SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » देवकोटा साहित्यमा बहुल चिन्तन
समीक्षा

देवकोटा साहित्यमा बहुल चिन्तन

डा. रमेश शुभेच्छुBy Sahitya SagarNovember 1, 2022No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

डा. रमेश शुभेच्छुको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी युवापुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा व्यक्तित्वका साथै साहित्यसञ्चारका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय प्रतिभा हुन् ।

-सम्पा.

लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) नेपाली साहित्यका सर्वोत्कृष्ट प्रतिभा हुन्। उनले नेपाली कविताका सबै उपविधाका साथै निबन्ध, समीक्षा, नाटक, आख्यानजस्ता प्रायः सबै विधामा कलम चलाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा विशेष योगदान पुर्‍याएका छन्। उनको यस किसिमको बहुमुखी सिर्जनधर्मले नै उनका विषयमा झन्डै दर्जन विद्यावारिधि भइसकेका छन्। त्यसो भए पनि उनका विषयमा अनेक अनुसन्धान हुन बाँकी नै छन्। उनका समाजशास्त्रीय, नागरिक शास्त्रीय कृति पनि छन्। अंग्रेजी कविता, काव्य र महाकाव्य पनि प्रकाशित छन्। उनका फरकफरक विधाको सिर्जनशीलता र कृतित्वका साथै अनेक कीर्तिमानी छन्।

जातजातिका आवाजको अभिव्यक्ति देवकोटाका रचनामा विभिन्न जातजातिको चर्चा पाइन्छ। ती जातजातिका संस्कृति र रहनसहनका पक्षमा उजागर गरिएको हुन्छ। यस दृष्टिले उनका मुनामदन, लुनी, तिप्लिङ्गी, एक च्यामिनीप्रति आदि उल्लेख्य छन्। उनको चर्चित खण्डकाव्य मुनामदनमा भोटे जातिका सेवालाई क्षेत्री जातिका व्यवहार र सेवाभन्दा माथि देखाइएको छ। काव्यनायक क्षेत्रीलाई सहनायक भोटेले सहयोग गरेको देदाई जातीय समानताको र मानवताको भावाभिव्यक्ति दिइएको छ :

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।

यो देवकोटाको १९९० को दशकमा अभिव्यक्त मानवीय चेतना हो। मुनामदन काव्य र तत्काल रचना भएका अन्य कविताकाव्यमा पनि जातीय पक्षधरता देखिन्छ। उनले १९९५ सालमा रसुवा जिल्लाको उच्च पहाडी भेगमा पर्ने प्राकृतिक तीर्थस्थल गोसाइँकुण्डको भ्रमण गरेका थिए। त्यसबेला उनले रचेको लुनी खण्डकाव्यले ल्यही लोकसमाजको चित्रण गरेको छ। यस खण्डकाव्यमा शेर्पा समाजका लुनी र चाङ्नाको कथा छ। शेर्पा साम्बा सोङ्गो, तासी (झासी), ल्हानो, म्हे म्हे लामा, ह्लोसुङ्गो लामा आदि पात्रहरूको चर्चा छ। यहाँ लामाहरूको संस्कृतिको चर्चा गरिएको छ :

ठूला ठूला सुनका
द्यौता थान थानमा।
झ्यान झ्यान बज्छन् झ्याली
छिटा झ्यान झ्यानमा।
घ्याङ घ्याङ् बग्छन् घन्ट
बुद्ध मन्दिरमा।

यहाँ शेर्पा जातिको धार्मिक आस्था र बुद्ध मन्दिरको चर्चा छ। यसै खण्डकाव्यमा मारदौन जात्राको चर्चा पनि छ। यो जात्रालाई शेर्र्पाहरूको सांस्कृतिक महोत्सवका रूपमा चित्रण गरिएको छ। त्यस्तै त्यस समाजमा लामालाई सर्वज्ञाताका रूपमा बुझ्ने पक्ष पनि चित्रित छ:

संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी
निधारबीचमा खाँदा पुर्या‍ई खुम्च्र्या दोटा नानी।
पानी आगो पार्छ भन्थे आगो पार्छ पानी।

यहाँ शेर्पा भोटे समाजको लामाप्रतिको त्यस समाजको विश्वास अभिव्यक्त छ। देवकोटाका काव्यकृतिमा र आख्यान कृतिमा पनि जनजातीय पात्रहरू मानवताका पक्षपोषक र सहयोगी बनेर आउँछन्। सुलोचना महाकाव्यमा काव्यनायक जैमाने (अनङ्ग) लाई विलास सिंहका घरमा कामदारका रूपमा जागिर खोजिदिने भोटे पात्रको भूमिका उल्लेख्य छ।

यसै महाकाव्यमा ज्वानु ज्यापूको सुलोचनासँगको व्यवहार, इमानदारिता र साथ सहयोगको चर्चाले नेवार जातिप्रतिको सम्मानलाई देखाइएको छ। यहाँसम्म कि यस काव्यमा नायकको भन्दा ज्वानुको भूमिका उचो देखिन्छ। उसले सुलोचनालाई दुःख जोसुकैलाई आइपर्ने र समय क्रममा टरेर जाने विचार राखेको छ।

देवकोटाका बहुमुखी सिर्जनामा विविध विशेषता खोज्न सकिन्छ। उनको सिर्जन सामथ्र्य नेपाली साहित्यका उनका समयदेखि आजसम्म पनि उत्तिाकै सशत्ताm र त्यहाँ निहित चेतना बहुमुखी छ।

देवकोटाको महाराणा प्रताप महाकाव्यका भिल्ल जातिका मानिसको सहयोगी चरित्रबाट पनि जातीय समानता र भ्रातृचेतनाको उजागर गरिएको छ। यो अवस्था प्रमिथस महाकाव्यका मानव र प्रमिथस पात्रका सम्बन्धबाट पनि उजागर भएको देखिन्छ।

नारी समाजप्रतिको सम्मान र नारी चेतना
देवकोटा आफ्ना रचनामा नारीप्रति अनुदार देखिँदैनन्। उनले मुनामदनमै मुना र आमाको चरित्रलाई उद्धात्तीकरण गरेका छन्। शाकुन्तल र सुलोचना दुईवटा महाकाव्यको नाम नायिकाका नामबाट नामकरण गरेका छन्। उनका लुनी, तिप्लिङ्गी, मैना, वसन्ती, सृजामाता, मायाविनी सर्सी, कुञ्जिनी, सीताहरण, म्हेन्दु आदि खण्डकाव्यका नाम नै नायिकाका नामबाट राखिएका छन्।

देवकोटाको पहिलो महाकाव्य शाकुन्तलमा नायिका र नायिकाका सखीहरू (सहनायिकाहरू) अनुसुया, प्रियंवदा, चारु आदिको स्थान उच्च देखाइएको छ। काव्यान्तमा नायिका र नायिकाकी माता गौतमीका विचार र अडान सफल बनेको देखाइएको छ। उनका महाकाव्य यात्राको दोस्रो काव्यकृति सुलोचनामा पनि नारी स्वर निकै सशक्त बनाइएको छ। नारीहरूका पक्षमा विविध आवाज उठाउने क्रममा प्रेमविवाह, विधवा विवाहका पक्षमा आवाज उठाइएको छ।

प्रेम विवाहको चेतना शाकुन्तलदेखि नै विकसित देखिन्छ। सुलोचना महाकाव्य समावेशी स्वरका दृष्टिले बढी मूल्यवान् देखिन्छ। तत्कालीन समाजमा प्रचलित अन्धविश्वास, रुढी, सामन्ती हैकम र नारीमाथिको दमनलाई विरोध गरिएको छ। विविध ढंगले उक्त पक्षको प्रतिविम्बन गर्दै त्यहाँ रहेका कमजोरीको विरोध पनि गरिएको छ।

सुलोचनामा तत्कालीन विवाहप्रथा र नारी उत्पीडनको विरोध गर्दै प्रेमविवाह र बिधवा विवाहको समर्थन गर्नुलाई देवकोटाको सुधारवादीचेत मान्न सकिन्छ। यहाँ रुचिबिनाको र प्रेमबिनाको विवाहलाई यातनाका रूपमा चित्रण गरिएको छ। एउटा अपराधीलाई नेल र हत्कडी लगाएर जेलमा लगिएझैं अबोध नारीहरूलाई विवाहको नाउँमा कल्ली र चुराले बाँध्छन् र आत्मालाई रुवाउँदै जबरजस्ती पराइघर पठाउँछन् भन्ने कुरा देखाइएको छ। यो नारीप्रतिको सहानुभूति र उनीहरूप्रतिको पक्षधरतासहित नारी चेतनाको अभिव्यक्ति हो।

प्रस्तुत काव्यमा नारीका पक्षमा नयाँ र पुरानो पुस्ताबीचको वैचारिक संघर्षलाई अघि सारिएको छ। काव्यनायिका निरन्तर मौन विद्रोहमा देखिन्छे। यहाँ तत्कालीन संक्रमणकालीन नारी समाजको चित्रण छ। यस काव्यमा बिजुली र तिमिरमर्दनको विवाह सन्दर्भलाई तत्कालीन समाजको क्रान्तिकारी नारी चेतनाका पक्षपोषक पक्षमा उजागर गर्न सकिन्छ।

त्यस्तै बिजुली र नोकरको प्रेम र शारीरिक सम्बन्ध एवं सन्तान प्राप्तिले पनि विद्रोहकै स्वर उजागर गरेको छ। तिमिर मर्दन र बिजुलीको विवाहले विधवा विवाहको पक्षपोषण गरेको छ। यसले तत्कालीन समाजमा नारीलाई हेर्ने कमजोर दृष्टिकोणमाथि सशक्त आवाज उठाएको छ।

देवकोटाका अन्य महाकाव्यमा पनि यो अवस्था देखिन्छ। उनको पृथ्वीराज चौहान महाकाव्यकी नायिका संयोगिताको अविचल प्रेमप्रतिको समर्पण र देशभक्तिका पक्षमा देखिन्थे। ऊ बाबुले अपमान गरेको पात्रका मूर्तिमा वरमाला पैह्राएर विद्रोह गर्छे। आफ्नो धर्मसंस्कृतिका पक्षमा पनि लड्छे र पतिका साथ सती गए पनि स्वाभिमान कति पनि गिर्न दिन्नँ। प्रमिथस महाकाव्यका रिया र जियाका चरित्रमा निकै उच्च नारी चेतना छ। उनीहरू मातृत्वका पक्षमा उल्लेख्य चरित्र बनेर उभिएका छन्।

देवकोटाका खण्डकाव्यमध्ये कुञ्जिनी पनि उल्लेख्य खण्डकाव्य हो। यस खण्डकाव्यकी नायिका कुञ्जिनीको प्रेमविवाहलाई परिवारले स्वीकृति नदिँदाको विद्रोह उल्लेख्य छ। उसले गोरेसँग विवाह गर्न नपाएकामा गरेको विद्रोहलाई नारी स्वतन्त्रताकै प्रतिविम्बन मान्न सकिन्छ। यो अवस्था सीताहरण काव्यमा पनि देखिन्छ।

देवकोटाका कविताकाव्यमा मात्र होइन, आख्यानमा पनि नारी चेतनाको स्वर प्रबल छ। उनले आख्यानतर्फ कथा र उपन्यास दुवै विधामा कलम चलाएका छन्। उनको एउटै मात्र उपन्यास चम्पामा संक्रमणकालीन नेपाली समाजको समावेशी स्वर पाइन्छ। यस उपन्यासमा नारीको कुनै अस्तित्व नस्विकार्ने, नारी इच्छा–आकांक्षा, भावना र चाहनाहरूप्रति कत्ति पनि संवेदनशील नबन्ने समाजको विरोध छ। यस कृतिमा नारीलाई कुनै वस्तु वा माल जस्तै सम्झी जबरजस्ती बिहे गरेर पठाइदिने तत्कालीन समाज–व्यवस्थाको विरोध गरिएको छ।

यस उपन्यासमा देवकोटाले नायिका चम्पालाई घरबाट विद्रोह गरी निस्कन सक्ने नाियकाका रूपमा उभ्याएका छन्। उपन्यासका आरम्भमा देखिएकी सरल र अबोध किशोरी चम्पा बिहे भएर घर गएपछि लोग्नेको शोषणलाई बुझेसँगै विस्तारै अस्तित्वबोधी पात्रका रूपमा विद्रोह गरी घरबाट निस्कन्छे। उपन्यास रचनाकालका दृष्टिले नेपाली नारीहरूमा विस्तारै अस्तित्वबोध हुन थालेको पक्ष यस उपन्यासमा प्रतिबिम्बित छ।

देवकोटाका आख्यान सिर्जनातर्फ कथाहरू पनि समावेशी स्वरका दृष्टिले उल्लेख्य छन्। लक्ष्मीकथा संग्रहका अधिकांश कथा सामाजिक यथार्थ र विद्रोहचेतले सम्पन्न छन्। उनका कथामध्ये ‘व्यक्तित्व’, ‘मस्र्याङ्दी’ र ‘शिशिली आफ्नो बिहे आफैं गर्छिन्’लाई उदाहरणका रूपमा लिन सकिन्छ। यी कथामध्ये ‘मस्र्याङ्दी’ कथामा महिला उत्पीडन र शोषणको यथार्थ चित्रण गरिएको छ।

‘व्यक्तित्व’ र ‘शिशिली आफ्नो बिहे आफैं गर्छिन्’ कथाका नायिकामा विकसित विद्रोहचेत समयसापेक्ष दृष्टिले निकै प्रबल पाइन्छ। व्यक्तित्व कथाकी नायिका बिजुली महिलाहरूको संगठन बनाएर तत्कालीन विवाह प्रथाको विरोधमा आवाज उठाउन सक्ने पात्र छ। सूक्ष्म दृष्टिले हेर्दा यस कथाकी बिजुली र गोपालप्रसाद रिमालकी मसान नाटककी हेलेनका चरित्रमा केही साम्य देखिन्छ।

दुवै रचनाका पात्र विद्रोह गर्दै घर छाडेर निस्कन्छन्। यस कथाकी बिजुली आफ्नो कथा यसरी सुनाउँछे– ‘मैले वेदसँग संघर्ष प्रारम्भ गरें, धर्म भनेको प्राकृत मानव जाति विकासक नियम हो। डोको छोप्ने चलन होइन। मेरो आत्मा घिनायो।’ यो देवकोटाका कथा सिर्जनामा देखिने नारीचेतना हो।

देवकोटाका कथामध्ये ‘शिशिली आफ्नो बिहे आफैं गर्छिन्’ कथाले पनि नारी अस्तित्व खोजेको छ। नारीका इच्छाविपरीत बिहे हुँदा यस कथाकी नायिका विवाह गरेर दिएको व्यक्तिलाई लोग्नेका रूपमा स्वीकार्दिन। ऊ कथित लोग्नेलाई सोझै यसोसम्म भन्छे— ‘साँच्ची हो ! म यो घरमा बेचिएँ ! म हजुरलाई प्रेम गर्दिनँ… म शिक्षा दिन सक्छु, पढाउन सक्छु तर हजुरकी स्त्री बन्न सक्दिनँ।’ यो कथा रचनाकालीन सन्दर्भमा हेर्दा नारीचेतनाका पक्षमा देखिन्छ।

देवकोटाका कविताकाव्य र कृषिबाला जस्ता नाट्य रचनामा पनि नारी चेतनाका विविध पक्ष पाउन सकिन्छ। यस काव्यकी नायिका उषाले जमिनदारले अपहरण गर्दा केही समय आत्मसमर्पण गरेकी भए पनि उसको विद्रोहको स्वर झन् चर्को बन्छ। अर्की ठालुका घरकी मुनिया नारी चरित्रको उद्धात्तीकरण र उषालाई उन्मुक्ति दिने प्रयास नारी चेतनाका नारीमैत्री व्यवहारका उल्लेख्य पक्ष हुन्। उषा र मुनियाको नारीमैत्री चेतना नारीचेतनाका कोणबाट अध्ययन गर्न सकिने पक्षका रूपमा देखिन्छ।

देवकोटाका रचनामा नारी चेतनाको स्वर प्रबल देखिन्छ। उनले कतै मातृत्व रक्षाका पक्षमा आवाज उठाएका छन् भने कतै नारी अस्तित्व, नारी प्रेम र समर्पणको सम्मान गर्दै कतिपय परम्परित समाजको विरोध पनि गरेका छन्। उनका प्रायः नारी चरित्रहरू परम्परित समाजको विरोध गरेका र नारी अस्तित्वका पक्षमा आवाज उठाएका छन्।

भिन्न क्षमताको पक्षपोषण
देवकोटाले कविताकाव्य र आख्यानमा पनि भिन्न क्षमताका पात्रहरूलाई सशक्त रूपमा उभ्याए। उनका त्यस किसिमको चेतनालाई उजागर गर्ने रचनामध्ये ‘पागल’ कविता उल्लेख्य छ। यस कवितामा पागललाई मूल पात्र बनाई पागललाई म पात्रका रूपमा उभ्याइएको छ। जसमा समाजको रीतिथिति, व्यवस्था सही हो भन्ने मान्छे पागल र आफू सचेत भएको चेतना अभिव्यक्त गरेका छन्। जस्तै :
जरुर साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल !

उक्त साक्ष्यले पागललाई पागल भनेर हेप्नुभन्दा पागल बनाउने समाजको र त्यहाँका व्यक्तिहरूको पागलपनको उपचार खोजिनुपर्ने पक्ष उजागर गरिएको छ। जब समाजमा पागलहरू बस्छन् अनि एउटा सचेत मानिसलाई पागल देख्छन् भन्ने पक्षबाट भिन्न क्षमताको पक्षपोषण गरिएको छ।

देवकोटाले प्रमिथस महाकाव्यमा फरक संख्यामा हात र आँखा भएका रिया र जियाका सन्ततिका पक्षमा अभिव्यक्ति दिएका छन्। यसै काव्यमा कम चेतना भएका जिउसले भूकिट ठानेका नवजीव मानवका पक्षमा सहानुभूति दिँदै उनीहरूलाई सबल बनाएको पक्ष उजागर गरेका छन्। यो अवस्था देवकोटाका रचनामा खोज्न सकिन्छ। रावण जटायु युद्ध खण्डकाव्यमा रावणले घाइते बनाएको जटायु अन्तिम अवस्थासम्म रावणसँग लडिरहन्छ। यो भिन्न क्षमताको पक्षधरता हो।

महाराणा प्रताप महाकाव्यको घाइते चेतक घोडा पनि आफ्नो मालिकलाई बचाउने अन्तिम प्रयत्न गरिरहन्छ। प्रमिथस महाकाव्यको काव्यनायक प्रमिथस पत्थरकिलित भएर र यातनापीडित भएर पनि आत्मविश्वासमा विलचित हुँदैन। ऊ निरन्तर जिउसका अत्याचार र यातनाको सामना गरिरहन्छ। यस्ता उदाहरण उनका रचनामा प्रशस्त पाउन सकिन्छ। वनकुसुम महाकाव्यको वृद्ध मन्त्री विकटाक्ष कति पनि कमजोर नबनी छोरीलाई साथ दिन्छ र आफ्नो राज्यको रक्षा गर्छ। सूक्ष्म दृष्टिले देवकोटाका कविता, काव्य र महाकाव्यमा, आख्यान र नाट्य रचनामा पनि भिन्न क्षमताप्रति सम्मान पाइन्छ। यस पक्षको संकेत मात्र गर्न सकिएको छ।

निम्नवर्गीय पक्षधरता
देवकोटाका रचनामा निम्नवर्गीय पात्रहरूका पक्षमा निरन्तर आवाज उठाएको देखिन्छ। उनलाई डा. वासुदेव त्रिपाठी, डा. कुमारबहादुर जोशीलगायत विद्वान्ले स्वच्छन्दतावादी प्रगतिवादी कवि भनेरै चिनाएका छन्। उनले सबै महाकाव्य, काव्यहरू र आख्यानमा पनि किसान पात्र र निम्नवर्गीय श्रमशील समाजका पात्रप्रति सद्भाव देखाएका छन्। उद्भाव मात्र होइन, देवकोटाका कलमको पक्षधरता कतै प्रत्यक्ष र कतै सांकेतिक रूपमा तिनकै पक्षमा देखिन्छ।

देवकोटाका कविताकाव्यमध्ये मुनामदनको भोटे, सुलोचनाको भोटेचरित्रको पक्षधरता, शाकुन्तलको किसान, र सुलोचनाको किसान ज्वानो ज्यापूको इमानदारितामा निम्नवर्गीय पक्षधरता छ। महाराणा प्रताप महाकाव्यका भिल्ल चरित्रको उद्धात्तीकरण, वनकुुसुम महाकाव्यकी सम्भर र किसान चरित्रको उद्दात्तीकरण, गरिब, भिखारीजस्ता कविताका गरिब र भिखारीको नायकीकरण, गाइनेको गीतजस्ता कविताको गाइनेको स्वर आदि निम्न वर्गीय पक्षधरताका दृष्टिले उल्लेख्य छन्।

पागल कवितामा बारम्बार निम्न वर्गीय पात्र र निमुखा पात्रका पक्षमा आवाज उठाइएको छ। कृषिबाला नाट्यकृतिभित्रको मानवीर हली र उषा (कृषिवाला), रतन, किरण (कृषिवालाको प्रेमी) र चिनीका चरित्रको उद्वात्तीकरण, कृषिबालाको नायक किरण र प्रहरीको सिपाही एवं उषा र मुनियाँको वर्गीय साथ र ठालुको भण्डाफोरबाट वर्गीय चेतना अभिव्यक्त भएको छ। यो अवस्था देवकोटाका सबैजसो रचनामा कतै प्रस्ट रूपमा र कतै सांकेतिक रूपमा अभिव्यक्त छ। यस काव्यमा भनिएको छ:
मसान हो यो हाम्रो जीवन
हक हाम्रो बलैले फर्काउँला
किसान हो जाऊँ ठालु घर
माग हाम्रो अडेर पु¥याउँला।

यहाँ किसानको श्रमशोषण र केही जमिनदार सम्पन्न बन्ने पक्षको विरोध छ। यस पक्षलाई देवकोटाले विभिन्न रचनामा अभिव्यक्त गरेका छन्। वैचारिक पक्षधरताका दृष्टिले देवकोटाको पहाडीपुकार लघुकाव्य उल्लेख्य छ। उनले यस काव्यबाट निम्नवर्गीय पक्षधरता देखाएका छन्। उनले भनेका छन् :

गरिबको निम्ति आवाज झिक्ने झ्यालखाना कुहिन्छन्
रूखमा फल्छन् गोली पो खान्छन् अथवा मुडिन्छन्
मर्नु त एकदिन अवश्य पर्छ पशुझैं नजिऊँ
मानिस हौं भने मानिसझैं जिऊँ मानिसकै हक लिऊँ।

पहिलोपटक युगवाणी पत्रिकामा प्रकाशित देवकोटाको पहाडी पुकार लघुकाव्य त्यतिखेर निकै प्रसिद्ध र लोकप्रिय थियो। यस काव्यमा देवकोटाले राणाकालीन नेपालको आर्थिक, सामाजिक अवस्थाको यथार्थ चित्रण गर्दै आफ्नो हक र अधिकार लिन संघर्षमा उत्रिन आह्वान गरेका छन्। यस रचनामा नेपाली जनताले भोग्नु परेको अन्याय, अत्याचार, शोषण र उत्पीडनको यथार्थ चित्रणका साथै जनतालाई संघर्षमा उत्रिन आह्वान गरिएको छ। यस काव्यमा वर्गीय पक्षधरताका विभिन्न अभिव्यक्ति छन्। तीमध्ये एउटा अंश उल्लेख्य छ :

गरिबको छोरो गरिब हुन्छ गरिबै आहारा
धनीका निम्ति गरिबले मर्नु आफैंमा प्रहार।

यसले पनि गरिबका पक्षमा गरिबहरू नै एक भएर लाग्नुपर्ने देखाएको छ। यो वर्गीय पक्षधरताको उदाहरण हो। निम्न वर्गको जागृतिको स्वर हो। निम्नवर्गीय किसान चरित्रका माध्यमबाट कृषिवालामा निम्नवर्गीय पक्षलाई यसरी उजागर गरेका छन् :

बोल बोल किसान भाइ हो धरतीपुत्र जिन्दावाद !
धर्तीको यो मालिक्याईँ ठालुबाट खोस

देवकोटाका फुटकर कविता र काव्यहरूमा पागल, हुरीको गीत, हुरीपछि गृहागमन, झञ्झावर्णन, झञ्झाप्रति, गैंडोपासना, उघ्रेर बिग्रेको बिहान, दालभात डुकु, साँझे, एक सुन्दरी च्यामिनीप्रति आदि रचनाले निम्नवर्गीय पक्षधरता अवलम्बन गरेको पाइन्छ।

राष्ट्रिय चेतना
लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय चेतनाका रचनाकार हुन्। उनका निबन्ध, आख्यान र कविताकाव्यमा राष्ट्रियताको स्वर प्रबल पाइन्छ। उनका नाट्य रचनामा र उनका स्वतन्त्र लेख एवं भूमिकाहरूमा पनि राष्ट्रियताको पक्षपोषण पाइन्छ।

देवकोटाका महाकाव्यमध्ये महाराणा प्रताप र पृथ्वीराज चौहान महाकाव्यको राष्ट्रवाद वर्तमान भारतीय विषयवस्तुको राष्ट्रवाद हो कि भनेर धेरै समीक्षकले अध्ययन विश्लेषण गरेको पाइँदैन। ती महाकाव्यको राष्ट्रवाद भारतीय राष्ट्रवाद होइन। यी महाकाव्यका रचनाकालमा आजको भारत देशको निर्माण भएकै थिएन। त्यसबेलाका मोवाड, दिल्ली आदि नेपालका बाइसे चौबिसे राज्यजस्ता मात्र होइन, एसियाका नेपाल, तिब्बत, चीनजस्ता राज्य थिए। ती महाकाव्यमध्ये पृथ्वीराज चौहान महाकाव्यका नायकको बलिदानी र महाराणाप्रताप महाकाव्यका नायकको अविचल राष्ट्रियताका पक्षको लडाइँबाट प्रतिध्वनित राष्ट्रिय चेतना अतुलनीय छ।

देवकोटाको राष्ट्रिय चेतना औपनिवेशिक पक्षका विरोधमा देखिन्छ। उनको विशिष्ट रचना मानिने शाकुन्तल महाकाव्यमा काव्यनायकले आफ्नो राष्ट्र र मित्र इन्द्रराज्यको रक्षाको भूमिका खेलेको छ। महाराणा प्रताप र पृथ्वीराज चौहान महाकाव्यका नायकहरू राष्ट्रका पक्षमा चटान बनेर उभिइरहेका भेटिन्छन्। पृथ्वीराज चौहानकी नायिका संयोगिता पनि चट्टान बनेर उभिन्छे। वनकुसुम महाकाव्यका सहनायक र सहनायिका वृद्ध मन्त्री विकटाक्ष र प्रतिभाको भूमिका राष्ट्रियताका पक्षमा सशक्त देखिन्छ। मुनामदनले पनि राष्ट्रियताको स्वर अगाडि सारेको छ। यस काव्यमा अभिव्यक्त निम्न अंशले राष्ट्रियताका पक्षमा आवाज उठाएको देखिन्छ।

हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नो खाएकै बेस आनन्दी मनले।

यहाँ धनका लागि विदेश जानुभन्दा आफ्नै ठाउँमा दुःखजिलो गरेर साग र सिस्नु खाएको बेस भन्ने भाव अभिव्यक्त गरिएको छ। यो चेतना आज पनि नेपाली समाजमा समृद्ध भइसकेको छैन। तत्कालीन मदन जस्तै आजको युवा जमात पनि विदेशमै धनको स्रोत देखिरहेको छ। देवकोटाको नाट्यकृति कृषिबालामा पनि राष्ट्रियताको स्वर प्रबल छ। यस काव्यका नायक किरणले बनारस जान लाग्दा चन्द्रागिरि भन्ज्याङमा गाएका गीतमा राष्ट्रियताको स्वर पाइन्छ। नाटकमा काव्यनायकका गीतबाट नेपालको प्रकृति केन्द्रित राष्ट्रियता गाइएको छ :
वसन्तको बिहान आयो, काफल चरी गाई हो
लालगाले बिहानीले किरण दुहिन् ध्वार ध्वार।

उक्त उदाहरणले प्रकृति, पराल छाने घर बनाउने र माटोले लिप्ने नेपाली संस्कृतिबाट नेपाली प्रकृति र संस्कृतिका पक्षमा आवाज उठाइएको छ। उनी प्रकृतिप्रेमी स्वच्छन्दतावादी कवि हुन्। उनका विताभित्र प्रकृतिको विम्बात्मक चरित्रका माध्यमबाट राष्ट्रियताका विभिन्न पक्ष उद्घाटित हुन्छन्। निबन्ध पनि कवितात्मक छन् र तिनको स्वर पनि प्रकृति र राष्ट्रियताका पक्षमा छन्।

देवकोटाका निबन्ध रचनामध्ये के नेपाल सानो छ ? राष्ट्रप्रेमले ओतप्रोत रचना हो। उनले यस रचनामा नेपाललाई विश्वसामु भूगोलका दृष्टिले सानो भए पनि आँखाको नानी, उचाइको सगरमाथा, मानवमा शिशु देशका रूपमा चिनाएका छन्। हात्ती र कमिलाको आआफ्नो जैविक अस्तित्व रहने विचार राखेका छन्। उनले नेपालको प्रकृतिलाई नै मूल राष्ट्रियताको प्रतिविम्बन गरेका छन्। जस्तै:
‘पहाडका कुनामा बसेर हेर्नु, दुई–तीनतर्फ दृष्टि दिँदा, उही ठाउँबाट दुई तीन संसार देखिन्छन्। हेर्दाहेर्दै देखिरहेछु, एकै पहाडमा चार किसिमका चित्र–छायाँ, घाम, सिमसिमे पानी र कुहिरो।’

यसै निबन्धमा देवकोटाले नेपालको भाषा संस्कृतिको बहुल पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। देवकोटाका निबन्धमध्ये नेपाली भषा साहित्यका सर्वश्रेष्ठ पुरुष निबन्ध पनि राष्ट्रियताका पक्षमा अभिव्यक्त देखिन्छ। उनले यस निबन्धबाट नेपाली कविताका आदि कोकिल र भाषा साहित्यका उन्नायकका रूपमा चिनाउँदै उनलाई दोस्रो नेपाली एकीकरणकर्ताका रूपमा चिनाएका छन्। ‘वीरहरू’ निबन्ध पनि राष्ट्रियताकै पक्षमा देखिन्छ। उनका फुटकर कवितामा पनि राष्ट्रियताका विविध स्वर पाइन्छन्। प्रायः उनले प्रकृतिको विराटतालाई देखाएका छन्। एक असारको बिहान शीर्षकको कवितामा उनले लेखेका छन्:
जप्छ दुभो पनि गायत्री
सजल र सिरसिर
दिलले अवश्य !

निष्कर्ष
लक्ष्मीप्रसाद देवकोटाका रचनामा बहुमुखी स्वर पाइन्छ। उनका रचनाका प्रमुख प्रवृत्ति र त्यहाँ प्रतिविम्बित जीवन चेतनालाई केही शीर्षकमा प्रस्तुत गर्न कठिन छ। यहाँ मोटामोटी जातीय मुक्ति, नारी चेतना, निम्न वर्गीय पक्षधरता, वर्गीय पक्षधरता, भिन्न क्षमताको पक्षपोषण र राष्ट्रियचेतना जस्ता जम्मा आधा दर्जन बुँदामा देवकोटाको सिर्जनात्मक जीवनचेतनालाई संकेत मात्र गरिएको हो।

देवकोटाका बहुमुखी सिर्जनामा यस्ता विविध विशेषता खोज्न सकिन्छ। उनको सिर्जन सामथ्र्य नेपाली साहित्यका उनका समयदेखि आजसम्म पनि उत्तिकै सशक्त र त्यहाँ निहित चेतना बहुमुखी छ। त्यो बहुमुखी चेतनाको पनि यहाँ संकेत मात्र हुन सकेको छ। देवकोटा साहित्य आफैंमा उनकै भाषामा: भगीरथको गंगा हो यसलाई थाप्लामा बोक्न मुस्किल छ। त्यही गंगाका केही बुँदमा यो लेख केन्द्रित छ।

  • Sahitya Sagar
    Sahitya Sagar
डा. रमेश शुभेच्छु
डा. रमेश शुभेच्छु
Post Views: 578
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.