणले पनि हुन्छ, बाहृय वस्तुहरूसँगको कारणले पनि। एउटा वस्तुले सबैलाई समान भयभीत बनाउँदैन। भयको उत्पत्ति चेतना, ज्ञान, प्रवृत्तिले आन्तरिक र बाहृय वस्तुसित मुठभेड गर्दा हुन्छ। चेतना सबै मान्छेमा हुन्छ, तर मान्छे सधैँ भयभीत भइरहन्दैन। भय उत्पन्न हुनुको निम्ति पहिले उसलाई कुनै पनि वस्तुको बारेमा ज्ञान हुनुपर्दछ। जीवन एउटा ज्ञान हो, मृत्यु अर्को ज्ञान हो, रोग एउटा ज्ञान हो। त्यसरी नैआणविक हतियार एउटा ज्ञान हो। मान्छेलाई आणविक हतियारको शक्तिको ज्ञान भएन भने भय हुँदैन। उदाहरणको लागि सर्प विषालु हुन्छ भन्ने प्रवृत्तिगत अर्थ हामीले सुन्दै नआएको भए सर्प सुनेर, देखेर, भयभीत हुनुपर्ने कारण नै थिएन। हामीले सर्प विषालु, हुन्छ यसले ठुङ्गेपछि मरिन्छ भन्ने अर्थ बुझदै आएका छौँ। यही अर्थ बोकेर हाम्रो ज्ञानतन्तु, इन्द्रिय माँसपेशी मस्तिष्कमा पुग्दछन् र हामीलाई साँप शब्द सुन्दा पनि भयले घेर्ने गर्दछ।

भयले जीवनमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको हुन्छ। सभ्यताको विकास, विज्ञानको नयाँ आविष्कार, नयाँ नयाँ औषधिको आविष्कार, सृजना, उन्नति र प्रगतिको कारक तत्व भय नै हो। त्यस्तै लोभ, शंका, हत्या, आतङ्क, षडयन्त्र, युद्ध सबै भयको कारक तत्व हो। भयबाट बाँच्न, सुरक्षा पाउनु मान्छेले हजारौं प्रकारको युक्ति गर्दछ तर त्यसको विपरित फेरि त्यही हराउने आशङ्का नै भयको कारण बनिन्छ। जीवनदेखि मृत्युसम्म अथवा कुनै घटना घटन अगाडि देखि घटना सम्मको दूरीलाई भय भन्न सकिन्छ । घटना घटिसकेपछि एउटा मात्र भय समाप्त हुन्छ । त्यस्ता घटनाहरूको श्रृंखला सधैँ नै रहिरहेको हुन्छ अनि भय पनि अनन्तसम्म रहन्छ जबसम्म चेतना विद्यमान रहन्छ।

भतृहरिले नीतिशतकमा भनेका छन् –
भोगे रोगभय कुले च्युतिमयं वित्ते नृपालाद् भमं।
माने दैन्य भयं बले रिपुर्भयं रूपे जरायाभयम।।
शास्त्रे वादिभयं गुणे खलभयं काये कृतान्ताद् भयम।
सर्ववस्तु भयान्वितं भुवि नृणां वैराग्यमेवाभयम्।

भोगविलासको समय रोगको भय हुन्छ, उच्च कुलमा जन्म भए निम्न कर्ममा लिप्त हुने भय हुन्छ। सम्पन्न भएपछि सरकारले कर लगाउने भय हुन्छ। मौन रहे दरिद्रताको भय हुन्छ, शक्तिशाली भयो भने शत्रुको नजर लाग्ने भय हुन्छ। युवावस्थामा बुढ्याँइको भय, शास्त्रको ज्ञाता भए अर्को विद्वान्ले वाद-विवादमा हराउने भय, शरीर रहँदा मृत्यु आउँछ भन्ने भय हुन्छ । संसारमा कुनै न कुनै पदार्थ कुनै न कुनै प्रकारले मान्छेलाई भयभीत बनाउँछन् यसैले यो जीवन जगत भयै भयले युक्त छ। वैराग्य भावनाले मात्र मान्छे भयहीन बन्न सक्छ ।

हाम्रो सम्पूर्ण चेतना नै भयद्वारा निर्मित छ। वस्तुतः जसलाई हामी मृत्युको भय भन्छौ त्यो मृत्युको नभएर जसलाई हामी जीवन भन्छौ. त्यसलाई हराउने डर हो। जो ज्ञात छ, त्यसलाई हराउने भय हो। जो ज्ञात छ, त्यससँग हाम्रो तादात्म्य छ। त्यही हाम्रो हुनु भएको छ। मेरो शरीर, मेरो सम्पत्ति, मेरो प्रतिष्ठा, मेरो सम्बन्ध, मेरो संस्कार, मेरो विश्वास, मेरो विचार-यही मेरो प्राण बनिएको छ । यही ‘म’ भएको छ। मृत्यु यस ‘म’ लाई छिन्दछ। यही भय हो।

मृत्युको विषयमा भिन्न भिन्न प्रकारको प्रतिक्रियाहरू हुन्छन् । अधिकांश मानिसहरू मृत्युको भयद्वारा पीडित छन् यस्तै यस एकाङ्कीका पात्र-पात्राहरू पनि मृत्युको भयले आक्रान्त छन् । मृत्युसित् भय हुनको मुख्य कारण हो जिजीविषा । जीवनसित टालिरहने एक अज्ञात लालसा । व्यक्ति सोच्दछ जहाँ मृत्यु छ त्यहाँ हामी छैनौं । मनोवैज्ञानिकहरूले मृत्युको विश्लेषण गरेर यो बताएका छन् कि मृत्युसित भयको मुख्य कारण हो व्यक्तिको सांसारिक वासना औ सम्बन्धहरूप्रति लगाउ । जीवित रहने इच्छाले मृत्यु प्रति घृणा जगाइदिन्छ फलतः मानव यस इच्छापूर्तिको जे जस्तो कार्य गर्न पनि पछि हट्दैन ।

टलस्टाय आफ्नो एउटा उपन्यासमा व्यक्तिको यस भावनालाई सुन्दर ढङ्गमा व्यक्त गर्छन् । उनी लेख्छन्- म आफ्नो बघैंचासित प्रेम गर्छु, मलाई पुस्तकसित प्रेम छ । नानीहरूसित खेल्न म मनपराउँछु जब म मर्छु त्यसबेला यी सबै सुखहरूको भोग गर्न पाउँदिन त्यसैकारण म मृत्यु चाहान्न । भयलाई एक किसिमको चेतना एक किसिमको ज्ञान र एक किसिमको रोगको रूपमा पनि लिन सकिन्छ।

३. भयवादी दृष्टिकोणले पत्थरको कथा एकाङ्की
विजय मल्लको पत्थरको कथा एकाङकीलाई भयवादी दृष्टिकोणले हेर्दा कतिपय कुराहरू उठान गर्न आवश्यक ठहरिन्छ । विजय मल्ल वस्तुतः यथार्थवादी एकाङ्कीकार हुनाले उनले समाजमा घटिरहेका विभिन्न घटनाहरूको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दै आफ्नो विलक्षण प्रतिभा तथा कल्पनाको सम्मिश्रणले प्रस्तुत एकाङ्कीलाई सजीव तुल्याएका छन् । पत्थरको कथामा कथावस्तु क्षीण छ, एकाङ्की यथाक्रम चरमोत्कर्षतिर लम्किन्छ एवं यस्तै प्रकारले अन्त हुनपुग्छ । प्रस्तुत एकाङ्कीको कथावस्तु काल्पनिक जस्तो देखिए पनि एकाङ्कीमा समाजको तिक्त यथार्थ प्रतीकात्मक ढङ्गमा उतारिएको पाइन्छ। यस एकाङ्कीमा नेपालको राणाकालीन अनि पञ्चायतकालीन सामन्ती समाजको दमन, अन्याय, विलासप्रियता अनि सामाजिक अनि न्यायिक दुर्व्यवस्थाको चित्रण पाइन्छ। नेपाली समाजमा आफ्नो सत्ता कायम राख्न सामन्तीहरू कति नीच कार्य गर्न तयार हुन्थे भन्ने तथ्य प्रस्तुत एकाङ्कीको माध्यमबाट मल्लले प्रकाश पारेका छन्। आफ्नो सत्तास्वार्थहेतु आफ्ना पत्नी, पुत्र-पुत्री समाजलाई दिशा देखाउने मास्टर, क्रान्तिप्रेरित जनता अनि विभिन्न व्यक्तिहरूको हत्या गर्ने विपिन बाबु तत्कालीन नेपाली समाजको सत्तासीन विलासप्रिय व्यक्ति हो , जो आफ्नो शक्ति सत्ता अनि वर्चस्व हराउने भयले हिंसाको सहारा लिन्छ तर अन्तमा ऊ आफै पनि आफ्नै व्यवस्थाको शिकार बन्छ।

एकाङ्कीका पात्रहरू मृत्युको भयले ग्रस्त छन् । विपिन बाबु आफ्नो सत्ता जाने भयले त्रस्त छ। ऊ उसको विरूद्धमा उभिन खोज्ने जो कोहीलाई पनि मार्न अनि दण्ड दिन उद्धत बन्छ। क्रान्तिको आशङ्काकै भरमा ऊ गरीब रैतीहरूको घर जलाउँछ, उनीहरूका बाल-बालिकालाई जिउँदै जलाउँछ, मानिसहरूलाई शिक्षाको ज्योति फैलाउने मास्टर श्रीकान्तलाई मानिसहरूलाई सचेत बनाएको आरोपमा हत्या गराउँछ। आफ्नो विलासी जीवनमा व्यवधान आउने भयले उसले आफ्नै पतिभक्ता स्वास्नीहरू अनि निर्दोष नानीहरूको हत्या गराउँछ। अन्त्यमा आफ्नो कुकर्म अरूले थाहा पाउलान कि भन्ने भयले हत्यारा रघुवीरसिंहको पनि हत्या गर्छ।

रघुबीरसिंह पनि भयकै कारण हत्या गर्न बाध्य छ। मानव सांसारिक जीवनमा कसिलो सँग बाँधिएका हुन्छन् औ अत्यन्त मोहग्रस्त हुन्छन्, जीवनको लालसा औ भोग भोग्ने कामना यति बिघ्न हुन्छ जसले गर्दा ऊ नीच भन्दा नीच कार्य गर्न पनि पछि सर्दैन यस्तै यहाँ रघुवीरसिँह जीवनदेखि यति मोहग्रस्त छ कि आफू बाँच्न उसले ज्वाला जस्ती सन्तानकी आमाको करूण प्रार्थना पनि लत्याएर उसको हत्या गर्छ । विपिनबाबुको इशारामा साना साना नानीहरूको हत्या गर्छ, किसानहरूको घर जलाउँछ, उनीहरूका बाल-बालिका वृद्ध माता-पिता अनि असहाय मानिसहरूलाई जिउँदै जलाउँछ। ऊ भन्छ –मेरो छात्तीमा मालिकको बन्दुक थियो।मेरो त्यसै बखतमा मिति पुग्थ्यो अनि मैले कम्मर कसेँ । ऊ पनि व्यवस्थाको शिकार छ। व्यवस्थाले उसलाई यसरी कज्जाएको छ, उ आफूलाई बचाउँन अरूलाई मार्दै जान्छ। हत्यारा बन्न बाध्य भएको ऊ स्पष्टीकरण दिँदै भन्छ मैले तपाईंलाई नमारेको खण्डमा पहिलेका ज्यानहरू, जुन मैले मारे त्यस दोषमा उहाँले मलाई पक्राइदिनुहुन्थ्यो वा मार्नुहुन्थ्यो। पृष्ठ ८

नेपालको राणाकालीन अनि पञ्चायतकालीन सामन्तवादी सामाजिक पृष्टभूमिमा लेखिएको यो एकाङ्कीले तत्कालीन नेपालको सामाजिक राजनैतिक आर्थिक अवस्थाको पनि चित्रण गरेको छ। नेपालमा मल्लकाल अनि पृथ्वीनारायण शाह एवम् उनका उत्तराधिकारीहरूका समयसम्म सामन्तवादी प्रथा नै प्रचलित रहेको थियो । यो प्रथा मध्यकालीन जगतको विशेषता नै थियो । सारा संसारमा सामन्तवाद कुनै न कुनै रूपमा बीसौं शताब्दीसम्म नै रहेको देखिन्छ । नेपालमा राणाकालको उदयपछि शासन व्यवस्थाको सम्पूर्ण अधिकार एकै परिवारमा सीमित हुन गएकोले अनौठो किसिमको सामन्तवादी प्रथा शुरू हुन गएको देखिन्छ । विद्रोहको भयकै कारण शासनको उच्चाधिकार राणा परिवारमै सीमित हुन गयो । प्रजातन्त्रको उज्यालोमा बामे सर्दा सर्दै पञ्चायत कालको घना अँध्यारोमा यो सामन्तवाद केही भिन्नै रूपमा रही रह्यो । माओवादी आन्दोलन पनि यही सामन्तवादी व्यवस्थाकै विरोधमा चर्किएको थियो । यति ठूलो हिंसात्मक अनि वैचारिक आन्दोलनपछि पनि नेपालमा सामन्तवादी विचारधारा पूर्णरूपले निर्मूल नहुनुले यहाँ यसको धरातल कति बलियो थियो भन्ने तथ्य स्पष्ट हुन्छ ।

राणाशासन अनि पञ्चायत व्यवस्थाले सामाजिक राजनैतिक क्रान्तिको भयले जसरी नेपाललाई अन्धकारमा राखेर शिक्षाको उज्यालोदेखि वञ्चित राख्ने प्रयास गर्यो त्यसरी नै एकाङ्कीमा पनि विपिनबाबुले आफ्ना रैतीहरूमा शिक्षाको उज्यालो भित्रिए आफ्नो शक्ति क्षीण हुने भयले शिक्षा प्रदान गर्ने शिक्षक श्रीकान्तको पनि हत्या गराउँछ। श्रीकान्त किन मारिएको हो भन्ने स्पष्टीकरण दिँदै रघुवीरसिंह भन्छ-

मास्टर साहेब तपाईंले गाउँ भाडेको हुनाले- रैतीहरूलाई साँचो साँचो कुरा बताई उभाडेको हुनाले तपाईंको ज्यान गयो।४ ऊ अझ थप्छ- यही त उनलाई मन पर्दैनथ्यो। … जो उहाँको विरूद्ध अलिकति पनि शिर उठाउँछ, त्यसलाई सर्वनाश गर्न उहाँ तम्सिहाल्नुहुन्थ्यो। के उहाँलाई गाउँमा स्कूल मन परेको थियो? कसैले पढेको मन परेको थियो? थिएन। यही अपराध तपाईंको थियो उहाँको निम्ति।

राणाकालीन अनि पञ्चायती शासन व्यवस्था सामन्तवादको पृष्टपोषक बनेर जनताहरूलाई दबाउने काम गर्दथ्यो। धार्मिक सामाजिक राजनैतिक क्षेत्रमा गरीबहरूको कुनै पँहुच थिएन। चारैतिर धनी शक्तिशाली वर्गको नै प्रभाव व्याप्त थियो। यी सामन्ती अनि शक्तिशाली वर्ग शारीरिक श्रमलाई हेय दृष्टिले हेर्दथे। अरूको श्रमको कमाइमा जिउने उनीहरूको आदत बनिसकेको थियो तर उनीहरूलाई थाहा थियो उनीहरूको यो सारा भोग, सम्मान अनि वैभव त्यसबेलासम्म मात्र सुरक्षित हुन्छ जबसम्म उनीहरूका हातमा सत्ता छ। यो सत्ता हराउने भयले उनीहरू गरीबहरूलाई आफ्नो लठैतहरूको सहायताले दबाइरहन्थे परिस्थिति प्रतिकूल परेको बेलामा उनीहरू हत्यासम्म गर्न पछि हटदैन्थे।

नेपालमा प्रजातन्त्रको स्थापना पछि अनेकौं सामाजिक सुधार, भूमि सुधार, पुराना कानुनहरूको संसोधन, नयाँ कल्याणकारी कानुन अनि व्यवस्थाको निर्माणको आशा गरिएको थियो। त्यो विस्तारै देखिन थालेको पनि थियो तर सं २०१७ को शाही घोषणा अनि पञ्चायती व्यवस्थाको आगमनले सो आशा निरासामा परिणत बन्यो। नेपालमा २००७ सालको प्रजातन्त्रको स्थापना पछि पनि मानिसहरूलाई खरीद विक्री गर्ने परम्परा यथावत थियो। प्रजातान्त्रिक सरकारले यसलाई गैरकानुनी घोषणा गरेपनि पञ्चायत व्यवस्था आएपछि सामन्त अनि धनिकहरूमा शक्ति सञ्चार भयो अनि उनीहरूले किसानहरूउपर बदला लिन थाले। ठाउँ ठाउँमा निम्न वर्गका मानिसहरू सताइन थालिए। अत्याचार बढ्दै गयो। किसानहरूमा नयाँ परिवर्तनप्रति वितृष्णा उत्पन्न भयो अनि किसानहरू सामन्त जमीन्दारका साथै सरकारको पनि डटेर विरोध गर्न थाले यसो हुँदा हजारौंका सङ्ख्यामा मानिसहरू मारिए, थुना परे अनि सताइए। नेपालको प्रायःजसो सबैभागहरूमा यो विद्रोहको ज्वाला सल्किएको थियो । सत्ताले कठोरतापूर्वक आफ्नो शाही सेना, प्रहरी, पञ्च अनि धनिकहरूका सहायतामा यो विद्रोहलाई दबाएर राख्यो। विपिनबाबु यो व्यवस्थाको पक्षपाती पात्र हो। उ आसन्न सबै प्रकारको विद्रोहलाई दबाउन कटिबद्ध छ । ऊसँग सत्ता छ। शक्ति छ, सम्पत्ति छ । यसैको आडमा ऊ मानिसहरूको हत्या गर्छ, किसानहरूको घर जलाउँछ अनि आफ्नो विलासको निम्ति नयाँ नयाँ स्वास्नीहरू बिहे गर्छ अनि शारीरिक सुन्दरतामा कमी आएपछि ऊ तिनीहरूलाई पनि आफ्नो बाटोबाट पन्साउँछ।

ज्वाला सामन्तवादी व्यवस्थाकी एक नारी हुन्। सारा सम्पत्ति सामन्ती प्रभूहरूको हातमा छ। यसो हुँदा नारीलाई सञ्चोसितले बाँच्न सम्पत्तिले सम्पन्न पुरूषको सहारा आवश्यक हुन्छ। नारीको शोषण यहींबाट शुरू हुन्छ। समाजको भय अनि जीउने मूलभूत आवाश्यक्ताहरूको अभावले ऊ स्वतन्त्र पनि हुन सक्तिन। ऊ आफ्नो आफ्नो पतिलाई माया गर्छे आफ्ना नानीहरूलाई माया गर्छे । उसलाई आफू बाँचेको संसारदेखि पनि अत्यन्त माया छ। यी सबै हराउने भयमा उ मर्न चाहदिन तर ऊ रहिरहे नयाँ स्वास्नी भित्राउन विपिनबावुलाई गाह्रो नपरे पनि उसको विलासितामा अलिकति बाधा त पर्छ नै। यो भयले विपिनबाबु पुरानाहरूलाई मार्दै जान्छ नयाँहरू भित्राउँदै जान्छ।

एकाङ्कीका अन्य नारी पात्रहरूको जीवन पनि भयद्वारा नै परिचालित देखिन्छ। कृष्णारानी अनि चञ्चला विपिनबाबुको शक्तिकै भयमा उसँग बिहे गर्न बाध्य छन्। पूर्व पत्नीहरूको हत्याको जानकारी पाए पछि कृष्णारानी मृत्युको आशङ्काले त्रसित बन्छिन अनि आफूलाई बचाउँन त्यहाँबाट भाग्छिन् तर विपिनबाबुको कुटिल षडयन्त्रबाट बाँच्न सक्तिनन्। उनी भन्छिन्- त्यही मार्छ भनेर र त घरबाट भागेर हिडेकी, अत्तो पत्तो नदिइकन। हो म घरमा भएको भए म मारिन्थे।

पुरूष जति नै व्यभिचारी अनि अनैतिक किन नहोस समाजले उसको कामहरूलाई सहज रूपमा स्वीकार गर्छ तर नारीहरूलाई स्वतन्त्रता दिन समाज जहिले पनि पछि हटदछ। उसलाई डर छ नारीहरूलाई स्वतन्त्रता दिइयो भने समाजको संरचना नै भत्कन्छ। पुरूषले नै बनाएको सामाजिक व्यवस्थालाई बचाई राख्न समाजले नारीहरूको खुट्टामा नकेल कसेको छ। उसलाई अनेक थरीका यातना दिइन्छ, उसको हत्यासम्म गरिन्छ तर उसलाई स्वतन्त्रता दिन समाज आज पनि हिच्किचाउँछ। यो भय पत्थरको कथामा पनि देखिन्छ। विपिनबाबु आफूलाई मनपरेका अनेकौ नारीहरूसँग सम्बन्ध राख्छ तर आफ्ना स्वास्नीहरूलाई स्वतन्त्रता दिनभन्दा बरू हत्या गर्न निको सम्झन्छ। अन्तमा आफू मरिसकेपछि पनि चञ्चलाको स्वतन्त्रतादेखि सशंकित बन्छ।

विजय मल्लले पत्थरको कथा एकाङ्कीमा मानवको अज्ञात सुखसित जिउने लालसालाई आजको भ्रष्टाचारको मूल कारण मानेका छन् । वास्तवमा हेर्ने हो भने साँच्चै मानव आज जुनैपनि कार्य गर्दछ त्यो केवल उसको स्वार्थहेतु गरिएको हुन्छ जहाँ अव्यक्त रूपले मानवको सुखसित जिउने लालसा लुकेको हुन्छ । यस एकाङ्कीमा मृत पात्रहरू पनि आफू मरेकोमा दुःख प्रकट गर्छन्। मृत्युले उनीहरूलाई जीवनको सुखदेखि टाढा लगेको लाग्दछ। मान्छेको जीवनप्रतिको यो मोहले नै मृत्युभय उत्पन्न हुन्छ तर अनजानमा सबै मृत्युतिर नै अग्रसर भइराखेका छन्। मान्छेको सारा दौड मृत्युतिर नै अग्रसर भइरहेको छ। मान्छेको यो जीवनप्रतिको मोह अनि मृत्युप्रतिको घृणा निम्न संवादले पनि स्पष्ट पारेको देखिन्छ-कृष्णारानी तपाईँलाई मर्न मन थिएन । मर्न मन कसलाई लाग्छ < धरतीको न्यानो घाम कसलाई छाडन मन लाग्छ < पृष्ठ १२

टल्सटयले आफ्नो उपन्यास अन्ना केरेनिनामा लेखेका छन्- अनन्त काल अनन्त ब्रह्माण्डमा जीवनको एउटा सानो कण पैदा हुन्छ अनि केही क्षण जीवित रहेर फुटदछ म त्यही कण हुँ। भिक्टर ह्युगो भन्छन्- हामी सबै मृत्युदण्ड प्राप्त अभियुक्तहरू हौ जसलाई केही दिन जमानतमा अवकाश मिल्दछ, एक मध्यान्तर मिलेको छ जसमा जीवनको केही धडकन एक निश्चित अवधि सम्मको निम्ति धडकन्छ।

मान्छेको चेतना रहुञ्जेल मात्र भय पनि रहेको हुन्छ भन्ने भयवादी दृष्टिकोण पत्थरको कथा एकाङ्कीको निम्न संवादले पनि पुष्टि गरेको देखिन्छ- अहिले हाम्रो गिदीमा सम्झनाको प्रारम्भ भयो, यसैले पोल्यो। हामीलाई यतिञ्जेल कुनै तकलीफ थिएन, कुनै पीडा थिएन। यो सम्झना नै व्यथाको मूल कारण हो। जब यी पात्र-पात्राहरू पत्थर अवस्थादेखि सचेत बन्छन् जिवीत रहँदाको सम्झनाले पिरोलिन्छन् अनि भयभीत बन्छन्। त्यो भावनालाई श्रीकान्तको निम्न संवादबाट अझ स्पष्ट हुन्छ- एक त्रासको भावनाबाहेक त्यहाँ केही छैन, अरू शुन्य छ बस…

४. उपसंहार
सारा विश्व मृत्युतिर अग्रसर भइरहेको छ। मृत्युदेखि कोही पनि भाग्न सक्तैन। हाम्रो प्रगति, व्यर्थको आडम्बरपूर्ण क्रियाकलाप, हाम्रो समाज-सुधार, विलासिता, ऐश्वर्य, यी सबैको मृत्यु एकमात्र गति हो। यो भन्दा अधिक निश्चित कुरा अरू केही छैन। शहरहरू बनिन्छन्, नष्ट हुन्छन्, साम्राज्य बनिन्छन्, पतनको खाल्डोमा समाउँछन्, ग्रह-नक्षत्रहरूको उत्पत्ति हुन्छ, निष्पति हुन्छ। यो प्रक्रिया निरन्तर रूपमा चलिरहन्छ। यी सबैको लक्ष्य एउटै छ मृत्यु। यो जीवनको लक्ष्य हो . शक्तिको लक्ष्य हो, सौन्दर्यको लक्ष्य हो, अनि सम्पूर्ण सृष्टिको पनि लक्ष्य हो। साधु अनि पापी दुवै मृत्युलाई प्राप्त हुन्छन्, अमीर अनि गरीब, बलशाली अनि बलहीन, बुद्धिमान अनि मूर्ख सबै नै मृत्युदेखि भाग्न सक्तैनन्। तर पनि जीवनप्रति मानिसको प्रबल आसक्ति विद्यमान रहन्छ। जीवनप्रतिको यो गहन आसक्तिले नै उ मृत्युदेखि भयभीत रहन्छ अनि त्यसबाट बाँच्न ऊ निरन्तर भए नभएका उपायहरू गरिरहन्छ। मान्छे भविष्यको दुश्चिन्ताले पनि अत्यन्त भयभीत रहन्छ। यसैकारण ऊ आफ्नो शक्ति अनि सम्पत्ति जोहो गर्न चाहान्छ। मान्छे आफ्नो शक्ति अनि सामर्थ्यमा आनन्द प्राप्त गर्न निरन्तर प्रयत्नशील छ तरपनि उसले त्यसलाई कहिले प्राप्त गर्न सक्तैन। ऊ त्यो प्राप्त गर्न अनेकौं अनैतिक काम सँगसँगै हत्या जस्तो निकृष्ट काम पनि गर्न हिच्किचाउँदैन। हजारौं युद्धहरू, हजारौं हत्याहरूको कारण खोज्दै जाँदा मान्छेको आनन्दसँग जिउने लालसा नै मूल रूपमा देख्न सकिन्छ।

विपिनबाबु सामन्तवादी संस्कृतिको विलासप्रिय व्यक्ति हो जो आफ्नो सत्तालाई बचाइराख्न चाहान्छ तर सत्तालाई बचाइराख्न त्यति सजिलो छैन। परिवर्तनगामी शक्तिहरू पनि त्यति नै सक्रिय छन्। यो सक्रियतासँग सत्ता सधैं भयभीत छ जसरी यहाँ विपिनबाबु भयभीत छ। यही भयकै कारण ऊ मास्टरलाई मार्छ किनभने मास्टर शिक्षित व्यक्ति हो अनि शिक्षाले सधैं विद्रोह र क्रान्ति ल्याउँछ। मास्टरलाई मारेर ऊ आफ्नो रैतीहरूतिर शिक्षाको उज्यालो जानदेखि रोक्न चाहान्छ। विद्वानहरू भनाई अनुसार मृत्युभयले मान्छेको चेतनामा ठूलो प्रभाव पारेको हुन्छ। विपिन बाबु आफूलाई जति नै चलाक, शक्तिशाली, सामर्थ्यवान सम्झे पनि अन्तमा ऊ पनि मृत्युको ग्रास बन्न पुगेको छ। अनि उसका सारा प्रयत्नहरू पनि निरर्थक अनि निस्सार बनेको छ।

सामाजिक संरचना पनि भयकै धरातलमा निर्मित हुन्छ। मान्छेले समाजको, राज्यको, धर्मको अनि व्यवस्थाको निर्माण पनि भयकै कारणले गरेको हो। तर विस्तारै यिनै कुराहरूले मान्छेलाई अपठ्यारो अनि चेपारोमा पार्दै लगेको तथ्य सर्वविदित छ। मान्छेलाई अज्ञात भय देखाएर शोषण गर्ने क्रम आज पनि त्यतिकै प्रबल रूपमा पाइन्छ। पत्थरको कथा एकाङ्कीमा पात्रहरू कसरी यो भयबाट पीडित छ त्यसको सानो झल्को देखाउने प्रयास मात्र यस प्रपत्रको उद्देश्य रहेको छ।

सन्दर्भ सूची
१. मल्ल, विजय, सं २०६८, (पाचौं संस्करण) पत्थरको कथा, ललितपुर : साझा प्रकाशन ।
२. सुब्बा, देश, सं २०६९, भयवाद, काठमाडौं : लेखक स्वयम् ।
३. अधिकारी, हेमराज, सं २०५८, आजको नेपाल, काठमाडौं : श्रीमती चन्द्रकलो अधिकारी ।
४. शर्मा बालचन्द्र २०३३, नेपालको ऐतिहासिक रूपरेखा, वाराणसी : कृष्णकुमारी देवी ।
५. रेग्मी, महेश सी, सन् २००२, नेपाल एन हिस्टोरिकल मिसलेनी, दिल्ली : एडरोइट पब्लिसर्स ।
६. उपाध्याय, केशवप्रसाद, सं २०६० (दो. सं), नाटकको अध्ययन, ललितपुर : साझा प्रकाशन ।

  • Sahitya Sagar
    Sahitya Sagar
कबिर बस्नेत
कबिर बस्नेत
Post Views: 294
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.