SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पुण्य खरेलको त्रिवेणीआमा उपन्यास
समीक्षा

पुण्य खरेलको त्रिवेणीआमा उपन्यास

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments15 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • समीक्षा
विष्णुकुमार भट्टराई (२००५, असोज १५, इलाम, नामसालिङ, घुमाउनेटार, सुपुत्र : काशीनाथ भट्टराई र मणिकर्णिका भट्टराई) पाका लेखक हुन् । उनका भक्तिदेखि लीलालेखनसम्म (२०५८), केही समीक्षा र लीलालेखन (२०७२), चिन्तन मन्थन र गन्थन (२०७७), बाँच्ने खेलका हारजित (२०७७) जस्ता समीक्षा र चिन्तन प्रधान कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भट्टराईको पुण्य खरेलको त्रिवेणी आमा उपन्यासमाथि लेखिएको समीक्षा समेटिएको छ । यस समीक्षाले मोटामोटी रूपमा उपन्यासका शास्त्रीय तत्व र सम्बन्धित उपन्यासलाई हेर्दै कृतिको विश्लेषणात्मक समीक्षण गरेको छ । समीक्षणका क्रममा केही विशेषताको निरूपण पनि गरिएको छ ।

-सम्पा.

प्रारम्भ
धेरै साहित्यिक पाठकहरूले पहिले नै पढिसकेको पुस्तक “त्रिवेणी आमा” । यो उपन्यास २०६६ सालमा साझा प्रकाशनले प्रकाशित गरेको हो । यसका उपन्यासकार पुण्यप्रसाद खरेल हुन् । खरेलको साहित्यिक परिचय गराइरहनु पर्दैन, एउटा सुपरिचित साहित्य साधक, शिक्षासेवी, समाज विकासको महत् उद्देश्यमा रातदिन नभनी श्रम गर्न सक्ने सत् संकल्पनिष्ठ युवा जोसको प्रतिमूर्ति व्यक्तित्व । २०३९ सालदेखि ताप्लेजुङबाट झापा झरेर काँकडभिट्टामा स्थायी बसोबासको चाँजो मिलाएका, त्यहाँबाट उमेरहदको कारण अवकास जीवन बिताउन बिर्तामोडको नयाँ वसपार्कमा सुबिधा सम्पन्न घर बनाई २०७४ सालदेखि ढुक्कै साहित्यको सेवा र कम्युनिस्ट आस्थाको राजनीतिक दर्शनअनुसार समाजलाई साँच्चै बदल्नमा लागिपरेका ७२ बर्षे यी लेखकले आफ्नो इच्छाअनुसारको पुस्तकालय घरमै राखेका छन्, अध्ययन र लेखनमा सदावहार जाँगरिला यिनले विभिन्न विधामा दर्जनको हाराहारी पुस्तक प्रकाशित गरेका छन् ।

सबभन्दा बढी पहाडको जीवनयापनमा बिहोर्नु पर्ने कठोरता र त्यो कठोरतासँग लडाइँ गर्दै बाँचिरहेका सदाशयी, सज्जन, गरिब र निम्छरा मानिसहरूको दुःख र केही महत्वाकाङ्क्षी मानिसहरूले देखाएको सपना साकार गर्ने सिलसिलामा गरिएको युवाशक्तिको दुरूपयोगले निम्त्याएको भयावह र त्रासद भवितालाई छर्लङ्याउनु यस उपन्यासको मूल विषयगत पक्ष हो ।

खरेलका कथा, निबन्ध, उपन्यास, यात्रावर्णन आदि विधाका कृतिहरू प्रकाशित छन् । स्थानीय पत्रपत्रिकामा समसामयिक विषयमा लेख लेख्न, पत्रिका सम्पादन गर्न, निरन्तर लागेका खरेलको योगदानको पाटो बहुआयामिक छ । मोलाइचा कम, सत्य तथ्यमा आधारित विश्लेषण गर्नमा भएको खरोपन, अध्ययनशिलता र बैचारिक दृढताले गर्दा यिनले धेरै साथीहरू कमाएका छन्, सबैसँग यिनले एकनास परिचय स्थापित गरेका छन् । शिक्षकको हैसियतबाट पाइनु पर्ने र हुनपर्ने सरकारी सुबिधाको लागि ताप्लेजुङमा हुँदै प्रसस्त सङ्घर्ष गरेका यिनको अनुभव निकै खारिएको छ । क्रान्ति र सङ्घर्ष यिनका लागि त्यो हदसम्म प्रिय छन् जुन हदसम्ममा समाजले काँचुली फेर्न सक्ने अवस्था होस् । यस लेखमा उनको त्रिवेणी आमा कृतिको समीक्षा गरिएको छ

त्रिवेणीआमा उपन्यास
त्रिवेणी आमा कृतिको आवरण डिजाइन निकै मर्मभेदी चित्रमा प्रस्तुत छ । आमा दुखका र ओैरस वियोगका चिन्ताले चिन्तित रहेको देखिन्छ । समानान्तर दुःखमा तीनवटी आमाहरू छन् एउटै परिवारमा, त्यसैले त्रिवेणी आमा नाम पनि सार्थक नै भएको देखिन्छ तर आवरणमा एउटी मूल आमाको मात्र तस्बिर अङ्कित छ ।

आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरिसकेका, निकै संख्यामा छोटा कथा लेखिसकेका, उपन्यास पनि “दोसाँधको घाम” जस्तो सफल उपन्यास लेखिसकेका पुण्यप्रसाद खरेलका लागि “त्रिवेणी आमा” लेख्नु कुनै असहज र समस्या अवस्य थिएन होला, तर यो उपन्यास लेख्न निकै सोचविचार गर्नु परेको कुरा उल्लेख गरेर लेखकीय दायित्वको गहन महत्त्वलाई सुरुमै यिनले “आफ्नैकुरा” मार्फत ओैँल्याएका छन् । यसबाट स्पष्ट बुझिन्छ– पाठकप्रति लेखकले विशेष उत्तरदायी हुनुपर्छ भन्ने महत्वपूर्ण सन्देश दिन लेखक चाहान्छन् । लेख्नु ख्यालठट्टा र खेलाँची होइन भन्ने पनि बुझेका छन् । यस अर्थमा यो कृति वैचारिक र सामाजिक समस्याका केन्द्रमा देखिन्छ ।

विषयवस्तु
त्रिवेणी आमा उपन्यासको विषय द्वन्द्वप्रधान छ । यस कृतिमा जनक्रान्तिका नाममा गरिएको जन दमन, नृशंस हत्या, बिरोध र त्यसको प्रभावले सर्वसाधारण जनतामा पारेको मानसिक पीडा, आर्थिक, समाजिक विचलन र शून्य उपलब्धिलाई नै मूल विषयवस्तु बनाइएको छ ।

प्रस्तुत कृतिमा मानिसले आफ्नो इज्जत र मर्यादामा रहन कति अबरोधहरूको कसरी सामना गर्नु परेको छ भन्ने यथार्थ चित्रण पाइन्छ । समाजमा कसरी मिलेर र फुटेर मानिस बसेका छन् भन्ने यथार्थलाई यसले राम्रैसँग प्रस्तुत गरेको छ । स्थानीय प्राकृतिक मनोहारिता र त्यसमा एकाकार भएको ग्राम्य जीवनलाई यस कृतिले ठिङ्ग उभ्याएको छ । समाजमा हुने असल र खराब स्वभाव र चरित्रका मानिसहरू यसमा प्रतिनिधिमूलक ढङ्गले उभिएका पाइन्छन् । समाजको थिति, रीति, संस्कृतिको जल्दोबल्दो उपस्थिति यसमा जीवन्त छ ।

सबभन्दा बढी पहाडको जीवनयापनमा बिहोर्नु पर्ने कठोरता र त्यो कठोरतासँग लडाइँ गर्दै बाँचिरहेका सदाशयी, सज्जन, गरिब र निम्छरा मानिसहरूको दुःख र केही महत्वाकाङ्क्षी मानिसहरूले देखाएको सपना साकार गर्ने सिलसिलामा गरिएको युवाशक्तिको दुरूपयोगले निम्त्याएको भयावह र त्रासद भवितालाई छर्लङ्याउनु यस उपन्यासको मूल विषयगत पक्ष हो ।

पात्रविधान
प्रस्तुत उपन्यासकी मुख्य पात्र सुमैना हो । ऊ २२÷बर्षको उमेरमा विधवा भएकी छ । ऊ एउटा गर्भे टुहुरोसहित दुई छोराकी आमा, दई छोरा डिल्लु र भवानी, दुई बुहारी शशी र प्रतिमा, पालित छोरी मीना, एउटा परिवार । सुमैनाका सासू ससुरा र देवरको अर्काे परिवार, साइली सुब्बेनी र उसको छोरो तिलहाङ अर्काे परिवार, घिमिरे गुरुको अर्काे परिवार र माइजुआमाहरूको अर्काे, उता अँैंसी हाटको नेवार परिवार (मीनाका बा आमाको) । यस्तैयस्ता पारिवारको एउटा पातलो बस्ती ।

यी सबै त्यो बस्तीको घाम, पानी, हावा, माटोमा पचेका, त्यसैले बनेका हुन् जस्ता, सुख दुःख सँगै सबैले भोगेका, धर्ती पुत्रहरू ।

उपन्यासकारको मुख पात्रका रूपमा घिमिरे गुरुलाई चिनिन्छ । शुद्ध कम्युनिस्ट आस्थाका धरोहर, समाज परिवर्तन गर्न गरिएका क्रान्तिका प्रेरक, धेरै कुरा बुझेका र बुझाउन सक्ने, युवापुस्ताका अभिभावक, गाउँ समाजका मान्य, निष्कलङ्क, परिश्रमका पर्याय । लेखकको बुझाइ अनुसारको कम्युनिस्ट आदर्शका पालक त्यसैले घिमिरे गुरु लेखकका मुखपात्र भएका छन् । तर यति शिक्षित र आदर्श भैकन पनि आफ्नै घरजहानलाई भने बैचारिक रुढताको पुरातन संस्कार छुटाउन नसकेका देखिन्छन्।

सुमैना आमा मुख्य पात्र । सबै प्रकारका दुःख र पीडाकी संबाहक, सासूको करकर, आर्थिक कमजोरीको मार, गाउँलेका बक्रदृष्टि, बैधव्यको अभिशाप, इत्यादि सम्पूर्ण दोष, पिर, पीडा, यातना, प्रताडना खपेर पचाएकी पात्र । सुमैना सायद यही परिस्थितिले गालिएर बढीनै अनुभवी भएकी छन्, उनमा बौद्धिकता सुहाउने भन्दा बढ्ता देखिन्छ । उनका चिन्तनमा र संवादमा उनका योग्यताभन्दा बढी उचाइमा उनलाई हामी पाउछौँ ।

सुमैनाका दुई छोरामा देखिएको पात्रत्वले दुबैलाई त्यो परिस्थिति र परिवेशको एकदम उपयुक्त पात्र बनाएको छ । भने सुमैनाका दुई बुहारीलाई धेरै आदर्श र ओैपचारिकताले लखेटेको देखिन्छ । बुहारीहरू प्रतिमा र शशी दुबैको शंकारहित समर्पण र सेवाले, संवाद र आचरणले उनीहरू पनि आवश्यकता भन्दा अधिक आदर्श हुन् कि भन्ने शङ्का गर्ने ठाउँ पाइन्छ । चिन्दै नचिनेको र देख्तै नदेखेको ठाउँ गाउँ परिवेश र पात्रसँग पहिलो पटक नै उनीहरू जसरी पेश भएका छन् र जसरी आफूलाई सह्मालेका छन् त्यसमा उनीहरूको आदर्श अधिक झल्केको पाइन्छ । शिक्षित हुनुपर्छ जस्तै परिस्थिति र पात्रसँग पनि तत्काल निशङ्क घुलमिल हुन सकिन्छ भन्ने तर्कको बलमा मात्र उनीहरूलाई स्वाभाविक मान्न सकिएला तर यस्तो हुनु सम्भव हुन्छ । सबैतिर र सधैं भन्ने यस्तो मान्न सकिन्न ।

मीना पालित पुत्री – उसलाई पाल्न, हुर्काउन, पढाउन र छोरी बनाउन सुमैनाको मातृहृदयले उपन्यासमा भनेजसरी नै सक्यो होला तर मीनाले सानै उमेरमा प्राप्त गरेको सुझबुझ र व्यवहार भने त्यसरी नै हुनुपर्छ भन्ने कुरामा उसको उमेरले साथ नदिनु पर्ने जस्तो देखिन आउँछ । उसकी आमाको हत्यामा ऊ जति परिपक्व देखिन्छे त्यति परिपक्व हुन उसको न त उमेर, न त शिक्षा न त अन्य उपयुक्त सङ्गत र बोध नै फेला पर्छ । उसका काम अलि अनौठा र अप्रत्यासित लाग्छन् ।

उपन्यासमा साइली सुब्बेनीको उपस्थिति र व्यबहार सुहाउँदिलो छ । तिलहाङ पनि पाठकले नपत्याउने गरी योग्य जिल्ला इन्चार्ज भइसकेको रहेछ । उसका बाबुसँग ऊ जसरी जोगिएको छ त्यो एकदम स्वाभाविक छ । साइली सुब्बेनीमा भएको मानवीय गुण र उसले सुमैनालाई गरेको सहयोग सराहनीय छ त्यसरी नै तिलहाङको मीनासँगको दाम्पत्य थाहा पाएपछि गरिएको व्यबहार एकदम उच्च परम्परा, संस्कृति र धर्म सहिष्णु देखिन्छ । उनले अनकनाउदै छोराको बिहे नेवारकी छोरीसँग भएको भए पनि स्वीकार गरेकी छन् ।

माइजू आमामा मातृवत् साहस भएको देखिन्छ । उनले सुमैनाका घरमा सुमैना र मीना माथि भएको अत्याचार बिरुद्धमा सैनिकलाई निस्तेज गर्न जुन भूमिका निर्वाह गरेकी छन् त्यसबाट आमाहरूमा हुने साहस र प्रेमको स्पष्ट उदाहरण पाउन सकिन्छ ।

उपन्यासमा अन्य प्रत्यक्ष र पाश्र्व चरित्रहरू छन् । ती स्वाभाविक छन् र थोरै पात्रहरूको मात्र इतिबृत्तमा फन्को मारेको यो उपन्यासमा भएको पात्र विधान उपयुक्त ठहर हुन्छ । यद्यपि मातृवर्गमा हुने मातृत्व, वात्सल्य, साहस र सरलता सबै मातृ चरित्रहरूमा बढी नै आरोपित गरिएको छ, अनपेक्षित छ तथापि परिस्थिति र परिवेशले त्यसलाई पाठकको अभिरुचिसँग लपक्क मिलाउन सकेकोमा उपन्यासकारको सीपलाई सराहना गर्नैपर्छ ।

युवा पाठकहरूका लागि आकर्षणको विषय भनेकै प्रेम हो तर डिल्लुले कैले कसरी प्रेम गर्याे, भवानीले जोडी बाँधिनु अघि कसरी प्रेम वार्ता सुरु गर्याे, यद्यपि भवानी र प्रतिमाको आपसी मिलनको भावुक उद्घोषले केही ठाउँ पाएको छ तथपि यथार्थताले त्यो प्रेमिल भावनालाई उत्कर्षमा पुर्याउनबाट रोकेको छ ।

उपन्यासमा केही यस्ता कमरेडहरू छन् तिनको गतिविधि, व्यबहार, बोली र तर्कहरूतिर पस्ता के पाइन्छ भने, तिनीहरू पनि एकसे एक छन् । उपन्यासकार स्वयम् पनि छापामार क्याडर, कमिसार, इञ्चार्ज, पोलिटब्युरो सदस्य र प्रमुख नेतृत्व गरिसकेको भूमिगत सङ्गठनको नेता रहेछ कि जस्तो भान पाठकलाई पर्ने गरी तिनीहरूको कार्यक्रम, व्यबहार, बोली र तर्कपूर्ण संवादको समायोजन गरिएको छ ।

उपन्यासमा कमरेडहरूका नाम फर्माउनदेखि उनीहरूका कार्यक्रम, बैठक, बैठकका एजेन्डा आदिको प्रस्तुतिमा पाठकलाई यस्तो भान हुन्छ एकातिर भने अर्कातिर भित्री हृदयले नै जनयुद्ध सफल र फलदायी होला भन्ने कुरामा चै समर्पित क्याडरहरू देखिदैनन्, भवानीमा र तिलहाङमा देखिएका तार्किक, बौद्धिक कमजोरी र अरूलाई विश्वस्त पार्न सक्ने क्षमता नदेखिनुले यस्तो भान हुन्छ ।

कथावस्तु
ऐतिहासिक दृष्टिले हाम्रो देश स्थापना कालदेखिनै विभिन्न खाले अन्तद्र्वन्द्वको शिकार हुँदै आएको छ । विभिन्न कालखण्डमा विभिन्न निहुँमा अन्तद्र्वन्द्वहरू सिर्जना भएको उग्र रूप लिएको र त्यसै कारणले विकास गर्न नसकेको कुराको साक्षी छ हाम्रो इतिहास ।

त्रिवेणी आमा उपन्यासको कथाले हाम्रो देशको एकदशकको यस्तै फलिफाप हीन, अनुत्पादक, अति मार्मिक, दुखद् र कारुणिक कथा बोकेको छ । यसले पहाडी जनजीविकाको कठोरता दर्शाएको छ । समाजमा द्वन्द्वले सिर्जेको वेथिति र मानसिक विचलन तथा बोझ र भौतिक बिनासलाई अघिसारेको छ । प्राकृतिक सौन्दर्यको पहिचान गराएको छ, हाम्रो समाज, बसोबास, रीतिथिति, हाम्रा सोचाइ, काम गराइ, हाम्रो सहिष्णु र अन्तर्मुखी स्वभावको प्रतिनिधित्व गरेको छ । सच्चा देशभक्त र इमान्दार कार्यकर्ताको सधैँ हार हुने गरेको इतिहासले गर्दा वर्तमान पनि सधैँ नौनारी गलेको भएर, बिद्रोहहीन, उर्जाहीन, चाहना र उच्च आदर्शाकाङ्क्षाहरू हीन भएर बितिरहे जस्तो लाग्छ यहाँ समेटिएका पात्रहरू भवानी र प्रतिमाको कथा पढ्दा र विश्लेषण गर्दा ।

जम्मा २५ खण्डमा लेखिएको, मिहिन, सरल र मिष्ट भाषिक प्रयोग भएको लेखाइले गर्दा पढिरहुँ जस्तो लाग्ने यो उपन्यासले २०५१ सलदेखि २०६६ सालसम्मको द्वन्द्वको प्रभाव त प्रत्यक्ष दर्शाएकै छ, अझ असफलतालाई नै सफलताको जामा लगाएर अहङ्कारको बेलुन फुलाइरहने नेतृत्व वर्गको आज २०७८ सम्मको गतिविधि र जनताले बिहोर्नु परिरहेको समस्यासम्मलाई आलोकित गरिरहेकै देखिन्छ । लेखकले आगतको यस्तो सही अनुमान लाउनु उसका लेखाइले सफलता चुम्नु हो ।

उपन्यासको अन्त्य यस्तो बरबादमुखी छ कि त्यसको आँकलन लेखकले पहिले नै गरेका छन् र त्यस्ता खाले निकृष्ट जनयुद्धले सामजमा र आम नागरिकमा पार्ने दूरगामी कुप्रभाव र नकारात्मक परिणाम यस्तै हुन्छ भन्ने देखाउन सफल भएका छन् । तीनवटै आमाहरूको विवशताको टुङ्गो लागेको छैन । उनीहरूले एक्ला एक्लै बाँच्ने लडाइँमा होमिनु परेको छ । खुसी खोसिएको छ, आनन्द लुटिएको छ, सपना टुटेका छन्, सन्तानको भविष्य अन्धकार छ । अरू परिवारमा पनि त्यस्तै भएको छ, घिमिरे गुरुको आदर्शले आफ्नै श्रीमतीबाट लोप्पा खाएको छ । जीवनको उत्तरार्ध आयु श्रीमतीको बिचारमा परिवर्तन गर्न नसकेको पिरमा पछुताएर बिताउनु परेको छ ।

साइली सुब्बेनीको छोरो तिलहाङले आफूखुसी विजातीय बिवाह गरेर आफू रमाए पनि उत्तरवयका बाबुआमाको निद्रा भोक र चैनलाई उसले बाँचुञ्जेलका लागि खोसिदिएको छ । सुमैनाका दुई होनहार छोराको अल्पायुमा मृत्यु भएको छ, ती निष्पाप गरिबले बिराएको केही थिएन तर आफ्नो आयु अनाहक समाप्त गर्नु पर्याे भन्ने देखाइएको छ ।

कथावस्तुले गरेको सङ्केत

त्रिवेणीआमा उपन्यासको कथाले गरेको सङ्केत निकै गहिरो छ । पहाडी जीवन कष्टकरको कष्टकर नै छ । बसाइँ सराइ तीब्रतम गतिमा भइरहेकै छ । पहाड रित्तिँदो छ मधेस भरिदो छ तर जनताका दुःख निवारण गर्ने दीर्घकालीन उपाय न पहाडमा अजमाइएको छ न मधेसमा ।

देशमा बृहत् शान्ति सम्झौता भएको जति सत्य हो त्यतिनै झुट हो । जनता स्वतन्त्र भएर सन्तुष्ट छन् भन्नु पनि झुट नै साबित भएको छ । देश दोस्रो जन आन्दोलनपछि धेरै विकसित भएको छ भन्नुमा पनि बेइमानी छ । एउटै मार्गमा, एउटै लक्ष लिएर (स्वतन्त्रताको बाटोमा, संसदीय प्रजातान्त्रिक व्यवस्थाको लक्ष) हिड्ने बाचाबन्धन गरेकाहरू नै अनेक टुट फुट, गुट र उपगुटमा बाँडिएर हैरानी बिहोरिरहेको चाल देख्ता एकातिर सम्झौता शब्दको अपमान भएको देखिदै गएको छ भने दिनानुदिन बढ्दो हत्या हिंसा, असुरक्षा र भ्रष्टाचारको स्थितिको विश्लेषण गर्दा अर्कातिर शान्ति शब्दको पनि अर्थ उल्टो भएको भान हुन्छ ।

उपन्यासको अन्त्य भागले सङ्केत गरेका यी कुराहरू बिचारणीय छन् । त्यत्तिको उत्साहसाथ लडिएको र गौरवशाली भनिएको जनयुद्धको परिणाम यस्तै हुनु मात्र सोचेका थिए त ती जनयुद्धमा मारिएका र मरेका निरीह जनता र लडाकाहरूले ? भवानीको र प्रतिमाको संवादमा युद्धप्रतिको वितृष्णा र नेतृत्वप्रतिको अविश्वास अनि सच्चा त्यागमा पनि उनीहरू दुवैमाथि नेतृत्वले गरेको शंकाको सिकार उनीहरू भएको देखाइएको छ कथामा ।

यसरी हेर्दा लेखक उपन्यासकार पुण्यप्रसाद खरेल साँच्चै लेखक ठहरिन्छन् । उनले उपन्यासमार्फत भविष्यको आँकलन जुन गरे त्यो हुबहु मिलेको देखिन आउँछ । कथाको अन्त्य जसरी गरे, न सुखद भन्न सकिने न दुखद जनयुद्धको अन्त्य पनि त्यस्तै छ, यथास्थितिमा नै छ, बरु अझ बमजोर हुँदै जाँदै छ, जनता राहत पाउने नाममा अझ आहत हुँदैछन् ।

प्रेम प्रसङगमा
उपन्यासमा द्वन्द्वपछि तीन मुख्य पात्रहरूले सुझबुझका साथ आपसी गाढा प्रेमको परिणाम स्वरूप विजातीय बिवाह गरेका कुरालाई महत्त्व दिएको पक्षलाई उजागर गरेको मान्न सकिन्छ । यस उपन्यासले यस्ता विविध पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

डिल्लुले पनि आपसी प्रेम पहिला भएपछि पारिवारिक जीवन शुरु गरेको छ, भवानी र प्रतिमाको पनि प्रेम बिवाह नै हो र तिलहाङ र मीनाको पनि । तर यी प्रेमी जोडीहरूका बिचमा हुनुपर्ने रोमान्टिक वार्ता र संयोग वियोगले उपन्यासमा युवा पाठकको रुचिअनुसारको ठाउँ पाएका छैनन् । यसरी गरिएका प्रेमले जनयुद्धमा कस्तो प्रभाव पार्याे भन्ने कुरामा पनि यथेष्ठ समीक्षा भएको छैन, यद्यपि कृतसङ्कल्प लडाकुहरूलाई यस्तो प्रेमबन्धनले केही विचलित मनस्थितितिर धकेल्ने रहेछ भन्ने सङ्केत भने परोक्ष रूपमा नै व्यक्त भएको बुझ्न सकिन्छ भवानी र प्रतिमाका बिचको वार्ताबाट गरिएको छ ।

युवा पाठकहरूका लागि आकर्षणको विषय भनेकै प्रेम हो तर डिल्लुले कैले कसरी प्रेम गर्याे, भवानीले जोडी बाँधिनु अघि कसरी प्रेम वार्ता सुरु गर्याे, यद्यपि भवानी र प्रतिमाको आपसी मिलनको भावुक उद्घोषले केही ठाउँ पाएको छ तथपि यथार्थताले त्यो प्रेमिल भावनालाई उत्कर्षमा पुर्याउनबाट रोकेको छ ।

तिलहाङ र मीनाको सानैदेखि दोहोरो प्रेम थियो भन्ने झिनो सङ्केत छ त्यो अपूर्ण जस्तो, त्यसले उपन्यासमा जस्तो पूर्णता पाउन त्यति मात्र पूर्व सङ्केत काफी हुन्छ भन्ने कुरामा युवा पाठकहरू विश्वस्त हुन्छन् भन्ने मान्न सकिने आधार छैन । यो द्वन्द्व र क्रान्तिलाई मूल विषय बनाइएको उपन्यास भएको हुनाले यसमा भावुक प्रेम र कल्पनाका उडान भरिएका कुरा लेखेर जनवादी लेखनलाई दुषित हुनबाट बचाउनका लागि लेखकले प्रेमप्रसङ्गलाई कम महत्त्व दिएको भन्ने बुझ्न पनि सकिन्छ ।

आञ्चलिकता
उपन्यासकार पुण्यप्रसाद खरेलको यो उपन्यासमा भाषिक बुनोट एकदम कलात्मक देखिन्छ । आञ्चलिकतालाई गर्लम्म अँगालेका लेखकले स्थानीय भाषाका मन चस्स छुने खालका तुक्काहरू, रहनी र थेगाहरू, वाक्धाराहरू र कतिपय स्थानीय चलन चल्तीका शब्दहरूलाई उपयुक्त ढङ्गले संवादात्मक शैलीमा उपयोग गरेका छन् । यसबाट लेखाइमा हुने मिठास बढ्नुका साथै आञ्चलिक प्रयोगमा सीमित भाषाका शब्दरुले साहित्यिक उचाइ प्राप्त गरेका छन् ।

उपन्यासमा जाजुल्ले, बाचट्टे, फतर फतर बोल्नु, अजेलो उठाउनु, झाँको हाल्नु जस्ता शब्द र तुक्काहरू, भालुको मन खन्युमाथि, कानु मुसालाई फोस्रो जौ जसोजसो भन्छौ उसो उसो लौ, जस्ता अनेकौँ आहानहरूको यथास्थानमा उचित प्रयोग गरी भाषिक सम्प्रेषणलाई पार्नसम्म प्रभाव पारेका छन् । यसले उनलाई भाषिक उपयोग र सम्प्रेषणमा मौलिक चिनारी गराउन मद्दत गरेको छ । एक कण्डिकाको अध्ययन पश्चात् यो लेखाइ फलाना लेखकको हो भनेर चिन्न सके पाठकहरूले भने लेखक मौलिक र सफल भएको मान्नुपर्छ । लेखक खरेल यसरी लिइने परीक्षामा पनि मौलिक साबित हुन्छन् त्यसकारण पनि यी सफल छन् ।

समग्रमा एउटा अभिशप्त ऐतिहासिक अँध्यारो कालखण्डलाई लेखकले हृदयतः अग्रगामी, उज्यालो र उपलब्धिमूलक थियो भन्न हिचकिचाएका छन् भन्ने यो उपन्यासको आधारमा भन्न सकिन्छ भन्ने मैले ठानेको छु ।

पञ्चायती शासन काललाई पहिलो जनआन्दोलन पछि कालरात्रीको संज्ञा दिए जस्तै दोस्रो जनआन्दोलनले त्यसअघिको कालखण्डलाई कालरात्री भने पनि यथार्थ त्यस्तो छैन । दोस्रो जनआन्दोलनको ओैचित्य स्थापित भइनसकेको अहिले सम्मको अवस्था हेर्दा लेखकले आजभन्दा बार वर्षअघि नै यो स्थिति बुझेका थिए भन्न मैैले आपत्ति मान्नुपर्छ भन्ने ठानिन । यसरी पाठकको अदालतमा आउँदा त्रिवेणी आमा उपन्यासका लेखक सिद्धहस्त उपन्यासकार हुन् भन्ने प्रमाण जुटाउन यो उपन्यास प्रसस्त छ भन्ने मेरो ठहर छ । यस पक्षलाई छोटकरीमा यसरी टिपोट गर्न सकिन्छ:

१) पढुँ पढुँ लाग्दालाग्दै उपन्यास सकिनु यसको सफलता ।
२) मिहीन भाषाशैली, सपाट वर्णन, मिठो शैली ।
३) आञ्चलिक भाषाको उपयोग र विकास ।
४) क्रान्तिकारी दस्ताको आन्तरिक गतिविधिको सूक्ष्म निरीक्षण र वर्णन ।
५) क्रान्तिको ओैचित्यमाथि परोक्ष शङ्का । क्रान्तिको अनौचित्य सावित ।
६) तीन आमाको कथा त्रिवेणी आमा । यथास्थितिको पुनः पुनः स्थापना ।
७) परिवर्तनका नाममा बसाइँ हिँड्नु र दुःख बेसाउनु मात्र ।
८) विकास निर्माण र जनस्तरको उन्नति प्रगति शून्य ।
९) परिवर्तनको संभावना शून्य भएको सङ्केत ।
१०) समयको जब्बर उपस्थिति ।
११) ऐतिहासिक प्रामाणिक दस्तावेज ।

लेखकका र यो कृतिका सफलता र संकेतहरू मोटामोटी यिनै हुन् ।

आफ्ना कुरा
पुण्यप्रसाद खरेलको यो कृतिको आद्योपान्त अध्ययन गर्न मलाई प्रेरित गर्ने केही पक्ष छन् । यसमाथि गरिएका केही टीकाटिप्पणीहरूको अध्ययनले मलाई फेरि पढ्न अभिप्रेरित गर्यो । । म उपन्यास लेखक होइन, तर कतिपय उपन्यासको पाठक अवश्य हुँ । नयाँ प्रविधि, शैली र लेखकीय दायित्वलाई सम्यक् ढङ्गले उपयोग गरिएको रचना पढ्ने रुचि बढी भएको हुनाले म आफूले पढेका कुनै पनि कृतिमा नयाँ कुरा के होला भनेर खोज्ने गर्दछु र गरेको छु ।

लेखकले आफ्नोतर्फबाट छाँटेको मपाईंपनले भरिएको कृति पढ्नमा मेरो रुचि भएन । उपन्यासकै कुरा गर्दा पनि “रूपमती” पछि पढिएका अनेक उपन्यासभन्दा बेग्लै परिवेशको र नयाँ संसारको सिर्जना गरेर लेखिएको चपाइएका अनुहारहरू ले मैले पहिले पढेका सारा उपन्यासहरूलाई फिका बनाइदिएको थियो । अग्निदत्त प्लस अग्निदत्त र फूलको आतंक जस्ता केही नयाँ शैली र सूक्ष्मतम कुराहरूको गहिरो गरी गरिएको विश्लेषणले भन्दा “सुम्निमा” र “तीनघुम्ती” हुँदै “मोदिआइन” सम्म आइपुग्दा त्यसले देखाएको अलग्गै क्षितिजको कपाटले अझ नयाँ संसार चिनाउने आँखा खोलिदिएको थियो । नयाँको खोजमा पस्तै जाँदा इन्द्रबहादुर राईको शैली र विश्वबोधी शाश्वत बिषयको चिन्तनपरक लेखाइमा चुर्लुम्म डुब्न पुगियो ।

उनका लेखाइमा भएको सम्प्रेषणीय तागतको जादुमय प्रभाव कसैलाई काउछो साबित हुन्छ भने कसैलाई शीतल मलम हुन्छ । मेरो द्विविधा ग्रस्त मानसिकताले उनको लेखाइमा किनारा पाएको अनुभव ग¥यो । अब नयाँ शैली र नयाँ चिन्तनपरक लेखाइ मात्र आफ्ना रोजाइमा पर्न थाले । तर रोजाइमा परेकै मात्र पढ्न पाइन्छ भन्ने त छैन । पढ्नै पर्ने हुन् ऐतिहसिक महत्वको विषयमाथि बिचार गरिएका कृतिहरू, पढ्नै पर्ने हुन्छन् जीवनी र संस्मरणहरू, पढ्नै पर्ने हुन्छन् सामजिक इतिहास साबित भएका आख्यानहरू, पढ्नैपर्ने हुन्छन् यात्रानुभवहरू । यस्तै पढ्नै पर्नेमा दरिएको जनयुद्धको नाममा गरिएको जघन्य अपराधको दस्ताबेजको सक्कली स्वरूप प्रस्तुत भएको कृति त्रिवेणी आमा ढिलै भए पनि पढ्न पाएर म खुसी भएँ ।

लेखक साहित्यकार मित्र पुण्यप्रसाद खरेललाई सहस्र साधुवाद, जसले लेख्नु पर्ने गरी भनेर पढ्न दिए, पढ्नु त अनिवार्य थियो पढेँ नै । यति लेख्न लाग्ने जाँगर पनि उनै लेखकले दिएको हुनाले साधुवादको पोको अर्काे पनि उनै लेखकलाई ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 1,120
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.