SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » मैले पिएकोमा रिसाएका साथीहरू ?
Uncategorized

मैले पिएकोमा रिसाएका साथीहरू ?

Sahitya SagarBy Sahitya SagarFebruary 28, 2022No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

“मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउनु झन् गाहारो छ ।
मरेर शहीद हुनेहरू,
जिएर त हेर, जिउनु झन् गाहारो छ !!!”


माथिका पंक्तिहरू सम्झनाका भरमा मात्र लेखेको हुँ । त्यसमा शब्दहरू यताउता हुन गएका होलान् । तर, यहाँ मलाई वाक्य विन्यासमाथि लेख्नु छैन, न छ काव्यरचनाका गुण–अवगुणमाथि नै आलोचना गर्नु । म त अहिले यी पंक्तिका स्रष्टालाई सम्झिरहेछु । र, आज उसैमाथि केही सोच्न मन लागिरहेछ ।

भूपि शेरचनलाई अझै धेरै नेपालीले चिन्हेका छैनन्– नेपाली, मानिसलाई कम र उसको अवगुणलाई बढी चिन्दछन् ! तापनि, चिनेकाहरूमध्येले पनि भूपिलाई राम्ररी चिन्हेका छैनन् । जस्तै म छु, मेरै टोलमा बस्दछ ऊ, मसँग राम्रो परिचय छ उसको, साथमा बराबर समय पनि काट्दछ । तापनि, म उसलाई अन्तरङ भई चिन्दिनँ ।

भूपिसँग पहिलो परिचय गराइदिने श्रेय भीमदर्शन रोकालाई छ । वटुको भाडाको कोठामा भूपि बसेको बेला एक दिन दर्शनसँग मैले साँझ उसकहाँ बिताएँ । त्यसभन्दा अघि हामीले एक अर्कालाई नचिनेको होइन, तर चिनजानमा रसको वर्षा गर्यौँ त्यस बखत रक्सीले ।

भूपि भन्थ्यो, ‘बाहिरबाट आएर, शंकरजी, पहिलो कामचाहिँ झ्याल बन्द गर्नुहुन्छ मेरो ! नत्र राति झ्याललाई ढोका भन्ठानी बाहिर जान खोजेँ भने… भित्र आउन सक्दिनँ फेरि !’ (उसको कोठा चार तलामाथि छ !) मैले आश्चर्य मानेको थिएँ, ऊ लडखडाएर कसरी त्यतिको गल्ली, भर्याङ, मटान पार गर्न सक्छ सधैँ ! ऊ भन्थ्यो रक्सीले उसलाई स्फूर्ति प्रदान गर्छ रे !

 

र, आजकालचाहिँ रक्सी भएन भने उसको खुट्टा लरबराउँछ । भन्थ्यो, ‘म नढलमलाई हिँड्नै सक्तिनँ नपिएको बेला !’

र, अस्ति मात्र संयोगवश फेरि दर्शन र म उसकहाँ गयौँ । उसलाई भेट्न होइन, उसलाई छाड्न । दुईतिर दुईजनाले अँगालो मारेर उसलाई ओछ्यानमा छाडिदियौँ ।

जुन साथीकहाँबाट उसलाई ल्यायौँ हामीले, त्यहाँ ऊ होसमा थिएन, ऊ मोटरमा पनि होसमा थिएन, ऊ भर्याङमा पनि होसमा थिएन, ऊ ओछ्यानमा पनि होसमा थिएन ।

उसको सिर्हाननिर राखेको रमको बोतल देखेर ऊ होसमा आयो । भन्छ, ‘यारोँ, कम अन, वन फर द रोड !’ दर्शन मतिर फर्कंदा त्यस बखत, प्रश्नचिह्नको सच्चा प्रतीक देखिन्थ्यो ।

यहाँनिर एउटा कुरा भनिदिउँ– भूपि ओछ्यानमा पल्टिँदा पनि सडककै चिन्ता गर्छ । उसको सम्पूर्ण जीवन मानौँ एउटा लामो ‘रोड’ हो, जसमा ऊ कतै आराम पाउँदैन । र, भूपिले जति रक्सी खाइरहेछ, आफ्नो निमित्त होइन, सिर्फ त्यस ‘रोड’का निमित्त !!

मलाई लाग्छ, भूपि बाटोमा हिँड्न जन्मेको निश्चय पनि होइन । ऊ त मुगलकालीन दरबारमा जन्मनुपर्ने– खासगरी शाहजहाँको मित्रको रूपमा । अनि सायद ताजमहलमाथि उसले लेख्दो हो, ‘शुभ्र स्निग्ध र शान्त’ र नारीको निमित्त सोच्दो हो– घैँटोमा उम्रेको वटवृक्ष !

अथवा फेरि, भूपि जन्मिनुपर्ने पञ्चायत राज्यको पूर्ण विकसित अवस्थामा, जब उसलाई कम्युनिज्म हटेर कलमिज्म र रविसज्ममा हुनुपर्ने थिएन– सायद आवश्यकता नै पर्ने थिएन ।

हिजो एक मित्रसँग कुरा गर्दै थिएँ भूपिको जीवनबारे । ‘सर्वहारा’बाट राजीनामा दिएको कारणमा उनले भने, ‘भूपिको टेम्परामेन्ट राजनीतिको निमित्त बनेको होइन ।’

मैले त्यत्ति बेला नै सोचेँ, भूपिको चरित्र नेपालको निमित्त बनेकै होइन, खासगरी आजको नेपालको निमित्त त हुँदै होइन ! मेरो त्यो समीक्षा निकै नै विवादास्पद छ– मलाई थाहा छ, तर यो विवादभन्दा निकै परको मेरो आफ्नो धारणा हो ।

कैयन् यस्ता प्रश्न हुन्छन् जसको निर्णयात्मक उत्तर पाएको भन्दा नपाएकोमा रमाइलो हुन्छ– भावी इतिहास र इतिहासकारको निमित्त । आज म प्रष्ट देखिरहेको छु, हामी सबैको मृत्युपछि (एक, दुई, दस, सय वर्षपछि) कसैले नेपालको आजको कालको साहित्यको अध्ययन गर्न थाल्नेछ । भूपिको कविताहरू निश्चय पनि उसको निमित्त एक नसुल्झिने समस्या बन्न जानेछन् ।

कम्युनिस्ट नारावादबाट जन्मेको कवि, रसवाद, रहस्यमयवाद र व्यक्तिवादको लोकहरूको यात्रा बिलाएको हुनेछ । अनि ऊ खोज्न थाल्नेछ भूपिको व्यक्तिगत जीवनका घटनाका नगुँथिएका फूलहरू । हरेक फूलमा उसले एक गन्ध पाउनेछ नैराश्यको ।

भूपिको हँसिलो अनुहारको छातामुनि केको नैराश्य छ त्यो जान्ने उत्सुकता होला, त्यस इतिहासकारले– असफल विवाह, असफल प्रेम, असफल राजनीति, असफल मैत्री, असफल वातावरण वा असफल युगको छाया स्वयं म, उसको मित्र, उसकै युगमा बाँचेको, उसैसँग साथ हिँडेको मान्छे, सहलेखकले पनि यो जानेको छैन । र, जान्न खोज्ने चाहना वा मनोवृत्ति पनि आउँदैन मलाई ।

भूपिको छेउमा एक छिन बस्नासाथ हामीलाई (कम–से–कम मलाई) निकै कुराले असर गर्दछ । उसको ओइलाउँदै गइरहेको मुखको तेज, फक्रँदै गइरहेका शरीरका अनगिन्ती रोगहरू, घट्दै गइरहेको उसको आफूप्रतिको विश्वास, बढ्दै गइरहेको रक्सीको मात्रा । उसको लोकप्रियता निश्चय पनि बढिरहेछ, तर उसको जाने आउने ठाउँ रोज घटिरहेछ ।

चौबीस घण्टाको दिनमा १२ घण्टा ऊ पिउँछ । मलाई थाहा छ यो तेज गतिमा चलिरहेको उसको जीवन चाँडै नै समाप्त हुने सम्भावना छ । तर, मलाई भूपिसँग कुनै उजूर छैन, न मलाई यो आवश्यकता नै लाग्छ म भनूँ ‘भूपि, नपिऊ ।’

मलाई दुःख लाग्छ भने आजको समाजउपर होइन, भावी समाजउपर जसले भूपिको अभावलाई सहनुपर्नेछ । कुटाइममा फुलेको फूल ओइलाउँछ नै, यो कसलाई थाहा छैन र, बेसिजनमा फुलेको फूललाई संरक्षित राख्न सके बगैँचाको इज्जत र साथै बगैँचेको तालिमको बास्ना पनि आउँथ्यो होला । भावी समाजले हाम्रो यो अशक्तताउपर दुःख मान्ने छ र त्यसमा दुःख लागिरहेछ ।

भूपिलाई आज जो हामी देख्छौँ, यसले कुनै समयको उसको जीउको मिलेको बान्कीको सम्झना दिलाउँछ । टाउको र छाती निकै चौडा छ, कम्मरभन्दा मुनिको अंशचाहिँ पैन्टजस्तो, मानौँ पैन्टको डिजाइन नै उसलाई देखेर बनेको हो ! उसको जीउको तुलनामा उसको छाती निकै चौडा छ– फित्ताले नापे पनि, खर्चले नापे पनि ।

र…, नाप्न नसकिने छ उसको मुस्कान र उसको सौजन्य । सडकमा कसैलाई भेट्दा ऊ खुलेर मुस्कुराउँछ र आफ्नै मुस्कुराहटको बोझले उसको टाउको र छाती अगाडि झुक्दछन् (डर लाग्छ मलाई अलि बढी अरू झुक्यो भने उसको फितलो कम्मर चटक्क त कहीँ भाँचिदैन ?) ।

 

आजकाल के गर्दै हुनुहुन्छ ? केही सुनाउनुस् न, कहिले फुर्सतमा…’
‘
खै मैले केही लेख्न सकेको छैन, तपाईं के लेख्दै हुनुहुन्छ 

 

‘कहाँ ंशंकरजी, म त बिरामी भएको थिएँ । डाइरिया भएर सात दिन घरबाटै निस्किनँ । अहिले निस्केको, पारस जाउँ भनेर ।’

‘अहिले कस्तो छ !’

‘बिरानो ठाउँमा आएको जस्तो लाग्दै छ । साह्रै कमजोरी र नियास्रो लाग्दै छ । सुस्ताई–सुस्ताई हिँडिरहेछु । होटल पुगेर साथी र रम भेट्टाएर मन बहलिहाल्छ कि भनेर…’

 

उसलाई एक दिन यस्तै गरी भेटेँ विष्णुमतीको पुलमा । राति एघार बजे । म घर जान लागेको, ऊ घरबाट फर्किन लागेको । आश्चर्य लाग्यो ! हामी दुवैको हिँडाइले पुल कामिरहेको थियो । सोधेँ, ‘अरे ! भूपि यस बेला कहाँ ?’

‘तपाईं कहाँ नि ?’

‘म घर जाँदै छु ।’

‘म गइसकेको, शंकर !’

‘ओ, तिमी गइसकेको, अब म जाँदै छु !’

हामीले हाँसेर अंगालो मार्यौँ र एकले अर्कालाई लड्नुबाट बचायौँ ।

 

उसको पारसका दृश्य… वरिपरि मानिसको बीच रमको आधा बोतल ऊ राख्दछ । र, जसलाई जति चाहिन्छ, खन्याएर खान्छ । उसको कुरा गराई पनि यस्तै छ । वरिपरि मानिसको बीच ऊ आधा वाक्य बोल्छ र जसलाई जति हाँस्नु छ हाँस्छ, आफ्नो क्षमता हेरी, बोतलको खर्च भूपिको हुन्छ र हाँसोको मूल्य पनि उसकै जीवनको कुनै घटना ।

ऊ कुरालाई साह्रै छिटो बुझ्छ, तर मानिसलाई बडा ढिलो । अझ सुन्दछु, कहिलेकाहीँ बुझेर पनि ऊ बुझ पचाइदिन्छ रे ! ऊसँग प्रत्येक प्रश्नको समुचित उत्तर छ– ऊसँग सिर्फ आफ्नै प्रश्नको मानौँ जवाफ छैन !

आजकाल कता–कता ऊ निर्धक्कसाथ आफ्नै मृत्युको कुरा गर्दछ । मलाई लाग्छ, आफ्नो उपयोगितालाई पनि अब नैराश्यले छोपिदिएको छ । मलाई कहिलेकाहीँ लाग्छ, म ऊसँग बसूँ एक–दुई घण्टा र गम्भीरतासाथ उसको मनका कुराहरू सोधूँ, छलफल गरूँ, सल्लाह दिऊँ ।

तर, ऊ जसरी आफ्नो जीवनको रहेसहेको सुखलाई गंगाजलझैँ प्रत्येक गिलासमा एक थोपा मिसाएर पवित्र पारिरहेछ, त्यो देख्दा त्यो सुखको वातावरण (कृत्रिम वा प्राकृतिक–जेसुकै किन नहोस् !) देख्दा मलाई साहस आउँदैन उसको स्वप्न भत्काइदिने ।

अनि म सम्झन्छु एउटा कुरा । शहीद दिवसको जुलुस उसले नेतृत्व प्रदान गर्दा म एउटा पसलमा लुकेको थिएँ लाजले । र, मैले भनेको थिएँ पछिबाट उसलाई, ‘भूपि, तिमीलाई देख्दा मलाई लाज लाग्यो । तिमीले नेतृत्व दिएको कुरामा होइन, नेतृत्व दिइरहँदा म दर्शकको रूपमा निष्कृय देख्दा मेरो निष्कृयताको तुलनामा तिमीलाई कहीँ आफ्नो सक्रियतामाथि लाज नलागोस् भनी, तिमीले मलाई देखेनौ र मैले ईश्वरलाई धन्यवाद दिएँ ।’

उसले भनेको थियो, ‘तिमीले मलाई देखेको थाहा थियो, तर तिमीले मैले नदेखोस् भनी चिताइरहेकोले मैले नहेरिदिएको हुँ । मेरो लाजमा तिमीलाई लाज नलागोस् भनी !’

म सम्झन्छु, अनि सायद ऊ यो कुरा पनि जान्दछ होला, मेरो मनमा ऊसँग कुरा गर्ने इच्छा उत्पन्न भएको कुरा । र, उसलाई दुःख होला भन्ने जो म सोचिरहेछु र जो मलाई दुःख लागिरहेछ, ऊ यो पनि जान्दछ होला । र, ऊ त्यस्तो अवसर नै आउन दिन चाहँदैन होला ।

भूपि नेपालको आकाशमा चम्केको एउटा लामपुच्छ«े तारा हो, जो आफ्नो अग्निले आकाशलाई डाम्ने प्रयास गरिरहेछ र गहिराइ नापिरहेछ हेर्नलाई र भिरिरहेछ अन्धकारलाई । र, जो बूढापाका छन्, जो कोही जान्दछन्, जसका आफ्ना युगमा विश्वास छन्, उनको मनमा ठूलो आशंकाको जन्म गराइरहेछ ।

र, जसले बलेको लामपुच्छ«े तारा आफ्ना आँखाले देखेनन्, उनलाई बुझाउन असाध्य गाहारो हुन्छ— आकाश कहाँदेखि कहाँसम्म चिरिएको थियो भनी । र, जसले आफ्ना आँखाले तारा देखे, ती पनि त स्वयं फेरि त्यसको सच्चा स्थान पैल्याउन सक्दैनन्, पछि परन्तु कसैलाई बयान गर्ने कुरा त परै जाओस् । 

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 619
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

केवल साक्षी

January 29, 2024

प्रमुख अतिथिहरू

January 29, 2024

पश्चाताप

October 21, 2023

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.