SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सिङ्गो जूनको प्रतीक्षामा बस्दै कवि रूपा थापा
समीक्षा

सिङ्गो जूनको प्रतीक्षामा बस्दै कवि रूपा थापा

मसान उपासकBy Sahitya SagarSeptember 29, 2022No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
मसान उपासक साहित्यकार एवम् सञ्चारकर्मी प्रतिभा हुन् । उनको कलम सिर्जना एवम् समीक्षा दुवै क्षेत्रमा निरन्तर चलिरहेको छ । प्रस्तुत शृङ्खलामा उनको एक पुस्तक समीक्षा समेटिएको छ ।

-सम्पा.

झरना साहित्यिक परिवारको दोस्रो बकैया साहित्य महोत्सवमा पहिलो पटक हेटौँडामा कवि सुमित्रा सुमीसँगै पहिलो पटक भेट भएकी कवि हुन् — रूपा थापा । पहिलो भेटमा मकवानपुरका केही पर्यटकीय स्थानहरूमा गरिएको सँगैको घुमघाम र बकैया साहित्य महोत्सवमा उहाँले पढ्नुभएको कविताले सामान्य प्रभाव पारे पनि जब उहाँको कवितासङ्ग्रह पढियो तब केही नलेखी बस्न सकिएन ।

नुवाकोटे साहित्यका सशक्त हस्ताक्षर रूपा थापा साहित्यमा निरन्तर लागिरहेकी छन् । लामो समयदेखि साहित्यमा साधनारत कवि थापाले बिचमा लेखनलाई सुस्त बनाए पनि पछिल्लो समयमा थप उर्जासहित लागिपरेकी छन् । यही उर्जाको प्रतिफल नै यो सङ्ग्रह हो ।

“शारीरिक रूपमा अपाङ्गता भएर पनि लामो समयसम्म अपाङ्गता भएका ब्यक्तिहरूको हकअधिकारका लागि निरन्तर लागिरहदाँ आफैले भोगेका विविध चुनौति लेख्न लायक छन् ।” भन्ने थापाका कविताहरू सिमान्तकृतहरूको आवाज बनेर आएका छन् । उनका कविताहरूमा बिम्बहरू छन्, भावहरू छन्, अलङ्कारका भारीमा कविताको आन्तरिक सौन्दर्य छोपिएका छैनन् र प्रतीकको प्रयोग सही रूपमा गरिएका छन् ।

यस कृतिका माध्यमबाट समाजमा रहेका बिम्बहरूलाई सहजताका साथ अभिव्यक्त गरेकी छन् । कवि थापाको यस ‘सिङ्गो जूनको प्रतीक्षामा’ कविता सङ्ग्रहमा ५० वटा कविताहरू सङ्ग्रहित रहेका छन् । कवि थापाका कविताहरू विभिन्न पत्रपत्रिका, अनलाइन तथा अन्य माध्यममा फुटकर रूपमा प्रकाशित प्रसारित भए पनि ‘सिङ्गो जूनको प्रतीक्षामा’ उहाँको पहिलो कविता सङ्ग्रह हो ।

सङ्ग्रहको पहिलो कविता ‘कालो टिका’ हो । आदिम समयले लगाएको अहिलेसम्म पनि हामीले लिएर हिडिरहेकोमा ब्यङ्ग्य गरिएको छ । ‘चुरोटको ठुटा’ एउटा बेजोड कविता लाग्छ । हामीले नसोचेको बिम्बलाई कवितामा कविले भेट्नुभएको छ । चुरोटको ठुटालाई जीवनसँग तुलना गरिएको छ ‘चुरोटको ठुटा’ बाट प्रस्तुत छ यो अंश ः

भन्न त भन्छन् —
‘धुम्रपान स्वास्थ्यका लागि हानिकार छ ’ भनेर ।

तर बेच्नेले धुवाँ नै बेचिदिएपछि
म भने बेफिक्री
सडकमा
एउटा धुवाँ बनेर
त्यही धुवाँलाई उडाउदै हिँडिरहेछु । (पृ. १३)

यथार्थवादी कविता ‘हराएपछि ’ले मानिसले जीन्दगीमा धेरै चिजहरू गुमाउँदै जाने यथार्थलाई उजागर गरेको छ । ‘युवा’ शीर्षकमा लेखिएको कवितामा कविले देशलाई स्वर्णिम बनाउन लाग्न अनुरोध गरेको देखिन्छ । देशको उज्यालो भविष्यको सपना देख्नुअघि युवालाई सम्झनुपर्नेमा कवि सचेत छन् यस कवितामार्फत ।

यो देशमा सीमान्तकृतहरू पछाडि पारिएकोमा आक्रोश ब्यक्त गर्दै निहत्थाहरूका सधैँ गला रेटिने गरेको यथार्थ छ कविता ‘बादशाहका ताजहरू’ मा । ‘उत्सव’ कवितामार्फत जीवन छोटो भएकाले हामीले कति उत्सबहरू मनाउन पाउने हो भन्ने प्रश्न गरिएको छ । ‘साथी’ कवितामा जीन्दगीमा धेरै साथीको सङ्गत हुने भए पनि केही यादहरू गाढा हुनेमा कवि सचेत हुनुहुन्छ । ‘मृत्यु र प्रेम’का बारेमा कविको आफ्नै धारणा छ । उहाँ मृत्युपछि पनि अहिले जस्तै भेटिरहन र प्रेम गर्न पाइयोस् भन्ने इच्छा राख्नुहुन्छ । ‘मृत्युको तमसुक’ मृत्युको तमसुक गरेपछि मान्छे फेरी नफर्कने यथार्थलाई कवि मिठो तरिकाले चित्रण गर्नुभएको छ । ‘भक्त’ कवितामा हामी जहिल्यै शक्तिको पुजारी भएकोमा आक्रोश ब्यक्त गर्नुभएको छ भने ‘भोली फेरि ब्युँझनेछु’ मा जीन्दगीप्रति आशावादी भाव ब्यक्त गर्नुभएको छ । ‘एउटा मान्छे बन्नु छ’ र ‘छाउको रगत’ नारीबादी कविताहरू हुन् भने ‘किन जोगाएनौ पृथ्वीलाई’ र ‘शरद्’ कविताहरूले पर्यावरणमाथिको बिषयवस्तु उठाएका छन् ।

‘इतिहास तिमिले रच्नु छ ’ कविताले जीवनमा केही गर्न प्रेरणा दिएको छ । जीन्दगीमा केही गर्नुपर्छ भन्ने भाव छ । यसैगरी ‘पितृसत्ताको पहरेदार’मा पितृसत्तामाथिको विद्रोही चेतना छ । कवितामा शालीन विद्रोह गरिएको छ । यसरी कवि विद्रोही पनि बनेको यो सङ्ग्रहमा देख्न पाउँछौँ । ‘आत्महत्या’, ‘जवाफ’, ‘जातको प्रश्न’ र ‘त्यस्तो के छ ?’ लगायतका कवितामा कवि समाजसँग लडेकी छन् कवितात्मक भाषामा ।

‘अबरुद्ध उडान’ कवितामा मानिसका उडानहरू बिबिध कारणले अबरुद्ध हुने गरेको यथार्थ प्रस्तुत गरिएको छ । यो कवितामार्फत कसैको उडान अबरुद्ध नहोस् भनेर कामना गरिएको छ । जस्तै ः
पलाउँदै पनि छन् मभित्रै
आशाका मुनाहरू
जहाँ जमिनबाटै मेरो निरन्तरताको प्रयास
अब भने अरूका स्वतन्त्र उडान र यात्रा
कहिल्यै पनि अबरुद्ध नहुन् । ( पृ. ६८)

‘सिङ्गो जूनको प्रतीक्षामा’ शीर्षकको कविताबाट यो सङ्ग्रहको नाम राखिएको छ । कविले यो कवितामार्फत पूर्ण जीन्दगीको माग गरेकी छन् । उनले यो कवितामा आफुलाई धर्तीको रूपमा प्रस्तुत गर्दै हरेकको जीवनमा सिङ्गो जूनको आवश्यकता औँल्याएकी छन् । ‘बन्दी पङ्खहरू’ कवितामा बिदेशिने प्रबृतिका बारेमा बताइएको छ । ‘कारोना भाइरस’ कविता पछिल्लो समय हामीले भोगेको महामारीका बारेमा लेखिएको कविता हो ।

‘पँैतीस कटेकी एउटी अविवाहित’ कवितामा कविले उमेर ढल्कदै गएकी महिलालाई समाजले हेर्ने दृष्टिकोण प्रकट गरेकी छन् । अझै पनि हाम्रो समाज रुढिबादी भएकोले नारीहरूले ढिला विवाह गर्दा वा अविवाहित बस्दा अनेक कुरा काट्ने गरेको प्रशङ्गहरू उल्लेख गरिएको छ । ‘नर्कको बाटो’ कवितामा धर्मको नाममा समाजमा भइरहेको छुवाछुत प्रथा र एक अर्कोमाथि गरिने अन्याय र अत्याचारका बिषयमा कविका विचार अभिव्यक्त छन् । समाजले ईश्वरको नाममा गरिब निमुखाहरूलाई अझै गरीव हुन बाध्य पारिरहेको प्रबृत्तिको बिरोध गरिएको छ ।

‘हत्याराको बयान’ कवितामार्फत अझै पनि दोषीहरू समाजमै घुमिरहेको सत्यलाई उजागर गरिएको छ । किशोर सपना उड्न चाहेको तर उसको हत्या भएको छ । समाजमा यस्ता कयौँ किशोर सपनाहरूको हत्या भइरहेको छ । जसको लेखाजोखा अझैसम्म भएको छैन । ‘बधशाला’मा लैङ्गिक पहिचान गरी हुने हत्यामा बृद्धि भएकोमा कविको आक्रोश छ । विज्ञानले गरेको प्रगतिमा छोरीहरू परिरहेको कविको बुझाई छ । जस्तै:

तर, म कसरी मुस्कुराउन सक्छु–
पटक–पटकको त्यो परिक्षण सफल भएकोमा ?
मभित्रका ममताहरू
पटक–पटक बगिसकेका छन्
त्यही पाठेघरहरूसँगै
रगतका ती धाराहरूसँग
फेरि पनि म रुन सक्दिनँ । ( पृ. ८०)

‘मृत्युपत्र’ कवितामा हरेक पल हरेक क्षण हाम्रो जिन्दगीको ठेगान नभएकाले हरेकले मृत्युपत्र बोकेर हिड्नुको बिकल्प नभएको यथार्थ केलाउन खोजिएको छ । त्यसमाथि पनि नारीहरू अझै धेरै जोखिममा रहेको कविको बुझाई छ । ‘चिताको धुँवा’ कविताले मानिसको मृत्यु अन्तिम सत्य भएकोमा जोड दिएको छ । ‘आमा, फर्केलान् ती बचेरा ?’ मा घर छाडेर जानेहरू फर्कन्छन् त भन्दै प्रश्न गरिएको छ । ‘हराएका यौवनहरू’ कवितामार्फत यौवनको निश्चित आयु भएको र सधैँ साथ नहुने बताइएको छ ।

‘किन हराए भगवान्हरू’ कवितामा भगवान् हराएकोमा कविको गुनासो छ । समाज ब्याप्त बेथितिहरूका बिरुद्ध लड्ने साहसको खोजी पनि गरिएको छ । समाजमा सबै भ्रष्ट हुँदै गएका पक्षमा आक्रोश पोखिएको छ । ‘आफैभित्र बुद्ध खोजिरहेछु’ कविमा हरेक मान्छे शान्त रहनुपर्ने कविको सुझाव छ । आफैँमा सहन सक्ने शक्तिको आर्जन गर्न सक्नुपर्ने कविको मत छ । ‘बकवास कविको बकवास कविता’ मा हरेक चिजको अस्तित्व हुने कवि सम्झाउँछिन् । जस्तै:

त्यो बकवास कवि
कुनै दिन
आफ्नो कविता फिर्ता लिन आउने आशामा
त्यसै गरी
ती बकवास कविताहरूलाई बोकेर हिँडिरहेछ । ( पृ. ९९)

कवि थापाले आफ्ना कविताहरूमा देश र समाज लेखेकी छन् । यी कवितामा महिलाका पीडा, महिलाका मुद्धाहरूका अलावा समग्रमा यो हाम्रो पुस्ताले अहिले भोगिरहेको सबै खाले समस्याहरूलाई उठाउने प्रयास गरिएको छ । होला, कतिपय बिषयमा पुरा खुल्न नसकिएको होला तर कविले धेरै बिषयवस्तुमाथि सहासपूर्वक कलम चलाएको देखिन्छ ।

पहिलो संग्रहका सबै कवितामाथि बिश्लेषण गर्ने र खोट खोज्दै जाने हो भने यी कवितामाथि पनि खोट लगाउन त सकिन्छ तर कवितामा गरिएको बिषयबस्तु उठान र त्यसको बिश्लेषण गर्ने हो भने यो सङ्ग्रह नेपाली साहित्यमा पछिल्लो समयमा आएका कविता सङ्ग्रहरूको तुलनामा कमजोर छैन भन्दा फरक पर्दैन ।

‘सिङ्गो जूनको प्रतीक्षामा’ शीर्षकअनुसारको विषयवस्तु समेटिएको काव्यकृति हो । यस कृतिले समग्रमा अधिकारको मामिला बोल्नुपर्छ भन्ने सन्देश दिएको छ । हरेक मान्छेले आफ्नो जीवनमा आधा जूनको सायद प्रतीक्षा गर्दैन । हो, कविले पनि त्यही मानवीय गुणअनुसार सिङ्गो जूनको खोजी गरिरहेको देखिन्छ । कविले जीवनका अनेक यथार्थलाई यस कृतिमा उजागर गरेकी छन् । समग्रमा कृतिमा मानवीय चेत, नारी अस्तित्व, प्रकृतिप्रेम, राष्ट्रप्रेम, स्वतन्त्रता चेनता, हाम्रो जनजीविकाका सबालहरू, सामान्य मानिसको दैनिक जीवनमा पैदा हुने आरोह–अवरोह, सामाजिक बिकृति, विसङ्गति एवम् मानवीय जीवनका विविध पक्ष लेखिएका छन् । कवि थापालाई कृतिगत सफलताको शुभकामना छ ।

बकैया –४, मकवानपुर

  • Sahitya Sagar
    Sahitya Sagar
मसान उपासक
मसान उपासक
Post Views: 308
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.