SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » मृत्यु दु:ख कि उत्सव ?
निबन्ध

मृत्यु दु:ख कि उत्सव ?

विनयकुमार शर्मा नेपालBy Sahitya SagarSeptember 28, 2022No Comments15 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
विनयकुमार शर्मा नेपाल (२०१७, काठमाडौँ) नेपाली साहित्यका बहुआयामकि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको नयाँ निबन्ध रचना समेटिएको छ । यस निबन्धले जीवन सुन्दर मृत्यु महासुन्दर छ भन्ने चिन्तनलाई अगाडि सारेको छ । निबन्धका तर्क र विचारहरू निकै गहन छन् ।

-सम्पा.

मृत्यु के हो ? मृत्यु चाहेर आउँछ कि नचाहेर ? मृत्यु भुक्ति हो कि मुक्ति हो ? मृत्यु दु:ख हो कि उत्सव हो ? प्रश्न अनेक छन् मान्छेका मनमा र अनेक बनाइन पनि सक्छन् ।

शाब्दिक अर्थमा मृत्यु मरण, निधन, स्वर्गवास; देहपात, देहवसान; काल, यमराज; विधि; ब्रह्मा; विष्णु; माया; कलि; कामदेव भनिने गरिएको छ र अर्थ परिभाषा कालअनुसार थपघट हुन पनि सक्छ र नहुन पनि सक्छ ।

मरण साहित्यशास्त्रअनुसार मरणासन्न हुने एक व्यभिचारी शब्द हो भने निधन नाश, विनाश, सखाप, समाप्ति र अन्त हो । निधन हुनु धनहीन हुनु हो, निधन हुनु श्रीहीन वा कान्तिहीन हुनु पनि हो अर्थात् निधन हुनु भनेको दरिद्र हुनु पनि हो । हुन पनि जो सशरीर सकिन्छ वा समाप्त हुन्छ त्योभन्दा दरिद्र, धनहीन अर्को को पो होला ?

सुरलोक, देवलोक, परलोक, सुखधाम, पूर्ण सुखपूर्ण चैन, अभाव-दु:ख र अशान्तिले प्रभाव नपार्ने स्थान यदि स्वर्ग हो भने यस्तोमा पुग्ने वा वास गर्ने स्वर्गवासी हो । मान्छे मरेर स्वर्गवासी भए कि भएनन् ? स्वर्गलोक देखेर कोही आए कि आएनन् ? बाँच्दा यो धराधामलाई नै नर्क बनाउनेहरु पनि कसरी स्वर्गवासी भए ? यो जिज्ञासा यद्यपि सबैको मन-मस्तिष्कमा आउन सक्छ । आउन दिनोस्, यो जिज्ञासाको अधिकार तपाईंमा छ । सशरीर वा बेशरीर कोही कसैले पृथ्वी, पिण्ड, तारा, नक्षत्र, आकाशगङ्गा, ब्रह्माण्ड आदि कहीँ कतै पुगी आएर साक्षात्, प्रत्यक्ष ठोकुवा गर्न सकेको छैन कि हाम्रा पुर्खा स्वर्गवासी भए कि नर्कवासी भने हामीले कसरी पत्याउने को को कति र के कारण स्वर्गवासी भए वा को के के कारण नर्कवासी ? यो स्वर्ग र नर्कको कथाले निकै गाँजेको छ मृत्युलाई ।

‘…….पात झरे पतिङ्गर’ भन्ने उखाने चलन पनि छ हामी कहाँ । देह सकियो कि झरेको पात झैँ भयो । देहको अवसान देहवसान अर्थात् मृत देह, स्थिर देह । श्वास छ र पो अस्थिर छ, जीवित छ जीव । श्वास सकियो स्थिर भो, गलयमान भो, सकिने भो, रूपान्तर हुने भो । देहको तत्त्व तत्त्व अर्को तत्त्व तत्त्वमा मिलेर रसायन प्रतिक्रिया गर्ने भो र योनि वा जुनीमा परिवर्तन वा रूपान्तर हुने भो । यो रूपान्तर चौरासी लाख मात्र होइन चौरासी करोडमा पनि हुन सक्छ वा एकमा पनि नहुन सक्छ । हुन सक्ने वा नहुन सक्ने कुरा पनि के छ र यो ब्रह्माण्डमा ? जे हुन्छ त्यो भएपछि मात्र देखिने न हो भएको ! नभएको देख्नु तर भएको नदेख्नु सबै जीवको चर्मचक्षुको खेल हो, प्रदर्शन हो, शक्ति वा क्षमता हो वा मन-मस्तिष्कको परिधि हो ।

मृत्यु शब्दलाई संज्ञामा काल, यमराज, ब्रह्मा, विष्णु भनिन्छ । जसरी मृत्युलाई काल भन्न सकिन्छ त्यसैगरी मृत्यु बोकेर आउने र मृत बनाएर जाने अमूर्त शक्तिलाई यमराज भन्नु वा नभन्नुमा म कुनै अत्युक्ति देख्दिनँ तर मृत्युसँग ब्रह्मा, विष्णुलाई जोडेर मसानमा बस्ने, संहारक भनिने शिवलाई नजोड्नु हाम्रा भाषाविद्हरूको कुन चाहिँ तिकडम हो बुझ्न सकेको छैन मैले । ब्रह्मा विष्णुको चाकडी गरेर शिवजस्तो रौद्रलाई कुपित बनाउने कम चानचुने आँट पनि त होइन हाम्रा संस्कारित विद्हरूको ।

जेहोस्, काल होस् कि यमराज वा ब्रह्मा होस् कि विष्णु सबै मेरा लागि अमूर्त हुन् । दसी प्रमाण शास्त्रमा मात्र रहेको, आधुनिक युगमा परीक्षण गर्न नसकिएको, मनलाई मालपुवा खुवाएर शान्त पार्न, आनन्दित राख्न निर्मित यन्त्र हो सायद काल, यमराज, ब्रह्मा, विष्णु आदि । न विष्णु देख्नु, न ब्रह्मा भेट्नु, न यमराजसित साक्षात्कार गरेको सेल्फी क्लिक हान्न पाउनु । सन्तोषी परम सुखी भन्दै सन्तोष मानेर सुखी हुने बाटो, रमाइलोको रमरम ।

मृत्यु कतै हामीले तासको खेलमा म्यारेज खेले जस्तो त होइन प्रकृतिका लागि ?

भोक्ताले वस्तुको खास रूप-आकार-प्रकार बोल्न र भन्न नसके पनि द्रष्टाले चित्त बुझाउन अनेक विम्ब, प्रतीक, उपमा, रूपक, उदाहरण, उद्धरणले बुझाए बुझाए जस्तो, बुझे बुझे जस्तो मान्छेको मस्तिष्कलाई वेला वेला घन्ट हान्ने कुरा वा भाव हो काल । जुन प्रत्यक्ष नै छ तर देखिन्न, जुनको आभास छ तर कुनै आकार प्रकार प्रत्यक्ष आउन्न ।

मृत्यु कतै हामीले तासको खेलमा म्यारेज खेले जस्तो त होइन प्रकृतिका लागि ? हुन त खुद म्यारेज (विवाह) पनि त एउटा खेल नै न हो हामी मान्छेले समाजमा सुव्यवस्था कायम गराउनका लागि खेलेका । खेल भनेको कुनै विधि हो । त्यसैले मृत्यु प्रकृतिको एक शाश्वत सत्य विधि हो धरतीका लागि । जुन तपाईं मैले चाहे पनि छ, नचाहे पनि छ । कसैले जति चाहे पनि चाहेको वेला पाउन्नन् । कसैले जति नचाहे पनि नचाहेकै बखत पाउँछन् । सायद त्यसैले मृत्यु अगम छ, पार पाउन नसकिने स्थानमा छ जीवका लागि । बुझे बुझे जस्तो नबुझे नबुझे जस्तो अपार छ । बुझेर पनि बुझ्नै नसकिने, नबुझेर पनि धरै नपाइने नित्य, अनित्य र पलपल छ । त्यसैले मृत्यु प्रकृतिको, संरचनाको, वस्तुको त्यो चाहे जड, वनस्पति वा जीव जेहोस् त्यसको कुनै एक अनुपम रीत हो, प्रणाली हो, प्रबन्ध हो, व्यवस्था वा व्यवहार हो । मृत्यु धरतीको वा जड, वनस्पति वा जीवको नियम हो, कानुन हो, विधान हो, प्रारब्ध हो, भाग्य हो । भाग्य भन्नु नै मान्छेद्वारा जोड्न घटाउन नसकिएको अनगिनत सङ्ख्या बल वा खेल हो ।

एकथरी व्यक्ति, धारणा, मत वा शास्त्रले मृत्युलाई मायाको पगरी गुँथाएको छ तर मायाको कुरा अझै बढी आश्चर्य लाग्दो छ किन त भने मायाले विभिन्न लोभको माध्यमबाट जीवलाई आकर्षण गरेर खिँच्दछ भने मृत्युले खिच्न त खिच्छ तर आकर्षणबाट होइन विकर्षणबाट ।

हो मोह, प्रेमभाव, प्यार, ममता, ममत्व, प्रीति, हार्दिकता सबै मायाकै रूप हुन् । धन, दौलत र ऐश्वर्य पनि माया हो । धोका, छल, जाल, भ्रम आभास, मिथ्या धारणा पनि माया नै हो । खेल, टुनामुना, चटक, लीला पनि माया हो ।

वेदान्तशास्त्रअनुसार जीवजन्य जुनसुकै तत्त्वलाई भ्रममा पार्ने, नाना आभास दिलाउने, विभिन्न क्रियाप्रतिक्रिया गराउने, साह्रा जाल, प्रपञ्च, अदृश्य शक्ति, लीला पनि माया हो । पुर्नजन्मको झिनो आसले, मृत्युबाट हुने दु:ख, पीडाबाट बचाएर त्यान्द्रो बराबर सुख र शान्ति दिलाउन साक्षी, द्रष्टाका लागि जोडिएको शब्द मात्र लाग्छ मलाई मृत्युलाई माया वा लीला भन्नु ।

मृत्युलाई अज्ञान वा अविद्या मान्ने हो भने पनि मृत्युलाई नजानिएकै कुराको श्रेणीमा राख्नुपर्ने हुन्छ । राख्ने नराख्ने तपाईंकै कुरा तर म भने मृत्युलाई जान्न चाहन्छु, बुझ्न चाहन्छु, भोग्न चाहन्छु र खोल्न चाहन्छु । जानेर, बुझेर, भोगेर, खोलेर मृत्युलाई शाश्वत र उत्सवमय बनाउन चाहन्छु र जानेको, पार पाइएको कुराभित्र पार्न चाहन्छु ।

अर्का एकथरी शास्त्रज्ञाताहरू मृत्युलाई कलि अर्थात् युगसँग जोड्ने उपक्रम गर्छन् । यो मतअनुसार कलि युद्ध हो, सङ्घर्ष हो, कलझगडा हो, भने फूल्नै लागेको फूलको कोपिला पनि हो । यदि कलि अन्तिम युग हो भने मृत्युलाई फूल्नै लागेको कोपिला अर्थात् कलिसँग जोड्नु कति न्यायोचित कुरा हो ? यो कलि र त्यो कलिको जोड वा परिभाषा के कलि शब्दले मात्र जुट्न पुगेको हो त ? जीवविज्ञान, प्रकृतिविज्ञान वा नृवंशशास्त्रकाअनुसारका तर्कलाई आफ्नै स्व:मत वा धारणाले खुट्याउने हो भने पनि मृत्यु जीवनको सङ्घर्ष वा युद्ध त हो नै । फुल्नु भनेको पाक्नु हो वा सकिने वेला हो वा अन्तिम बीज बन्ने काल हो भनेर बुझ्ने हो भने मृत्यु कोपिला हो कि बीज हो ? परियो नि असमञ्जसतामा ?

पुनर्जन्म वा पुनरावृत्तिमा विश्वास राख्नेहरूका लागि वा यस मतलाई विनाविचारी लहैलहैमा हो हो गर्नेहरुका लागि मृत्यु कोपिला नै लाग्न सक्ला । कोपिला फूल्छ, पाक्छ, बीज बन्छ र पुन: जन्मन्छ भन्ने धारणाले मस्तिष्क भरिएका पनि होलान् तर मेरो छैन । न म मृत्युलाई कोपिला मान्न तयार छु न त कलि अन्तिम युग नै । मृत्यु जीवनको अन्तिम छेउ हो भने बीजसम्म मान्न सकिएला तर कोपिलालाई मृत्यु भन्न सकिन्न । कलि शब्दको द्वैअर्थका कारण यहाँ भ्रम पर्न गएको स्पष्ट छ । अमूक व्यक्तिको लागि जीवनको अमूक समय युग हुन सक्छ तर मृत्यु नै युग कसरी मान्नु ? म अलमल्ल छु ।

अर्का एकथरी शास्त्र धारकका मतले मृत्युलाई कामदेवसित जोड्ने प्रयत्न गरेको छ । स्मर, काम, कामवृत्ति, सम्भोगसुख, मदनलाई मृत्युसँग जोड्न ताईं न तुईंको तर्क कसरी दिनु मैले ? तपाईंले सके दिनुहोला । सके जति जत्रो ठेली दिए पनि बाधा अड्चन छैन । काम वा सम्भोगको निर्माणको सम्बन्ध सिधै शक्ति, यौवन र जन्म अर्थात् जीवन र जवानीसित जोडिने हुनाले कामलाई मृत्युसित जोड्ने धृष्टता मैले गरिनँ, जे ठान्नोस्, जे सोच्नोस् ।

सृष्टि वा संसार प्राकृतिक रूपान्तरको एक विधि हो । जीवको जीवन पनि कलाकै अङ्ग हो । रूपान्तर क्षण क्षण पल पल भई नै रहन्छ । यहाँ एउटा जिज्ञासा उठ्न सक्छ । जसरी जड-जीव र वनस्पति वा प्रकृति, सृष्टि, ब्रह्माण्डका यावत तत्त्व तत्त्वको रूपान्तर भए जस्तो हामीले भन्ने वा ठान्ने गरेको अमूर्त शक्ति चाहे त्यो हावाको होस्, पानीको होस्, आगोको होस् वा कुनै तत्त्व (मान्छे वा ईश्वर) को अदृश्य शक्ति नै किन नहोस्, के ती पनि निरन्तर रूपान्तर हुँदै छ ? परिवर्तन हुँदै छ ? कर्ता रूपान्तर हुँदा कारण रूपान्तर हुनु र कारण रूपान्तर हुँदा कर्ता रूपान्तर हुँदै जानु स्वाभाविक नै होइन र ? यदि यसै हो भने निश्चय नै आज जे छ त्यो भोलि रहन्न । फेरि किन चिन्ता जन्म र मृत्युको ? किन चिन्ता वातावरण परिवर्तनको । वातावरण अनुकूल जन्मदै जालान्, हुर्कँदै जालान्, बेअनुकूल मर्दे जालान् ।

जेहोस् विज्ञान सम्मत दृष्टिले हेर्ने हो भने वस्तुको रूपान्तर प्रक्रियाको पहिलो होस् वा अन्तिम सिँढी होस्, प्रक्रियाको वर्तुलको जतासुकैको जुनसुकै कुनै एक विन्दु होस् । तत्त्व तत्त्वमा परिवर्तन हुँदै तत्त्वहरू चौरासी लाख पल्ट परिवर्तन होस् कि चौरासी करोड पल्ट वा कतै कुनै मात्र एक दुई पल्ट ।

मैले आशा नै पीडाको मुक्ति हो भनिरहँदा मृत्युलाई सहज मानिदिने हो भने मृत्यु नै मोक्ष हो ।

कुरो फेरि पनि उही वस्तुको सार, बीज, विन्दुको, मृत्युको हो । तपाईं त्यसलाई परिवर्तन भन्नुहोस्, म मात्र रूपान्तर भनौँला, अर्को कोही योनि वा जुनी भन्ने अधिकार राख्ला, अझ अर्को कोही युग वा मृत्यु भनिदेला ।

त के मृत्यु वास्तवमै दु:ख हो ? आयु वा कालखण्ड त यो सृष्टि, ब्रह्माण्डको जुनसुकै तत्त्वको छ छ । त्यो नाम, पद, जीव, तत्त्व, तारा, पिण्ड, आकाश वा नआकाश नामको जे जस्तोसुकै किन नहोस् अर्थात् एक निश्चित कालपछि प्रत्येक तत्त्व रूपान्तर हुन्छ हुन्छ भलै रूपान्तर हुने समय वा प्रक्रिया फरक फरक किन नहोस् । बीजको निर्माण शक्ति, वस्तुको निर्माण प्रक्रिया, निर्मित वस्तुको सङ्गठित ऊर्जा, त्यसले हुर्कँदा पाएको पौष्टिकता वा खाद्य, वातावरणीय प्रभावले पार्ने दखल, वस्तु यदि चेतन छ भने त्यसको मानसिकता आदि रौँ रौ बराबर कुराहरूले वस्तुको रूपान्तर हुने काल वा समय वा आयु वा मृत्युको निर्माण गर्नेछ । क्षणभरको होस् कि लाख वर्षको प्रत्येक वस्तुको आयु वा मृत्यु वा रूपान्तर त हुन्छ हुन्छ । यस ब्रह्माण्डमा कुनै त्यस्तो जड-जीव-वनस्पति वा ईश्वर छैन जुन सदाकाल अमर वा अजेय छ । मैले आशा नै पीडाको मुक्ति हो भनिरहँदा मृत्युलाई सहज मानिदिने हो भने मृत्यु नै मोक्ष हो । वस्तुको उपस्थित रचना, कार्य वा कालको समाप्ति हो । अब पनि तपाईं मृत्युलाई दु:ख भन्नुहुन्छ भने म के भनौँ ? म यति मात्र भन्न सक्छु कि- मृत्यु वस्तुको रूपान्तरको एक अनुपम अवसर हो ।

एक दिन म आर्यघाटमा आफ्नो सबैभन्दा प्रिय पिताको अन्त्येष्टिमा सरिक थिएँ । एक प्रिय विद्व मित्रले मेरै मुखेन्जी भने- ‘बाबुको मृत्युमा समेत तिमी रोएनौ, दु:ख र पीडा अनुहारमा देखिएन । मलाई लाग्थ्यो तिमी बुवाको प्रिय पात्र हौ र तिम्रो पनि बुवा आदर्श तर मेरो यो भ्रम रहेछ ।’

एक क्षण त म पनि अलमलिएँ, तर जोसँग चिन्तन छ, आफ्नै मन्थनको जीव र जगत्प्रतिको विचार छ । जसले मृत्युलाई जीवनको अपरिहार्य सत्य मानेको छ भने उसलाई कुनै कुराको जबाफ दिन किन कुनै उपक्रम चाहियो ?

के मेरा पिता अकालमा परेका हुन् ? के मेरा पिता बालक वा युवा कालमै उमेर नपाकी गएका हुन् ? के मेरा पिताले समाज वा मानव अहितका कुनै कार्य गरेका थिए ? थिएनन् भने किन दुखी हुने ? प्रश्नैप्रश्नका चाङ ओइरे अनि पिताजी ब्रह्मलीन हुँदा दु:खी हुनुपर्ने कारण खोजेँ मैले ।

सन्तानब्बे वर्ष सशरीर सक्रिय रहेर, शिक्षाको क्षेत्रमा बीसौँ स्कुल-कलेज खोलेर, शिक्षा बाँडेर पैँतीस वर्ष अविछिन्न खटिएर, समाजिक दायित्वका अनेक संघसंस्थाको स्थापना र सेवामा चालिसौँ वर्ष डुबेर, सत्तरी वर्ष साहित्यमा सक्रिय रहँदै डेढ सय ग्रन्थको निर्माण गरेर, आफ्नो द्वारमा आउने सयौँ हजारौँ शिष्यलाई शिक्षा, ज्ञान र साहित्यमा उत्साह प्रेरणा दिने गुरुत्व प्रदान गरेर, नाम, पद र धनबाट मुक्त करिब एक शदी सक्रिय जीवन बाँच्ने मेरा पिताजी ब्रह्मलीन हुँदा मेरो ब्रह्मले दु:ख मान्नुपर्ने कारण पहिल्याउन सकेन ।

यहाँ कतिपय मान्छे हेर्दा भने ज्यूँदो, मृत मन-मस्तिष्क बोकेर बाँचेका छन् तर बाँच्दा पनि ज्यूँदो, मरेर पनि ज्यूँदो काम गर्ने, पलपल सक्रिय रहने, कहिले अल्छि र चिन्ता नगर्ने, विनाकाम एक मिनेट समय खेर नफाली पूर्ण सक्रिय रहेर, पूर्ण आयु बाँचेर, एक व्यक्तिले दसौँ मान्छे बराबर कार्य गरेर ब्रह्मलीन हुनुभएका मेरा पिताजीको मृत्यु यो धराको सबैभन्दा शाश्वत मृत्यु थिएन र ? फेरि मैले किन दु:खी हुनुपर्ने ? समाजलाई देखाउन ? म मृत्युलाई उत्सवको रूपमा स्वीकार गर्नुपर्छ भन्ने विश्वास राख्छु । सके आफ्नो मृत्युमा पनि मृत्यु उत्सव मनाउन पाइयोस् भन्ने कामना राख्छु ।

मेरो उत्तरको उसमा के प्रभाव पर्यो त्यो खोज्ने मसँग समय रहेन त्यस समय । म जान्दछु अपवाद छाडेर मान्छे दुई तीन सय वर्ष बाँच्ने प्राणी होइन । फेरि पनि अपवाद छाडेर यो धरामा रहने मान्छे भन्ने जाति को चाहिँ आफ्ना वा आफन्त मर्दा खुसी वा सुखी होला र ? त्यसमा पनि जन्मदाता-जननी र सन्तानको कुरा झन् भावपूर्ण हुन्छन् तर प्रकृतिको शाश्वत सत्य मृत्युलाई कसले नकार्न सक्ला र ? पृथ्वीमा जीवन नित्य छ । नित्य हुँदाहुँदै पनि जीवन प्राणी प्राणीमा अनित्य छ र मृत्यु यसै जीवनको एउटा विन्दु ।

मृत्यु एउटा सत्य हो आध्यात्मिक दृष्टिले । मृत्यु एक अवसर हो सन्ततिका लागि व्यवहारिक दृष्टिले । मृत्यु एक मोक्ष हो जीवनकालको दृष्टिले । मृत्यु एक कला हो कलाकारिताको दृष्टिले । यो कलामा कलाकारले जस्तो सहज अभिनय गरेर, जाग्रत रहेर मृत्युलाई उत्सव बनाउने भने कति होलान् खै ?

त दु:ख के हो ? प्रश्न आउनु स्वाभाविक हो । मृत्युमा दु:ख किन आउँछ ? यसको कारण खोज्न दु:खको परिभाषा जरूरी छ । दु:ख शारीरिक वा मानसिक पीडा हो । दु:ख क्लेश, कष्ट र तकलीफ हो । दु:ख मनको औडाहा र उकुसमुकुस हो । दु:ख समस्या र जटिलता हो । दु:ख बाधा र रोकावट हो । दु:ख मनजन्य वा शारीरजन्य हुन्छ भनेर बुझेपछि मनलाई जीवनको शाश्वत सत्यसँग जोड्न सके पीडामुक्त, कष्ट मुक्त, क्लेश मुक्त, जटिलभन्दा जटिल समस्याबाट मुक्त हुन सकिँदो रहेछ । दु:खको सारा जड मन रहेछ । मन मुक्त त शरीर मुक्त । त्यसैले म मृत्युलाई उत्सवको रूपमा स्वीकार्न चाहन्छु, तपाईं नि ? के तपाईं रोएर, दु:ख मनाएर, पीडा बोध गरेर, कष्ट सहेर समस्याबाट मुक्त हुन सक्नु हुन्छ ? ढीलोचाँडो मन र समयले तपाईंलाई हरेक दु:ख, कष्ट र पीडाको मलहम स्वतस्फूर्त लगाइदिनेछ भने म तत्काल मलहम लगाउन सक्ने पात्र बन्नुमा तपाईंको किन र के आपत्ति ?

मृत्यु खासमा प्रकृतिको तत्त्व तत्त्वमा हुने रूपान्तर प्रक्रिया मात्र हो प्राकृतिक विज्ञानको दृष्टिले । मान्छे आफूलाई केन्द्रमा राखी सबै कुरालाई हेर्ने हुँदा, आफ्नो सुरक्षा र स्वार्थलाई मात्र हेरेर सृष्टि र जीवनप्रति धारणा पाल्ने हुँदा वा प्राकृतिक सत्यलाई आत्मसात गर्न नचाहने हुँदा दुखी छ, समस्याग्रस्त छ । समस्या मुक्त वा दु:ख मुक्त हुनु छ भने आत्मकेन्द्रित हुन छाड्नोस् । जगत्का सबै तत्त्वको अस्तित्व स्वीकार गर्नुहोस् । मृत्यु एउटा सत्य हो आध्यात्मिक दृष्टिले । मृत्यु एक अवसर हो सन्ततिका लागि व्यवहारिक दृष्टिले । मृत्यु एक मोक्ष हो जीवनकालको दृष्टिले । मृत्यु एक कला हो कलाकारिताको दृष्टिले । यो कलामा कलाकारले जस्तो सहज अभिनय गरेर, जाग्रत रहेर मृत्युलाई उत्सव बनाउने भने कति होलान् खै ?

समाजमा एक थरी मान्छे उच्चताबोध जनाउने अति आकांक्षा, महत्त्वाकांक्षा, घमण्ड, अतिगर्व पालेर आत्माकेन्द्रित जीवन बाँच्छन्, जो बोलेपिच्छे मार्छु वा मारिदिन्छु भन्दै रबाफ छोड्छन् । ए बाबा मार न त । तिमीले मारेर तिमीले पाउने के हो ? वा मरेर मैले गुमाउने के हो ?

त्यस्तै यसै समाजमा एक अर्का थरी मान्छे लघुताबोध जनाउने हीनता, कुण्ठा, निरासा पालेर अआत्माकेन्द्रित जीवन बाँच्छन्, जो बोलेपिच्छे मर्छु वा मरिदिन्छु भन्दै दिक्क पार्छन् । ए बाबा मर न त । तिमी मरेर प्रकृति, सृष्टि, समाज वा मलाई के फरक पर्ने हो ? वा तिमीले मरेर कसले के गुमाउने हो ?

त्यसरी नै अर्का एकथरी मान्छे जीवन सुन्दर र मृत्यु कुरूप ठान्दछन् अर्थात् जीवनको सुन्दरता स्त्री र कुरूपता पुरूष मान्दछन् तर मलाई त्यस्तो लाग्दैन । मलाई लाग्छ जीवन सुन्दर छ भने मृत्यु महासुन्दर ।

जगत्का अन्य जीव के सोच्छन् वा सोच्दैनन् मृत्युका बारेमा म जान्दिनँ तर मान्छे भने सधैँ बाँचिरहन चाहन्छ । बाँचुन्जेल सबै ओगट्न खोज्छ । जे जति छ सृष्टिको रहष्य सबै जान्न खोज्छ । मरेपछि भएका गरेका सबै लिएरै जान सक्ने जस्तो व्यवहार गर्छ । यसैले मान्छे मरिन्छ कि भनेर डराउँछ । खान पाइन्न कि, जान्न पाइन्न कि, भोग्न पाइन्न कि, मोज गर्न पाइन्न कि, जम्मा गर्न पाइन्न कि भनेर मान्छे मृत्युदेखि डराउँछ । स्वार्थ, लोभ, लालच, इच्छा, आकंक्षा, आशालाई मनबाट होसपूर्वक बुझ्ने हो भने मान्छेमा मान्छे हुनुको अधिकार, कर्तव्य, जिम्मेवारी र परिधिको बोध हुन्छ । त्यो बोध र होसले मान्छेले मृत्युलाई सहज बनाउन सक्छ ।

Death, demise, decease, act of dying, departure from life. जीवन गयो, सकियो । अङ्ग्रेजी भाषिक मान्छेलाई मृत्यु शब्दले त्यति धेरै चिन्तित पार्दैन रे ! कारण पूर्वतिर जस्तो अनेक पर्याय, विपरीतार्थ, अर्थ, परिभाषा छैन रे तिनका शब्दमा । मृत्यु शब्दलाई मात्र हेरेर तपाईं मरण, स्वर्गवास; देहवसान; काल; विधि; मायालाई बुझ्नुहुन्न, अझै धेरै पुच्छर केलाउँदै जानुपर्ने हुनेछ ।

हुन त गरे के हुने हो ? नगरे के हुने हो ? पाए के हुने हो ? नपाए के हुने हो ? बाँचे के हुने हो ? मरे के हुने हो ? विराट् विशाल ब्रह्माण्डको दृष्टिले हेर्ने हो भने मान्छेका सबै उपलब्धी मान्छेका लागि हो, जुन ब्रह्माण्डका लागि तृण बराबर हो ।

हुने, गरिने, सकिने भन्दा धेरैको आशा नगर्नु, जन्मनु र मर्नुलाई प्राकृतिक रूपान्तर मात्र ठान्नु, दु:ख र सुखलाई मात्र मनको भाव जान्नुलाई निश्चय नै मृत्यु डर होइन उत्सव लाग्न सक्छ । मेरो लागि मत्यु उत्सव हो तपाईंको लागि के हो ? म चाहन्छु सकारात्मक जीवन बाँचेर, मानवहितको कार्यमा सक्रिय रहँदै, होसपूर्वक पलपल मृत्युको प्रतीक्षा गरुँ । मृत्युलाइै मुस्कुराएर स्वागत गरुँ, खित्का छाडेर अँगालोमा कसेर बोध गरुँ र त्यो बोधद्वारा मृत्यु उत्सव मनाऊँ ता कि तपाईंलाई होसपूर्वक बताउन सकूँ । कि कसो ?

  • Sahitya Sagar
    Sahitya Sagar
विनयकुमार शर्मा नेपाल
विनयकुमार शर्मा नेपाल
Post Views: 419
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.