SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » छोड्नु कि समात्नु ?
निबन्ध

छोड्नु कि समात्नु ?

विनयकुमार शर्मा नेपालBy Sahitya SagarJanuary 7, 2022Updated:January 13, 2022No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
विनयकुमार शर्मा नेपाल नेपाली साहित्यका आख्यान, निबन्ध र कविता विधामा स्थापित प्रतिभा हुन् । उनको कलम कोश निर्माण र सम्पादनमा पनि त्यतिकै सक्रिय छ । सिर्जना, समीक्षा, सङ्गठन र साहित्यसञ्चारसमेतबाट साहित्यको विकासमा समर्पित नेपाल पछिल्लो समय प्रयोगशील निबन्ध रचना गरिरहेका छन् । उनका निबन्धले बहुमुखी विषयक्षेत्र र विचार क्षेत्रलाई समेटिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘छोड्नु कि समात्नु ?’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले छोड्नु र समात्नुको द्वैत द्वन्द्वलाई उजागर गरेको छ ।

सम्पा.

छोड्नु भनेको सत्त्व त्याग्नु हो, गाँठो फुकाउनु हो, बाँधिएको वस्तु वा मनलाई फुक्काफाल बनाउनु हो । शरीर वा मनले समातेको चीज फ्याँक्नु पनि छोड्नु हो । वस्तु, विचार वा भावले झटारो हान्नु पनि छोड्नु हो । यस अर्थमा बोली होस् कि गोली होस् प्रक्षेपण गर्नु त झन् छोड्नु नै हो । आफूसँग रहेको कुनै पनि ज्ञान, साधन, परिधान वा सूचना पठाउनु वा सम्प्रेषित गर्नु पनि छोड्नु नै हो । रोग हट्नु, वस्तु आदिबाट छलिनु वा छलेर जानु वा भइरहेको नातो पातो कुनै सम्बन्धलाई त्याग्नु वा इन्कार गर्नु पनि छोड्नु नै हो । उडाएको चङ्गा, मनको तरङ्गमा चल्ने भाव वा सम्झनालाई खुकुलो पार्नु वा छिनाउनु पनि छोड्नु हो । भाले जातले सम्भोग आदिबाट निकाल्ने विर्य र पोथी जातले ब्याउने बच्चाबच्ची पाठापाठी छाउराछाउरी सबै सबै छोड्नु हो । जीव वा वनस्पतिले उत्सर्जन गर्ने सबै खाले चिप्रा, गुजी, चोप, झोल, मलमूत्र पनि छोड्नु हो । भइरहेको माया प्रेमको सम्बन्ध टुटाउनु, गरिरहेको संस्कार छुटाउनु वा कुनै पनि भाव, विचार र सम्बन्धबाट पलायन हुनु वा हट्नु पनि छोड्नु हो अर्थात् प्रत्येक भाव वा वस्तुजन्य कुरा त्याग्नु छोड्नु हो भने नयाँ कुरा थालेर पुरानो बिर्सनु र पुरानो कुरा बिर्सेर नयाँ कामकुरा थाल्नु पनि छोड्नु हो ।

प्रकारान्तरको परिशोधनको प्रक्रियालाई थाती नै राख्ने हो भने जसरी फालेको चुरोटको धुवाँ फर्केर पुन: तान्न सकिन्न, जसरी फालेको मलमूत्र फेरि शरीरभित्र हुल्न सकिन्न वा जसरी त्यागेको वा दान दिइएको धन पुन: फर्काउन सकिन्न त्यसै गरी कुनै पनि वस्तु वा भावलाई पुन: पुन ग्रहण नगर्ने वा वस्तु वा भावबाट पूर्ण रूपले मुक्त रहनु मात्र छोड्नु हो । छाडेको वस्तु वा भावको ग्लानि, क्षोभ, पीडा वा दु:खको त कुरै छाडौँ त्यसको संस्मरण रहनु वा सम्झनासम्म मात्र पनि छाड्न नसक्नु भनेको छोडेँ वा मुक्त छु भन्नु ढोंग मात्र हो, छाड्नु होइन । छाड्नुको अर्थ पूर्णतया सम्बन्धित विषय वा वस्तुबाट मुक्त हुनु हो । मन, आत्मा र शरीरबाटै सम्बन्धित विषय वा वस्तुप्रति निस्पृह रहनु मात्र छाड्नु हो ।

छाडेको वस्तु वा भावप्रति मान्छे साक्षी वा द्रष्टा मात्र बन्न सक्नुपर्दछ तब मात्र छोड्नु वा छाडेँ भन्नुको सार्थकता छ । मनमा प्रेमको होस् वा घृणाको कुनै पनि भाव पकाएर लोकाचारको लागि छाडिएको जुनसुकै उपक्रम छाड्नु होइन प्रकारान्तरले समाउनु नै हो । जबसम्म मनबाटै विषय-वस्तुप्रति मान्छे मात्र साक्षी बन्न सक्दैन तबसम्म मान्छेले कुनै कुरा छाड्न सकेको हुँदैन । प्रत्यक्षमा कसैसामु दृश्य नभए पनि आफ्नो मन, शरीर र प्रवृत्तिबाट जुन कुरा हट्दैन वा छुट्दैन त्यो कुनै प्रकारान्तर तरिकाले समाउनु वा समात्नु नै हो छोड्नु कदापि हुन सक्दैन ।

यदि कसैले मैले यो छाडेँ त्यो छाँडे भन्छ भने तपाईं बुझ्नोस् कि उसको मन वा आत्माले त्यो छोडेको होइन । ऊ कि त ढोंग गर्दैछ, नभए अरूलाई ठूलै झुक्यानमा पारेर आफ्नो कुनै स्वार्थ सिद्ध गर्न झुट बोल्दैछ । म यो गर्दिनँ, त्यो गर्दिन, म यस्तो होइन, त्यस्तो होइन भन्ने कुरा बाहिरी प्रपञ्च हो । यदि कसैले कुनै कुरा वास्तवमै त्यागेको हो वा छाडेको हो भने उसले त्यसलाई कसरी सम्झिरहन्छ ? छाडेको वस्तुको हेक्का वा याद कसरी आइरहन्छ ? बाह्य तनले वा मस्तिष्कले छाडे पनि, छाडेको जतिसुकै प्रपञ्च गरे पनि त्यो वस्तु वा भाव उसको मन वा आत्माले छाडेको होइन । यदि कसैले वास्तवमै कुनै कुरा त्याग्छ वा छोड्छ भने उसलाई त्यो छाडेको समेत हेक्का नहुनु पर्छ । तनले, व्यवहारले, समाजका खातिर, मानवका खातिर, नाता र सम्बन्धका खातिर वा जुनकुनै कारणका खातिर कुनै कुराको त्याग वा छाड् भनेको छाड्नु होइन कुनै न कुनै प्रकारान्तरले समाउनु वा समात्नु नै हो । त्यसैले म दोर्हयाउँछु- ‘जबसम्म मनबाटै विषय-वस्तुप्रति मान्छे मात्र साक्षी बन्न सक्दैन तबसम्म मान्छेले कुनै कुरा छाड्न सकेको वा छाडेको हुँदैन ।

विविध रूपका, विविध बुद्धिका, विविध ढङ्गका कोही त्यस्ता ममत्वचारी नौटङ्की तपाईं सामु आएका हुन सक्छन् वा आउन सक्छन् । तिनको बोली र काम गराई आँखा चिम्लेर एकपल्ट सम्झेर गम्नोस् त, छर्लङ्ग हुन्छ सबै । एउटा छाडेको गर्व गरेर अर्कौ अनेकमा वर्चश्व कायम गराउन खोज्ने प्रशस्तै भेटिन्छन् हाम्रो समाजमा ।

त के प्रत्यक्षमा देखिएका विभिन्न रूपरङ्ग धारी उपनाम भिरेका योगी, जोगी, सन्न्यासी, ऋषि, महर्षि, धर्मात्मी, ध्यानी, ज्ञानी आदि वा बोली-वचन वा व्यवहारमा मुक्त भएको गुड्डी हाँक्ने सबका सब एक प्रकारको ढोंग हो ? ती सबै ढोंगी हुन् ?

वस्त्रको त्याग गर्छ तर कुनै वस्त्र समात्छ । सिद्धान्तको त्याग गरेको पटक पटक याद गराउँछ तर कुनै मत राख्छ वा अर्को विचार समाउँछ । संस्कार वा संस्कृति मात्र औपचारिक भनेर विरोध गर्छ वा त्यसको त्यागको गुड्डी हाँक्छ तर अर्को कुनै चलन, प्रचलन, परम्परा मान्छ वा चलाउँछ । चलेको चालचलन छाडेर नयाँ चालचलन सुरू गर्छ । रहेपहेको ज्ञान विज्ञानको सूत्र वा सूक्तमा हेरफेर र छेड्छाड गरेर पुरानोको विरोध गरेर नयाँ थालनी गराउँछ । बोली र व्यवहारमा यो गर्दिनँ त्यो मान्दिनँ भन्छ, माया-प्रेम, लोग्ने-स्वास्नी, घर-परिवार, भोग-संभोग आदि आदि छाडेको दावीचाहिँ गर्छ तर प्रकारान्तरले केही याद वा सम्झना राख्दछ । त्यागी हुँ भन्छ तर बच्चा वा जवानीमा मनले वा शरीरले गरेको र छाडेको माया, प्रेम, पुर्खा, विचार, धन, परम्परा, संस्कारको धङधङीलाई मनमा राखिरहन्छ भने त्यस्तालाई तपाईं त्यागी वा छोडेको मान्नुहोला तर म मान्दिनँ । तपाईं दृश्यमा मात्र हेर्ने क्षमता राख्नुहुन्छ तर कोही दृश्यले बनाएको अदृश्य गोलचक्रसम्मलाई देख्दछ । के संसारका तत्त्व र सत्त्वहरू तपाईंले देखेका मात्र हुन् ?

छोड्नु माथि यतिविघ्न तर्कवितर्क र कुतर्क गरिसकेपछि मलाई लाग्दैन कि समाउनु वा समात्नु माथि फेरि यति नै गहिरिएर यति नै धेरै तर्कवितर्क र कुतर्क गर्नु परोस् । छोड्नुले बनाएको गोलचक्करको विपरित चक्कर वा चक्र समाउनु वा समात्नु हो ।

जुनसुकै तवरले भाव वा वस्तुमाथि मत-राय वा विचार दिनु वा नदिनु, तर्क-वितर्क वा कुतर्क गर्नु वा नगर्नु, ज्ञान-विज्ञान वा सिद्धान्त मान्नु वा नमान्नु, सूत्र, सूक्त वा उक्त पढ्नु-लेख्नु वा बोल्नु, आग्रह-विग्रह वा पूर्वाग्रहका साथै ग्रहण गर्नु, अँगाल्नु, पक्रनु, कस्नु, समात्नु, टाँसिनु वा नात्थिनु आदि समात्नु वा समाउनु त हो नै । कुनै वस्तु वा भावको अस्तित्व स्वीकार गर्नु वा अस्वीकार गर्नु दुवै पनि समात्नु वा समाउनु नै हो । अस्वीकार पनि समात्नु वा समाउनु हुन्छ कहीँ ? भन्नुहोला नि फेरि । हो अस्वीकार पनि प्रकारान्तरले नकारात्मक वा अस्वीकार भाव समात्नु नै हो । यस अवस्थामा तपाई स्वीकार भावलाई इन्कार गरेर अस्वीकार भावलाई झनै बलियोसँग समात्न पुग्नु हुनेछ ।

प्रत्यक्षमा छोडेको दावी गर्नेले समातिरहेको र समातेको देखिएकाहरूले छाडिसकेको अनगिन्ती उदाहरणहरू छन् । छोड्नु थोरै शरीरजन्य र धेरै मनजन्य कुरा हो भन्ने म साबित गर्न सक्छु, तपाईंले सक्नु नसक्नु तपाईंकै कुरो । हुन त समाती समाती छोड्नु एउटा कला हो । शनै: शनै: छोडेर दावी वा साबित नगर्नु अर्को कला हो किनकि दावी र साबित पनि एक प्रकारको ढोंग हो, मनबाट छाड्न नसकेको प्रदर्शन हो, प्रकारान्तरले समातेको बलियो प्रमाण हो ।

मेरा एउटा मित्र थिए । हुँदो खाँदो सम्पन्न थिए । अध्ययनशील थिए । पूजापाठ, ध्यानजप आदि पनि गर्थे । आफूलाई निकै जान्ने ठान्थे तर जीवनभर बाबुबाजेले राखिदिएको धनसम्पत्तिबाट खाएर बाँचे अर्थात् अकर्मशील बने । तपाईं भन्नुहोला पूजापाठ गर्ने, ध्यानजप गर्ने, पढलेख गर्ने पनि कहीँ अकर्मी हुन्छ ? तर मेरो विचारमा कर्मको अपूरो परिभाषामा तपाईंका कुरा सही हुनसक्छ तर पूर्ण परिभाषामा जबसम्म मान्छे भन्ने जीवले आफ्नो कर्म पौरखले खान र बाँच्न जान्दैन त्यो कर्म हुन र बन्न सक्दैन । फेरि जिरह गर्नु होला नि बाबुबाजेको आर्जनलाई प्रयोग गरेर बचाई राख्नु पनि त कम कर्म हो नि ? भनेर । यसको उत्तर आफै गमेर निर्क्योल निकाल्नोस् त !

वास्तवमा कर्मको सही अर्थ तब पूर्ण हुन्छ जब तपाईं आफ्नो कर्मको आर्जनमा बाँच्नु हुन्छ न कि अरूको कर्मको आर्जनमा । उनले कर्म छाडे अकर्म समाए । तपाईं हाम्रो दृष्टिमा अकर्म पनि त अर्को कर्मै हो नि कि होइन ? त्यसैले छाड्नुलाई अर्को दृष्टिमा म समाउनु नै देख्छु भने के यो मेरो भ्रम मात्र हो त ? जबसम्म तपाईं छाडेको भाव समेतलाई छाड्न सक्नुहुन्न तबसम्म यो छाड्नु पनि प्रकारान्तरमा समाउनु नै हो मेरो दृष्टिमा ।

मेरा अर्को एक मित्र पनि थिए । निक्कै ज्ञानी र ध्यानी थिए । संस्कार र परम्पराजन्य सबै कुरा छाडेँ भन्थे । दशैँ-तिहार र चाडबाड, मन्दिर-पूजा र प्रचलन सबै छाडेको दावी गर्थे । बाबु र आमाको हातबाट टीका छाडे तर स्वास्नी र सन्तानको हातबाट टीका थापे । एक छाडे अर्को समाए ।

एक अर्का मित्रले आफ्ना कुल, आफन्त र मान्यजन सबै त्यागे तर परस्पर लोग्नेले स्वास्नी र स्वास्नीले लोग्नेलाई टीका लगाउने र ढोगाढोग गर्ने परम्परा चलाए । यिनले पनि एक नौटङ्की त्यागे अर्को नौटङ्की अपनाए ।

अर्का एक मित्रका छोरा राम्रै पढेलेखेका थिए । हेर्दा कुनै फिलिमको हिरोजस्तै थिए तर कर्म गर्ने वेलामा बैराग्य जाग्यो । राग छाडे बैरागी बने अर्थात् सन्न्यासी बने । रङ्गीन वस्त्र छाडी गेरु वस्त्र लगाए । धर्मको नाममा मठ, मन्दिर धाए । तपको नाममा जप, ध्यान र योग गरे तर जब उनले कसैसँग आफ्नो परिचय गर्नुपर्थ्यो तब मेरो बाजे फलानो ठाउँका प्रशिद्ध पण्डित हुन् नि ! बाबु फलानो प्राध्यापक हो नि ! फलानो विश्वविद्यालयको कुलसचिव वा फलानो प्रतिष्ठानका सचिव मेरो ठूलाबुवा हुन् नि भन्थे । अर्का एक स्वामी पच्चीस वर्ष अगाडि लखरलखर चप्पलमा वनकालीमा भेटिन्थे र नमस्कार ठोक्थे । अहिले उनलाई भेट्न तीनतहको भाटगिरीको सिक्री पार गर्नुपर्छ ।

मेरा पिताजीका एक मित्र ठूला शास्त्र ज्ञाता वेदान्ती थिए । बूढाबूढी दुवै प्राध्यापक पनि थिए । छोराछोरी सबै युरोप अमेरिका थिए । घरको एकतला भाडामा पनि राखेका थिए । पचासौँ कृति पनि लेखेका थिए । सबै ग्रन्थ चेलाचपेटाले गुरूको भनेर प्रकाशित पनि गरिदिएका थिए । बिकेको किताबको पैसा गुरूको खानुहुन्न भनेर गुरूकै गोजीमा हालिदिन्थे पनि । सेवा निवृत्तपछि सप्ताहमा दुई तीन ठाउँमा प्रवचन पनि गर्ने गर्थे । प्रवचन गराउने मठ-मन्दिरका धर्मभिरुहरूले शानदार मोटरमा ल्याउने र र्पुयाउने पनि गरिदिन्थे । गुरू निकै राम्रा प्राचीन समयदेखि वर्तमानसम्मका कृतित्व र व्यक्तित्वका उदाहरण दिई दिई लोभ र मोह छाड्नुपर्ने, दान र दया गरेर धर्म गर्नुपर्ने कुरा गर्थे । म भने अक्सर गुरूलाई भेट्दा मुसुमुसु हाँस्थे र ‘मैले त लोभ मोह छाड्न सकिनँ हजुर’ भन्थेँ । उनी आफै किन हो निरुत्तर हुन्थे ।

अर्का एक स्वामी थिए । बालकैदेखि साधनामा लागेका रे ! आफूले कताबाट के कति पढे, के कति जाने, के गुने र के अनुभव गरे कुन्नि ! सबैलाई विषयी, पापी र सांसारिक देख्थे तर आफूलाई भने ठूलै अविषयी, धर्मात्मा र आध्यात्मिक ठान्थे । जोगीले सञ्चय, सङ्ग्रह र जोरजम्मा गर्दैन त्यसैले मेरो नाममा केही छैन भन्थे तर धर्मभिरु पाखण्डी प्रियहरूले जोरजम्मा गरिदिएको घर र गद्दामा भने घिरौँलाजत्रो नाक पारेर विराजमान हुन्थे र गुड्डी हाँक्थे ।

एक अर्का यस्तै नामुद स्वामी भक्तले ल्याएको झोला हेरेर भक्तलाई तौलेर व्यवहार गर्दथे । यी दुवै आफ्ना परम प्रिय चेलाहरू छानी छानी अलग्गै राखेर खासखुस गर्न माहिर थिए । आश्रमभित्र एकलाई काखमा र अर्कोलाई पाखामा राख्न भित्रभित्र ठूलै राजनीति चल्ने गर्थ्यो । यी सांसारिक विषय छाडेँ त भन्थे तर तिनका जुनकुनै कुरा वा काममा प्रश्न खडा गरे सनक्क सन्किन्थे । अरूलाई रिस, क्रोध, लोभ र मोह छाड्न सल्लाह दिन्थे तर आफू त्यसैमा डुब्थे ।

वेला वेला यो र यस्ता छाड्ने र समाउने प्रक्रिया देख्दा भने मेरो मन खुब पिरोलिथ्यो । बबुरो मेरो सोच चाहन्थ्यो कि छाड्नेले छाडेको वस्तु नसम्झोस् वा एउटा छाड्ने क्रियामा अर्को वस्तु वा भाव समात्ने प्रक्रिया नथालोस् । मुक्त बनोस् । त्याग्नु यस्तो होस् कि पात्रले छोड्ने र समाउने शब्द, कुरा, भाव, विचार नै सकियोस्, बिर्सियोस् । मुक्त मात्र होइन मुक्त बन्नुपर्छ भन्ने भावबाट समेत निस्पृह रहोस् ऊ, तर तपाईं नै भन्नुहोस् मैले चाहेर हुन्छ के ? वा तपाईंले चाहेर हुन्छ के ?

तर पनि हुन्न भन्नेमा म छैन किनकि म अरूलाई बदल्न सक्तिनँ तर आफू बदलिन सक्छु । एकैपल्ट बदल्नुपर्छ वा बदलिन्छ भन्नेमा पनि म छैन । म मेरै विचारले, मेरै अठोटले, मेरै स्वविवेकले शनै: शनै: बदलिएको छु । जे छाडेको छु वा छाड्ने छु त्यो बाटो जानेर नजानेर म नहिँडौँ, नदेखौँ, नसोचौँ । तिर्सनाहोस् त यस्तो होस् कि समग्र याद भुलियोस् । बिर्सना होस् त यस्तो होस् कि मैले छाडेको वा भुल्न खोजेको भाव वा वस्तु कहिल्यै नसम्झौँ । सामु परे पनि त्यो खण्डित होस् सबै पूर्वापर सम्बन्धबाट । आए पनि, देखे पनि, भेटे पनि, मिले पनि, बोले पनि, सुने पनि तरोजताजा नवीन होस् आजै धरतीमा अवतरण गरेर आए जस्तो ।

  • Sahitya Sagar
    Sahitya Sagar
विनयकुमार शर्मा नेपाल
विनयकुमार शर्मा नेपाल
Post Views: 286
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.