SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » वधशालाको डिस्को धुनः निबन्धको नयाँ किताब
समीक्षा

वधशालाको डिस्को धुनः निबन्धको नयाँ किताब

प्राा. डा. खेमनाथ दाहालBy Sahitya SagarMay 26, 2022No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

खेमनाथ दाहाल नेपाली साहित्यका उल्लेख्य समीक्षक हुन् । उनको परिचय अघिल्ला प्रकाशनमा समेटिइसकेको छ । यहाँ उनको सुरेन उप्रेतीको बधशालाको डिस्को धुन निबन्धकृतिमाथि लेखिएको निकिै गहन समीक्षा समेटिएको छ ।

-सम्पा.

१. प्रारम्भः
सुरेन उप्रेती (पाँचथर, मेची अञ्चल) एक प्रतिभाशाली युवकको प्रयास निबन्ध लेखनमा देखिएको छ । यिनका ‘आजका स्वरहरू’ (कविता सङ्ग्रहः२०५३), ‘अजम्मरी माया’ (बालकथा सङ्ग्रह–२०५८), ‘पछुतो’ (बालकथा सङ्ग्रह–२०६४), ‘आकासे परी’ (बालकथासङ्ग्रह–२०६४), ‘झिलिमिली तारा’ (बालगीत सङ्ग्रह), ‘अनन्त यात्रा’ (कथा सङ्ग्रह २०६९) जस्ता साहित्यिक कृतिहरू प्रकाशित छन् । यिनी प्रवासमा बसेर नेपाली साहित्यका विविध विधामा कलम चलाउने युवा प्रतिभा हुन् । उनले क्यानडामा बस्ता बस्तै ‘वधशालाको डिस्को धुन’ निबन्ध सङ्ग्रह (२०७४) प्रकाशनमा ल्याएको स्थितिमा प्रा.डा.राजेन्द्र सुवेदीले भूमिकामा उल्लेख गरेभैmँ यही पर्यावरण र समयको बिम्ब कोरिएका निबन्ध पठनमा रुचिकर छन् ।

२. विषय प्रवेशः
‘वधशालाको डिस्को धुन’ (२०७४)नई प्रकाशनबाट प्रकाशित निबन्ध संग्रह हो । यसमा समेटिएको ‘भुँडी’ पहिलो निबन्धले व्यङ्ग्यशैली अवलम्बन गरेको छ । भुँडी हाम्रो अनिवार्यता हो, त्यसैको स्रोतले हामी यहाँ आयौँ र ट्याउँट्याउँ गर्दै पृथ्वीमा विचरण गरिरहेका छौँ भन्ने विचारबाट सुरेन उप्रेतीले भुँडीको सम्मान गरेका आठ अनुच्छेदमा हामी व्यङ्ग्य गर्ने नवीन शैलीसँग परिचित हुन्छौँ । आकारमा साना ठुला भुँडी हुने कुरा ध्रुव सत्य भएको जनाउने प्रसङ्गमा भुँडीले यी झगडाहरू निम्त्याएको प्रसङ्ग पहिलो प्राथमिकतामा परेको छ । विश्वमा भएका तमाम युद्धको कारण भुँडी, भएभरका पार्टीको झगडाको कारण भुँडी, कुटिल चालाचाल्नै पर्ने भुँडी, सभाभवनमा कुर्सी हान्ने भुँडी, दमाहाजस्ता ठुला र ट्याम्काभैmँ ससाना भुँडी, सद्दाम हुसेन र बिन लादेनलाई मार्ने कारण भुँडी, ठुला देशले हामीलाई हतियार बेच्ने कारण भुँडी र ती हतियार फिर्ता ल्याऊ भनी निहँु खोज्ने कारण पनि भुँडी नै भएको उल्लेख गरिएको छ । नेपाली बहादुरहरूले छातीमा गोली थापे, हातमा खुकुरी भिरे, भक्ति थापाले तरबारले गोरा छप्काए; यसको कारण–कार्य खोज्दा सबैको उत्तर उहीँ गएर ठोक्किन्छ । यस प्रसङ्गले हास्य कम व्यङ्ग्य बढी भएका वाक्यहरू देखाउँछ, देश र विदेशमा भएका अपराधका कारणहरू खोजीमा आएकाले ऐतिहासिक सन्दर्भको दस्तावेजमा कलम रमाउँछ । नेता, जेता, भिखारी र दाता सबैका भुँडीमा चामल दाल तरकारीको घम्साभम्सी देख्दै लगिएको छ; फरक के छ भने ठुलाले खाएको धेरै देखियो । उनले पहाड, नदी, खानी बेचेर खाएका कुरा सुन्दा हामीलाई दुख्छ; तर भँुडीले यति धेरै प्रगति गर्ने हामीलाई दान दियो, त्यस्तो सकारात्मक पक्षमाथि ध्यान नपुगेको हो । त्यही भुँडीले जन्माएका राइट दाजुभाइले हवाइजहाव बनाए, त्यही भुँडीले भुलका कारणले बम बनाउने वैज्ञानिक पनि दान दिएको सकारात्मक र नकरात्मक कुरामा जोखाजोख गर्न भने बिर्सिनु हुँदैन ।

राष्ट्रिका प्रतिनिधि, गाउँका ठुला ठुला जिम्दार र सबै खालका हेपाहाहरू, लुटेर–खाने वर्ग ठानिएकाहरूलाई राजा, महाराजा, प्रभु नभनी ‘डन’ भन्न थालिएछ । यो नाम नयाँ नै हो तर यसमा गरिने शोषण र दमनका चव्रmहरू इतिहास भन्दा पुराना छन्, र पुराणभन्दा पनि जेठा छन् । यी ‘डनवाद’मा वर्गीकृत समाजका डनहरू पर्छन् । मानवीय डन मात्र नभई ईश्वरीय डन पनि थिए भन्ने दोषारोपण गरिएको छ । त्यस पराव्रmमका धनी भनिएका बलिया पुरुष र नारी आज पनि पूजाआजा पाउने नाममा मानिसले ढोग्ने पात्र भएर बाँचेका छन् अर्थात् यिनीहरू हाम्रो मानसमा जीवन्त छन् भन्ने सार कल्पनामा सत्यता भएको तर्क गरिन्छ । यहाँ फरक प्रसङ्गका फरक अनुच्छेदहरू तय गरिएका छन्; ईश्वर बारेका महाप्रभुका सन्दर्भ बेग्लै भएभैmँ आजको राजनीतिमा सव्रिmय डनका प्रसङ्ग अभैm रोचक र घोचक बनाइएका छन् । समसामयिक युगमा हरेक नेता आपैmँ कसैलाई कुट्न जाँदैनन् तर उनले पालेका बलिया पाखुराहरू नै यसको प्रमाण छन् जसले नेताको मनोमानी खुसीराजीले जे जे आदेश पाए त्यहाँ प्रयोग गरिएका छनन् । यसलाई तितो सत्य नमानी हाम्रो भनाइ पूर्ण नहोला । त्यस सन्दर्भमा सुुरेनका उदाहरणमा आएका शिव, दुर्गादेवी, विष्णुकै ढपका पालित बलिया हातहरू हरेक नेताका भएको टिप्पणी गरिएको छ । ‘चस्मा’ शीर्षकमा निबन्धको हास्यव्यङ्ग्य उपविधा वा ढाँचा सव्रिmय रेहको पाइएको उक्त छोटो पाठमा आठ अनुच्छेद भित्र प्रारम्भका अनुच्छेद बाल्यकाल र चस्माको पूर्व इतिहासमा अनुमानतिर मोडिएका छन् । यसमा पहिलो र दोस्रो अनुच्छेदका विषय भने केटाकेटीले चस्मा देख्दा जनाएको उत्सुकता झल्काउने प्रकारका रहे पनि चौथो, पाँचौँ, छैटौँ र बाँकी अनुच्छेद राजनीति, अर्थनीति, नेता र राष्ट्रसँग जोडिएका घटनामा अल्झिएका छन् । कुनै कुरा राम्रो भए पनि नराम्रो भए पनि आफ्नो दलका मान्य नेताहरूको चस्मा लगाइयो भने राम्रो लाग्छ । जनजातिको सिद्धान्तबाट हेरियो भने इतरका प्राणीले जे भने पनि दोष हुने भयो र जुन धर्मका पछि लागिन्छ त्यही मात्र राम्रो देख्न थालिन्छ मानौँ यो दृष्टिकोण हो वा कुनै वस्तुबाट परेको प्रभाव हो तर ‘चस्मा’ भएर उभिन्छ । प्रधानमन्त्रीले लगाएको चस्माले भारततिर फर्किएर राम्रो भन्न सक्छ वा चिनतिर हेरेर राम्रो भन्न पाउँछ । यी प्रसङ्गहरू व्यङ्गय गर्नका लागि तयार गरिएका प्रसङ्ग हुन्, यहाँ लक्षणाले काम गरिदिन्छ । यसलाई कतै निर्दयी र पापी भन्ने विशेषण लगाएर टुङ्गयाइएको हुँदा यो चस्माको आलोचना वा व्याजस्तुति हो ।

‘कर्म’ भनेको भाग्य हो वा परिश्रम हो भन्ने तर्कमा अडिएको एक निबन्धमा परिश्रमको कदर गर्ने सन्देश पाइन्छ । यहाँ ज्योतिषीले राजा हुन्छौ भनिदिएका पात्र कोही असमयमा मरेका देखाइए, कोही भोकै सुतेका भनिए, त्यसैले कर्म गर फल आपँैm पाइन्छ भन्ने विचारको सम्प्रेषणमा लेखिएको ‘कर्म’ पाठले प्रगतिचेत भन्ने विषयको उच्चारण गर्छ । हामीले स्वदेशी भूमिमा पसिना बगाएनौँ, विदेशी भूमिमा मात्र परिश्रम गर्दा देशको माटो त्यसै उजाड भइदिने भयो । सुरेनबाट भगवान्का सम्बन्धमा लेखिएको एक निबन्ध ‘आस्था’मा खुलेर आफ्नो अनुभूति प्रकट गरिँदा आपूmले आस्था राखेका ईश्वर र ईश्वरभक्तहरूका कतिपय चरित्रको अध्ययन भन्न सुहाउने पछिका दिनमा बदलिएको विचार प्रकाशमा आएको छ । सुरुमा ईश्वरप्रति राखिएको आस्था र पछि ईश्वरभक्तहरूको नाटक देख्दादेख्दै मोदनाथ प्रश्रितले लेखेको ‘देवासुर सङ्ग्राम’ पढेपछि कति फरक सोचाइमा रूपान्तरण आफ्नै आस्थामा परिवर्तनका क्षण र चरणबारे गम्भीर आलोचना गरिँदा काठमाडौंकी घरवाला महिलाका स्वभावमा मन्दिर धाउने तर आफ्नै घरमा काम गर्ने महिलामाथि दमन चव्रm चलाउने चालामाला देखेपछि मन्दिरभक्तहरू प्रतिको अनास्था र विश्वासको सङ्कटमाथि समीक्षाका पाँच अनुच्छेद प्रकटमा आएका छन् । घरवाला दुर्वासा दिदीले देखाउने ईश्वरभक्तिका विपरीत मानवमाथि गरिने अपराध ईश्वर निन्दा हो । यसैमा यो पाठ समाप्त हुन्छ । सुरेनका निबन्धमा ‘म’ निबन्ध हास्यव्यङ्ग्यको ढाँचामा प्रस्तुत भएको छ र संवाद वा नाटकीय शैलीले साथ दिएको छ । म पात्रले कुनै आपूm पात्रलाई पैसा कमाएर धनी हुनेतिर अनेक भ्रष्ट स्रोतहरू सिकाएको अभिनयमा इज्जत बेचेर धनी हुने तरिका प्रशिक्षण गरेको छ । सहर पसेपछि धन कमाउन विरोधी दल खडा गर्ने, युवकहरूलाई तोडफोडमा लगाउने, म्यानपावर खोल्न लगाउने, मदन भण्डारी मारिएको घटनासँग विषय जोडेर रेलिङ तोड्नेहरूसँग सम्बन्ध राख्दै, देशमा धमिजा, लाउडा काण्ड मच्चाएभैmँ साहस देखाउने र दलको भाग नमिले पार्टी फुटाउने प्रशिक्षणमा व्यङ्ग्यैव्यङ्ग्य भरिएको पाइए पनि हास्यतर्पm सन्तुलन मिलेको छैन । यहाँ बैङ्कसँग दलाली गर्ने, खोलो पर्ने जमिन किन्ने र ऋणमा जमिनको पुर्जा राख्ने, ऋण नतिर्ने, अवैधानिक व्यापार गर्ने, प्रहरीसँग मिल्ने, नमिले धम्की दिने व्रिmयाकलापका साथसाथै अवैध ढुकुटीबाट जनता ठग्ने काम गरेर जो धनी भए तिनको व्याजस्तुतिले व्यङ्ग्यको रूप लिएका छन् । त्यसमा सुन्दरी प्रतियोगिताको आयोजक हुने र प्रायोजक अर्कैलाई राखेर धन खर्च गर्न सक्नेहरूमाथि हुँदै गरेका त्यस्ता सजिलै र कम मेहनतले धनको आर्जन हुने स्रोतमाथि पनि केही दृष्टि पुगेको प्रसङ्गले छिट्टै धनी हुने नवधनाढ्यमाथि टीकाटिप्पणी हुने उक्त क्षेत्रलाई पखाल्न निबन्धले प्रयास गर्दछ । नेपालका कतिपय इज्जत नहुने नवधनाढ्यहरू विदेशी भुमिमा चल्दै नचलेका विश्वविद्यालसित सम्बन्धन भएको देखाउँदै नेपालका मन्त्रीलाई मानार्थ विधापारिधि उपाधि दिएर सम्मा र धन लिनेदिने गर्दै छन् । यहाँ सुरेनले सम्मान जनक देखाई व्याजस्तुति गरेका धेरै क्षेत्रहरू अवैध कारोवारमा लागेका भन्ने अर्थ खेल्ने गरी यो ‘म’ निबन्ध लेखिएको छ । यसमा मुहूर्त वा समय बिम्ब २०५० साल पछिको छ ।

काठमाडौँ निबन्ध हास्यभन्दा व्यङ्ग्यको भारी पहँुच भएको पाठमा सात अनुच्छेद रहेका छन् । यिनमा एउटा दुइटा अनुच्छेदमा काठमाडौँका गतिला कामको सन्दर्भ उठान भएकै हो; ‘नेपाली भाषा मात्र कनीकुथी बोल्नेलाई अङ्ग्रेजी, हिन्दी, जापानी, कोरियन, फ्रेन्च आदि भाषा बोल्न सिकाया,ै भन्ने वाक्यमा गुणगान हेरिन्छ । नकारात्मक सन्दर्भमा भने व्यङ्ग्यका वाण परर झर्छन् जसमा बालश्रम, होटेल साँझ, खाते बालक, देह व्यापार, विदेश जाने रहर, ठगी चाला, जमिन भए गाउँका साहूको र पैसा भए म्यानपावरको, मर्मत लाश बाकसमा फर्किने बाटो बनाइदिने सहर काठमाडौँले साह्रै धेरै अपराध गरेको, गरिरहेको तिर्खा घोचपेच पढिनेछ । यसमा भैरव अर्यालको प्रभाव परेको छनक मिल्छ । ‘पब्लिक सर्भेन्ट’ शीर्षकको निबन्धमा विदेशी भूमिमा सरकारी कर्मचारीसँग जोडिने सन्दर्भहरू सुरुको अनुच्छेदमा प्रस्तुत हुन्छन् । सरकारी कर्मचारीका केही दोष देखिन्छन्; उनीहरू चाट्न पाए छिट्टै काम गरिदिन्छन् । नेपालमा मन्त्रीसम्म घुस्याहा रहेको वर्तमानले प्रमुख स्थान पाएका प्रसङ्ग बाँकी अनुच्छेदमा पढिने विषय हुन्ः– सरकारी कर्मचारीहरू आपूmलाई माथिल्लो दर्जाको बौद्धिक ठान्ने, अरूमाथि हेयको भाव राख्ने सोचमा छन्, तर सबैमा त्यस्तो चरित्र हुने कुरा सत्य छैन । यसमा लगाइएको आरोपमा आपूmभन्दा तलकालाई थिचोमिचो गर्ने र आपूmभन्दा माथिल्लो दर्जाका कर्मचारीलाई ईश्वर मान्ने दोषवृत्ति छैन । ठुलाबडाको स्वभाव बेलायतीरूले भारतमा शासन गर्दाको स्वभाव सरासरी सर्दै आएको भनिन्छ । आज पनि राजा, राणा, बेलायती प्रभुमाथि असीम भक्तिभाव प्रकट हुन्छ । यस निबन्धमा मानिसको दिमागको श्रेणी विभाजन गर्ने सिलसिलामा राम्रो पढाइ हुनेहरू डाक्टर तथा इन्जिनियर बने, दोस्रो तहको दिमाग हुने कर्मचारी र शिक्षक बने, अझ तल्लो तहको दिमाग हुने राजनीतिमा लागे र बुद्धि नहुने र पढाइ नहुनेहरूले राजनीतिवालालाई सहयोग गरे । त्यसबाट देश बिग्रिएको भन्ने आरोप सरासरी गलत नभए पनि कति प्रतिशत साँचो ठहरिन सक्छ; विचारणीय प्रसङ्गमा तर्क भएको छ । नेपालमा सबैलाई आफ्नो पकडमा राख्न खोज्नेहरू त्यस्तै अबौद्धिक, अप्राज्ञिक र अध्ययनबाट पलायन समूह भएपछि निर्माण र प्रशासनदेखि रीतिस्थिति सबै बिग्रिएको छ । सरकारलाई त्यस्तै चौथो तहका मस्तिष्कहीनहरूले घुमाएपछि हामीले राम्रो सुविधा त्यस्ता निकायबाट पाउनु निकै कठिन यात्रा हो । सही अर्थमा यसमा कति कुरा भए कति भने बढाईचढाईमा आएका उदाहरण हुन् । यी प्रसङ्गले सरकार पीडित, राजनीति पीडित, कर्मचारी पीडितलाई सधैँ प्रसन्न पार्छन् । ‘सिभिल सर्भेन्ट’को सही अर्थ भने लाग्न सकेको छैन, किनकि सेवाको भावना मरेर गएको छ । सरकारी कर्मचारीमा एक दुई प्रतिशत मात्र सेवाको मनोभावले कार्यालयमा आएको हुन्भैmँ लाग्न थाल्छ ।

यस निबन्धमा तर्क गरिएको छ, तर्कमा राम्रा पक्ष छन् र कुनै प्रसङ्ग भने अधिक पूर्वाग्रहबाट ग्रसित छन् । मानिसका गुणदोषको समीक्षा सुहाउने गरी भएको छ; कुनै मानिस शिक्षित छैन तर समाजको सुधारमा राम्ररी लागेको कुरा सत्य हो । कुनै व्यक्ति शिक्षाको दृष्टिबाट माथि पुगेको भए पनि समाजलाई बिगार्ने काममा अग्रसर भएको दृष्टिकोण सत्य साँचो नै हो । ‘कुमारी आमा’ विद्रोही भाषामा लेखिएको निबन्धमा अहिलेका समयको विकृतिमाथि प्रहार गर्दै लेखिएको छोटो भाषण पढिनेछ । यसमा एक युवतीले गरेको मञ्चीय प्रवचनमा आजका यन्त्रमानवदेखि दलाल वा बिचौलियासम्मका व्यवहारहरू प्रशस्त आलोचित हुन्छन् ; कुनै दाइजो माग्ने, कुनै म्यानपावर खोल्ने, कुनै एन्जिओ खोल्ने र जनतामाथि भ्रम छर्ने प्रवृत्तिका मानिससँग विवाह नगर्ने विचारकी प्रेमी युवतीले ठुलो मान्छे होइन असल मान्छेसित प्रेम गर्दै बिहे नगरी सन्तान पाउने, हुर्काउने र बढाउने एक घण्टे भाषण गरेको श्रवण, मनन र पठन हुन्छ । यस निबन्धमा समयबिम्ब प्रस्ट रूपमा कोरिएको छ, किनभने वि.सं.२०५० को समयदेखि यता यस्ता विकारहरू नवीन पुस्तामा यत्रतत्र व्याप्त रहेका कारणले गर्दा विवाहका नाममा हुने नारीमाथिको लुटतन्त्र आलोचित हुन्छ । यस प्रवचन शैलीमा चार अनुच्छेद छन्, निकै लामा अनुच्छेद भएका कारणले समयको बिम्ब कोर्न ठाउँ प्रशस्त रहन्छ । मान्छेको मनोवृत्ति दुःख नगरीकन धनको मालिक हुने बानी परेको छ, त्यसले देश विदेशमा शक्ति जमाएको छ भन्ने भनाइलाई आत्मसात् गर्न सकिन्छ । साहित्यमा रहने भाव गाम्भीर्यका ठाउँमा प्रवचन तन्त्र सबल देखिनु, विषयको गहिराइभन्दा तथ्याङ्कका डाटा देखिनु यस निबन्धका सीमा रहेका छन् । कतै राजनीतिक नेत्रीले भाषण गर्दा अहिले मञ्च भरिभराउ हुने, यस्तै श्रोतागण दर्शक दीर्घामा खचाखच हुने परिवेश बनिदिएभैmँ पाठकको अनुभूति हुनेछ । ‘मरूभूमिको खेती’ निबन्धमा आठ अनुच्छेदमा भारतको आलोचना मूल विषय जस्तो लाग्छ तर नेपालको पहाड र तराईमा जन्मिएका, हुर्किएका युवक र युवतीलाई बेर्नासँग तुलना गर्दै खाडी देशमा तिनले कमाएको पैसा दिनार र रियालले देश चलेको भए पनि, त्यसबाट प्राप्त उपलब्धि धेरै भए पनि खाडीमा मर्ने र मारिने कारणका बिचमा नेपाली युवा पुस्ताले पाएको असीम कष्टमाथि गम्भीर चिन्तन भएको छ । आदिम सभ्यता, प्राचीन युग, जनावरपालन, घोडाको उपयोग, उसको बानी वा स्वामीभक्ति मान्छेमा सरेको चित्रणमा मालिक नेतालाई स्वाभिमानी कार्यकर्ताले पछि लागेर सम्मान गनेए युगको आलोचना भएको निबन्ध ‘घोडाहरू’ व्यङ्ग्य शैलीको निबन्ध हो तर हास्यमा निकै दुर्वल पक्षको अनुभूति हुन्छ । मानिसको स्वभावका विषयमा चर्चा गर्दै यसका असल गुणको प्रशंसा आपैmँले गरेको जनाउने हाम्रा विषयको निबन्ध ‘भेदभावको पराकाष्ठा’मा अन्यायको भारी बोक्न कठिन भएको स्थितिमाथि टिप्पणी गरिएको छ । नेपालमा छुवाछुतको धर्मले अन्याय गरेपछि अरू धर्ममा मानिसहरूले कल्याण देखे भन्ने विचारमाथि बहस भएको निबन्धमा मानवतामाथि आवाज बोल्छ । धर्मका मार्गमा हिंसा भइदिने प्रवृत्तिको आलोचना हुनु यस पाठको राम्रो विषय हो । निबन्धका कतिपय प्रसङ्गमा भने लेखकीय मन्तव्यले साहित्यको मूल्य खस्किएको छ, यसको उदाहरणमा ‘भेदभावको पराकाष्ठा’लाई लिन सकिन्छ । निबन्धका प्रचलित ढाँचाहरूमा उच्च बौद्धिक चिन्तनको ढाँचा, हास्यव्यङ्ग्यको ढाँचा, प्रगतिशील चेतनाको वकालतमा जोड दिने ढाँचा, संस्मरणमा जोड दिने ढाँचा, नियात्रामा आधारित ढाँचा र कवितामय शैलीको ढाँचा प्रमुख निबन्ध ढाँचा रहेकामा अहिले यी ढाँचाको सुखमय अवलम्बन हुन सकेको छैन । उच्च बौद्धिक फाँटलाई बालकृष्ण सम र कुमारबहादुर जोशीजस्ता चिन्तकले जग दिए, हास्य–व्यङ्ग्यको ढाँचालाई केशवराज पिँडाली र भैरव अर्यालले जग दिए । प्रगतितवादी चेतको ढाँचालाई हृदयचन्द्रसिंह प्रधान र कृष्णचन्द्रसिंह प्रधानजस्ता धेरै चिन्तकले जग दिए भने कवितामय शैलीको ढाँचालाई लक्ष्मीप्रसाद देवकोटा, वानीरा गिरीको सहयोग प्राप्त भयो, संस्मरणमा श्यामप्रसाद शर्मा र नियात्रामा लैनसिंह बाङ्गदेल तथा तारानाथ शर्माको प्रारम्भको जोड रहेको छ । यहाँ भैरव अर्याल, केशवराज पिँडालीप्रभृति रामकुमार पाँडे, श्याम गोतामेहरूका पछि लाग्न सुरेन उप्रेती प्रयास गरिरहेका छन् । ‘वधशालाको डिस्को धुन’ पनि यसैको परिणाम हो । त्यस्तै शिक्षाको अवस्था कमजोर स्थितिबाट गुज्रिएको गाउँ, त्यस गाउँकी एक ज्ञानको भोकले तानेकी युवती, उनले शिक्षाका लागि गरेको कठिन यात्रा, राजधानीमा पाएको कष्ट र जानिएका जनबाट भएको भ्रष्टाचारलाई केन्द्रमा पार्दै लेखिएको निकै लामो निबन्धमा समाजालई बदल्न राजधानी पसेकी एक युवतीको संस्मरण पढ्न सकिन्छ । उनलाई ठृुलो मानिसले लगाइदिएको जागिर, होटलमा काम गर्ने वेटरको दायित्वमा कति प्रसङ्गले नेता, कार्यकर्ता, एनजिओका अधिकारी, समाज बदल्न चाहने भाषण गर्नेहरू दोहोरो पाठ खेलिरहेका भन्ने आरोपमा सबै सत्यता नभए पनि केही प्रतिशत सत्य रूप बोल्छ । त्यसरी होटेलको दृश्य देख्ने युवतीको यो अभिनय पनि एक नाटक हो । त्यस स्थानको चित्रणले सोझासीधा विषय भन्दा चर्को आवाजको डिस्को धुन बज्दै जाने, अभैm नारी अनुभूति अन्तिम प्रहार हो । यसमा पुरुष लेखकले यस्ता कल्पनामा जे जाने ती लेखिदिए; कुनै युवतीले सुनाएको प्रसङ्ग लेखेर आफ्नै अनुभव हुँदैन । यसमा भाषात्मक कलात्मकता र साहित्यिक मूल्यको सौष्ठव विकसित भएको छैन ; नारी वकिलले बहस गरेको बहस शैली बलवान छ ।

‘खाली सिसी पुराना कागज’ एक चिन्तनप्रधान निबन्ध हो जसमा गरिएको तर्कले समयको बिम्ब कोर्छ । आजका विचारशील, बुद्धिजीवी र नेताहरूका दिमागमा हुनुपर्ने चिन्तन र नीति छैन । त्यस दिमागमा हावा मात्र भरिएपछि खाली सिसी भएको छ; सडक र गल्लीमा पुराना कागज किन्न आउने साधारण व्यापारीहरूको दिमागभैmँ हाम्रो पनि दिमाग पुरानो भयो भन्ने सोचभित्र यस पाठले आफ्नो भनाइ बलियो गरी राख्छ । पुराना कागजमा सीमित भएको सिद्धान्तले नव सिर्जना दिँदैन पनि । नयाँ सोच र दृष्टिकोण भरेपछि त्यहाँ कुनै कुरा जन्मने आशा गरिन्छ, ता कि बौद्धिक ढाँचामा पर्ने यस निबन्धमा एक सोच र साहित्य सौष्ठव विकसित देखिन्छ । ‘तलाउ’ निबन्ध वस्तुपरक निबन्धको एक प्रयास हो जसमा एक सरोवरको स्मरण गरिएको हुनाले संस्मरण प्रधान निबन्धका लक्षण पनि नभएका होइनन् । यसमा आफ्नो घरका छेउको तलाउसँग यस धरतीलाई दाँजेर लगिएको छ, हामीले तलाउको रक्षा गरेभैmँ संसार वा पृथ्वीको रक्षा गर्नुपर्छ भन्ने शिक्षा र उपदेश दिने निबन्ध लेखिएको छ । यसमा गम्भीर त्रुटि भएको छ; लेखनाथ पौडेयालको कविताको अंश साभार गर्दा गल्ती भएका कारणले गण–सङ्केत–अक्षर वर्ण बिगारेर साभार गरिदिएपछि आफ्नो स्तर पनि रहेन, कविशिरोमणिको कविता पनि बिगारियो भन्ने कुराबाट पाठक र लेखकको सुमधुर नातामा फरक सोच र दृष्टिकोण यस्तै प्रस्तुतीकरणबाटै सुरु हुन्छ । “मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ । मै बाँचू मै नाचूँ अरू सब मरुन् दुर्बलहरू ।।” पाठमा वर्ण र अक्षर विचलित भई आएका छन् । यसमा य.म.न.स.भ.लघुगुरुका गणबाट शिखरिणी छन्द बन्नेछ । अक्षरहरूमा ख्याल नगरिए छन्द बिगारेको दोष आउँछ । उद्धरण यस्तो हुनुपर्छः म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ । म बाँचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू ।। विचारको साथुसाथै रचना सौष्ठव पनि निर्वाह गर्नुपर्ने कुरामा निबन्धकारको ध्यान पुग्नु जरुरी हुन्छ । यस्तो गल्तीमा प्रकाशक पनि दोषबाट मुक्त हुने छैनन् ।

३. निष्कर्ष
नियात्राको शैलीमा रचिएको ‘मृत शरीरलाई छाम्दा’ शीर्षकको निबन्धमा नेपालको पूर्वी पहाडी यात्रामा गाडी पल्टिएर घटना भएको विवरणमा मन डराउँछ । एक लासको अवस्था बेवारिसे हुन्छ र मनमा आपूm बाँचे पनि अरूको अवस्थामा मन सिरिङ्ग हुन्छ, यो दुःखद यात्रा हो । बिरामी जाँच्न नजान्ने डाक्टरले मान्छे मार्छन् । डाक्टर नामका कति व्यक्तिको डर वा कति मेहनती विद्यार्थी भएर ज्ञान आर्जन गर्नेहरूमा चलेको त्रासको हावा ‘डाक्टर’ निबन्धमा, आर्थिक विकृतिको रूप ‘बिङ्गोको व्यवसाय’ निबन्धमा, अन्धविश्वास र श्रमको प्रकृति ‘भकुन्डे भूत’ निबन्धमा मूल विषय बन्दछन् । यहाँ हास्यभन्दा व्यङ्ग्यप्रधान, केही निबन्ध हल्का टिप्पणीप्रधान, चिन्तन प्रधान भएकाले यिनमा सकसको चित्रण सरस रूपमा आएको छ । मूलतः यिनमा समयको बिम्ब कोरिएको विश्वास गर्न सकिन्छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
प्राा. डा. खेमनाथ दाहाल
प्राा. डा. खेमनाथ दाहाल
Post Views: 773
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.