SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » स्मृतिमा कृष्णप्रकाश दाइ
निबन्ध

स्मृतिमा कृष्णप्रकाश दाइ

गोविन्द गौतमBy Sahitya SagarApril 16, 2022No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

गोविन्दप्रसाद गौतमका विभिन्न रचना साहित्यसागरमा प्रकाशन हुँदै आएका छन् । प्रस्तुत शृङ्खलामा उनको कृष्णप्रकाश श्रेष्ठमा केन्द्रित रचना प्रस्तुत छ । यस स्मृतिपरक निबन्ध रचनाले कृष्णप्रकाश श्रेष्ठका जीवनी र व्यक्तित्वका केही पाटालाई समेटेको छ ।

-सम्पा.

सन् १९८३–१९८४ तिरको कुरा हो, त्यो समय म काठमाडौँमा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा अध्ययनरत थिएँ । पुल्चोक क्याम्पस टप गर्न सके शोभियत सङ्घमा छात्रवृत्तिमा इन्जिनियर पढ्न पाइन्छ भन्ने सुनेको थिएँ । हुन पनि रसिया त्यतिवेला संसारको अति शक्तिशाली, समाजवादी अनि कम्युनिस्ट शासन प्रणाली भएको देश थियो । मेरो लागि पनि कता कता मनको एक कुनामा रसिया सपनाको देश बनेर बस्न पुग्यो । फलतः मस्को र शोभियतसँग सम्बन्धित सबै कुरा मेरो लागि विशेष रोचक हुन्थ्यो ।

म जति वेला पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसको विद्यार्थी थिएँ त्यति वेला क्याम्पस प्राङ्गणमा संसारमा रहेका साम्यवादी र पँुजीवादी देशहरूका बारेमा बहस चल्दथ्यो । एक प्रकारले भन्ने हो भने त्यसवेला यो क्याम्पस राजनीतिक बहस गर्ने अखडा पनि थियो । धेरैजसो झैँझगडा बन्द अनि हडताल हुने गर्दथ्यो । केही दिन बिदा हडताल हुँदा म जन्मगाउँ पर्वत फलेवास जाने गर्थेँ ।

घरमा बुवाले सधैँजसो रेडियो बजाइरहनुहुन्थ्यो । बुवालाई एउटा स्टेसनमात्र मन पर्दैनथ्यो । कुन कुन रेडियोको स्टेशन के के आउछ भनेर सारिरहँदा मैले झ्वाट्ट ‘यो रेडियो मस्को हो’ भन्ने सुनँे । बेलुकीपखको समय थियो । आफूले मस्को जाने सपना सजाएको हुँदा त्यसको बारेमा सुन्दा मन फुरुङ्ग भयो । अहो ! ‘मस्कोमा बसेर नेपाली रेडियो सञ्चालन गर्ने को होला ?’ भन्ने लाग्थ्यो । त्यो वेला नाम थाहा नभए पनि पछि बुझ्दैजाँदा परदेशमा नेपाली साहित्यका चम्किला तारा उनै श्री कृष्णप्रसाद श्रेष्ठको सुमधुर आवाज मेरा कानले पहिलोपटक सुनेको रहेछ । उहाँको त्यो कर्णप्रिय आवाजको गुन्जन अहिले सम्झना गर्दैगर्दा ताजा स्मरण हुन्छ । समय बित्दै गयो । सन् १९८७ मा छात्रवृत्तिमा हाइड्रो पावर इन्जिनियरिङ्ग पढ्ने अवसर पाएर म शोभियत सङ्घको सेन्ट पेटेरस्बुर्गमा अध्ययनका लागि गएँ । अध्ययन सकेर नेपाल नफर्की म मस्कोमा नै काम गर्न थालेँ । त्यहाँ रहँदाबस्दा पहिलोपटक नेपाली राजदूतावासमा कृष्णप्रकाश श्रेष्ठसँग मेरो परिचय भयो ।

रसियास्थित नेपाली राजदूतावासमा विभिन्न अवसर पारेर कार्यक्रम हुने गर्दथ्यो । त्यसरी हुने कार्यक्रममा एकजना अग्रज र चिरपरिचत व्यक्तित्व हुनुको साथै रसियन भाषाको अनुवादकसमेत रहनुभएको हुँदा कृष्णप्रकाश प्रायः कार्यक्रममा आमन्त्रित हुनुहुन्थ्यो । त्यसरी भएका एकाध कार्यक्रममा मेरो पनि उपस्थिति रहेको थियो । सुरुमा उहाँलाई टाढाबाट देखेको थिएँ तर बोल्ने र परिचय हुने मौका मिलेको थिएन । पछिल्ला दिनमा त्यस्ता कार्यक्रम हुँदाका बखत मेरो पनि आवतजावत बढ्दै गयो । पटक पटकको उपस्थितिपछि भने उहाँसँग सामान्य परिचय हुने मौका मिल्यो । यद्यपि मनभरिका कुरा गर्ने र विभिन्न खालका जिज्ञासा राख्ने मौका भने मिलेको थिएन । हुन पनि उमेरले हेर्दा अभिभावकसरह हुनुको साथै उहाँकी रसियन श्रीमती भएको हुँदा कार्यक्रमबाहेक अन्य अवसरमा खासै भेट हुने मौका मिल्दैन्थ्यो ।

उहाँ धेरै पुरानो मान्छे र वरिष्ठ साहित्यकार हुनुहुन्छ भन्नेलगायतका धेरै कुरा सुनिसकेको थिएँ । मेरो भने भित्रैदेखि उहाँसँग आत्मीयता साट्दै रसियामा बसोबास गर्ने नेपाली भाषीले रेडियोबाट नेपाली भाषाको कार्यक्रम चलाएको, त्यो कार्यक्रम आफूले नेपालमा रहँदा नै सुनेको र गरेको अनुभव सुनाउन आतुर थिएँ । तैपनि त्यो खालको अनुकूल वातावरण जुर्न सकेको थिएन ।

सन् २००३ मा ‘गैरआवासीय नेपाली सङ्घ’(एनआरएनए)को स्थापना भयो । जसले विश्वका विभिन्न क्षेत्रमा (देशमा) रहेका नेपालीहरूलाई एक ठाउँमा जोड्ने काम गर्‍यो । त्यो आफंैमा महत्वपूर्ण र प्रशंसा गर्नलायक काम त छदै थियो । त्यसमाथि रसियामा रहेका र एक आपसमा परिचित हुने अवसर नपाएका नेपालीहरूलाई पनि परिचित गराउने काम गर्‍यो । यद्यपि गैरआवासीय नेपाली सङ्घको स्थापना हुनुभन्दा पहिले रसियामा ‘नेपाल रसिया उद्योग वाणिज्य महासङ्घ’ भन्ने संस्था थियो । त्यसै संस्थाले आयोजना गरेको एक कार्यक्रममा हामी दुबैजनाको उपस्थिति रहेको भए पनि त्यसअघि भएको परिचयलाई रिनो गर्नुका साथै सामान्य कुराकानीबाहेक अन्य कुरा हुन पाएन । यद्यपि उहाँसँग मनैदेखि कुरा गर्ने हुटहुटी भने बाँकी नै थियो ।

एनआरएनएको स्थापनापछि त्यसले साङ्गठनिक गतिविधिलाई शसक्त रूपमा अगाडि बढाउन थाल्यो । विश्वभरि छरिएर रहेका नेपालीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यका साथ गठन भएको यो संस्थाले सबैको ध्यान खिच्न सफल भयो । संस्थाले आयोजना गर्ने कार्यक्रममा उपस्थिति बाक्लिदै गयो । आत्मीयता बढ्दै गयो । त्यसपछि भने उहाँसँग बारम्बार भेटघाट हुने र लामो समय भलाकुसारी हुन थाल्यो । यद्यपि त्यति वेलासम्म पनि नजिकबाट उहाँको आनिबानी बुझ्ने मौका चाहिँ खासै मिलेको थिएन ।

समय आएपछि सबै कुरा जानिन्छ भने जस्तै परिस्थिति यस्तो बन्यो कि रसियामा गठन भएको अन्तर्राष्ट्रिय साहित्य समाज (रसिया)को म आफू सदस्य भएँ भने उहाँ संस्थाको सल्लाहकार हुनुभयो । आखिर समय नै बलवान हुन्छ भन्ने कुरा यहाँ आएर प्रमाणित भयो । समयक्रममा उहाँ र म एउटै संस्थामा जिम्मेवारी वहन गर्ने अवस्था पुग्यांै । फलतः हाम्रो निकटता बढ्दै गयो । पर्वतको गाउँमा सुनेको त्यो ‘यो रेडियो मस्को हो’ भनेदेखि नेपाली भाषासाहित्यका बारेमा सुनाउने मौका मात्र मिलेन कि धेरै जिज्ञासा मेटाउन पनि पाएँ । इन्जिनियर फिल्डको मान्छे भएको हुँदा मैले साहित्यमा फड्को मार्न सकेको थिइनँ तर पनि साहित्यप्रति सारै रुचि थियो । मेरो साहित्यप्रतिको रुचि देखर उहाँ पनि प्रभावित हुनुभयो । अनि त त्यसअघिको भाइचाराको सम्बन्ध झाँगिदै गएर साहित्यिक सम्बन्धमा विस्तारीत हुनपुग्यो । मेरो साहित्यप्रति रहेको रुचिलाई सम्मान गर्दे साहित्यिक संस्थामा आवद्ध बनाएर साहित्यिक सिर्जना गर्न उत्प्रेरित गर्नुभयो ।

सन् १९१३ मा रसियामा विश्व नेपाली साहित्य महासङ्घको स्थापना भयो । विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय अध्यक्ष डा.मधु माधुर्यले रसियाको नेतृत्व गर्न आग्रह गर्दै मलाई त्यो जिम्मेवारी सुम्पिनुभयो । फलतः म विश्व नेपाली साहित्य महासङ्घ रसियाको अध्यक्ष हुनपुगेँ । त्यसपछिका दिनमा साहित्यमा रुचि राख्ने नयाँ पुराना स्रष्टाहरूसँग सम्बन्ध बढ्दै गयो । आफ्नो जिम्मेवारीमा आएको कामलाई अगाडि बढाउने क्रममा साहित्यका धरोहर कृष्णप्रकाश दाइलाई संस्थाको वरिष्ठ सल्लाहकारमा चयन गर्दे गतिविधिलाई अघि बढाउन थाल्यौं ।

यो संस्थाले कुनै पनि साहित्यिक गतिविधि गर्नुअघि उहाँसँग सल्लाह गरेर मात्र गथ्र्याे । भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा पनि पुस्तक प्रकाशन गर्ने र साहित्यिक कार्यक्रम गर्नेबारे फोन वार्तालाप गरेरै भए पनि सुझाव र सल्लाह लिने गरेका थियौं । संस्थालाई अघि बढाउने कुरामा कसरी काम गर्दा राम्रो हुन्छ भन्ने कुरामा सल्लाह दिने कुरामा उहाँले कहिल्यै झर्को मान्नुभएन । व्यक्तिगत रूपमा नै भन्नुपर्दा पनि मैले लेखेका मुक्तकहरू ईमेलमार्फत उहाँलाई पठाउथेँ । कुनै झर्को नमानी सम्पादन गरी पठाइदिनुहुन्थ्यो ।

सहिष्णु, कोमल भावना, नेपाल भक्त र पूरा जीवन साहित्यमा व्यतीत गरेका व्यक्तित्वसँग मेरो प्रगाढ सम्बन्ध गाँसिदै गयो । कुनै वेला परिचयसम्म भए पनि गर्नपाए हुन्थ्यो भन्ने व्यक्तित्वसँग काम र व्यवहारले एकै ठाउँमा ल्याइपुर्‍याएको थियो । साहित्यिक विषयमा संवाद हुने कुरा त छँदै थियो । त्यसबाहेक पारिवारिक दुःखसुखका बारेमा पनि कुराकानी हुन्थे । पछिल्लो समय विश्वलाई आतङ्कित पारेको कोभिड १९ महामारीले पुर्‍याउनसक्ने क्षति, नेपालमा पर्ने प्रभाव आदि जस्ता कुराका साथै एक अर्काले पाएसम्मका जानकारीहरू आदन प्रदान हुन्थे । कोभिडको मारमा परेको रसिया लामो समयसम्म बन्दाबन्दीको अवस्थामा रह्यो । विदेशी भूमिमा जति रमाए पनि आफू जन्मेको ठाउँ र आफ्ना परिवार बारम्बार आँखाको वरिपरि घुम्न थालेपछि स्वदेश फर्किन आतुर थिएँ । हुन पनि लकडाउन अलि खुकुलो भएपछि म स्वदेश आएँ । जहाँ रहे पनि, जता गए पनि इन्टरनेटको सुविधाले साथीसङ्गीहरूसँग कुराकानी भएकै थियो । रसियामा हुँदा हरेक दिनजसो कुराकानी हुने कृष्णदाइसँग नेपाल आएपछि सम्पर्क हुन सकेन ।

लामो समयसम्म अनलाइनमा नदेखेपछि काठमाडौंमा उहाँकी भतिजीलाई फोन गर्दा बिरामी हुनुभएको खबर सुन्नुपर्‍यो । उपचारको क्रममा रहनुभएको हुँदा छिट्टै निको होला भनी आशावादी भइरहेको थिएँ । तर विश्वलाई नै आतङ्कित बनाएको कोभिड १९ले उहाँलाई पनि लिएरै गयो । नियतिको अगाडि कसको के लाग्दोरहेछ र ! आदरणीय कृष्णदाइ तपाईँले नेपाली भाषा र साहित्यको विकास गर्ने कुरामा पुर्‍याउनुभएको योगदानलाई कहिल्यै बिर्सने छैन । ‘गोविन्दजी अव तपाईँले पनि साहित्यिक कृतिहरू निकाल्नुपर्छ, लेख्दै जानुहोस् ।’ भनेर दिनुभएको सुझाव आज पनि मेरो कानमा गुन्जिरहेको छ । मेरो लागि आदर्श बनेर रहेका कृष्णदाइ ! तपाईंको आत्माले शान्ति पाओस् । तपाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

  • Sahitya Sagar
    Sahitya Sagar
गोविन्द गौतम
गोविन्द गौतम
Post Views: 422
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.