SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सम्झनाको तरेलीमा ओखलढुङ्गा
निबन्ध

सम्झनाको तरेलीमा ओखलढुङ्गा

निर्मोही व्यासBy Sahitya SagarSeptember 29, 2022No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

निर्मोही व्यास विशिष्ट स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनका कविता साहित्यसागरमा प्रकाशन भइसकेका छन् । उनको कलम कविता र निबन्ध दुवै विधामा निरन्तर चलिरहेको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ओखलढुङ्गासँग सम्बन्धित संस्मरणात्मक निबन्ध समेटिएको छ । उनले यस निबन्धमा परीक्षा सञ्चालन गर्न जाँदाको संस्मरणलाई प्रस्तुत गरेका छन् ।

-सम्पा.

त्यस दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा थियो । दश बजे परीक्षा सकिएपछि उत्तरपुस्तिकाहरू सङ्कलन गरी कपडाको थैलोमा राखेर सिउने र त्यस टाँकामाथि आठ–दशवटा लाहाछाप लगाएर सीलबन्दी गरी केन्द्रमा खटिएका कार्यालय सहयोगीलाई बोकाएर सुरक्षाकर्मीहरूका साथ हामी प्रहरी कार्यालयमा गयौँ । त्यहाँ कापीको पोका बुझाएर भर्पाइ गराएपछि पहिलो दिनको परीक्षा सकुशल सम्पन्न भएकामा हाइसन्चो मान्दै डेरामा आयौँ र भोजन गरी ओछ्यानमा ढल्कियौँ ।

म दहीदूध र मालभोग केराको प्रेमीका निम्ति त्यस घरको भोजनालय मैत्रीपूर्ण थियो भने, म जहिले पनि पखाला चलिराख्ने पेटको जीर्णरोगीका निम्ति शौचालय चाहिँ शत्रुतापूर्ण थियो । किनकि, त्यो घर–आँगनदेखि केही पर बारीको अग्लो डिलमाथि थियो, कच्ची थियो र स्याउलाले बारिएको थियो । अघिल्तिर र दायाँबायाँ थुप्रै बोटबुट्यान थिए । त्यसको ठीक मुन्तिर दश–बाह्र फिट गहिरो खोँच थियो । घरदेखि शौचालयसम्म जानलाई दुवैतिर सिस्नोको घारी भएको डोरेटो बाटो थियो । जसलाई मैले बिहानदेखि रातीसम्म कम्तीमा आठ–दशचोटि नाप्नुपथ्र्यो । उज्यालो छँदा त तैतै त्यति मुश्किल पर्दैनथ्यो तर राती चाहिँ म सधैँ त्राहिमाम् हुन्थेँ सिस्नोले पोल्ला, डिलबाट तल खुर्मुरिएला वा कुनै रात्रिचर जनावरको फेला परिएला भनेर । चकमन्न र अन्धमुस्टि रातमा झमझम दर्केपानीमा रुझ्दै टर्चको सहाराले ओहोरदोहोर गर्नुपर्दाको पीडा खै कुन शब्दमा व्यक्त गरूँ म ?
००

राजनैतिक दृष्टिले ओखलढुङ्गा त्यसताका काङ्ग्रेस पार्टीको गढ नै पो रहेछ कि भन्ने लाग्यो मलाई । घरबेटी नारायण राजभण्डारीजी आफ्नो समाजमा निकै भिजेका चल्तापुर्जा व्यक्ति रहेछन् । साथै काङ्ग्रेस पार्टीका सच्चा समर्थक पनि । उनको त्यस घरमा कुनै ताका काङ्ग्रेसको राजनीतिका वरिष्ठ नेता बलबहादुर राई लामो समय गुप्तवास गरेको कुरा सुनाउँथे उनी अलि रुष्ट शब्दावलीमा “त्यो बलेलाई मैले यो घरमा धेरै दिनसम्म पालेको छु” भनेर । यता मेरा आदरणीय मित्र तीर्थजी पनि विश्वेश्वर कोइरालाको राजनैतिक सिद्धान्तप्रति पूर्ण निष्ठावान्, असल काङ्ग्रेसीजनप्रति सहानुभूतिशील र जिल्लाका सुपरिचित विद्वान् व्यक्ति हुनुभएकाले हाम्रो कोठामा दिउँसो प्रायः दिनैपिच्छे जिल्लाका गनिएका–चुनिएका काङ्ग्रेसी बन्धुहरूको आगमन भइराख्थ्यो । सांसद चन्द्रकान्त दाहाल, जिल्ला विकास समितिका प्रमुख महेश कर्मोचालगायत विभिन्न गा.वि.स.का अध्यक्षहरू समेत आइराख्थे तीर्थजीलाई भेट्न । वर्तमान राष्ट्रिय राजनीतिबारे निकै छलफल चल्थ्यो । त्यसैताका असारमा झन् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो नेतृत्वको काङ्ग्रेसकाे एकमना सरकार ढालेर संसद् भङ्ग गरेको खबर सुनेपछि त कुरै के र ?

तीर्थजीले मेरो विशेष परिचय साहित्यकार र अझ त्यसमा पनि कवि भनिदिने गर्नुभएकाले घरबेटीका परिवारजनलगायत मसित सम्पर्क हुनेजतिले सबैले मलाई ‘कविजी’ भनेर संबोधन गर्थे ।

भेट्न आउनेहरूमध्ये अतिव्यस्तहरू खाजाचिया खाएर बेलुका विदा हुन्थे भने कोहीकोही फुर्सतिलाहरू चाहिँ रात्रिवास पनि गर्थे हाम्रै कोठामा । तीर्थजीको सहकर्मी र निकट मित्र हुनुका नाताले डेढमहीनाको लामो सङ्गतमा म पनि एक किसिमले उनीहरूसित घुलमिल भइसकेको थिएँ । त्यसैले राजनीतिसित प्रायः असम्पृक्त रहँदै आएको भए पनि फुर्सतिलो समयको त्यो दैनिक भेटघाट रमाइलै लाग्थ्यो मलाई पनि । साथै, मलाई कहिलेकाहीँ नै भए पनि र एक्कादुक्का नै भए पनि स्थानीय साहित्यकारहरू भेट्न आउँदा भने झनै रमाइलो लाग्थ्यो ।

त्यसरी हाम्रो कोठामा आउने राजनैतिक पाहुनाहरूको स्वागत–सत्कार खर्चजति लजको रजिस्टरमा तीर्थजीको नाउँमा र साहित्यिक पाहुनाहरूको चाहिँ मेरो नाउँमा चढाइदिन्थे राजभण्डारीजीले । तीर्थजीले मेरो विशेष परिचय साहित्यकार र अझ त्यसमा पनि कवि भनिदिने गर्नुभएकाले घरबेटीका परिवारजनलगायत मसित सम्पर्क हुनेजतिले सबैले मलाई ‘कविजी’ भनेर संबोधन गर्थे ।

हाम्रो कोठामा त्यसरी आइराख्ने र कहिलेकाहीँ वास पनि बस्ने थुप्रै काङ्ग्रेसी नेतामध्ये एकजना कुनै गा.वि.स.का अध्यक्षजीको विशेष सम्झना हुन्छ मलाई । उनी हट्टाकट्टा जिउडाल,बान्किलो अनुहार र फरासिलो बोली–व्यवहार भएका झर्रा छेत्रीयुवक थिए । उनको अनुपस्थितिमा उनका बारेमा एक दिन कुरा चल्दा अरूले र तीर्थजीले पनि उनलाई ‘…भाँडे’ भनेको सुनेपछि मैले उत्सुक हुँदै त्यसो किन भनेको ? भनेर सोधेँ । त्यसको जवाफमा साथीहरूले बडो रोचक प्रसङ्ग सुनाए ।

केटाकेटी छँदा उनबाट एकदिन हाँसोउठ्दो बिग्याइँ भएछ । त्यो के भने, घरमा उनका दिदीभिनाजु पाहुना आएछन् । उनीहरूको स्वागत–सम्मानमा त्यस रात भोजनको विशेष परिकारका रूपमा ताउलाभरि खीर पकाइएछ । पाकिसकेपछि भान्से (आमा अथवा अन्य कोही) केही कामले भान्साबाट निस्केको मौकामा ती बिचराले धैर्यसाथ पर्खन सकेनछन् र कसैगरी पनि मन थाम्न नसकेपछि खीरको भाँडो नै उचालेर बाहिर कसैले नदेख्ने ठाउँमा लगेर तात्तातो खीर मुख पोलाउँदै डाडुले नै पकापक खान थालेछन् । तर, संयोगवश त्यसै वेला घरका कुनै सदस्यले उनलाई त्यस अवस्थामा देखेर हल्लीखल्ली मच्चाएपछि अभिभावकहरूले रिसले चूर हुँदै “हेर, यो मोराले खीरको भाँडै कुदाएर जुठ्याइ पो सकेछ । हरे ! अब के खुवाउने लौ छोरीजुवाईँलाई ? थुक्क मोरा ‘भाँडे !’ भनी मर्मत गरेछन् । उनको त्यो रामकहानी वा हरामकहानी भोलिपल्ट छरछिमेकीका कानमा पनि पुगेछ । र, सबैबाट उनको उपनाम राखिएछ ‘भाँडे’ । उनको औपचारिक नाउँ अरू नै भए पनि त्यसपछि उनी स्थानीय समाजमा मात्र नभएर जिल्लैभरि आफ्नो खास नाउँले भन्दा आफ्नो घरेलु नाउँ (पछाडि ‘र’ अक्षर आउने भगवान् शिवको अर्को तीनअक्षरे नाउँ) का साथ जोडिएर आएको ‘भाँडे’ उपनाउँले चिनिन थालेछन् । यसरी उनको औपचारिक नाउँभन्दा त्यही नाउँ जिल्लाभरि प्रचलित भएछ ।
००

तीर्थजी ज्यानका अलि मोटा हुनुभएकाले परीक्षा सञ्चालनका क्रममा दिनका दिन बिहानै दिउँसै स्याँस्याँ र फ्याँफ्याँ गर्दै उकालो ओह्रालो बेहोर्दै ‘डेरा—प्रहरी कार्यालय—परीक्षाकेन्द्र—प्रहरी कार्यालय—डेरा’ धाउनु उहाँका निम्ति निकै कठिन कार्य थियो । र म चाहिँ उहाँको ठीक उल्टो जम्माजम्मी छत्तीस किलो वजनको फुकिढले ज्यानको भएकोले मेरो निमित्त त्यो ख्यालख्याल नै थियो । त्यसैले परीक्षा थालिएको एक–दुई दिनपछि उहाँले मलाई भन्नुभयो— “निर्मोहीजी ! मलाई हिँड्न अलि गाह्रो र परीक्षाकेन्द्रमा पुग्न अलि ढिलो हुने भएकाले कृपया भोलिदेखि तपाईँ नै प्रहरी कार्यालयमा गएर प्रश्नपत्रहरू बुझी तिनको सुरक्षाका लागि प्रहरी जबानहरूलाई अघि–पछि लगाउँदै केन्द्रमा पुगेर परीक्षा सञ्चालन गर्दै गर्नुहोला । म बिस्तारै हिँड्दै कोठाबाट सोझै परीक्षाकेन्द्रमा पुगुँला र उताबाट चाहिँ दुवै भाइ सँगै फर्कौला है मित्र ! आदरणीय मित्रको अनुरोध मैले नमान्ने कुरै कहाँबाट आउँथ्यो र !

तदनुसार भोलिपल्टदेखि प्रायः म नै प्रश्नपत्र लिन जाने र प्रहरी जबानहरूका साथ परीक्षाकेन्द्रमा गएर परीक्षा सञ्चालन गर्न थालेँ । त्यस्तै फर्कने क्रममा डेराछेउ आइपुगेपछि तीर्थजीलाई डेरामा पठाएर आफू मात्र प्रहरी कार्यालयमा कापीको पोका बुझाइवरी डेरा फर्कन थालेँ । त्यसरी दैनिक दुई–तीन किलोमिटर लामो उकालो–ओह्रालोको यात्रा गर्दा गुरुङ, मगर, राई लिम्बू आदि जातिका हट्टाकट्टा र जबान प्रहरी दाइभाइहरूभन्दा म केही पाइला अघिअघि हुन्थेँ जहिले पनि । र, उकालोमा स्याँस्याँ गर्दै अडिँदै उनीहरू भन्थे— “ओहो ! हामी पहाडका र सर मधेसको भन्या त सर नै पहाडको हुनुहुँदो रहेछ । मधेसका त बरु हामी नै पो रहेछौँ ।”
००

एक दिन दिउँसो कार्यालय समयमा शिक्षा अधिकारीले भेट्न बोलाए कार्यालय सहयोगी पठाएर ।

विद्यालय निरीक्षकहरूलगायत सबै स्टाफसँग परिचय भयो हाम्रो । केही घण्टै चल्यो गफगाफ । अनि होटेलबाट आइपुग्यो खाजा । सबैलाई भाग लगाइसकेपछि कुर्सी टेबुलमा बसेर खाने सुरसार गर्न लाग्दा एउटा नमीठो प्रसङ्ग घटित भयो । शिक्षा अधिकारीले कार्यालयका ना.सु.युवकलाई कडा स्वरमा भने— “क्या हो सुब्बासाहेब ! आफैँ बुझ्नुहुन्छ कि मैले नै भन्नुपर्छ ?” त्यसपछि कार्यालय सहयोगीले सुब्बासाहेबको भाग तल भुइँमा राखिदिए र सुब्बा अँध्यारो अनुहार लगाउँदै आफ्नो प्लेट बोकेर अलि पर गई खान थाले ।

जि.शि.अ. ले आफ्नै मातहतका ती रा.प्र.अनङ्कित प्रथम श्रेणीका निजामती कर्मचारीलाई किन त्यसो भने ? पियनले उनको भागको प्लेट टेबुलमाथिबाट किन भुइँमा राखिदिए ? र सुब्बासाहेब किन अनुहार अँध्यारो पारेर प्लेट उठाई अलि पर गएर खान थाले ? त्यो कुरा हामी दुई जनाका लागि रहस्य नै रह्यो । त्यहाँका अरू कर्मचारीले बुझे–बुझेनन् हामीलाई थाहा हुने कुरा भएन ।
००

भोलिपल्ट बिहान परीक्षार्थीहरूलाई प्रश्नपत्र बाँडेपछि शौचालय गई हात धुन विद्यालयको चउरमा रहेको धारामा पुगेँ म । त्यहाँ त्यतिवेला आठदश जना महिला रहेछन् कोही लुगा धुँदै, कोही नुहाउँदै र कोही चाहिँ ठूल्ठूला पित्तले गाग्रीहरू मस्काएर पानी थाप्तै गरेका । धारादेखि दशबाह्र फिट टाढा दाहिनेतिर अर्का एक जना काल्कालो वर्णका, हट्टाकट्टा ज्यानका र हातमा दाँत माझ्ने ब्रस लिएका युवक हातमुख धुन आफ्नो पालो पर्खेर उभिराखेका रहेछन् खै कति वेलादेखि पो हो ! मैले नियालेर हेरेपछि चिनेँ ती युवक शिक्षा कार्यालयका उनै सुब्बासाहेब रहेछन् जसलाई हिजो जि.शि.अ.ले त्यस्तो व्यवहार गरेका थिए ।

म पुगेपछि पधेँर्नीहरूले आफ्ना काममा अल्पविराम लगाएर मेरो निम्ति धारा छाडिदिए । मैले आफ्नो काम सकेँ । र, उनीहरूलाई धन्यवाद दिएर पालो पर्खिरहेका ती युवकलाई धारा प्रयोग गर्न बोलाएँ तर उनी अघि बढ्दै बढेनन् । बरु लुत्रुक्क पर्दै “भैगो सर ! म एकछिन यहीँ पर्खिन्छु” भनेर उभिएको ठाउँमा अडिग भइरहे । तिनलाई मैले धारामा बोलाएकोमा पधेँर्नीहरूले आपत्ति जनाउँदै मलाई भने— “उसलाई अहिले नै धारा छुन किन बोलाएको सर ? ऊ त कामी हो नि । हाम्रो काम नसिध्धिई कसरी छुन पाउँछ उसले धारा ?” त्यो सुनेर छक्क परेँ म । अब झ्वाट्ट मलाई हिजोको रहस्य खुल्यो । अपमानमाथि अपमान थपिएर ती बिचरा बहिष्कृत युवक झन् कालानीला भए । मेरो मगज रन्थनियो । एक त जातीय विभेद आपैmँमा त्रूmर अमानवीय व्यवहार हो । त्यसमाथि निरक्षरदेखि विद्वान्सम्मले र अति सामान्य स्तरका गाउँलेदेखि राजपत्राङ्कित द्वितीय श्रेणीका हाकिम र अझ जिल्ला शिक्षा अधिकारीसम्मले यस्तो कुसंस्कार अँगालेको देखेर मेरो हार्दिकता र बौद्धिकताले हाहाकार गर्‍यो ।

त्यसपछि मैले उनीछेउ गएर नाउँ–गाउँ सोध्नुका साथै दुईचार संवाद पनि आदान–प्रदान गरेँ । उनले आफ्नो थर ‘विश्वकर्मा’ बताए पनि कुराकानीबाट थाहा भयो, उनी पहाडका विश्वकर्मा नभएर सिरहा–सप्तरीतिर घर भएका मधेसी मूलका मैथिलीभाषी लोहार ठाकुर रहेछन् र स्थायी ना.सु. रहेछन् । जातले नभएर फगत आफ्नै रहरले थरका ठाउँमा ‘ठाकुर’ का साटो ‘विश्वकर्मा’ उपनाम लेख्ने गरेका यिनलाई कर्मचारी सङ्गठनमा आबद्ध हुनाका कारणले कर्मचारी सङ्घको बोलबाला रहेको तराईको आफ्नो घरपाइक कार्यालयबाट राजनैतिक प्रतिशोधका साथ ‘यो सङ्गठने विश्वकर्माले दुर्गम पहाडमा गएर गोता खाओस्’ भनेर नै केही महीनाअघिमात्र यहाँ सरुवा गरिएको रहेछ । र, विश्वकर्मा उपनाम भएकै कारणले यहाँका कुनै पनि घरमा डेरा नपाएकाले यही स्कूलमा विज्ञान र गणित पढाउने आफ्नै जिल्लातिरका दुईतीन शिक्षकको सौजन्यमा उनीहरूसँगै छेउकै छात्रावासमा बस्तै आएका रहेछन् बिचरा सुब्बासाहेब । त्यो विवरण सुनेपछि मैले उनको पीडाको रहस्य बुझेँ र भनेँ “सुब्बासाहेब ! तपाईँले नामका पछाडि आफ्नो वास्तविक थर ‘ठाकुर’ नलेखेर ‘विश्वकर्मा’ लेखेको हुनाले नै यो समस्या आइलागेको रहेछ ।

तराईमूलका लोहारहरूको थर विश्वकर्मा हुन्छ र ? म आपूm पनि तराईमै जन्मे–हुर्के–बढेको र तराईको भाषा–संस्कृतिमा समेत राम्रैगरी भिजेको पहाडेमूलको मनुवा भएकाले शिल्पशास्त्रका आविष्कारक पुराणप्रसिद्ध देवता विश्वकर्मालाई तराईमूलका जातिगत रूपमा पुर्खौली पेशा काठको काम भएका ‘बढई’ हरूका साथै फलामको काम गर्ने ‘लोहार’ हरूले पनि आफ्ना आदि पुर्खा मान्ने गरेको र प्रायः असोज महीनाको पहिलो सातामा उनको भव्य मूर्ति बनाएर मेलाजात्रासहित धूमधामले पूजाअर्चना गरी आफ्नो जातीय पर्वकै रूपमा विश्वकर्माजयन्ती मनाउने गरेको अनि पहाडका ‘कामी’ जातिजस्तै लौहकर्मी नै भए पनि तराईमा लोहार जातिलाई दलित नमानिने,उनीहरूप्रति कुनै पनि किसिमको जातीय भेदभाव पटक्कै नगरिने,अन्य सवर्णहरूसरह उनीहरूको पनि मज्जाले भोजन-पानी चल्ने कुरा मलाई राम्ररी थाहा छ । अब त झन् अन्य विभिन्न जातका शिल्पकार र यन्त्रचालकहरूले पनि विश्वकर्मापूजा घरघरैजसो उस्तै उत्साहले गर्न थालेका छन् ।” उनले भने— “हजुरले भनेको ठीक हो सर ! मलाई आफ्ना आदिपुर्खा विश्वकर्मा देवताप्रति सम्मान र गर्व गर्दै जातीय थर ठाकुरका साटो विश्वकर्मा उपनाम राख्न मन लाग्यो र नागरिकता प्रमाणपत्रमा पनि त्यही लेखाएँ । पहाडमा विश्वकर्मा थर भएकाहरू यसरी हेपिने कुरा पनि मलाई यहीँ आएपछि मात्र थाहा भयो ।”

आफ्नो कामको चटारोले गर्दा उनीसँगको वार्तालाई तत्कालका लागि त्यहीँ टुङ्ग्याएर परीक्षाहलमा फर्केँ म ।

  • Sahitya Sagar
    Sahitya Sagar
निर्मोही व्यास
निर्मोही व्यास
Post Views: 281
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.