SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » डम्बर दाहालज्यू र उहाँका कृतिहरू : एक टिपोट
समीक्षा

डम्बर दाहालज्यू र उहाँका कृतिहरू : एक टिपोट

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • समीक्षा
रमाकान्त पौडेल आसामको माइलु नेपाली वस्तीका स्रष्टा हुन् । उनले नेपाली साहित्यका सिर्जना, समीक्षा र सङ्गठनका बहुआयाममा कलम चलाउँदै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको डम्बर दाहालको कृतित्वलाई समेटिएको समीक्षा समेटिएको छ ।

-सम्पा.

पूर्वाञ्चल भारतका नेपाली साहित्यका समकालीन स्रष्टाहरूमध्ये डम्बर दाहाल एक अन्यतम सुपरिचित नाम हो । स्व० छविलाल उपाध्याय र स्व० चन्द्रमाया देवीका सुपुत्र डम्बर दाहालको जन्म सन् १९५८ जनवरी १५ का दिन भएको हो । डिफु सरकारी कलेजमा स्नातक तहसम्म अध्ययन गर्नु भएका दाहालज्यू त्यस कलेजमा नेपाली एम आइ एल लिने पहिलो व्यक्ति मानिनु हुन्छ । कलेजमा अनेक कठिनाइ झेल्दै उहाँले अध्यक्षलाई विश्वासले जितेर अन्तिममा नेपाली विषय लिएर पढ्नसक्ने अनुमति पहिलोपटक एक्लै प्राप्त गर्नु आफ्नो मातृभाषाप्रति रहेको अगाध प्रेमको दृष्टान्त हो। सानै उमेरदेखि लेखनकला र साहित्यिक गतिविधिसँग संलग्न दाहालज्यू हवाइपुर भेकमा भानु जयन्ती, देवकोटा जयन्ती उद्यापन गर्ने सिलसिलाको प्रारम्भ गराउने व्यक्तिहरूमध्ये एकजना प्रमुख व्यक्तिका रूपमा चिनिनु उहाँको एक अन्यतम विशेषता रहेको छ ।

सन् १९८५ मा ‘हवाइपुर नेपाली साहित्य सम्मेलन’ नामक एक क्षेत्रीय साहित्यिक संस्था गठन गरिन्छ । यस संस्था स्थापनाका स्वप्नद्रष्टा र मुख्य कारिगरै हनुहन्थ्यो दाहालज्यू । यसका संस्थापक सचिवका रूपमा विश्वसनीय र दक्षताका साथ कार्य सम्पादन गर्नाले हवाईपुर भेकमा उहाँको प्रतिष्ठा वृद्धिमा मलजल पुग्न गएको हो भन्न सकिन्छ । ‘हनेसासको’ मुखपत्र ‘हाम्रोआँट’ का सुदक्ष सम्पादकका रूपमा उहाँको एक छुट्टै कृतित्व रहेको छ । सन् १९९३ अगष्ट १९ तारिख पूर्वको असम नेपाली साहित्य सभा गठन र विस्तारमा उहाँको भूमिका स्तुत्य रहेको छ । उल्लेख्य के छ भने कार्बी आङलङ, हवाईपुरमा पूर्वको असम नेपाली साहित्य सभाको स्थापना र विस्तार सँगसँगै अर्कोपट्टि हवाइपुर नेपाली साहित्य सम्मेलन विगत नब्बे दशकको मध्यभागदेखि हालसम्म चरम रूपमा निद्रामग्न रहेको छ। पहिलेको झै फेरि यो जाग्रत अवस्थामा आउने कुरामा रत्तिभर पनि निश्चयता छैन । किनभने यसलाई सञ्चालन गर्ने यसका रथी, महारथी जम्मै अनेसासमा संलग्न भैसकेका छन् ।

दाहालज्यू दीर्घदिनसम्म पूर्वको अनेसासका साहित्य सचिव, त्यसपछि उपसभापति र अन्तिममा कार्यवाहक सभापति अनि एकीकृत असम नेपाली साहित्य सभाका सभापति निर्वाचित भई (सन् २०१३-१६) कार्यनिर्वाह गरेर एक कुशल सङ्गठकका रूपमा सर्वपरिचित भई सक्नु भएको छ । पूर्वका दुई साहित्यिक संस्था नेसाप असम’ र ‘अनेसास’ एकीकरणमा उहाँको भूमिका अतुलनीय रहेको छ । वर्तमान उहाँ अनेसासका सल्लाहकार पदमा आसिन रहनुभएको कुरा हामी सबैलाई थाहा भएकै हो । डम्बर दाहालज्यूको संस्थागत सम्पूर्ण गतिविधि सन्दर्भ बटुल्दै लेख्दैजाँदा निश्चित रूपमा एक बृहत् ग्रन्थको सृष्टि हुन जान्छ ।भविष्यमा सो कार्य पनि होला भन्ने अपेक्षा गर्न सकिन्छ । तर आज यो यतिमै बीट मार्दै स्रष्टागत अर्को एक टिपोट प्रस्तुत गर्ने जमर्को गरियो।

कार्बी आङलङ, हवाईपुरमा पूर्वको असम नेपाली साहित्य सभाको स्थापना र विस्तार सँगसँगै अर्कोपट्टि हवाइपुर नेपाली साहित्य सम्मेलन विगत नब्बे दशकको मध्यभागदेखि हालसम्म चरम रूपमा निद्रामग्न रहेको छ। पहिलेको झै फेरि यो जाग्रत अवस्थामा आउने कुरामा रत्तिभर पनि निश्चयता छैन ।

उहाँको पहिलो रचना ‘वसन्त’ नागाल्यान्डबाट निस्किने ‘युवक’ नामक पत्रिकामा सन् १९७३मा प्रकाशित भएको हो । अद्यावधि उहाँका थुप्रै फुटकर रचनाहरू देश-विदेशका पत्रपत्रिकामा प्रकाशित भएर छरिएका छन् । नेपाली र असमिया भाषामा कलम चाल्ने दाहालज्यूका रचना असमिया भाषामा पनि उत्तिकै देख्न पाइन्छ । सुललित भाषाका प्रखर वक्ता डम्बर दाहाल सम्पादन क्षेत्रमा पनि उत्तिकै खप्पिस देखिनुहन्छ । उहाँले सम्पादन र संयुक्त रूपमा सम्पादन गरेका कार्यहरू यसप्रकार उल्लेख गने सकिन्छ —

१) हाम्रोआँट – (साहित्यिक पत्रिका) सन् -१९८२-८३, एघारवटा हस्तलिखित अङ्क। सन् — १९८४-९७, एघारवटा मुद्रित अङ्क। २) हस्ताक्षर -(कविता सङकलन) सन-२००४ (संयुक्त) ३) स्मृतिग्रन्थ–सन् -१९८८, अखिल असम नेपाली छात्र सङ्घ, पाँचौं अधिवेशन, हवाईपुर, कार्बि आङलङ। ४) चारचिम — असमिया स्मृतिग्रन्थ, सन् — २००८, असम साहित्य सभा कार्बि आङलङ जिल्ला शाखा ।

6) माध्यामिक नेपाली साहित्य – भाग-१ र भाग – २, सन् –२००१, असम माध्यमिक शिक्षा परिषद् , नवौं र दशौं श्रेणीको नेपाली पाठ्यपुस्तक ।(संयुक्त)

६) नेपाली साहित्य सुधा – भाग-१र भाग – २, असम माध्यमिक शिक्षा परिषद, नवौं र दशौं श्रेणीको नेपाली ऐच्छिक पाठ्यपुस्तक । (संयुक्त) ७) सभा संवाद – अनेसास बुलेटिन, २००५–२०१०, नवौं अङ्कसम्म।

८) सभा पत्रिका –अनेसासको साहित्यिक मुखपत्र – सन् -२०११ २) प्रयात के० बी० छेत्री स्मृतिपुष्प सन्-२०१९

हाम्रोआँट हस्तलिखित साहित्यिक पत्रिका अङ्क १ देखि अङ्क ११ सम्म सम्पादन कार्य गर्ने स्रष्टा डम्बर दाहालको पहिलो प्रकाशित कृति हो ‘आविष्कार’ । ‘आविष्कार’ लघुकथा सङ्कलन सन् १९८६ मा प्रकाशित हुन्छ । त्यसपछि निक्कै वर्षको अन्तरालमा सन् २००८ मा यात्राक्रममा कथा र लघुकथा सङ्कलन प्रकाशमा आउँछ । फेरि सन् २००८ मै अर्को एक जीवनीमूलक बाल साहित्यिक कृति हाम्रा केही मार्गदर्शकहरू’ लिएर देखा पर्नु हुन्छ । सन् २००९ मा हाइकु सङ्कलनले उहाँलाई हुटहुटी लगाउँदै ‘उकुसमुकुस’ प्रकाशनतर्फ डोयाउँछ ।त्यही वर्ष सन् २००९ मा असमिया निबन्ध सङ्कलन भानुभक्त, नेपाली संस्कृति आरु अन्यान्य र वीरभद्र कार्कीढोलीर निर्वाचित कविता’ असमिया अनुवाद कविता सङकलन निकालेर असमिया पाठकलाई सिक्कमे नेपाली कविताको स्वाद चखाउनु हन्छ । सन् २०१२ र २०१३ मा क्रमैसँग ‘अतीतका पाइलाहरू कविता सङकलन र निबन्ध संभार’लेखेर आठौं पुस्तक प्रकाशमा ल्याउनुहन्छ ।

सन् २०१६ मा विगत तीन वर्षलाई फर्केर हेर्दा (डायरी) प्रकाश गरेर नेपाली साहित्यमा एक नौलो कृतित्व स्थापन गरेको कुरा हामीले अनुभव गरेका छौं । यो ग्रन्थ अनेसासको सभापति पदमा निर्वाचित भएपछि उहाँको कार्यकालभरिको उहाँसँग सम्बन्धित अनेसासको दस्तावेज मान्न सकिन्छ । यस कृतिले आउँदो पिँढीका साहित्यिक, सामाजिक कार्यकर्तालाई सुमार्गदर्शन गर्ने कुरामा विश्वस्त हुन सकिन्छ । यसको मूल्याङ्कन समयमा पक्कै पनि हुनेछ । त्यसैगरी सन् २०१६ मै शुभेच्छा सम्भार’ नामक शुभेच्छाहरूको सङ्कलन प्रकाशमा आउँछ । उहाँ अनेसासको सभापति पदमा आसिन रहेका समयमा विभिन्न संस्था, सङगठन, व्यक्तिविशेषलाई उहाँबाट प्रदान गरिएका विभिन्न उद्देश्यजन्य शुभेच्छाहरूको सङ्कलन हो यो । सन् २०१८ मा स्मृति प्रवाह भाग -१ पाठकलाई पस्किंदै भान्से लागू हुन्छ । त्यसका लगत्तै पछिल्लो वर्ष सन् २०१९ मा बाहनीचरी शीर्षक असमियाबाट नेपालीमा अनूदित कविता सङ्कलन समेत संख्यामा जोड्दा पुरै एक दर्जन कृति उहाँले पाठकलाई उपहार चढाइसक्नु भएको छ।

अब लागौं गाँठी कुरातिर। माथि उल्लिखित एक दर्जन कृतिका स्रष्टा डम्बर दाहालज्यूका नयाँ आठवटा कृति आउँदो २६ सेप्टेम्बर २०२१ का दिन स्वगृह परिसरमा एकैचोटी एक आडम्बरपूर्ण अनुष्ठानमा विमोचन गर्ने तय भइसकेको छ । उक्त पुस्तकहरूको विमोचन कार्यक्रम उहाँको आमन्त्रणमा अनेसास , कार्बी आङलङ जिल्ला समितिले आयोजन गरेको हो । पूर्वाञ्चलीय नेपाली साहित्य जगतमा उहाँले यो कार्य सम्पन्न गरेर एक कृतिमान स्थापन गर्नुको साथसाथै हामीलाई त्यस ऐतिहासिक पलको साक्षी बनाएर छोडन आँटदै हनहन्छ।

यहाँनेर अर्को एक उल्लेखनीय कुरा के छ भने यी आठवटा विमोचन गरिने पुस्तकहरू उहाँका आफ्नै निकट परिवारभित्रका आत्मीयहरूले प्रकाशनको निम्ति आवश्यकीय आर्थिक खर्च बेहोरेका छन् । आउँदो पिँढीका लागि यो अनुकरणीय र आदर्शनीय भएर रहने छ ।

स्रष्टा साथै सङगठक डम्बर दाहालज्यूको व्यक्तित्व र कृतित्व माथि निरपेक्ष रूपमा सकारात्मक-नकारात्मक पक्षहरू केलाउँदै आउँदा दिनहरूमा चर्चा परिचर्चाको अपेक्षा गरिन्छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 509
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.