SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » रुसमा उभिएको नेपाली हिमाल
निबन्ध

रुसमा उभिएको नेपाली हिमाल

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • निबन्ध
कृष्ण धरावासी (२०१७ साउन २, अमरपुर ७ पाँचथर, सुपुत्र: टीकाराम भट्टराई र अम्बिकादेवी भट्टराई) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको कलम सिर्जना, समीक्षा, सम्पादनका बहुआयाममा चलेको छ । उनी मूलत: आख्यानकार र निबन्धकारका रूपमा स्थापित छन् । उनका बालक हराएको सूचना (२०४८), नारीभित्र त्यस्तो के छ हजुर ? (२०५३), उत्तमजङ सिँजापतीको आलु (२०५५), पाठकको अदालतमा (२०६२), मेरो साहित्यिक यात्रा र मदन पुरस्कार (२०६४), पाण्डुलिपि (२०६७) जस्ता निबन्ध कृतिहरू प्रकाशित छन् । उनका संस्मरणात्मक निबन्धहरूले पाठकको मनलाई उनकै संस्मरणका गहिराइमा पुर्याउँछन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा धराबासीको ‘रुसमा उभिएको नेपाली हिमाल’ शीर्षकको कृष्णप्रकाश श्रेष्ठ विषयका संस्मरणात्मक एवम् व्यक्तित्व प्रकाशमूलक निबन्ध समेटिएको छ । यस रचनाले कृष्ण प्रकाश श्रेष्ठको व्यक्तित्व उजागर गर्नका साथै धरावासीका श्रेष्ठसँगका सम्झना पनि उजागर गरेको छ ।

-सम्पा.

 

श्री कृष्णप्रकाश श्रेष्ठलाई मैले पहिलोपल्ट सन् २०१४ मा मस्कोमा भेटेको थिएँ । सन्दर्भ थियो त्यो वर्षको भानु जयन्तीमा मस्को सहरभन्दा केही बाहिर रहेको एत्नोमिर भन्ने ठाउँमा बनेको नेपाली घरभित्रको एउटा हलमा भानुभक्तको सालिक अनावरण गर्ने । त्यसको लागि नेपालबाट अमर न्यौपाने र त्यसवेला म अमेरिका भ्रमणमा रहेकोले उतैबाट आएको थिएँ ।

जुन ११, २०१४ को बिहान म ब्युँझिएको थिएँ मस्को सहरभित्र रहेको नागातिन्स्कायास्थित एउटा पाँचतले भवनको तेस्रो तलाको कोठामा । मभन्दा पहिला उठिसकेका थिए अमर न्यौपाने ! बिहानको निजी कर्म सकेर नास्ता खाँदै गर्दा एकजना सेतै कपाल फुलेका हेर्दै भलाद्मी देखिने पुरुष आइपुग्नु भयो । हामीले भन्दा उहाँले नै पहिला अभिवादन गरी परिचय दिनुभयो । उहाँ हुनुहुन्थ्यो कृष्णप्रकाश श्रेष्ठ ! उहाँले हाँस्दै भन्नुभयो–‘आज यहाँ एउटै संस्थाबाट सम्मानित तीनजना भेला हुनपुगेका छौं ।’ वास्तवमा अमर र मैले मदन पुरस्कार पाएका थियौं र उहाँले जगदम्बाश्री सम्मान !

उहाँको नाम निकै पहिलेदेखि नै सुनेको थिएँ । विदेशमा रहेर नेपाली भाषा साहित्यको प्रवर्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍यानुभएकाले उहाँलाई मदन पुरस्कार गुठीले २०५९ सालको जगदम्बाश्री पुरस्कारले सम्मान गरेको थियो । रुसमा रहेर नेपाली साहित्यलाई रुसी भाषामा र रुसी साहित्यलाई नेपाली भाषामा अनुवाद गरी प्रचारप्रसार गर्ने काममा उहाँले गर्नुभएको योगदान अतुलनीय छ । उहाँले महाकवि देवकोटाको मुनामदनलगायत धेरै पुस्तकहरू रुसी भाषामा अनुवाद गर्नुभएको थियो । देवकोटाले सन् १९५८ मा तत्कालीन सोभियत गणराज्य उज्वेकिस्तानको राजधानी तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधिकोतर्फबाट अङ्ग्रेजीमा दिएको भाषणलाई समेत अत्यन्त आकर्षक र मौलिक नेपालीमा अनुवाद गर्नुभएको छ ।

उहाँ सन् १९६० मा पत्रकारिता पढ्नको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरी रुस जानुभएको थियो । त्यहाँ उहाँले आफ्नो विषयमा राम्रो दखल दिइरहेका वेला सन् १९६२ मा रुसी सरकारले रेडियो मस्कोबाट नेपाली भाषामा पनि कार्यक्रम चलाउने भएपछि पत्रकारिता पढिरहेका उहाँलाई सो कार्यक्रम सञ्चालनका लागि अनुरोध आयो । तर उहाँले आफूमा त्यस्तो अतिरिक्त क्षमता नभएको भनी चलाउन अस्वीकार गर्नुभयो । सुरुमा टारे पनि बारम्बार अनुरोध आइ नै रह्यो । अन्त्यमा उहाँले आफ्नो पढाइ पूरा गरेपछि नेपाल फर्किने सर्तमा रेडियो मस्कोमा नेपाली भाषाको कार्यक्रम चलाउन थाल्नुभयो ।

सर्तअनुसार केही वर्षभित्र त्यो कार्यक्रमलाई स्थापित गराइ कसैलाई जिम्मा लगाएर नेपाल फर्किने उहाँको विचार बिस्तारै कमजोर हुँदै र भासिंदै जानथाल्यो । काम गर्दै जाँदा नेपाली भाषा र साहित्यलाई रुसी जनताबिच र रुसी साहित्यलाई नेपाली जनताबिच ल्याउने काममा उहाँको रुचि बढ्दै गयो ।

मानिसको जीवन आफ्नै निर्णयहरूले मात्र चल्न सक्दैन । अनेकौं यस्ता खुड्किलाहरू आउँदै जान्छन् त्यसमा उक्लिँदाउक्लिँदै फर्किनै नसक्ने अकरिलो भिरमा पुग्दछ । कृष्णप्रकाश श्रेष्ठको जीवन पनि त्यस्तै हुनपुग्यो । केही वर्षपछि नेपाल फिर्छु भन्ने उहाँले आफ्नो शरीरलाई ८४ वर्षको उमेरमा रुसी भूमिमै विर्सजन गर्न पुग्नुभयो । उहाँको जीवन आफैंमा विदेश पुग्ने हरेक व्यक्तिको यथार्थ विम्ब बन्न पुगेको छ । जीवनभरि नेपाल फिर्ने चाहना बोकेरै उहाँले आफूलाई रुसको जिम्मा लगाइदिनुभयो । हामीसँगको भेटको छोटो समयमा पनि उहाँले आफ्नो नेपाल मोहलाई बिर्सिनु भएको थिएन ।

आफ्नै रहरले शिक्षा प्राप्त गर्नकै लागि रुस पुग्नुभएको उहाँ दिनदिनै थपिँदै जाने व्यावहारिक वाध्यताहरूले अल्झिदै जानथाल्नुभयो अनि उहाँलाई नेपाल कल्पनाको एक आधार मात्र भइरह्यो । व्यक्तिगत रूपमा उहाँलाई देश फिर्ने जुन इच्छा थियो त्यो त पूरा हुन सकेन तर त्यसको विकल्पमा नेपाली र रुसी साहित्यलाई एकअर्कामा अनुवाद गरेर जुन अतुलनीय काम गर्नुभयो त्यसको मूल्य भने हामीले सहजै तिर्न सक्दैनौं । कैयौं नेपालीहरू विदेशमा यस्तै अल्झनहरूमा लट्पटिएरै बितिरहेका हुन्छन् तर सबैले यस्ता युगान्तकारी कामहरू गर्न सकेका हुँदैनन् । यसबारेमा मैले अमेरिकी जीवनमा अल्झिएका नेपालीहरूका बारेमा ग्रेटफल्स भन्ने उपन्यासमा उल्लेख गरेको पनि छु ।

जागिरे जीवनमा पसेपछि त्यसैको बन्धनले कसिंदै जान स्वभाविक थियो । कालान्तरमा त्यहीं एक रुसी महिला इरिनासँग विवाह भएपछि र दुई छोरीहरू झान्ना र मारिनाको जन्म भएपछि त अब नेपाल फिर्ने कुरा एक प्रकारले सपनामै परिणत भयो । विवाहपछि मानिस जब गृहस्थीमा प्रवेश गर्छ त्यसपछि उसका स्वनिर्णयहरूले मात्र जीवनको बाटोलाई डोहोर्‍याउन नसक्ने हुन्छ ।

पत्रकारिता पढ्न त्यहाँ पुग्नुभएका उहाँले पत्रकारै हुन पाउनुभयो । त्यसमा उहाँ एकप्रकारले सन्तुष्ट हुनुहुन्थ्यो । तर त्यसवेलाको कम्युनिस्ट रुसको रेडियोमा काम गर्नु सजिलो कुरा थिएन । सानोतिनो गल्तीले पनि ठुलै दण्ड पाउन सकिन्थ्यो । त्यसैले उहाँलाई भाषानुवाद गर्दा कामचलाउ किसिमले गर्न पाउने छुट थिएन । उहाँले रुसी भाषाका समाचारहरूलाई नेपाली भाषामा र नेपाली भाषाका सामग्रीलाई रुसी भाषामा रूपान्तरण गर्नुपर्दा अत्यन्तै मिहिन र सतर्कपूर्ण ढङ्गबाट गर्नुपर्ने हुन्थ्यो, त्यसो गर्नुपर्दा दुवै भाषाको अध्ययनलाई यति कोणिक बनाएर लानुभयो, जसले दुवै भाषाका पाठक तथा श्रोतालाई मौलिक मूल भाषाको झलक दिन सक्थे ।

अनुवादको क्षेत्रमा काम गर्नु सजिलो कुरा हुँदैन । जुन भाषाबाट ल्याउनु छ त्यो भाषाको पनि र जुन भाषामा लानु छ त्यो भाषाको पनि भाषिक, सांस्कृतिक, व्याकरणात्मक र संरचनागत ज्ञान प्रचूर हुनुपर्छ । अचम्म लाग्दो क्षमता उहाँमा पाइन्थ्यो जब हामी उहाँले रुसीबाट नेपालीमा अनुवाद गरेका साहित्यिक तथा राजनीतिक पुस्तकहरू पढ्थ्यौं । उहाँसँग भौतिक रूपमा धेरैपछि भेट भए पनि उहाँबाट अनूदित रुसी साहित्यसँग भने विद्यार्थी कालमै प्रशस्त भेट भएको थियो । उहाँले अनुवाद गरेकै लियो टोल्सटोय, मेक्सिम गोर्की, मिखाइल सोलोखोब, आन्तोन चेखव, अलेक्जेन्डर पुस्किन आदिका रुसी कृतिहरू पढ्न पाएको थिएँ । ती पुस्तकहरू पढ्दा कुनै वेला पनि तिनमा ननेपालीय गन्ध आउँदैन थियो । यस्तो लाग्थ्यो म मूल नेपालीमै लेखिएको पुस्तक पढिरहेको छु । उहाँ विदेशमा बसेर नेपाली भाषा साहित्यमाथि काम गर्नेमध्ये सबैभन्दा अघिल्लो पङ्क्तिमा उभिनुहुन्छ । उहाँका मौलिक र अनूदित गरी सयभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । त्यसैगरी अप्रकाशित अवस्थामा पनि दर्जनौं कृतिहरू छन् ।

मानिस परिस्थितिको यन्त्र हो । ऊ आफ्नो इच्छा र खुसीले कुनै निर्णय गर्न सक्दैन । जीवनमा कहिल्यै पनि, कसैले पनि आफू आफ्ना निर्णयहरूबाट पूर्ण सन्तुष्ट भएको कुराले खुसी देखिँदैन । ऊ कुनै न कुनै कारणले इच्छाविरुद्ध निर्णय गर्न बाध्य भएको कुरा भनिरहेको हुन्छ । कृष्णप्रकाश श्रेष्ठले मुखले असन्तुष्टि त व्यक्त गर्नुभएन तर उहाँको नेपाली भाषाप्रतिको अगाध मोहले नै भन्छ, उहाँ खुसी र रहरले नै सदाकालका लागि रुसी बन्नु भएको थिएन ।

उहाँले प्रयोग गर्ने भाषामा देखिएको विशुद्धता कैयौं नेपाली भाषाका विद्वान्हरूका लागि पनि चुनौती जस्तो थियो । हामीसँग भेट भएको वेला उहाँ रुसमा बस्नथालेको पचास वर्ष भइसकेको थियो तर उहाँको बोलीमा एउटा पनि रुसी वा अङ्ग्रेजी शब्द पसेको मैले सुनिनँ । जीवा लामिछाने भन्नुहुन्थ्यो–‘उहाँको भाषिक शुद्धता गौरव लाग्दो छ । नेपाली भाषाको शुद्धताका लागि मात्र काम गर्नुभएको छैन, यहाँ मस्कोका कैयौं ठाउँहरूलाई पनि नेपाली नाम दिएर चलाउनुभएको छ ।’

हामी नेपालमै हुनेहरूले पनि आफ्नो बोलीमा विशुद्ध नेपाली शब्दको प्रयोग गर्न छोडिसक्यौं । हामी हरेक वाक्यमा केही न केही अङ्ग्रेजी शब्द घुसाइरहेका हुन्छौं । अझ अचेल नेपालमा बजिरहने अनेकौं एफएमहरूले त नेपाली बोलेको हो कि अङ्ग्रेजी बोलेको हो ठम्याउनै गारो हुन्छ ।

नेपाली भाषा अब बिस्तारै अन्तर्राष्ट्रियकरण भइरहेको छ । जहाँ जहाँ नेपाली मानिसहरू पुग्दै जान्छन् त्यहाँ त्यहाँ नेपाली भाषाले बिस्तारै प्रवेश पाइरहेको हुन्छ । पहिला नेपाली भाषाले बर्मासम्म मात्र यात्रा गरेको थियो, अहिले त यो विश्वभरि पुगेको छ हरेक नेपाली जिब्रोसँगै । अब त नेपाली भाषाको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घ, एनआरएन आदि संस्थाहरू निरन्तर सक्रिय छन् । तर पनि हामीले गर्व गर्नुपर्छ आजसम्म विदेशमा बसेर नेपाली भाषालाई अनुवादको माध्यमबाट प्रचार गर्न काममा कृष्णप्रकाश श्रेष्ठ नै अग्रणी हुनुहुन्छ ।

०००

कृष्णप्रकाश दाइसँग गफ गर्दागर्दै जीवा लामिछाने आइपुग्नुभयो । जीवाजीले कृष्णप्रकाश दाइबारे थप गर्दै भन्नुभयो–‘मस्कोमा रहेका नेपालीमध्येको सबैभन्दा जेठो मान्छे उहाँ नै हो । जेठो हुनका लागि चाहिने ज्ञान, अनुभव, परिपक्व, शालिनता सबै कुरा उहाँभित्र खाँदिएर भरिएको छ ।’ उहाँले यसो भन्दै गर्दा कृष्ण दाइ भने ती कुराको प्रतिकार गर्दै हुनुहुन्थ्यो ।

रुसको भूमिमा पाइला राखेको पहिलो बिहान थियो यो । केहीबेर अरू थप कुरा भएपछि हामी निस्क्यौं मस्कोका केही खास ठाउँहरूको भ्रमणका लागि । हामी चढेको गाडी रुसी जनमैत्री विश्वविद्यालय नजिकै पुगेर रोकियो । संसारका ठुलठुला मानिसहरूले पढेको त्यो विश्वविद्यालयमा नेपालका पनि धेरै विद्यार्थीले पढेका रहेछन् । डा. अवनीभूषण उपाध्याय, डा. अर्जुनदेव भट्ट, डा. माधव शर्मा, हरिबहादुर थापा, गणेश शाह, डा. गोविन्द शर्मा आदिले त्यहींबाट आफ्नो शिक्षा पूरा गरेका रहेछन् । राजा वीरेन्द्रले यही विश्वविद्यालयबाट अनररी डक्टरेट उपाधि पाएका रहेछन् । कृष्णप्रकाश दाइले पनि केही समय यही विश्वविद्यालयमा पढ्नुभएको रहेछ ।

त्यसपछि हाम्रो गाडी रोकियो भराभिए गोरी भन्ने एउटा अग्लो डाँडोजस्तो ठाउँमा पुगेर । त्यहाँबाट टाडाटाडासम्म मस्को सहरको फैलावट देखिंदोरहेछ । टाडाटाडासम्म हेर्नका लागि त्यहाँ ठुला ठुला दुर्बिन राखिएका थिए । त्यो ठाउँको अलग्गै नेपाली नाम राख्नुभएको रहेछ कृष्ण दाइले ‘भँगेरे भीर’ भनेर । नेपालीहरूले भँगेरे भीर भनेरै चिन्दा पनि रहेछन् । उहाँले निकै अघि नै नेपालका विभिन्न ठाउँहरू चिनाउने स्थान नामकोश प्रकाशित गरिसक्नुभएको रहेछ ।

जोडजोडले हावा चलिरहने त्यो ठाउँ मस्कोका युवाहरूको प्रेम अभिव्यक्ति गर्ने ठाउँका रूपमा पनि परिचित रहेछ । प्राय: हरेक बिहीवार विवाहित जोडीहरू आफ्ना वैवाहिक प्रकृया पूरा गरी प्रेमको अमर कामना गर्दै फोटो खिच्न त्यहाँ आउँदा रहेछन् । त्यही ठाउँको पश्चिमपट्टि एउटा निकै अग्लो चर्चजस्तो भवन थियो । मलाइ साँच्चै चर्च नै जस्तो लागेको थियो तर त्यो त मस्कोको सबैभन्दा पुरानो विश्वविद्यालय ‘मस्को स्टेट युनिभर्सिटी’ पो रहेछ । कृष्णप्रकाश दाइले यही युनिभर्सिटबिाट आफ्नो पढाइ पूरा गर्नुभएको रहेछ । उहाँले त्यो विश्वविद्यालयका बारेमा निकै लामो चर्चा गर्नुभयो । आफ्नो सुनौलो विद्यार्थीकालको पनि चर्चा गर्नुभयो । आफ्नो सत्तरी वर्षबाट उँभो उक्लिंदै गरेको उमेरलाई बिर्सिएर उहाँ आफ्नो विद्यार्थी कालका ती रोमाञ्चित दिनहरू सम्झिरहनुभएको थियो । खिइँदै गएका दाँतहरू, चाउरिँदै गएको अनुहारको छाला र फुलेर सेतै भएको कपालसँग आफ्नो विद्यार्थी जविनका चिसा दिनहरू, हिउँले ढाकिएको परिवेश र सपनाका रङ्गीन क्यानभासहरू देखिरहनुभएको थियो । उहाँको बोलाइसँगै अनुहारमा फैलिएका भावतरङ्गहरू अत्यन्त अर्थपूर्ण लागिरहेका थिए ।

उहाँले रुसको सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षको निकै लामै चर्चा गर्नुभयो । उहाँले स्तालिन, ख्रुस्चेभ, ब्रेजनेभहरूका पालाको रुसी जीवनशैलीको चर्चा गर्दै कसका पालामा कस्ता भवन बने र रुसी भवनसंस्कृतिमा तिनको के अर्थ र महत्त्व छ भनेर रमाइलो विश्लेषण गर्नुभयो । उहाँका कुरा सुन्दासुन्दै म अनुमान गरिरहेको थिएँ, कृष्णप्रकाश दाइ छिचोल्न नसकिने धेरै मोटो र रहस्यमय किताब हो ।

त्यो दिन उहाँले हामीलाई गान्धी पार्कसम्म पुर्‍याएर फेरि अर्को दिन भेट्ने गरी बिदा लिनुभयो । त्यसपछि जीवाजीसँग म र अमर मात्र भयौं ।

करिब एक हप्ताको मस्को यात्राका क्रममा पटक पटक कृष्ण दाइसँग भेट भइरह्यो । उहाँले धेरै ठाउँमा हामीलाई रुसी नागरिकहरूका बिच दोभासेको काम गरेर सहयोग गर्नुभयो । तीस हजार सदस्य रहेको रुसी लेखक सङ्घले हामीलाई गरेको स्वागत कार्यक्रममा उहाँले नै मेरो मन्तव्यलाई रुसीमा तत्कालै अनुवाद गरेर सभामा सुनाइदिनुभएको थियो । त्यसबाट हामीलाई रुसी लेखकहरूसँग दोहोरो संवाद गर्न सकेकैजस्तो अनुभव भएको थियो ।

मस्को यात्राको अन्तिम साँझ ‘झोला’ फिल्म प्रदर्शन गर्नुअघि मैले फिल्मको कथावस्तु बारे बताउनुपरेको थियो । त्यसवेला पनि उहाँले मेरै छेउमा उँभिएर मेरो मन्तव्यलाई रुसी भाषामा प्रत्यक्ष अनुवाद गरिदिनुभएको थियो । हिन्दी, अङ्ग्रेजी, संस्कृत, नेवारी, रुसी भाषामा पारङ्गत उहाँको ज्ञानको भण्डार पनि उत्तिकै विस्तृत थियो । त्यसैले पनि होला उहाँमा कुनै घमण्ड नदेखिएको ।

पछिल्लो समय उहाँसँग म फेसबुकमा जोडिएको थिएँ । त्यसमा हाम्रो कुरा हुन्थ्यो । उहाँसँग धेरैजसो नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका बारेमा कुरा हुन्थे । उहाँले मलाई लेख्नुभएको थियो–‘अनुवादको माध्यमबाट मात्रै हाम्रो नेपाली साहित्य विश्व साहित्यमा प्रवेश हुनेछ ।’ उहाँले लेख्नुभएको थियो–‘छिट्टै रुसी भाषामा नेपालका पुराकथा र किंबदन्ती प्रकाशित हुनेछ । पाइए जति प्रस्तुत गरिएको छ व्याख्या परिशिष्ट अनुक्रमणिकामा छ । ६९६ पेज हुने छ । यो किताब रुसी विज्ञान प्रतिष्ठानबाट निस्कनेछ ।’ थाहा छैन उहाँले भनेअनुसार त्यो पुस्तक निस्क्यो कि निस्कन बाँकी छ !

रुसमा हामीले उठाएको नेपाली भाषा साहित्यको हिमाल अब ढलेको छ । यो क्षतिलाई अब केले पूरा गर्न सकिएला भन्ने चिन्ता हामी सबैलाई छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 655
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.