SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » विनयकुमार शर्मा नेपालका निबन्धमा वैचारिक चेतना र निबन्ध कलाको समायोजन
समीक्षा

विनयकुमार शर्मा नेपालका निबन्धमा वैचारिक चेतना र निबन्ध कलाको समायोजन

राजेन्द्र सुवेदीBy Sahitya SagarJanuary 15, 2023No Comments23 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

राजेन्द्र सुवेदीको परिचय साहित्यसागरको माधव घिमिरे अङ्कमा समेटिइसकेको छ । उनको स्मृतिमा एउटा अंक राजेन्द्र सुवेदी स्मृति अङ्कका रूपमा पनि प्रकाशित भएको छ । यस शृङ्खलामा सुवेदीको विनयकुमार शर्मा नेपालको निबन्धकृतिमा लेखिएको समीक्षालाई समेटिएको छ । यस समीक्षाले नेपालका निबन्धको वस्तुगत अध्ययन गरेको छ ।

-सम्पा.

१.विषय प्रवेश
निबन्ध भाव र विचारको सन्तुलित समन्वयको सृजनात्मक तथा अनौपचारिक लेखन हो । यस अर्थ यो भाषिक प्रकार्य पनि हो । यसले मान्छेका भावसंवेगलाई र वैचारिक आग्रहलाई रचनाको आकार प्रदान गरेर पाठक समक्ष राखिदिने काम गर्दछ । विश्वसाहित्यको इतिहासमा निबन्ध निकै पछिल्लो समयमा आएर विकास भएको विधा भएका कारण यसको सैद्धान्तिक विवेचना पनि निकै पछि आाएर मात्र हुन थालेको पाइन्छ । समीक्षाशास्त्रको आरम्भ र कविता काव्य, आख्यान र नाटकजस्ता विधाहरू प्राच्य र प्रतीच्य जगत्मा इसापूर्वदेखि नै तयार तथा सृजना भएका कारण तिनका बारेमा गरिने सैद्धान्तिक तथा व्यावहारिक समीक्षा पनि सँगसँगै विकसित बन्दै आएको अवस्था अभिलेखनले सिद्ध गरेको पाइन्छ । तर निबन्धका विषयमा सैद्धन्तिक चर्चा पूर्वीय समीक्षा शास्त्रमा त पाइदैन नै । पाश्चात्य समीक्षा शास्त्रमा पनि १६ औँ शताब्दी भन्दापछि आएर मात्र चर्चा हुन लागेको स्थितिले के सिद्ध गरिदिन्छ भने निबन्ध सृजनाको परम्परा आरम्भ भएपछि मात्र यसको सैद्धान्तिकीकरण भएको अवस्था प्रादुर्भाव भएको छ । यस कारण सृजनात्मक र समीक्षात्मक दुवै दृष्टिले निबन्धको अस्तित्व निकै पछिमात्र साहित्य जगत्मा आएको देखिन्छ ।

इसाको सोह्रौँ शताब्दीतिरबाट फ्रान्सेली तथा अङ्ग्रेजी साहित्यमा निबन्धको आरम्भ भएपछि यस विधाको सिद्धान्तमा पनि शास्त्रीयताको बहस हुन थालेको पाइन्छ । यसको प्रभाव पूर्वतिर भारतीय साहित्यमा र विशेष गरी बङ्गला साहित्यमा सबैभन्दा पहिले आविर्भाव भएको सन्दर्भ पनि यहाँ सम्झनै पर्ने हुन्छ । भारतीय परिवेशमा पाश्चात्य निबन्धको प्रभाव जन्मेपछिको स्थितिमा त्यस परिवेशको शिक्षा, संस्कृति र साहित्यमा सम्पर्कित बन्न पुगेका नेपाली विद्यार्थी, चिन्तक र साहित्यप्रेमीहरू निबन्धको विधागत स्वरूप र विषयगत विशेषतासँग परिचित बन्न पुगे । पत्रपत्रिकाको प्रकाशन र शैक्षिक पठनपाठनमा निबन्धले आफ्नो स्थान लिँदै गएपछिको स्थितिमा नेपाली साहित्यमा पनि निबन्धले आकार ग्रहण गर्न लागेको अवस्था राम्ररी विकसित बन्दै गएको छ । विश्वसाहित्यमा निबन्ध पछिल्लो चरणमा आएर मात्र विकसित बन्दै जानुको मुख्य कारण प्रकशनको स्वतन्त्रता र मुद्रणका निम्ति अनुकूल पर्यावरण, वाक् तथा प्रकाशन र अभिव्यक्तिको स्वतन्त्रता आदिको अनुकूलताका कारण मात्र निबन्धले विकसित बन्ने अवसर पाउने हुनाले विश्वमा विकसित बन्दै गएको स्वतन्त्रताको चेतनाले उर्वर पर्यावरण पाएपछि मात्र निबन्ध विकसित बन्दै आएको स्थितिलाई यहाँ भुल्न मिल्दैन ।

२. नेपाली निनबन्धको प्रारम्भिक उन्मेष
नेपाली निबन्ध सृजनामा देखिएका प्रारम्भिक प्रयत्नमा १९७२ देखि १९९२ सम्मको दुई दशक अभ्यासका दशकका रूपमा लिन सकिने अवधि हो । यी दुई दशकका वर्षहरूमा पद्मनाभ सापकोटा, शम्भुप्रसाद ढुङ्गेल, विद्यावती, वेदनिधि शर्मा, सूर्यविक्रम ज्ञवाली र पारसमणि प्रधान लगायतका स्रष्टाको प्रारम्भिक प्रयत्नबाट निबन्धले आफ्नो अस्तित्व वरण गर्दै गएको सन्दर्भ यहाँ उल्लेख योग्य विषय बनेको छ । यिनका निबन्ध सृजनामा आभ्यासिक संवेदना बढी प्रकटमा आएको स्थितिमा छ । आत्मपरकताभित्र भाव र वस्तुपरकताभित्र विचारको प्रस्तुति निबन्धले आत्मसात् गरेको स्थिति पनि द्ेखिन्छ । यी दुवैको समायोजित आवरणभित्र विषयवस्तु र भाव प्रस्तुत गर्ने कला यतिखेरका निबन्धकारले आत्मसात् गरेको स्थिति यहाँ प्रकटमा आएको छ । यी दुई दशकको अभ्यासले तयार गरेको बातावरणमा नेपाली निबन्धलाई युगान्तकारी उपलब्धि दिने क्षमता राख्ने हिसाबले वस्तुपरक र आत्मपरक दिशामा निबन्धकार द्वय बालकृण सम र लक्ष्मीप्रसाद देवकोटा उच्च र आधुनिक नेपाली निबन्धको इतिहासमा प्रतिनिधि व्यक्तित्व बनेर प्रकटमा आएकाछन् । यिनका सृजनाले आधुनिक नेपाली निबन्धको आधारशिला तयार गरेको छ । आधुनिक नेपाली निबन्धको इतिहासलाई वस्तुपरकताको केन्द्रमा बालकृष्ण समले नेतृत्व गरेका छन् भने आत्मपरकताको केन्द्रमा लक्ष्मीप्रसाद देवकोटाले नेतृत्व गरेका छन् । यस परम्परालाई गति दिने क्रममा नै नेपाली निबन्धले आफ्नो उच्चता प्राप्त गर्दै गएको अवस्था यिनीहरूका सृजनाले आत्मसात् गर्दै गएको छ ।

एकातिर आत्मपरकाता र अर्कातिर वस्तुपरकताका प्राप्तिलाई शृङ्खलित गर्दै जाने क्रममा समानान्तर दुई धारका विशेषतामा रहेका भाव र विचारका पक्षलाई कोमल व्यङ्ग्य र तीव्र व्यङ्ग्यको चेतना उपस्थिति भएको पक्षलाई निबन्धले आफ्नो प्रस्तुतिको माध्यम बनाएको छ । अर्को पक्ष के पनि रहेको छ भने यसै व्यङ्ग्यलाई तीव्रता दिनु परेमा प्रस्तुतिमा हास्यको उपस्थिति व्यापक बनाउँदै लगेर व्यङ्ग्यको उत्कर्ष अवस्थामा पुर्‍याउँदै गरेको देखिन्छ । कृष्णप्रसाद चापागाई, हृदयचन्द्रसिंह प्रधान, श्रीधर खनाल, बालमुकुन्देव पाण्डे, रामकुमार पाँडे, मुकुन्द आचार्य, नरेन्द्रराज पौडेल, होम सुवेदी, मुन पौडेल, मोहन चापागाईँ जस्ता स्रष्टामा हास्य प्रबल र व्यङ्ग्य सूक्ष्म रहेको स्थिति देखिन्छ । व्यङ्ग्यको तीव्रता र हास्यको सूक्ष्मतामा निबन्ध रचना गर्ने स्रष्टाहरूमा भेषराज शर्मा, कृष्णचन्द्रसिह प्रधान, कृष्णप्रसाद ज्ञवाली, रामलाल अधिकारी, वासुदेव त्रिपाठी, राजेन्द्र सुवेदी, माधव पोखरेल, श्रीओम श्रेष्ठ रोदन लगायतका निबन्धकारहरूका निजात्मक निबन्धले विषयलाई निबन्धायनको तहमा राखेर आफ्नो विशेषता उपस्थापन गरेका छन् ।

यात्राका विषयमा नियात्रात्मक संवेग प्रकट गर्ने स्रष्टाहरूको योगदान पनि यहाँ विशिष्ट रहेको छ । यस्ता रचनामा निबन्ध कलाले विषय र प्रस्तुतिका आधारमा पनि संवेग आत्मसात् गरेका छन् । विचार तथा भावको संयोगबाट निबन्धको सार तत्त्वको समायोजन गर्ने काम यस लेखनको केन्द्रीय स्रष्टा विनयका निबन्धमा भएको पाइन्छ । त्यसकारण यो लेखनलाई पनि विनयकै निबन्धमा केन्द्रित गर्न प्रयत्न गरिएको छ । नेपाली निबन्ध साहित्यको पछिल्लो चरण एकातर्फ परम्परागत भाव संवेग र आत्मपरकता तथा स्वतन्त्र भावको प्रवाह एवं कलात्मको गतिलाई लेखनको प्रवाहमा उच्छलन गर्ने स्थितिमा देखिन्छ । यस्तै स्थितिमा सृजना हुँदै आएको गति पनि निबन्धमा कायम छँदैछ र अर्कातर्फ विषय र विचार तथा कवितात्मक र हास्यव्यङ्ग्यात्मक संवेगको प्रवाह एकैसाथ प्रकट गर्ने काम निबन्धमा भएको पाइन्छ । विचारमा पनि आजको समाजले सम्बोधन गरेका चिन्तन, नारीवादीता, जातीयता, अपाङ्गता, आप्रवासीयता, पर्यावरणीयता, उपेक्षितता र शरणार्थी हुनुका पीडाजस्ता अनेक जटिलता र बाध्यताका विषय र भावका स्थितिलाई आजका निबन्धले सहजतापूर्वक प्रस्तुत गर्ने गरेका छन् । यस्ता स्थिति यहाँ निबन्धका सार तत्त्व बनेर प्रकटमा आएका देखिन्छन् । विनयकुमार शर्मा नेपालका निबन्धहरू पनि यस सीमामा पर्ने विषयका वृत्तमा केही न केही भाव र विचार बोकेर नै सृजना भएका छन् ।

३. नेपाली निबन्धमा विनय शर्मा नेपालको आगमन
विनय शर्मा नेपालका बिन्धहरूमध्ये प्रकाशनको सूर्य दर्शनको तयारीमा रहेको परावर्तन शीर्षकको निबन्ध कृतिमा जम्मा दशओटा निबन्ध समाहित भएका छन् । यहाँ यस्तै निाबन्धहरूको सूची निम्नानुसार रहेको छ— १. ‘मन, आत्मा र मस्तिष्क’, २. ‘कालो र सेता’, ३. ‘कर्म कि धर्म’, ४. ‘क्रय विक्रय’, ५. ‘बोलीवचन, तर्कवितर्क, संवाद विवाद’, ६. ‘प्रेम भक्ति र विवाह’, ७. ‘नारी र पुरुष’, ८. ‘शिक्षा जानकारी कि ज्ञान’, ९. ‘मान्छे र मान्छेको स्वरूप’, १०. ‘यति र गति’ समेतका रचनाले विनयको सृजन चेतनाको भावनाकूपका वैचारिक पक्षहरू यहाँ उपस्थापन भएका छन् । सामाजिक जीवनमा प्रवाहित बनेर आएका परम्पराका सांस्कृतिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा आएका नयाँ नयाँ चिन्तनलाई रचनाका विषय बनाएर निबन्धीकृत गरेक स्थिति विनयका निबन्धमा संश्लेषित भएर रहेका देखिन्छन् ।

सङ्ग्रहका सबै निबन्ध दुई वा दुईभन्दा बढी त्यत्तिकै सबल विषयमा केन्द्रित छन् । त्यस्ता निबन्धहरू यहाँ नेपालले सचेततापूर्वक प्रस्तुत गरेका छन् । त्यस्ता निबन्धहरू विषयमा केन्दित रहेका छन् र ती निबन्धहरूमा निकै बौद्धिक व्यायाम र तार्किक प्रस्तुति खर्च भएको छ । तिनओटा र तिनभन्दा पनि बढी विषयको समेत द्वन्द्वात्मक ढङ्गले निबन्धीकरण भएका उनका निबन्धहरू (क) ‘बोलीवचन, तर्कवितर्क, संवादविवाद’, (ख) ‘मन, आत्मा र मस्तिष्क’, (ग) ‘शिक्षा जानकारी कि ज्ञान’, (घ) ‘प्रेम भक्ति र विवाह’ समेत जम्मा चारओटा रहेका छन् । यिनमा तिन र तिनभन्दा पनि बढी पक्षलाई केन्द्रीय विषय बनाएर प्रकटमा ल्याएको स्थिति यी निबन्धहरूले सार्वजनिक गरेका छन् । यिनलाई त्रैध विषयमा केन्द्रित रचनाका पक्ष मानेर केही दृष्टि प्रक्षेपण गर्नु पनि सान्दर्भिक ठहर्छ ।

मन र आत्मा, मुटु र मस्तिष्कजस्तैै वस्तुगत ठोस वस्तु होइनन् । मुटु र मस्तिष्क मूर्त र स्पृश्य अनि दृश्य वस्तु हुन् । यिनबाट प्रकट हुने प्रतिक्रिया हो मन अथवा आत्मा र यसको हुनुको अनुभूति ।

४.विनयका निबन्धको विषयगत परीक्षण र त्रैधताका द्वन्द्वहरूको निबन्धीकरण
‘बोलीवचन, तर्कवितर्क, संवादविवाद’ शीर्षकको निबन्धमा बोली र वचनका बिचको अन्त:सम्बन्ध र यसका बिचका साम्य वैषम्यका पक्षहरू प्रतिष्ठापन गर्ने स्थिति यहाँ विषयका पक्ष विपक्ष बनेर स्वयं प्रस्तुत भएका छन् । तर्क र वितर्कका दुई पक्षहरू आआफ्ना ठाउँमा सबल रहने विषयहरू हुन् । यिनको महत्ता पनि यहाँका स्थितिमा उपस्थापन भएको देखिन्छ । संवाद र विवाद पनि परस्पर भिन्न महत्त्व राख्ने विषयहरू हुन् । यी पनि यहाँ सबल रूपमा विषय बनेर प्रस्तुत भएका छन् । यसरी मान्छेले जीवन र जगत्मा रहेका हरेक विषयहरूको पारस्परिक द्वन्द्वात्मक स.वेगलाई प्रस्तुत गर्ने ध्येयले तयार गरेको हुन्छ । त्यसै सिथतिलाई यस निबन्धमा त्रैधताका पक्ष र तिनका पनि उभयात्मक पक्षसमेत हिसाब गर्दा छओटा सन्दर्भित विषयहरूको वैशिष्ट्य निम्न साक्ष्यले सिद्ध गरेको छ—

हामी चतुर्‍याइँ गर्दैनौ वा जान्दैनौँ, त्यसैले कसैलाई मूर्ख बनाउन सक्दैनौँ । तपाईँको दृष्टिमा को ठूलो ? म जान्दिनँ तर मेरो दृष्टिमा त्यो चतुर्‍याइँ जान्नेभन्दा नजान्ने ठूलो, महान् हो ज्ञानी र इमानदार हो ।

त्यसैले मलाई लाग्छ बोली वचन, तर्कवितर्क र संवाद—विवादको परस्पर अविच्छिन्न सम्बन्ध छ । मान्छे र उसको चेतनाको विकासको लागि तपाईँले आफ्नो बोली सुद्ध्याउनु पर्छ, आफ्नो वचन पालना गर्नु पर्छ र तर्कवितर्क र संवादविवादको माध्यमबाट मस्तिष्कमा रहेका चेतनाका द्वारहरू खोेल्दै जान सक्नु पर्छ । (बोली—वचन, तर्कवितर्क, संवादविवाद, परावर्तन— ५६)

यी विषयहरू मान्छेका चेतनाको विकाससँग आबद्ध बनेर आएका हुन् । यिनको स्वरूप द्वन्द्वात्मक र त्रैधात्मताकै आधारमा उपस्थित भएको हुन्छ भन्ने कुरा पनि यहाँ उद्धृत सन्दर्भले प्रकट गरेका छन् । यसरी त्रैधात्मक द्वन्द्वका आधारमा प्रकट हुने प्रतिक्रियाका पक्षमा देखिने अर्को निबिन्ध हो— ‘मन, आत्मा र मस्तिष्क’ । यस निबन्धमा मान्छेमा निहित मन, आत्मा र मस्तिष्कका विषयमा अनेक बहस भएका छन् । मन र आत्मा, मुटु र मस्तिष्कजस्तैै वस्तुगत ठोस वस्तु होइनन् । मुटु र मस्तिष्क मूर्त र स्पृश्य अनि दृश्य वस्तु हुन् । यिनबाट प्रकट हुने प्रतिक्रिया हो मन अथवा आत्मा र यसको हुनुको अनुभूति । मन अथवा आत्माबाट प्रकट हुने मूर्ततालाई निर्देशित गर्ने प्रज्ञा चेतना नै प्रमुख नियन्ता हो । नियन्ता बनेका यस चेतनाले जीवन र जगत्को अस्तित्वलाई प्रकटमा ल्याउँछ । यसै चेतनाले नै उसको प्रतिक्रिया हो भन्ने कुरा प्रकट गर्ने कुरा प्रस्तुत निबन्धले साक्ष्य गरेको छ । एक मात्र उदाहरण—

मन र आत्मा चाहे एकै कोषका सकारात्मक तथा नकारत्मक दुई पाटा होउन् वा दुई भिन्दाभिन्दै कोष वा पाटा होउन् । यी दुवैलाई सञ्चालन गराउने एउटा अर्को पाटो वा कोष छ त्यसैलाई म यस बेला प्रज्ञा मानिरहेछु । मन र आत्माको विद्यमानतासँगै मस्तिष्कको विद्यमानता पनि छ अझै भन्ने हो भने मन र आत्माको विद्यमानतासँगै तपाईँको वा शरीरको विद्यमानता पनि छ यही प्रज्ञाको अस्तित्व हुनुको साक्ष्य पनि हो । (‘मन, आत्मा र मस्तिष्क’, परावर्तन—२५)

प्रज्ञा आत्मा र मनको प्रतिक्रियात्मक अभिव्यक्ति हो भन्ने विषयमा यस निबन्धले निकै सुन्दर बहस अघि सारेको छ । यहाँ पनि मन, आत्मा र मस्तिष्क तिनओटा पक्षहरूको उपस्थापन त्रैधात्मक पाटामा हुने द्वन्द्वलाई विषयका रूपमा स्थापना गरिएको छ । यसै पक्ष विपक्ष र तिनबाट आविर्भाव हुने प्रतिपक्षसमेतका संवेगको स्थापना गर्ने क्रममा यस निबन्धले आफ्नो आकृति ग्रहण गरेको छ । यहाँ पनि त्रैधताको स्थितिलाई अवलम्बन गरेर परस्परको द्वन्द्वात्मक संवेगका सबै तन्तुहरू लिएर प्रकटमा आएका विषयलाई निबन्धीकरण गरिएको छ ।

त्रैध चेतनाका तहलाई विषय बनाइएको अर्को निबन्ध हो— ‘शिक्षा जानकारी कि ज्ञान’ । तिनओटा विषय क्षेत्रलाई ज्ञान र गरिमाका प्रयोग क्षेत्र बनाउने नेपालले यस निबन्धलाई ज्ञानको केन्द्र बनाएर तयार गरेका छन् । यसरी त्रैधताका सन्दर्भलाई अवलम्बन गरिएका यस निबन्धमा त्रैधताका कोणमा शिक्षा, जानकारी र ज्ञान उपस्थित भएका छन् । शिक्षालाई सूचनाको सतहमा राखेर व्यावसायिक विषय बनाइरहेका आजका समयमा मानिसमा अर्जित हुने सूचनालाई नै शिक्षा र ज्ञानको उत्कर्ष हो भन्ने भूलले महत्त्व प्राप्त गरिरहेको छ । यस्तो स्थितिमा आजको ज्ञानसंसार अल्मलिइरहेको छ भन्ने कुरा पनि यस निबन्धमा प्रकट भएको छ । उदाहरणका निम्ति एक मात्र साक्ष्य—

चेतना नै वास्तवमा सबै विकासको मूल हो, त्यसैले शिक्षा चेतनामूलक, चेतनाको वृद्धि गर्ने हुन पनि अति जरुरी छ । सायद हामी पनि अल्मलिइरहेका छौँ एकै वृत्तमा, एउटै खाल्डोमा । विकासको मेरो सिद्धान्त अनुसार केही काल एक व्यक्तिले आरम्भदेखि अन्तसम्म एकै विषयमा डुबेर नलागेसम्म अब मानवीय चेतनाको धरातलको विकास हुने कुरामा शङ्का गर्नु पर्ने भएको छ । (‘शिक्षा जानकारी कि ज्ञान’, परावर्तन—८५)

आजका अध्येताहरूले शिक्षालाई कुनै विशिष्ट ज्ञान प्राप्तिको साधन हो भन्ने भुलेर सूचनालाई अर्थात् जानकारीलाई नै अन्तिम साध्य हो भनेर सूचना सङ्कलनको भुमरीमा आफूलाई अल्मल्याइरहेका छन् । यस किसिमको सूचना वा जानकारीके परिवृत्तमा अल्मल्याएर आफ्नो प्रज्ञालाई दण्डित गरिरहेका छन् भन्ने कुरा प्रस्तुत साक्ष्यले सिद्ध गरेको छ । शिक्षाले जानकारी अर्थात् सूचना त सङ्कलन गर्छ नै । त्यसरी सङ्कलित सूचनालाई मानवको स्मृति भणडरमा सञ्चय गरेकै भरमा ज्ञान प्राप्त हुने होइन । यी सूचनाको जडमा रहेको साध्य विषयको सार र रहस्य मात्र ज्ञान हो भन्ने कुरा यस निबन्धले साक्ष्य गरेको छ ।

यस्तै त्रैधताको संवेदना आत्मसात् गरेर विकसित भएको अर्को निबन्ध हो— ‘प्रेम भक्ति र विवाह’ । यस निबन्धमा पनि प्रेम र भक्तिजस्ता अमूर्त र विवाहजस्तो अद्र्ध मूर्त विषयलाई निबन्धीकरण गरिएको संवेदनामा आधारित रचना हो । यसमा निबन्धकार नेपालको सृजना चेत सामाजिक तथा सांस्कृतिक चेतनाबाट प्रताडित बनेर प्रकटमा आएको छ । प्रेम र भक्ति मानवीय चिन्तनका नैसर्गिक संवेदना हुन् भने विवाह समाजको निर्मित सांस्कृतिक संवेदनाको सूचक र निर्मित सत्यको मूर्त अभिव्यञ्जन हो । यसरी निबन्धकार यस समाजका सांस्कतिक संवेदनालाई पनि विचारको विषय बनाएर निबन्धीकरण गर्न निकै सबल देखिएका छन् । यस सन्दर्भको एउटा साक्ष्य :

जसले प्रेमलाई प्रेमकै रूपमा र भक्तिलाई भक्तिकै रूपमा अर्थात् अर्काले गरे गरोस् नगरे नगरोस् म निरन्तर र जीवन रहुन्जेल पूर्ण निष्ठासाथ, सम्पूर्ण विश्वाससाथ, श्रद्धा र आस्थावान् भएर नि:सङ्कोच, निर्भय, विनाशङ्का समर्पित बनिरहन्छु । जस्तोसुकै बाधा, व्यवधान, अड्चन, अवस्था वा परिस्थिति आओस् लीन भइरहन्छु भन्ने पन । सम्पूर्ण मान्छे, समाजको गराइ, हेराइ, देखाइ र बोलाइबाट मुक्त भएर एकाग्र बनिरहने, लीन भइरहने एकथरी पागलपन । नाम, पद र धन, अवस्था आवश्यकता र परिस्थिति, क्रोध÷रिस र घमण्ड, डर÷भय÷त्रास, जालझेल र कपट, लोभ भय र माया, कुनै पनि संवेग आवेग र उद्वेगसम्मबाट मुक्त बनेर गरिने आत्मिक सम्मान, आत्मिक आदर भाव, आत्मिक लीनता र लयबद्धताको भाव नै प्रेम हो र यो नै भक्तिको द्वार हो र यस्तो अगाध प्रेम मात्र भक्ति बन्न सक्तछ । (‘प्रेम भक्ति र विवाह’, परावर्तन— ७०)

यसरी प्रेमको प्रणयी भाव र त्यसबाट आफूले प्रेमको केन्द्र ठानेको प्रतीकप्रतिको समर्पण भाव भक्ति हो भन्ने कुरा यस कथनले सिद्ध गरेको छ । यही भाव परस्परमा समर्पण तथा लीन अवस्थामा पुग्दछ भने त्यहाँनिर विवाहको स्थिति सार्थक बन्दछ । यसरी प्रस्तुत निबन्धमा तिनओटा एक्लाएक्लै पूर्ण हुने विषयको परस्पर समायोजन गरेर निबन्धीकरण गरिएको छ । यसै विषयका उपस्थापनबाट नेपाल यहाँ निबन्धकारका रूपमा प्रकट भएका छन् । यी त भए उनका तीनभन्दा पनि बढी विषयहरू द्वन्द्वात्मक ढङ्गले निबन्धीकरण गरिएका रचनाहरू ।

५.द्वैधताका द्वन्द्व चेतनामा सृजित वैचारिक निबन्धहरू
प्रस्तुत सङ्ग्रहमा दुई विषयका द्वन्द्व चेतनामा सृजित निबन्धहरू छओटा रहेका छन् । तिनको संरचना र विषय क्षेत्र तथा भाव संवेग र विचार पक्षहरू पनि त्रैधताको प्रस्तुतिकै सन्निकट रहेका छन् । यहाँ पनि अनेक विषयहरू निबन्धीकृत बनेका छन् । अमूर्त वस्तु र भावसंवेगलाई निबन्धीकरण गर्ने क्रममा रङ्ग, क्रिया, विनिमय, जैविक स्थिति, मानवको उपस्थिति, प्रवेग र अवरोधजस्ता अनेक विषयलाई निबन्धायनको तहमा राखेर सृजनात्मक प्रवाह भर्ने काम नेपालबाट भएको देखिन्छ । यस्ता विषयहरूमा विचारको अभिव्यञ्जना गर्ने काम पनि यहाँ निबन्ध मार्फत राम्ररी भएको छ ।

रङ्ग स्वयं छामिने वस्तु होइन । यो दृष्टिद्वारा मस्तिष्कसम्म प्रवेश गर्ने र मस्तिष्कले विभेदित स्थितिमा लगेर राखे पछि अनेकौँ रङ्गको संज्ञा पाउने विषय हो । यसले पनि मनले भावसंवेगका आधारमा मनका आवेगलाई उद्वेलित गराउने तत्त्व बनेर प्रतिक्रिया जन्माउन सफल हुने विषय बन्दछ । यसरी भावन गरिने विषयमा पनि पक्ष र विपक्ष, सकारात्मक र नकारात्मक, आकर्षक र अनाकर्षक, समर्थन र विद्वेषणका द्वैध स्थितिका स्वरूप मानव आचरणमा प्रतिफलन हुने कुरा यहाँ निबन्धन भएर प्रकटमा आएको देखिन्छ । यसका निम्ति एउटा साक्ष्य प्रस्तुत गर्नु सान्दर्भिक ठहर्छ :

कालोलाई जीवनको प्रतीक मान्छु म । जब सेतोले आक्रमण गर्छ तब जीवनले नेटो काट्न थालेको अनुभूति हुन थाल्छ मान्छेलाई । यदि सेतो मात्र ठीक राम्रो भए रगत किन सेतो भएन ? मासु किन सेतो भएन ? मुटु, कलेजो, फोक्सो आदि तपाईँले बोकेका तपाईँका शरीरका अवयवमा कुन कुनमा कता कता कति कति प्रतिशत कालोको अस्तित्व छ खोेज्नुभएको छ कहिल्यै ? प्रकृतिको जुनसुकै रङमा कालोको अस्तित्व छ तपाईँले माने पनि नमाने पनि त्यसको संरचना स्वरूपमा केही अन्तर पर्दैन । सेतोभित्र पनि केही न केही कालोको अंश छ छ त्यो म देख्छु, तपाईँले देख्न नसक्नु सायद तपाईंको महानता । (‘कालो र सेतो’—परावर्तन— ३३)

यहाँ रङ्गका विविध प्रकारहरू र तिनका सम्भावना बनेका स्थितिहरू कालो र सेतोको परिधिमै समेटिने कुराहरू निबन्धमा प्रकट भएका छन् । रङ्ग अमूर्त रूपाकृति हो र यो जड तत्त्व हो । यसका अनेक पक्षलाई मान्छेले सकारात्मक र नकारात्मक अर्थ भिराइदिएको छ । सेतोभित्रै कालो र कालोभित्रै सेता पनि समाहित हुन्छ । पीत, हरित र नील लगायतका अन्य रङ्गहरूका संवेदना र तिनबाट सङ्केत गरिने भनिएका अर्थहरू मानव निर्मित र प्रतीकात्मक संवेगमा निर्धारित सत्य मात्र हुन् । यहाँ यिनलाई सेतो र कालोको फराकिलो परिधिमा समाहित हुने सत्यमा पुर्‍याएर निष्कर्ष प्रदान गरिएको छ । हाम्रो अघिल्तिरको भौतिक विश्व सेतोको प्रतीक हो र यो सबैको परिणति कालो अथवा कृष्ण विवर हो वा ब्ल्याक हल हो । अर्थात् गीताको कालोऽस्मि लोको क्षयकृत् प्रकृत्य…’ को निष्कर्ष निबन्धकारको रहेको छ ।

मान्छेको अस्तित्व उसका क्रियाकलापमा अभिव्यञ्जित हुन्छ । विश्वको समग्र आकृति बदल्ने हैसियत भएको प्राणी मान्छे मात्र छ । यस्तो हैसियत भएको मान्छेकै कर्ममा यो विश्व मानवीय अस्तित्वका निम्ति अनुकूल अवस्थामा प्रवर्तन भएको छ । तर यही मान्छेले आफ्ना कर्ममा दुराचारको घोल मिसाउन थाल्यो भने विश्व पुरै दानव संसारमा परिणत हुन्छ । यस स्थितिलाई दृष्टिगत गरी मान्छेले आफ्नो कर्मलाई सकारात्मक र सिर्जनात्मक धारणामा परिवर्तन गर्न लागेमा त्यही नै आज परिभाषित भएको धर्ममा स्थापित बन्दछ । यसरी कर्म र धर्मका बिचका द्वन्द्वात्मक तत्त्व निबन्धकार नेपालको सृजनाचेत क्रियाशील अथवा कर्ममा प्रवर्तित बन्दै आफ्ना धारणामा दृढ बनेको छ । यस पक्षको पोषणका निम्ति एक उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक ठहर्छ :

मानवको कर्म र धर्ममा गौर गर्नुभएको छ कहिल्यै ? स्वतन्त्रताको अर्थ के हो ? तपाईँ भने हरेक कुरामा स्वतन्त्रता खोज्ने अनि अरूलाई भने सिक्रीले बाँध्ने हक अधिकार तपाईँलाई कसले दियो ? छ कुनै उत्तर तपाईँसँग ? मान्छेले आआफ्नो स्वविवेकले आपूmले मानेको, ठानेको, गरेको कर्म नै धर्म लाग्छ मलाई । त्यसैले कर्म नै धर्म र धर्म नै कर्म हो । बाँकी कुरो जुन गर्नका लागि मात्र मान्छेले गरिटोपल्छ, देखाउनका लागिमात्र गरिन्छ, अर्कोको लागि वा कारण वाध्य भएर गरिन्छ ती सबै ढोंग, पाखण्ड, आडम्बर र नौटङ्की माान्छु र ठान्छु म, तपाईँ नि ? एकातिर तपाईँ डर, त्रास र भयलाई पनि धर्म बनाइरहनुभएको छ भने अर्कातिर सुझ न बुझ नाफा हानि नै थाहा नपाई जे गरिरहनुभएको छ त्यसलाई म कदापि धर्म मान्न सक्दिनँ तपार्इँ माने मान्नोस् । (‘कर्म कि धर्म’ परावर्तन—४२—४३)

यस साक्ष्यका आधारमा मान्छेले आफ्नै कर्म सम्पादनका निम्ति तयार गरेको आचार व्यवहार नै धर्म हो र उसका संस्कारको तहमा स्थिर बनेर रहेको धारणा नै धर्म हो भन्ने सार वस्तु निबन्धकारका निबन्धनबाट सिद्ध हुन आएको छ । कर्म र धर्मको बिचमा रहेको अन्तर र तिनका मौलिक परिचयका बिचमा मान्छले जन्माएका द्वन्द्वका संवेगलाई यहाँ निबन्धीकरण गरिएको छ । मान्छेले बाह्य आडम्बरमा जेजति ढोंङको स्थिति प्रकटमा ल्याउँछ त्यो सबै धर्म होइन । धर्म त सकारात्मक आचार व्यवहार र सौम्य क्रियाकलापका रूपमा मानव आचरणका तहमा अभिव्यञ्जित हुन आउने प्रतिक्रियाहरू जेजति छन् तिनै धर्म हुन् । यस साक्ष्यले यिनै कुराहरूलाई निबन्धको निष्कर्ष बनाएका छन् ।

यस्तै दुई विषयका द्वन्द्वले निबन्धको रूप प्राप्त गरेको अर्को रचना हो— ‘क्रय विक्रय’ । केही विक्रय गरिरहँदा मान्छे केही किनि पनि रहेको हुन्छ । जीवन आदान र प्रदानको, किन र बेचको ग्रहण र परित्यागको द्वन्द्वका बिचको एक सम्झौता होे । प्रकृतिका अनेक तत्त्वहरू पूवीर्य दर्शनका आधारमा पञ्चतत्त्व र पश्चिमी रसायन विज्ञानका आधारमा १०५ भन्दा बढी तत्त्वको आदानबाट हाम्रो शरीर बनेको छ र हामी यी सबै तत्त्वहरू प्रकृतिलाई प्रदान पनि गरिरहेका छौँ । तिनै दुई लेन र देन, किन बेचका बिचमा हाम्रो जीवनको निर्माण र विनाश भइरहेछ भन्ने कुरा नेपालका ‘क्रय विक्रय’ शीर्षकमा सृजित निबन्धले सिद्ध गरेको छ । एक मात्र उद्धरण पनि साक्ष्यका निम्ति पर्याप्त छ :

तपाईँले पाउन मात्र खोज्नुभयो भने यो संसारमा तपाईँभन्दा मूर्ख अर्को कोही छैन भनेर बुझे हुन्छ अर्को मान्छेले । यसरी नै बेच्न मात्र खोज्ने वा गुमाउन मात्र खोज्ने अर्थात् निस्वार्थ वा सित्तै परोपकार गरेँ भनेर भन्ने मान्छे पनि मूर्ख नै साबित हुन्छ । वास्तवमा मान्छेको सम्पूर्ण जीवन नै मध्यमा छ, क्रय विक्रयको बीचमा छ । यसलाई बुझेर जसले जीवन बाँच्न जान्दछ ऊ निश्चय नै जीवनमा आउने वाधा, व्यवधान, अड्चन, दोष, दाग, कलङ्क, आरोपजस्ता समस्यालाई सहज बनेर सरलतासँग स्वीकार गर्न सक्दछ र आउने प्रत्येक घटना, दुर्घटनालाई स्वाभाविक ठानेर कुण्ठा, हीनता र आत्माभिमानीपनबाट बँचेर बाँच्न जान्दछ । (‘क्रय विक्रय’, परावर्तन— ४८)

निबन्धकार नेपालको दृष्टिमा यस धरातलका हरेक प्राणीको धर्म के रहेको छ भने जे आफू दिइ रहेको छ भने त्यतिखेरै केही लिइ पनि रहेको हुन्छ । यस्तो स्थितिमा नै परस्परको सापेक्षता र एकआपसको लेनदेनका आधारमा मात्र संसार चल्न सक्छ भन्ने भाव रचनाका माध्यमबाट प्रकटमा आएको देखिन्छ । मैले दिएँ मात्र भन्नु पनि र मैले लिएँ मात्र भन्नु पनि आफैँमा एउटा भ्रम मात्र हो भन्ने कुरा यस निबन्धले सिद्ध गरेको छ । यो निबन्ध पनि द्वन्द्व संवेगमा जन्मिने आदान र प्रदानका स्थितिको सम्मोहनलाई निरूपण गर्ने विषय बनेर प्रकटमा आएको देखिन्छ । यसमा पनि निबन्धकार आदान र प्रदान दुई विषयको द्वन्द्व संवेगलाई सन्तुलन गर्ने स्रष्टाका रूपमा उपस्थित भएका छन् ।

निबन्धकारलाई निकै जटिल द्वन्द्व चेतनाले पनि प्रभावित तुल्याएको छ । यो विश्वप्रकृति नारी र पुरुषको पारस्परिक संयोगका आधारमा निरन्तरता पाउने र अविच्छिन्नता प्राप्त गर्दै जाने èाृङ्खलाको प्रद्योतन हो । यहाँनिर आइपुग्दा के स्पष्ट हुन्छ भने निबन्धकार नेपाललाई साङ्ख्य दर्शनको प्रकृति र पुरुषसम्बन्धी अवधारणाले पनि प्रेरित गरेको छ । विज्ञानमा नारी पुरुषको जैविक निर्माणमा निकै महत् अध्ययन भइसकेको छ । हह नारी र हथ् पुरुषको निर्माणमा भूमिका खेल्ने जीव कण हुन् भन्ने विषयमा अनेक बहस भइसहकको स्थिति पनि निबन्धकारको चेतनालाई प्रभावित तुल्याउने कारक बनेको छ । प्रकृतिमा रज र बीजको समीकरण भएपछि तेस्रो जीवको उत्पत्ति हुने कुरा वैज्ञानिक तथा दार्शनिक विषय बनेको सन्दर्भ पनि निबन्धकारका सृजनाचेतमा परिपक्व बनिसकेको छ । यस स्थितिको प्रदर्शन गर्ने क्रममा नै यो निबन्ध सृजना भएको छ । यस स्थितिलाई उनको ‘नारी र पुरुष’ शीर्षकको निबन्धले प्रतिपादन गरेको छ । तर नारी र पुरुषको मनोरचनामा रहने नैसर्गिक भिन्नता उनीहरूका व्यवहारबाट प्रकट हुन्छ भन्ने कुरा पनि नारी र पुरुषका आचरणबाट नै सिद्ध हुन्छ । यस कथनको पुष्टिका निम्ति एक उद्धरण लिनु सान्दर्भिक सिद्ध हुन्छ :

प्राय: पुरुषहरूको भेट विषयप्रतिको समस्याप्रतिको छलफल सत्सङ्गत, तर्कवितर्क, वादविवादमै बित्दछ । काम, कर्तव्य, ज्ञान, बुद्धि, विवेक र अध्ययनकै कुरामा वा होस र बोधकै कुरामा बित्दछ । नारी किन यसो गर्न सक्दिनँ ? नारीहरू किन मान्छेको बाह्य रूप र सौर्यभन्दा भित्र पसेर मन र आत्मामा केन्द्रित रहन चाँहदैनन् ? वाधा नारी हो कि पुरुष हो ? वाधा देश हो कि समाज हो ? जबसम्म यो कुरो नारीले नै बुझ्न सक्दिन ऊ ज्ञान विज्ञान वा होस र बोधको मार्गमा जाग्रत हुन सक्दिन । नारीवाादको खोक्रो नारा, आरक्षणको सीमित बन्धनमा बाँधिएर ऊ चेतनाको धरातलमा कुनै हालतमा जाग्रत हुन सक्दिन । ‘नारी र पुरुष’, परावर्तन—७९—८०)

नारी र पुरुषक बिचकोे सत्ताको तानातान, आरोह र अवरोह, सन्तानोत्पादनको पात्र मात्र नारी, सत्ताको सञ्चालक मात्र नारी, सन्तानको अधिकार र जनकको परिचय प्रक्षेपण गर्ने अधिकारिणी नारी आदि प्रकृतिका गुणको समानान्तरतामा नारीलाई क्षेत्रका रूपमा उपस्थापन गरेर आफू क्षेत्रज्ञको हैसियत कायम गर्ने पुरुष, यस विश्वको आद्य बीज स्वरूप बनेको छ । पुरुष नारी आदिको बिम्ब स्थापना गरी पुरुष पक्षमा उभिनेहरू दुवै एकलकाँटे मात्र बनेका हुन्छन् र तिनको द्वन्द्व चेतनात्मक बहसको समाधान दुवै शक्तिको हैसियत समान छ भन्ने कुरा स्विकारिएको कुरा उपर्‍युक्त साक्ष्यले सिद्ध गरेको छ । यस दृष्टिबाट निरूपण गर्दा ‘नारी र पुरुष’ निबन्धले यहाँ पनि द्वन्द्वचेतको प्रस्तुति द्वैध चिन्तनका आधारमा प्रतिपादन भएको छ ।

बाह्य संसारको आकार जस्तो छ त्यस्तो हुँदैन सांसारिक प्राणीहरूको मौलिकताको स्थिति तैपनि मौलिकताको प्रभाव भने परेकै हुन्छ । अझ सांसारिक मौलिकताको प्रभाव मान्छेमा पनि परेकै हुन्छ । बाह्य आकृति देखेर ऊभित्रको मान्छेत्वको पहिचान प्राप्त गर्न सकिन्नँ । मान्छे बाहिर अग्लो, होचो, कालो गोरो, हलुका, ओजनदार अनेक नापोबाट नापिन सक्छ तर उसको मान्छेत्व यस्ता मापनका आधारमा यो यस्तै हो भन्न मिल्दैन । मान्छेको आन्तरिक सोच, भाव, कार्यकुशलता, ज्ञान, कुण्ठा, आवेग, विचार तथा कलात्मक चिन्तन लगायतका अनेक संवेदनाका आधारमा मात्र मान्छेको मापन गर्न सकिन्छ । मान्छे यति रहस्यात्मक ग्रन्थिपुञ्ज हो र ! उसलाई अनेक उपायबाट मापन गरे पनि उसको मौलिकता अझ गहिराइमा छिपेर रहेको हुन्छ । मान्छेको गहन तल नापेर पार पाउन सकिन्न भन्ने भाव र विचार उनका ‘मान्छे र मान्छेको स्वरूप’ शीर्षकको निबन्धले प्रकट गरेको छ । यस तथ्यलाई निम्न साक्ष्यलाई अघि सार्नु सान्दर्भिक ठहर्छ :

जीवनभर सङ्गत गरे पनि, पचास वर्ष एकै ओछ्यानमा सुते पनि, जोसुकैको कोखबाट जन्मेर जसको काखमा जतिवर्ष बसे पनि, जसले जसलाई जति गरे पनि मान्छे र उसको सोच, विचार वा धारणा पलपल बदलिरहन्छ । कसैले भन्न सक्दैन को मान्छेले क्षणभर पछि के गर्छ वा के सोच्छ । यस्तो मान्छेको बाह्य रूप, आकार, बोली र कार्य हेरेर वा देखेर तपार्इँ कसैलाई चाहे त्यो तपाईँकै आमा हुन् वा बाबु, स्वास्नी होस् वा लोग्ने, कसैका प्रति कुनै ठोस धारणा पालेर चिनेको दाबी गर्नु हुन्छ भने तपाईँलाई मूर्ख मान्छे वा जन्तु भनेर दाबी गर्न के गाह्रो ? (‘मान्छे र मान्छेको स्वरूप’, परावर्तन—९०)

यस कथनले के सिद्ध गर्छ भने मान्छे बाह्य आकृतिमा आफ्नो स्वरूप प्रस्तुत गर्ने जीव होइन । उसको बाह्य स्वरूपको कुनै अर्थ छैन । उसको आन्तरिक स्वभाव, आचार विचार र व्यवहारका आधारमा थोरै मात्र यो यस्तो हो सम्म भन्न सकिएला । तर उसको आकार रङ्ग रोगन, आकार प्रकार, बोलचालजस्ता बाहिरी रूप, रङ्ग रेखाका आधारमा यो यस्तै हो भन्न नसकिने कुरा यहाँ स्रष्टा नेपालले प्रकट गरेका छन् । मान्छेको परीक्षण त उसको मानसिक प्रतिक्रिया, सोच, विचार, व्यवहार तथा धारणा, स्वार्थ, अभिवृत्ति लगायतका भाव संवेगका आधारमा प्रकट हुने आन्तरिक आचार व्यवहारका आधारमा मात्र मान्छेको परीक्षण हुन्छ भन्ने कुरा यस निबन्धले प्रकट गरेको छ ।

जीवन र जगत् लयबद्ध हुन्छ । यसको गतिमा रहने लयले गतिको गतिको रूप लिएको हुन्छ । यस विश्वको आदि कालदेखिको निरन्तरता आफैँ एउटा गति हो र यो आफैमा प्रकृतिका अनेक आयतन र पक्षहरू, परिस्थिति र परिवर्तनहरू आफैमा गतिवान् हुन्छन् । तिनका रहने गतिमा आन्तरिक संवेगको लय हुन्छ । यस लयले अवलम्बन गरेको गतिले आवश्यकता अनुसार यदाकदा गति पनि आत्मसात् गर्ने गर्दछ । सृजनाको निरन्तरता गति हो भने यसमा निहित सौन्दर्य सन्धानको क्षण यति हो । यसरी यति र गतिको सन्तुलित संयोजनबाट नै सृजनात्मक शक्तिले उर्जा प्राप्त गर्दछ । गति क्षय बन्दै जाँदा प्रवाह क्षीण हुँदै जान्छ र गति क्षय बन्दै गएको यस अवस्थामा शक्ति सञ्चयका निम्ति विश्रामको आवश्यकता पर्दछ र यही विस्रामको अवस्था यति हो । यतिका माध्यमबाट अर्जित शक्तिद्वारा गतिले पुन प्रवाह प्राप्त गर्दछ । यसरी समग्र विश्वसंरचना अनादिदेखि अनन्तसम्म आवश्यकता अनुसार शक्ति सञ्चय गर्दै गतिमा प्रवाहित बन्दै गएको छ भन्ने कुरा ‘यति र गति’ शीर्षकमा सृजित निबन्धले प्रस्तुत गरेको छ । यस सन्दर्भको पक्षपोषणका निम्ति एक साक्ष्य प्रस्तुत गर्न सकिन्छ :

वास्तवमै यति गतिको एउटा विशेषता हो एउटा अङ्ग पनि हो रे ! शब्दको उच्चारण होस् कि पाठ, सङ्गीतको विराम होस् कि अडान सबै यति । दुई शब्द वा ध्वनिलाई जोड्ने यन्त्र पनि यति । यसो दुई लाइन कविता कोर्दै थिएँ टुप्लुक्क एक विद्वान् टुप्लुकिए र दिए दनक ‘यति फुस्केला है यति’ यदि यति विश्राम नै हो भने जीवनका लागि शक्ति आर्जन वा सञ्चय गर्न यसको महत्त्व अपार छ । विनाविश्राम गतिशील वा चेतनशील वस्तु खिइँदै जान्छ र त्यही विश्राम लम्बियो भने कार्य, वस्तु वा व्यक्तिको जीवन नै पनि समाप्त हुन्छ सदाका लागि । त के यतिको गुण मात्र होइन दोष पनि छ ? खोज्नोस् न खोज्दामा तपार्इँको के नै जान्छ र ? (‘यति र गति’, परावर्तन—९४)

यति र गति क्रिया र विश्राम हो, प्रवाह र भुमरी हो, स्थिति र प्रगति हो । विच्छिन्नता र अविच्छिन्नता हो । निर्धार्यता र नैरन्तर्य पनि हो भन्ने कुरा पनि यस निबन्धको विषयका रूपमा स्थापित भएको छ । यसरी समग्र विश्वको गतिमयता अर्थात् निरन्तरतालाई थप उर्जा प्राप्ति र शक्ति सञ्चयका निम्ति चाहिने आराम नै स्थिति हो । यति अर्थात् आलस्य होइन शक्ति सञ्चयको अवस्था हो । यस अवस्थाले पुन: अविच्छिन्नता र निरन्तरता गतिबाट प्रवाहित हुन्छ भन्ने कुरा पनि यहाँ प्रकट हुन्छ । यसरी निबन्धकारले कविताको यति र गतिलाई समग्र विश्वको निर्धार्यता र नैरन्तर्य अथवा विराम र गतिप्रवाहलाई सम्बोधन गर्ने प्रतीकका रूपमा यति र गतिलाई निबन्धकारले उपस्थापन गरेका छन् । यसरी उनका निबन्धहरू वैचारिकता र भावनाका संवाहक बनेर प्रकटमा आएका छन् ।

६.सन्दर्भ स्थगन
निबन्ध मानवका प्रवाहको आरम्भबाट सुरु हुने विधा हो र भावनाका तिनै प्रवाहको स्थगनमा पुग्दा अन्त हुने सृजनात्मक विधा हो । त्यसरी नै विचारका कण कणहरू प्रक्षेपित र परिमार्जित तथा संश्लेषित बन्दै गएसम्म गतिवान् बन्ने र तिनै विचारका कणहरू स्थगन भएपछि समाप्त हुने विधा हो । यिनै भाव र विषयका संयोजनका आधारमा विनय शर्माका निबन्धहरू सृजना भएका छन् । शर्मा उत्तरवर्ती चरणका विचारपरक संवहन चेत भएका निबन्धकार हुन् र उनका निबन्धहरू सांस्कृतिक सन्दर्भमा राखेर निरूपण गरिने किसिमका बनेर प्रकटमा आएका छन् । त्यस्ता बहुल चिन्तन र विधा मिश्रणका पनि सम्भावना देखिने सर्जक शर्माका निबन्धहरूमा विषयको व्यापकता र भावनाको तरलता पाठकको मस्तिष्कलाई निकै घच्घच्याउने किसिमको वैचारिक संवेग लिएर प्रकटमा आएका छन् । शर्र्माका माथापच्चीमा आरम्भ भएको बौद्धिक निबन्ध चेत पुनरावृत्तिमा आउँदा निकै प्रबल बनेको छ र त्यही प्रबलता परावर्तन सङ्ग्रहमा आइपुग्दा प्रौढ बनेको छ ।

यी सबै अभिमतहरू परावर्तन निबन्ध सङ्ग्रहको भूमिका लेखनका क्रममा गरिएका चञ्चुप्रवेश मात्र हुन् । यसमा रहेका दशओटा निबन्धमा रहेका विषय र तिनका प्रस्तुति पक्षलाई स्पर्श मात्र गर्ने काम भएको छ । भाव र विचारको सन्तुलनको दिशा मात्र यस भूमिकामा सङ्केत गरिएको छ र पाठकको पठन अधिकारमाथि हस्तक्षेप नहुने गरी भूमिका लेख्ने काम भएको छ । बौद्धिकता प्रखर बन्दै गएको र भावना विचारमा संश्लेषित बन्दै गएका चिन्तनको प्रतिनिधित्व गर्ने यस परावर्तनका निबन्धहरूमा नेपालको स्रष्टाचेत निकै परिपक्व र दार्शनिक आडमा सृजना कार्य गर्न सक्षम बन्दै गएको स्थिति देखिन्छ । विषयका अनेकता, प्रस्तुतिको अनेकात्मकता, त्रैधात्मकता र द्वैधात्मकताको द्वन्द्वात्मकता र तिनको समानान्तरतामा हुने प्रस्तुले पाउने निबन्धात्मकता यहाँँ प्रस्तुत भएको देखिन्छ । शैलीमा तार्किकता र कथन पद्धतिमा प्राञ्जलता आउने काम निरन्तर रहेका उनका निबन्धहरू पाठकमैत्री बनेर प्रकाशमा आएका छन् । सोही अनुसार यो समीक्षात्मक भूमिका पनि लेखकमैत्री भएको होला भन्ने विश्वास गर्दै यो भूमिकालाई यहीँ स्थगन गरिएको छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
राजेन्द्र सुवेदी
राजेन्द्र सुवेदी
Post Views: 365
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.