SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » आखिर दोषी को ? : इतिहासकारको कोरोनाकालीन डायरी
समीक्षा

आखिर दोषी को ? : इतिहासकारको कोरोनाकालीन डायरी

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments16 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • समीक्षा
भावकेशर बराल (वि.सं २०३५ साल असार २२ गत, सिन्धुली जिल्लाको साविक बासेश्वर गाविसअन्तर्गतको घोक्सिला पोखरीगाउँ, सुपुत्र : कृष्णमुरारि तथा कर्मकुमारी) नेपाली साहित्यमै उच्च शिक्षा लिइ साहित्य क्षेत्रमा समर्पित प्रचिभा हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमए, बिएड् तथा एलएलबी गरी नेपाल संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमासम्म अध्ययन पूरा गरेका बरालको रुचि अध्ययन, अनुसन्धान तथा लेखनमा छ । बानेश्वर बहुमुखी क्याम्पस बानेश्वरमा प्राध्यापनरत बरालको कलम साहित्य तथा समालोचना दुवै क्षेत्रमा समान रूपले चलेको छ । बालसाहित्य, कथा तथा कविताका स्रष्टा बराल समालोचनाका क्षेत्रमा पनि निकै सक्रिय प्रतिभा हुन् । एक दर्जन बढी पाठ्यपुस्तकको लेखन तथा सहलेखन गरेका बरालका सम्पादनमा रामायण भजनमाला (भजन महाकाव्य) तथा सेतो घोडा र कविताको देश (कवितासंग्रह) प्रकाशित छन् । उनका रहस्यमय खेती (२०६७) बालकथासंग्रह तथा कुलचन्द्र कोइराला : व्यक्ति एक आयाम अनेक समालोचनात्मक कृति प्रकाशित भएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा बरालको आखिर दोषीको ? शीर्षकको समीक्षा समेटिएको छ । यो तीर्थप्रसाद मिश्रको आखिर दोषी को ? शीर्षकको कृतिको पुस्तक समीक्षा हो । यस समीक्षाले सम्बन्धित पुस्तकका विविध पक्षलाई उजागर गरेको छ ।

-सम्पा.

सन् १९५३ मा धनकुटाको कचिडेमा जन्मिएका तीर्थप्रसाद मिश्र नेपाली पाठकका लागि अपरिचित नाम होइन । करिब डेढ दर्जनभन्दा बढी पुस्तकका लेखक मिश्र नेपाली वाङ्मयमा चिरपरिचित छन् । साहित्यका क्षेत्रमा विशेषगरी समालोचनात्मक निबन्ध लेखनमा उनको कलम धारिलो भएर चलेको देखिन्छ । नेपाली समालोचना अझै पनि गुणदर्शन परम्पराबाट पूर्णत: मुक्त हुन सकेको छैन । यसका विपरीत गुण र दोष दुवैमा समदर्शी भएर वस्तुनिष्ठ समालोचना गर्न सक्नु मिश्रको समीक्षात्मक लेखनीको प्राप्ति हो । उनको लेखनीमा लेखकीय इमानदारिता झल्किन्छ । उनी कुशल स्रष्टा हुन्, इमानदार द्रष्टा हुन्, अनुसन्धानका ज्ञाता हुन् र इतिहासका विज्ञाता पनि हुन् । तसर्थ इतिहास र अनुसन्धानको संयोजन उनको लेखनीगत वैशिष्ट्य पनि हो ।

एकजना इतिहासका प्राध्यापक भएका नाताले इतिहासका विविध विधामा उनको गहिरो दख्खल रहेको छ । साथै लामो समयसम्म अध्ययन, अध्यापन र अनुसन्धानमा सक्रिय भएर लागेका कारण अनुसन्धान तथा अन्वेषणमा पनि उनी सिद्धहस्त छन् । नेपालको तिब्बतसितको सम्बन्धका विषयमा अनुसन्धान गरी विद्यावारिधि उपाधि हासिल गरेका डा मिश्रले इतिहास विषयक १०० भन्दा बढी लेखरचना प्रकाशित गरिसकेका छन् । सङ्ख्यात्मक रूपमा मात्र होइन गुणात्मक रूपमा पनि उनको लेखन सबल छ । स्वदेश तथा विदेशका विभिन्न विषयगत सम्मेलनहरूमा सहभागी हुँदा प्रस्तुत भएका कार्यपत्रहरूबाट उनको अन्वेषणात्मक क्षमता पनि मापन गर्न सकिन्छ । ग्रामीण परिवेशमा हुर्किएर देश–विदेशका अनेकौँ परिदृश्यको साक्षी बसेका र विश्वविद्यालय सेवामा ४१ वर्ष लामो कार्यअनुभव सम्हालेका प्राडा तीर्थप्रसाद मिश्र आफैँमा एउटा विश्वविद्यालय हुन् । झट्ट हेर्दा उनी अहिले सेवानिवृत्त जीवन यापन गरिरहेका छन् तथापि अझै थुप्रै संघसंस्थामा प्रत्यक्ष वा परोक्ष संलग्न रही सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् । र, आफ्नो प्राज्ञिक कर्ममा समेत निरन्तर क्रियाशील रहेका छन् ।

प्राडा तीर्थप्रसाद मिश्रको कोरोनाकालको बसिबियालो आखिर दोषी को ? निबन्धसङ्ग्रह प्रकाशित भएको छ । यस निबन्धसङ्ग्रहमा विविध विषय र बान्कीका २१ वटा निबन्ध सङ्गृहीत छन् । अधिकांश निबन्धमा नेपालका ऐतिहासिक घटनापरिघटना र तिनले समाज तथा राजनीतिमा पारेका प्रभावलाई मिहीन रूपमा केलाइएको छ । केही निबन्ध वर्तमानको नेपाली समाज र राजनीतिमा देखा परेका विशृङ्खलतामा केन्द्रित छन् भने दुईवटा निबन्ध कृतिको समालोचनात्मक टिप्पणीमा आधारित छन् ।

शासकको स्तुति गरेर आफ्नो वैयक्तिक स्वार्थ पूरा गर्ने प्रवृत्ति हिजो पनि थियो, आज पनि छ सायद भोलि पनि रहला । नेपाली राजनीतिमा देखा परेको यो प्रवृत्ति दुषित र दीर्घ रोग हो । हाल नेपालीले भोग्नुपरेको दुर्दशाको प्रमुख कारक शासकको विलासी प्रवृति र शासितको स्तुतिगान नै हो । जबसम्म यस रोगबाट नेपाली समाजले उन्मुक्ति पाउदैन तबसम्म विकास र समुन्नत जीवनको कल्पना केवल कोरा रहनेछ । शासक वर्गको स्तुतिगान : एक दीर्घ रोग शीर्षक निबन्ध नेपाली राजनीतिमा देखा परेको विसंगतिलाई केलाउन सफल छ ।

नेपाली समाजमा देखा परेको अर्को गम्भीर प्रकृतिको रोग हो, पूर्ववर्तीहरूलाई दोषारोपण गरेर आफू निर्दोष साबित हुन खोज्ने प्रवृत्ति । चाहे राजनीतिका क्षेत्रमा होस् वा प्रशासनिक संयन्त्रमा नै किन नहोस्, यत्र तत्र सर्वत्र यही वृत्ति हाबी छ । वर्तमान दुरावस्थाको प्रमुख भागिदार पूर्ववर्तीलाई बनाउँदै आफूलाई पानीमाथिको ओभानु देखाउन खोज्नु नेपाली समाजको नियति बन्न पुगेको छ । पूर्ववर्तीप्रति दोषारोपण गर्ने परम्परागत प्रवृत्ति शीर्षक निबन्धले यस विषयलाई राम्ररी केलाएको देखिन्छ । वास्तवमा नेपाली समाजको वर्तमानको दुरावस्थाका लागि पूर्ववर्तीहरू जति जिम्मेवार छन्, पूर्ववर्तीहरूको कमीकमजोरीबाट पाठ सिक्न नसक्ने वर्तमानका अभिनायकहरू अझै बढी दोषी हुन् । दोष वा कमजोरी अरूको थाप्लोमा हालेर कथित समृद्धिका सपना बाँड्ने कुत्सित प्रवृत्तिको सिकार वर्तमान पुस्ता भइरहेको छ र भविष्यको पुस्ता पनि हुनेछ ।

विश्व इतिहासलाई केलाउने हो भने महिलाहरूको भूमिका उल्लेख्य रहेको देखिन्छ । महिलाहरूका सकारात्मक तथा नकारात्मक कार्यको वर्णन गरेर प्रशस्त पुस्तकहरू समेत प्रकाशित भएका छन् । समुन्नत समाज निर्माणमा महिलाको भूमिका नकार्न सकिँदैन । तथापि नेपालको राजनीतिमा महिला महङ्खवाकाङ्क्षाको रोग शीर्षक निबन्धमा महङ्खवाकाङ्क्षी महिलाका कारण नेपाली राजनीतिमा परेको दुष्प्रभावको चर्चा गरिएको छ । मल्लकालमा दरबारका महिलाहरूको महङ्खवाकाङ्क्षाकै कारण राज्य कमजोर बन्न पुगेको थियो । यसलाई राम्ररी बुझेका पृथ्वीनारायण शाहले सोही कमजोरीको फाइदा उठाउँदै नेपाल एकीकरण गरेकालगायत दृष्टान्त निबन्धमा आएका छन् । शाहकाल तथा राणाकालमा पनि दरबारिया महिलाहरूका महङ्खवाकाङ्क्षाकै कारण नेपाली राजनीतिमा अनेकौँ उतारचढाब आएका छन् । शासकहरूमाथि उनीहरूका प्रथम महिलाको प्रभावले नेपाली राजनीतिलाई तरङ्गित बनाएको छ । प्रशासनमा पनि प्रशासक पतिलाई उनका महिला महङ्खवाकाङ्क्षाले प्रभाव पारेका दृष्टान्त निबन्धमा आएका छन् । नेपाली समाज र राजनीतिमा महिलाहरूको योगदान रहँदारहँदै पनि केही महङ्खवाकाङ्क्षी महिलाका कारण नेपाली राजनीतिले भोग्नुपरेको दुर्दशा केलाउने उद्देश्य निबन्धले राखेको देखिन्छ ।

सङ्ग्रहको अर्को निबन्ध नेपालको रोग : पूर्वको व्यवस्थापनमा सकस शीर्षकको रहेको छ । यस निबन्धमा निबन्धकारले पूर्ववर्तीहरूको समुचित व्यवस्थापन गर्न नसक्दा देखापर्ने समस्याहरूलाई इङ्गित गर्न खोजेका छन् । विशेषगरी सत्तासीन भइसकेका राजनेता, दलीय नेतृत्व सम्हालिसकेका नेता, प्रशासनको नेतृत्व लिइसकेका प्रशासक, सामाजिक नेतृत्व बहन गरिसकेका समाजसेवी तथा कूटनीतिक नेतृत्व लिइसकेका कूटनीतिज्ञ जस्ता पूर्वाधिकारीहरूको समुचित व्यवस्थापन हुन नसक्दाका परिणाम वर्तमान नेपाली पुस्ताले भोगिरहेको छ । वास्तवमा नेतृत्वमा रहिरहन खोज्ने पूर्वाधिकारीहरूको महङ्खवाकाङ्क्षा र उनीहरू त पूर्व हुन् वर्तमान हाम्रो हो भन्ने उत्तराधिकारीको मानसिकता दुवै घातक छन् । पूर्वाधिकारीको योग्यता र अनुभव तथा दोस्रो पुस्ताको ऊर्जालाई संयोजन गर्न सके देशले काँचुली फेर्न सक्छ । तर, जो सत्तामा छ र शक्तिमा रहन्छ उसले अरूलाई नगन्ने अवस्था छ । अत: पूर्वलाई व्यवस्थापन गर्न नसक्नु पनि नेपाली समाजको दीर्घ रोग हो ।

नेपाली कूटनीतिको क्षेत्रमा देखापरेका विकृति तथा कमजोरीहरूलाई नेपाली कूटनीति : काँक्रोलाई थाक्रो हाल्दा थाक्रै धनी निबन्धले चिरफार गरेको छ । नेपाली कूटनीतिक दिनानुदिन ह्रासोन्मुख छ । यसो हुनाका अनेक कारणहरू होलान् तर महत्वपूर्ण कारण भने राम्रालाई होइन हाम्रालाई कूटनीतिज्ञका रूपमा नियुक्ति दिनु हो । कूटनीतिक ज्ञान भएका र उक्त चातुर्य व्यवहारमा देखाउन सक्ने अनुभवी व्यक्तिलाई कूटनीतिक नियोगमा नियुक्ति दिन नसक्दा हात परेको कूटनीतिक असफलतालाई यस निबन्धले राम्रोसित देखाइदिएको छ । काँक्रा धेरै फलाउन थाक्रा हाल्दा उल्टै थाक्रा नै धनी बन्छ भन्ने लोकोक्तिलाई व्यक्तिगत स्वार्थ पूरा गर्न विदेशी स्वार्थअनुकूल हुनेगरी चल्दा राष्ट्रिय स्वार्थ कमजोर बन्न पुगेको कुरासित तुलना गर्न खोजिएको छ । नेपालको कूटनीतिक इतिहास हेर्ने हो भने यसको गौरवमय परम्परा देखिन्छ तथापि आज नेपाली कूटनीति लाजमर्दो अवस्थामा पुगेको विडम्बना छ ।

जबजब राष्ट्रप्रमुख कमजोर हुन पुग्छ तबतब मुलुकको दुर्दशा सुरु हुन्छ । देशवासीले सास्ती झेल्नुपर्छ । देशमा राष्ट्रप्रमुख कमजोर हुँदा राष्ट्रले अनेकौँ किसिमका सास्ती खेप्नुपरेका दृश्यको ऐतिहासिक सर्वेक्षण गरिएको निबन्ध हो, राष्ट्रप्रमुख कमजोर हुँदा मुलुकले खेप्नुपरेको सास्ती : ऐतिहासिक सर्वेक्षण । हामीले वर्तमानमा भोगेको दुर्गतिको कारण हाम्रा शासककै कमीकमजोरी नै हो भन्ने निष्कर्ष निबन्धकारका रहेको देखिन्छ । निबन्धमा राष्ट्रप्रमुख कमजोर हुनु मुलुक कमजोर हुनु हो भन्ने कथनलाई लोककथाको दृष्टान्त दिएर पुष्टि गर्न खोजिएको छ । यससम्बन्धी ऐतिहासिक विवेचना निबन्धमा तथ्यपरक रूपमा आएको छ । विगतमा असमान सन्धि हुनुको पृष्ठभूमि केलाउने हो भने पनि यस कुराको पुष्टि हुन पुग्छ ।

राजधानीप्रतिको मोह एकप्रकारको रोग नै हो । देशको वर्तमान जीवनलाई हेर्ने हो भने ग्रामीण क्षेत्रहरू बिस्तारै रित्तिँदै छन् सहरहरू जनसाङ्खिक हिसाबले भरिँदै गएका छन् । सर्वसाधारण जनता हुन् वा राजनेता सबैको राजधानी मोह अचम्मलाग्दो देखिन्छ । बडो गजब त के छ भने हरेकको सपना हुन्छ राजधानीमा बस्ने र राजधानीमै घरजग्गा जोड्ने । अपवादलाई छाडेर प्राय: सबै नेताले राजधानीमा घरघडेरी जोडेका छन् र कतिपयले यतै स्थायी बसोबास बसाएका पनि छन् । चुनावताका जनताको घरदैलोमा पुग्ने र अनेकौँ चिल्लामसिना आश्वासन बाँड्ने तर चुनाव जितेर राजधानी फर्किएपछि यसै हराउने अनौठो संस्कृति नेपाली राजनीतिमा हाबी भएको छ । यसले गर्दा एकातिर राजधानीको जनजीवन प्रदूषित हुँदै गइरहेको छ भने अर्कातिर ग्रामीण बस्तीहरू उजाड र सुनसान बन्दै गइरहेका छन् । यस विषयलाई राजनेताको राजधानी मोह निबन्धले चित्रण गरेको छ । नाम मात्रको विकेन्द्रीकरण अर्थात् शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायतका अवसरहरू राजधानी केन्द्रित हुनु सर्वसाधारणका लागि राजधानी मोहको प्रमुख कारण हो । राजनीतिक स्वार्थवश गरिएका द्वन्द्व तथा युद्धका कारण पनि गाउँघरतिरबाट थुप्रै मानिसहरू विस्थापित भए र उनीहरू राजधानीमा स्थापित हुन प्रयास गर्न थाले । अझ कतिपयले त राजधानी बसाइलाई गर्व वा प्रतिष्ठाको विषयसमेत ठान्ने गरेको मनोविज्ञान छ ।

नेपाल प्राकृतिक रूपमा अनुपम देश हो । यहाँका प्राकृतिक विविधतालगायत जैविक तथा सांस्कृतिक विविधताले हाम्रो देश सम्पदाको राजधानी बन्न पुगेको छ । यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई संरक्षण गर्न सके र यसलाई यथोचित प्रयोग गर्न सके हाम्रो समुन्नति सुनिश्चित छ । यहाँ के छैन, सबैथोक छ । तर, एउटै थोक छैन, त्यो भनेको कुशल व्यवस्थापन । यसैलाई भन्छन्, माल पाएर पनि चाल नपाउनु । हामीले माल पाएर पनि चाल पाउन नसकेको प्रसङ्गलाई निबन्धकारले माल पाउनु तर चाल नपाउनु शीर्षक निबन्धमा एउटा सामाजिक रोगका रूपमा चित्रण गरेका छन् । आफ्नै नाभिमा सुगन्ध बोकेर अन्यत्र भौँतारिने कस्तुरीको हाल आज हाम्रो बन्न पुगेको छ । यो दुर्भाग्यपूर्ण हो ।

अति महङ्खवाकाङ्क्षाको रोग : विनाशको बाटो शीर्षक निबन्धमा अतिले खति गराउँछ भन्ने सूक्ति चरितार्थ गर्न खोजिएको छ । जीवनमा महङ्खवाकाङ्क्षा पनि आवश्यक छ । मानिसले महङ्खवाकाङ्क्षा नराख्ने हो भने विज्ञानले चामत्कारिक उपलब्धि हासिल गर्ने थिएन । आफूभित्र भएको महङ्खवाकाङ्क्षाकै कारण मानिस ढुंगे युगबाट आजको आधुनिक सभ्यतासम्म आइपुगेको विषय नकार्न भने सकिँदैन । यद्यपि यथार्थ धरातललाई लत्याएर अति महङ्खवाकाङ्क्षा राख्दा यसले विनाश निम्त्याउने तथ्य निबन्धमा प्रस्तुत गर्न खोजिएको छ । राजनेताहरूको अति महङ्खवाकाङ्क्षाका कारण देशमा अस्थिरता सिर्जना भएको सर्वविदितै छ । म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ म हासूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू कविशिरोमणि लेखनाथ पौड्यालको यो सूक्ति मानवजातिको अति महङ्खवाकाङ्क्षासित जोडिएको छ । महङ्खवाकाङ्क्षाले मानिसलाई गतिशील बनाउँछ, अग्रगमनतिर बढाउँछ, विकास र समुन्नतिको शिखर चढाउँछ तर अति महङ्खवाकाङ्क्षाले विनासको बाटोतिर लैजान्छ भन्ने सन्देश निबन्धमा प्रस्तुत गर्न खोजिएको छ ।

हामी हीनता ग्रन्थिले ग्रसित छौँ । र, हीनताकै सिकार भइरहेका छौँ । हामीभित्र भएको हीनताबोधकै कारण हामीले आफ्नो गौरव गुमाउनु परिरहेको छ । लघुताभासको अनौठो दुष्चक्रमा फसेका छौँ, हामी । विगतको गौरवमय अतीतलाई तिलाञ्जली दिएर लघुताभासको जालोमा जेलिनु हाम्रो नियति बन्न पुगेको छ । नयाँ पुस्तामा लघुताभासले चरम विकृतिको रूप लिएको छ । आफ्ना सांस्कृतिक पहिचानबाट हामीमा लघुताबोध हुने र पश्चिमा संस्कृतिको अनुसरण गर्न पाउँदा गौरव अनुभूति हुने अवस्था हामीभित्रको लघुताभासले नै सृजना गरेको हो । आफूलाई हीन अरूलाई महान् ठान्ने हाम्रो मनोविज्ञान लघुताभाषको जड हो । शासकहरूले लघुताभासकै कारण आफ्ना पुर्खालाई भारतीय महाद्वीपका शासकसित जोडेका दृष्टान्त छन् । यस प्रकारको धरातलीय यथार्थलाई लेखकले हामीमा लघुताभास किन ! शीर्षकको निबन्धमा मार्मिक रूपमा पस्किएका छन् ।

वर्तमानमा हामी जुन दुर्गति भोगिरहेका छौँ यसको दोषी को हो भन्ने विषयमा तयार पारिएको निबन्ध आखिर दोषी को ? सङ्ग्रहको शीर्ष निबन्ध हो । ऐतिहासिक कालखण्ड केलाउने हो भने पनि विभिन्न समयमा सत्ताको बागडोर सम्हाल्ने र सत्ताको आसपास रहेर पनि सत्तासुख प्राप्त गर्न नपाउनेहरूका बीचमा निरन्तर द्वन्द्व भएका दृष्टान्त पाइन्छन् । नेपालका सन्दर्भमा हेर्ने हो भने पनि अधिकांश आन्दोलन तथा क्रान्तिकारी गतिविधिको अन्तर्य सत्तासङ्घर्ष नै देखिन्छ । जनचाहनाको आवरणमा सत्ता प्राप्तिको महङ्खवाकाङ्क्षा बोकेर गरिएका क्रान्तिप्रतिक्रान्तिले अन्तत: जनभावनाअनुकूल परिणाम दिन नसकेको यथार्थ सर्वविदितै छ । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ जिम्मेवार व्यक्ति नै आफ्नो कर्तव्यबोधबाट पन्छिएर स्वार्थप्राप्तिको खेलमा रुमलिएको देखिन्छ । नेपाल र नेपालीको समुन्नति हुन नसक्नुको जड यही हो । जनता नेताको स्वार्थपूर्तिका माध्यम बनेका छन् । यही विडम्बनापूर्ण अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा निबन्धले अभिव्यक्त गरेको छ ।

नेपालका ऐतिहासिक घटनाक्रम केलाउने हो भने विगत समयदेखि नै योग्य व्यक्तिले स्थान नपाएका अनेकौँ दृष्टान्त छन् । प्राविधिक तथा विशिष्ट सीप आवश्यक पर्ने स्थानमा पनि आफू निकटलाई पदस्थापन गर्नु लज्जास्पद हो तर योग्यलाई स्थान दिनुभन्दा आफ्ना नजिकका व्यक्तिलाई जिम्मेवारी दिने परम्परा नै बसेको छ । विशिष्ट तथा महङ्खवपूर्ण जिम्मेवारी सम्हालेका तथा कूटनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले पनि सरकार परिवर्तनसितै जिम्मेवारीबाट मुक्त हुनुपर्ने अवस्था देखिन्छ । राम्राको ठाउँमा हाम्रालाई प्रश्रय दिँदा नै देशको यो दुरावस्था सृजना भएको हो । तुलनात्मक रूपमा हेर्ने हो भने विगतमा भन्दा योग्यको कदर नहुने अवस्था वर्तमानमा झन् बढ्दै गइरहेको छ । यो लाजमर्दो कुरा हो । योग्यताको कदर हुन नसकेको अवस्थाको चित्रण सतीको श्राप : योग्यको कदर नहुने रोग शीर्षक निबन्धमा चित्रण गरिएको छ ।

समयको मूल्य काम समयमै पूरा नगर्दा अवसरबाट वञ्चित हुनुपरेकाले बोध गरेका हुन्छन् । समयको तागत समयसित पराजित भएर भविष्य गुमाएकाले भोगेका हुन्छन् । सामान्यत: हामीले समयको सदुपयोग गर्न सकेका छैनौँ । यस यथार्थलाई हामी समयको कति सदुपयोग गर्छौँ ? शीर्षक निबन्धमा केलाउन खोजिएको छ । समय बलवान छ मूल्यवान पनि छ तर समयको यो मूल्यलाई न हामीले पहिचान गर्न सकेका छौँ न त हाम्रा राजनेताहरूले नै समयको गतिलाई पछ्याउन सकेका छन् ! सभासमारोहतिर कसैले आमन्त्रण गर्‍यो भने आमन्त्रण गर्दा दिइएको समयलाई नेपाली समय कि अङ्ग्रेजी समय भनेर सोध्नुपर्ने अवस्था छ । यो त झन् लाजमर्दो विषय हो । प्रमुख अतिथि तथा विशिष्ट अतिथिका रूपमा बोलाइएका व्यक्तिहरू आफ्नो विशिष्टता र महङ्खव झल्काउन र आफूलाई व्यस्त देखाउनै पनि समयमा कार्यक्रमस्थलमा नआउने मनोविज्ञान देख्न सकिन्छ । देश काल र परिस्थितिलाई मध्यनजर गर्दै समयको सही सदुपयोग गर्दै अगाडि बढियो भने मात्र विकासको सिँढी चढ्न सकिने यथार्थलाई कदापि भुल्नुहुँदैन भन्ने सन्देश दिन निबन्ध समर्थ छ ।

राजनीतिज्ञले जनभावनालाई केन्द्रमा राखेर राष्ट्रिय गौरव बढाउने कार्य गर्न सकेका छैनन् । नेपाली राजनीतिले सही मार्ग लिन नसकेको वर्तमान परिप्रेक्ष्यमा नेपाली जनताले जंगबहादुरको खोजी गरेका हुन् कि भन्ने आँकलन लेखकले जंगबहादुरको प्रतीक्षा निबन्धमा गरेका छन् । जंगबहादुर क्रूर थिए, उनी चतुर पनि थिए तापनि उनीभित्र मातृभूमिप्रति अथाह स्नेह थियो । वर्तमान राजनीतिका नेतृत्व वर्गमा जहानिया शासक बराबर पनि देश र जनताप्रतिको समर्पणभाव नहुनु आफैँमा दु:खलाग्दो विषय हो । इतिहासका विभिन्न कालखण्डमा सञ्चालित क्रान्ति तथा प्रतिक्रान्तिले देशमा व्यवस्थाहरू परिवर्तन भए तर जनताको अवस्था फेरिन सकेन । यसो हुनुमा प्रमुख कारण नेतृत्ववर्गको महङ्खवाकाङ्क्षा नै हो । आफ्नो स्वार्थपूर्तिका लागि राष्ट्रिय अस्मिता दाउमा राख्ने प्रवृत्ति हाबी हुनु निन्दनीय हो तथापि भइरहेको छ यस्तै । यसै विषयलाई मध्यनजर गर्दै निबन्धकारले देशले राष्ट्रप्रेमी जंगबहादुर पर्खिरहेको प्रतिकात्मक अभिव्यक्ति दिएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगबहादुरपछिको शक्तिशाली प्रधानमन्त्रीका रूपमा चित्रण गरिएको छ । लेखकले ओली सरकारबाट जनमतको कदर हुन नसकेको तथा नारामा आदर्शका कुराहरू आए पनि व्यवहारमा राष्ट्रिय स्वार्थ पूरा हुन नसकेकोतर्फ इङ्गित गर्न खोजेका छन् ।

राजनीतिक दलका नेता देश र जनताप्रति इमानदार हुन सकेका छैनन् । उनीहरू आफ्नो स्वार्थपूर्तिका लागि राजनीति गरिरहेका छन् । राजनीति सेवा हैन पेसा बन्न पुगेको अवस्था छ । जनता पनि सचेत हुन नसकेको र राज्यसत्तालाई खबरदारी गर्नुको सट्टा निरीह तथा मूकदर्शक भएप्रति निबन्धकारले विद्रोहात्मक आक्रोश पोखेका छन् । नेपालीले अहिलेसम्म रमिता हेर्ने ? शीर्षक निबन्धमा हामी जनता मुकदर्शक भएर बस्ने होइन शासक प्रशासकलाई खबरदारी गर्ने हैसियतमा पुग्नुपर्छ भन्ने आग्रह गरिएको छ ।

नेपालको राजनीति र नेपाली राजनेताको चिरफार गर्दै लेखिएको राजनीति र नेता : नेपालको सन्दर्भ निबन्धमा राजनीतिका विकृति केलाउन खोजिएको छ । विभिन्न कालखण्डका घटनाहरूलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्दै नेताको राजनीतिक चेतना र कथित बौद्धिकता विषयमा व्यङ्ग्य गरिएको छ । वास्तवमा राजनीति पेसा वा व्यवसाय होइन विशुद्ध सेवा हो । सामूहिक स्वार्थप्राप्तिका लागि गरिने सेवाको नाम नै राजनीति हो । यसमा राष्ट्रिको सर्वाङ्गीण समुन्नति जोडिन्छ । तसर्थ राजनीतिमा लाग्ने व्यक्ति निष्ठावान, चरित्रवान, आदर्शवान र क्षमतावान पनि हुनु आवश्यक छ । तर, नेपालका सन्दर्भमा हेर्ने हो भने नेता हुनलाई योग्यता जालझेल, षड्यन्त्र, कपटी व्यवहार तथा जेलनेललाई लिने गरिएको छ । सामान्यभन्दा सामान्य पेसामा संलग्न हुनका लागि न्यूनतम योग्यता तोकिएको हुन्छ तर नेता बन्न र देशको प्रतिनिधित्व गर्न निश्चित शैक्षिक योग्यतासमेत किटान नहुनु दु:खद विषय हो । यसले अन्यत्र असफल भएकालाई राजनीतिमा प्रवेश गर्ने बाटो खुलेको छ ।

भनिन्छ नि धेरै खायो भने चिनी पनि तीतो लाग्छ । हरेक कुराको एउटा निश्चित सीमा हुन्छ र उक्त सीमालाई पालना पनि गर्नुपर्छ । सीमा मर्यादा हो र मर्यादा नै व्यक्तिको गहना । आफ्नो मर्यादालाई त्याग्नु वस्त्रहीन हुनु बराबर हो । नेपालको ऐतिहासिक घटनाक्रमलाई केलाउने हो भने आफू निर्दोष देखिन अर्कोलाई दोषारोपण गर्ने गरेका दृष्टान्त पनि छन् । यो प्रवृत्ति अहिले पनि निरन्तर देखिन्छ । पछिल्लो राजनीतिक घटनाक्रम नियाल्ने हो भने विचार र सिद्धान्तभन्दा स्वार्थ केन्द्रित राजनीति हाबी छ । राजनीतिक दल वा सङ्गठनभित्रका गठजोड अर्थात् ध्रुवीकरण तथा विभाजनका खाकाहरू निष्ठाका आधारमा हैन प्रतिष्ठाका आधारमा कोरिएका देखिन्छन् । हिजोसम्म एकै ठाउँमा बसेर चिरकालपर्यन्त सङ्गठनलाई योगदान गरेका व्यक्ति आज एकअर्कालाई सत्तोसराप गर्ने अवस्थामा पुगेका छन् । यो नेपाली राजनीतिमा देखा परेको विकृति हो राजनीतिक संस्कारहीनता पनि । यी र यस्तै भावधारालाई अति पो भयो कि ? शीर्षकको निबन्धले प्रतिबिम्बित गरेको छ । अति गरे खति हुन सक्छ । तसर्थ समयमै सचेत हुनु अपरिहार्य छ ।

पछिल्लो समयमा नेपाली साहित्यमा आत्मकथा प्रकाशनको बाढी नै आएको छ । वास्तवमा आत्माकथा प्रकाशन गर्नु आफ्नो इतिहासलाई इमान्दारितापूर्वक पाठकसामु पस्कनु हो । के प्रकाशित आत्मकथाहरूले यस धर्मलाई परिपालना गरेका छन् त ? यो गम्भीर प्रश्न बनेर उभिएको छ । निबन्धकारले आत्मकथा प्रकाशनलाई पनि रोगका रूपमा लिएका छन्, आत्माप्रशंसाको लोभ । आत्मप्रकाशनको लोभ स्वाभाविक होला तर आत्मप्रशंसाको लोभ हानिकारक छ । आफ्नो आत्मकथामा आत्मकथाकार इमानदार हुन नसकेको तथा आत्मकथा लेखनका केही आधारभूत सर्तसमेत पालना गर्न चुकेको जस्ता गम्भीर विषय निबन्धकारले आत्माकथा प्रकाशनको रोग शीर्षक निबन्धमा प्रस्तुत गरेका छन् । नेपालीमा पनि आत्माकथाको बाढी चलेको छ तर असली आत्मकथा बरमजियाको असली पेडा पसल जस्तै दुर्लभ छन् । अत: आत्मकथा लेखनलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा निबन्धकारको जोड देखिन्छ । थुप्रै आत्माकथाको सटीक समीक्षासमेत यस निबन्धमा गरिएको छ । यस निबन्धमा पुरानादेखि वर्तमानसम्मका प्रतिनिधि आत्मकथाको दृष्टान्त दिँदै निबन्धकारले आत्मकथाको कथा लेख्ने प्रयास गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समिति विघटन र गैरसरकारी संस्थाहरूको भविष्य शीर्षक निबन्धमा रेडक्रस सोसाइटीमा देखापरेका अनियमितता तथा बेथितिहरूलाई केलाउने काम गरिएको छ । वास्तवमा गैरसरकारी संस्थाहरूले उद्देश्यअनुकूल कार्यसम्पादन गर्न नसकेको आजको यथार्थ हो । गैरसरकारी संस्थाहरूले बाहिरी रूपमा जुन नारा दिएर सेवाको उद्घोष गरेका छन् अन्तर्यमा त्यस्तो नदेखिनु पनि एउटा तीतो सत्य हो । रेडक्रस सोसाइटी जस्तो मानवतावादी समाजसेवी संस्थालाई बदनाम गर्न भएका अनेकौँ प्रयत्नर्को चिरफार यस निबन्धमा गर्न खोजिएको छ ।

अन्तिमका दुई निबन्ध समालोचनात्मक निबन्ध हुन् । इतिहासको मूल विषयलाई केन्द्रमा राखेर लेखिएको महारानी उपन्यासको कृतिपरक समीक्षा उपन्यास महारानी : इतिहासको खानी शीर्षक निबन्धमा गरिएको छ । यस निबन्धमा महारानी उपन्यासले उठाएका ऐतिहासिक सन्दर्भहरूको समुचित व्याख्या विश्लेषण गर्ने काम निबन्धकारले गरेका छन् । नेपालमा ऐतिहासिक विषयवस्तुमा आख्यानको सृजना गर्ने परम्परा नौलो होइन तथापि यस परम्परामा सघनता आउन भने सकेको छैन । पछिल्लो समयमा आएर ऐतिहासिक विषयवस्तुलाई कथ्य बनाएर आख्यानात्मक पुस्तक रचना गर्ने परम्परामा बढोत्तरी आएको छ । साहित्य आफैँमा समाजको इतिहास हो । साहित्यले ऐतिहासिक घटनाक्रम ग्रहण गर्दा इतिहासलाई आधुनिक समाजमा अन्तरघुलित गरिएको हुन्छ । इतिहासलाई समयसापेक्ष विश्लेषण गर्नु ऐतिहासिक उपन्यासको वैशिष्ट्य पनि हो । यही कोणबाट महारानी उपन्यासको समीक्षा यस निबन्धमा गरिएको छ ।

आफैँलाई खोज्दा : केही छोपिएका केही उघारिएका विश्वम्भर प्याकुरेलद्वारा रचना गरिएको आत्मकथाको ग्रन्थ हो । यस ग्रन्थमा प्याकुरेलले वस्तुनिष्ठ भएर आत्ममूल्याङ्कन गरेका छन् । आफ्नो जीवनका केही उघारिएका र केही छोपिएका पक्षहरूलाई उजागर गर्नु प्याकुरेलको अभीष्ट रहेको देखिन्छ । आफैँलाई खोज्दा : केही छोपिएका, केही उघारिएका विश्वम्भर प्याकुरेल सङ्ग्रहको अन्तिम निबन्ध हो । प्रस्तुत निबन्धमा लेखक मिश्रले विश्वम्भर प्याकुरेलको आत्मकथालाई विषय बनाएका छन् । आत्मकथा लेखनको इतिहास केलाउँदै यसको सैद्धान्तिक कसीमा प्याकुरेलको आत्मकथाको वस्तुनिष्ठ मूल्याङ्कन गर्नु यस निबन्धको अभीष्ट रहेको देखिन्छ ।

प्रस्तुत निबन्धसङ्ग्रह कोरोनाकालको उपज हो तर कोरोनाको कथा भने होइन । विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोनाको कहरले मानव समुदाय भयग्रस्त जीवन बाँचिरहेको छ । कोरोना मानवघाती रोग हो । यसको विश्वव्यापी प्रभावबाट आजको मानव सभ्यता अछुतो रहन सक्ने अवस्था छैन । हुन त यो एउटा शारीरिक व्याधि हो तथापि यसका मनोवैज्ञानिक प्रभाव उत्तिकै घातक छन् । यो त केबल एउटा रोग हो यस्तै कयौँ सामाजिक र मानसिक व्याधि खेपेर बाँच्न विवश अभिशप्त नेपाली राजनीति र नेपाली समाजको मनोविज्ञानलाई केलाउने प्रयास मिश्रले प्रस्तुत निबन्धसङ्ग्रहमा गरेका छन् ।

अहिलेको मानवसभ्यता कोरोनाकहरमा हुर्किएको छ । यो वैश्विक महामारीले करिब डेढ वर्ष जति त जनजीवन प्रभावित पारिसकेको छ अझै कति समय यसको प्रत्यक्ष प्रभाव रहने हो यकिन गर्न सकिने अवस्था पनि छैन । यसको परोक्ष प्रभाव युगीन सङ्क्रमणका रूपमा दीर्घकालसम्म रहने सङ्केत देखिएको छ । तथापि खोपको विकास तथा चेतनाको विस्तारले यसका प्रभाव क्रमश: मत्थर हुँदै जानेमा आशावादी बन्न सकिन्छ तर समाजमा परम्परादेखि व्याप्त विभिन्न सामाजिक रोगको निर्मूलन कहिले होला ? इतिहासले कोरोनाकाललाई समग्रमा अन्धकारको युगका रूपमा चित्रण गर्ला तर एकजना इतिहासकारले यही कोरोनाकालको सदुपयोग गर्दै कोरोनाभन्दा खतरनाक सामाजिक रोगहरूको निदान गरी सफल शल्यक्रियासमेत गरेका छन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 327
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.