SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » हरि अधिकारीको निबन्धको चिरफार
निबन्ध

हरि अधिकारीको निबन्धको चिरफार

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 26, 2021No Comments14 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

हरि अधिकारीको नयाँ पुस्तक ‘संकलित गद्यरचना’को पुछारमा रहेको समालोचक तथा पत्रकार राजकुमार बानियाँको ‘दृश्यमान शब्दहरूको मोहक नृत्य’ शीर्षकको भूमिकाले यो पुस्तकका बारेमा दूध-पानी छुट्याइसकेको छ । यहाँ निबन्धकार हरि अधिकारीको इतिवृत्ति केलाइएको छ । निबन्धकारका निजी जीवनभित्र प्रवेश गरी निजका स्वभाव, शैली, कार्य तथा समग्रतामा दृष्टि पुर्‍याइएको छ ।

किनकि अधिकारी र बानियाँ मित्र-साथी भएकाले त्यो अधिकार पनि हो सायद । तर म चाहेर पनि हरि अधिकारीको निजी जीवन तथा उनका व्यक्तिगत प्रभावबारे पस्न सक्तिनँ । त्यसैले मैले यही पुस्तकको पातामा लेखिने निबन्धकारलाई मात्र केन्द्रीय भागमा राख्नुपर्छ । पुस्तकभित्र जम्माजम्मी २३ वटा निबन्ध/प्रबन्धहरू संकलित छन् । यहाँ तिनको क्रमश चर्चा गरिएको छ :

असीमित अवसरहरूको देशमा एक जोडी नेपाली

यो आत्मपरक निबन्ध हो । आफ्नो छोरा र बुहारीको स्वदेशी/अमेरिकी सामाजिक विधानका कथावस्तुमा आफूलाई मिसाएर लेखक अधिकारीले यो निबन्ध लेखेका छन् । नेपालमा हुनेखाने मान्छे पनि स्वर्गीय कल्पनाको मोहमा अमेरिका छिरेको र डायस्पोरिक पीडा खेपेको पहिलो पुस्ताका कुरा लेखेका छन् । अमेरिका पुगेको मान्छे न नेपाल र्फकन सक्छ, न अमेरिकामा बस्न मन लाग्छ । अमेरिकामा किन बसेको भन्ने कुराको पनि उत्तर छैन । नेपाल किन नफर्किएको भन्ने कुराको पनि उत्तर छैन । यही भावभूमिमा यो निबन्ध लेखिएको छ ।

बस बिसौनीमा पर्खिबस्दा

यो निजात्मक निबन्ध हो । लेखकले दशैँमा काठमाडौंमा बस कुर्दाकुर्दै गरेको विवस भावभूमिमा यो निबन्ध तयार पारेका छन् । यो निबन्धमा बस व्यवस्थापनको अकर्मण्य, सरकारको गैरजिम्मेवारी, तथा जनताको निरीह परिवेशलाई एकै सर्कामा प्रभावोत्पादन गर्ने गरी व्यक्त गरेका छन् । नेपालको सर्वाङ्ग यथा परिस्थितिको चित्रण यो निबन्धको विचार पक्ष हो ।

बलबहादुर पाँडेको मार्मिक कथा

यो सायद प्रबन्ध हो । लौहपुरुष गणेशमान सिंह जेल पर्दा एकजना राजबन्दी बलबहादुर पाण्डेको जेलभित्रको अवस्थाबाट मानसिक सन्तुलन गुमेको अवस्थामा गणेशमान सिंहले आफ्नो घरबाट सामग्री ल्याएर उसको सेवा गरेको, गुहुमुत सोहोरेको आदि दर्दनाक अवस्थाको चित्रण छ । यो प्रबन्धमा मूलत तत्कालीन निरङ्कुश राजनीतिक व्यवस्था र आन्दोलनको प्रकृया र तत्कालीन नेताहरूको त्याग विचार पक्ष हुन् ।

भैरव अर्यालको अन्त्यको दुःखदायी कथा

यो निबन्धमा महान हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालको अवस्थालाई मूल विषयवस्तु बनाइएको छ । गोरखा पत्रका जागिरे तिनै भैरव अर्यालले २०३३ सालमा आत्महत्या गरेको कुरालाई केन्द्रीय भावभूमिमा उनको जीवनका अनेकौँ पाटाहरू उजागर गरिएको छ । भैरव अर्यालको लघुताभाषको मनोरोगका कारणले उपयुक्त वातावरण पाउँदापाउँदै पनि जीवन त्याग गर्नु र साहित्यका साथीभाइले उनको परिवारको बन्दोबस्त यथाशक्य मिलाउनुले एउटा सन्तोष गर्ने ठाउँ रहेको छ । साहित्यकारको जीवनको दशालाई विचार बनाइएको छ यो निबन्धमा ।

बीपी कोइरालाको अन्तिम सार्वजनिक अभिनन्दन

२०३७ साल बैसाख २० गते भएको जनमत सङ्ग्रह र त्यसले त्यो बेला खेलेको राजनीतिक भूमिकालाई आधारभूमि बनाएर लेखिएको छ प्रबन्ध हो । यो घटनाले क्षयी भएको नेपालको प्रजातान्त्रिक राजनीतिक आन्दोलनमा २०३८ सालमा निर्वाचित भएको अच्युतरमण अधिकारी अध्यक्ष, लेखक हरि अधिकारी उपाध्यक्ष भएको टिमले २०३८ साल माघ १६ गते डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको भवनमा गरेको बीपीको सार्वजनिक अभिनन्दनले दिएको प्रजातन्त्रका लागि राहतलाई महत्त्वपूर्ण मानिएको छ । तत्कालीन राजनीतिक अवस्था र प्रजातान्त्रिक विचारलाई यो प्रबन्धमा मूल सन्देश बनाइएको छ ।

प्रसङ्ग सूर्यप्रसाद उपाध्यायको चर्चा कांग्रेसको इतिहासको

यो प्रबन्धमा नेपाली कांग्रेसका प्रभावशाली नेता सूर्यप्रसाद उपाध्यायको इतिवृत्तिको चर्चा गरिएको छ । सूर्यप्रसाद उपाध्यायलाई एकातिर संघर्षशील, कुटनीतिज्ञ, त्यागी तथा अति तिक्ष्ण विद्वता भएका नेताको चर्चा गरिएको छ भने अर्कातिर मातृका प्रसाद कोइराला, डाक्टर डिल्लीरमण रेग्मी जस्तै पलायनवादी नेता याने कि नेकालाई धोखा दिएर जाने नेताको रूपमा चित्रण गरिएको वर्तमान नेपाली राजनीतिका सामू यी दुई विचार पक्षका अन्तर्यमा पुगेर सत्यतथ्य बुझ्न सबै पाठक तथा परिवेशलाई केही यथार्थ पस्केर लेखकले अनुरोध गरेका छन् ।

कामरेड एम्बीसँगको त्यो भेट

यो निबन्ध एमबी याने मोहनविक्रम सिंह भूमिगत भएका बेला लेखकले लिन खोजेको अन्तरवार्ताका भावभूमिमा लेखिएको छ । ‘नेपाली आवाज’ नामक साप्ताहिक पत्रिकाका पत्रकार रहेको बेला उनले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा चर्चामा चुलिएका एमबीसँग अन्तरवार्ता लिएको कठिन परिस्थितिको संस्मरण छ । यसबाहेक यो निबन्धमा नेपालको कम्युनिष्ट पार्टीका चिराचिरा तथा विविध च्याउ उम्रेसरी उमि्रएका घटकहरूको विभाजित अवस्थाको यथार्थ चित्रण छ । स्थापनादेखि वर्तमानसम्म कम्युनिष्ट पार्टीमा देखिने गरेको विभाजनकारी प्रवृत्तिमाथि निकै सूक्ष्म दृष्टि दिइएको छ ।

गणेशमान सिंहसँगको त्यो अन्तिम भेट

यो निबन्ध गणेशमान सिंहका पेरिफेरिमा लेखिएको छ । लेखक अधिकारी पत्रकार तथा नेपाली कांग्रेसका अविचल अध्येता वा अट्टुट समर्थक भएकाले यो निबन्धमा गणेशमानको व्यक्तित्व तथा दूरदृष्टिलाई राम्ररी वैचरिक तथा सामाजिक दृष्टिकोणले प्रष्ट पारिएको छ ।

लेखकले लौह पुरुष गणेशमानलाई अन्तिम पटक भेटको र उनको गलित तथा हरेश खाएको, नेपाली राजनीति र नेपाली कांगे्रसको अवस्थाबाट चिन्तित बनेको अनुहारलाई कलात्मक तरिकाले वर्णन गरेकाले एकदम पठनीय बनेको छ । कांग्रेस र कम्युनिष्टका बीचको संयुक्त जनआन्दोलन गणेशमानको पहिलेदेखिकै एजेण्डाका बारेमा विहंगम दृष्टि पुर्याइको छ । बीपीले गणेशमानको विचारलाई नमानेको प्रसङगसमेत कोट्याइएको छ । यो निबन्धको विचार पक्ष भनेको कांग्रेस तथा कम्युनिष्टका बीचको न्युनतम सहकार्यको औचित्य रहेको छ ।

हिमालको कथा : म हुँ शैलाधिराज हिमालय पर्वत

यो निबन्धमा हिमालको आत्मकथात्मक शैली अपनाइएको छ । विश्वका अरू अग्ला चुलीहरूको सूचना दिँदै हिमालको इतिहास, भौतिक, भौगोलिक तथा राजनीतिक अवस्थिति केलाइएको छ । हिमाल आरोहणमा देखिने फोहोर मैलाको कारणले उत्पन्न भएको मानवीय दुष्प्रवृत्तिमाथि पनि प्रहार गरिएको छ ।

हिमालको दुर्दसा भएको कुराको चित्रण गर्दै वातावरणका कारणले हिउँ पग्लिने क्रम तीव्र, त्यसले हिमालको सुन्दरतामा पारेको असर, हिमपातको कुरा, हिमालबाट बग्ने ठूला नदी प्रणाली सिन्धु, ब्रहृमपुत्र, गंगा आदि, हिमालका तालहरू, शिव पार्वतीको कथा र धार्मिक आवरण सबैसबै कुरा अटाएका छन् । यो आलेखलाई निबन्ध र प्रबन्धको फ्युजन मान्न सकिन्छ ।

हुआँ कार्लोसको अभिन्दन

नामक निबन्धमा स्पेनका संवैधानिक राजा हुआँ कार्लोसको नेपाल आगमनका अवसरमा नगर पञ्चायतका तत्कालीन प्रमुख हरिबोल भट्टराईले अभिनन्दन गर्दाको अभिनन्दन पत्रमा नेपालको तत्कालीन राजनीतिक अवस्थाको चित्रण गरिएको छ । र ज्ञात कुरा के भने यो अभिनन्दन पत्र नेपाली कांग्रेसको अट्टुट समर्थक लेखक अधिकारीले तयार पारेको प्रसङ्ग छ ।

यो निबन्धको केन्द्रीय विचार भनेको नेपालका निरङ्कुश राजालाई अनौपचारिक रूपमा नै भए पनि संवैधानिक बन्न र जनताका अधिकार जनतालाई नै सुम्पनु भन्ने आहृवान गर्नु हो ।

काठमाडौं, नेवाः खाजाघर र मेरो राज्य

अत्यन्त गजबको निजात्मक अनुभूतिको निबन्ध हो यो । त्यसमा मोफसलबाट काठमाडौं छिरेको एउटा नेपाली युवकको सङ्घर्षको कथा छ । केही गरे कसै गरे पनि काठमाडौंले नपत्याएको नमजाको अनुभूति छ । तर पनि लेखक यो काठमाडौंको गुणलाई बिर्सन सक्दैनन् ।

तत्कालीन परिवेशको काठमाडौंको पीपल बोट, कफी हाउस, इन्दिरा रेस्टुरेन्ट र जुत्ता पालिस गर्ने बाहुनको कथाले एउटा युगबोध हुन्छ । मिलेर बसेको काठमाडौंमा नेवा राज्यको अवधारणाको प्रवेशप्रवृत्तिको मजाले विरोध गरेका छन् । यसको विचार पक्ष भनेको नेपालबाट सहिष्णुता हराउँदै गएको चित्र उतार्नु हो ।

एक नदीको कथा उसकै शब्दमा

यो निबन्धमा गण्डकी नदीको इतिहास, कथा, सभ्यता, भूगोल तथा समस्याका बारेमा आत्मपरक शैलीमा विवेचन गरिएको छ । नेपालमा अनेकन नामले पुकारिने नारायणी नदी भारत टेक्नेबित्तिकै गण्डक भएको यथार्थ छ । यो आत्मपरक निबन्धमा गण्डकी नदीको महत्तालाई विचार पक्षमा राखिएको छ ।

प्रसङ्ग महाकवि देवकोटाको बनारस प्रवासको

यो निबन्ध लक्ष्मी प्रसाद देवकोटाको जीवनीसँग जोडिएर आएको छ । उनकी श्रीमती फजुलखर्ची, अन्धधर्मात्मा भएको र कवि आफैँ कल्पना लोकमा रमाउने भएकाले यी दुईको दाम्पत्य जीवनमा माया प्रेम तथा समझदारी तथा व्यवस्थापनको अभाव भएको चर्चा गर्दै परिवारभित्र जन्मिएको अव्यवस्था सिर्जना भएको तथ्य प्रष्ट पारिएको छ ।

यो निबन्धमा देवकोटाको बनारस प्रवाश तथा कृष्णप्रसाद भट्टराईका घरमा आश्रय लिएको कुरा र बनारसमा पनि कविता बेचेको कुरा ज्यादै मार्मिक तरिकाले वर्णन गरिएको छ । निबन्धको विचार पक्ष भनेको देवकोटा जस्ता कविको अव्यवस्थाको वर्णन गर्नुरहेको छ ।

सन्दर्भ लिज्वन भ्रमणको कुरो धेरैतिरको

संस्मरणात्मक निबन्ध लेखक नेपाल व्यापार केन्द्रका निर्देशक भएको आधारमा लिज्वन वर्ल्ड एक्स्पोमा भाग लिन गएको पोर्चुगलको राजधानी लिज्वन घुमाइका निजात्मक अन्तर्यमा घुमेको छ । पोर्चुगल र नेपालका बीचमा रहेको अनभिज्ञताको तुलना गरिएको छ ।

पोर्चुगललाई सम्झँदा विश्वप्रसिद्ध नाविक भास्कोडिगामा तथा फुटवलको माध्यमबाट नेपालीले पोर्चुगललाई चिनेको कुरा उल्लेख छ । पोच्युगलले नेपालीलाई जड्ग बहादुरको बेलायत यात्रा, पहिलो र दोस्रो विश्वयुद्धको बेला नेपाली सेना भएर युरोप घुमेका नेपालीहरू, गोरखा भर्तीका कुराका आधारमा चिनेको प्रसङ्ग छ । यो प्रसङ्गमा लेखकले झेल्नु परेको नेपालको कर्मचारी तन्त्रको जालोको पनि वर्णन गरिएको छ ।

नारायण बहादुर सिंह र मधुपर्क केही सम्झना

यो निजात्मक निबन्धमा लेखकका प्रारम्भिक दिनमा काठमाडौंमा साहित्यिक कामका लागि खेप्नु परेको कहर वर्णन गरिएको छ । नेपालको सरकारी साहित्यिक पत्रिकामा आफ्नो रचना छपाउन तीन त्रिलोक देखेको याने कि धेरै पापड बेल्नु परेको कुरा उल्लेख छ ।

यही झोँकमा लेखकले आफैँले ‘प्रतीक’ नामक साहित्यिक पत्रिकाको प्रकाशन गरेको चर्चा छ । तर सÅदयी कार्यकारी सम्पादक नारायण बहादुर सिंहको कारणले बल्ल मधुपर्कमा रचना छापिएको सुखद क्षणको सम्झना गरिएको छ । यो निबन्धले सरकारी तथा स्तरीय भनिएका पत्रिकामा आफ्ना लेख रचना छाप्नका लागि चिनिनु पर्ने, भनिनु पर्ने वा आफ्नो मान्छे हुनु पर्ने नेपाली यथार्थ चलनमाथि प्रहार गरेको छ ।

सरल मानिस जटिल कवि

निबन्धमा लेखक अधिकारी र कवि मोहन कोइरालाका बीचमा भएका अन्तरसम्बन्धहरू निजात्मक तरिकाले अभिव्यक्त भएका छन् । मोहन कोइराला सरल व्यक्तित्वका धनी तर जटिल कविता लेख्ने कविका रूपमा नेपाली साहित्यमा प्रसिद्ध छन् ।

सरकारको सेन्सरमा पर्नु पर्ने तथा कोप भाजन बन्नुपर्ने दिन थिए ती । त्यस कारण आफ्ना कवितामा विविध प्रतीक, विम्ब तथा स्वैर कल्पनाका कलात्मक माध्यमबाट स्वतन्त्रताको आन्दोलनलाई तिब्र पार्नु पर्ने तथा प्रजातान्त्रिक आन्दोलनको मेहरो कुदाउनु पर्ने बाध्यात्मक परिस्थिति भएको त्यो निरंकुश दिनमा कविको जटिल कविता लेखन कृत्यलाई सुन्दर तरिकाले वर्णन गरिएको छ ।

मेरो प्रिय जन्मभूमि कुशादेवी बिहाबर

यो निजात्मक निबन्धमा लेखक अधिकारीको जन्माइ, हुर्काइ, बढाइ, पढाइ आदिको समीचिन र कौतूहल तरिकाले व्यक्त गरिएको छ । लेखक जन्मेको कुशादेवी गाउँ सामाजिक चेतनाको एउटा प्रतिनिधि मात्र हो ।

यो निबन्धका आधारमा तत्कालीन नेपाली समाज व्यवस्था, विकासको मोडेल, सामाजिक चेतना, राजनीतिक व्यवस्था, आर्थिक स्रोत तथा समग्र युग बुझ्न सकिन्छ । यो निबन्ध त्यस बेलाका आम मान्छेको यथार्थ हो ।

लोकपि्रय कवि राहत इन्दिौरीको निधनमा

भारतीय कवि राहत इन्दौरीको कोरोनाको कारणले सन् २०२० मा भएको निधनमा उनैप्रति समर्पित निजात्मक अनुभूतिजन्य निबन्ध हो यो ।

सामान्य मिस्त्री परिवारमा जन्मेर र्ऊदु साहित्यमा एमए गरेका र संसारभरि र्ऊदु तथा हिन्दी सायरी गजलका माध्यमले प्रख्यात इन्दौरीको कविमहत्ताको चर्चा गरिएको छ । यो निबन्धले लेखक कविलाई राष्टले गर्ने विभेद तथा हेला र तिनका कवितामा हुने शक्तिका बारेमा निकै मर्मस्पर्शी तरिकाले प्रष्ट पारिएको छ ।

सुभद्रा अधिकारी एक शब्दचित्र

निबन्धमा लेखक अधिकारी तथा निजकी अर्धाङ्गनिीको प्रसिद्ध कलाकार सुभद्रा अधिकारीसँगको व्यक्तिगत, सोहार्द तथा प्रेमील सम्बन्ध उजागर पारिएको छ । सुभद्रा अधिकारीको अवसानपछि त्यसले जीवनमा पारेको/परेको मानसिक अखटो, प्रेमील प्रभाव यो निबन्धमा उल्लेख गरिएको छ । समाजमा मानवीय सम्बन्धको महत्ता देखउनु यो निबन्धको विचार पक्ष हो ।

सुन्दरीजल जेलमा भट्टराईको अन्तिम डायरी

आलेखमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सुन्दरीजल जेलमा राखिएको र बीपीलगायत अन्य नेता कागज गरी जेलबाट रिहा भएको र भट्टराईले कागज गर्न नमानेका कारणले जेलमै बस्नु परेको प्रसङ्गमा उनलाई नक्खु जेलमा सार्नुभन्दा अधिल्लो रात लेखेको डायरीलाई हुबहु यो संग्रहमा समावेश गरिएको छ ।

यसले तत्कालीन अवस्थाको नेपाली कांग्रेसको मनोवैज्ञानिक अवस्था तथा समग्र देशको राजनीतिक अवस्थाका बारेमा प्रचुर व्याख्या गरेको छ ।

क्रान्तिकारी किशोरीको सान्निध्यमा केही क्षण

कथात्मक शैलीमा कुतूहलता उत्पन्न गर्दै लेखिएको निबन्ध हो । लेखक कवि सम्मेलन दाङमा गएका बेला रोल्पाको माओवादी सिविरमा रहेकी एउटी छापामार युवतीसँग अन्तरवार्ता लिने परिपञ्चका बेलाको मानसिक द्वन्द्न्व यो निबन्ध लेखिएको छ । त्यस कारण स्वाभाविक रूपमा छापामार विवस ती युवतीको इतिवृत्ति, नियति, स्वतन्त्रताको चाहना, अनभिज्ञता तथा बाध्यतालाई सम्मोहित तरिकाले व्यक्त गरिएको छ । यसले तत्कालीन माओवादी छापामारहरुको दुख दर्द तथा झुटो राजनीतिक व्यवस्थाको मीठोसँग पर्दाफास गरेको छ ।

यो पोखरा त्यो पोखरा

लेखक जागिरका सिलसिलामा २०२९देखि २०३१ सम्म पोखरामा बसेको सम्झना स्वरूप लेखिएको संस्मरणात्मक निबन्ध हो यो । यसमा तत्कालीन पोखराको राजनीतिक, आर्थिक, सामाजिक, यौनिक तथा वौद्धिक विषयमा निजात्मक अनुभूति प्रकट भएको छ । निबन्धले तत्कालीन पोखरालाई प्रतीक बनाएर समग्र सभ्रान्त नेपाली सहरको आश्चर्यजनक तथा रहरलाग्दो वर्तमानको रेखाचित्र कोरिएको छ ।

प्रसड्ग एउटा कविताको आँकलन त्यसको सामर्थ्यको

यो निबन्धमा लेखकले पाकिस्तानी कम्युनिष्ट कवि फैज अहमद फैज (१९११-१९८४) को कविता ‘हम देखेंगे’को कवितासामथ्र्यका बारेमा लेखौट लेखिएको छ । उनले त्यो कविता निरङ्कुश जियाउल हकको फौजी शासनका विरुद्धमा लेखेका थिए ।

पाकिस्तानमा यो कविता प्रतिबन्धित थियो । पाकिस्तानलगायत दक्षिण एसियाका देशहरूमा स्वतन्त्रता तथा समानताको बिगुल फुक्ने गीत भएको थियो त्यो कविता । पाकिस्तानमा पनि प्रसिद्ध गजल तथा सुफी गायिका इकवाल बानोले हिम्मत गरेर गाएको हुनाले उनलाई सलाम गरिएको छ । सारमा साँचो कविताको सामथ्र्य भनेको विश्व हल्लाउने हुन्छ भन्ने सन्देश छ । यही कविताका माध्यमबाट विविध नामका निरङकुश शासनलाई चुनौती पनि दिइएको छ ।

विशेषता

निबन्ध/प्रबन्धमा भएका मूलभूत विषय र प्रवृत्तिको चर्चा गरिसकेपछि यो कृतिको तथा कृतिकारको कृतिपरक विशेषताका बारेमा केही लेख्ने जमर्को गरेको छु । कृतिभित्रबाट मात्र हेर्दा मूलरूपमा तीन विशेषता देखिन्छन् ।

पहिलो विशेषता कृतिभरि सेमेटिएको सशक्त भाषा हो । कुनै विचार प्रकटीकरणका लागि भाषा सशक्त माध्यम हो । भाषा जति सशक्त भयो उति स्तरीय, पठनीय र बोधीय हुन जान्छ । त्यसमाथि झन् साहित्यमा सशक्त भाषामा विचार प्रक्षेपण गर्नु बान्छित नै हुन्छ । यो कृति पढिरहँदा म कृतिकार अधिकारीको भाषासँग आफैँ घुलेको छु ।

कृतिभरि नेपाली भाषाका ठेट शब्दहरूको प्रयोग छ । वाक्य विन्यासमा चमत्कारिकता छ । शब्द चयनमा चातुर्य छ ।

यहाँसम्म कि कांग्रेसका लागि र कम्युनिष्टका लागि अलगअलग शैलीको भाषा प्रयोग गर्नसक्ने र ती दुवै अलग-अलग आसयका भाषामा पनि समान मीठास छर्नसक्ने क्षमता निबन्धकारमा रहेको छ । याने कम्युनिष्टको विरोध गर्दागर्दै पनि क्षुऽभाषाको छनक सम्म पनि छैन । यो भन्दा तिलस्मी भाषा तथा भाव प्रक्षेपण के हुन सक्ला र ? प्रमाणका लागि लेखक आफैँ भन्छन्, ‘यो निबन्ध/प्रबन्धहरूमा तपाईँहरू मैले लेख्ने गरेको नेपाली गद्यको बान्की देख्नु हुनेछ । लेख्न बस्दा नेपाली भाषाको जीवन्तता र लालित्यको संरक्षणप्रति सजग रहन प्रयत्न भने गरिरहेकै हुन्छु ।

यो कृतिमा लेखक कृतिभित्र विविध खाले विषयवस्तु प्रक्षेपण गर्न खप्पीस देखिन्छन् । आख्यान तथा गैरआख्यान निबन्धको फ्युजन गराउन सक्ने क्षमता लेखकमा देखिन्छ । यसो भनिरहँदा लेखकको यस विषयमा अनभिज्ञता भने पटक्कै होइन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । एउटै निबन्धभित्र विविध परिवेश र विचार पक्षलाई खाँद्न गर्न सक्ने निबन्धकार हुन् हरि अधिकारी । निबन्धभित्र अनेकन विचार सङ्केतन गरिएको छ । पाठकको चेतअनुसार जति विसङ्केतन गरे पनि विचार सामग्रीको अपुग भने हुने छैन ।

किनकि कृतिमा नै देखिन्छ कि उनको ज्ञानको क्षितिज निकै फराकिलो छ । स्वदेश तथा विदेशका दर्शन तथा परिघटनाका परिवेशलाई फ्युजन गराएका लेखकको अनुभव तथा ज्ञानको क्षितिज व्यापक छ । इतिहास, साहित्य, भूगोल, राजनीति तथा पत्रकारितामा खरो देखिएका लेखकमा चुली ज्ञान देखिन्छ ।

यसो भएकाले निबन्धकारलाई मैले यो कृति पढेर इमान्दार र नीर्भिक लेखकका रूपमा मानेको छु । उदाहरण, आफू कृष्णप्रसाद भट्टराईको सोर्सले नेपालको व्यापार प्रवर्धन नामक सरकारी संस्थामा कार्यकारी प्रमुख भएको कुरा पनि नलुकाई खुलस्त लेखेका छन् । पोखराको आफ्नो यौनिक सम्बन्धको पनि शालीन प्रस्तुति दिएका छन् । यस्तो कमै लेखकले लेख्छन् । उनमा आफ्ना कुरा निर्धक्कसँग भन्न सक्ने क्षमता देखिएको छ यो कृतिमा । यसो भएकाले आफ्ना कृतिभित्र भाषा, विषय, ज्ञान तथा समाजमा पाइने विचारको स्तरीय ढाँचालाई आफ्ना लेखनीमा समावेश गर्न चाहने लेखकका लागि यो कृति सञ्जीवनी हुनसक्छ ।

हरि अधिकारी : शिल्पका कारिगर

माथि पनि भनियो कि निबन्धकार हरि अधिकारी भाषा तथा अक्षर शिल्पका कारिगर हुन् । उनको अक्षरसंसारको क्षितिज व्यापक छ । तर पनि कारिगरीको जेनिथ पनि त हुन्न सायद । सधैँसधैँ कहिल्यै नसकिने उक्लाइमा पनि उक्लनु नै पर्छ र जति उक्ले पनि फेरि पाठकले थप उक्लाइको आग्रह त गरिहाल्छन् ।

कृतिभरि स्तरीय र सुन्दर भाषाको प्रक्षेपण भएको छ । तर असाध्य धेरै ठाउँमा अचाक्ली लामा वाक्य प्रयोग भएको छ । लामा वाक्य बनौट दुरुहताको एउटा कडी मानिन्छ । लामा वाक्य स्वभावैले अबोधीय हुन्छन् । यस्तै विषयवस्तुको सुन्दर सम्प्रेषण गर्दा विषयसँग असम्बन्धित विषय पनि समावेश भएका छन् जस्तो लाग्छ ।

उदाहरण : ‘असीमित अवसरहरूको देशमा एक जोडी नेपाली’ शीर्षकको निबन्धमा नेपालको अन्यौल र अस्तव्यस्तता, अमेरिका पुगका मान्छेले सेकिनु पर्ने कामको चटारो, छोराबुहारी वा छोरीज्वाइँकोमा बसेका वयस्क नेपालीको मनोदशा, अमेरिकी समाजको खुलापन, कोरोनाकहर, अमेरिकी राजनीति, सबै अटाइएको छ ।

हुन त यी गैरआख्यान रचना नै भनिएका हुन् । तर यिनमा आख्यानका तत्वहरू यथेष्ठ भेटिन्छन् । त्यसैले लेखककै ‘एक्लो नायक’ उपन्यासमा आख्यान भनिएको एक पाठ यहाँ निबन्ध भएर पे्रसित गरिएको छ । कुनै निबन्धमा शीर्षक तादात्म्यको अभाव छ । उदाहरणका लागि सूर्यप्रसाद उपाध्यायसँग सम्बन्धित निबन्धमा शीर्षकअनुसारको सामग्रीभन्दा अन्य सामग्री बढी समावेश भएको छ ।

एका ठाउँमा गणेशमान सिंहलाई कांग्रेस पार्टीका सर्वमान्य नेता भनिएको छ । जहाँसम्म मेरो विचार छ कि उनी कांग्रेसका मात्र होइन, नेपाली जनताका सर्वमान्य नेता हुन् । हिमालको कथा र गण्डकीको कथाको विषय, खुराक तथा शैली पनि एकै छ । हिमालको कथा पढेपछि गण्डकीको कथा त्यसैअनुरूप छ ।

लक्ष्मी प्रसाद देवकोटा गरिब थिए कि अव्यवस्थित भन्ने विषयमा देवकोटालाई गरिबका रूपमा चित्रण गरिएको छ । तर उनी गरिब थिएनन्, अव्यवस्थित थिए भनिन्छ । यसै गरी कृष्णप्रसाद भट्टराईको डायरी न त निबन्ध हो, न प्रवन्ध । यसमा लेखकको कुनै विचारपक्ष आएको छैन । आउने कुरा पनि होइन । यो एउटा आलेख मात्र हो ।

लेखकका तीन व्यक्तित्व राजनीतिक व्याक्तित्व याने नेपाली कांग्रेसको अट्टुट समर्थक, साहित्यिक व्यक्तित्व याने कि कुशल समालोचक, कवि तथा गद्यकार तथा खरो पत्रकार । यी तीन व्यक्तित्वमा फ्युजन गराउँदा लेखक राजनीतिक रूपले एक पक्षीय, साहित्यिक रूपले शिल्पीय र अखबारी ढाँचाको सूत्र र तिक्ष्ण लेखन उनका लेखनीमा पाइन्छ । यसरी चस्स घोच्दा सायद साहित्य क्षेत्रमा खरोजन्य घेराभित्र लेखकलाई राख्छन् वृत्तले । यसो हुनुको कारण नेपाली समाजको लोलोपोतो मन नपराउने कोटीका हुन् अधिकारीका लेखनी । यो कुरा लेखक आफैँले आफ्नै निबन्धमा स्वीकार गरेका छन् ।

लेखक आफू नेपाली कांग्रेससँग निकट आस्थामा रहेकाले कम्युनिष्टप्रति प्रयोग गरिने कटारी भाषाले लेखकको विशिष्ट शिल्प त देखाएको छ । तर लेखक भएपछि सबैप्रति प्रस्तुतिमा समान धारणा बनाउनु पर्ने स्वाभाविक मान्यतामा भने प्रस्टसँग क्षय भएको छ । कृतिमा निबन्ध तथा प्रबन्ध छन् । र त्योभन्दा पनि गद्यरचनाहरू छन् । याने कि निबन्ध/प्रबन्धभन्दा बाहेक अन्य आलेख वा लेखौट पनि छन् । त्यसैले शीर्षक तादात्म्यका लागि यो पुस्तकको शीर्षक पनि गद्यरचना भनिएको हुनु पर्छ ।

प्रकाशक : आशुतोष अधिकारी

मूल्य : ३ सय ५० रुपैयाँ/अमेरिकी डलर १५

विधा : निबन्ध

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 931
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.