SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » मास्टर वाबु उपन्यासको विश्लेषण
समीक्षा

मास्टर वाबु उपन्यासको विश्लेषण

नराण्णप्रसाद शर्मा फुयालBy Sahitya SagarDecember 21, 2021No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नारायणप्रसाद फुयाल साहित्य र सञ्चार क्षेत्रमा परिचित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको डा. तुलसी भट्टराईको उपन्यास मास्टरबाबुमाथि लेखिएको मास्टरबाबु उपन्यासको विश्लेषण’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले मास्टरबाबु उपन्यासको अन्तर्य उजागर गरेको छ ।

-सम्पा

नेपाली साहित्यका अथक साधक साहित्यकार डा.तुलसी भट्टराई ज्यूको हालसालै प्रकाशित लघु उपन्यास ‘मास्टर बाबु’ हातलागी भयो र अध्ययन गर्ने सुअवसर मिल्यो । र, पुस्तकमा समीक्षार्थ लेखी हस्ताक्षर गरी पठाउनु भएकोमा म वहाँप्रति कृतज्ञ छु ।

वास्तवमा पढ्नु वा अध्ययन गर्नु जति सहज र सरल हुन्छ पुस्तक अध्ययन व्यक्ति विशेषमा फरक हुन्छ, जुन कुरा उसको वौद्धिकतामा भर पर्दछ । र, म आफूलाई स्वयं सामान्य ठान्दछु । कृतिको वा पुस्तकको गहन अध्ययन गरेर समीक्षा लेख्नु त्यति सजिलो त होइन, तापनि समीक्षा लेख्ने जमर्को गरेको हुँ।

पुस्तक अध्ययन गरी विषयवस्तुको प्रस्तुति देखि लिएर अन्तसम्म आद्योपान्त पढिएका, भेटिएका शब्द शब्द र वाक्यहरूसँग नजिकिएर मनन गरी जसरी नाङ्लाका चामलबीचबाट बियाँ र साँबा र मसिना किकौँला छुट्याइन्छ । यो त्यस्तै कोशिस हो । पाठकलाई विषयवस्तुले कति छुन्छ र ग्रहण गर्छन्, त्यो वैयक्तिक भिन्नता हो ।

कविता, कथा, उपन्यास समालोचना, यात्रा निबन्ध, संस्मरण, भाषा विषयका करिब डेढ दर्जन कृतिका कृतिकार वौद्धिक व्यक्तित्वका धनी डा.तुलसी भट्टराई ज्यूको मास्टर बाबु पुस्तकको अगाडिको आवरणमा घुर्मैलो रंगसँगै थोरै कतै सूर्यको लालिमामा साइकलमा सवार भई आफ्नो गन्तव्यतिर लाग्दै गरेको चित्र देखिन्छ । र, पछाडिपट्टिको आवरणको पुरै भाग हरियो अनि सिरानमा लेखकको आकर्षक व्यक्तित्व झल्किने गरिको तस्वीर राखिएको छ । यो सुन्दर छ । तस्वीरमुनि वहाँको जन्म, शैक्षिक योग्यता, सेवा क्षेत्र र अन्त्यमा कृतिहरूको क्रमबद्ध विवरण राखिएको छ । यो नै परिचयको पाटो हो ।

ओरिएन्टल पब्लिकेशन हाउस, बागबजार प्रकाशक रहेको र पुस्तकको मूल्य एक सय पचास तोकिएको रहेछ । शैक्षिक पाटोलाई हेर्दा यो कृति रोचक र पठनीय छ । पाठकले हात परेपछि पढेर सक्ने खालको छ । यो मेरो ठम्याइ हो । भौतिक पक्षमा पुस्तक चिटिक्कको छ । कभर कोटेड छ । भित्री पानाहरू पनि स्तरीय लाग्छन् ।

प्रसन्न त्यस्ता कुनै रहस्यमयी व्यक्ति होइनन् । उनी जे छन्, खुला छन् । यथार्थ छन् । बाहिर एउटा देखाएर भित्र अर्को लुकाउने बानी छैन उनमा । आफ्नो ल्याकतले भेटेको गर्नुपर्छ । उनी एउटा सभ्य मानिस, आधुनिक परिप्रेक्ष्यमा मात्र होइन, सामान्य जीवन र मानवताको दृष्टिले पनि उच्च छन् ।

मास्टर बाबु प्रसन्नलाई राम्रो कमाइ गर्दा गर्दै के कसो भयो । यसबाट पुस्तकको गहिराइतिर लागौँ । उनलाई राम्रो कमाइ गर्दा गर्दै के कसो भयो । यस जागिरे र ट्युसन मास्टरको पेशाबाटै बिरक्त लाग्न थाल्यो । के अब मेरो जीवन यतिमै टुङ्गिने हो त ? यसभन्दा माथि बढ्न पुग्ने बाटो बन्द भएको हो ?

लेखकले यिनै नामधारी मास्टरबाबुलाई सिङ्गो प्रतिनिधि पात्रका रूपमा राखी हिजोआजको झण्डै चालिस बयालिस वर्ष अगाडि लेखकको काठमाण्डौ बसाइमा आफ्ना भाइभतिजा र इष्टमित्रहरूको डेराहरूमा ब्रम्हटोल, क्षेत्रपाटी, ठमेल, डिल्लीबजार, बागबजार क्षेत्रमा छरिएर बसेका डेरावाल ती आफन्तहरूको बसाइ, डेराको भोगाइ, पानी, चर्पी, स्नानघर आदिको तितो सत्यलाई अनुभूत गराउनु भएको छ । पुस्तकको सुरुवात देखि अन्त्यसम्म नै त्यसताकाको काठमाण्डौको यथार्थ स्थितिको वर्णनले जो सुकैको मन छुन्छ ।

घरबेटी, किरायादार देखि काठमाण्डौको मुटु मानिने नयाँ सडक (न्युरोड), पिपलबोट र रत्नपार्क एवम् पशुपतिक्षेत्र सम्मको समग्र परिधिभित्रका गतिविधिलाई यथार्थमा चित्रण, मुलुकका विभिन्न क्षेत्रबाट काठमाण्डौ आएर ठूलो मान्छे बन्ने सपना बोकेका विद्यार्थी, जागिरे, लोकसेवाको तयारी गर्नेका भीडमा आइपुग्छन् प्रसन्न पनि । यसरी बडो रोचक तरिकाले पुस्तक लेखी जीवनको उचाइ खोज्ने काठमाण्डौ खाल्डो छिरेका प्रसन्नले अंग्रेजीमा दुईवटा डिग्री हासिल गरेर पढाइका हिसाबले भने त उचाइमा पुगेका र गुणस्तरीय शिक्षण सेवा गर्ने टुङ्गोमा पुर्‍याई विराम दिनु भएको छ ।

प्रसन्नले स्नातक पनि काठमाण्डौबाटै पूरा गरेर करिब एक दशक देखि माध्यमिक शिक्षकका रूपमा स्थायी भएरै काम गर्दै थिए । एसएलसीको परीक्षा भन्दा अघिका चार पाँच महिना त उनका घरमा विहान चार बजे देखि नै लाल्टिन र टर्चसँग ट्युसन पढ्ने विद्यार्थीहरू आइपुग्थे । बेलुकी पनि ९ बजे सम्म नै यो क्रम चल्थ्यो । दिनमा सयजना भन्दा बढीलाई ट्युसन पढाउन भ्याउने गर्थे अनेक ग्रूपमा बाँडेर ।

राम्रो काम गर्दा गर्दै प्रसन्नलाई के कसो भयो । यस जागिर र ट्युसन मास्टरको पेशाबाटै विरक्ति लाग्न थाल्यो । के अब मेरो जीवन यतिमै टुंगिने हो त ? यसभन्दा माथि बढ्ने पुग्ने बाटो बन्द भएकै हो ?

यसरी मास्टर बाबु (प्रसन्न) को नानाथरिका सोचाइमा र बाको ‘हेर, तिमीहरू योग्यता भएका गर्न सक्नेहरूले ठूला ठाउँमा गएर ठूलै उच्च अध्ययन गरेर राम्रा राम्रा त्यस्तै कर्म गरेर देश विदेशसम्म नाम फैलाउन सक्नु पर्छ ।’ भन्ने अर्तीले उर्जा दिई झक्झक्याएकाले ठूलो मान्छे बन्ने इच्छा र आकांक्षाले काठमाण्डौको भीडमा मिसिन्छन् ।

काठमाडौंमा डेरा खोज्ने, डेरा बस्ने, फेरि अर्को डेरामा सर्ने गर्दै उनले आधा दर्जन भन्दा बढी घरधनीसँग डेरावाल बनेर डेरा महिमा भोग्न जान्ने अवसर पाएकाले आखिर मास्टरकै उपाधि भिर्न बाध्य बने ।

‘ए मास्टरबाबुलाई दुःख भयो, पढाउँदै हुनुहुन्थ्यो कि ?’ घर मालिक्नी आफ्नो ढ्याब्रे मुख खोल्छे ।

‘हुन्छ हजुर . . . बेलुकातिर’ प्रसन्नले पनि आमैको गुण सिकिसकेका छन् । हो पनि, थोरै बोल्नु गहकिलो बोल्नु राम्रो लक्षण हो । डेरा महिमा जानकार प्रसन्न पनि चाहँदैनन् धेरै बोल्न ।

‘सहरमा बस्न नसकिँदो रहेछ मास्टरजी । जहान घरतिरै छाडेर आएँ। एकदुई वर्ष यताउती गुजारा गरेर एउटा सानो घर नबनाए त. . . लाखेस् । कति डेरा सर्नु । महिनैपिच्छे डेरा सर्नुले पिरोल्छ ।’

‘मेरा घर हेरिसक्नु पारेको छैन यी छौँडाहरूले । फेरि ठीक परेकी छन् जस्तो छ हवल्दार्नी । यस पाला त यहाँ जन्माउनु हुँदैन नि । अन्तै डेरा सर्नु र सुत्केरी गराउनु ।’

‘मास्टर साहब जहान लिएर सहरमा बस्न नसकिने रहेछ । गाउँ पुर्‍याएर आउनु पर्‍यो ।’ साढे चार सय महिनाको खाने जागिर ।

आज घर आमैको आक्रमणदेखि उनलाई झनक्क रिस उठेको छ । एक सुर त डेरा खोजेर सरिहाल्ने अठोट गर्‍यो । भाइलाई पनि डेरा खोज्न अह्राएर पठाएको छ । सायद बेलुका आउँदा डेरा पाएको खबर पो ल्याउने हो कि ।

ए. . केटा जा एउटा यति पाउरोटी लिएर आइज म चिया पकाउँछु । खाऊँ । कति ज्यान खियाउनु ।

बुढीको के दोष? जस्तो देखी त्यस्तै भनी । उसले त झन् सम्मान गरेकी हो । त्यसैले त अरु किरायादारलाई जस्तो हेपेर कहिल्यै केही भनेकी छैन त ।

आज पनि मास्टर बाबुका पाउना आएछन् । अब कति थर्पु हाल्ने हुन् । अब बहालमा कसैलाई नराख्दा भयो .

‘कहिल्यै घरमा नबसेका गोठाले केटाकेटी रहेछन् । कस्ता कस्ता पाहुना आउँछन् मास्टर बाबुका । हैन पाहुना पनि कति आएका । कहिल्यै खाली हुँदैन त । यस्ता पाहुना पाल्नेले त ठूलो घर बनाएर बस्नुपर्छ । अर्काकोमा बसेर पाहुना चाहिँ पाल्न पाइँदैन । मास्टर बाबु भनेर किराया पनि थोरै लिएको छु । त्यहीमाथि दस थरिका पाहुना ।’ आमैले एक्लै बोलेकी हुन् सुनाउने ध्येयले ।

प्रसन्नलाई पनि झडङ्ग रिस उठ्यो । ‘साला पैसावाल भएर चुलिएको घुस्याहा । यसो बोल्दा के बिग्रिन्थ्यो ।’ बाहिर केही भनेनन् प्रसन्नले । तर भित्रभित्रै मुर्मुरिएका थिए ।

मास्टर त पहिले देखि कै उपाधि हो प्रसन्नको । यहाँ बाबु पनि थपियो । त्यति मात्रै हो । काठमाडौँतिर छोरालाई बाबु भनेर सम्बोधन गरिन्छ । यो पनि राम्रै हो ।

प्रसन्नका लागि ‘मास्टरी’ आफ्नो पेवा भएको छ । बुढीको के दोष? जस्तो देखी त्यस्तै भनी । उसले त झन् सम्मान गरेकी हो । त्यसैले त अरु किरायादारलाई जस्तो हेपेर कहिल्यै केही भनेकी छैन त ।

आज पनि मास्टर बाबुका पाउना आएछन् । अब कति थर्पु हाल्ने हुन् । अब बहालमा कसैलाई नराख्दा भयो . . . कति पीर खप्नु भाडावालका पाहुनाहरूका . . .

‘त्यत्रो मिठाइ लगेर दिएको बोल्दै नबोली खुरुक्क राखी बुढीले । कति फकाउनु भए बुढीलाई– अब छिट्टै डेरा सरौँ ।

ठूला ठाउँमा बसेर ठूलै बन्ने मोहले राजधानीतिर खिचिएका हुन् प्रसन्न । काठमाण्डौ आएपछि सुखसँग जीवन धान्ने उपाय त कहाँ थियो र । फेरि उही ट्युसन सुरु गरे । विहान बेलुका ट्युसन । दिउँसो युनिभर्सिटि । एकैक्षण फुर्सद नहुने । फुर्सद भए पनि बिनाकाम उनी बाहिर निक्लिदैनन् । नयाँसडक नपुगेको पनि कहिलेकाहीँ त एक महिना भइसक्छ ।

नयाँसडक काठमाण्डौको मुटु हो । व्यापारिक केन्द्र । विदेशी पर्यटकहरूको निम्ति आकर्षक स्थल । यहाँ बाह्रै महिना घुइँचो रहन्छ ।

राजधानी तिरको को त कुरै नगरौँ । राजधानी सहरको मुुटु देशको मुटु हो । मुटु कमजोर भए शरीरको अस्तित्व नै रहँदैन । हो त …. मुटु लर्तरो हुन्छ के त ? मुटु त धेरै विशाल हुनुपर्छ ।

यस्ता धेरै व्यक्तिको खाईपचनी गर्ने एकमात्र आधार हो यो ठाउँ । दुईजना, चार पाँच जना, अझ दश पन्ध्र बीस जनाको समूह जुटाएर आफूलाई वरिपरिबाट घेरा लगाउनेहरू आत्मप्रशंसाका भोकाहरू, आफ्नै कुरालाई मात्रै अघि पार्ने बडप्पन ठान्नेहरूको संख्या यहाँ गनीसाध्य छैन ।

प्रसन्न यी खाले समूहभित्र पर्दैनन् । उनको स्वाभाव नै यस्तो छैन । उनलाई आफ्नो अध्ययनबाहेक अरुतिर ध्यान दिने समय नै मिल्दैन । नयाँ सडक आएर पो के गर्नु ? कसैसँग कुरो मिल्दैन । अथवा, कुरो मन चित्त मिल्न गोजी गह्रुङ्गो पारेर जान पर्छ ।

ओहो . . . . ठीकै….लौ त…. सर…. भेटौँ है…. । सडक वारि र पारिबाटै हात उठाएर सम्बोधन गर्नेहरू पनि प्रसस्तै छन् यहाँ ।

मानिसहरू के सोच्छन् कुन्नि, आफ्नो गोप्य सबै खोल्दछन् । कसैले सहानुभूति सम्म पनि दर्शाउँदैनन् । उस्तै भए बरु वरपर सुनाएर मजाक उडाउनतिर लाग्लान् । बेकार आफ्ना आङ कन्याएर आफैँ छारो किन उडाउनु ? तीनवर्ष अघि पहिलोपटक काठमाण्डौ सहरमा पस्दा प्रसन्न एउटा सोझो गाउँले शिक्षक हुन् , त्यसो त अझै पनि सोझै छन्, कुनै प्रकारको फेसन र बानीहरूले नछोएका ।

काठमाण्डौको वातावरण देखेर आफू टिक्न नसकिएला जस्तो मान्न थालेका प्रसन्नमा (आधुनिक ठिटाहरूको मरम्मद उनी आफैँले गर्न पाएकाले) यसले नयाँ फूर्ति पनि मिल्यो । ट्युसनहरू पनि फेला पर्न थाले । काठमाण्डौको वातावरणमा पूर्णतयाः आफूलाई ढाल्न नसके पनि सुहाउँदो बन्दै गए । पढाइमा तेज थिए । प्रोफेसरहरूको प्यारो हुँदै गए । पत्रपत्रिकाहरूमा रचनाहरू प्रकाशन गर्न थाले । प्रसन्न अब दिनदिन उन्नति गर्दै जान थालेका थिए । तर पनि जतिसुकै भएपनि काठमाण्डौको वातावरणसँग भने उनी भिज्न सकेका हुँदैनन् ।

प्रसन्न त्यस्ता कुनै रहस्यमयी व्यक्ति होइनन् । उनी जे छन्, खुला छन् । यथार्थ छन् । बाहिर एउटा देखाएर भित्र अर्को लुकाउने बानी छैन उनमा । आफ्नो ल्याकतले भेटेको गर्नुपर्छ । उनी एउटा सभ्य मानिस, आधुनिक परिप्रेक्ष्यमा मात्र होइन, सामान्य जीवन र मानवताको दृष्टिले पनि उच्च छन् ।

साँझतिर नयाँसडकतिर जान रत्नपार्क हुँदै प्रसन्न अघि बढ्दै हुन्छन् । बत्ति बलिसकेको छ । रत्नपार्कको कुनै पनि छायाँदार बोट खाली छैनन् । प्रत्येक बोटको छायाँमा एक एक जोडा. . . . विभिन्न अवस्थामा बसेका पाइन्छन् । प्रसन्नलाई रमाइलो लागेर होइन, तर यो अनौठो तमासा हेर्न र मानिसको प्रवृत्ति विचार्न मन लाग्छ । त्यसो त फुर्सद नै कहाँ पाइन्छ ? पन्ध्रबीस दिनमा एकपल्ट साथीभाइहरूको चर्तिकला हेर्न मजै आउँछ । दश पन्ध्र मिनेटजति रत्नपार्क एक फन्को घुमेर हेर्न रमाइलै हुन्छ । (प्रसन्न निकै मनोवैज्ञानिक देखिन्छन् ।)

अब नैतिकता र धर्म परम्पराको बन्धन रहेन । कुनै पत्या वा प्रायश्चित लाग्ने कुरो छैन । आधुनिक साधनको भरमार । केही खर्च गरे पछि जस्तो सुकै काम फत्ते हुन्छ । सस्तो प्रेममा परेका छोरीहरूबाट इज्जत जोगाउन बाबुआमाले कतिपय अप्राकृतिक, अनैतिक काम गर्न पनि तयार रहनुपर्छ । एउटा नैतिकतालाई मारेर अर्को नैतिकता, इज्जत बचाउनु पर्छ ।

प्रसन्न त्यस्ता कुनै रहस्यमयी व्यक्ति होइनन् । उनी जे छन्, खुला छन् । यथार्थ छन् । बाहिर एउटा देखाएर भित्र अर्को लुकाउने बानी छैन उनमा । आफ्नो ल्याकतले भेटेको गर्नुपर्छ । उनी एउटा सभ्य मानिस, आधुनिक परिप्रेक्ष्यमा मात्र होइन, सामान्य जीवन र मानवताको दृष्टिले पनि उच्च छन् ।

ससाना छोराछोरी हुने आमाहरू छोराछोरीसँग आफ्नो वेदना पोख्दछन् । बुबा ठूलो मान्छे भएर फर्किने नानीहरूलाई राम्रा राम्रा चीजहरू ल्याइदिने कुरो दोहोर्‍याउने निहुँमा मनको वह विसाउँछन् । आसुँका घुट्का पिएर लोग्नेलाई पर्खिन्छन् । कतिका बाबुले घरका वस्तुभाउ पनि बेचेर छोराछोरीलाई खर्च पठाउँदैछन् । एकपल्ट प्रसन्नले पनि अरुसरह एक लाठी भेटेका छन् । कुनै बर्गभित्र नपरेका भए पनि लाठी भेट्नु पर्‍यो । यहाँ यस्तै हुन्छ । नयाँ सडक हो । छ््यान विवेक गर्न जानेको छैन यसले । यहाँ सबै बर्गका सबै जातका सबै खालका एकै हुन्छन् ।

नपुङ्सक हो कि कसो ? नभए हामीले यति चासो राख्दा हात आउनुपर्ने । कति मान्छे आफैँ हात अगाडि बढ्छन् । यसलाई तान्न खोज्दा पनि भएन । यो त आइमाईको जुनी लिनुपर्ने मान्छे रहेछ । विवाह गरेको छैन रे हगि?

धेरै बिग्रिसके नेपाली युवाहरू । अंग्रेजी सभ्यताले हिन्दु सभ्यता र संस्कृति हराइसक्यो । न त उसको सभ्यता संस्कृतिमा मिल्न सक्छन् । न यता आफ्नालाई नै अँगालेका छन् । यो मासिने मति हो । अब उँभो लाग्न गाह्राे छ हाम्रो संस्कृति र सभ्यताले ।

यो ठाँडो साइकल कति बिग्रिएर साह्राे अभर पर्यो । आज त उहीँदेखि डोर्‍यार ल्याएँ । विष्णुमतिमै सेलाइदिउँ झैँ झ्वाँक उठेको थियो । यो घाँडो कति बनाउनु ? आखिर दुईपल्ट बनाउँदा चालिस गइसकेछ । जागिर पनि साह्राे टाढा भयो । पाँच माइल पुरै हिँड्न पर्छ । आधा ज्यान त्यसै भएर सुकिसकेको छ । छोड्नु पर्छ जस्तो छ यो जागिर । सानोतिनो जागिरका लागि जीवनभरि रुने काम चैँ कसैले नगर बाबु । काठमाण्डौ हो । तिमीहरूले चिनेकै छैनौ । यहाँ दिउँसो सपना देख्नेहरू देखि लिएर रातभरि रोएर काट्नेहरू पनि छन् । यहाँ दिउँसै रात पार्नेहरू छन् भने रातभरि उज्यालो बनाउने पनि छन् । इशारामै बेच्ने र इशारामै बेचिनेहरू पनि छन् ।

यस्तो अलापेर जर्मन, अंग्रेज, अमेरिकन आदिलाई समातेर हिँड्ने नेपाली युवतीहरू जताजतै भएका छन् । नेपाली युवालाई मान्छे नै गन्दैनन् । छिः छिः के हुन लागेको यस्तो । समाज कस्तो घिनलाग्दो भएको । यस्तै हो भने काठमाण्डौ युरोपकै कुनै भित्री सहरजस्तो भइसक्ने छाँट छ । यसतिर किन कसैको ध्यान नगएको ? प्रसन्न सोच्दै डेरामा पुग्छन् । आफन्तलाई लिएर पशुपतितिर विहानै निस्केका छन् प्रसन्न । आज शनिबार भीड छ । आफन्तहरू, स्त्री, पुरुष लाइनमा छाडेर प्रसन्न सामान्य उभिएर तमाशा हेर्छन् । पशुपति सबैका मुक्तिदाता । यहाँ पनि कसैलाई छेकथुन छैन । यो पनि नयाँ सडक जस्तै हो । फरक यत्ति हो, यहाँ आएपछि सबै पाप काटिन्छन् । नयाँसडकजस्ता सहस्रौँ सडकमा गरेका सहस्रौँ पापहरूबाट सहजै छुटकारा पाइन्छ यहाँ आएर । नयाँसडकको भेटघाट बढ्दै गएपछि अन्तिम रूप दिन्छन् पशुपतिनाथले । जय हो पशुपति बाबा ।

नयाँ सडक पीपलबोट र रत्नपार्क र पशुपतिनाथको जंगल क्षेत्र अभरपभर गुहेश्वरीको जंगल क्षेत्र । सिद्राको व्यापार पशुपतिनाथको दर्शन पनि । यहाँ यस्तै हो । दिउँसो पुलिसहरूको हप्काइमा परेपनि राति पुलिसहरूकै संरक्षण पाएका हुन्छन् । धन्य छौ पशुपतिनाथ बाबा ।

पीपलकै फेदमा उभिएर एउटा भाषण छाँटिरहेको छ । नयाँ सडकमा जे पनि देख्न पाइन्छ । नाराजुलुश, भाषण, पुलिस, लट्ठिचार्ज, कोलाहल….. सधैँ ।

घिउ भन्नु भाको थियो नै सरले । एक शेर छ । धेरै पाइनँ ।यो पनि बडा मुस्किलले …….. । लु हौ, गरेछौ देवीलाल । अब खडेरिएको ज्यानमा तरान आउने भयो । कति पर्‍यो नि ? यस जिनिसलाई ।

अब त गुरुशिष्य सम्बन्ध पनि छैन । आफूलाई पढाउने गुरुसँग हात मिलाउँदै हिँड्न थाले विद्यार्थीहरू । बाबुआमा, दाजु दिदीको साइनोमा पनि तुसारो परिसक्यो । बाबुछोराको ठ्याक मिल्दैन । अब कुनै मर्यादा र आदर्शको कुरो गर्नु हुँदैन । कुनै छोराले बाबुको हेरचाह गर्नुपर्छ? यो कुरा नैतिक कुरा हो । कानुनी होइन । जताततै विद्यार्थी जमात कम्ति बाठा र सभ्य हुँदै जाँदैछन् ? त आज त विद्यार्थीहरू स्कुलमा पनि उत्तिकै दरा हुन्छन् । अलिकति केही भयो भने मास्टरहरूको केही चल्दैन । विद्यार्थीका खटनमा चलिदिनुपर्छ ।

शिक्षकहरूमा उनीहरूको पढाइप्रतिको वितृष्णाहाम्रा विचारहरू आजका युवा युवतीको तुलनामा पुराना भइसकेका छन् । हामी चैँ पुराना र नयाँका बीच सन्धिको रूपमा भएछौँ । न पुराना छोड्न सकिन्छ, न त नयाँ पुस्तासँग कुरै बाझिएर हिँड्न सकिन्छ । समयको गति साथसाथै हातेमालो गर्न सक्नु पर्ने रहेछ अबका दिनमा हामीहरूले ।

रिस, राग, द्वेष, ईष्र्या सबै कुराको भीड । हो, उनी यस काठमाण्डौभित्र आफूलाई एक्लो अनुभव गर्न थालेका छन् । अंग्रेजी विषयका डबल डिग्री लिई राजधानी छाड्ने तयारीमा लाग्दैछन् र राम्रो शिक्षा संस्थालाई माध्यम बनाएर गुणस्तरीय शिक्षण सेवामा लाग्ने विचारमा छन् ।

पुस्तक अध्ययन सकी बाहिर निस्केर विवेचना गर्दा यो उपन्यास एउटा सुयोग्य, इमान्दार र आदर्श शिक्षक प्रसन्नसँग सम्बन्धित उनलाई केन्द्रविन्दुमा राखी लेखकको लेखनी अघि बढेको छ । वास्तवमा त सबै घरबेटी र किरायादारहरू खराब हुँदैनन् । तापनि, मास्टरबाबु प्रसन्नका जीवनका आरोह अवरोहमा त्यसकै राजधानी काठमाण्डौका घरबेटी, किरायादारहरू, सुब्बासाब, हवल्दार, पियन, विद्यार्थी, उनका युनिभर्सिटिका सहपाठीहरू । पत्रपत्रिका, पीपलबोट, नयाँसडक, रत्नपार्क, पशुपतिनाथ क्षेत्र, फोहोरमैला, दुर्गन्ध, बाबुआमा, छोरीबुहारी, नारी स्वतन्त्रता, बाबुछोरा बीच पुस्तान्तर, रंगीचंगी रेष्टुरेन्ट, मधुशाला, सब्जीमण्डी, गरिबी, महंगी, पञ्चायती काल, राजनीतिज्ञ, शिक्षक, कर्मचारी, आन्दोलन, नारा, जुलुश, भाषण, पुलिसको डन्डा, भीडभाड, भिखारीहरू, बाझाबाझ, लुछाचुँडी, राजपरिवारको सवारी, अन्याय, व्यभिचार, दुराचार, अन्धविश्वास(बिनाबी), हिप्पी, विकृति, विसंगति, देखासिकी, बनावटी, अप्राकृतिक, आधुनिकताका नाममा संस्कार र संस्कृतिको अवहेलना जस्ता उदाङ्गा उछृङ्खलताको यथार्थ चित्रण गरिएको यो लघु उपन्यास उत्कृष्ट र पठनीय ठानेको छु ।

  • Sahitya Sagar
    Sahitya Sagar
नराण्णप्रसाद शर्मा फुयाल
नराण्णप्रसाद शर्मा फुयाल
Post Views: 1,255
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.