SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » खय्यामको रूवाई मेरो बुझाई
समीक्षा

खय्यामको रूवाई मेरो बुझाई

नारायणदत्त अधिकारीBy Sahitya SagarMarch 4, 2022No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नारायणदत्त अधिकारी (देवतापानी, दुराडाँडा, सुन्दरबजार न पा वडा नं ३ लमजुङ, २००३ कार्तिक ३०) हाल–ओहायो,संयुक्त राज्य अमेरिकामा बसेर नेपाली भाषा साहित्यको सेवा गरिरहेका छन् । राजनीतिशास्त्रका स्नातकोत्तर अधिकारी संरक्षक सदस्य अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (संयुक्त राज्य अमेरिका), संरक्षक गीताञ्जली साहित्य परिवार पोखरा, आजीवन सदस्य नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँ जस्ता साहित्यिक संस्थाका साथै विविध सामाजिक संस्थासँग संलग्न छन् । उनका जूनकीरी (कवितासङ्ग्रह, २०५३) ऐना (कवितासङ्ग्रह २०५७), तीन लय तेह्र गीत (२०६०), झटारो (मुक्तकसङ्ग्रह २०७०), यो कस्को हात हो ? (मिश्रित २०७०), झटारो (अङ्ग्रेजी अनुवाद २०७२), बिरिमफूल (मुक्तकसङ्ग्रह २०७३), जुनका टुक्राहरू (मुक्तकसङ्ग्रह नेपाली (अंग्रेजी, २०७७), दोभान (मुक्तक र कवितासङ्ग्रह, संयुक्त २०७८) जस्ता विविध कृतिहरू प्रकाशित छन् । अधिकारीका केही गीति एल्बम पनि प्रकाशित छन् । उनका लमजुङको सम्झना (२०७१), माया (२०७४) आदि प्रकाशित एल्बम हुन् । अधिकारीले प्रवल गोरखादक्षिण बाहु, मुक्तक मणि सम्मान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ‘साधनाको स्वर्ण वर्ष, मुक्तकमणि तीर्थराज अधिकारी” प्रकाशन २०७८ गरिसकेको छ । थाइल्यण्ड, बर्मा, बंगलादेश, भारत, बेलायत, फ्रान्स, क्यानडा, सिंगापुर, मलेसिया, कतार, संयुक्त अरब इमिरेट, चीन, जापान, संयुक्त राज्य अमेरिका र अस्ट्रेलिया जस्ता मुलुकको भ्रमण गरी तिनका अनुभवसमेत आफ्ना सिर्जना र व्यवहारमा लगाउने यी प्रतिभाको साहित्यसागरको प्रस्तुत शृङ्खलामा खय्यामको रुवाई मेरो बुझाई शीर्षकको उमर खैयामको रुवाइकारिताका विषयमा लेखिएको समीक्षा प्रस्तुत छ ।

– सम्पा.

उमर खय्याम (Omar KhayyÚam 1048–1131) १८ मे सन् १०४८ मा फारसमा जन्मिएका हुन् । यी दार्शनिक, गणितज्ञ र ज्योतिर्विद पनि हुन् । उनले एउटा नयाँ क्यालेण्डरको आविस्कार गरे ।जसलाई “जलाली क्यालेन्डर” भनिन्छ । यिनलाई रुवाईको प्रतिष्ठा मिल्यो । खय्यामले रुबाईमा लेखे, तुलसी दासले चौपाईमा लेखे । खय्यामको फिलोसफी सुखीको होइन दु:खको फिलोसफी हो । ‘जीवनको अर्थहीनतामा व्यक्तिगत अर्थको खोज” खैयामको रुबाइयतको केन्द्रीय विषय हो ।

खय्यामको फिलोसफीमा जीवन अर्थहीन छ । उनको गहिरो भावले हृदय द्रवित र परिप्लावित हुन्छ ।

‘रुबाइयत सुखका नही दुखका गीत है,
सन्तोषका नही असन्तोषका गान है” (बच्चन )

उमर खैयामको धारणा खाओ पिओ और मोज करो भन्ने थियो । यिनी सुखवादी,प्याली र प्यारीका दीवाना थिए । मोजमस्तीका गाना गाउँथे । अङ्ग्रेजीमा यस्तो स्वभाव भएका मानिसलाई हिडोनिष्ट (Hedonist) भन्ने गर्दछन् ।

रुबाई अरबी शब्द रुबाबाट पैदा भएको हो । रुबाको अरबीमा चार भन्ने अर्थ लाग्छ । रुबाई अरबमा जन्मियो, तर इरानमा हुर्कियो । १२ औँ शताब्दीमा खय्यामले यसै रचनाबाट प्रशिद्धि कमाए ।

खैय्यामलाई अङ्ग्रेजी कवि एडवर्ड फिट्ज गेराल्डले (१८०९–१८८३) प्रचारमा ल्याएका हुन् । उनले १८५९ मा अनुवाद गरे, जसलाई Rubaiyat of Umar Khayyam भनिन्छ।

उमर खय्यामको रूवाईमा काव्यात्मक तथा आध्यात्मिक अन्तर्दृष्टि
एघारौं शताब्दीको प्रशिद्ध काव्य धारा रुवाई उमर खय्यामको साहित्यिक चिन्तन र साधनाको उपज हो । त्यस बखत खय्याम आफै लोकप्रिय थिए । यिनको चौतर्फी ख्याती फैलिएको थियो । यिनको जन्म उत्तरी फारसको ठुलो शहर निशापुरमा भएको हो । हाल यो क्षेत्रलाई इरान भनिन्छ । यिनको पुरा नाम ‘एबूयल फत उमर इब्राहिम अल खय्याम” हो । उनले बीजगणित र सन्तुलनको समस्या बारेमा एउटा ग्रन्थ नै प्रकाशन गरेका छन् । उनले घन समीकरणको सिद्धान्त पनि प्रकाशन गरे ।

१९ औँ शताब्दीमा आएर ब्रिटिस कवि फित्जगेराल्ड (Edward FitzGerald) ले गरेको काव्यिक अनुवादले खय्यामलाई विश्वभर परिचित गराएको हो । यसको अन्तर्तत्त्व नबुझेकाहरूको खय्यामलाई हेर्ने दृष्टिकोण बेग्लै रह्यो । उमर खय्यामको जीवन आचरणका बारेमा जनमानसमा जुन भ्रम छ ‘खाओ, पिओ, मोज करो” यसको भित्र गहिरो भाव छिपेको छ । यसमा सरसर्ती हेर्दा जे बुझिन्छ त्यसभित्र मानव अस्तित्वको आनन्दायी तथा उदात्त भावना छिपेको हुन्छ । यसबारेमा परंहंस योगानन्दजीले प्रष्ट व्याख्या गरेका छन् । उनका विचारमा पारसी कवितामा दोहोरो अर्थ लाग्छ– आन्तरिक र बाह्य । भित्र एउटा आन्तरिक दुर्ग तयार छ । उनका रुवाइयत भौतिक धारणा होइन आध्यत्मिक धारणामा आधारित हुन्छन् ।

उनलाई ‘खाउ,पिउ र मोज गर’ भन्ने जीवन दर्शनको प्रणेता मानिन्छ । यो सरासर भ्रमित सोचाई हो । खासमा भन्दा यो नश्वर जीवनप्रति उत्पन्न विरक्तिको भाव पनि खय्यामको रुबाईमा पाउन सकिन्छ । उनको एउटा रुबाईको अङ्ग्रेजी अनुवाद यहाँ प्रस्तुत छ :

AhÛ My Beloved, fill the cup that clears
To–day of past Regrets and future Fears
To–morrow <why To–morrow I may be
Myself with yesterdayÚs sevÚn Thousand years.

‘ प्रिय मेरो ग्लासमा टन्न मदिरा भरिदेऊ
सबै अपशकुनबाट छुटकारा गरिदेऊ
भविष्य के हुन्छ कस्लाई के थाहा ?
भोलिको लागि आज नै सुनपानी छरिदेऊ ।”

खय्यामको रुबाईमा लुकेको सत्यता :

उमर खय्यामको ११ रौँ शताब्दीको लोकप्रिय काव्य ९०० वर्ष भन्दा पछि ब्रिटिस कवि एडवर्ड फित्जगेराल्डले अङ्ग्रेजीमा अनुवाद गरेर प्रख्यात बनाए । खय्यामको रबाइयाको अधिकांश रूपान्तरण एडवर्ड फित्गेराल्ड, मैथिली शरण गुप्त, सुमित्रानन्दन पन्त र डा हरिवंश राय बच्चनले गरे ।

खय्यामको रुबाइती मादक मदिरा आआफ्नो घडामा खन्याए । उनको रुबाईया प्रख्यात त भयो तर विवादित पनि रह्यो । वास्तवमा खय्याम भौतिकवादी थिए वा अध्यात्मवादी भन्ने विवाद आज पर्यान्त छँदैछ । ‘‘खाओ, पिओ और मोजकरो” भन्ने सिद्धान्तका परिपोषक हुन खय्याम भन्ने धारणा एकातिर छ भने परंहंस योगानन्दजी भने यस मान्यतालाई स्वीकार गर्दैनन् । यसको मूख्य सार बेग्लै छ । उनको भनाइअनुसार खय्यामको रुबाइमा बाहिरी अलंकृत भाषाको भित्र मानव आनन्द र उदात्त उद्देश्यको गहन विचार छिपेको छ ।

म आफैलाई पनि याद आउँछ, सानो छँदा साथीभाइको समूहमा पार्सी (पाल्सी) बोल्ने गथ्र्यौं। पार्सीको मतलव सहजै नबुझिने, भित्र अर्को अर्थ हुने हो । यो पार्सी भनेको फारसी रहेछ । यसको मतलव फारसी साहित्यमा दोहोरो अर्थ हुँदो रहेछ । यस कारण उमरको रुबाईको आध्यात्मिक व्याख्या गर्न नितान्त आवश्यक देखिन्छ ।

जीवनरूपी प्राणको आधारबाट परिपोषित आफ्नो आत्मरूपी घडाबाट दिव्य नशा ‘मदिरा” पान गर्ने कुरालाई गलत बुझाई रहेछ । एक प्रबुद्ध व्यक्ति सांसारिक भ्रमित प्रकृति बुझेको हुन्छ । त्यसकारण पनि संसारसित भुलेको हुँदैन। संसारिक आकाङ्क्षाबाट प्रभावित नहुने प्राणी प्रबुद्ध स्थायी सत्य खोजी रहन्छ र अनन्त विशालतामा प्रवेश गर्दछ । खय्याम यही विशालताभित्रका कवि थिए।

The worldy Hope men set their Hearts upon
Turns Ashes–or it pospersM and auon
Like show upon the DesertÚs dusty face
Lighting a little Hour or to –is gone.

आखिर सोचाई हो,उमर खय्यामले स्त्रीको जस्तो सोचाई गरे । यसै भएर उनको भनाइमा लालित्य छ । उनको वाणीमा लालित्य छ । त्यही वाणीमा मदिरा छ अनि प्रेम छ । यो जगत्मा प्रेमको भाषा बुझ्ने बहुतै सानो सङ्ख्या छ ।

खैय्याममा राग थियो, माने सौन्दर्यप्रेम, लगाव, मदिरा अर्थात् परमात्माको रस थियो । रसवी बन, रसिक बन र रसमै डुव । यही रसलाई खय्यामले मदिरा वा शराव भने । भक्तलाई एक पियक्कडको उपमा बनाए ।

रुबाई अरवी शब्द हा े। यसको अर्थ चार हुन्छ । यसको बनावट यस्तो हुन्छ :–
क– यसमा चार पद हुन्छन् ।
ख– चारै पदको मात्रा र लय समान हुन्छ ।
ग– पहिलो, दोश्रो र चौथो पद तुकान्त र तेश्रो पद अतुकान्त हुन्छ ।
घ–मुक्तकको केन्द्रबिन्दु अन्तिम दुई पङ्तिमा आश्रित हुन्छ ।
ङ–यसको असर तिखो र धारिलो हुन्छ ।

नेपालको मुक्तक जगत् अहिले सुरक्षित हातमा पुगेको छ । गम्भीर र संप्रेषणयुक्त मुक्तकहरू आउन थलेका छन् । पुरानो वर्जना (पाबन्दी) तोडेर नयाँ आयम थपिएका छन् । यो पुस्ताले मुक्तकको सिर्जनामा बुद्धिको भन्दा हृदयलाई बढी महत्त्व दिएका छन् । नेपाली मुक्तक संहिता बध्द नहुँदासम्म सबै प्रकारका छोटा छोटा कविता पनि मुक्तक भनिए तर हाल नेपाल मुक्तक प्रतिष्ठान स्थपना भएर सबै मुक्तकको बनाबटमा पनि रुबायती शैली अपनाउने गरी संहितीकरण भइसकेको छ ।

प्रचलित नेपाली मुक्तक विधाको बृहत्तर विकास र गुणात्मक विस्तार गर्ने धेयले वि सं २०७० तदनुरूप (सन् २०१३) मा नेपाल मुक्तक प्रतिष्ठानको स्थापना भयो । यसको प्रधान कार्यलय काठमाडौँ,नेपालमा छ भने संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, मलेसिया, इजरायल आदि मुलुकमा शाखा प्रशाखा खुलेका छन् । प्रतिष्ठानले साहित्यको साथसाथै सामाजिक क्षेत्रमा पनि निकै अभिरुचि देखाएको छ ।

मुक्तकका विशिष्ट गुणहरू :–
१)–काव्यको एक लघु परिक्षेत्र ।
(२)–साहित्यमा काव्यको एक विशिष्ट विधा हो,यस्को विशिष्टता यस्कै पूर्णतामा हुन्छ ।
(३) “मच धातुमा “कन प्रत्यय लागेर मुक्तक शब्दको ब्युत्पत्ति भएको हो ।
(४)मुक्तकलाई चोइटा,टुक्रा,झुल्का,उद्वेग,ठुन्का,चुड्का,छिर्का,झड्का,केस्रा, मट्याङ्ग्रा आदि नामले पुकारिन्छ ।
(५)–जुन वाक्यांश पढ्दा पाठकको अन्तस्करणमा रस–सलिला प्रभाहित हुन्छ त्यही मुक्तक हो ।
(६)–जव एक पद अर्को पदसँग मुक्त रहन्छ अनि मुक्तक हुन्छ ।

यसरी उमर खैय्यामका रुवाईको प्रभाव छोटा कविता र मुक्तक रचनामा पनि विस्तारित देखिन्छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
नारायणदत्त अधिकारी
नारायणदत्त अधिकारी
Post Views: 365
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.