SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » काग साहित्यकार
निबन्ध

काग साहित्यकार

कृष्ण प्रधानBy Sahitya SagarJuly 28, 2022No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कृष्ण प्रधान भारतको सिलिगुडीमा बसेर नेपाली साहित्यको सेवा गरिरहेका विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी हास्यव्यङ्ग्य निबन्ध र समीक्षाका क्षेत्रमा निरन्तर कलम चलाइरहेका छन् । यस शृङ्खलामा उनको ‘काग साहित्यकार’ शीर्षकको निबन्ध समेटिएको छ । यसमा बौद्धिक व्यक्तिहरूले पनि अरूलाई कसरी ठुङ्न सक्छन् भन्ने कुरा देखाइएको छ ।

-सम्पा.

भनिन्छ कागले कागको मासु खाँदैन । तर “काग साहित्यकार”-हरू भने एकले अर्कालाई ठुङ्ने गर्छन् । एक जना ग्रीक दार्शनिकले अर्का ग्रीक दार्शनिकलाई यसरी ठुङेको पाइन्छ – “उनी अहङ्कारहीन जस्तो छेँड़ परेको कम्बल ओढ़्छन् तर कम्ब्लको प्रत्येक छेँड़बाट उनको अहङ्कार निस्किरहेको हुन्छ ।”

दस्तोभयेस्किले उनकी श्रीमतीलाई लेखेका चिठी – “टल्सटयले उनको उपन्यास “एना करेनिना”-को चालिस किस्ति रसियन मेसेञ्जरलाई बिक्री गरे भन्ने हिजो मात्रै पढ़ेँ । प्रति किस्ति पाँच रूबलको दरले मोठ दुइ लाख रूबल । तर उनीहरूले मलाई अढ़ाइ सय रूबल दिन पनि नाकनिक गरेका थिए । उनीहरूले मलाई मामुली, लरतरा, तुच्छ लेखक ठानेछन् क्यारे ! तर मेरो ता लेख्ने पेशा हो । म टल्सटय र तुर्गेनेभ जस्ता जमिन्दार चाहिँ होइन ।”

यस्ता ठुङाइँ प्रायः रिले रेशजस्तै विश्व साहित्यकै प्राङ्गणमा देखिन्छ । टल्सटयको “एना करेनिना” उपन्यास पढ़ेर विश्वकवि रवीन्द्रनाथ ठाकुरको पनि मुख नचलाएका होइनन् । उनले ता टल्सटयको उक्त उपन्यास पढ़्दा-पढ़्दै खल्लो लागेर पढ़्नै छोड़ेका कुरा गरेका छन् । टल्सटयले सरल, सुन्दर अनि उदार रूपमा उपन्यास लेखेका भए पनि रवीन्द्रनाथको ठुङाइँ गजबकै देखिन्छ ।

कविगुरू रवीन्द्रनाथ ठाकुरले “गीताञ्जली”-मा नोबेल पुरस्कार प्राप्त गरे । भारतवासीको नाताले नाक घोक्राउनु पर्ने कुरा नै हो । तर टल्लटयको उपन्यासमा सरल, सुन्दर, उदार रूप खोज्न चाहने रवीन्द्रनाथका कविताहरूबारे अर्निष्ट हेमिङ्वेले रवीन्द्रनाथलाई यसरी ठुङेको पाइन्छ – “रवीन्द्रनाथका कविताहरू अच्चाकाली मिठो सरबतजस्ता छन् तर यस्ता हल्का-फुल्का लेखकहरूले कसरी नोबेल पुरस्कार पाउँछन् ?

फकनरको ठुङाइँबाट हेमिङ्वे पनि उम्किन सकेका छैनन् । हेमिङ्वेलाई फकनर यसरी ठुङ्छन् – “उनको निम्ति साहित्य कुश्तीको अखड़ा झैं नै छ । शब्द, वाक्य र भाषालाई घुस्सी हानेरै चित् पार्छन् हेमिङ्गवे । साहित्यलाई नक-आउट गर्न चाहने मुक्काबाज जस्तै छन् हेमिङ्वे ।

फकनरबारे एक जना आधुनिक अमेरिकी लेखकको ठुङाइँ पनि हेरौं – ” उनका कथाको चरित्र जस्तै, धेरै वर्षसम्म नबोलेर जसको स्वर अचम्मको भएको छ । उनका निजी कण्ठस्वर पनि यान्त्रिक रूपले अचम्मकै छ ।”

हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, यस्ता ठुङाइँ धेरै प्रकारका हुनसक्छन् । तीमध्ये ईर्ष्णीय एउटा ठुङाइँ यहाँ राख्ने धृष्टता गरेँ । हाम्रा महाक्वि लक्ष्मीप्रसाद देवकोटाले पनि ठुङाङँ खाएका छैनन् भनिहाल्नु मिल्दैन । “शाकुन्तल” महाकाव्य लेख्दाहुँदी उनले भाषानुवाद परिषदमा पुष्कर शमशेरका गतिलो ठुङाइँ भेटेका पाइन्छ – “यो भाषानुवाद परिषदका निम्ति हो यसमा मैले चाहे जस्तै शैलीमा लेखिनुपर्दछ । यसैको निम्ति जागिर दिएइको छ ।” त्यति मात्रै होइन परिषदका अध्यक्ष वालकृष्ण समतिर हेर्दै “शाकुन्तल”-को एउटा पङ्क्ति पुष्कर शमशेरले फेरि ठुङेका देखिन्छ – “भाइ, तिमी नै हेर, सुन ृ

सुतट मट्टि मान्द्रिलो स्निग्ध गोबरी
उफर सानु शावके सानु स्वर्ग छ

सुन्यौ ? ” यो कुन दिशाको नेपाली भाषा हो ? यस्तो भाषामा शाकुन्तल महाकाव्य लेख्ने रे, कसको निम्ति ?”

महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि काँचो काठले डढ़्ने खालका व्यक्ति ता कहाँ थिए र ! यसको लगत्तै दुइ दिनपछि देवकोटाले पनि बालकृष्ण समलाई च्याँखे थापेर ठुङ्नसम्म ठुङेका पाइन्छ – “कवि हृदय नभएका एक भाषाशास्त्री वैयाकरणले मेरो हार्दिक वेदना के बुझ्दछ ? त्यस्ताको अधिनमा म कसरी महाकाव्य लेख्न सकूँला ।”

कुनै कुनै ठुङाइँमा भित्र कता-कता अर्ती, उपदेश र सन्देश भए पनि कुनै-कुनैमा ठुङाइँ चाहिँ विद्वेषणीय पनि देखिन्छ । हेमिङ्वेको विद्वेषपूर्ण ठुङाइँ निकै प्रासङ्गिक देखिन्छ । हेमिङ्वेले उनका घनिष्ट बन्धु अनि पृष्ठपोषक गारटुस् स्टेइनबारेमा यसरी ठुङेको पाइन्छ – “आँखीभौंमा भुत्ला भएकी आइमाई ।”

समयको परिवर्तन सँगसँगै एकार्कालाई ठुङ्ने विषय पनि परिवर्तन भएको पाइन्छ । अस्कर वाइल्डले वाल्ट ह्विटम्यानका बारेमा यसो भनेका थिए – “पृथ्वीमा अरूभन्दा उनकै योगदान धेर छ ।” उनको उच्छवास पछि ह्रास भएको यस ठुङाइँबाट प्रष्ट हुन्छ – “कविताले शायद ह्विटम्यानलाई नाँघेर गएको छ, तर दर्शनको आलिङ्गण उनले निकै पाएका छन् ।”

ठुङाइँ कहिले-काहीँ सुठी नै निर्दोष र उटपटाङ पनि हुनसक्छ । विलियम वर्डसवर्थको प्रकृति प्रेमबारे ठट्टा गर्दै के भनिएको थियो भने, कवि वर्डसवर्थलाई अफ्रिकाको जङ्गलमा गएर बस्नु परेको भए उनको यो प्रकृतिप्रेम जीवनभरिको निम्ति स्वाहा हुनेथ्यो ।

ठूला-ब़ड़ा साहित्यकारहरूप्रति गरिएको मनतव्य कहिले काहीँ यथोपयुक्त र मूल्यवान आलोचना पनि हुन सक्छ । यी ठूला-बड़ा साहित्यकारहरूलाई कनिष्ठ साहित्यकारहरूले श्रद्धाञ्जली चढ़ाउँछन् वा आफ्ना समकालीनहरूमध्ये एक जनाले अर्कालाई मूल्याङ्कन गर्छन् त्यतिबेला यस्तो पनि हुन सक्ने सम्भावना देखिन्छ । जस्तै, भारत स्वतन्त्र भएको समयमा राष्ट्रपिता महात्मा गाऩ्धीले टल्सटयप्रति यसरी मनतव्य गरेको पाइन्छ – “मेरो हातमा भारतको बागडोर वा शासन हुँदो हो ता टल्सटयको लठुवा आइभानजस्तो राज चलाउँथेँ ।” यस भनाइमा महात्मा गान्धीको टल्सटयप्रति असिम श्रद्धा भए पनि यो भनाइलाई ठुङाइँकै श्रेणीमा राख्न सकिन्छ ।

अस्कर वाइल़्ड पनि अर्कालाई ठुङ्न कम्ति सिपालु थिएनन् । एडगर एलेन पो-लाई वाइल्डले यसरी ठुङेका पाइन्छ – “Marvellous Lord lf rhythmic expression.” । गुण्टार ग्रासले थोमस मानलाई लेखक रूपमा यसरी ठुङेका छन् – “जो छिन्द्रान्वेषी छन्, उनीहरूले गुण्टार ग्रासले झैं केही लेखेर देखाउन् न ।”

ठुङ्ने निहुँमा बोक्रे श्रद्धा पनि नपाइने होइन । ब्रेखटले सक्रेटिषलाई श्रद्धा गर्दै ठुङ्ने मनसायले कथा लेखेको पाइन्छ । “करेल च्यापेल” कथामा स्वाधीनचेत आर्किमिडिसको प्रज्ञा मनन र दर्शनबोधको गहिऱ्याइको साङ्गोपाङ्गो वर्णन पाइन्छ । दस्ताभयेस्कीको जीवनबारे फ्रायडले जुन पुस्तक लेखेका छन् उनैको रचनाबाट मनोवैज्ञानिक तत्त्व तानतुन पारेर पुस्तक लेखेका पाइन्छ । एक जना लेखकले अति व्यापकरूपमा नभए पनि गहिरै पाराले समसामयिक अर्का लेखकले मूल्याङ्कन गर्नै सक्छन् । यसमा शङ्का गर्न ठाँवै छैन अनि नस्वीकारी पनि धर छैन । यस्ता उदाहरणहरू कति छन् कति विश्व साहित्यको इतिहासमा ।

टल्सटयले तुर्गेनिभको प्रतिभा अस्वीकर नगरे पनि पनि मिठो पाराले यसरी ठुङेको पाइन्छ – ” तुर्गेनिभ यस्ता एक जना झरना हुन् जसको पानी न स्वाभाविक मौलिक श्रोत नै । अन्य कुनै श्रोतबाट आएको पानी त्यस झरनाबाट झरिरहेछ कि झरिरहेछ…अनि एक दिन यो झरना स्याप्पै सुक्नेछ भन्ने आशङ्का सधैँ रहिरहनेछ ।” यस्तो ठुङाइँलाई “कागचक्षुजल मनतव्य वा विचार” भन्न सकिन्छ । टल्सटयबारेमा चेखवको ठुङाइँ – “टल्सटयको आँखामा एउटा लजिली मुस्कान झुण्डिरहेको हुन्थ्यो । उनले स्वर सानो पार्थे, मानौं सूक्ष्म र रहस्यमय केही भइरहेको छ ।”

टल्सटय मृत्यु हुनभन्दा दस वर्ष अघि चेखवले उनलाई यसरी ठुङेका पाइन्छ – ” चेखव कहिले मर्लान् भन्ने मलाई डर छ । उनी मरे मेरो जीवनमा विराट शून्यता आउँनेछ । उनलाई छोड़्दा हाम्रो साहित्य गोठालोबिनाको चरणका गाईहरू जस्तै हुनेछ ।”

गोर्कीले चेखवमित्र सूक्ष्मता, महत्त्व, प्रज्ञा, सत्यता, चरम शिल्पोत्कर्ष र असुन्दर विरूद्घ विद्रोह देखेकेा थिए । प्रेम र मानिसरूपमा उनलाई चिनेका थिए । चेखवका सामु अन्य मानिसहरू अज्ञातवश नै धेर सरल, सोझा, विश्वस्त भइटोपल्थे । चेखव बितेपछि गोर्कीले भनेको पाइन्छ – “यस्ता एकजना मानिसको कुरा जब हाम्रो मनमा आउँछ हामीलाई धेर उपकार हुन्छ । एक आकस्मिक आनन्दले मन भरिन्छ । यस भनाइमा “गोर्कीको ठुङाइँलाई काकचक्षुजल”-कै श्रेणीमा राखिहाल्दा पनि कुनै टुटा पर्दैन कि !

बाचुञ्जेल कुनै पनि साहित्यकारको त्यति मूल्याङ्कन भएको पाइँदैन । घरको कुखुरा सागै बराबर भनेजस्तो बाचुञ्जेल साहित्यकारहरू त्यत्ति सम्मानित भए पनि मरेपछि मा कुनै पनि ताहित्यकारको उच्छवास सर्वत्र देखिन्छ । मेरो नितान्तै व्यक्तिगत विचारमा मृत्यु अगावै यसको सामान्य अंश देखाउन सकिएको हुँदो हो ता वा देखाउन सकिएको भए हाम्रा देवकोटा, गिरी, गुमानसिंह चामलिङ आदि-आदि स्रष्टाहरू कति प्रफुल्लित हुन्थे होलान् । हाम्रो नेपाली साहित्य संसारमा मात्रै होइन विश्व साहित्यमा पनि यो साबिक रोग यथावत् देखिन्छ ।

किट्सलाई उनका जीवनकालमा कतिले प्रशंसा गर्थे र ? काफकालाई कतिले चिन्थे ?

अब प्रवीण साहित्यकारहरूले कनिष्ठ साहित्यकारहरूलाई ठुङेका कुराहरू नराख्नु हो भने यो लेखोट अधूरो नै रहनेछ । गुरू प्लेटोका अकादमीमा एरिष्टोटल सोह्र वर्षका उमेरमा भर्ना भएका थिए । अकादमीमा उनले सोह्र वर्ष नै बिताए । एरिष्टोटलका प्रतिभा देखेर गुरू प्लेटो भित्र-भित्रै गर्वित थिए । एरिष्टोटलजस्ता शिष्य पाएर गुरू प्लेटोको नाक घोक्रेको थियो । यसैले उनले आफ्नो अकादमीलाई दुइ भागमा विभक्त गरेका सगर्व घोषणा गरेको पाइन् । उनले अकादमीको मस्तिष्क एरिष्टोटललाई मानेका थिए भने अन्य सबै शिष्यहरूलाई अकादमीका शरीर मानेका थिए । तर गुरूसित शिष्य एरिष्टोटलको विचारमा प्रखर विरोध थियो । स्वयम् कवि भए तापनि प्लेटो रूपियाँमा सोह्रै आना काव्यविरोधी थिए । एरिष्टोटलको क्व्यशास्त्र प्लेटोको काव्यविरोधिताको विरोध गरेरै लेखिएको पाइन्छ ।

हाम्रो भारतीय नेपाली साहित्यकारहरूमाझ पनि एक जनाले अर्का साहित्यकारलाई ठुङ्ने प्रवृत्ति प्रखर देखिन्छ । यी ठुङाइहरूबारे बेलिविस्तार लाउनु हो भने एउटा लम्बेतान लेखोट नै तयारी हुन सक्छ । एक जनाले अर्कोलाई ठुङ्नमा कोहीभन्दा कोही कम्ति देखिँदैनन् । पुरस्कार पाउँदा पनि ठुङाइँ, नपाउँदा पनि ठुङाइँ । बाचुञ्जेल पनि ठुङाइँ, मरिसकेपछि पनि ठुङाइँ । यहाँ ठुङ्ने र ठुङिमाग्ने परम्परा अहिलेदेखिको होइऩ । तर यी ठुङाइँहरू सबै कसैको पिठ्यूँपछि नै हुन्छ। यसरी एक जनाले अर्कालाई ठुङ्ने साहित्यकारहरूका नाम यहाँ उल्लेख गर्नु हो भने सबै साहित्यकारहरू मसित ठुस्किने छन् ।

सबै कुरौ उदाङ्गो भएपछि एकार्कामाझ ठुङाठुङ् गर्नेहरूका अनुहारको भूगोलमा कस्ता-कस्ता परिवर्तन आउने हुन् कोनि मलाई नै कुरीकुरी लाग्ने भएकोले यी ठुङ्ने साहित्यकारहरूका नाम उल्लेख गरेर मपाइँ नहुनु नै बेस ठानेँ । निकट भविष्यमा एक-अर्कामाझ ठुङाठुङ् गर्ने भारतीय नेपाली साहित्यकारहरूका नाम र उनीहरूका ठुङाइँबारे लेख्नेछु भन्ने कुरो अहिले नै जनाइराखुँ क्यारे !

पुछारमा, कागकै प्रसङ्ग झिकेर के भन्न सकि्नछ भने, साहित्यकारहरूका ठुङाइँमा साधारणतः निम्न बूँदाहरू पाउन सकिन्छ –

क) कागले कागलाई ठुङ्नु,
ख) आन्द्रे जिद्ले भनेजस्तो थुप्रै कागहरू मिलेर एउटा चीलको बचेरोलाई ठुङ्नु ,
ग) उनीहरूका सबै पानीहाँस नै उनीहरूका निम्ति काग,
घ) हाम्रो सबै पानीहाँस नै राजाहाँस,
ङ) काकचक्षुजल जस्तो स्वच्छ विचार ।

साहित्यकारहरूबाट उपर्युक्त बूँदाहरूमध्ये अन्तिम बूँदा ओकलेको नै उत्तम हुन्छ । तर विश्वकै साहित्यको इतिहासमा उपर्युक्त अन्तिम बूँदाको नाक-मुख देख्न बड़ो दुर्लभ छ । वस्तुतः, थोरै मात्रामा त्यसको गन्ध पाउन सकिन्छ ।

काकस्यः परिवेदनाः ।

अस्तुः ।

  • Sahitya Sagar
    Sahitya Sagar
कृष्ण प्रधान
कृष्ण प्रधान
Post Views: 248
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.