SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आवारा बादल : सङ्क्षिप्त प्रतिक्रिया’
समीक्षा

आवारा बादल : सङ्क्षिप्त प्रतिक्रिया’

प्रा.कपिल अज्ञातBy Sahitya SagarOctober 22, 2022No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कपिल अज्ञात (२०१३, चैत्र डाँडेटारी पौवेगैँडो, स्याङ्जा, सुपुत्र : लीलाधर रेग्मी, चन्द्रकला रेग्मी शिक्षा एवम् साहित्य क्षेत्रमा समर्पित प्रतिभा हुन् । नेपाली भषासाहित्यमै उच्च शिक्षा लिएर प्राध्यापन पेसामा संलग्न अज्ञातको सिर्जनात्मक र समीक्षात्मक दुवै सामथ्र्य उल्लेख्य छ । २०४६ सालमा ‘मेरो देश महान् छ’ शीर्षकको कविता प्रकाशन गरी साहित्य क्षेत्रमा सार्वजनिक भएका अज्ञातका अज्ञातका कविता (२०४७), साहित्य सिर्जन प्रक्रिया (२०५५), समालोचनाको सन्दर्भ (२०५५), समीक्षासन्धान जस्ता कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘आवारा बादल : सङ्क्षिप्त प्रतिक्रिया’ शीर्षकको निर्मोही व्यासको आवारा बादल नियात्रासङ्ग्रहमाथि लेखिएको वस्तुगत समीक्षा प्रस्तुत गरिएको छ ।

-सम्पा.

प्रसिद्ध नियात्राकार निर्मोही व्यासको २०७८ सालमा शिखा बुक्सबाट प्रकाशित नियात्रासङ्ग्रहको शीर्षक हो ‘आवारा बादल’ । ‘आवारा’ आयातित शब्द हो र यसको कोषीय अर्थ हो— बेकारमा घुम्नु, भट्किनु, कुमार्गगामी बन्नु । तापनि सिर्जनात्मक रूपमा यसबाट नयाँ अर्थ ध्वनित गरिएको छ । बादलमा ‘आवारा’ विशेषण थपेर सैद्धान्तिक दृष्टिले सिर्जनात्मक लोकमा नवीन प्रकाश पारिएको छ । वस्तुतः नियात्राकारमा चाहिने सटीक र गुरुत्वपूर्ण गुण हो आवारापन । किनभने जो सही यात्राकार छन् ती आवारा नभईकन सिर्जनात्मक मूल्यतत्त्व प्राप्त गर्न सक्तैनन् । जहाँ पुग्न भन्यो त्यहीँ पुगेर आयो, त्यो त ठिमीले यात्रा भयो । त्यहाँ बहकिने, बरालिने र नवीन अनुभवहरू समेटिने कुनै प्रक्रिया र प्रावधान हुँदैन । त्यसैले कृतिगत सन्दर्भमा यो शीर्षक पूर्ण रूपमा सटीक, सार्थक र सौन्दर्ययुक्त छ, बहुअर्थी र विम्बात्मक छ भन्ने मान्यता राख्दछु म ।

आवारा बादल (२०७८) लेखकको पाँचौँ नियात्राग्रन्थ हो र समग्रमा सत्रौँ कृति हो । यसमा जम्मा सोह्रवटा नियात्रा सङ्गृहीत छन् । ती सबै विभिन्न पत्रिकामा पूर्वप्रकाशित छन् । लेखकले यस कृतिभित्रको आठौँ नियात्रामा प्रयुक्त पदावली ‘आवारा बादल’ का आधारमा कृतिको शीर्षक ‘आवारा बादल’ राखेका छन् । यस लेखमा सङ्क्षिप्त प्रतिक्रियाका रूपमा कृतिको समीक्षा गरिँदै छ ।

पुस्तकभित्रको पहिलो रचना हो ‘एक्लो यात्री’ । यसमा लेखकद्वारा नवयुवाकालमा बारा जिल्लाको एउटा थारुबहुल गाउँको माध्यमिक विद्यालयमा अध्यापन गर्दा एकबिहान घरदेखि त्यहाँसम्म गरिएको रोमाञ्चक र संवेद्य यात्राको वर्णन छ । विषयगत कारुणिकतालाई शैलीगत कारुणिकताले आप्लावित तुल्याई नियात्रालाई अत्यन्त मार्मिक बनाउनमा नियात्राकारको सम्मोहक सीपले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।

रचनालाई विस्तृत रूप दिन र त्यसलाई परिपाकयुक्त तुल्याउन बरालिने प्रवृत्तिको झलक ‘टीकाजस्तै टीकापुर’ मा पाउन सकिन्छ । यस नियात्रामा राजा महेन्द्रसित गाँसिएका आफ्ना पुराना स्मृतिहरूलाई उत्खनन गर्दै नेपाल आमाको निधारको टीकाजस्तै बनेको कैलालीको टीकापुर र त्यहाँको ‘बृहत् टीकापुर उद्यान’ को मनोरम चित्र खिँचिएको छ । टीकापुर उद्यानको स्थापना राजा महेन्द्रबाट भएकाले पनि यसमा राजा महेन्द्रका पुनीत कार्यको पृष्ठभूमि दर्शाइएको छ ।

‘एक रात : दुई अनुभूति’ चितवनका छन्दकवि चेतकान्त चापागाईँसँगको माडी र ठोरीयात्रामा भोग्नुपरेका विषादजनक र आनन्दप्रद दुवै अनुभूतिको अद्भुत चित्रण गरिएको छ । बाहिर ठिक्क पार्ने तर भित्री सङ्कीर्ण मनोवृत्तिले जीवन निर्वाह गरेका सामाजिक खलपात्रको चरित्र पनि उदाङ्ग पारिएको छ । जीवनका संवेद्य पक्ष प्रस्तुत गर्न नियात्राकार खप्पिस देखिन्छन् । जीवनमा आवारावृत्तिले पाएको दुःख र आनन्दको चित्रणले यहाँ पाठकको मनलाई निकै संवेदित र करुणाविगलित तुल्याउँछ ।

झिनोमसिनो विषयलाई पनि आफ्नो सीपकौशलले फुकाई फैलाई नियात्रालाई मनोरम गति दिन सक्ने व्यासको सीप ‘कस्तो लाग्यो कसरा ?’ मा छताछुल्ल भएको छ । यहाँ पनि व्यासले आवारा वृत्तिले गर्दा दुःखकष्ट झेलेको पाइन्छ । हुइँकिइराखेको मोटरसाइकलबाट अचानक खस्नु, जोरगैँडाको आक्रमणमा पर्नु नियतिजन्य घटना हुन् । यस्तै यस्तै घटनाप्रसङ्गको सजीव वर्णनद्वारा नियात्रा-संस्मरणलाई आस्वाद्य तुल्याउँदै उनले जीवनको सन्देश प्रवाहित गरिरहेका छन् ।

‘मृत्युञ्जयको निम्तोमा’ शीर्षक नियात्राको भावभूमि रामेछाप हो । यस यात्रामा म पनि निमन्त्रित भएको हुँदा तात्कालिक चक्काजामका कारण अप्रत्याशित रूपमा बाटो बदल्नुपरेको जटिल यात्राको म स्वयं पनि एक भुक्तभोगी थिएँ । र, यस यात्राको संस्मरण मद्वारा पनि लेखिएको छ । व्यासको मिहीन र मनोरम वर्णनशैलीले मलाई निकै प्रभावित र प्रेरित तुल्याएको छ । प्रत्येक रचना लेखकहरूको आ-आफ्नो प्रकृति, प्रवृत्ति र प्रयासकै उपलब्धि हो ।

‘सपनाको गौहाटी’ नियात्रामा लेखकले आफ्ना केही मित्रहरूका साथ आसामको गौहाटीका परिवेशको अवलोकन गर्दैै त्यहाँको प्रसिद्ध कामाक्षामन्दिर, नेपालीमन्दिर एवं ब्रह्मपुत्र महानदको मनोरम चित्रण गरेका छन् । साथै आजीविकाको खोजीमा त्यहाँ पुगेर स्थायी बसोबास गर्ने कर्मवीर नेपालीहरूको स्वजाति स्वभाषा र स्वसंस्कृतिप्रतिको गर्वयोग्य प्रेम र समर्पणको श्रद्धापूर्ण वर्णन गरेका छन् ।

‘देवघाटमा सरस्वतीदर्शन’ मा कला र गलाकी देवी शान्ति सुवेदीको सम्मोहक स्वरलहरीको मुक्तकण्ठले प्रशंसा गरिएको छ । श्रद्धालु अभियानमा लागेपछि नियात्राकार व्यास कतिसम्मन् खट्न सक्छन् र त्यसको कतिसम्मन् खोजिनिती गर्छन् भन्ने तथ्यको यो अनुपम दृष्टान्त हो । सुन्दर र मनमोहक वर्णनले युक्त रहेको यस नियात्राले पढ्दै जाँदा पाठकको मनलाई निकै रोमाञ्चित तुल्याउँछ । गीतको स्वर होस् कि सङ्गीतको मोहनी, संवेद्य घटना होस् कि असह्य पीडा जेमा पनि भावुक र लठ्ठ बन्ने नियात्राकार व्यासको नैसर्गिक प्रवृत्ति देखिन्छ ।

सुर्खेतको कुमारी बैङ्कमा प्रबन्धकका रूपमा कार्यरत आफ्नै छोरा, बुहारी र नातिसँगको भेटमा आधारित छ ‘के छ त नि सन्चो र बिसन्चो ?’ जता गए पनि यात्राका निम्ति तरङ्गिने स्रष्टाको मनोवृत्ति यहाँ पनि स्पष्ट रूपमा मुखरित भएको छ ।

सोद्देश्य यात्रामा भन्दा निरुद्देश्य यात्रामा नै आवारा अधिक रमाउँछ । यही प्रवृत्ति ‘बयर खान जाने ?’ मा पनि पाउन सकिन्छ । जीवनको सरल र सोद्देश्यभन्दा वक्र र निरुद्देश्य गतिमा रमाउने आवाराको मूल प्रवृत्ति नै लहडीपन र यायावरीपन हो । त्यसको मूल स्वभाव र प्रवृत्ति यस रचनामा पाउन सकिन्छ । आवाराको रौसे स्वभाव हुन्छ र यसैमा उसको परिचय पनि खुल्दछ । बरालिने-बहकिने आवारा प्रवृत्तिले जीवनमा कैयौँपटक धोका पनि खान सकिन्छ । त्यही धोका खाएको उदेकलाग्दो घटना यस नियात्रामा वर्णित छ ।

‘माडी हुँदै ठोरीसम्म’ नामक नियात्रा ‘एक रात : दुई अनुभूति’ कै पूर्वभागका रूपमा रहेको देखिन्छ । दुवै रचना माडी–ठोरीयात्रामा केन्द्रित छन् । यात्राको मर्मस्पर्शी वर्णन रहनु यसको विशेषता हो । यहाँ पनि बरालिने र भट्किने स्वभावले पाइरहेका कष्टको मर्मस्पर्शी चित्रण छ ।

‘कैलालीको मोहनी’ मा पनि अनमोल सम्झनाहरूलाई सुन्दर शैली-शिल्पले सिँची साँचेको पाइन्छ । नयाँ भूगोल र परिवेशप्रति समुत्सुक रही डुल्न, घुम्न र अवलोकन गर्न भनेपछि असाध्यै हौसिने, रौसिने, फुर्फुरिने र बरालिने व्यासको प्रवृत्ति यत्रतत्र देख्न सकिन्छ ।

नवीन रहस्यबोध भनेपछि त्यसका अणु-अणुसँग साक्षात्कार गर्न खोज्ने, अनुभूतिको सानो झिल्को पाए सिर्जनशीलताको खलाँतीले फुकेर त्यसलाई प्रज्वलित रूप दिएरै छाड्ने व्यास मानूँ नियात्रा र संस्मरण लेख्नकै लागि जन्मिएका मनुवा हुन् । हुन पनि उनका डेढ दर्जन कृतिमध्ये पौने दर्जन नियात्रा र संस्मरणकै कृति छन् । जीवनको उत्तरार्द्ध कालमा कवितामा पनि आफ्नै उच्च वर्चस्व जमाइसकेका व्यासको मूल सिर्जना-क्षेत्र नियात्रा र संस्मरण नै देखिन्छ । यसमा सिद्धहस्त शैलीले उनले हरेक घटना र प्रसङ्गलाई जीवन्त तुल्याइदिएका छन् । संस्मरण र नियात्रामा उनको जुन पकड र व्याप्ति छ त्यो शिखरआरोहणकै स्तरमा देखिन्छ ।

“हिउँमा हामफाल्दा” मा दैलेख-यात्राको मनमोहक वर्णन गरिएको छ । साथै फिर्तीयात्राको क्रममा जमेको हिउँमा लहडी पाराले केही कान्लामाथिबाट हामफाल्दा नियात्राकार घाइते हुन पुगेको रोमाञ्चक प्रसङ्ग प्रस्तुत छ ।

‘दरभङ्गा दर्शन र जुत्ता विसर्जन’ सबभन्दा सानो उमेरमा हिँडेका, देखेका र भोगेका घटनाको संस्मरण गरी लेखिएको बालमनोविज्ञानको सटीक स्वरूप हो । त्यति सानो उमेरको सम्झनालाई पनि संस्मरणको वृत्तभित्र समेटेर विशिष्ट स्वरूप दिन सक्नु निर्मोहीको संस्मरण–कलाको अद्भुत क्षमता हो ।

‘काठमाडौँदेखि सिलिगुडीसम्म’ ‘सपनाको गौहाटी’ को पूर्वार्द्ध खण्ड देखिन्छ । जसमा शीर्षकले भनेझैँ काठमाडौँदेखि सिलिगुडीसम्मको यात्राप्रसङ्ग वर्णित छ । यसमा क्रमशः झापाको धुलाबारी र भारतको सिलिगुडीमा आयोजित साहित्यिक र सांस्कृतिक सभाको मनमोहक वर्णन गरिएको छ । सिलिगुडीमा आयोजित सभामा मुखरित प्रवासी नेपालीहरूको जातीय प्रेमको वर्णनक्रममा नियात्राकार निकै भावुक बनेका छन् ।

एकै यात्राप्रसङ्गका यी दुवै नियात्रालाई क्रम मिलाएर राखेको भए बेसै हुन्थ्योझैँ लाग्छ । खण्डीकृत शीर्षकहरू अघिपछि पारिएबाट कालक्रमसंयोजन र वस्तुसंयोजनप्रति स्रष्टा उदासीन रहेको बुझ्न सकिन्छ ।

‘रुकुम हेर्ने रहर’ मा रुकुमको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साहित्यिक एवं प्रशासनिक पक्षको सुन्दर चित्रण गरिएको छ । यस नियात्रामा यात्रावर्णनका क्रममा नियात्राकारको भावुकता अधिक छचल्किएको छ । भावुकता छचल्किने क्रममा कतै अभिव्यक्तिलाई काव्यिक रूप दिएको पनि पाइन्छ । तर मूलरूप नियात्रामै केन्द्रित देखिन्छ । यात्रा भनेपछि पीडामा पनि आनन्दको अनुभूति गर्ने नियात्राकारले यहाँ यात्राप्रतिका निकै कोमल र तरल भाव अभिव्यक्त गरेका छन् ।

पुस्तकको अन्तिम रचना ‘अग्रजका पाइला पछ्याउँदै’ मा सुर्खेतदेखि अछाम, डोटी, डँडेलधुरा र बैतडीसम्मको विस्तृत परिवेश समेटिएको छ । र, यसमा नियात्राका शिखरपुरुष तारानाथ शर्माको त्यस क्षेत्रको अतीतकालीन यात्राप्रसङ्गको यत्रतत्र श्रद्धापूर्ण स्मरण गरिएको छ । र, नेपाल मेचीदेखि महाकालीसम्म सबैतर्फ सुन्दर रहेको भाव अभिव्यक्त गर्दै नेपालका सबै सुन्दर शहरमध्ये डँडेलधुरा मोहनीमय रहेको अभिमत प्रकट गरेको पाइन्छ । साथै कामको खोजीमा प्रवासिने त्यस विस्तृत भेगका युवाहरूको हूल र तिनलाई विदा गर्न आएका मायालु परिवारजनको भावाकुलताको सजीव चित्र उतारिएको छ ।

समीक्ष्य कृति पूर्वप्रकाशित नियात्राहरूकै सङ्ग्रह हो । यसमा सँगालिएका सबै रचनाहरू अपेक्षाकृत लामा छन् र परिपाकयुक्त छन् । मिहीन तरीकाले खिपिएका प्रसङ्ग र शुद्ध र परिष्कृत शैलीले गर्दा पढ्दै जाँदा कहीँ पनि पट्यारलाग्दो भाव उत्पन्न हुँदैन । सरसता र मिहीन मर्मविश्लेषणले तानिरहेको हुन्छ । भौगोलिक नवीन सूचना एवं संवेद्य सामग्रीले सबै नियात्रा ओतप्रोत रहेको पाइन्छ ।

कुनै पनि साहित्यिक कृतिको टिप्पणी र समीक्षा गर्नुभन्दा निकै दुरूह कार्य लाग्छ भूमिका-लेखन । किनभने कृतिको अन्तर्तहसम्म पुगी त्यसका जरा-जरा नछिचोलेसम्म कसैबाट पनि सही भूमिका निष्पन्न हुन मुश्किल पर्छ । प्रतीक ढकालले यहाँ जे भूमिका लेखेका छन् त्यो कृतिको स्तरसुहाउँदो निकै उच्च स्तरको देखापर्छ । व्यासका नियात्रात्मक र संस्मरणात्मक विशिष्टतालाई राम्ररी बुझेर र नियात्रा र संस्मरण-परम्परामा उनको स्थान पहिचान गरेर उनका सिर्जनात्मक शक्ति र सीमाको सङ्केत गर्नु निकै कठिन कार्य हो तर ‘मृण्मय’ बाट ‘चिन्मय’ तर्फ प्रवृत्त भएको उनको नियात्राकारितालाई ‘स्वनामधन्य’ मान्दै कौशलपूर्वक खुलस्त्याएका छन् । व्यासको नियात्रा र संस्मरण कला अभिधाबाट मात्र नबुझी लक्षणा र व्यञ्जनाको शब्दशक्तिबाट पनि बुझ्नुपर्ने गहनता स्पष्ट्याउँदै आफ्ना दृष्टिकोणहरू फिँजाएर जीवनदर्शनलाई समेत उजागर गरेका छन् । ‘योग्य काम दिनु योग्य पात्रलाई’ झैँ भएको यो भूमिका शायद अरूबाट यस रूपमा आउन सम्भव हुँदैनथ्यो होला । यसमा प्रतीक ढकाल शक्तिशाली भूमिकाकार मात्र नरहेर शक्तिशाली निबन्धकार समेत रहेको झझल्को पाउँदा उनीप्रति पनि सद्भाव र श्रद्धाभाव दुवै जागेर आएको छ । यस स्वर्णिम अवसरमा म दुवैप्रति साधुवाद अर्पित गर्दछु ।

लेखकका अधिकतर नियात्रा र संस्मरण पढेको र तीबारे टिप्पणीसमेत गर्दै आएको सन्दर्भमा यो उच्चकोटिको सङ्ग्रह पढी आफ्नो प्रतिक्रिया जनाउन पाउँदा औधि खुशी र सन्तोष लागेको छ । प्रतीक ढकालका समग्र कथनप्रति सहमति जनाउँदै अब निर्मोही व्यासका प्रतिनिधिमूलक चुनिएका नियात्रा र संस्मरणको एक मानक कृति निस्कन सके नियात्रा र संस्मरणको सैद्धान्तिक अध्ययनका निम्ति पनि सहज हुने देखा पर्छ ।
००

भरतपुर— १२, चितवन

  • Sahitya Sagar
    Sahitya Sagar
प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात
Post Views: 327
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.