SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » बडादशैँको महिमा
लेख

बडादशैँको महिमा

डा. नारायणप्रसाद निरौलाBy Sahitya SagarOctober 9, 2022No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

डा. नारायणप्रसाद निरौला नेपाली आध्यात्मिक चिन्तन परम्पराका युवा चिन्तक हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘बडादशैँको महिमा’ शीर्षकको लेख समेटिएको छ । यस लेखले बडादशैँका विविध पक्षलाई समेटेको छ ।

-सम्पा.

आश्विन शुक्लपक्षमा मनाइने विशेष पर्वलाई बडा दशैँ भनिन्छ । यो शक्तिको उपासना गर्ने उत्तम समय हो । विशेषगरी घटस्थापनादेखि विजयादशमीसम्म दश दिन मनाइने भएकाले पनि यो पर्वलाई दशैँ भनिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दशैँको विधिवत आरम्भ हुन्छ । यसैगरी भगवती प्रशन्नार्थ देवीभागवत, दुर्गासप्तशती पाठ पारायण पनि हुने गर्दछन् । दशैँमा विशेषगरी दुर्गा देवीको पूजा गरिन्छ । आश्विन महिनामा देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले यस समयको नवरात्रलाई बोधन नवरात्र भनिन्छ । हरेक दिन भगवती दुर्गा देवीका विभिन्न स्वरूपको आराधना गरी यो पर्व मनाउने धार्मिक विधान रहेको छ ।

आद्य शक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुनुहुन्छ । मधु र कैटभलाई बध गर्नका लागि ब्रहृमाजीले जसको स्तुति गर्नुभएको थियो तिनै देवीको नाम महाकाली हो । महाकाली भगवतीका दश मुख, दश हात र दश पाउ रहेका छन् । जो श्याम वर्णकी हुनुहुन्छ । यस्ती महाकालीले आफ्ना हातमा खड्ग, वाण, गदा, शूल, चक्र, शंख, भुशुण्डी, परिघ, धनुष र मुण्डमाला धारण गर्नुभएको छ । सम्पूर्ण देवताको अंगबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी हुनुहुन्छ । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । महिसासुरको बध महालक्ष्मीकै हातबाट भएको हो ।

विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूजा गर्ने चलन छ । यस्ती महाकाली भगवतीका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु (बञ्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुनुहुन्छ । यस्ती आद्यशक्ति भगवतीका आठ भुजा (हात) छन् । ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान रहेका छन् ।

नवदुर्गामा शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्रि, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अंगभूत छ देवी छन् : नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो ।

नवदुर्गामा शैलपुत्री, ब्रहृमचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अंगभूत छ देवी छन् : नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राहृमी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा यी नौ शक्ति हुन् । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि भगवतीको विशेष पूजा आराधना आरम्भ हुन्छ । सप्तमी अर्थात् फूलपातीका दिन नौ प्रकारका पत्र पुष्पादि वस्तु घरमा भिœयाई भगवतीको समीपमा राखिन्छ । यसरी भित्र्याउने नवपत्रिकामा केरा, दारिम, धान, वेसार, मानक, कचु, बेल, अशोक र जमरा पर्दछन् । यसरी नौप्रककारका पत्र पुष्प भगवतीलाई समर्पण गार्नाले प्रसन्न भई भक्तलाई वरदान दिनुहुन्छ ।

यसैगरी यस दिन आठ वर्षीया कन्यालाई शाम्भवी नाम सम्बोधन गरी विशेष पूजा पनि गर्नुपर्दछ । सरस्वती भगवतीको आराधना यस अवसरमा पनि हुने गर्दछ । महाअष्टमीका दिन भद्रकाली देवीको विशेष पूजा अर्चना हुने गर्दछ । यस दिन सिंहपूजा, भगवती देवीको षड्ङ्गपूजा, शस्त्र पूजा पूर्वक नवदुर्गाको पूजा आराधना गरिन्छ । विशेष बलि प्रदान पश्चात् महाअष्टमीको पूजा आराधना समापन हुन्छ । महानवमीमा सिद्धिदात्री भगवतीको विशेष पूजा आराधना हुने गर्दछ । यस दिन नव कन्या कुमारीको पूजापश्चात भोजन गराउने चलन रहेको छ ।

त्रेता युगमा भगवान् श्रीरामले रावणलाई परास्त गरी सत्यको विजय भएको अवसर यही आश्विन शुक्लपक्षको दशमी तिथि थियो । यही विजयको उत्साह स्वरूप विजया दशी पर्व मनाउने गरिन्छ । यसैगरी असुरमाथि भगवती दुर्गादेवीले विजय गरेको दिन पनि यही दशमी तिथि भएकाले विजया दशमीलाई हर्षोल्लसाका रूपमा मनाइएको कुरा देवी माहात्यमा उल्लेख पाइन्छ ।

दशैँको विजया दशमी सबैभन्दा उत्कृष्ट दिन हो । यस दिन अपराजित जया विजयाको विशेष पूजा हुने गर्दछ । यस दिन हर्षोल्लास पूर्वक मान्यजनबाट आशीर्वाद स्वरूप भगवतीको टीका प्रसाद जमरा ग्रहण गर्ने शास्त्रीय विधान रहेको छ । यसैगरी ज्योतिषीय दृष्टिले पनि विजयादशमीको विशेष महत्व रहेको छ । विजया दशमीको दिनभरी नै शुभ साइत मानिन्छ । नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गादेवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान छ । भक्ति भावपूर्वक भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय फल वर्णन पाइन्छ । यसैगरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित, सम्पुटित, पाठ, शतरुद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख छ ।

दुर्गासप्तशती :
दुर्गासप्तशती दुर्गा देवीको महिमा गाथा हो । सप्तशतीका प्रत्येक श्लोक मन्त्ररूप मानिन्छन् । असुर राक्षसी प्रवृत्तिको अन्त्य गरी समस्त लोकमा सुख शान्ति प्रदान गरेको प्रसंग यहाँ वर्णन गरिएको छ । मार्कण्डेय पुराण अन्तर्गतको देवी माहात्म्य नै वास्तवमा दुर्गा सप्तशती हो । प्रथम अध्यायमा भगवतीको महिमासहित मधु र कैटभ नामका दैत्यको बध गरेको कथा छ । देवताको तेजबाट देवीको प्रादुर्भावका साथै महिषासुरका सेनाको बध प्रसंग दोस्रो अध्यायमा वर्णन गरिएको छ । तेस्रो अध्यायमा महिषसुरको बध, चौथो अध्याया इन्द्रादि देवताहरूद्वारा देवीको स्तुति छ ।

पाँचौँ अध्यायमा देवताद्वारा भगवतीको स्तुतिका साथै चण्ड र मुण्डबाट अम्बिका देवीको प्रशंसा सुनी शुम्भद्वारा देवीलाई दूत पठाएको कथा छ । छैटौं अध्यायमा धुम्रलोचनको बध, सातौँ अध्यायमा चण्ड र मुण्डको बध,आठौँ अध्यायमा रक्तबीजको बध, नवौँ अध्यायमा निशुम्भ बध, दशौँ अध्यायमा शुम्भ बध, एघारौँ अध्यायमा देवताद्वारा दुर्गा देवीको स्तुति गान र भगवतीद्वारा देवतालाई वरदानको कथा छ । बाह्रौँ अध्यायमा देवी चरित्र पाठ र श्रवणको महŒव वर्णन गरिएको छ । यसैगरी तेह्रौँ अध्यायमा सुरथ र वैश्यलाई देवीले वरदान दिएको कथा उल्लेख पाइन्छ ।

दुर्गा देवीको उपासना र फल :
नवरात्रमा भगवती दुर्गा देवीको उपासना गर्ने गरिन्छ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म, अर्थ काम र मोक्षको सिद्धि प्राप्त हुन्छ । जुन कामनासहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचको यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् भन्ने श्लोकबाट पनि पुष्टि हुन आउँछ । आदि शक्ति दुर्गा देवीको उत्पत्ति एवं माहात्म्यको कथा वेदव्यास रचित मार्कण्डेय पुराणमा उल्लेख छ ।

देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रहृमाको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको बायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ । अठार भुजावाली महिषासुरमर्दिनी महालक्ष्मी नै विशेष रूपमा पूजनीय हुनुहुन्छ । किनकि उहाँलाई नै महाकाली महालक्ष्मी र महासरस्वती भनिएको हो भन्ने कुरा सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख पाइन्छ । यस्ती महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुनुहुन्छ । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि देवीको ध्यानपूर्वक स्तुति गरी देवी माहात्म्यको पाठ गर्नु पर्दछ । पाठ पश्चात् सप्तशतीका मन्त्रले हवन गर्नुपर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ ।

देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँबायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रहृमाको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको बायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ ।

जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछन् यस्ता व्यक्तिका सारा बाधा निश्चय नै हटेर जानेछन् । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप हट्नेछन् । देवी माहात्म्य सुन्नाले मात्रै पनि सबै प्रकारका भय नाश हुन्छन् । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवी माहात्म्यमा बताइएको छ । यसैगरी बलि दान, पूजा, होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा पाइन्छ । (दुर्गा सप्तशती १२।१०) ।

यसै आधारलाई नै शिरोधार्य गरेर बडा दशैं मनाउने प्रचलन छ । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन, धान्य, पुत्र पौत्रादि अभिवृद्धि हुन्छन् । खराब सपना देखे, ग्रह जनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नुपर्दछ । विशेष गरी बालबालिकामा परेको ग्रहजन्य दोष पनि दुर्गासप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ । देवी माहात्म्यको पाठ मात्र गर्नाले पनि भूत, प्रेत पिशाच आदि नष्ट भएर जान्छन् । दुर्गादेवीको पूजा अर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले यो लोकको भुक्ति हुनुका साथै परलोकको मुक्ति पनि प्राप्त हुने कुरा देवी माहात्म्यमा उल्लेख छ ।

शरद्कालीन नवरात्र एवं वसन्त कालीन नवरात्रमा देवीको उपासना गर्नाले अभीष्ट सिद्धि हुने गर्दछ । यसैगरी गुप्त नवरात्रमा पनि देवीको स्तवन गरेमा मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । दुर्गा कवच, कीलक र अर्गला स्तोत्र नित्य पाठ गर्नाले दुर्गा पाठ बराबरको फल पाइन्छ । समस्त पापबाट बँच्न देव्याथर्वशीर्ष पाठ गर्नु पर्दछ । यसैगरी मन्त्र सिद्धिका लागि कुञ्जिका स्तोत्र पाठ पनि नवरात्रमा गर्नु गराउनु उपयुक्त मानिन्छ । भगवती दुर्गामातको अनुकम्पाले हामी सबैमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस् । हार्दिक मंगलमय शुभकामना ।

  • Sahitya Sagar
    Sahitya Sagar
डा. नारायणप्रसाद निरौला
डा. नारायणप्रसाद निरौला
Post Views: 403
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पुर्खाको खोज

July 10, 2023

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

नेपालमा विक्रम संवतको आरम्भ 

April 19, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.