SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » राकर्षणभित्रको गुरुत्वाकर्षण
समीक्षा

राकर्षणभित्रको गुरुत्वाकर्षण

धर्म पोखरेलBy Sahitya SagarOctober 23, 2022No Comments20 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

धर्म पोखरेल शिक्षा र साहित्य क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनले उच्च शिक्षाका क्रममा महाकाव्य विषयक थेसिस गरेका थिए । त्यसपछि उनले विभिन्न समीक्षा लेख्दै आएका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित सीता भट्टराईको महाकाव्य धराकर्षणमाथि लेखिएको समीक्षालाई यस शृङ्खलाको समीक्षा स्तम्भमा समेटिएको छ । यस समीक्षाले धराकर्णण महाकाव्यको महाकाव्य विधातत्विक एवम् प्रवृत्तिपरक गुणात्मक विश्लेषण गरेको छ ।

-सम्पा.

विषय परिचय

माता दीपकुमारी सापकोटा र पिता गोपीकृष्ण सापकोटाको कोखबाट वि.सं. २०२७ पुस १२ गते जन्मिएकी सीता भट्टराईको बाल्यकाल भने काभ्रेपलान्चोक जिल्लामा मावली घरमा बितेको पाइन्छ । एक शिक्षासेवी र समाजसेवी व्यक्तित्वका रूपमा परिचित तथा प्राध्यापन पेसामा संलग्न सीता भट्टराईले नेपाली विषयमा स्नातकोत्तर र दर्शनाचार्यसम्मको शिक्षा हासिल गरेकी छन् । हाल काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध रामहिटीमा स्थायी बसोबास गर्दै आएकी भट्टराईले नेपाली साहित्यमा कथा, कविता, उपन्यास, बालसाहित्य, समालोचना आदि विविध विधामा सशक्त रूपमा कलम चलाएकी छन् । कविता विधाका लघु आयामदेखि बृहत् आयामसम्मको यात्रा गरिसकेकी भट्टराईका हालसम्म एघारओटा कृतिहरू प्रकाशित छन् र एउटा गीति एल्बमसमेत सार्वजनिक भएको छ ।

उनका कविता विधाअन्तर्गत कला र भावको सङ्गम (छन्द्कविता सङ्ग्रह–२०६९), फूलका साथी हामी (बालकविता सङ्ग्रह–२०६९), सहस्राक्ष (छन्द कवितासङ्ग्रह –२०७५), चिन्तनसँगको यात्रा (गद्य कवितासङ्ग्रह –२०६९), मुक्तिनाथ बाबा (महाकाव्य –२०७१) र धराकर्षण (महाकाव्य –२०७९) प्रकाशित छन् । यसैगरी आख्यान विधाअन्तर्गत मैले पढेका कथा (कथासङ्ग्रह –२०७५), र रहस्य (उपन्यास –२०६९) प्रकाशित छन् । यसैगरी समालोचना विधाअन्तर्गत भद्रा घले सेवा र साधना (शोधपरक समालोचना –२०६९), शिवगोपाल रिसालका महाकाव्यमा वेदान्त दर्शन (२०७७), र रामप्रसाद ज्ञवालीका कविता काव्यमा वर्गद्वन्द्व र समानता (२०७७) गरी जम्मा तीनवटा कृतिहरू प्रकाशित छन् । यसैगरी को हो आफ्नो ? नामको उनको एउटा गीतिएल्बम –२०६९) समेत प्रकाशित भएको छ । यसरी हेर्दा साहित्यका क्षेत्रमा उनको व्यक्तित्व बहुआयामिक प्रकृतिको देखिन्छ ।

नेपाली महाकाव्य जगत्मा पुरुष स्रष्टाहरूको तुलनामा नारी स्रष्टाहरूको सङ्ख्या ज्यादै न्यून देखिन्छ । महाकवि तथा समालोचक चन्द्रप्रसाद न्यौपानेले गर्नुभएको शोध अनुसन्धानअनुसार हालसम्म २०४ जना महाकविका ४३२ ओटा महाकाव्यहरू प्रकाशित भएका छन् । त्यसमा पनि जम्मा दश जना नारी स्रष्टाहरूका बाह्र ओटा महाकाव्यहरू प्रकाशित भएका छन् । सष्टा बुनू लामिछानेद्वारा सिर्जित याचना र विद्रोही इन्द्रकुमारी तथा स्रष्टा सीता भट्टराईद्वारा रचित मुक्तिनाथ बाबा र धराकर्षण शीर्षकका नारी स्रष्टाद्वारा रचित दुई दुईवटा महाकाव्यहरू नेपाली साहित्यले पाएको छ । यहाँ सीता भट्टराईद्वारा लिखित नवीन महाकाव्य धराकर्षणका बारेमा सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

धराकर्षण महाकाव्यको विषयवस्तु :

सामान्यत: अन्य महाकाव्यहरूको सुरुआत मङ्गलाचरणबाट गरिएझैँ यस महाकाव्यको सुरुआत पनि मङ्गलाचरणबाट नै गरिएको पाइन्छ । धराकर्षण महाकाव्यको विषयवस्तु सामाजिक रहेको भए पनि काल्पनिकताले सजाइएको छ । यसका मुख्य पात्रहरू धर्ती र आकाश काल्पनिक हुन् भने अनन्य र अस्मिता यथार्थमा आधारित पात्रहरू हुन् । समाजको निम्नवर्गीय परिवारमा जन्मिएका यिनै पात्रहरूमा लेखकले सिर्जनाको विशाल रूप देखेकी छन् र आकाश र धर्तीलाई समाहित गराएकी छन् । यस महाकाव्यकी नायिका अस्मितामा लेखक कतै धर्ती नायिकाको प्रवेश गराएर साधणरत: तपस्विनीको रूपमा आफ्ना विचारहरू प्रस्तुत गर्न लगाउँछिन् भने कतै नित्यालाई धर्तीमा अवतरण गराएर राम, कृष्ण, बुद्ध आदिको कर्मलाई हामीले चिन्न नसकेकाले चिन्न र असल कर्ममा लाग्न उत्प्रेरित गर्दछिन् ।

अनन्य यस महाकाव्यका नायक हुन् । उनी नेपालको पश्चिमी भेगको एउटा निम्न वर्गीय परिवारमा जन्मिएका रविका सुपुत्र हुन् । रविले आफ्नो छोरालाई आपू किसान र ग्रामीण परिवारको भए पनि अनेकौँ दु:खकष्ट सहेर पढाएका हुन्छन् । अनन्य अनुत्तीर्ण भएर रुँदै रुँदै घर फर्केको समयमा उनकी काकी आमाले फकाएर उत्तीर्ण भएको भन्ने बहाना बनाएर घर र गाउँभरि नै चकलेट बाँड्न लगाउँछिन् । पछि एकदिन अनन्यका पिता (रवि) छोराको विद्यालयको शुल्क तिर्न विद्यालय जाँदा छोरो अनुत्तीर्ण भएर सोही कक्षामा पढिरहेको देखेपछि उनी अति दुखी हुन्छन् र छोरालाई गाली गर्छन् । बुबाको गाली खाइसकेपछि उनी कहिले असत्य नबोल्ने र राम्ररी पढ्ने बाचा गर्दछन् र पढाइमा सफलता हासिल गर्दै जान्छन् । अनन्यका ठुला बुबा काठमाडौंँमा बस्छन् । उनले एकदिन गाउँको घरमा जाँदा गाउँमा भन्दा सहरमा राम्रो पढाइ हुने धारणा राख्दछन् । अनन्यलाई पनि काठमाडौँ पढ्न पठाए राम्रो हुन,े अरूका भाँडा नै माझेर पनि अनन्यले पढ्नुपर्ने ठुलो बुबाको विचारबाट प्रभावित बनी अनन्य पनि ठुलो बुबाको साथ लागेर काठमाडौँ आउँछन् । ठुलो बुबाले उनलाई मठमन्दिरका पुजारीहरू र साधुसन्तका भाँडा माझ्नका निम्ति छोडेर आफ्नो बाटो लाग्छन् ।

अनन्यले ती साधु सन्तहरूको सङ्गत गर्दा उनीहरूको ढोंँगी, स्वार्थी र दुष्ट चरित्रलाई नजिकैबाट नियालेपछि उनीहरूको साथ छोड्दछन् । अर्काको घरमा जुठा भाँडा माझेर र अरूको सेवा गरेरै भए पनि उनले पढाइको महत्त्व बुझुछन् र विद्यावारिधिसम्मको अध्ययन पूरा गर्दछन् । पढाइ पूरा गरिसकेपछि समाजसेवाको बाटो अँगालेका अनन्तले केही समयको अन्तरालपछि विश्व भ्रमणसमेत गरेका छन् । त्यसपछि उनले त्यहाँको उच्च विकास र सिपलाई स्वदेशमा भित्र्याउने सङ्कल्पसमेत गरेका छन् । समाजमा भएका जाति, धर्म, लिङ्ग र वर्ण विभेदलाई हटाएर क्रान्ति बुद्ध बनेर राष्ट्रको समृद्धिमा लाग्ने उनको एक मात्र चाहना देखिन्छ ।

नेपालको पूर्वी भूभागको एउटा प्रान्तको मध्यम परिवारमा जन्मिएकी अस्मिता यस महाकाव्यकी नायिका र धराकी प्रतिबिम्ब हुन् । उनको परिवारमा पिताको जागिर र आमाको श्रमले गर्दा उनको जीवन केही सुखीजस्तो देखिन्छ । मातापिता भाइ र उनीसहित चारजनाको परिवारमा अकस्मात् पिताको निधन भएपछि सन्नाटा छाउँछ र चरम गरिबीले सताउँछ । गाउँमा ढिकी, जाँतो, मेलापात गरेर पारिवारिक जीवन चलाइरहेकी अस्मिताकी आमाको दु:खलाई उनले नजिकबाट नियाल्दै गाउँमा भन्दा सहरमा आएर दु:ख गर्दा पढ्नका निम्ति केही सजिलो हुने ठानी अस्मिताको परिवार पनि काठमाडौँ आउँछ । अस्मिताकी आमा अरूका घरमा भाँडा माझेरर, लुगा धोएर परिवारका लागि दु:ख गर्न थाल्दछिन् भने अस्मिता पनि मालिकका घरमा काम गर्दै पढ्न बाध्य हुन्छिन् । यस समयमा उनले बाल श्रमशोषण र गरिबीलाई राम्रैसँग बुझ्दछिन् । बाहिर बाहिर एकथोक भन्ने र घरमा अर्कै किसिमको व्यवहार गनर्,े बालिकाहरूलाई गिद्धे नजरले हेर्ने मालिकको व्यवहारबाट आजित बनेकी अस्मिता अर्कै नोकरी खोजेर पढाइलाई निरन्तरता दिइरहन्छिन् । समाजमा भएका यस्ता अन्याय र अत्याचारहरू कहिले पनि नसहने प्रतिबद्धताका साथ पढाइलाई निरन्तरता दिइरहेकी अस्मितामा क्रान्तिकारी विचारको बीजारोपण यही समयबाट हुन थाल्छ । पढाइ र नोकरीलाई कष्टसाथ अघि बढाइरहेकी अस्मिताको एकदिन काव्यका नायक अनन्तसँग भेट हुन्छ । उनले अनन्तको जीवन सङ्घर्षलाई पनि राम्ररी बुझ्छिन् । दुबैका दु:खसुखहरू एकै प्रकारका भएकाले उनीहरूको एकआपसमा विचार पनि मिल्दछ । उनीहरू प्रेमी–प्रेमिका बनेर समाजमा भएका अन्याय, अत्याचार, शोषण र दुराचारलाई हटाउन र विभेदमुक्त समाजको निर्माण गर्न खटिरहन्छन् । यसरी अनन्य धर्ती नायिका स्वरूपकी अस्मितासित मिल्दछन् । अनन्य आकाशका प्रतिबिम्ब र अस्मिता धराकी प्रतिबिम्ब भएकाले उनीहरू मानव कल्याणका लागि अहोरात्र खटिरहन्छन् ।

यस्तै नायिका अस्मिता कतै सौदामिनीका रूपमा प्रकट भएकी छन् र वर्गवादको द्वन्द्वबाट साम्यवादको कल्पना गर्दछिन् । कतै ऋतम्भरा बनेर अनन्य भावमा गुनकेशरी बनेर खुलेकी छन् । बुद्धात्मा भावमा रमाएर ब्रह्मसाक्षी भएर बसेकी भेटिन्छिन् । यसैगरी नायक अनन्तले सौदामिनी रूपी नायिकालाई प्राप्त गरिसकेपछि नायिका पूर्णम्भरा भएको अनुभूति गरेकी छन् । यसरी यस काव्यमा नायिका धर्तीका विविध रूपहरूको चित्रण गर्दै एउटै नायिकाका विविध कार्य र रूप भएझैँ मानिसका पनि उमेर, घटना र समयअनुसारका विभिन्न अवस्था रूप र जिम्मेवारी हुने कार्यालाई यस महाकाव्यका कथ्यको रूपमा अगाडि सारिएको छ । यसरी धरती र आकाशको सम्बन्ध प्रेम र सिर्जना तथा क्रान्तिपछि शान्ति आदिको सम्बन्धलाई यस महाकाव्यमा उतारिएको छ ।

मानिसभित्र नै आकाश र धर्ती रूपी विशालता रहने हुँदा स्वयं धर्ती र आकाश नै मानवीय चरित्रका रूपमा प्रस्तुत भएर सृष्टि सभ्यतालाई पूर्णता प्रदान गरिरहेका हुन्छन् । यो सबै धरासँग आकाशको आकर्षणका कारण भएको हो भन्ने भाव यसमा प्रस्तुत भएको छ । बुद्धत्वको बोधले उचित मार्ग अपनाई युगलाई परिवर्तन गराउन सकिन्छ भन्ने चिन्तनसमेत यस महाकाव्यमा प्रस्तुत भएको छ । राम, कृष्ण, बुद्धजस्ता महामानवहरू पनि आफ्नै कर्मले महान् बनेका हुन् भन्ने महान विचार अनन्तमा रहेको छ । जाली, शोषक, दुष्ट, भ्रष्ट नेताहरू समाजका निम्नवर्गीय पात्रहरू, सम्भ्रान्त व्यक्तिहरू राम, कृष्ण, बुद्ध, सीता, भृकुटीलगायतका पात्रहरू यस महाकाव्यमा वर्णनात्मक रूपमा आए पनि उनीहरूको भूमिका कमजोर देखिन्छ । यसरी हेर्दा यस महाकाव्यमा विषयवस्तु, घटना सन्दर्भ र चरित्र अन्तरघुलित बनेर आएका छन् र यिनै त्रिआयामिक पक्षलाई यसमा उतार्ने कोसिस गरिएको छ ।

आकारमा विशाल रूप हुँदाहुँदै पनि यसको कथानक भने झिनु जस्तो लागे पनि भित्रि गर्भमा नायक नायिकाका माध्यमबाट विश्वब्रह्माण्ड कै प्रकृति विचरण गर्दै मानवीय, भौतिक, प्राकृतिक, सामजिक,आध्यात्मिक जगत् उतारेर कथानक प्रदान गरेकाले विशाल नै मान्नुपर्ने हुन्छ ।

धराकर्षण महाकाव्यमा नेपाली समाज
धराकर्षण महाकाव्य वर्णनात्मक महाकाव्य हो । कम पात्रहरूको चयनद्वारा नै कविले विशाल महाकाव्यको सिर्जना गरेकी छन् । यस महाकाव्यमा नेपाली समाजमा भएका दु:खकष्टहरूको फेहरिस्त उतारिएको छ भने उच्च वर्गबाट हुने शोषण, दमन र अत्याचारको झाँकीसमेत उतारिएको छ । भ्रष्ट नेताहरूले देश बिगारेकोमा आक्रोश पोखिएको छ, आलोचना गरिएको छ तर पनि आशावादी बनेर सुन्दर समाज निर्माणको कामनासमेत गरिएको छ । यसमा स्वतन्त्रताको वकालत गरिएको छ । नारी अस्मिताको लागि लेखक पर्खाल बनेर उभिएकी छन् । नेपाली संस्कृतिको गुणगान गाइएको छ । विभेदको संस्कृतिको विरोध गरिएको छ । पुर्खाको बलिदान र योगदानको चर्चा गरिएको छ । यही राष्ट्रमा उद्योग, कलकारखना, सडक, पुल, विद्युत् निर्माण गरी सुन्दर समाजको निर्माण गर्ने चाहना राखिएको छ । मानिसभित्र भएका दम्भ, रिस, ईर्ष्या र कुण्ठाहरू हटाएर हातमा हात र काँधमा काँध मिलाएर सत्कर्ममा लाग्नसमेत आह्वान गरिएको छ । खेतीपाती, गाईगोठ, घाँसदाउरा, मेलापातका नेपाली समाजका चित्रहरू यस महाकाव्यभित्र जीवन्त बनेर आएका छन् । केही उदाहरणहरू हेरौँ :

बाढीले घर बगाई लान्छ हिलोले पुर्दछ
औँसी व पूर्ने तिथिमा मान्छे सड़क कुर्दछ
कलिला मुना बेचिन्छन् यहाँ यौनको प्यासमा
लुटिन्छन् केही युवती यहाँ दाउरा, घाँसमा ।। (पृष्ठ : २०७, श्लोक :३१)

मेला र पात कान्छीले गर्छे कान्छो छ मातमा
लोग्नेले लुट्छ सरकारी धन स्वास्नी छे तासमा
केही नै गरे सुध्रिन्न यहाँ दैनिकी उस्तै छ
छक्का र पन्जा चौकाको दाउ दिनहुँ बढ्दै छ । ( पृष्ठ : २०७ , श्लोक : ३२ )

यसरी नेपाली समाजमा देखिएका विकृति विसङ्गतिहरूलाई कविले जीवन्त चित्रण गरेकी छन् । छाडातन्त्रले गर्दा समाज बिग्रिएको र मानवता हार्दै गएकोमा कवि चिन्तित छिन् र यसरी कवितामार्फत दु:ख व्यक्त गर्दै सचेत हुन् आग्रह गर्दछिन् ।

छाड़ा तन्त्र भयो प्रजा र र पथको कालो प्रथा झ्याङ्गिँदा
छोरी भूण हुँदै त मिल्किन गइन् भो निर्दयी सम्पदा
दुर्गा शक्ति स्वयम् यही मुलुकमा मर्छन् बलात्कारले
हार्दो मानवता अहो समय यो थर्कन्छ चीत्कारले ।। (पृष्ठ :२५६, श्लोक: ५०)

यसरी लेखक एकातिर देशका यस्ता विकृति देखेर दु:खी बनेकी छन् भने मानवताको सन्देश छर्दै काव्यका नायक नायिकामार्फत यस्ता विकृतिहरू हटाउन उद्यत रहेकी देखिन्छिन् ।

धराकर्षण महाकाव्यमा प्रकृति
धराकर्षण महाकाव्य धर्ती र आकाशको मिलनबाट बनेको हुनाले यसमा स्वतस्फूर्त रूपमा प्रकृतिका विविध रूपहरू चित्रण गरिएका छन् । यस महाकाव्यमा प्रकृतिका सौम्य र रौद्ध दुवै रूपको यत्रतत्र चित्रण देख्न पाइन्छ । जून, तारा, पात, लहरा, नदी, हिमाल विभिन्न ऋतुहरू आदिको वर्णन यस महाकाव्यमा सहज रूपमा गरिएको छ । यस महाकाव्यमा प्रकृतिको वर्णनमा अधिकांश ठाउँमा प्रकृतिको मानवीकरण गरिएको छ भने कतै कतै मानवको प्रकृतीकरण पनि गरिएको छ । मानवको प्रकृतीकरण गरेको एउटा उदाहरणहरू हेरौँ :

उर्वरा धरणी बन्दै सिर्जना सृष्टिमा रमी
अस्मिता युगमा आई खोल्द्छिन् जो नयाँ जुनी
धर्तीकी नायिका बन्छिन् धर्ती चित्र उदाउँदा
सौदामिनी कतै बन्छिन् चम्किने बिजुली हुँदा ।। ( पृष्ठ १५३ ) लोड ७० )

यस्तै प्रकृतिको मानवीकरण गरिएका केही उदाहरणहरू हेरौँ:

अवदित मत पार्दै बोल्दछिन् ती उषाले
नवकिरण छरेका सूर्यका याचनाले
पल पल धरणी यी नित्य सङ्कल्प गर्छिन्
मनुज पथ उकास्ने सत्य संसार खोल्छिन् । (पृृष्ठ: ९९, श्लोक : ४१ )

हिमाल हाँस्छ दूरमा पहाड हाँस्छ दूर भै
र जून हाँस्छ दूरमा र सूर्य बस्छ दूर नै
सुदरमा रही यिनै समस्त तेज छर्दछन्
तसर्थ प्रेमकी धरा अनन्त प्रेम गर्दथिन् । ( पृष्ठ ) २३० , श्लोक : ४६ )

यसरी माथिका उदाहरणहरूबाट भन्न सकिन्छ कि धराकर्षण महाकाव्यमा स्वतस्फूर्त रूपमा सरल तरिकाले प्रकृतिको सुन्दर चित्रण गरिएको छ । त्यसमा पनि अधिकांश श्लोकहरूमा सहजै प्रकृतिको मानवीकरण गरिनु यस काव्यको विशेषता हो ।

धराकर्षण महाकाव्यमा छन्द विधान
धराकर्षण महाकाव्यमा शास्त्रीय छन्द र गीति छन्द गरी जम्मा बत्तिसओटा छन्दको प्रयोग गरिएको छ । यसमा पञ्चचामर, शार्दूलविक्रीडित, अनुष्टुप्, इन्द्रवज्रा, उपजाति, उपेन्द्रवज्रा, सुग्धरा, शिखरिणी आदि प्रचलित छन्दहरूमा कविको कलम अन्य छन्दका तुलनामा सहज तरिकाले तीव्र गतिमा दौडिएको पाइन्छ । चलनचल्तीमा कम प्रयोगमा आउने र लेखिने छन्दहरू सोमराजजी, इन्दिरा, नगानिका, विमोहा, महालक्ष्मी, हंसी, तिलका र प्रभावलीजस्ता छन्दहरूमा समेत उनको कलमले सफलता पाएको देखिएकाले उनी जुनसुकै छन्दमा पनि सशक्त रूपमा कलम चलाउन सक्छिन् भन्ने पुष्टि हुन्छ । छन्द प्रयोगका दृष्टिले हरेक सर्गान्तमा छन्द परिवर्तन गर्नुपर्ने र त्यसले आउँदो सर्गको छन्दलाई सङ्केत गर्नुपर्ने महाकाव्यको परिभाषालाई भने यसले अवलम्बन गरेको देखिँदैन । छन्द्रले कविको भावको बहावलाई कतै पनि रोकेको नपाइनाले छन्द प्रयोगका दृष्टिलेसमेत यो महाकाव्य उच्च कोटिको देखिन्छ । यस महाकाव्यमा प्रयोग भएका छन्दहरू गण र मात्रासहित पुस्तकको अन्त्यमा राखिएको हुनााले छन्दसम्बन्धी यहाँ यति मात्र चर्चा गरिएको छ ।

धराकर्षण महाकाव्यमा रस विधान
महाकाव्य सिद्धान्तअनुसार महाकाव्यमा नौओटै रसहरूको प्रयोग गरिनु राम्रो मानिन्छ र त्यसमा पनि रसहरूको राजा मानिएका शृङ्गार वा करुण रसलाई केन्द्रमा राखेर महाकाव्य रचिनु उचित हुन्छ । रस प्रयोगका आधारमा यस महाकाव्यको अध्ययन गर्दा यसमा केन्द्रीय रसका रूपमा शान्त रस नै प्रबल बनेर आएको देखिन्छ । यस पछाडि करुण, रौद्र, बीभत्स, अद्भुत, वीर, भयानक आदि रसहरू यस महाकाव्युमा प्रचुर मात्रामा पाइए पनि शृङ्गार र हास्य रसको भने कमै प्रयोग देखिन्छ । यस महाकाव्यमा प्रयोग गरिएका रसका केही उदाहरणहरू हेरौँ :

शान्तरसको उदाहरण
हावामा वनको कपूर, तुलसी बग्दै छ वास्ना छरी
बज्दा मन्दिरमा र शत्व धुनका आनन्द ऊर्जा भरी
झर्ना शीतल दिन्छ बग्छ लयमा आह्लÞाद एकै गरी
हाम्रो देश छ चन्द्रसूर्य सरि यो ॐकार झैँ झल्झली ।। (पृष्ठ : ३२४, श्लोक : ६९)

रौद्र रसको उदाहरण
तँ कालो सर्प होस् यस्तै डस्दछस् नित्य बालिका
पुज्दछन् व्रतमा बस्दै देवी, दुर्गा सधैँ उता
कुमारी बालिका यौटी दुर्गाकी रूप हुन् यिनी
डर्दिनन् शक्तिकी देवी गर्छस् के अब बैगुनी ? (पृष्ठ : १५०, श्लोक : ५५)

वीर रसको उदाहरण
तसर्थ भित्र मेरै यो ज्योतिबिम्ब चलाउँछु
म मेरो राष्ट्रको झन्डा विश्वमा फहराउँछु
सामन्तका सबै आँखा ध्वस्त पार्दै डढाउँछु
तेरा दुष्ट कथा मास्दै विश्वसामु उदाउँछु । ( पृष्ठ : १५१ , श्लोक : ६२)

भयानक रसको उदाहरण
तिनै कुरा थिएँ सोच्दै पाठशाला पुगेँ जब
प्राचार्य पुष्प आदेश गर्छन् सुन्छु म बाहिर
पाले दाइ मलाई ती आए बोलाउने गरी
गएँ लुत्रुक्क पर्दै म काँपेछ मन थर्थरी ।। (पृष्ठ : १२६, श्लोक : ४१)

अद्भुत रसको उदाहरण
जान्थे के भन बुद्ध, राम वनमा त्यागेर पत्नी घर !
फाट्थिन् के धरणी बिनाकसुर ती भत्काउँदै आँचल
धर्ती रूप थिइन् जहाँ सृजनकी फाटेर छोरी लिइन्
छाती खोलिदिइन् र एक तहमा सीता सधैँ अल्पिइन् । (पृष्ठ : ३००, श्लोक : ५३ )

शृङ्गार रस
आँखाको रसमा थिए नवसुधा तान्यो बनी चुम्बक
आँखाबाट कतै वगे नदनदी चुम्दै हिमाली तट
पुग्दै धड्कनका तथा हृदयमा झङ्कार नौलो दियो
सच्चा प्रेम कहाँ डग्यो र भन लौ बालौँ उज्यालो दियो पृ ५४५ श्लोक : ८३)

हास्य रस :
चीत्कारी चङ्खे चलाख बन्दा चिप्लियो चप्पल
चौकोसे चल्ला चिरैतो चिन्दा चल्दछ चन्चल
चाबीको चौका चास्नीको चक्का चटक्क चक्लेट
चाकरीबाट चन्चुको चाबी चमक्क चम्केर (पृ२१० :श्लोक ४६)

माथिका उदाहरणहरू केही नमुना मात्र हुन् । यस्ता उदाहरणहरू काव्यभित्र प्रशस्तै भएकाले रस प्रयोगका दृष्टिले समेत यो कृति सुन्दर देखिन्छ ।

धराकर्षण महाकाव्यमा अलङ्कार प्रयोग
यस महाकाव्यभित्र शब्दालङ्कार,अर्थालङ्कार र उभयालङ्कार तीनवटै अलङ्कारको प्रयोग पाइन्छ । यस महाकाव्यमा शब्दालङ्कारअन्तर्गतका यमक, श्लेष, अनुप्रास र अर्थालङ्कारअन्तर्गतका उपमा, रूपक, दृष्टान्त, उल्लेख, दीपक, अर्थान्तरन्यास, लोकोक्ति, प्रश्न, अतिशयोक्ति, अधिक, समासोक्ति, उत्प्रेक्षालगायतका विविध अलङ्कारको प्रयोग पाइन्छ । समग्र महाकाव्यभरि यस्ता अलङ्कारहरू स्वतस्फूर्त रूपमा आए पनि शब्दालङ्कारअन्तर्गतको अनुप्रास अलङ्कार अन्तर्गतको छेकानुप्रास अलङ्कारको प्रयोगमा भने कतै कतै स्वतस्फूर्त रूप र कतै कतै कृत्रिम रूप हो कि भन्ने लाग्दछ ।

अलङ्कारका केही उदाहरणहरू हेरौँ:

छेकानुप्रास अलङ्कारको एउटा सुन्दर उदाहरण
पूर्णात्मा मनले प्रकाण्ड मनको पूर्णेन्दु भै पूर्णमा
पूर्वी प्रान्त पला र पश्चिमपला पूर्णेन्दु भै प्रेममा
पाऊँ पूर्ण पला, पला प्रतिपला पूर्वाङ्ग पूर्णाङ्कन
पूर्णैपूर्ण बनोस् पुगेर युगमा यो काव्यको धड्कन ।। (पृष्ठ :५५, श्लोक : १०)

यस्तै बनावटी वा कृत्रिमजस्तो लाग्ने छेकानुप्रासको उदाहरण
काकाका ककल्कल गरी कक्रेर फल्दाा पनि
काकाका ककका ककर्मठ बनी कुर्सी अचेटे पनि
केही भिन्न भएन मातृमठ त्यो जस्तै उदाए पनि
धर्तीको अभिभाज्य शक्तिपथले औतार ल्याए पनि ।। (पृष्ठ :२६१, श्लोक : २५)

यस उदाहरणमा बिनाअर्थ अलङ्कार प्रयोगकै निम्ति यी शब्दहरू प्रयोग गरिुएका हुन् कि भन्ने लाग्दछ ।

यस्तै यमक अलङ्कारको एउटा उदाहरण हेरौँ:

अचल चल बनेका कर्मण्का ताजबाट
रसमय सरिताका मर्मका भाववाट
सरस रस बनेका कन्दराका कहानी
गुण सब धरणीका खोल्न थालिन् हिमानी पृष्ठ : १५७, श्लोक ३ )

रूपक अलङ्कारको उदाहरण
औँसीको रातमा चन्द्र चाँदनीका कथा टिपी
चाँदनी अस्मिता बन्थिन् चन्द्रसूर्य सबै झिकी
खेल्दथिन् सूर्यका साथ बिहानीका कलासँगै
हाँस्दथिन् सूर्यका साथ प्रकृति कृतिका हुँदै ।। ( पृष्ठ : १४५, श्लोक : ११)

उपमा अलङ्कारको उदाहरण
फूलमा जून झैँ हाँस्थिन् जून साथ सदा भुली
चाँदमा चाँदनीजस्तै रङ्ग भर्थिन् उनी खुली
बाबकी काखकी रानी बालिका ती मनोहर
बगैंचा बिचकी फूल कल्पलता सरोवर ।। (पृष्ठ : १४१, श्लोक : १३)

उल्लेख अलङ्कार
अस्मिता हुन् उनी आफैँ अस्तित्वपूर्ण बन्दछिन्
सङ्कल्प हुन् उनी आफै सङ्कल्प पूर्ण गर्दछिन्
सिद्धि हुन् बुद्धि हुन् आफैँ सिद्धिबुद्धि दिलाउँछिन्
अस्मिताको महारेखा सृष्टिसामु खुलाउँछिन् ।। (पृष्ठ : १५४, श्लोक : ७४)

दीपक अलङ्कार
सशक्त क्रान्तिवीर नै लडेर मन्द मन्द छन्
कुबेर अर्थतन्त्रमा सुकेर नित्य ढल्दछन् ।। (पृष्ठ : ४१३, श्लोक : २६)
.

लोकोक्ति अलङ्कार
आगो बले झै किन बढ्छ राप
भन्छन् सतीको छ यहाँ सराप ।। (पृष्ठ : ६२, श्लोक : ४६)
औँलो दिन्छु तथापि हेर डुँडुलो निल्छन् नि नेता सबै (पृष्ठ : ३१८, श्लोक : ४० )
लाटा छन् यदि ती भने सडकमा पेल्छन् नि बाठा बनी
सोझो लङ्दछ खस्छ चट्ट तर खै बाठो उडेकै छ नि ।
बाठा छन् धनका नितान्त मनका ती छद्मभेषीहरू
लाटो लङ्दछ नित्य त्यो सडकमा बाठा हरामीहरू ।। (पृष्ठ : ५१५, श्लोक : ९६)

संसृष्टि अलङ्कार
हुन् राम राज्य रमिता अनि श्याम कृष्ण
कल्की कि बुद्ध कलिका कि त भ्रान्ति भीष्म
हैनन् उनी समय रावण, कंस ध्वंस
हुन् नित्य सत्य कलिका कलिबिम्ब अंश (पृष्ठ : ६१६, श्लोक : २५ )

धराकर्षणमा बिम्ब र प्रतीक
धराकर्षण महाकाव्यमा कविले प्रकृति र समाजका विभिन्न बिम्ब र प्रतीक लिएर काव्यलाई सुन्दर बनाउने प्रयत्न गरेकी छन् । जूनको टहटह, ताराको चमचम, नदीको कलकल, गाउँबाट सहर आएर भाँडा माझेका बिम्बहरू, समाजका जाली दुष्टहरूका अन्याय र अत्याचारका बिम्बहरू दुरुस्त बनेर महाकाव्यमा आएका छन् । समाजका असल मान्छेका प्रतीकका रूपमा राम, कृष्ण, बुद्धलाई लिइएको छ भने दुष्ट व्यक्तिका प्रतीकका रूपमा बाँदर, जुम्रा, बाज, रावण, कंस आदिलाई प्रयोग गरिएको छ । समग्र धर्ती र आकाश नै यसमा अनन्त र अस्मिताका रूपमा कतै बिम्ब र कतै प्रतीकका रूपमा प्रयोग भएर आएका छन् । यसैले पनि बिम्ब र प्रतीक प्रयोगका दृष्टिले यो महाकाव्य उच्च स्तरीय देखिन्छ ।

एउटा उदाहरण हेरौँ,
चाहे कृष्ण बनुन् र दिव्य मथुरा आनन्दले भर्दिउन्
चाहे राम बनुन् र रावणहरू नेतृत्वमा पल्किउन्
सच्चा कर्मबिना हुँदैन युगको आस्था उज्यालो कतै
सच्चा मार्ग हिँडौँ प्रशस्त विधिका सम्भावना छन् यतै ।। (पृष्ठ :२५८, श्लोक :१२)

धराकर्षणमा राष्ट्रियता, देशप्रेम र मानवतावाद
धराकर्षण महाकाव्य राष्ट्रियता र देशप्रेमको भावनाले भरिएको एक उच्च स्तरको महाकाव्य हो । यसका प्रत्येक सर्ग पढ्दा हाम्रा नसा नसामा देशप्रेमको भावले रक्त सञ्चारधमनीहरू भरिने गर्दछन् । समाजका दुष्टरूलाई नासेर, मानव मनका विकृतिहरूलाई हटाएर, देशभरि बुद्धत्वको भाव छर्दै राष्ट्र निर्माणमा लाग्न आह्वान गरिएको यो महाकाव्य उच्च कोटिको छ । देशविदेशमा भ्रमण गरेर आएका यस काव्यका नायक पनि विश्वभ्रमणबाट आपूmले पाएको ज्ञान आफ्नै देशमा छर्न चाहन्छन् । जातिभेद, धर्मभेद, लिङ्गभेदबाट माथि उठेर हरेक मानिसमा चेतनाको वीज छदै कर्मपद्धतिबाट अगाडि बढ्न आह्वान गर्दछन् । असल कर्मका दिव्य योजना बोकेर सहर र गाउँका प्रान्त प्रान्तमा निस्केर ठाउँअनुसारका योग्य योजना बनाउन थाल्दछन् । उनी कर्मसाधना खेर जान दिनुहुन्न भन्ने सोच लिएर अगाडि बढ्छन् र सम्पूर्ण मानवलाई देशविकासमा लाग्न आग्रह गर्छन् । यस महाकाव्यमा प्रेममय जीवन बिताउन, अनन्तपथ समातेर अगाडि बढ्न र समाजमा त्याग गर्न आह्वान गरिएको छ । देशमा भएका बलात्कार, हत्या, चोरी, डकैती, भ्रष्टाचार आदि अन्त्य गरी सडक, पुल, विद्युत्, अस्पताल निर्माण गर्न र नयाँ खेती प्रणालीको अवधारणा ल्याई उद्योगहरू खोल्नसमेत यसमा आग्रह गरिएकाले यो काव्य अब्बल लाग्दछ । बुद्धात्मा झैँ भएर अमर रसमा पौडिएर विविध धुनले मानिसको हृदय छुन सकूँ भन्ने उच्च भावना बोकेको यो महाकाव्य राष्ट्रियता र मानवतावादी दृष्टिकोणले समेत अब्बल दर्जाको ।

धराकर्षण महाकाव्यमा दार्शनिकता
यस महाकाव्यमा माक्र्सवादी जीवनदर्शन, वेदान्त दर्शन, बौद्ध दर्शन आदि विविध दर्शनको प्रभाव र सम्मिश्रण पाइन्छ । यस काव्यका नायक नायिकामार्फत कविद्वारा नायकमा बुद्धत्व प्रवेश गराएर ज्ञानका माध्यमद्वारा कर्तव्यमा लाग्न र आत्मिक चेतनाको विकास गर्दै बुद्ध मार्गमा लाग्न आहवान गरिएको छ । कतै हिंसामुक्त समाजको आह्वान गरिएको छ । त्यसैले यसमा बौद्धदर्शनका आधारमा अध्ययन गर्न सकिने प्रशस्त मार्गहरू देखिन्छन् । योग ध्यान र कर्मयोग , साधना, तपस्या, ब्रह्मत्व र ब्रहमज्ञान आदिका माध्यमबाट युगले विकासको काँचुली फेर्न सक्ने र पहिला हाम्रो आत्मा शुद्ध गर्न आध्यात्मिक चिन्तनको आवश्यकता पर्ने कुरासमेत यस काव्यमा औल्याइएको हुनाले यस महाकाव्यलाई वेदान्त दर्शनका आधारमा समेत अध्ययन गर्न सकिने छ । यस्तै निम्नवर्गका नायक नायिका अनन्त र अस्मिता तथा तिनीहरूले उच्च वर्गका व्यक्तिहरूबाट पाएको प्रताड़ना र त्यसको मुक्तिका लागि गरेको सङ्घर्षलाई हेर्दा माक्र्सवादी जीवन दर्शनका आधारमा समेत यस महाकाव्यको अध्ययन गर्न सकिने देखिन्छ ।

धराकर्षण महाकाव्यमा सूक्ति प्रयोग
जीवन जगत्सँग सम्बन्धित पाठकका मन र मस्तिष्कमा कालजयी बनेर बस्ने कविताहरूको सुन्दर सिर्जना नै सूक्ति हो । थोरै शब्द वा कवितका लहरहरूमा व्यापक अर्थ प्रदान गरी कविता लेख्न सक्नु कविको कवित्वको उचाइ हो । । यस महाकाव्यमा पनि केही यस्ता सूक्तिहरूको प्रयोग पाइन्छ । जस्तै,

जीवन भत्किएर गए पनि मनमा भएको आस्था भत्किँदैन । श्रद्धा र आस्थाले नै मानिसमा प्रेमजागृति लिएर आउँछ । स्वार्थीले त्यागको परिभाषा चिन्दैन । त्यागी मानिसहरू त्यागकै उज्यालोले बल्दछन् । यसरी हेर्दा सूक्ति प्रयोगका दृष्टिले पनि यो महाकाव्य उच्च स्तरीय छ भन्न सकिन्छ ।

सूक्तिको एउटा सुन्दर उदाहरण हेरौँ,
. मैलेमा मनको आस्था मैलिन्छ सबको मन
सुकिला मनका मान्छे भएमा खुल्छ जीवन
मासियुन् दुष्टका हात नासियुन् रिसका जरा
सारा सिप लगाएमा बन्छ है देश उर्वरा ।। (पृष्ठ १९१, श्लोक : ६०)

धराकर्षण महाकाव्यको शीर्षक
धराकर्षण धाराको आकर्षण समास विधिद्वारा निर्मित तत्पुरुष समस्त शब्द हो । यस शब्दले धराले संसारका हरेक प्राणीलाई आकर्षित गरे झैँ आकाशलाई पनि आकर्षित गरिरहेको छ भन्ने अर्थ दिइरहेको छ । यस काव्यका नायक आकाशरूपी अनन्त र अनन्तरूपी आकाशलाई धर्तीरूपी नायिकासँग मिलन गराएर लेखकले सृष्टि सौन्दर्यका लहरहरू धर्तीभरि छर्ने प्रयत्न गरेकी छन् । धर्ती र आकाशको मिलनबाट सृष्टिका अनेकौं सिर्जना रचिएजस्तै हरेक मानिसभित्र पनि अनन्त र अस्मितामा झैं आकाश र धर्ती अन्तर्निहित भएर रहेका छन् । त्यसैले हरेक मानिसले अनन्य र अस्मिताले झैँ सत्कर्ममा लागेर सद्भावना बाँडेर धर्तीलाई सुन्दर र हरियालीयुक्त बनाउनुपर्छ । सृष्टि सौन्दर्यका वीजहरू छर्नुपर्छ । राष्ट्रनिर्माणमा लाग्नुपर्छ । व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थलाई महत्त्व दिनुपर्छ भन्ने सन्देशसमेत यस महाकाव्यले प्रवाहित गरेको छ । धर्ती र आकाशको गुरुत्वाकर्षणले जसरी एक वस्तुलाई अर्कोतिर तानिरहेको हुन्छ त्यसैगरी हरेक व्यक्तिभित्र भएको मन, वचन र कर्मको गुरुत्वले संसारका हरेक प्राणीलाई आफूतिर तान्न सकिन्छ भन्ने ध्वनि महाकाव्यको शीर्षकबाट अभिव्यञ्जित भएको छ । यसरी हेर्दा अभिधा, लक्षणा र व्यञ्जना अर्थमा समेत यस महाकाव्यको शीर्षकको सार्थकता देखाउन सकिन्छ ।

निष्कर्ष
ऐरावती प्रकाशनद्वारा प्रकाशित बाहिरी बाक्लो गाता (कडा) र पातलो गाता दुवैमा प्रकाशन गरिएको यो पुस्तक ६४० पृष्ठको छ । प्रकाशकीय, भूमिकालेखन, विषयसूची र बाहिरी आवरणसहित यसमा जम्मा ७०० पृष्ठहरू रहेका छन् । यसरी हेर्दा धराकर्षण महाकाव्य आकारका दृष्टिले बृहत् महाकाव्य हो । ३५ सर्गमा संरचित यस महाकाव्यमा शास्त्रीय र गीतिलयमा रचिएका ३२ वटा छन्दहरू प्रयोग गरिएका छन् । अन्य महाकाव्यहरूमा झैँ यस महाकाव्यको सुरुआत पनि आशीर्वचनात्मक मङ्गलाचरणबाट गरिएको छ । प्रत्येक सर्गको अन्त्यमा छन्द परिवर्तन नगरिएको, झिनो कथानक भएको यो महाकाव्य कवित्व, विचार र भावनाका दृष्टिले भने उच्चकोटिको रहेको छ । यो कृति राष्ट्रप्रेम, मानवतावादी दृष्टिकोण, प्रकृतिचित्रण, अलङ्कार प्रयोग आदिका कोणबाट उच्च रहेको छ । नेपाली समाज र वर्गद्वन्द्वलाई समेत सचित्र उतार्न सफल यो महाकाव्यलाई माक्र्सवादी जीवन दर्शन, बौद्ध दर्शन र वेदान्त दर्शन आदिका आधाारमा तथा नारीवादी दृष्टिकोणबाट समेत अध्ययन गर्न सकिने छ । अधिकांश तत्सम शब्दहरूको बाहुल्य रहेको यस महाकाव्यमा उखान, टुक्का, सूक्ति, अनुकरणात्मक शब्दहरू आदिको प्रयोगले काव्यको भाषालाई अझ सुन्दर र सुललित बताएको छ । वर्ण विन्यासगत दृष्टिले समेत मानक भाषाको प्रयोग गरिएको यो महाकाव्य वर्तमान समयको एउटा ठुलो प्राप्ति हो ।

धर्तीलाई नायिका र आकाशलाई नायक बनाएर तिनीहरूकै प्रतिबिम्ब स्वरूप अस्मिता र अनन्तालाई काव्यमा उभ्याएर सिङ्गो महाकाव्यभित्र देशप्रेमको भाव उजागर गर्दै मानवतावादी सन्देश प्रवाह गर्न लेखक सफल देखिन्छिन् । नेपाली काव्य जगत्मा नारी स्रष्टाहरूको न्यून उपस्थिति रहेको समयमा अनि कविता विधाका पाठक र स्रोता कम छन् वा छँदै छैनन् भन्ने आबाज उठिरहेका समयमा यस्तो विशाल आकारको महाकाव्य सिर्जना गरी साहित्यका पाठकहरूलाई प्रदान गर्नु र साहित्यको श्रीवृद्धि गर्नु पनि भट्टराईको ठुलो उपलब्धि हो र नेपाली साहित्य जगत्को गहन प्राप्ति हो । विभिन्न छन्द, रस, अलङ्कार, विम्ब, प्रतीकहरूलाई सहजै प्रयोग गर्न सक्नु, नेपाली समाजको सजीव चित्र उतार्नु, कल्पना र यथार्थ घटना दुवैलाई जोडेर कथानक उन्नु अनि देशप्रेम र मानवतावादी सन्देश प्रवाह गर्नु पनि यस महाकाव्यका प्राप्ति हुन् भने थोरै पात्र चरित्रहरू हुनु र कथानक झिनु जस्तो लागे पनि भित्रि गर्भमा नायक नायिकाका माध्यमबाट विश्वब्रह्माण्ड कै प्रकृति विचरण गर्दै मानवीय, भौतिक, प्राकृतिक, सामजिक,आध्यात्मिक जगत् उतारेर कथानक प्रदान गर्नु यस महाकाव्यका उपलब्धिहरू हुन् । आशा छ, आगामी दिनमा उनीबाट यसभन्दा अझै उत्कृष्ट र गुणात्मक महाकाव्य नेपाली साहित्यले पाउने छ । आज भने उनलाई धेरै धेरै धेरै शुभकामना र बधाई छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
धर्म पोखरेल
धर्म पोखरेल
Post Views: 277
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.