SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » भानुभक्तीय रामायणको सामाजिक प्रभाव
समीक्षा

भानुभक्तीय रामायणको सामाजिक प्रभाव

गङ्गा पौडेल कर्माचार्यBy Sahitya SagarDecember 20, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
गङ्गा पौडेल कर्माचार्यका विभिन्न रचनाहरू साहित्यसागरमा समेटिइसकेका छन् । उनको परिचय पनि यसका विभिन्न अंकमा रहेको छ । प्रस्तुत शृङ्खलामा उनको भानुभक्तीय रामायणको सामाजिक प्रभाव शीर्षकको समीक्षा समेटिएको छ ।

सम्पा.

गण्डकी अञ्चल तनहुँ जिल्लाको चुँदी रम्घा गाउँका श्रीकृष्ण आचार्यका घरमा १८७१ साल असार २९ गतेका दिन एउटा होनाहार बालकको जन्म भयो । उनको नाम हो भानुभक्त आचार्य । श्रीकृष्ण आचार्यलाई आफ्ना जेठा सुपुत्र धनञ्जय आचार्य तथा पुत्रवधु धर्मावतीलाई प्रथम पुत्रलाभ हुँदा हर्षको सीमा रहेन । श्रीकृष्ण आचार्यसँगै चुँदी रम्घवासी पनि हर्षविभोर भए । किनभने श्रीकृष्ण आचार्य एउटा उच्च ब्राहमण कुलका धुरन्धर विद्वान् थिए । त्यसैले उनलाई सबैले मान्दथे ।

घरमा नाति जन्मिएपछि श्रीकृष्ण आचार्यको ध्यान नातितिर खिचियो । उनी समय पाउनासाथ बालकलाई खेलाएर आनन्द लिन्थे । भानुभक्तका पिता धनञ्जय आचार्यको जागिरको सिलसिलामा पाल्पा सारिएपछि त उनी पिताको स्नेहसमेत बाजेबाट नै पाउन थाले । श्रीकृष्ण आचार्यले नातिलाई माया गरे पनि अनावश्यक पुल्पुल्याएनन् । मायास्नेहका साथै उचित शिक्षा दीक्षा पनि दिए । आफ्ना विद्वान् बाजेबाट साँवा अक्षर चिनेका भानुभक्तले घरमा अमरकोश, कौमुदी जस्ता महत्वपूर्ण ग्रन्थका अध्ययन गरे । त्यसपछि बाजेबाटै ज्योतिषशास्त्रको पनि अध्ययन गरेर चिना टिपन पनि बनाउन जाने ।

पढाएको पाठ छिटो बुझ्ने तेजिलो दिमाग भएका भानुभक्तले सानै उमेरमा धेरै कुरा जानिसकेका थिए । जस्तो बाजे उस्तै नाति भने झैं बाल्यकालदेखि नै एउटा सज्जन विद्वान् बाजेका काखमा खेलेर हुर्कन पाएका भानुभक्तको सोचाइ पनि उच्चस्तरकै थियो । केही गरुँ समाजलाई केही दिऊँ भन्ने भावना उनको हृदयभित्र उर्लिइरहन्थ्यो । यस्तैमा एकदिन घाँसीसित भेट भयो । त्यसपछि भानुभक्तको जीवनमा ठूलो परिवर्तन आयो ।

घाँसीले घाँस बेचेर पैसा जम्मा गरेर कुवा खनाएर समाज सेवा गरेको थाहा पाएर उनले आपूmले आफैंलाई धिक्कारे उक्त कुरालाई कवितामा यसरी व्यक्त गरेका छन् ।

भर्‍जन्म घाँसतिर मन दिई धन् कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
मों भानुभक्त धनी भै किन आज यस्तो ।।

यी श्लोकहरू पढ्दा घाँसी दरिद्र थियो । दरिद्र भनेको गरिबभन्दा पनि गएगुज्रेको आर्थिक अवस्था भन्ने बुझाउँछ । जसका घरमा खानलाई अन्नको गेडा हुँदैन, लाउनलाई लुगा हुँदैन त्यस्ता हालतका घाँसीले नाम कमाउनकै लागि घाँस काटेर बेची आएको रकमले खाना, नाना नकिनी कुवा खनायो भने आपूm धनी भएर पनि समाजका लागि केही दिज नसकेको महसुस गरे । भानुभक्तले तत्क्षणको अनुभूतिलाई कवितामा उतारिहाले :

मेरा इनार र त सत्तल पार्टी क्यै छन्
जे छन् र तीजहरू छन् घरभित्र नै छन् ।
त्यस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो मकन बस्न् न राखी कीर्ति ।।

मैले इनार सत्तल पाटी केही पनि बनाइनँ । जति छन् सबै धन घरभित्रै छन् । अरूको निम्ति मैले केही गर्न सकेको छैन । यस्तो बेलामा त्यो घाँसीले राम्रो अर्ती दियो । मैले पनि अब कीर्ति रहने कुनै काम गर्नुपर्छ भनेर उनले मनमनै अठोट गरे । पहिले नेपाली भाषामा लेखिएका रचना पढ्न पाउने अवसर कम थियो । कि संस्कृतमा कि हिन्दीमा लेखिएका हुन्थे पुस्तकहरू । त्यो देखेर भानुभक्तले रामायणलाई संस्कृतबाट नेपाली भाषामा अनुवाद गरी जनसमक्ष ल्याइदिँदा सबैलाई पढ्न सजिलो भयो । त्यसले गर्दा हिमाल, पहाड, तराई जताततै रामायणको लोकप्रियता बढ्यो । जनजिब्रोमा झुन्डियो रामायण र कण्ठ पारेका भाका हाली हाली गाउन थाले रामायणका श्लोकहरू उल्लेख्य छन् :

“एकदिन् नारद सत्य लोक् पुगिगया लोक्को गरौं हित् भनी
ब्रह्मा ताहिँ थिया पर्‍या चरणमा खुसी गराया पनि ।” (बालकाण्ड)

भानुभक्तले पहिलो श्लोक नै लोकहितमा लागि रचना गरे । रामायणको माध्यमबाट नेपाली भाषाको उत्थान गरे । भानुभक्त भन्दा पहिले पनि एकाध विद्वान्हरूले नेपाली भाषामा लेखेको भए पनि भानुभक्तले जस्तो लोकप्रियता पाउन सकेनन् । तसर्थ भानुभक्तलाई नै नेपाली भाषाको प्रबद्र्धक भनियो । आदिकविको स्थान दिइयो । राज्यले राष्ट्रिय विभूति भनी सम्मान गर्‍यो ।

रामायण नेपालमा मात्र होइन भारतको आसाम, दार्जिलिङ, सिक्किम, म्यानमारलगायतका विश्वका अन्य थुप्रै देशहरूमा जहाँ जहाँ नेपालीहरू पुगे, त्यहाँ त्यहाँ पुग्यो । त्यसरी हेर्दा तत्कालीन समयमा रामायणले समाजमा ठूलो प्रभाव पारेको देखिन्छ । त्यस्तो रचनालाई सफल मानिन्छ जुन रचना पढेर पाठकहरूको मन छुन्छ । भनौं भने अझ त्यो रचनालाई पाठकले कण्ठ गरी पुनः उनीहरूकै मुखबाट दोहोर्‍याउँछन् भने त्यसलाई उच्च कोटिको रचना मानिन्छ । यस अर्थमा रामायण भानुभक्तको उच्चकोटीको रचना हो ।

रामायण मर्यादा पुरुष श्रीरामको जीवनी गाथा हो । यो गाथाभित्र एउटा राजाको कर्तव्य, पिता–पुत्र मोह, भातृप्रेम, आदर्श पत्नी, मित्रको सहयोग, शत्रुनास, सत्यको विजय, असत्यको पराजय जस्ता तत्कालीन समाजको कलात्मक वर्णन गरिएको छ ।

भानुभक्तले रामायणलाई संस्कृत भाषाबाट नेपालीमा लेख्नका साथै भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा जस्ता गहकिला रचना गरेका छन् । यसको अलावा थुप्रै फुटकर कविताहरू पनि लेखेका छन् । भानुभक्त आदिकवि मात्र हैनन् आसुकवि पनि थिए ।

रामायण पढ्दा अहिले पनि ऊ बेलाको चित्रहरू हाम्रा आँखा वरिपरि नाच्दछन् । यो नै भानुभक्तको लेखनको जादुगरी हो भन्नुमा अत्युक्ति नहोला ।

रामायणमा भानुभक्तले श्री बालकाण्ड, श्री अयोध्याकाण्ड, श्री अरण्यकाण्ड, श्री किष्किन्धा ाण्ड, श्री सुन्दरकाण्ड, श्री युद्वकाण्ड, श्री उत्तरकाण्ड गरी सात खण्डमा विभाजन गरी लेखेका छन् । श्री बालकाण्डमा ५३२ श्लोक छन् । यसमा नारदले पाप मुक्तिका लागि ब्रह्मासित सोधेका प्रश्न, रामायण पाठ सबै पापहरूबाट मुक्ति पाइने उपाय ब्रह्माजीको जवाफ, दशरथ राजाका तीन रानीहरूले खीर खाएपछि गर्भिणी भएको प्रसङ्ग, तीन भाइसहित श्रीरामको जन्म, चारै जनाको एकसाथ ब्रतबन्ध, विश्वाभित्र ऋषिले मरिच र सुवाहु जस्ता राक्षसलाई मार्न भनी रामको सहायता माग्न दशरथसमक्ष आएको कुरा, श्रीरामले जनकपुर गएर शिवधनु भाँची सीताजीसित धुमधामले विवाह गरी अयोध्या फर्केको वर्णन बडो कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

श्री अयोध्या काण्डमा दशरथ राजाले रामलाई राजपाट सुम्पिदिन खोज्दा कैकेयीले छलपूर्वक दशरथलाई बाचा गराई रामलाई चौध वर्ष बनबास र भरतलाई राज्य दिनु भनि मागिन् । त्यो सुनेर दशरथ राजा मुर्छा परे । राम, लक्षमण र सीता बनबास गए । भरत आमा कैकेयीसित खुब रिसाए र रामलाई फर्काउन भनी गए । रामले भरतलाई सम्झाएर राजकाज चलाउन भने, भरतले चाहिँ दाजुको खराउ मागेर दरबार फर्किए । उता राम, लक्ष्मण र सीता केही दिन चित्रकुटमा बसेपछि, बाल्मीकिसित बिदा भएर अत्रिका आश्रममा गएसम्मको भानुभक्तले बडो मिठोसित वर्णन गरेका छन् ।

श्री आरण्य काण्डमा श्रीराम, लक्ष्मण र सीता एउटा घनघोर जङ्गलमा पुग्छन् । त्यहाँ बाघ, भालुदेखि दुष्ट राक्षसहरू पनि बसेका हुन्छन् । तिनीहरूले रामलाई आक्रमण गर्दा आफै परमधाम पुग्दछन् । त्यसबीचमा शुपर्णखाँ नामकी राक्षसनी आएर रामलाई विवाह प्रस्ताव राख्दछे । तर रामले मेरी घरमा छिन बरु लक्षमणलाई भन भन्दा उसले पत्याएर लक्ष्मणलाई भन्न जान्छे । लक्ष्मणले शुपर्णखाँको नाक काटेर बुच्चै पारिदिए । खर र दुषण नामक राक्षस दाजुभाईलाई पनि मारिदिए । शुपर्णखाँ रुदै दाजु रावणकोमा सहायता माग्न गई । रावणले आफ्नी प्यारी बहिनीको यो हालत गराउनेलाई नमारी छोड्दीन भनी शुपर्णखाँलाई विश्वस्त गरायो र मनमनै रामसित बदला लिने सोच बनायो । अनि मारिच राक्षसलाई सुनको मृग बनाई सीता छेउ पठायो । आफू ऋषिको भेषमा भिक्षा माग्न गयो अनि छल गरेर सीतालाई हरण गरेर लग्यो । सीताले अनेक विलाप गरिन् तर रावणले लंकातिर लिएर गयो । यता राम पनि सीता वियोग सहन नसकी जङ्गल जङ्गल भौतारिदै सीताको खोजीमा लागेसम्मको वर्णन मार्मिक ढङ्गले गरिएको छ ।

श्री किष्किन्धा काण्डमा सवरीले बताएको बाटो पछ्याउँदै श्रीराम ऋष्मक गिरिमा सुग्रीवलाई भेट्न भनी गए र सुग्रीवसित मित पनि लगाए । सुग्रीव र बाली दाजुभाइ थिए तापनि आपसमा शत्रुता थियो त्यसकारण मित्रहितका लागि श्रीरामले बालीलाई वध गरेर सुग्रीवलाई किष्किन्धाको राजा बनाए । सीताजीको खोजी गर्न लंकामा हनुमान गएसम्मको वर्णन छ किष्किन्धा काण्डमा ।

श्री सुन्दर काण्ड – हनुमान लंका पुगेर रावणले अशोक वाटिकामा लुकाई राखेको सीताजीलाई भेट्छ । रावणले माता सीतालाई हरेर लगेकोमा हनुमानलाई त्यसैपनि रिस उठेको थियो त्यसमाथि पनि उनलाई लंकामा गरिएको दुव्यवहारबाट क्रुद्र भए र हनुमानको शक्तिको बारेमा अनभिज्ञ रावणले हनुमानलाई सजाय दिन पुच्छरमा तेल भिजाइएको भुम्रो बाँधी आगो लगाउन आदेश दिए । हनुमानको पालो आगो दन्किएको पुच्छर लिएर घरको छानामाथि कुद्दा लङ्का सहर जलेर खरानी भयो । आफ्नो काम तमाम पारी हनुमान सीताजीसित विदा भए र श्रीराम भएको ठाउँमा फर्किए । यसमा हनुमानको सहायताले रावणको घमण्ड चुरचुर गराइएको कुरा बडो रमाइलोसित वर्णन गरिएको छ ।

श्रीयुद्ध काण्ड – लङ्का जलाएर सीताजीको खबर ल्याउने हनुमानको श्रीरामले मुक्तकण्ठले प्रसंसा गरेर भने “सुग्रीवको मन्त्रीमण्डलमा यिनी जस्ता न कोही छन् न त हुने नै छन् ।” सीताको खबर ल्याएर यिनले मेरो मनको सन्ताप हरिदिए ।

सुग्रीवले अब लङ्कामा आक्रमण गर्नुपर्छ र जसरी पनि जित्नुपर्छ भनी श्रीरामलाई सुझाव दिए । त्यो सुनेर श्रीरामले पहिला लङ्काको सुरक्षा गतिविधि जान्न चाहे । हनुमानले आपूmले त्यहाँ देखेको कुरा दुरुस्त बताए जसले लङ्कापुरी देख्छ उसको मन हरिन्छ किनभने लङ्का त्रिकुट पर्वतमाथि चारैतिर ठूलो पर्खालले घेरेर बनाइएको छ । घरहरू सुनको बनाइएका छन् । त्यसमा पनि खाँवाहरूमा मणिमाणिक्य जडान गरिएका छन् । मैले सबै घुमी हेरेँ । सहरको चार ढोका रहेकाछन् । त्यहाँ महलमान राक्षसहरूले पहरा दिइरहेका छन् । फेरि त्यो सहरको पर्खालको बाहिर वरिपरि ठूलो खाडलसमेत सजिलै पार गर्न नसक्ने बनाइएको छ ।

हनुमानको कुरा सुनिसकेपछि सुग्रीवले लङ्का आक्रमण गर्ने योजनासहित सेनालाई तयार पार्दछन् । त्यसपछि सारा पृथ्वी नै ढाक्ने गरी वानरको फौज लिएर लक्षमणसहित श्रीराम लङ्कामा लडाइँ गर्न गए । लङ्का पुग्नु भन्दा पहिले विशाल क्षार समुन्द्र तरेर पार गर्नुपर्ने हुँदा त्यसमाथि पुल बाँध्ने काम गरियो । पुल तरेर वानरफौज लंकाको त्रिकुट पर्वत पुगे । उता लंका दरबारभित्र रावणको भाइसितै मत भिन्नता बढ्यो अन्तमा विभीषणले दाजुलाई छोडेर रामको शरणमा आए । राम र रावणका बीचमा घनघोर युद्ध भयो । अन्त्यमा रावणमाथि रामले विजय प्राप्त गरे । सत्यको अगाडि असत्यको घुँडा टेकेर हार बेहोर्नु पर्‍यो । रामले विभीषणलाई लंकाको राज्यभार सुम्पेर अयोध्या फर्किए ।

श्री उत्तर काण्ड – रामायणको सातौँ वा अन्तिम काण्ड हो । श्रीराम अयोध्या फर्किएपछि धुमधामले राज्याभिषेक गरियो र सारा प्रजाहरूको सुखसुविधामा रामले आफ्नो ध्यान लगाए । यति सम्मकी एउटा प्रजाले सीताका बारेमा लाञ्छना लगाएर ‘अर्काले लगेकी स्वास्नीलाई ल्याएर फेरि घरमा राखेको’ भनिदिँदा रामले सीतालाई चोखी छन् वा छैनन् भनेर जाँच गर्न अग्निी परीक्षा लिए । त्यतिले नपुगी सीतालाई दरबारबाट निकाली वनमा पठाइदिए ।

त्यतिबेला सीता गर्भवती थिइन् । वाल्मीकि आश्रममा सीताले लवकुश जुम्ल्याहा दुई छोराहरू जन्माइन् । लवकुशको चूडा कर्मदेखि सम्पूर्ण शिक्षादिक्षा वाल्मीकीको आश्रममा भएको थियो । अग्निपरीक्षादेखि पनि सम्तुष्ट हुन नसकेका रामले सीतालाई त्याग गरेपछि उनी धरतीभित्र विलय भइन् । श्रीरामको पनि पृथ्वीमा भोग सकिएपछि स्वर्ग गए । त्यहाँ श्रीराम र सीताको फेरि मिलन हुन्छ । यसरी भानुभक्तले रामायणमा साहित्यका नौवटै रसहरू जस्तै शृङ्गार, हास्य, रौद्र, वीर, शान्त, वीभत्स, भयानक, अदुभूत, करुण रस प्रयोग गरी लेखेको हुँदा भानुभक्तीय रामायणले समाजमा ठूलो प्रभाव पारेको देखिन्छ । यसको भाषा सरल, सरस र सुललित पनि भएको हँुदा मानिसले रामायणलाई रुचाएका हुन् । त्यसमा पनि मर्यादा पुरुष श्रीरामको पितृभक्ति, प्रजावात्सल्य, भातृप्रेम, सीताको आदर्श र त्यागले गर्दा रामायणलाई लोकप्रियताको शिख्मा पुर्‍याउन सफल भएको हो ।

भानुभक्तले रामायणलाई संस्कृत भाषाबाट नेपालीमा लेख्नका साथै भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा जस्ता गहकिला रचना गरेका छन् । यसको अलावा थुप्रै फुटकर कविताहरू पनि लेखेका छन् । भानुभक्त आदिकवि मात्र हैनन् आसुकवि पनि थिए । उनको गजाधर स्वतीको घरमा बास नपाउँदा तुरुन्त ‘गजाधर स्वतीको घरबूढी अलच्छिनीकी रहिछन् र नरक जानलाई सबसित विदाबारी भइछन्’ भनेर लेखिदिए भने आफ्ना मित्र तारापतिको घरमा बास बस्दा, सासु, बुहारी झगडा गरेर रातभरि निदाउन नपाएकाले वधूशिक्षा लेखे । त्यसै गरी भानुभक्त जेलमा बसिरहेको बेला उडुस उपियाले टोक्दा व्यङ्ग्य कविता लेखे–

रोज् रोज् दर्शन पाउँछु हजुरको ताप् छैन मनमा कछु
रातभर नाच् पनि हेर्छु खर्च नगरी ठूलो चयन्मा म छु
लामखुट्ट्या उपियाँ उडु्स इ सङ्गी छन् यिन्कै लह्डमा बसी
लाम्खुट्ट्या उपियाँ गाउँछन् उपियाँ नाच्छन् म हेर्छु बसी

यसरी हेर्दा भानुभक्त भन्दा पहिलाका कविहरूले नेपाली भाषा प्रयोगमा ल्याएको भएपनि भानुभक्तले जतिको प्रभाव पार्न नसकेकाले भानुभक्तलाई आदिकवि भनिएको हो । यो वर्ष हाम्रा राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २०० औं द्विसतवार्षिकीको अवसर परेकाले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी भानुभक्तको नाममा विशेषाङ्कहरू प्रकाशित गरे । त्यसपछि भानुभक्तका कृतिको र विशेष रामायणको थप चर्चा भइरहेको छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
गङ्गा पौडेल कर्माचार्य
गङ्गा पौडेल कर्माचार्य
Post Views: 1,069
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.