SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सन्तुलित विचारको काव्यिक प्रस्तुति : काकालाई चिठी
समीक्षा

सन्तुलित विचारको काव्यिक प्रस्तुति : काकालाई चिठी

तेजविलास अधिकारीBy Sahitya SagarJanuary 1, 2023No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

तेजविलास अधिकारी नेपाली साहितयका सिर्जना र समीक्षा दुवै क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनले यी दुवै क्षेत्रमा निरन्तर कलम चलाइरहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मिकि विद्यापिठमा प्राध्यापनरत अधिकारी प्रगतिशील साहित्यकारका रूपमा साङ्गठनिक र सिर्जनात्मक दुवै रूपले निरन्तर काम गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको सारभूत परिचयसहित ‘सन्तुलित विचारको अभिव्यक्ति काकालाई चिठी’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले कवि शेखर अर्यालको काकालाई चिठी कविताकृतिको सन्तुलित समीक्षण गरेको छ ।

-सम्पा.

शेखर अर्याल नेपाली भाषा र साहित्यको क्षेत्रमा परिचित नाम हो । गुल्मीको मदाने ३ सिर्सेनी लाम्पाटामा जन्मिएका अर्याल शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्व हुन् । झण्डै दुई दर्जन पुस्तकका लेखक अर्याल सहकार्यमा विश्वास गर्ने लेखकसमेत हुन् । मूलत: विद्यालय र विश्वविद्यालय स्तरका पाठ्यपुस्तकहरूको सहलेखनमा सक्रिय उनको एकल सिर्जनात्मक पुस्तकको रूपमा ‘काकालाई चिठी’ कविता सङ्ग्रह २०७८ प्रकाशनमा आएको हो ।

अक्षरधाम प्रकाशन प्रालिबाट प्रकाशित कविता सङ्ग्रहमा विचारलाई व्यवहारमा उतार्न नसकिएको हाम्रो समाजको नियति प्रस्तुत गरिएको छ । छन्दमा समेत काव्य विन्यास गर्न सक्ने क्षमता भएका अर्याल मूलत: गद्य कवितामा नै बढी विचार सम्प्रेषण गर्न सक्षम मानिएका छन् । नेपाली समाज राजनीतिबाट आक्रान्त रहेको छ । समाजका सबै पक्षलाई सकरात्मक राजनीतिले भन्दा खराब राजनीतिक सङ्क्रमणले प्रभावित पारेको छ । यही आधारमा उनको नवप्रकाशित कविता सङ्ग्रह देखा परेको छ ।

‘काकालाई चिठी’ कविता सङ्ग्रह आवरणबाहेक ७२ पेजमा संरचित छ । डिमाइ साइजमा प्रकाशित पुस्तकभित्र दुई ओटा पक्ष महत्वपूर्ण रहेका छन् । डा. धनप्रसाद सुवेदीको छोटो तर कसिलो भूमिका, लेखकको लेखकीय निवेदन र प्रकाशकको प्रकाशकीय भन्दा पनि समालोचकीय टिपोटले कविता सङ्ग्रहभित्र के–के विषय छ ? कस्तो विषयले के सङ्केत गरेको छ ? र कवि अर्यालको सामाजिक चेतना र त्यसको पृष्ठभूमि काव्यमा कसरी आएको छ भन्ने विषय उद्घाटित भएको छ । अर्को पक्ष भनेको सङ्कलित रचनाहरू नै हुन् । ३७ ओटा कवितामा धेरै विषय आएका छन् ।

० कविताभित्र देशको स्वाधीन यात्रामा अवरोध सिर्जना भएको, शासक प्रशासकहरू भ्रष्ट हुँदा जनताले दु:ख पाएको, जनप्रतिनिधिले जनताको भन्दा बढी आफ्नो बन्दोबस्तमा समय खर्च गरेकोप्रति उनको रोष प्रकट भएको छ

कवि आफूलाई कविता बनाएर प्रस्तुत भएका छन् । कविको सामाजिक चेतनाले धेरै विषयलाई होचो–अग्लो देख्छ र भनिदिन्छन् चित्त नबुझेको यावत विषय सहज ढङ्गले । बढीमा ३ पेज र कम्तिमा एक पेज आयाम फलिएको कविताभित्र देशको स्वाधीन यात्रामा अवरोध सिर्जना भएको, शासक प्रशासकहरू भ्रष्ट हुँदा जनताले दु:ख पाएको, जनप्रतिनिधिले जनताको भन्दा बढी आफ्नो बन्दोबस्तमा समय खर्च गरेको प्रति उनको रोष प्रकट भएको छ ।

असलमा एउटा आम मान्छेले भोगेको जीवन कवि सजिलो ढङ्गले प्रस्तुत गर्दछन् :

हाम्रो निडर स्वरूप भताभुङ्ग बनाई
मगजका गिर्खाहरू भ्रष्टमा सजाइन्छ
आफ्नो अस्मिता जोगाउन खोज्दा
नागरिक बञ्चित बनाइन्छ
स्वतन्त्रता बञ्चित गराउने

के राज्यको यही हो स्वाधीनता ? (स्वाधीनता, पृ. ५१)प्रत्येक दिन नेताले स्वाधीनताको विषय ओकलेको भए पनि जनता पराधीनताको चरम अनुभूति गर्न बाध्य भएको विषयलाई कविले निकै गहकिलो ढंगले प्रस्तुत गरेका छन् । कवि यो खोक्रो आदर्शबाट लामो समय हाम्रो परिचय अडिन नसक्नेतर्फ ध्यान दिँदै भौतिक विकासका नाममा परनिर्भर संस्कृतिको अन्त्य गर्न मौलिक उत्पादन बढाउन आह्वानसमेत गर्दछन् ।

अब तिमी
स्थानीय बस्तीका सुकुले गुन्द्रीमा उडाएरबिहानीको नौलो किरण छर्ने गरहजारौँ वर्ष लोकमा ग्रहण लागे पनिशिशिरका वाचा छताछुल्ल भईआकुल व्याकुल भएर होइनआसमा सान लगाई उधाइएका धार भएरआऊ, तिमी अब नरसिंह अवतारमाअन्तिम सङ्घर्षको स्वरूपमा सजिएर (आह्वान, पृ. ३७)देशभित्र वा देश बाहिर जहाँ बसे पनि नेपालीले नेपालीलाई उठाउने काम गर्नुपर्छ । नेपालको अस्तित्व जोगाउन नसक्ने हो भने हाम्रो इतिहाससमेत नामेट हुने कुरा यहाँ उल्लेख छ । सङ्घर्षविना मान्छेको अस्तित्व बाँकी रहँदैन । हामी भौतिक रूपमा रहने वा नरहने भन्दा पनि विचारले समयलाई गति दिने विषयमा उनको गहन चिन्तन अगाडि बढेको पाइन्छ ।

बम अणुबमले मात्तिएकोउन्मात्त भैरवी स्वरूपलाईसमाप्त पार्नका खातिरहरपल क्षतविक्षत हुँदैनाङ्गो शरीरमा काँडा उमार्दैसङ्घर्षमै जुटेको छु (सङ्घर्ष, पृ. ६४)मान्छेको मूल प्रवृत्ति सङ्घर्ष हो । सङ्घर्षले नै मान्छेलाई ऊर्जा दिन्छ । सङ्घर्ष विनाको मान्छे गन्तव्य पत्ता लगाउन नसकेको यात्री जस्तै हुन्छ । सङ्घर्षद्वारा प्राप्त उपलब्धिबाट नै मान्छे आफ्नो स्थान बनाउन सफल हुन्छ । जता–जता फर्किए पनि मान्छे आफ्नो अवस्था सुधार्न विचारको छनोट गर्न पुग्छ । उसले लिएको बाटोले नै उसलाई युगयुगअनुसार चिनाउँछ । सरल जीवनबाट माथि उठेको स्रष्टा त्याग र बलिदानको आदर्शमा बाँच्छ सोही विषयको केन्द्रीयतामा कवि वरिपरि आफ्नो जीवनदर्शन र व्यवहारका पक्ष–पाटालाई समेट्न सफल देखिएका छन् । ‘एक योद्धा’ शीर्षकको कवितामा कविले जनसमरमा उत्रिएको एउटा योद्धाले आफ्नो स्वार्थका लागि नभई आफ्नो जिम्मेवारीलाई हेर्दछ भनेका छन् । योद्धाले आफूलाई मात्र हेर्ने हो भने कहाँ र कसरी परिवर्तन होला र ?

हामी एक योद्धा
हिँड्दा गर्जन्छौँ आफ्नै पथमा
खोल्न द्वार बुटका आवाज घन्कँदै
दिवास्वप्नका स्वरहरू सुकेर
टुट्दै जान्छन् क्षतविक्षतमा
जन्जिरले बाँधिएको भुमरीबाट
जनसर्वोच्चता कायम गर्छौं (एक योद्धा, पृ. ३२)

नेपाली कविताको फाँटमा विचारको प्रस्तुति सजिलो विषय होइन । कलात्मक र स्वीकार्यता बढाउने गरी जनताको आवाज बोल्ने काव्य नै सही विचार पस्कने साधन बन्न सक्छ । मान्छेका असङ्ख्य आवाजलाई समाधानको मालामा उन्नका लागि विचारको शृङ्खला र जनताको सङ्गठन आवश्यक पर्दछ । यस विचारलाई कविले इमान्दारपूर्वक प्रयास गरेका छन् । ‘काकालाई चिठी’ शीर्षकको कविताले भूगोलमा राष्ट्रियता कसरी बलियो गरी मानिसको मनमा रहेको हुन्छ भन्ने तथ्यलाई विन्यास गरेको छ ।

चिठी नलेखेको पनि धेरै भयो
काका ! तिमीलाई सञ्चै छ ?
आजकल स्नायु उथलपुथल भएर हो कि
गर्दै डाँफेको नृत्यमा हस्तक्षेप
लिपु हुँदै कालापानी आयौ अरे
नजर नलगाऊ हिमाली काखमा
काका ! तिमीलाई साधुवाद छ (काकालाई चिठी, पृ. २४)

पछिल्लो समयमा नेपालले भोग्नु परेको सीमाको पीडालाई कविले अत्यन्त कलात्मक हिसाबले प्रस्तुत गरेका छन् । कवि अर्याल आफ्नो देशमाथि गिद्धेनजर लगाउनेहरूलाई ठाडै चुनौतीको भाषा बोल्दछन् । देशको अस्तित्वका लागि सङ्घर्षका रापिला धारमा उभिन तत्तयार रहेको भाव उनका कवितामा प्रकट भएको पाइन्छ । कविता एकपछि अर्को ऐतिहासिक दस्तावेज र मौलिक प्रस्तुतिको बेजोड नमूनाका रुपमा आएका छन् ।

नेपाली भूमिमा सम्पन्न जनआन्दोलन र दश वर्षे जनयुद्धको जगमा खडा भएको गणतन्त्रले नेपाली जनताको मुक्तिको चाहनालाई पूरा गर्नुपर्ने धारणा प्रत्येक जसो कवितामा उद्घाटित भएको छ । नेपाल र नेपालीलाई केन्द्रमा राखेर लेखिएका कविताले हाम्रो देशको मौलिक उचाइ बचाउने बाटोमा लैजान सक्छ ।

अन्त्यमा कविता सङ्ग्रहभित्रका गद्य रचना र पद्य जस्ता लाग्ने तथापि विचारको मुहानबाट फुटेका अनुभवी र जिम्मेवार अभिव्यक्ति नेपाली समाजको आजको महत्वपूर्ण स्वर बनेर प्रस्तुत भएको छ । कवि अर्याल मान्छेलाई मान्छेको दर्जामा कायम गराउन समाजभित्र रहेका अनेक खालका शोषण र उत्पीडनविरुद्ध डटेर लड्न आह्वान गर्दछन् । कविता आवाजविहिनका आवाज बनेर आएका छन् । शोषण, उत्पीडन र सीमान्तमा पारिएका भूइँमान्छेका आवाज बोल्ने कविता साँच्चिकै आममान्छेका भावनालाई समेट्ने गरी उद्घाटित भएका छन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
तेजविलास अधिकारी
तेजविलास अधिकारी
Post Views: 448
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.