SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » धर्मको नामको खोजी
निबन्ध

धर्मको नामको खोजी

माधव सयपत्रीBy Sahitya SagarDecember 20, 2022No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

माधव सयपत्री नेपाली आख्यान र निबन्धका क्षेत्रमा स्थापित प्रतिभा हुन् । उनी बालसाहित्य र प्रौढ साहित्यका क्षेत्रमा निरन्तर कलम चलाइरहेका छन् । शिक्षा र साहित्य सेवामा समर्पित सयपत्रीको वास्तविक नाम माधवराज आचार्य हो । उनी निरन्तर साहित्य साधनामा छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘धर्मको नामको खोजी’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले मानव धर्म मानव कर्तव्य भएको पक्षलाई देखाएको छ ।

-सम्पा.

फेसबुकमा खाता खोल्द, दर्ताकिताबमा आफ्नो धर्म पनि खुलाउने ठाउँ रहेछ । त्यसरी आफ्नो धर्म लेख्ने बेलामा मलाई निकै सकस पर्‍यो। त्यसैले त्यो दिन म खाता खोल्न छोडी, म कुन धर्मको रहेछु भनेर जान्ने प्रयाशमा लागेँ ।

आफूले नेपालीमा प्रकाशित बाइबलको केही अध्ययन गरेको र त्यसका कतिपय कुरा निकै मन परेकोले म क्रिस्तान नै हुँ कि भनेजस्तो लाग्यो । तर, त्यही बाइबलका केही कुरासँग म सहमत नरहेकोले म क्रिस्तान कसरी भएँ त भन्ने प्रश्न मेरै मनमा उठ्यो । मैले हिन्दीमा प्रकाशित कुरानको पनि केही अध्ययन गरेको र त्यसका केही कुरा निकै मन परेकोले म मुसलमान नै हुँ कि भनेजस्तो पनि लाग्यो । तर, त्यही कुरानका केही कुरासँग म सहमत नरहेकोले म मुसलमान कसरी भएँ त भन्ने प्रश्न फेरि मेरै मनमा उठ्यो । आत्माको बारेमा गीतामा भनिएको ‘ न एनम् छिन्दन्ति शस्त्राणि न एनम् दहति पावक:। न च एनम् क्लेदयन्ति आप: न शोषयति मारूत: ।।’ ( अर्थात् आत्मालाई न हतियारले नै काट्नसक्छ , न आगोले नै डढाउनसक्छ, न पानीले नै गलाउनसक्छ, न हावाले नै सुकाउनसक्छ ) आदि कतिपय कुरा मैले सदैव र सादर स्वीकार गरिआएको छु । भगवान्‌ कृष्णका भनिएका ती वचनहरूलाई त्यसरी सहर्ष स्वीकार्ने हुनाले म आफू हिन्दू नै हुँ कि भनेजस्तो पनि लाग्यो । तर त्यस्तो अजेय आत्मालाई पनि, भोक-प्यास, घाम-पानी, गर्मी-जाडो आदिले सताउँछ भन्ने कर्मकाण्डी मार्गमा लागेर, पितृको लागि भनी पिण्ड, वस्त्र, छत्र, द्रव्य आदि दान गरिआएर मैले भगवत्-वचनको प्रतिकूल पनि गरिरहेको र मेरो अन्तस्करणदेखि नै म भगवान्‌को अस्तित्वमा स्पष्ट नहुँदा म कसरी हिन्दू भएँ त भन्ने प्रश्न फेरि मेरै मनमा उठ्यो । परिणामत:, आफू कुन धर्मको हुँ भनेर खुट्याउन म आफैले सकिन । त्यसैले म पादरीकहाँ पुगेँ ।

मेरो कुरा सुनेर पादरीले भने – ‘बाइबल त्यतिमात्रै भए पनि मानेकै हुनाले तिमी वास्तवमा क्रिस्तान नै रहेछौ; देश-कालले तिमीलाई भ्रममा पारेछ; आऊ, एउटा सानो प्रकृया पूरा गरेर म तिमीलाई विशुद्ध क्रिस्तान बनाइदिन्छु ।‘ चित्त नबुझेर म त्यहाँबाट मौलवीकहाँ पुगेँ । मेरो कुरा सुनेर मौलवीले भने – ‘कुरान त्यतिमात्रै भए पनि मानेकै हुनाले तिमी वास्तवमा मुसलमान नै रहेछौ; देश-कालले तिमीलाई भ्रममा पारेछ; आऊ, एउटा सानो प्रकृया पूरा गरेर म तिमीलाई विशुद्ध मुसलमान बनाइदिन्छु ।‘ त्यहाँ पनि चित्त नबुझेर म पण्डितकहाँ पुगेँ । मेरो कुरा सुनेर पण्डितले भने – ‘तिमी त झन् हिन्दूकै छोरा-नाति हौ, गीतालाई मान्छौ; तिमी हिन्दूबाहेक अर्थोक केही हुँदैहोइनौ; कुसंगतले तिमीलाई च्यूत बनाएछ; आऊ, एउटा सानो प्रायश्चित-गोदान गराएर म तिमीलाई विशुद्ध हिन्दू बनाइदिन्छु ।‘

चित्त नबुझेर मैले फेरि सोधेँ – ‘यो प्रायश्चित-गोदान नगरुञ्जेल मेरो धर्म के हुनेभयो त ?’ पण्डितले झोक्किदै भने – ‘धर्मजस्तो गहिरो कुरा तिमीले बुझ्दैनौ; इच्छा भए मैले भनेजस्तो गर, नभए जाऊ ।‘ म बाटो लागेँ । आफू के हुँ त भनेर सोच्दै म चोकमा उभिएर यताउति हेर्दैथिएँ, ठीक्क-ठीक्क भैसकेको मेरो एउटा जँड्याहा साथी मछेउ आइपुग्यो । मैले उसलाई सबै कुरा भनेँ । मेरो हात समाएर तान्दै उसले मलाई छेउको रक्सीपसलमा पुर्‍यायो र दराजका बोतलतिर देखाउँदै भन्नथाल्यो — ‘ ‘जुनै धर्म पनि असल बाटो देखाइदेओस् भनेरै मानिन्छ र जुनै रक्सी पनि मत्याइदेओस् भनेरै खाइन्छ । सही तरिकाले मान्दा जुनै धर्मले र सही तरिकाले खाँदा जुनै रक्सीले पनि असलै गर्छ; बेकाइदा गरेमा धर्म र रक्सी दुवैले बिसाउँछन् । जसरी रक्सीको मातको कुनै नाम हुँदैन त्यसै गरी धर्मको पनि कुनै नाम हुदैन; धर्म भनेपछि धर्म, धर्म ! तँ मानिस होस्, तेरो धर्म त्यही असल मानिस हुनु नै हो; यो नाम-सामको के अर्थ ! यी रक्सी कम्पनीका मालिक र धर्मका यी स्वयम्भू ठेकेदार एकैखाले हुन् । मेरो कम्पनीको रक्सी सबैँभन्दा राम्रो भन्दै छुट्टै नाम राखेर महँगोमा बेची मालिकहरूले आफ्नो बेपार चलाएका छन् ; मैले भनेको धर्म राम्रो भन्दै छुट्टै नाम राखेर धर्मका देकेदारहरूले पनि आफ्नै बेपार चलाएका छन्; हामीचाहिँ मूर्ख बनेर पत्याइबसेका छौँ । ती रूख-पात क्रिस्तान, मुसलमान, हिन्दू वा अरू के हुन् भन् त ? मानिसले काटेर ढुट्याउँदा पनि फल, फूल, छाहारी, दाउरा, काठ आदि दिएर तिनले मानिसको भलो नै गरिरहेका छन् ! तेरो धर्मको नाम खोज्न छोड् , भलो-भलो काम गरेर बस् । भन् त, कुनै नामै नलेखेको भाँडोमा राखेको रक्सी खाँदा मात नलाग्ला त ? कुनै धर्मको नामै नलिएर राम्रो काम गर्दा, धर्म गरेकै नहोला त ?’ त्यो साथीको कुराले मलाई छर्लङ्ङ बनायो । मैले फेसबुकमा खाता खोलेँ अनि धर्म लेख्नेा ठाउँमा लेखेँ – ‘मेरो धर्मको कुनै नाम छैन ।

मलाई यो आत्मकथा सुनाउने साथी गत केही महिनादेखि सम्पर्कहीन छ । उसलाई त्यो जँड्याहाले भनेको कुरा असल हो कि खराब हो भनी पाठकहरूबाटै ठहरियोस् ।

  • Sahitya Sagar
    Sahitya Sagar
माधव सयपत्री
माधव सयपत्री
Post Views: 420
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.