SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » द्रौपदी अवशेष: नारी स्वतन्त्रताको वकालत
समीक्षा

द्रौपदी अवशेष: नारी स्वतन्त्रताको वकालत

प्रा.डा.खेम दाहालBy Sahitya SagarJanuary 22, 2022No Comments30 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

प्रा. डा. खेम दाहाल पिप्ले तेह्रथुममा वि.सं. २०१० सालमा जन्मिएका हुन् । उनी लामो समयदेखि प्राध्यापन पेसामा संलग्न छन् । उनका समीक्षा तथा उपन्यास कृतिहरू प्रकाशित छन् । साहित्यसागरको यस अङ्कमा उनको समीक्षा समेटिएको छ ।

-सम्पा

१) प्रारम्भ
नीलम कार्की निहारिका (२०३१, पाल्पा) रेडियो–टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा चिनिएकी युवतीको शिक्षा एम.ए., एम.एड. सम्मका डिग्राी प्राप्त गरेको बुझिन्छ । आमा कविता (२०४४) पहिलो रचनाका रूपमा रचेर साहित्यमा प्रवेश गर्ने युवतीले ‘मौन जीवन’ (उपन्यास), ‘नियतिको खेल’ (२०५४, उपन्यास), ‘हवन’ (२०६२ कथा सङ्ग्रह), ‘मस्तिष्क ज्वर’ (२०६३ कविता सङ्ग्रह), ‘कागजमा दस्तखत’ (२०६४ कथा संङ्ग्रह), ‘बेली’ (२०६७ कथा सङ्ग्रह) जस्ता कृति साहित्यका विविध विधामा लेखन प्रकाशन गरेको बुझिएको छ । उनको ‘अर्की आइमाई’ उपन्यास अमेरिकी समाजमा नेपाली नारीलाई जोड्ने कृति हो, ‘चीरहरण’ महाभारतको कथामाथिको नवीन सिर्जना हो भने ‘योगमाया’ एक नारी योद्धाको सङ्घर्षको आख्यानपरक ऐतिहासिक कृति हो । यिनको सालसालै उपन्यास लेख्न र प्रकाशन गर्न सक्ने क्षमतालाई सबै कोणबाट उर्वर ठानिनेछ । ‘द्रौपदी अवशेष’ (२०७८) नीलमको अर्को उपन्यासले मानिसका फरकफरक संस्कार मध्ये कुनै एउटा लामा जातका नेपालको हिमाली क्षेत्रका निवासी विशेष मानिसका फरक संस्कारको विषय रोजेको छ, जसले कुनै पनि लामा केटाले बिहे गरेपछि उसकी लमिनीका विषयमा अरू भाइहरूको हक लाग्ने चलनमाथि पछिल्लो समयमा आएको रूपान्तरणको यात्रा प्रस्तुत गरेको बुझिन्छ । साङ्ग्रिला पुस्तक प्रा.लि.प्रकाशक रहेको देखिने उक्त कृतिको कागज र छपाइ सुन्दर, रमणीय पाइएको छ । लगभग दुई सय चालिस पेजको किताबको मूल्य चार सय रूपियाँको हाराहारीमा रहेको छ ।

यसमा नारीवादी लेखनको गन्ध आउने छ; महिलाले लेखेको किताब भएको सूचना सङ्क्षेपमा पाइन्छ । समाख्याता आफू नारीको पक्षपाती ठहरिने आधार खोज्न सकिन्छ । समाख्याता पात्र स्वतन्त्रतामा रूचि राख्ने आफ्नी आमाले झैँ सन्तान जन्माउने अधिकारमा बहस गर्ने नारीले आफ्नो खुसीले सन्तानको लागि मुद्दामामिला गरेर पात्रका पक्षमा सहानुभूति राखेर आमाको प्रिय पुत्र समाजले लत्याए पनि आमाप्रति भक्त रहन्छ र आमाका इच्छामा ठेस नलागून् भन्ने कामना राख्छ । आफ्नो परिचय दिँदा पोइ भए पनि नभए पनि आमासँग सन्तानको नाता फरक पर्दैन भन्ने दिदीमा हिम्मत भने आख्याता दिग्विजयकी आमासँग अझै ठुलो हिम्मत छ । आफ्नो परिचय पात्रसँग नखोले पनि आफ्ना पाठकसँग आफू र आफ्नी आमाको स्थिति सुखसँग बताउने पात्र पनि न्येलु हुन्, विवाह नगरी स्वेच्छाले सन्तान पाइन् र हुर्काइन् भन्ने प्रसङ्गबाट सामाजिक अधिकार पुरुषको बराबरी खोजिएको ठहर्छ । सन् १९६० पछिको साहित्यकोे यात्रामा एक सङ्घर्षपूर्ण चिन्तनको नारीवादी लेखनले पितृसत्ताका विपरीत ध्रुवमा उभिएर वकालत गर्ने पठनमा सामाजिक अवस्था, संस्थागत र व्यक्तिगत शक्तिबाट दुवै लिङ्गको अध्ययन गर्ने धारणाले यसमा अग्रसरता देखाउँछ (मेई; (१९८६:२०४)। केट मिलेटले यसलाई लिङ्गीय राजनीति (कभहगब िउयष्तिष्अक) भनेकी छन् जसको प्रभाव ‘द्रौपदी अवशेष’मा देख्न सकिन्छ ।

२) विषय प्रवेश
‘द्रौपदी अवशेष’ उपशीर्षकहरू दिएर लेखिएको कृति हो । उपशीर्षकहरूले विषयको भित्री गुह्य खोलेर पठनलाई सजिलो बनाउने भन्दा पनि सौन्दर्य भर्ने विशेषता लिएका छन् । छ महिना हिउँ पर्ने र छ महिना हिँडडुल चल्ने त्यस्तो विकट ठाउँको जीवन सजिलो छैन, त्यसैले औपन्यासिक कृति पनि सुरूमा सजिलो लाग्दैन । यसमा पात्रव्ययस्थामा कमजोरी छ । माया हुँदै होइन, धोका पनि होइन, ‘कसरी सक्न्या हो ज्यानले ?’ जस्ता ससाना उपशीर्षकबाटै विषयलाई सजिलो पारिएको छ । ‘महाभारत’को बृहत् कथामा द्रौपदीलाई अर्जुन साहिँलाले ल्याए पनि आमाको आदेशमा सबै भाइकी साझा पत्नी बनाए भन्ने अन्याय भोग्ने महिलाको पक्ष सम्प्रेषणमा आउँछ भने यो हिमाली भेग (ताक्लाकोटभन्दामाथि)को चेतना बारेमा एउटै पत्नी भएमा सन्तान सीमित भई मायाले छोराछोरी सिहार पाउने र सम्प्त्ति पनि सञ्चय हुने कारणको व्याख्या एक पात्रबाट भएको छ । प्रत्येक छोराले फरक फरक दुलही बिहे गर्दा भाइ भाका फरक महिलाका फरक र धेरै सन्तान हुने भएको स्थितिमा धनको अंश चिराचिरा परेर जानेछ र धेरै भाइका आआफ्ना पत्नीका आआफ्ना सन्तान हुनाले प्रेम पनि छरिनेछ भन्ने कारण देखाई सम्झाउने चलन रहेछ । उपन्यासमा पेमा भनिने एक नारी अग्र भागमा देखापर्छे, अतिथि पात्र दिग्विजय ‘म’ हुने भएपछि कुनै परिवारको कुनै पात्र सल्बलाएको पाइने छ । ग्याल्जन (पुरुष) र पेमा (नारी) चर्चामा मूल रूपमा आउने पात्र छन्; यिनीहरूकै जीवन समाएर कथाको कथानकले अग्रगति लिँदै जाने अभ्यास रहेको रमाइलो हिमाली जीवन पठनपाठनमा आउने भविष्यवाणी वा प्राक्कल्पनाभित्र एउटा नवीन तर हाम्रो समाजमा नवीन रहे पनि द्वापर युगको प्राचीन विषय संस्कारको अनौठो लाग्लाझैँ देखिने बहुपतिको चलन सल्बलाउने छ ।

बैशाखदेखि कात्तिकसम्म खेल्न चल्न पाइने र बाँकी प्रदेशमा छ महिनाका लागि आवश्यक सबै सामग्री जुटाएर समयलाई उछिन्नु पर्ने अवस्थामा एक कार्यक्रम धुवाँरहित चुलो सम्बन्धी कार्यमा खटिएको समाख्याता धेरै बोलेको भए पनि संवादमा धेरै गहिरो संस्कार बोलिरहेको अवस्था छ । हिउँले न्यालु ल्हा, नारा ल्हा ढाक्यो भने थुनिएर त्यतै बस्नु पर्ने सूचना ग्याल्जनले नदिएको होइन र त हतारमा काम सक्नु परेमा सहयोगीका रूपमा ग्याल्जनलाई लिनै परेको अवस्था समाख्याताको बाध्यता हो । ‘म’ भनी आख्यानमा उपस्थित हुने पात्र दिग्विजयले ग्याल्जन लामालाई सहयोगी बनाउछन् । स्थानीय वासीहरू पनि छ महिनाका लागि परदेश जस्तै तल्लो छेत्रमा श्रम गर्न झर्ने गर्थे, उनीहरूको तयारीको समय पनि त्यही समय नै हो । ताक्लाकोटतिर मजदुरी गर्ने घरमा थुनिएर बस्ने पनि साह्रै खुसी भने थिएनन्, तर छ महिना अगाडि आएको पात्र अपरिचित ठाउँमा पुगेर संस्कृति र माया बुझेर फर्किने तयारीमा भएकाले आउँदा र हिँड्दाको अन्तर धेरै भएको, त्यस समाजको मनग्ये माया पाएको पात्रले बिचबिचमा जेजे भोगेको हो, त्यही कुरा पूर्व स्मृतिबाट वृत्ताकारीय शैलीमम उठान गर्दै घुमाएर रोटी पाकेको आकारमा सिर्जना गरिएको छ । हेरिरहूँ जस्तो हिमाल छोडेर हिँड्ने बेलामा केही उपहार र केही किनेका सामानका साथमा मनभरि नै हुने गरी परिवार र गाउँलेको माया बोकेर हिँड्ने वेलाबाट आख्यान सुरू गरिएको छ, पछिका प्रस्तुतीकरणमा बिचबिचको मुहूर्त बोल्छ । चौँरीले ट्रकको कार्यभार सम्हाल्ने ठाउँ भएको जानकारीमा आएको छ । पेमाको घर र आफू डेरा बसेको घरको नाता नजिकको भएपछि त्यही परिवारसँग गहिरो चिनाजानी, हिमचिम भए समय बितेको अनुभूतिको अंशले मूल स्थान लिन्छ; अरू प्रजाति, पर्यावरण र संस्कार पठनको केन्द्रमा पारिएका छन् । सन्तानको हकमा आमाले निर्देशन गरेका आधारमा हुने, पहिले जन्मिएको जेठाको सन्तान र अरू क्रमश: महिला–साहिँलाका हुने नियमभित्र, ऋतुधर्मपछि जोसँग समागम गरेकी हो, सन्तान उसैको भनी आमाले तोकिदिने चलनमा जेठालाई बा र अरूलाई काका भन्ने रीतिरिवाजको गाउँ हुम्लामा रहेछ । भारतका हिमाचल प्रदेशमा पनि यस्तो प्रथा छ ।

२.२ पर्यावरण चित्रण
हुम्ला जिल्लाको मूलत: हिमाली वातावरण ससानो चिनारीका रूपमा प्रस्तुत हुन्छ, घर तीन तलाका बनाउने काठका फलेकमाथि ढुङ्गा ओछ्याउने गरेर तलातलाका मुख्य विभाजनमा सिरान तला पूजा कोठा, बिचको तला भान्सा र भण्डार तथा सुत्ने कोठा तल्लो तला नागपूजा गर्ने ठाउँ वा गोठ समेत कसै कसैका घरमा हुने भनिएको हिमाली घर व्यवस्था परिचयमा आउँछ । पेमाको वेशभूषामा बक्खु बाहिर नीलो रातो धर्के पाङ्गेप लाएकी हुन्थी; पिठ्यूँमा कसिलो गरी ऊनीको पछ्यौराले छोरी बोकेकी हुन्थी । यसमा जाडो ठाउँ र बाक्लो लुगाको आवश्यकता साथमा रहेर पेमाकी सासूको दैनिकीमा चर्खा घुमाएर ऊन पनि कात्ने गरेर बस्ने तथा बाहिरको चिसो नपसोस् भन्ने उद्देश्यले घरमा ससाना झ्यालको व्यवस्था एउटा सहज लक्षण हो । “बिहानबेलुका, कहिले दिउँसो पनि न्याना लुगा छाड्न सक्दैनथ्यो ज्यानले (निहारिका; २०७८:१९)।” पत्रपत्र लुगाले मान्छे नै मोटो देखिने बताइन्छ, यसै संस्कारबाट भौगोलिक पर्यावरण परिचयमा आउँछ । ‘द्रौपदी अवशेष’मा कुन स्थानसँग कृतिको सम्बन्ध रहन्छ भनी चिन्न सकिने स्थिति छ ।

कर्णाली नदीको उकालो भीरमा डराएर यात्रा गर्दाको स्थितिले त्रासदीमा पुर्‍याउँछ, पछिबाट चौंरीको हुल आइरहेकोछ, साँगुरो बाटो, एकातिर भीर, अर्कातिर कर्णालीको भयावह बेगस्थिति यात्रीको यात्रा डरमा डर पाठकमा समेत सिर्जना गर्ने देखिएकाले पर्यावरण चित्रण विकट स्थानसँग नजिक छ ।” “मलाई उछिनेर बायाँ विशाल नदी बेग लिएर बगिरहेको छ, दायाँतर्पm भीरको भित्ता……….(निहारिका;२०७८:२१)।” भीर खोपिएको असहज बाटो थियो, स्थानीयलाई भने त्यस्तो कठिन ठाउँ पनि सहज हुँदो होला । यसै पनि रमाइलो मान्ने पर्यटकलाई मात्र हो; स्थानीयलाई हदैको कष्ट हो । सिमीकोट समन्वयमा रहने ठाउँ हो, खाम भाषाका कारणले पाहुनालाई भावको आदानप्रदानमा कठिनाइँ हुने स्थिति रहेका कारणले दु:ख थपिन्छ । चिसोसँग खटिन र हिमाली जीवन आत्मसात् गर्न सक्नुपर्छ, चिनको भिसा पनि लिएको भएमा अझै राम्रो हुने कारणमा हिल्सा हुँदै कैलास मानसरोवरको यात्रासम्म हुने उच्च हिमाली भाग संसारको स्वर्गझैँ लाग्दै हुनेछ । गोठ भनिएको स्थानलाई भव्यताका साथ चिनाइन्छ, नाम गोठ छ तर मान्छे बस्ने अस्थायी घर हुने रहेछन् । भेडा र चौँरीका लागि पनि ढुङ्गे पर्खालले बेरेर अलग ठाउँ बनाइएको हुन्थ्यो, त्यो गोठ भनिने स्थान र्खक हो । त्यस्ता खर्क सिमीकोटबाट उकालो लागेपछि भेटिन्थे, लाप्चा जानभनी हिँडेका यात्रीहरूले टेन्ट (पाल) टाँगेर त्यही खर्कमा रात बिताउँदाको भौगोलिक पर्यावरणमा दु:खका अनुभूति उस्तै छन् । सुत्ने झोलाभित्र सुरुक्क पसिन्छ र मस्तसँग सुतिन्छ, हिँडाइले थकाइ दिएको हुने भएको बुझिन्छ । नेपाल कति फरक भूगोलले बनेको छ भनेर चिनिन्छ । “वैशाखदेखि छ महिना दाइभाइ पालो गरेर कोही चौरीखर्कतिर हुन्छन् । कोही भाइ खेतीमा भुल्छन् । कात्तिक सकिँदा नसकिँदै कोही नेपालगन्जतिर झर्छन्” भन्नुको अभिप्राय आधा समय मात्र त्यो ठाउँमा गएर एउटा गैरसरकारी संस्थाको कर्मचारीले कुनै स्रोतबाट जुटाएका सुविधाहरू प्रदान गर्ने सिलसिला छ; अल्पनाम दिग्विजय भनिने पात्रले स्थानीय पात्र पेमा, ग्याल्जन, आदि पात्रसँग गरेका संवादहरू, आपैmँले स्वकथन गरेका कथनहरू र समाख्यान गरेका अनुच्छेदहरू पढेर तृतीय पुरुष दृष्टिबिन्दुमा आएका आवश्यक अनावश्यक अभिव्यक्तिमा पर्यावरणको चिनारी हुन्छ । नयाँ मान्छेलाई लेक लाग्ने डर छ– ओखतीका रूपमा घोडेमच्चा झार बोकी हिँड्नुपर्छ (निहारीका;२०७८:३८)। कात्तिकदेखि छ महिनाका लागि हिउँका कारणले विद्यालय बन्द हुने भौगोलिक स्थिति जनाइन्छ; पठनपाठनभन्दा पनि बाँच्ने स्रोतको खोजी ठुलो कुरा हो ।

सांस्कृतिक पर्यावरणको नमुना प्रतीत हुने हल्जी गुम्बा एक विशेष उदाहरण भएको छ; त्यो प्राचीन गुम्बा अरू गुम्बाका तुलनामा फरक रहेको भीरको काख र बगाई ल्याएको बगरमा गुम्बा सुरक्षित देखिने अझै भित्रबाट–ॐ माने पेमे हँुको ध्वनिले सुसज्जित वातावरणलाई हेर्दा प्रकृति र संस्कृतिको आत्मीय सम्बन्ध रहेको अनुभूति गरिन्छ । अनुसन्धानमूलक कार्यमा रूचि राख्ने स्रष्टाले रचना गरेको कृतिभित्र स्थान, इतिहास, वातावरण र त्यहाँका समसया परिचयमा ल्याइने हुनाले भौतिक सुविधा अत्यन्त कमजोर रहेको हुम्ला जिल्लाको उत्तरी भागको जनजीवनको जानकारी खोतल्दा कारुणिक घटनाले घोच्छन्; गुम्बामा निरीक्षण भ्रमण जारी भएका समयमा भेट गर्न आएका दुई बालकहरूको चिनारीबाट त्यस प्रसङ्गसँग नजिक भइन्छ र “पेमासँग बिहे हुनुअघि नुर्बुका दाजुको विवाह भएको र छोरो जन्मने बेला स्वास्नीको ज्यान गएको घटना सुनाइयो” भनेर घोच्ने क्षण उघारिन्छ । पहिले आउने केटो मर्ने महिलाको छोरो र पछि आउने पेमाको छोरो; यी दुवै केटा गुम्बामा बस्ने रहेछन् । भौगोलिक संरचनाले जीवनको अर्थतन्त्रमा प्रभाव पार्छ; उत्तरको च्याङ (जडान क्षेत्र)मा आलु र उवाको खेती भएको बुझिन्छ । छेउबाट नदीको वेग सरासर गरामा उवाको खेती लगाइने गहुँझैँ देखिने उवाका बाला बएली खेल्दै हुन्छन् । आलु ड्याङ बनाएर रोपिएका हुनाले हिमाली हिँउको मलले फल्ने आशा गरिए पनि अन्नाभावले जनता मर्ने डर भएको ठाउँ नेपालमा हुम्ला पनि हो । युवाशक्ति जडीबुटी सङ्कलनमा जाने र त्यसलाई बजारतिर लगेर बेच्न पाउने भएकाले पाठशाला जाने युवाशक्ति ती जराहरू खोतल्न अझै टाढाटाढा जाने गरेका कारणले घरमा एक दुई पात्र मात्र स्थायी बस्थे, पालैपालो बस्थे भनिन्छ । पेट भर्न नपरे, ठुला अभिलाषा नपाले विदेशीको भूमिमा गुड्ने यात्राका साधनको सोख नराखे हाम्रो भूमि कति धेरै डलरले नपाइने अमूल्य निधि रहेको छ । मनलाई मुग्ध गराउन ग्याल्जनका कुरा सुन्दै, घाँसे मैदानतिर हेर्दै, कहिले गोठतिर र कहिले चरनमा दत्तचित चौँरीहरू तर्पm हेर्ने पात्र समाख्याताले पाएको आनन्द किन्न सकिँदैनन् (निहारिका;२०७८:७५)। पेमाले चौँरीको दूध दुहुने समयको एक क्षणमा पशुमा देखिने मातृवात्सल्य र चरनबाट फर्किएका च्याङ्ग्राले पाठापाठीलाई दूध चुसाएको दृश्य अवलोकन गरिन्छ । भौतिक उन्नति र यातायातको आकाङ्क्षीले यातायातका साधनमा कमी र औषधालयको असुविधाले अकालमा मर्नु पर्ने अवस्थाको चित्रण भएको छ । सामाजिक पर्यावरण सामान्य समाजको भन्दा फरक छ, सन्तानको बाबु टुङ्गो नभएका छोराहरू–ग्याल्जनका भान्जाहरू पनि छन् । बिहे भएन भने कसैकी सुर्मु भई न्येलु जन्माएर बसे पनि समाजले हेला गर्दैन । विवाह भए जोई हुन्छे, नभई कसैसँग बसे सुर्मु हुन्छे र सन्तानहरू न्येलु हुन्छन् । त्यस्तै भौगोलिक विकटता र अस्पतालको अभावले गर्दा भ्रूण पतन हुने समस्या भोग्ने महिलाहरूमा ठुलो सम्भावना अकाल मरणको रहन्छ । पेमाको निकै पटक भन्डै अकाल मरणको त्यही स्थिति पनि देखियो । औलोतिर ओर्लिएका जनतालोकको गतिमतिमा टीठ लाग्दो वातावरण हावाको बेग तथा धुलो ओइरिने मुखभरि र चुलामा बालेको आगो हावाले निभाउने यी यस्ता दु:खको साक्षी बन्नुपर्ने रहेछ । यात्रीले हिल्सातिरको यात्रामा यो अनुभव गर्छन् । खास कुनै शताब्दीका विशेषता महान् कृतिमा झल्कन्छन् । कर्णालीको चिसोले शासन गरेको त्यो मुहूर्त र पर्यावरणसँग अनुभवी पाठकलाई आत्मसात् गर्ने परिस्थिति बन्दै जान्छ । कोही ताक्लाकोटतिर र कोही सीमिकोटतिर लाग्ने ठाउँको केन्द्र हिल्सा; नारालाको उकालो–ओरालो, भन्ज्याङमा एउटा ढुङ्गो चढाएर श्रद्धा गर्नेहरू थिए । दृश्यमा आउने गुर्ला हिमाल–सँगको निकतामा बेग्लै आनन्द पाइने रहेछ यात्राभित्र नियात्रामा मूल विषय भौगोलिक विकटता, सामाजिक समस्या युवतीलाई जोगिन कठिन र बिहे गर्ने बेलासम्ममा राजीखुसी भएमा मात्र कार्य वा विवाह सम्पन्न हुने प्रचलन तथा भीरबाट झरेर मरिने खतरासँगसँगै यालवाङ, किर्मी, धारापुरीपछि सिमीकोट आइने स्थिति रहेछ; सांस्कृतिक स्थितिमा रङलु (वैध) पाएसम्म न्येलु (अवैध) केटालाई छोरी नदिने कुलीन–अकुलीनको मर्यादाको स्थिति हुनेछ । इच्छाबिना युवतीमाथि हातपात गर्नेलाई मुखिया र त्यहाँ कुरा नमिले चिग्याप (मुखियाभन्दा उचो) सम्म लगेर दण्ड गराउने समाज हुन्छ । प्राजाति, मुहूर्त र वातावरणको प्रतिव्रिmया–अन्तव्रिmयाबाट मानसिक संरचना बनेर सिर्जनाको बीउ जन्मन्छ (सिङ्गउड; १९७२:३३)।

२.३ संस्कृतिको एक प्राचीन अवशेष
संस्कृति शब्दलाई अर्थ लगाउँदो अनेक अर्थ रूप छन् । अनेक प्रतीकबाट अर्थ खुला गरिन्छ । दैनिक कामहरू मिलेर वार्षिक काम हुन्छ । वर्षभरिमा गरिने कामको स्वरूप नै संस्कृति ठहर्छ जसमा विवाह संस्कार वा चलन, मृत्यु संस्कार वा चलन, पूजापाठ र पेसा पनि सबैका एकै छैनन्, त्यही फरक ढङ्गले अपनाउने जीवनका गतिविधिको समष्टिलाई संस्कृति भनेर चिनिन्छ । पर्वतीय भूमिमा ग्याल्जनजस्ता नागरिकले विवाह गर्ने परम्परालाई उसकै शब्दमा यसो भनेको छ, “हाम्रामा दाइले ब्या गर्‍यापछि त्यही जोई भाइको पनि हुन्या हो (निहाकिा; २०७८:२९)।” द्वापर युगमा मात्र होइन; यही युगमा केही देशका केही भूभाग र जाति विशेषमा बहुपति विवाह प्रथा चलनमा छ (निहारिका; २०७८:२९)। यही संस्कारको स्वरूप परीक्षण गर्नका निम्ति यो रङ्गमञ्च बनाइएको छ । भ्रातृक (दाजुभाइका बिचको) र अभ्रातृक (अरू पुरुषका बिचको) बहुपति विवाह साधारण रूपमा रहेका हिमाचल प्रदेशतिरका ऐतिहासिक घटना उल्लेख हुँदै आएका छन् । त्यस्तैमा महाभारतकै कथामा पनि द्रौपदीमाथिको अधिकार समयसमय गरेर भाइभाइमा विभाजित रहेको बुझिएको छ । हाम्रो हिमाली प्रदेशमा पनि एक भाइ गोठ जाने र एक भाइ घर बस्ने, गोठ गएको भाइ छ महिनापछि आउने संस्कार यहाँ उठाइएको छ । ग्याल्जन भनिने पात्रसँग संवाद चल्दै छ, (पेमा एक महिला जो यस कृतिमा प्रमुख नारी पात्र) का विषयमा समाख्याताले ग्याल्जनलाई सोधेका प्रश्नको उत्तर दिँदा ‘उसका पनि त्यै हो’ भनेको छ । नुर्बुले गीतमा प्रभाव पारेपछि नै यस परिवारमा पेमाको प्रवेश हुने स्थिति सिर्जना भएको बुझिन्छ । ‘गाउँदा राम्रो मान्या’ भनेर नै पेमाको आकर्षण भएपछि नै चार दिनको बाटो हिँडेर आई । तिनीहरू दुई दिन खर्कमा बसेछन् र गृहप्रवेश गरेछन् । विवाहका संस्कार नेपाली समाजमा फरक–फरक प्रकारबाट रूपान्तरण हुँदै आएका छन्, बाहुनको संस्कारमा बाबुआमाले कन्या हेरेर छोराछोरीको कुरा नबुझी विवाह गरिदिन्थे । त्यसको विकसित रूप केटाकेटी आपैmँले हेराहेर गरेर विवाहका लागि अभिभावकसम्म गुहार्ने वा आपैmँ खुसी गरिसकेपछि घरमा लैजाने तथा अनुमति नभए बाहिरै गुजारा गर्ने प्रचलन आएको छ । कुनै जातमा कन्या लिन कुमार जाँदैन, अरूले नै ल्याइदिएपछि कुमारकै घरमा विवाह सम्पन्न गरिन्छ । पेमाको हकमा खुसी पारेर युवकले युवती ल्याएको; नोर्बुले म लान्छु भनेर ल्याएको स्थिति पनि भगाई विवाहकै प्रकार हो तर एउटाले ल्याए पनि अरू भाइले अंश पाउने परम्परा द्रोपदीको मिथकीय घटनाबाटै आएको हो । पुरानो संस्कार र नयाँ संस्कारमा द्वन्द्व चलिरहन्छ; यहाँ पनि द्वन्द्वको एउटा सुन्दर उदाहरण देखाइएको छ । एउटी बुहारी एउटै छोराका लागि भनेर मन्जुर भई आएको स्थितिमा सासूले सबैकी साझा द्रोपदी पार्न खोजेकी हुन्; कारणमा प्रत्येक छोराका लागि अलगअलग बुहारी ल्याएको स्थितिमा धन छरपस्ट हुने, धेरै बुहारीका सन्तान धेरै हुने, आपसमा एउटै बुहारीले पाउने माया वरदेखि परसम्म वितरित हुने तर्क रहेको छ । सासूको भनाइमा जेठासँग बिहे गरेर बस्दा सबै भाइकी जोई भएर बस्नुपर्छ भन्नेसम्म छ । नोर्बुकी दिदीको भनाइमा– ‘उहिलेदेखिन् सबै भाइले एउटाएउटा ब्या गरेका भया, तिनका सन्तान कति हुन्या थिया ?’ नुर्कुले ल्याएकी भए पनि तर्क बलले आर्थिक कोणबाट प्रभाव पारेपछि महिला नुर्बुकी प्रियसी नुर्बुका दाजुसँग विवाहमा बेउली बनेकी थिई (निहारिका; २०७८:३२)।

संस्कारका सन्दर्भहरू प्रशस्त उद्घाटन गरिएकाले ‘द्रोपदी अवशेष’ संस्कार अध्ययनको सामग्री बन्न सक्छ । यसमा बालविवाह गर्नु नहुने चेतना छ र बाहुन छेत्रीका साथै चौधरीहरूले बालविवाहमा फसेर कष्ट भोगेको युगमा यी लामाहरूमा उमेर एघार मात्र भएको ग्याल्जनले उसकी भाउजूलाई जोई भन्न पाएन; ‘सोर नभया भाउजू जोई नाइ हुन्या हुन्” भनिएको छ । हुम्लाका ती हिमाली जातका मानिसहरूले गर्ने विवाहका सामान्य प्रकारको रेखा कोर्दै संवादमा प्रकाश गरिएको छ; क) कन्याका अभिभावकसँग मागेर कन्यालाई दुलही बनाउने, ख) प्रेम गरेका युवक युवतीको विवाह, ग) अर्काकी पत्नीको हकमा साबिक दुलहाले मागेको जति जारी बुझाई समाज राखेपछि लैजान चाहनेले पत्नी हात पार्ने विवाह, घ) कन्या साटासाट गरेर आफ्नी कन्या दिने तथा उताकी कन्या दिने तथा उताकी कन्या आफ्नी दुलही बनाउने विवाह, ङ) बलले कन्या चोरेर गरिने विवाह मूलत: त्यस समाजको प्रचलनमा रहेका छन् (निहारिका; २०७८:३६)। त्यस ठाउँको चलन अनुसार बेउलो जन्त जाने चलन छैन र एक्काइस जना जन्ती साथमा घोडाहरू लिएर जाने गर्छन् कमजोर परिवारमा सातजना वा तीनजना जन्तीसम्म जाने गर्दछन् । कन्यालाई दुलही बनाउन माग्ने, छिक (भोज) खुवाउने र पत्नी बनाउन ल्याउने कार्य क्रमश: तीन वर्षमा सम्पन्न गरिन्छ । देवरहरूलाई क्रमश: पोइ बनाउने चलन भने रूपान्तरणमा जाने बेला आएको छ, पेमाजस्ता अलिक बुझ्ने युवतीहरू स्वत: स्वीकार गर्दैनन् । हाम्रा हजुरबुवाका तीन–तीन नारी हाम्रा हजुर्माहरू हुन्थे, तर ती खुसीले भन्दा पनि बाध्यता अँगाल्थे ।

सांस्कृतिक सम्पदाको सम्मान यस कृतिको पठनका क्रममा भेटिन्छ । मानसरोवर र कैलास सँगसँगै भएको जानकारी पाइने विषयले प्रवेश पाएको छ, त्यसैले बादलको तरेलीभित्र रहेका मानसरोवर र कैलास हेर्ने प्रतीक्षामा रहेका केही तीर्थयात्रीहरसँग यस प्रसङ्गलाई जोडेर हेरिएको छ । ‘सबै जर्‍याकजुरुक उठेर मानसरोवर हेर्नलाग्यौँ, त्यसपछाडिको कुइरो अझ नखुलेको हुँदा कैला पर्वत भने पर्दाभित्र नै थियो (निहारी;२०७८:४३)।” लङकाली ताल अर्थात् राक्षसी तालका बारेमा पनि बहस चलेको बुझिन्छ । यी सांस्कृतिक सम्पदालाई यात्रीहरू अवलोकन गर्दछन् । हाम्रा आदिदेव महादेवको निवास ठानिएको ‘कैलास पर्वत’, हावा र बादलको विपरीत प्राकृतिक दबाबका कारणले झलक्क दर्शनसम्म गर्न नपाइने शिवधामको प्रतीक्षारत यात्रीहरू एकै पटक खुसी हुने स्थिति कैलासले ढाकेको बादल हटिदिएपछि उत्पन्न हुन्छ–“वातावरणमा मनमोहकको अर्थ त्यहाँ पुगेर बल्ल अनुभूति भयो ।” यात्रीहरू जय शम्भो भन्ने वाक्यांशबाट प्रस्फुटित हुन लागेको दृश्यमा समाहित भइन्छ । त्यहाँबाट नजर हटाउन मन्जुर भइँदैन । सांस्कृतिक व्रिmयाकलापभित्र सुखदु:खमा भाग लिँदै महिला–पुरुष सराबरी गीतको भाकामा नाच्ने गरेको बताइन्छ, कात्तिकमा व्यापार गर्न झरेकाहरू गर्मीमा हिउँ पग्लन थालेपछि घर पुगेर जमघट गर्ने रहेछन् । त्यहाँका गरगहना विभिन्न नामले चिनारीमा छन्:– ओल्दाक, स्याक्पार, मुदिक अनेक नामका हुन्छन् । मृत्यु संस्कारमा मानिस मरेपछि आत्मा अर्को जीवमा सारिन्छ र शरीर टुक्रा पारेर पानीमा (नदीमा) बगाउने गर्दा धर्म हुने विश्वास छ । धर्ममा रहेको प्राणी ठहरे चरालाई खुवाउने, पापी भए लामाको आदेशले अन्तेष्टि गर्ने गर्छन् । साना नानीको उमेरमा केटाका पक्षबाट केटीका घाँटीमा एउटा मुगा र खादा लगाएर बुहारी बनाउने स्विकृति जनाउने रीतिस्थिति रहेको अनौठो चलन देखाइन्छ । अझै गोप्य सन्तानका विकृत–संस्कृतिको पठन गराइएको छ, नोर्बुकी दिदीले जन्माएको सन्तान यस्तै कोटिमा पर्छ । ग्याल्जन पेमालाई जोई बनाउन चाहन्छ तर उसको पोइले मागेको जारी तिर्नुपर्छ, पैसाको कमी छ मायाले पैसा नतिरी पेमा पाउने स्थिति छैन । गोठतिर झर्नेको ताँतीमा दु:खको कथा पढिन्छ ।

२.३ मुहूर्त (mयmभलत) र ‘द्रौपदी अवशेष’
आख्यानबाट समय परिभाषित हुन्छ, त्यस कृतिका घटनाबाट समयको परिचय खोजिन्छ । यति साल सम्बत् नभने पनि हामी त्यसमा आबद्ध घटनाबाट केही कुराको अध्ययन गर्न सक्छौँ भन्नेमा साहित्यका समाजशास्त्री प्रत्यक्षवादीहरू सहारा लिन्छन् । हिमाली प्रदेश सिमिकोटभन्दा माथिको हुम्लाको कुनै स्थानमा बस्ने युवकका भनाइमा आफूले कक्षा पाँचसम्म पढेको तर आर्थिक रूपमा सम्पन्नहरूले सिमीकोट, नेपालगन्ज पठाएर छोरा पढाउने गरेकाले घटनाको समय २०५० पछिको ठहरिन्छ । शिक्षाको महत्त्व गाउँसम्म बुझ्न थालिएको छ (निहारी;२०७८:३३)। पुरानो समयले पुरानै चलनको अनुसरण गर्छ भने नयाँ समयले नयाँ रूप फेर्न वा लिन चाहन्छ जसलाई पुस्ताको द्वन्द्व बिन्दु मान्न सकिन्छ । त्यस हिमाली क्षेत्रका यी जातिमा पनि नयाँ चेतना आएको पछिल्लो युगको लक्षण पाउन सकिन्छ, यस घटनालाई ग्याल्जनमा लगेर सावित गर्न खोजिएको छ । आमाझैँ लाग्ने उमेरले जेठी महिलालाई पनि कान्छो देवर सोह्र वर्ष पुगेपछि जोई भन्नुपर्ने विषय यसको उदाहरण हो । ‘आमाजस्ती भाउजूसित बस्न मन नलाग्न्या’ भन्ने देवर ग्याल्जन, चलनअनुसार सोह्र वर्षको भएपछि पोई बनाउने अभिभावकहरू र भाउजूले मानेकी छैनन्को स्थितिबाट विषयलाई हेर्दा अलिक पछिको सामाजिक चेतन संं.२०५० भन्दा यताको युग प्रतीत हुन्छ । अर्काकी पत्नी जारी तिरेर ल्याउने चलनको सिलसिलामा प्रकटमा आएको छ र पल्लो गाउँमा एक पोइका दुईजोई रहेको कारण देखाएर समझदारी सल्लाहबाट सबै काम हुनसक्ने निचोड निकालिएको छ । समाख्याता परिधीय पात्र रहेका छन्, आफ्नै कुरा र जीवनचक्रलाई फर्विmएर हेर्छन् र परिवर्तनशील भौतिक पर्यावरणको समीक्षामा अलिकति जानकारी, अलिकति गुनासो र अलिकति केही पोखिने रहरमा छन्, “मेरो उमेरअनुसार अग्लाई बढ्नुभन्दा छिटो प्राकृत गाउँ हतारमा सिँगारिएर पूरै सहरमा रूपान्तरण हुने दौडमा थियो (निहारिका;२०७८:६६)।” उनी आपैmँ एक्ला र माताहीन छन् । अहिले सहरका छेउतिरका गाउँमा जमिनलाई चिरेर टुक्राटुक्रा पारेर घडेरीका नाममा जेजस्तो विथिति भएको देखिन्छ, त्यही कुुराबाट युगको चेतना हुन्छ । समाख्याताको अनुभूतिमा उनले खेल्ने गरेको घुलौटे बाटो पक्की मोटर बाटो भएको छ, घरपछाडिको खेत घडेरीमा साटिएको बताएका छन् ।

कृति लेखनको समय वा युग चिनाउने आधार यत्रतत्र सर्वत्र छरिएरै आएका छन्; धुवाँ आउने चुलो हटाएर हितकारी चुलो राख्ने कार्यक्रम गाउँमा पुगेछ; यो समयले वि.सं.२०५० भन्दा पछिको समय चिनाउन बल दिन्छ । स्थान, पर्यावरण र त्यहाँको हावापानीबारे उनका खानपिन र कपडाको प्रयोगले अध्ययनमा साथ दिँदै छन् । औपन्यासिक कृतिमा संस्मरण प्रधान निबन्धका लक्षण पनि नभएका होइनन् । यात्रामा जाडो छल्न ओर्लिरहेका यात्रीको लर्को देख्दा आफ्नै वनभोजको स्मरणले ठाउँ लिने गर्छ । ढुङ्गाका चुलाहरूमाथि सिलभरे भाडाँमा पाकिरहेको भोजन कति स्वादिष्ट भनी समीक्षा गर्न कठिन छ, यसमा आफ्नो बाल्यकालको वनभोज र यी यात्रीको वर्तमानसँग हजुर आमासँगको विगतको संवाद स्मरणबाट मिसिन्छन् । आमा र सन्तानको सम्बन्ध विशेष नाता हो । कुनै ठाउँ वा समाजका पात्रको इच्छित सन्दर्भ विश्वदृष्टिमा मान्छेको बराबरी अधिकारीको खोजी हुनेछ; गोल्डम्यान (१९१३–१९७००)का भनाइमा विश्वदृष्टिकोे सिर्जना हुँदैन, यसको विकासका लागि जीवनको सङघर्ष र आन्दोलनको जरुरत हुन्छ (पाण्डेय;१९८९:१४९)। पेमाको पहल यस्तै प्रयास हो । त्यहाँ बोलिने खाम भाषा:– स्थानीय भाषाका शब्दको अर्थ बोध हुनेछ; त्यस्तो वातावरण सिर्जना गरिएको छ । ठालुक (जन्म कर्म संस्कार), माण्डू (मन्दिर), गजिनो (कपडा), टसी (खादा), तेम्डेल (उपहार), छिक (भोजभतेर), फुरू (बटुको थाल), थाइकोर ( टाउकोमा लगाउने गहना), हाचे (घाँटीमा लगाउने), पाङ्मा (दुलही), पाक्पु, (दुुलहा), ह्यारवोन (जन्तीमा बुढोपाको), डिपरुक (जन्तीमा सबैभनदा सानो), थाबु लु (जन्ती गीत), टसी लु (मङ्गल गीत) जस्ता हिमाली भाषीका शब्द प्रयोगमा छन् । पात्रहरू नाटकीय विधिमा पनि उपस्थित भएर स्थानीय भाषा बोल्छन्, नुर्बुले नाटकीय पाराले पेमालाई पारि हिमालबाट सिमीकोट पुर्‍याएको छ र ग्याल्जनलाई दिएको छ । अप्रत्यक्ष रूपमा ग्याल्जनकोे विकल्प दिग्विजय पनि छ ।

२.५ पाठकले रुचाउने लेखक भाषा :
आफ्नो साधनाबाट साहित्यकलामा स्थापित हुने मान्यतालाई अहम् मूल्यका साथ अवलम्बन गरिन्छ । साधनाले भाषा, वाक्य संरचना र अनुच्छेद सिर्जनालाई हेरेरै पाठकले चिन्ने बनाउनु कलाकार–साहित्यकारको सांस्कृतिक सम्पदा हो । प्रसिद्ध कवि तथा निबन्धकार देवकोटाको नाम छोपेर उनको रचना चिन्न सकिने भएको छ । यहाँ नीलमको भाषालाई पढेर समीक्षा गर्न सकिन्छ; “पहाडबाट बादल फुत्तफुत्त निस्किएको मनमोहक दृश्य हेर्दै, भलाकुसारीसँगै ठाउँठाउँमा अति छोटो समय मात्र बिसाएर अघि बढिरहेका थियौँ (निहारिका;२०७८:३८)।” ‘द्रौपदी अवशेष’को भाषा शैलीमा नियात्राका गुणहरू उचित मूल्यको निर्वाह गर्छन् । नियात्राकारले अनेक स्थानको मनोरम दृश्यचित्र कोरिरहन्छन्, यहाँ पनि लगभग त्यस्तै अवस्था पाइनेछ । कैलासको दर्शनार्थ यात्रामा खटिएका एक कर्मचारी र साथमा भरियाको काम गर्ने ग्याल्जन यात्राभरि संस्कृति, विवाहका तैरतरिका, भौगोलिक विकटताको असरका विषयमा विमर्श गरिरहेका हुन्छन् । यहाँ नाटकको ढङ्गढाँचा प्रबल छ, एउटा यात्री दिग्विज (काल्पनिक नाम) र अर्को सहयोगी पात्रले धेरै ठाउँमा संवाद भर्दै नियात्राको शैली र विषय अवलम्बन गर्दै मानसरोवरको निकटमा रहर लाग्दो यात्रा गरेका हुन् । स्थानका नामहरू लाप्चा, लिमी उपत्यका, हल्जी गुम्बा, कैलाश पर्वत तथा तिनको सांस्कृतिक र भौगोलिक उचाइले गर्दा नियात्राको पुस्तक पढिरहेझैँ लाग्नेछ । बादलले छेलिने कैलाश पर्वत अवलोकन कुतुहलको विषय रहन्छ । समाख्याता पात्रमा मिल्ने घाउ मातृपीडा समान रूपमा बल्झिएको क्षणमा लेखिएको छ , “मातृप्रेमबाट वञ्चित हुनुको समान पीडा फरक हृदयमा एकै दुख्यो (निहारिका, ०७८ : ७४)।” समाख्याताले ग्याल्जन दुवैको आकर्षणमा परेकी पेमाको रक्तस्रावको समयमा पनि एउटा गम्भीर वाक्य लेखिएको छ; “यति विघ्न निरीहता मैले कहिल्यै कसैको देखेको थिइनँ (निहारिका, २०७८ : १२३)।” यस्तो कष्टमा परेकी पेमाको टीठ लाग्ने अवस्थाको चिन्ता उनका पतिलाई भन्दा ग्याल्जन र समाख्यातामा झल्कन्छ । पेमा देखेर दुवै लोभिएका छन् ।

२.६ पात्रको बोली भाषाशैली
पात्रको भाषा वा संवादमा त्यस स्थानको धर्म, संस्कृति, रीतिर.रिवाज, खानपिन बसाइहिँडाइ परिचयमा आउने विश्वास छ । त्यसको प्रमाणका लागि यहाँ प्रयोग भएका संवादलाई हेर्न सकिने छ । –‘सरले पनि पछिलाई घर बनायो,’ ग्याल्जनले खुसी व्यक्त गर्‍यो । त्यहाँ पुग्नेहरू ढुङ्गामाथि ढुङ्गा थप्दै घरको आकार दिँदा रहेछन् । ‘पेमाको याँ आउन अति नै मन हो ।” “भत्कनु हुन्या छैन है सर !” सावधानीसाथ काम गर्न ग्याल्जनले सचेत गरायो । “म त भाउजू मन नगरी बस्या हो । तर पेमा भन्यापछि त्यो कान्छोलाई मन पर्छ ।” यसरी अधकल्चो लाग्ने भनाइमा पनि भाउजूलाई जोईका रूपमा नभई अर्कै नारीका स्थानमा राख्ने पात्रको बोली पढिनेछ । दिग्विजय बस्ने घरकी घरवाला आमै पात्रको भनाइमा आर्थिक र सामाजिक–सांस्कृतिक पक्षको साङ्लो अल्झिने कारण खुलेको छ, “उहिलेदेखि एउटाले एउटी–एउटी ब्या गर्‍यापछि तिनका सन्तान कति हुन्याछ ?” “त्यहाँ खेतमा बाली होइन, यस्तै घरैघर हुन्या थियो । अनि कहाँ रोप्न्या, कहाँ उब्जाउन्या, के खान्या, ती बढेका मुखले ?” भन्ने भनाइमा पेचिलो प्रसङ्ग पढिनेछ ।

लेखकको विश्वदृष्टिसँग आबद्ध भनाइ पात्रकै मुखमा आउँछ अर्थात् पात्रलाई विश्वदृष्टि (धयचमि खष्भध) प्रकट गर्न लगाइएको छ । ‘विश्वदृष्टि’ भनेको कुनै वर्ग वा समूह वा सम्प्रदायको समूहगत धारणा हो जसलाइ एक व्यक्तिको नठानी एक समयको एक समूहको वा वर्गको चेतनाबाट मुखतिर धारणा ठान्नुपर्छ; त्यही धारणा पात्रका संवादमा ओकल्न लगाइन्छ:– “तर मेरो मनले आमाजस्तो ती भाउजूलाई जोई मान्न सक्दोइन (निहारिका;२०७८:७१)।” यही धारणको प्रकाश गर्न वा सम्प्रेषणार्थ यो कृति लेखिएको हो । ग्याल्जनले आफ्नी आमा मरेपछि भाउजूलाई आमाको आसन दिएको धारणा त्यहाँको कुनै समयको विश्वदृष्टि हो । बिरामी भएर उपचार नपाएर मरेकी आमालाई श्रद्धान्जली मात्र दिन सकिन्छ । ‘म भन्दा ठुलो र बलियो थियो नुर्बु, उसले मैले लैजान्या हो भन्यापछि त्यस बेला अघि सर्ने मेरो आँट आएन’ भन्ने भनाइमा मन परेको माया बलियाले लगेको; नुर्बुले पेमालाई हत्याएर दु:ख दिएको भाव बोल्छ । रलिङ मेलाबाटै गुमेकी पेमा आशको स्रोत बनिदिई (निहारिका, २०७८ : १४४) । अन्त्यमा ग्याल्जनले पेमा स्विकार गर्नेछ, उसले नगरे विवेकी दिग्विजयले पनि लगेर र पाल्न सक्छ ।

३.१ पात्र व्यवस्था
पेमा, ग्याल्जन र वाङदी केन्द्रमा छन् । समाख्याता पात्र आफ्नै परिचयमा दिग्विजयी भन्ने नामले परिचय दिने पात्र संवादको नाटकीय रूप र आख्यानको तृतीय पुरुष दृष्टिबिन्दुमा आफू परिधीय पात्र मात्र भएर काम गर्दा पेमा, ग्याल्जन, नुर्बु र हिमाली जनताको कथा प्रकाश गर्दा आफ्नो काम चुलो सेवा, ग्रामविकास र स्वास्थ्य सम्बन्धी पनि चेतना राख्ने पात्रले प्रारम्भदेखि पेमा तथा ग्याल्जन भनिने स्थानीय पात्रसँग भेटघाट तथा सहयात्रा गरेको स्थिति विकसित हुन्छ । पेमा भनिने महिला पात्रलाई प्रमुख नारी पात्रमा राख्न सकिन्छ, पेमाले आफू एउटैसँग जुनी काट्ने दृढता लिएकी भन्ने परिस्थितिमा नुर्बुले फकाएर ल्याएकी युवती सबैले सम्झाए पछि दाजु चाहिँसँग विवाह गर्न मान्दछे दाजुको नाम उल्लेख हुनुपर्ने, भएन । समाख्याता विशेष पात्रमा पर्छन्; पात्रको परिचयलाई चिन्न चिनाउन अर्को पात्रलाई सरिक गराइन्छ र उसैका शब्दमा चिनारी गराइन्छ; ‘धुवाँ नहुन्या चुलाको दिग्विजय सर’ भनेर ग्याल्जनले ठुला गुरूका अगाडि विकास कार्यमा लागेका पात्र चिनाएका छन् । खल पात्र भन्न सुहाउने पात्रको उपस्थिति छैन, तर पनि मानसरोवर अवलोकन गर्न गएका टोलीमा एक युवकले छुचो बोली बोल्न सिकेको र एक युवतीका पनि सबै भाइ हुने संस्कारका विषयमा ग्याल्जनलाई होच्चाएर बोलेको बुझिन्छ (निहारी, २०७८ : ४४)। उसको सांस्कृतिक र ऐतिहासिक चेतना कसैले बुझेका छैनन् तथापि यताबाट चिनतर्पm पशुचराउने नियम–नीतिका सर्तहरूको सोझो कुरा गर्ने पात्र उही हो । अर्को परिवारको झैँ लाग्ने साथी आफ्नै कर्मचारी वाङ्दी हो । यहाँ एकै परिवारका सदस्यहरूको सूची पाइन्छ : तर तिनका नामको ठेगाना नभएकाले जेठो, माहिलोे, साइलो, काइलो र कान्छो भाइ कुन नामका हुन् भनी पाठकमा अलमल बढिरहन्छ । “जेठो खर्कतिर, साइलो र कान्छो दुई भाइ, एक बाबु र आमा थिए घरमा । अनि थिए पेमा, सानो एक छोरा र काखमा छोरी (निहारिका; २०७८:५१)।” यहाँ कुन भाइको नाम कुन नाम हो भनी अन्दाज गर्न कठिन भएको अनुभूति हुन्छ । सुरूमा ग्याल्जनल पनि एक भाइ हो भन्ने शङ्का हुन्छ । ग्याल्जनलाई भरिया बनाइएको छ; पेमा ल्याउने नुर्बु माहिला भनिएको भए पनि अरूको परिचय पाइँदैन । नुर्बु माहिलो र कान्छो त्यसभन्दा सानो अर्कै हुनुपर्छ, “पेमाको सानो देवर अब सोह्रको पुग्दो छ, यसलाई पनि चलन अनुासर पोइ बनाउनुपर्छ” भनिन्छ तर पेमाले मानेकी छैन । यहाँबाट नुर्बु माहिलो हो ग्याल्जन छिमेकी हो । सबै भाइका नाम काल्पनिक भए पनि आउनुपर्ने हुन्छ । जेठो खर्कतिर गएको भनिन्छ, नुर्बु (माहिलो) घोडा–खच्चडलाई भारी बोकाएर घर आएको भनिन्छ, काइँलो त्यसको पाँच दिन अघि घर आइसकेको रहेछ । विकासका लागि गएको पात्र दिग्विजय भने सबै ठाउँमा अनुकूल छ । सासू, ससुरा, केटाकेटी बाहेक बाङ्दी, नुर्बु, पेमा, ग्याल्जन र दिग्विजयजस्ता पात्रको व्रिmयाकलापमा कथानकको त्यान्द्रो तन्किन्छ । नुर्बुको अर्की परचक्री युवतीतिर रहेको मनोविज्ञान पढिनेछ ।

समाख्याता बस्ने घरकी घरवाला आमै पात्र स्थिर चरित्रकी, परम्पराकै पक्षमा अडिएर बोल्ने सहायक पात्रमा छिन् । उनका पतिले एक पोइ, एक जोईको चलन पनि छ भनेर नवीन परिपाटी देखाए । अहिंसाको पक्षपाती ग्याल्जनको नाम धेरै पटक दोहोरिन्छ; उही प्रमुख पुरुष पात्र हो । असल छिमेकीझैँ कार्यकुशल पात्र लाग्नेछ । हजुरआमा नेपथ्य पात्र हुन् । समाख्याता पात्र उपस्थित पात्रको मायामोहमा डुबेको असल, अनुभवी, मञ्चीय, बद्ध र जहाँ पनि मिल्न सक्ने गतिशील पात्रका रूपमा चित्रणमा आएको छ । ऊ पेमा र ग्याल्जनका लागि जन्मिएकोझैँ लाग्छ । चिकित्सकको भूमिका निर्वाह गरेको उसैले हो । नेपथ्य पात्र मामाबाट ओषधिको सामान्य ज्ञान प्राप्त भएको उपलब्धिले गाउँमा काम गर्छ । ग्याल्जन एक छिमेकी, दिग्वि.वजय एक अतिथि र पेमा एक स्थानीय महिलाको त्रिकोणात्मक प्रेमको बिन्दु टक्क सिर्जना भएको छ । त्यस्तै ग्याल्जनका कान्छा काका नै जोइला गएको (घरज्वाइँ भएको) घटनामा पनि एकल महिलाले बिहे गर्न पाउने फरक संस्कार रहेको अवस्था बोध हुन आउँछ ।

३.२ नियात्रा र आञ्चलिकता
भ्रमणप्रिय स्थानतिर समाख्याताले प्रवेश गरे भने नियात्राकारका लक्षण देखाउँछन् र त्यहाँका प्राकृतिक, भौतिक, सांस्कृतिक महत्त्वका वस्तुको अध्ययन अवलोकनमा सरिक भएको जानकारी गराउँदछन् । यहाँ आख्यानभित्र नियात्रा विकसित भएको छ; आकाश छोएर उभिएको सेताम्मे कैलास, काखमा सुतेको नीलो सरोवर, बादलको अवरोधले छेलिने र खुला आकाश भएमा देखिने स्थिति, पितृश्राद्ध गर्न आउने धार्मिक पर्यटकको सामान्य उपस्थिति, दिन दुई लाग्ने पैदल यात्रा परकी पेमाले दर्शन गर्न इच्छा गरेको स्थिति, हजुरआमाबाट प्रशंसा पाएको शिवपार्वतीको वासस्थानबारेमा भनिएका सन्दर्भ नियात्राका प्रशङ्ग हुन् । वरबाट हेर्दा नजिक लागे पनि कैलास घुम्न तीन दिन लाग्ने भनाइ छ (निहारिका; २०७८:४८)। नियात्रासँग आर्थिक पक्ष पनि जोडिन्छ, ताक्लाकोटबाट फर्की आउँदा पीठो, नुन, ऊन ल्याएको बताइन्छ । ऊन र नुन हुनेहरू त्यसको बिव्रिmबाट आएको पैसाले पीठो, चामल किनेर निर्वाह गर्छन्, हिँउँ पर्नुअघि भण्डार गरिराखेको अन्नपात हिउँ पग्लिने समयसम्म पुर्‍याउँ; आज पनि त्यही क्रम चलेको छ । पालैपालो पात्रका व्रिmयाकलाप परिभाषामा आउँछन्; तिनीहरू के गर्छन् भनी हेराइमा आउँछन्; जस्तै पेमा चौँरीको दूध दुहुँदै दही मथेर नौनी निकाल्दै उनको पति नुर्बुको जेठो दाजु चौँरी–च्याङ्ग्राको स्वास्थ्यबारे विमर्श गर्दै, पेमाको ससुरो घुरेर सुत्दै, आफू समाख्याता चिया खाँदै छन् । गोठ वा खर्कको निरीक्षण गतिलो छ । पेमाको घरका सदस्यहरू दुई दिन लगाएर ताक्लाकोट जान्छन्, सिमीकोट पुग्न चार दिन लगाउँछन् : आवश्यक सामान किन्न गए पनि नियात्राझैँ लेखिएको छ । यात्रामा पैदल जाने दिग्विजय र वाङ्दीले ओरालो हिँडेर शुद्ध आवासीय बस्ती पुगेर आफन्ती भेटभाटमा मिसिएर पैसा तिरेर भोक शान्त पार्न पाइने स्थानको मनोसोख पूर्ण गरेर चिया, छाङ, चाउचाउमा खुसीसाथ पेट भर्ने अनुभव गरेका छन् । त्यस ठाउँबाट अगाडिको यात्रा अनुभव सजिलो हुने, उकालो–ओरालो नहुने तथा थोरै समयपछि डेरा पुगिने आशा थियो, संस्मरणप्रधान निबन्धका छोइछिटा परेका छन्; पशुपतिनाथको दर्शनसम्बन्धी धार्मिक यात्रा यसको उदाहरण हो । यात्रामा खोलो तर्नुपर्छ, असावधानीले गर्दा खोलाले बगाउँछ पनि । यो प्रसङ्ग पूर्वस्मृतिबाट आएको छ । आञ्चलिकताका लक्षण यस आख्यानात्मक कृतिमा पाउन सकिन्छ; हुम्लाको पूरै गाउँ र हिमाली बस्तीमा यत्रतत्र सर्वत्र उल्लेख भएका स्थान र तिनका मार्मिक पक्षमा लेखकको दृष्टि पुगेको छ ।

छिमेकी ग्याल्जन प्रमुख पुरुष पात्रकी दिदी र पेमाका ससुराको गोप्य शारीरिक सम्बन्ध रहेको शङ्का गरिन्छ; यसबाट मन मिलेका पात्रमा जे जस्तो नाता भए पनि समाजले केही गर्दैन । त्यहाँ छोरो वर्ष दिनको भएमा ठालुुक गरिने तर छोरीको ठालुक (सुखशान्तिके कामनाको पुण्यकर्म) नगरिने संस्कार विद्यमान छ । यसलाई नेपाली समाजको एक लक्षण मान्न सकिन्छ । हिमाली जिल्लाबाट सहरतिर फर्किएको यात्री, उसको साथमा एक भरिया (ग्याल्जन) र पेमाले आफू पनि सँगै जान चाहेको स्थितिमा भाग–२ (दुई) सुरू गरिएको छ । धेरै काम र अनुभव बोकेको पात्रका लागि एक घोडा पनि व्यवस्था गरिएको स्थिति छ । यात्रीले तुम्कोटतिर गरेको यात्रामा जीवनको परिचय पाइएको छ, कति महिला गर्भवती नै भए पनि ठम्ठम हिँडिरहेका थिए, आफू भने घोडामा हिही गर्दै हिँड्दा समेत कष्टको मुहार देख्दै थिए । फूलमा सुनपाती देखिनेछ जसको सुगन्घ र औषधिको लागि उपयोगमा आउने भएकाले भाँचेर हाँगासँगै आफ्ना भारीमा राख्छ । यी यात्रीले यात्रामा यालवाङ, मुचु, गेरुङपानी, यान्कार, त्यस्तै ठाउँको नियात्रामा कष्ट छ र स्मरणमा भने मिठो स्वाद लिएका हुन्छ । ग्याल्जनले च्याछहरा भीरको ठाउँमा नटेकेर खुट्टा चिप्ल्याई अलिकतिले बचेर कर्णालीमा समाधिस्थ नभएको पर्यावरणीय जोखिमले मन डराउँछ । वाक्यसंयोजनमा आलङ्कारिक अभ्यास छ, “मलाई आमाका शीतल हातले गालामा स्पर्श गरेको अनुभूति भयो ।” यसमा छाँगाको छेउको सुन्दर रमणीय वातावरण बोल्छ । तुम्कोट, यालवाङ र सल्लीखोलापछि सिमीकोट पुगिने अठोटमा दुई यात्री गफ गर्छन् ।

४. निष्कर्ष
हुम्ला जिल्ला हिमालपारि च्याङ (जडान छेत्र) दक्षिणको हिमालवारी रोङ (खसान छेत्र)मा आधारित विषयमा च्याङ चिसोका कारणले उत्पादन कम हुने नुन र ऊन प्रशस्त हुने तथा रोङ तातो हावापानी भएका कारणले खाद्यान्न उत्पादन हुने भएपछि साटासाटाको शैलीमा कष्टको जीवन यापन गर्ने जातजातिले बहुपति विवाहको मातृसत्ता च्याङतिर र दक्षिणमा पितृसत्ता रोङतिर अवलम्बन गर्ने समाजको एक स्वरूपलाई प्रस्तुत गर्दै ‘द्रोपदी अवशेष‘ लेखिएको छ । आधुनिक युगले प्रभाव पारेका कारणले लैङ्गिक समानताको विवाह समेत जनजीवनमा आएको देखाइएको छ । प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले भूमिकामा सूचित गरेका आधारमा सरकारले भूमिको एकाधिकार जेठा दाजुको देखेर हदबन्दी कायम गरी न्याय नगरेको जानकारी दिन्छन् । शीर्षकको सार्थकता यस कृतिको भव्यता हो; पेमालाई ल्याउने माइला नुर्बु हुनु र जेठाले स्वास्नी बनाउनु द्रोपदीको मिथकजस्तै हो । त्यसलाई माया पनि होइन, धोका पनि होइन भन्ने तरिकाले अर्थ लगाइएको छ । नुर्बुले आफ्नी मात्र बनाउन कोसिस गरेको रहेछ, तर बाबु र आमाको अघिल्तिर उसको प्रयास असफल भएकै कारणले नुर्बुको हार भएको हो । सम्पत्तिको नामसारी जेठाका नाममा मात्र भएपछि हदबन्दीमा परेको जमिन खोसिने डर यी सीमान्तकृत जनतामा रहन्छ । सम्पत्ति भने पनि, आर्थिक स्रोत भने पनि यी च्याङ्ग्रा र चौँरी हुने हुम्लामा आर्थिक अभावको समाचारमा आउँछ र हामीले ऊनको प्रयोग गर्दा त्यस्तै हिमालीबस्ती सम्झ्यौँ । सेवा र सुविधाको विकास गर्ने चुलोको विषय र त्यसका कर्मचारीमाथि सम्प्रेषणको भार उभिएको छ; आधा खर्च घरवालाको र आधा खर्च सुविधाको छुट पाइने परियोजनामा कुनै विपन्न परिवारलाई नि:शुल्क चुलो दान गर्ने क्रममा ग्याल्जनकी दिदीले पाइन् । लेखाइमा झस्का गराउने प्रसङ्गहरू छन्; पेमाको ससुरो ग्याल्जनकी दिदीको गोप्य पति हुन सक्छ; नारीको स्वतन्त्रताको विषयले स्थान पाएको छ । नारीवादमा आएका जागरणले वा साहित्य कलाका छेत्रमा नारीवादले चार उद्देश्य राखेको टिप्पणी डा. ऋषिराज बरालले सारोन स्पेन्सरको भनाइबाट ग्रहण गरेका छन् जसमा नारीवादी समालोचनाका आधारमा मानवतावादी सन्देशमूलक सिर्जनात्मक तथा समालोचनात्मक कार्यको सिर्जना एक कुरो हो । यही मानवतावादी स्वर ‘द्रौपदी अवशेष’ मा बोल्छ । हिमाली संस्कारमा कोसेली लिएर आउनेलाई स्विकार गरिए केटी दिएको ठहर हुने संस्कार बुझिन्छ । फुपूचेलो, मामाचेली विवाह हुने चलन पनि छ । आफ्ना अनुज भान्जा, छोराछोरीलाई शिक्षा दिने र पढेलेखेको नागरिक बनाउने अभिलाषा बोकेका यी निरीह नागरिकको आशामा सहयोयको अपेक्षा लेखकको विश्वदृष्टिको एक अंश हो । कलिला बालकको निराधार जीवन छ । भाग दुई सुरूभएपछि भौगालिक धरातलका साथमा प्रेमको धरातल उधारो भएर प्रस्तुत हुन्छ, बिहे नभएका जारी तिर्नु नपर्ने युवती पाए पनि मायाले जारी भन्दैन । ग्याल्जनको मायाको आङ्कुसे पेमाको छातीभित्र अड्किएको, अल्झिएको वा खोपिएको बुझिन्छ । सामाजिक धरातलमा सल्लाहबिना आफू खुसी कसैकी कन्या गाउँ छोडेर हिँडेका खण्डमा माइतीलाई बहिष्कार गरिएका घटना पनि स्मरणमा रहन्छन् । उत्तर भागमा विवाहको एक समीक्षा निरीक्षण, अवलोकन र सूचनाको मौकाले अनुभव गराइन्छ । जन्तीसँग हिँड्दै दुलही घरमा केही बेर रमाएमा अर्काको संस्कार सिकिन्छ । दुलहाबिना दुलही कर्मघर जान्छे भन्ने संस्कार कसैका लागि आश्चर्यको स्थिति हो भने उनीहरूका लागि चलिआएको परम्परा हो । यहाँ एउटा यातायातको साधन दुलही र जन्ती बोक्ने यात्राको साधन घोडा रहेको बुझिन्छ । भारी बोक्न भने खच्चर घोडा अर्को आधार; यात्रीले चिट्ठामा हुम्ला लेखिएको गोलाप्रथाको कागजको टुक्रो भाग्यमा तानेपछि काठमाडौं–नेपालगन्ज, त्यहाँबाट हुम्लाको त्यो विकट यात्रामा प्रवेश गर्नुभन्दा अगाडिको स्मरणमा कर्मचारी साथीहरू आउँछन् र हुम्ला जानुपर्नेलाई धेरै सहानुभूति बर्साउँछन् तर अनुभवका लागि गएको यात्री नेपाल हेर्न पाएर खुसी हुनु भनेको रुचिको राष्ट्रप्रेम हो । एक वर्षका लागि गए पनि छ महिनापछि राम्रो अनुभूति ग्रहण गरी फर्किएको यात्रीले पालभित्र सुतेर रात कटाउनुपर्छ, एक युवकले महिलालाई हातपात गरेको घटनामा झगडा हुन्छ; आँखाको कच्पचले निद्रा बिग्रिएको अवस्था भोग्नेको यात्रामा कति सुख र कति दु:खको नापतौल हुँदैन । जे होस्; नारीलाई बलियो हिम्मतले सजाउने नीलमको विचार पक्ष सम्प्रेषणमा आउँछ । समाख्याताले प्रेमको कदर गरेको दृष्टिकोण प्रारम्भदेखि अन्त्यसम्म कोसी नदीझैँ एकनास बगिरहन्छ । नुर्बुकै सहयोगले भागेर आएकी पेमा (नुर्बुका दाजुकी स्वास्नी) लाई सीमिकोटका छेउमा मनले स्वागत गर्छ । पेमाको नकोरेको कपाल, नधोएको अनुहार पनि स्निग्ध देख्ने दृष्टि समाज, मानवता र नारी स्वतन्त्रताको कोणबाट रचित ठहर्छ । “पेमाले बुनेका जे जे छन्, म बेच्छु” भन्ने ग्याल्जनलाई नारीसत्ताबाट पेमा भन्छे, “मैले बुन्याको बेच्ने भए पछि आऊ अहिले जान्या होइन । यो आदेश हो, नारी अधिकार बोल्यो । नारीले स्वतन्त्रताका लागि आपैmँ प्रायस गर्छन्, कसैको सहयोगमा मुक्तिको मार्ग खोज्छन्, जारीको डर छैन:– नारीलाई घुमाउरो तरिकाले दु:खबाट मुक्त गराउनु लेखकको विचार पक्ष ठहर्छ । कसैले द्रोपदीझैँ सासूको आदेशमा पाँच पतिकी पत्नी भएर खुसीले बस्ने इच्छा गर्दैनन्; बाध्यतामा राख्नेहरूले बाटो छोड्नुपर्छ र अधिकार बराबरी हुनुपर्छ भन्ने विश्वदृष्टि कृतिको सन्देश र सीमा रहेको छ । बहुपतिप्रथालाई नारीले नै हटाउने बल गर्छन्, त्यसैले क्रमश: हटेर जान्छ । उपन्यासमा नाटकीय संवाद, नियात्रा, समाख्यातका विधि मिसिएर राज्य गर्छन्, नारी स्वतन्त्रताको ओकालत गर्छन् । पेमाले जस्तै, ग्याल्जनकी दिदीले जस्तै सन्तान र स्वतन्त्रताको रक्षार्थ सङ्घर्ष गर्ने महिला हुम्लाले जन्माओस् भनी यस्तो कृतिबाट उत्प्रेरणा दिनु नीलमको प्रयास हो ।

सन्दर्भसामग्रीसूची
१) निहारिका, नीलम काकी(२०७८). द्रौपदी अवशेष. काठमाडौँ : साङ्ग्रिला पुस्तक प्रा.लि. ।
२) पाण्डेय, मेनेजर (१९८९). साहित्य के समाजशास्त्रकी भूमिका. चण्डीगढ : हरियाणा सा.अ.।
३) बराल, ऋषिराज (२०५६). उपन्यासको सौन्दर्यशास्त्र. ललितपुर : साझा प्रकाशन ।
४) ीबगचभलकयल, म्ष्बलब त्। ब्बिल क्धष्लनभधययम ९ज्ञढठद्द०। त्जभ क्यअष्ययिनथ या ीष्तभचबतगचभ। ल्भध थ्यचपस् क्अजयअजभल द्यययपक।
५) :यष्, त्यचष् ि९ज्ञढडट०। ूँझष्लष्कत ीष्तभचबचथ ऋचष्तष्अष्कmू :यमभचल ीष्तभचबचथ त्जभयचथ ९द्दद्दलम भ्मष्तष्यल०, ीयलमयल स् ………………

  • Sahitya Sagar
    Sahitya Sagar
प्रा.डा.खेम दाहाल
प्रा.डा.खेम दाहाल
Post Views: 1,104
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.