SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » भानुको रामायणमा दरबारिया भाषाशैली
समीक्षा

भानुको रामायणमा दरबारिया भाषाशैली

प्रा. डा सर्वराज आचार्यBy Sahitya SagarAugust 23, 2022No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सर्वराज आचार्य नेपाली साहित्यका प्राचीन सन्दर्भ र भाषाविज्ञानका गम्भीर अन्वेषक हुन् । उनले लेखेका लेखहरू प्रामाणिक मानिन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको भानुभक्त आचार्यको महाकाव्य रामायणको भाषामा रहेको दरबारिया भाषाशैलीको चर्चा गरिएको लेख ‘भानुभक्तको रामायणमा दरबारिया भाषाशैली’ समेटिएको छ । यस लेखले भानुभक्त आचार्यको र आचार्यकालीन दरबारको भाषा बुझ्न सकिन्छ ।

-सम्पा.

भानुभक्तले लेखेको रामायणमा प्रशस्त दरबारिया भाषाशैलीको प्रयोग पाइन्छ। यो भाषाशैली संवत् १९१९ वैशाख मसान्तसम्म लेखेर सकिएको रामायणभरि देख्न सकिन्छ। रामायणका सातवटा काण्डमध्ये बालकाण्ड पहिलो हो। मोतीराम भट्टकृत भानु जीवनी अनुसार यो काण्ड संवत् १८९८ मा लेखेर सकिएको मानिन्छ।

यस समयमा भानुभक्त २८ वर्ष पूरा भइसकेका देखिन्छन्। गधापच्चिसी उमेर पार गर्न लाग्दा नलाग्दै वि.संं. १८९१ मा घाँसीसँग भेट भएपछि यो बालकाण्ड लेख्न प्रारम्भ गरेको ठानिन्छ। यो बालकाण्ड लेख्न प्रारम्भ गरेदेखि वि.संं. १८९८ मा पूरा गर्दासम्म भानुभक्त आचार्य दरबारिया भाषामा पोख्त भइसकेका देखिन्छन्। यस उमेरका भानुभक्त तनहुँ चुँदीरम्घाबाट काशी बनारसबाहेक अन्यत्र गएको देखिँदैन। भाषाको सिकाइ सिद्धान्तले भने यस्तो भाषाशैलीको प्रयोग गर्न सक्ने क्षमतालाई बानी ठान्छ। भानुभक्तलाई कसरी दरबारिया भाषाशैलीको प्रयोग गर्ने बानी पर्‍याे त ? उनमा यो बानी कसरी निर्माण भयो ? उनले बालकाण्डभित्र मात्र कस्तो दरबारिया भाषाशैली प्रयोग गरेका छन् ? भन्ने विषयमा यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ।

भानुभक्तमा संवत् १८९८ भन्दा पहिले नै दरबारिया भाषाशैलीमा बानी परिसकेको देखिन्छ। बानी निर्माणका निम्ति घर, पाठशाला र भाषिक वातावरणमध्ये न्यूनतम एउटा कुरा आवश्यक हुन्छ। यसमध्ये कुनै एउटा कुरा भानुभक्तले प्राप्त नगरेको भए बालकाण्डमा दरबारिया भाषाशैलीको स्वाभाविक लेख्य प्रयोग सम्भव हुने थिएन। के भानुभक्तलाई यस्तो भाषा प्रयोगमा अभ्यास दिलाउने चुँदीरम्घाको आफ्नै घर हो ? यसको सकारात्मक उत्तर आउँदैन। के त्यसो भए उनले पाठशालामा दरबारिया भाषाशैलीको अभ्यास गरे त ? चार–पाँच वर्षजति काशी बनारसमा बसी पढेको हुनाले त्यहाँको विद्यालयमा नेपालको दरबारिया भाषाशैलीको प्रयोग हुन सक्ने देखिन्न। चुँदीरम्घाको आफ्नो घर र काशी बनारसको पाठशालाले भानुभक्तमा दरबारिया भाषाशैलीमा बानी निर्माण गर्न सक्ने परिवेश देखिन्न। त्यसो भए दरबारिया भाषिक वातावरणले भानुभक्तलाई यस्तो दरबारिया भाषाशैलीमा अभ्यस्त गराएर बानी बसालेको मान्नुपर्छ।

भानुभक्तले प्राप्त गरेको भाषिक वातावरण बारेमा मोतीराम लिखित भानु जीवनीसहित अन्य भानु जीवनीहरू मौन देखिन्छन् । तर नरनाथ आचार्य लिखित भानु जीवनी तथा अध्यात्म रामायण र भानुभक्तीय रामायणको तुलनात्मक अध्ययन गर्ने रामचन्द्र पौडेलले यसको संकेत गरेका छन्। यी दुवैले आफ्ना पिता धनञ्जयको दरबारिया सम्बन्धले भानु प्रभावित देखिन्छन् भनेका छन्। धनञ्जय आचार्य प्राय : चुँदीरम्घामा आएनन्, पाल्पातिरै बसे, उतैबाट काशी बनारस पुगेर देहत्याग गरे भन्ने सुनिन्छ र भानु जीवनीहरू हेर्दा पनि यस्तै पढिन्छ।

घरमा बाजे श्रीकृष्ण आचार्यबाट भानुभक्तले शिक्षादीक्षा प्राप्त गरेको कुरा सबै भानु जीवनीमा उल्लेख छ । यस्तो शिक्षादीक्षाले भानुभक्तमा दरबारिया भाषा सिकाइको वातावरण पाउन सक्ने अवस्था देखिन्न । यता धनञ्जय प्राय : चुँदीरम्घामा नहुनु र भएकै अवस्थामा पनि धनञ्जयका कारण चुँदीरम्घामा दरबारिया भाषाशैलीको प्रयोग गर्ने वातावरण बन्दैन ।

चुँदीरम्घामा भाषा सिकाइका सिद्धान्तका दृष्टिले पनि बाबुले जानेको भाषा छोराका निम्ति वातावरणीय भाषा बन्दैन। त्यसैले संवत् १८९८ सम्म चुँदीरम्घामा भानुभक्तलाई दरबारिया भाषिक प्रयोगमा अभ्यस्त हुन पाउने वातावरण देखिँदैन।

यस्तो भाषिक वातावरणको चर्चा गर्नुभन्दा पहिले भानुभक्तले बालकाण्डमा प्रयोग गरेको दरबारिया भाषाशैलीको संक्षिप्त चर्चा गरौँ। यसभित्रका प्रमुख पात्रहरू नेपाल दरबारमा पहुँच पुग्ने राज खलक, गुरु खलक र ब्राह्मण वा ऋषि खलकहरू देखिन्छन्। राज खलकभित्र ब्रह्मा, विष्णु, दशरथ, राम, जनकहरूलाई राख्न सकिन्छ भने वशिष्ठ गुरु खलक र नारद वा विश्वामित्रलाई बाहुन वा ऋषि खलकमा।

यहाँ राज खलकका निम्ति मर्जी, दयानिधान, मर्जी ख्वामित्, बुझाइ बक्सनु हवस्, हुकुम, मारिबक्सनु हवस्, खातिर, बिन्ती, हजुर, अधिराज, बक्सनु हवस् जस्ता शब्द प्रयोग गरेको देखिन्छ । यसमा नेपाली व्याकरण अनुसार नेपालका दरबारियालाई प्रयोग गरिने अत्युच्च आदरार्थी शैलीको प्रयोग भएको छ।

गुरु खलकले राजालाई मध्यम आदर प्रयोग गरेको देखिन्छ। शैली प्रयोगमा भानुभक्तले जनकलाई भन्दा दशरथ र रामलाई सर्वत्र अत्युच्च आदर प्रयोग गरेका छन्। यहाँ तत्कालीन बाहुनहरूलाई दबारियाले प्रयोग गर्ने मध्यम आदर शैली प्रयोग गरेको देखिन्छ। बाहुन वा ऋषि खलकबाट पनि राज खलकलाई अत्युच्च आदर शैलीकै प्रयोग भएको छ। सामान्यत : देवता र देवीहरूलाई प्रयोग गरिने मध्यम आदर शैलीलाई भानुभक्तले पनि अनुसरण गरेकै छन्, तर तिनका निम्ति, हुकुम, बक्स, बिन्ती, मर्जी आदि दरबारिया शब्दको प्रयोग गरेको पाइन्छ ।

यो भाषाशैलीबाहेक भानुभक्तले सर्वत्र पाल्पाली भाषिकामा पाइने ‘थ्यैँ’ र ‘थैँ’ जस्ता नामयोगीको प्रयोग पनि गरेका छन् । अहिले पनि यो नामयोगी पाल्पा गुल्मीतिर ‘थिम्’को रूपमा जीवितै छ। यो थ्यैँ, थैँ वा थिम् नामयोगीको प्रयोग चुँदीरम्घा तनहुँतिर बोलिने नेपाली भाषामा पाइँदैन।

त्यसो भए भानुभक्तलाई दरबारिया भाषाशैली र पाल्पाली भाषिकाको प्रयोगमा आदत कसरी बस्यो त ? तत्कालीन पाल्पा दरबारका प्रशासक, तिनका निकटका कर्मचारी र धनञ्जयको नजिक नबसी भानुभक्तलाई दरबारी भाषाशैली र पाल्पाली नामयोगी प्रयोगमा अभ्यस्त हुने वा बानी पर्न सक्ने भाषिक वातावरणको उपलब्धता देखिन्न।

त्यस कारण संवत् १८९० पछि अध्ययन सकेर काशीबाट पहाड आएका भानुभक्त आचार्यलाई पाल्पाका शासकहरू, पिता धनञ्जय र पाल्पाका कर्मचारीसँग प्राप्त निकटताले दरबारिया भाषिक वातावरण प्राप्त गरेको देखिन्छ। यो वातावरणीय भाषाशैलीको अभ्यस्तताबाट भानुभक्तले बालकाण्ड रामायण लेखे, नत्र उनले राजा दशरथ र रामचन्द्रको अयोध्या दरबारको बोलीलाई नेपाली दरबारको बोली बनाउन सक्ने थिएनन् । संस्कृत भाषामा नपाइने दरबारिया भाषाशैलीलाई नेपाली दरबारिया शैलीको पुट दिँदै पाल्पाली नामयोगीको प्रयोग गरेर बालकाण्ड लेख्न सक्ने थिएनन्।

संवत् १८९० देखि १८९८ सम्म पाल्पा दरबारमा को को दरबारिया प्रशासक भए ? यस समयभित्र धनञ्जयले कुन कुन प्रशासकको निकटमा बसेर काम गरे ? यतातर्फ पनि चर्चा गरौँ । कर्णबहादुर बानियाँ क्षत्रीको विद्यावारिधि शोध प्रबन्ध ‘पाल्पा गौँडा : एक ऐतिहासिक अध्ययन’ (२०६३ :३९–४०) अनुसार संवत् १८९० पौषसम्म बख्तबारसिंह थापा र त्यसपछि १८९४ सम्म रणवीरसिंह थापा पाल्पाका प्रशासक देखिन्छन्। त्यसपछि क्रमश : संवत् १८९४ भदौदेखि रणदल पाँडे, १८९७ पौषदेखि १८९८ माघसम्म सिंहवीर पाँडे र त्यसपछि दोस्रोचोटि रणदल पाँडे पाल्पाका प्रशासक बनेका छन्।

जयराज आचार्य लिखित ‘भानुभक्त आचार्य हिज लाइफ एन्ड सेलेक्टेड पोइम्स’ (सन्,२०११ :१३२), पंक्तिकारको २०७० फागुन १० मा गोरखापत्रमा प्रकाशित ‘भानुभक्तको कुमारीचोक र धनञ्जयको मृत्यु’ र २०७३ असार २५ मा अन्नपूर्ण पोस्टमा प्रकाशित ‘भानुभक्तको चिठी र धनञ्जयको देहावसान’ आलेखका आधारमा तिथिमिति हिसाब गर्दा संवत् १८६९ देखि १९०४ मा देहान्त नहुँदासम्म धनञ्जय आचार्य पाल्पामै देखिन्छन्। अब यस चर्चाबाट भानुभक्तले बालकाण्डमा प्रयोग गरेको दरबारिया भाषाशैली र पाल्पाली नामयोगीको अभ्यस्त प्रयोगको आकलन गर्न सकिन्छ।

पाल्पाका तत्कालीन उल्लिखित प्रशासकहरू दरबारिया हुन्। तिनीहरू र धनञ्जय आचार्यसहित अड्डामा काम गर्ने अन्य कर्मचारीबीच हुने भेटघाटले भानुभक्त आचार्यका निम्ति दरबारिया भाषिक वातावरण निर्माण हुन्छ। यो भाषिक वातावरणमा अभ्यस्त हुन भानुभक्तले पाल्पामै बाबुका साथमा नबसी हुँदैन । नत्र दरबारिया भाषाशैलीको सिकाइ, प्रयोग र अभ्यस्ततासँग भाषा सिकाइका सिद्धान्तले मेल खाँदैन। तसर्थ संवत् १८९० पछि समय समयमा भानुभक्त बाबु धनञ्जयको साथमा बसेर उल्लिखित दरबारिया भाषिक वातावरण पाएको देखिन्छ। वि.सं. १८९८ मा लेखेर सकिएको भनिने भानुभक्तीय रामायणको बालकालण्डमा त्यसैको प्रभाव देखिन्छ।

  • Sahitya Sagar
    Sahitya Sagar
प्रा. डा सर्वराज आचार्य
प्रा. डा सर्वराज आचार्य
Post Views: 264
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.