SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » रमेश शुभेच्छुको मलामी कवितासङ्ग्रह
समीक्षा

रमेश शुभेच्छुको मलामी कवितासङ्ग्रह

Sahitya SagarBy Sahitya SagarAugust 31, 2021No Comments23 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

 

गङ्गा कर्माचार्य पौडेल बहुमुखी ढङ्गले नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । पौडेल सिर्जना हुँदै क्रमश: समीक्षा क्षेत्रमा कलम चलाउँदै अगाडि बढिरहेकी छन् । प्रस्तुत शृङ्खलामा उनको मलामी कवितासङ्ग्रहमाथि लेखिएको समीक्षा समेटिएको छ ।

– सम्पा.

परचिय
रमेश शुभेच्छु (रमेशकुमार लुइटेल) नेपाली भाषा साहित्यमा स्थापित नाम हो । पिता सूर्यनाथ लुइटेल र माता पुण्यमाता लुइटेलका जेष्ठ सुपुत्रका रूपमा उनी २०३६ साल बैशाख १ गते सुभाड् ९ पाँचथर,मेचीमा जन्मिएका थिए । उनको जन्मस्थानको हालको ठेगाना हिलिहाङ गाउँ पालिका वडा नं ५, पाँचथर जिल्ला, प्रदेश नं एकमा पर्दछ । सानै उमेर अर्थात् स्कुले जीवनदेखि नै साहित्यमा अभिरुचि राखी कलम चलाउँदै आएका उनले त्रि.वि बाट एम.ए,.एम.एड, एमफिल तहको औपचारिक शिक्षा आर्जन गरेका छन् । प्राध्यपन, साहित्यिक पत्रकारिता, रेडियो कर्म, टेलीभिजन कर्म जस्ता विविध क्षेत्रलाई कार्यक्षेत्र बनाउँदै अघि बढिरहेका उनका विभिन्न सिर्जनात्मक र समीक्षात्मक कृतिहरू प्रकाशित छन् ।

रमेश शुभेच्छुका सिर्जनात्मक कृतिहरू यसप्रकार छन् : आँसु नदेउ मलाई (गजल सड्ग्रह २०५७), हजुरबा (शोक काव्य, २०५८), ३) अनुत्तरित प्रश्न (गजल सड्ग्रह२०६१),४), उपहार (कविता सड्ग्रह २०६६),५), कुन्जु र पकु (बालकाव्य २०६७),६), घरदेश र परदेशका अनुभूति (गजल सड्ग्रह, २०६८), ७) तोते बोली ताते चाल (शिशु कविता २०७१), तोते तोते भाका (शिशुकविता २०७१), ८) चित्रैचित्र कथैकथा (शिशुकथा भाग १–५), ९) छोरा छोरी–बाल कविता २०७१), एक्लो यात्रा (कविता सड्ग्रह, २०७१), ११)मलामी (कविता सड्ग्रह, २०७२) आदि उनका प्रकाशित सिर्जनात्मक कृतिहरू हुन् । उनका सिर्जनातर्फ वासुदेव बाबै(व्यड्ग्य काव्य २०६३ फीत्कौली मासिक),२) सड्कट मय स्वाभिमान (गजल गाथा २०६२ मिर्मिरे मासिक),मोती (गजलगाथा, २०६३, प्यास गजल पत्रिका, ५) माधव बालकाव्य २०६३ सगुन त्रैमासिक),६)कविपत्नी विलौना (हास्यव्यड्ग्य काव्य २०६४, फित्कौली मासिक) पनि प्रकाशित छन् । यसै गरी उनका आधा दर्जन समीक्षात्मक कृतिहरू प्रकाशित भएका छन् भने एक दर्जन भन्दा बढी सम्पादित कृतिहरू प्रकाशित भएका छन् । त्यसै गरी उनले दर्जन भन्दा बढी पाठ्यपुस्तकहरूपनि लेखेका छन् ।

यसरी रमेश शुभेच्छुले नेपाली भाषा साहित्यको श्रीवृद्धि र शिक्षमा पुर्‍याएको अतुलनीयय योगदानको कदर स्वरूप युवावर्ष मोती पुरस्कार (२०७२) लगाएत दर्जनौँसाहित्यिक तथा शैक्षिक संस्थाहरूले पुरस्कृत सम्मानित गरिसकेका छन् । उनले जे जति काम गरेका छन् तीभन्दा धेरै काम गर्न सक्ने सम्भावना छ ।

रमेश सुभेच्छुसँगको मेरो परिचय र अनुभूति
वस्तावमा म गङ्गाका केही छालहरू २०३३ कविता कृति प्रकाशन गरेपछि ३० वर्षसम्म घरपरिवार,छोराछोरीको स्याहार, जागिरमै भुलेर साहित्यिक फाँटबाट बेखवर हराइरहेकी थिएँ । २०६३ साल असारमा सगुन त्रैमासिक स्याङ्जाका सम्पादक प्रेम लुइटेलले आएर मलाई भेटेर साहित्यमा फेरि कलम चलाउन अनुरोध गरे । मैले अब लेख्न सक्तिन भनेर ठाडो जवाफ दिँदा पनि मानेनन् । हैन तपाईले लेख्नैपर्छ भनेर स्याङ्जा फर्किए । उनी गए पछि अब मलाई लेख भन्ने मान्छे गयो भनेर ढुक्क भएकी थिएँ । उनले त आफ्ना मित्र रमेश शुभेच्छुसँग मेरो सबै पोल खोलिदिएछन् । त्यसको महिना दिन जति पछि रमेश शुभेच्छु मलाई खोज्दै आइपुगे । परिचय भला कुसारी पछि शव्दाङ्कुर मासिक पत्रिकाको स्रष्टा दम्पती स्तम्भका लागि श्रीमान र मेरो अन्तरवार्ता लिए । तीनदशक पछि पत्रिकामा झुल्किन पाउने भएँ भनेर दङ्ग परिरहेकी थिएँ । त्यहीबेला उनले पनि मलाई फेरि साहित्यमा फर्कन आग्रह गरे । मैले अब म लेख्न सक्दिन सबै विर्सिसकें भन्दा पत्याएनन् । “सक्नुहुन्छ लेख्नुपर्छ लेख्नु” भनेर आग्रह मात्र गरेनन् आज के लेख्नुभयो ? सुनाउनु त । भोली पल्ट फेरि आज के लेख्नु भयो ? सुनाउनु त भनेर दिनदिनै फोन गरेर नलेखि धरै दिएनन् । उनलाई सुनाउनकै लागि भए पनि कनिकुथी फेरि कविता लेख्न थालें मैले । पहिला गद्य कविता मात्रै लेख्थेँ । उनले मुनामदनको लय (झ्याउरे छन्द),गीतीलयमा पनि कविता लेख्न सिकाए । साथै कविता लेखनका केही शैद्धान्तिक नियमहरू पनि सिकाए ।

नागार्जुन साहित्य प्रतिष्ठानको आयोजनामा १५ दिने छन्द प्रशिक्षण तालिममा सहभागी गराए । त्यस प्रशिक्षणमा प्रशिक्षक उनै थिए ।

त्यसपछि कनीकुथी लेखेर भए पनि उनलाई दिनको एउटा कविता सुनाउथेँ मैले । त्यसरी लेख्दै जाँदा ३६ ओटा कविता जम्मा भए । अनि प्रकाशित भयो आँधीखोलाको सम्झना (कविता सङ्ग्रह २०६३) विस्तारेै लेख्ने अभ्यासबढ्दै गएर अहिलेसम्म विभिन्न विधाका २७ ओटा कृतिहरूप्रकाशित भइसकेको र अझ ७ ओटा पाण्डुलिपि तयार भएको अवस्था छ । यसको श्रेय म रमेश शुुभेच्छु (पाँचथर) र उनका मित्र प्रेम लुइटेल (स्याङ्जालाई दिन्छु । प्रेमले खोजी गरे रमेशले बाहिर निकाले उनिहरूको प्रेरणा र प्रयास बाटै म आज यहाँसम्म आइपुग्न सफल भएकी छु । जसरी भानुभक्त आचार्यलाई मोतीराम भट्टले चिनाए त्यसै गरी यी दुई जनाले मलाई साहित्यमा स्थापित गराए । यदि प्रेम र रमेशले प्रयास नगरेको भए म अझै पनि गुमनाम भइरहने थिएँ होला ।

रमेश शुभेच्छु उमेरका हिसाबले मेरो छोरा भन्दा नि कान्छा छन् । अध्ययन,ज्ञान,बुद्धीका हिसावले म भन्दा कैयो गुणा जेठा छन् । यिनीसँग अथाह ज्ञानको भण्डार छ । मेहनती ,परीश्रमी पनि उत्तिकै छन् । लेख्न थालेपछि भोक,प्यास,निन्द्राले विथोल्न सक्दैन यिनलाई । नत कोही बोल्दा डिस्टर्व हुन्छ । अरूसित गफ गर्दै खुरुखुरु लेखिरहन सक्छन् यिनी ।

कलिलै उमेरमा बुवाआमा घरपरिवार देखि टाढा रहेर त्यसमा पनि सानासाना भाइबहिनीको समेत अभिभावकत्व ग्रहण गरी सङ्घर्ष गर्दै अघि बढेको देखेकी छु मैले । मिठो बोलीवचन, सबैलाई मद्दत गर्ने बानीले गर्दा रमेश शुभेच्छु सबैका प्रिय छन् । आफूले नजानेको कुरा मैले जतिबेलै सोधे पनि कत्ति झर्को नमानी सिकाउँछन् । यस अर्थमा उनी मेरा गुरु हुन् ।

आफै खाऊँ, आफै लाऊँ, आफू मात्र अघि बढूँ भन्ने व्यक्तिवादी सोच भएका मान्छेहरूको जमातमा,आफ्ना लागि समय नपुगेर सधैँ हतार हतार डौडिरहनु पर्ने अहिलेको समयमा अरूको उन्नति, समृद्धिमा चासो चिन्ता गर्ने रमेश शुभेच्छु जस्तो मान्छे कमै भेटिन्छन् ।

शुभेच्छुको विषयमा लेख्दै जाने हो भने एउटा ग्रन्थ नै तयार हुन्छ । पछि आत्मकथामा सबै कुरा लेख्ने छु । त्यसकारण यहाँ सङ्क्षिप्तमा भन्नुपर्दा रमेश शुभेच्छुसँग मेरो रगतको नाता नभए पनि उनी मेरो साख्खै भाइ लाग्छन् । के कसो हालखबर सोधिरन्छन् । मेरो उन्नति प्रगतिमा खुसी हुन्छन् । चाडपर्वमा सम्झिन्छन् । मेरो बुबाआमाको छोरो नजन्मिएर के भयो र ? रमेश शुभेच्छु जस्तो माया गर्ने भाई पाएकी छु । यो मेरो अहोभाग्य हो भन्ने लाग्छ मलाई । मैले उनको किताबको समीक्षा गर्ने निहुँ पारेर यति नलेखी सकिनँ ।

मलामी कवितासङ्ग्रह
मैले स्रष्टा रमेश शुभेच्छुको कविता कृति मलामी आद्योपान्त पढेर सकेँ । यसको शीर्षक किताबभित्रकै एउटा कविताबाट जुराइएको रहेछ । मलामीभित्र १) युगजितार सर्वस्वहारा ,२)कामना, ३)माछा र कमिला, ४)बेला अबेला,५) मान्छे माहादेश ,६)धर्ती ढोग, ७)उकाली–ओराली,८)ओखर, ९)भोगाई,१०) देवकोटा,११) आमा…, १२) परिवर्तन, १३)अदलबदल, १४)गधा, १५)चुनौती, १६) नेपथ्य, १७) धन्य, १८) खरानीको डोरी, १९) शक्ति, २०) मेरो पात्र, २१) धररहराका अन्तिम वाक्य, २२) नयाँपात्रो, २३)अनुशासन, २४) पिल्पिलटुकी, २५)जिम्मेवारी, २६)रमितम, २७) तिमी, २८) हन्वेर्नु, २९) डिग्बोई, ३०) स्प्रिङ, ३१) म– हामी, ३२)आसाम, ३३)म र पानी, ३४) मौरी, ३५) काष्टमण्डप, ३६) बाँसफल, ३७) घण्टाघर, ३८)नीवन सँगिनी, ३९) कालो दर्शन,४०) मलामीसहित जम्मा चालिस वटा छन्दोवद्य कविताहरू समावेश गरिएकाछन् । यी कविता पढ्न थालेपछि एकपछि अर्को पढ्न मन लाग्ने खालका छन् । न धेरै लामा न धेरै छोटा ठिक्कका छन् ।

मलामी कवितासङ्ग्रह भित्रका कविताहरू पढेपछि पाठकिय प्रतिकृया लेख्न मन लाग्यो तर आफैलई कविता लेख्न सिकाउने गुरुको किताबमा कसरी लेख्नु ? भनेर एकछिन हच्किएँ । हच्किएर लेख्नु हुँदैन भन्ने साहस जुटाएर फेरि लेख्ने प्रयास गरेकी छु ।

कविताको विषयवस्तु
मलामी कवितासङ्ग्रहभित्रका कविता पढ्दै जाँदा हाम्रै समाजमा घटेका, दैनिक हामीले देखेभोगेका विषयवस्तुलाई विम्व बनाई लेखिएकोले बुझ्न सजिलो लाग्यो । भाषा सरल सरस र मिठासपूर्ण छ । कविताको भाव, वर्णन, भोगाई आफ्नै आँखाले देखेजस्तो, आफैले अनुभूत गरे जस्तो लाग्यो त्यसकारण अझ पढ्न मन हुँदाहुँदै सकियो कविताको किताब नै ।

यी कविता साधारण विषयबस्तुबाट उठान गरिएका तर ओजपूर्ण, अर्थपूर्ण, सन्देशमूलक छन् । शास्त्रीय लयका पारखीका लागि त कविताहरू झन् आकर्षक छन् । हुन त म एउटी नेपाली भाषा साहित्यकी विद्यार्थी, सिकारु लेखिकाले यती स्तरीय कविताको सही मूल्याङ्कनको क्षमता राख्दिनँ ता पनि यी कविताको आस्वादन गर्न सकेँ । कविता पढ्दा आफूलाई मनमा लागेका कुरा पाठक प्रतिकृयाको रूपमा क्रmमश: प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

कविताको भाव र सन्देश
मलामी कवितासङ्ग्रहका कविताले लिएका विषयवस्तु हामीले देखेजानेका सरल किसिमका भए पनि यिनको भाव गहिरो छ । यहाँ मैले जाने जति सरसरती कविताको भाव पहिल्याउने प्रयास गरेकी छु ।

१) युगजिता र सर्वस्वहारा –
यो कविता शार्दूलविक्रिडित छन्दमा लेखिएको छ । यो कवितामा ठूलाले सानामाथि गर्ने अन्याय अत्याचारको विरोध गरिएको छ । हातमा ठेला उठाएर, पसीना बगाएर बाँझो खेतमा अन्न फलाउने कृषकको सम्मान गरिएको छ । कृषकको त्यस्तो श्रममाथि मनोमानी हक जमाउने मालिकको अत्याचारको विरोध गरिएको छ । ठूला माछाले साना माछालाई खाने जस्तै ठुला मानिसले साना मानिसलार्य हेप्ने, दल्ने र नजरले नै खाने प्रबृत्तिको विरोध गरिएको छ ठूलासँग सँधै सानाले डरायरबाँचुपर्ने नियतिको विरुद्ध आवाज उठाएको यो कविता चेतनामूलक छ । अग्ला घरले घाम पनि छेकेर होचा घरलाई पीडा दिएको विषयवस्तु निकै गहन छ ।

ताप्छन् घाम उचा उचा घरहरू रुन्छन् नि झुप्रा तल
कावा खाइरहेछ चील नभमा लुक्छन् परेवा तल
यौटा पेल्छ बनेर कोल र सयौँ पेलिन्छ पेचा बनी
उल्टो लागि रहेछ न्याय युगको के भन्नु भन्दा पनि ।

२) कामना–
‘कामना’ मलामी कवितासङ्ग्रहमा समेटिएको दोस्रो कविता हो । मान्छेले कहिल्ल्यै पनि अरूले छ्या… भन्ने काम गर्न नपरोस् र त्यस्तो अबस्था कोसैको नहोस् । सँधै सबैले शिर ठाडो गरी हिँड्न पाउन् भनी कामना गरिएको कामना शिर्षकको कविता शिखरिणी छन्दमा लेखिएको छ । यस कविताले मानव कल्याणको र उन्नतिको कामना गरेको छ ।

३) माछा र कमिला–
माछा र कमिला कविता सरल छ तर निकै गहिरो भाव बोकेको छ । यस कवितामा समयको चक्रmमा सधैँ शक्तिसाली मात्र माथि उठ्दैनन् । कहिले निर्धा पनि माथि उठ्छन् भनिएको छ । कहीले आफूलाई बलवान ठान्नेहरूपनि निर्धाबाट हराइन्छन् भन्ने सुन्दर भावको कविताले मानिसले घमण्ड गर्न नहुने सन्देश प्रवाह गरेको छ । कविता अनुष्टुप छन्दमा लेखिएको छ । यस कविताको माछा र कमिला विम्बले मानिसका हेप्ने र हेपिने स्वभावसँग नडराएर कर्म गर्न र पालो पर्खन भनेका छन् । जस्तै :

माछाले कमिला निल्छन्
नदी बहाव पाउँदा
कमिला निल्दछन् माछा
त्यै बहाव नआउँदा ।

४) बेला अबेला–
बेला अबेला कविता मालिनी छन्दमा लेखिएको छ । यो कविताले मेहनत र परिश्रमलेनै मानिसलाई माथि उठाउँदछ । अल्छी गरेर बस्नेहरूको उन्नति हुँदैन भन्दै पाठकहरूलाई मेहनती बन्न उत्साहित गर्दछ । यो कविताले बेलामा काम गर्ने मानिस सफल हुने सन्देश दिएको छ । जस्तै :

प्रगति गति भनेकै हिँड्न सक्नेहरूको
हिमशिखर भनेकै चढ्न सक्नेहरूको
सुन र पूmल भनेकै चिन्न सक्नेहरूको
सफल फल भनेकै बीज रोप्नेहरूको ।

५) मान्छे र माहादेश–
मान्छे र महादेश एकतामा नै ठूलो बल हुन्छ भन्ने सन्देश बोकोको कविता हो । जुन देशका जनतामा एकता हुन्छ । काँधमा काँध मिलाई अगाडी बढेको छ भने त्यस देशको उन्नति हुन्छ । भन्ने भावको यो कविता अनुष्टुप छन्दमा लेखिएको छ । जस्तै :

जुरुक्कै देश बोकिन्छन्
काँध काँध मिले भने
सिङ्गै पहाड होचिन्छन्
मिली भित्र खन्यो भने ।

६) धर्ती ढोग–
धर्ती ढोग कविता उपजाति छन्दमा लेखिएको छ । यो कवितामा धर्ती भनेकी हाम्रो नेपाल आमा हुन् । जन्म दिने आमा र जन्मिएको धर्ती स्वर्गभन्दा ठुलो हुन्छ । ब्यास, बुद्ध जस्ता महान ब्यक्तित्वहरू जन्माउने हामी हाम्रो भूमिप्रति गर्व गर्दछौँ भनिएको छ । यस कविताले विश्वका मानिस एकै हुन् भन्न मानवीय भावना पनि अभिव्यक्त गरेको छ । यस कवितामा कविले आफ्नो तपस्या र साधनाको अन्तरकथा पनि व्यक्त गरेका छन् । जस्तै :

म व्यासज्यूकै तप–भूमिमा छु
म व्यासज्यूकै नव सिर्जना हुँ
म बुद्धको प्राङ्गण द्वारमा छु
म बुद्धत्वकै आंशिक सारमा छु ।

७) उकाली–ओराली –
उकाली ओराली कविता मान्छेका सुखदु:खसँग सम्बन्धित छ । यस कविताअनुसार सुखमा सबैले साथ दिन्छन् । दु:ख परेको बेलामा उल्टै खेदो गर्ने गरेको देखिन्छ यो समाजमा । मानिसको दिन सधैँ एकनासको हुँदैन । त्यसकारण अरूलाई अप्ठेरो परेको बेलामा सके सहयोग गर्नु नसके खुट्टा नतान्नु भन्ने सन्देश भएको कविता हो । यो कविता अनुष्टप छन्दमा लेखिएको छ । यस कविताले पनि शुभेच्छुको सङ्घर्षपूर्ण जीवनयात्राको सङ्केत गरेको छ :

कोशीको जलझैँ हिँड्दै
खाल्टा पुर्दै बगी रहेँ
ठाने गन्धे कुवा हेपे
भ्यागुता पालि नै रहेँ ।

यस कविताले एक समय मानिसले कमजोर ठानेर हेपे पनि समय आएपछि सबैको पालो आउने पक्षलाई देखाएको छ ।

८) ओखर–
ओखर कविता अनुष्टुप छन्दमा लेखिएको छ । यो कवितामा मानिसले रूप होइन गुणको कदर गर्नुपर्दछ भनिएको छ । बाहिर खस्रो बोक्रmो भएको ओखरमा गुण अरू फलको भन्दा बढी हुन्छ, बढी पौष्टिक तत्त्व पाइन्छ भन्ने आधारबाट मानिस भित्र राम्रो हुने र हुनुपर्ने कुरा व्यक्त गरिएको छ । मानिसले व्यवहार गर्दा भित्री सामथ्र्य बुझेर गर्नुपर्ने कुरालाई पनि महत्त्व साथ उजागर गरिएको छ । जस्तै :

गमलामा म कोचिन्नँ
बगैँचामा म रम्दिनँ
म वन्य कालिमा सिङ्गै
हरियो धर्म छोड्दिनँ ।

९) भोगाई–
भोगाई कविताले मानिसपिच्छे फरक हुन्छ भोगाई भन्ने कुरा देखाएको छ । यस कविताअनुसार मान्छेले आआफ्नै भोगाई भोगिरहेको हुन्छ । भोगाइले नै मानिसलाई परिपक्व बनाउँछ । शिक्षा भन्दा भोगाई ठुलो हुन्छ भन्ने सन्देश बोकेको यो कविता शार्दूलविक्रीडित छन्दमा लेखिएको छ ।

१०) देवकोटा–
देवकोटा नेपली भाषा साहित्यमा समर्पित प्रतिभा देवकोटाका बारेमा लेखिएको छ । नेपाली साहित्य जगत्मा देवता समान मानिने महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति समर्पित यो कविताले अग्रजको सम्मान गर्न सिकाएको छ । कविता अनुष्टुप छन्दमा लेखिएको छ । यस कविताले देवकोटाको सम्मान गरेको छ ।

११)आमा……छ–
आमा… छ कविता आमाका विषयमा लेखिएको छ । यस कवितामा आमा आकाश भन्दा फराकिली छन् । सागर भन्दा गहिरी छन् । हीरा मोती जवहारातभन्दा मूल्यवान छिन् भन्ने विचार राखिएको छ । आमालाई संंसारको कुनै पनि वस्तुसित तुलना गर्न सकिदैन भनि आमाको महत्त्व बोकेको कविता शार्दूलविक्रीडित छन्दमा लेखिएको छ । यो कविता पढ्दा पढ्दै आउँदो बनाउन सकिन्छ । जस्तै :

आमा सूर्य भनूँ हुँदैन नभनूँ त्यो सूर्यमा ताप छ
आमा चन्द्र भनूँ हुँदैन नभनूँ त्यो चन्द्रमा दाग छ
आमा भूमि भनूँ हुँदैन नभनूँ यो भूमि नै भाज्य छ
हौ आकाश भनूँ हुँदैन नभनूँ आकाश दुर्गम्य छ ।

हीरा हौ तर होइनौ किनभने त्यो मूल्यमा बिक्तछ
मोती हौ तर होइनौ किनभने पानीसँगै छिप्तछ
तारा हौ तर होइनौ किनभने तारा नि अस्ताउँछ
आमा सिर्जन मूल हौ सृजनमै यो विश्व आव्याप्त छ ।

१२) परिवर्तन–
परिवर्तन कविता परिवर्तनका पक्षमा लेखिएको कविता हो । यस कविताले यदि अरू परिवर्तन भएको हेर्न चाहने हो भने पहिला आफैबाट परिवर्तन हुन सुरु गर्नुपर्दछ भन्ने सन्देश बोकेको छ । परिवर्तनशील यो समाजमा मानिसले पहिलेदेखि चल्दै आएका नचाहिने कुरालाई त्यागेर सही र युग सुहाउँदा चालचलनलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्दछ भनी सन्देश प्रवाह गरेको छ । यो कविता अनुष्टुप छन्दमा लेखिएको छ ।

१३) अदलबदल–
अदलबदल कविता मन्दाक्रmान्ता छन्दमा लेखिएको छ । यो कविताले मानिसलाई मेहनत र परिश्रमले माथि उठ्न मद्दत गर्ने कुरा सिकाएको छ । आफ्नो माटो पहिचान गर्न र त्यसको सम्मान गर्न सक्नुपर्ने कुरा पनि सिकाएको छ । यस कविताले परिवर्तनको र क्रान्ति एवम् संघर्षको आह्वान गरेको छ :

फोर्दै जाऊ गिरि र पहरा झार साना गिटीमा
कुँद्दै जाऊ अलि अलि गरी शेष हुन् शालिग्राम
गाल्दै जाऊ खनिज गतिला धातु छानेर गाल
खोस्री खोस्री जमिन तह यो विश्वको सिर्ज टार ।

१४) गधा–
गधा कविता शार्दूलविक्रmीडित छन्दमा लेखिएको छ । यो कवितामा भरपुर व्यड्ग्य चेतना पाइन्छ । यसमा पीडितले जति सह्यो त्यति पीडकले पीडा दिइरहन्छ भन्ने कुरा गधाका विम्बबाट व्यक्त गरिएको भनिएको छ । यस कविताका अनुसार पीडितले आफूमाथि परेको अन्याय अत्याचार विरुद्धमा आवज उठाउनुपर्दछ । यो कविताले जन जागरण गराउनमा ठूलो मद्धत पुर्‍याउँदछ । यसले एकोहोरो काममा जोतिने निम्न वर्गीय र श्रमशील मानिसका जीवनका बहुमुखी पक्षलाई समेटेको छ । कविता व्यङ्ग्यात्मक किसिमको छ ।

१५) चुनौती–
चुनौती कविताको विषयवस्तु चुनौतीसँगै सम्बन्धित छ । यस कविताअनुसार समाजका हरेक क्षेत्रमा चुनौती छ । हरेक मानिसको जीवन चुनौतीमय छ । तिनै चुनौतीहरूलाई पन्छाउँदै मानिस अघि बढ्नुपर्दछ । चुनौती पन्छाउने कला भएका मानिसको उन्नति प्रगति हुन्छ पन्छाउन र सामना गर्न नसक्नेले केही पनि गर्न सक्तैनन् भन्ने सन्देश यो कवितामा रहेको छ । यो कविता अनुष्टुप छन्दमा लेखिएकोछ । मूलत: यस बविताबाट चुनौति चिरेर नै मान्छे सफल हुने सन्देश दिइएको छ :

चुनौतीसँग तर्सेर
म लुला पाउ टेक्तिनँ
नस्वीकारे चुनौती यी
पूर्ण जीवन देख्दिनँ ।

१६) नेपथ्य–
नेपथ्य नाटकको शब्दलाई सापट लिएर लेखिएको कविता हो । यस कवितामा नाटक हेर्नेले पर्दा अगाडिको दृष्यमात्र देख्दछन् । नाटक खेल्नेले पनि अरूले नै लेखेको वा सिकाएको कुरामा आफ्नो कलाबाट दर्शकको मन जित्न सफल हुन्छन् ।

ती कलाकार आफ्नै बोली र व्यवहार भन्दा अरूका बोली र व्यवहार प्रदर्शन गरिरहेका हुन्छन् । तिनलाई सफल बनाउनमा पर्दापछाडि अर्थात् नेपथ्यमा बसेर काम गर्नेहरूको ठूलो भूमिका रहेको हुन्छ । तर उनीहरूलाई कसैेले चिन्दैनन् । उनीहरूको पनि सही मुल्याड्कन हुनुपर्दछ । शार्दुलविक्रmीडित छन्दमा लेखिएको यो कविता निकै अर्थपूर्ण छ । जस्तै :

को हेर्दैन र रङ्गमञ्च रमिता, नेपथ्य चिन्ने छ को
पर्दाबाहिर भित्रको रङ चिनी दाँजेर हेर्ने छ को
हेर्ने मञ्च भएसि दर्शकहरू भुल्दा रहेछन् भुले
ए नेपथ्य म हूँ, भनूँ कि नभनूँ सोच्तैछु दोधारले ।

१७) धन्य–
धन्य कविता कृतज्ञता भावको कविता हो । यो कविताले यो संसारमा आफूले दु:खकष्ट सहेर अरूको लागि हित हुने काम गर्ने प्राणी,वस्तु वा मानिस सबै धन्य हुन्छन् भन्ने कुरा बताएको । त्यस्ता अरूको भलो गर्नेहरूको नाम नै अमर हुन्छ भनी परोकारी बन्न सिकाउने खालको विचार व्यक्त गरिएको छ । यो कविता अनुष्टुप छन्दमा लेखिएको छ । जस्तै :

फूलका रसमा मौरी
मह देख्दछ धन्य छ
उखुभित्र चिनी देख्ने
सोझो किसान धन्य छ ।

१८) खरानीको डोरी –
खरानीको डोरी कविता केही व्यङ्ग्यात्मक कविता हो । यो कविता उपजाति छन्दमा लेखिएको छ । खरानीको डोरी निकै प्रतीकात्मक,अमूर्त भावको कविता हो । यो कविता पढेर पाठकले आआफ्नै तरिकाले विष्लेषण गर्न सक्नेछन् । यस कवितामा व्यङ्ग्यको प्रयोग पनि निकै सफल रूपमा भएको छ । खरानीको डोरी हेर्दा डोरी देखिए पनि त्यसले डोरीका काम गर्न नसक्ने पक्षलाई नेपाली समाजका अयोग्य मानिस योग्य पदमा देखिए पनि उनीहरू अयोग्य नै हुन् भन्ने पक्षलाई देखाइएको छ । जस्तै :

म सर्पको त्रास बनेर डस्छु
निर्जीवमै जीव भएर बस्छु
आगो खपेको छ शरीर मेरो
आगै लुकेको म सशक्त डोरो ।

१९) शक्ति
शक्ति कविता बलसँग सम्बन्धित छ । मुढेबल भएका मान्छेहरू बलिया होइनन् । जीउमा धेर बल नभए पनि बुद्धि, विवेक भएका मान्छेहरूनै शक्तिशाली हुन्छन् । जस्तो कि तरवार धारिलो र बलियो भए पनि त्योभन्दा सानो कलम शक्तिशाली हुन्छ भन्ने भावको कविता शिक्षाप्रद छ । यस कविताले आन्तरिक र वाह्य शक्तिको संयोजन गरेको छ । जस्तै :

उखुमा गुड पैल्याई
प्यूँनु सर्वत शक्ति हो
हात्तीमा अङ्कुसे हाली
काम लाउनु शक्ति हो ।

२०) मेरो पात्र–
मेरो पात्र कविता आम आफन्तका प्रवृत्तिलाई बोक्ने कविता हो । खराब मान्छेको नियत सधँै अरूलाई पीडा दिने खालको हुन्छ भन्ने कुरा कवितामा छ । खराब नियतको मानिसलाई माथि चढाउन वा असल बनाउन कठिन हुन्छ । उसलाई जति गुन लगाए पनि जति सपार्ने प्रयत्न गरे पनि ऊभित्रको कल्मष भाव कतै न कतै लुकेर रहेको हुन्छ भन्ने कुरा यस कवितामा अथ्र्याउन खोजिएको छ । यो कविता शार्दूलविक्रीडित छन्दमा लेखिएको छ । यो कवितामा मूलत: आफै उठ्न नसक्ने आनिसलाई उठाउन सकिँदैन भन्ने विचार नै अभिव्यक्त छ :

कालामा रङ पोत्न कोसिस गरेँ सेतो कहाँ बन्दथ्यो
भागोस् गन्ध भनी सुगन्ध नि छरेँ झन् धेर दुर्गन्ध भो
मेरो पात्र किरा परी सडिगयो, सारै निकम्मा भयो
फर्सीझैँ कुहिँदै गएछ कि कसो निष्कर्षमा व्यर्थ भो ।

यो कवितामा नेपालको राजनीति र यसले उत्पादन गरेका नेताहरू पनि विम्बान्तमक रूपमा समेटिएका छन् । शुभेच्छुका आफन्त र शिष्यशिष्याहरू पनि प्रतिविम्बित छन् ।

२१) धरहराका अन्तिम वाक्य–
धरहराका अन्तिम वाक्य कविता नेपालको ऐतिहासिक धरहरासँग सम्बन्धित छ । यस कविताले पुरानो बुढो रुख ढल्नु र नयाँ विरुवा रोपेर फेरि रुख बन्नु प्राकृतिक नियम हो भन्ने कुरालाई प्रकारान्तरले प्रस्तुत गरेको छ । धरहराले भूकम्पका कारण आफू ढल्नु परेपनि युवा पुस्ता सक्षम र सबल होउन् भन्ने कामना गरेको छ । देशको स्वाभिमान उचो रहोस् र रहिरहोस् भन्ने कामना गरेको छ । योे कविता अनुष्टुप छन्दमा लेखिएको छ । यसले देशभक्ति र युवा जागरणको सन्देश दिएको छ । जस्तै :

मझैँ थोत्रा मकाएका
जीर्ण संरचनाहरू
भत्कँदा किन विस्मात
बन्नु हुन्न धरा मरु
युवाका हात जागे के
ठडिन्नन् र धरोहर
युवा माली खटे वाग
बन्दैनन् के मनोहर ?

२२) नयाँ पात्रो–
नयाँ पात्रो समयसँग सम्बन्धित कविता हो । यस कविताले हरेक नयाँवर्ष मा पाना फेरिने क्यालेण्डरको पानालाई मूल विषय बनाएको छ । हरेक नववर्षमा पात्रो फेरिन्छ । पुरानोको सट्टा नयाँ राखिन्छ तर देशको हालत भने फेरिदैन, जस्ताको तस्तै रहन्छ । आसा गरे अनुरूप देशको मुहार फेर्न नसक्दाको द:ुख पोखिएको कविता हो यो । यो कविता शार्दूलविक्रीडित छन्दमा लेखिएको छ । यसले समय गतिशील भए पनि हामी र हाम्रो मुलुक समयअनुसार गतिशील बन्न नसकेको पक्ष उजागर गरेको छ । जस्तै :

कालो याम विरूद्ध घाम गतिला हेर्ने थियो चाहना
लाखौँ लाख पवित्र भाव बटुली साट्ने थियो कामना
पात्रो मात्र बदल्छु यो मिति चुनी फेरी नयाँ अक्षर
थोरै हुन्छु बुढो पुछेर पसिना के हाँस्न पो सक्छु र ?

२३) अनुशासन–
अनुशासन कविता अनुष्टुप छन्दमा लेखिएको छ । यो कवितामा मानिसले आफूलाई संयमित राख्न सकेन भने उसको अवन्नति हुन्छ भन्ने विचार व्यक्त गरेको छ । मान्छेले अनुशासन पालना गर्न नसके समाजमा आलोचित बन्नुपर्छ भन्ने सन्देश बोकेको पाइन्छ । यो कविता सबैका लागि समान महत्त्वको कविता हो ।

२४) पिलपिल टुकी–
पिलपिल टुकी मानवतासँग सम्बन्धित कविता हो । यस कवितामा मानिसले मानिस भई जन्मिएपछि उसले आफ्नो जीवनमा सके घाम, जून, तारा बन्नु नसके टुकी भएर भए पनि अँध्यारोलाई चिरेर प्रकाश छर्न सक्नुपर्दछ भनिएको छ । यो कविताबाट मानिसलाई हौसला र प्रेरणा प्रदान गरेको पाइछ । कविता शार्दूलविक्रीडित छन्दमा लेखिएको छ ।

२५) जिम्मेवारी–
जिम्मेवारी कविता मानव कर्तव्यसँग सम्बन्धित छ । यस कविताका अनुसार जो मान्छे अरूको उपकार गर्दछ । पदअनुसारको जिम्मेवारी बहन गर्दछ उही सफल र सम्पूज्य बन्छ भन्ने विचार अभिव्यक्त छ । जिम्मेवारी बोध गर्ने मानिसकै समाजमा इज्जत, मान र सम्मान हुन्छ भन्ने सन्देश भएको कविता हो । यो कविता अनुष्टुप छन्दमा लेखिएको छ ।

२६) रमिता–
रमिता कविता मानव स्वभावसँग सम्बन्धित छ । यस कविताले वासतविक कुरा नबुझी रमिते बन्नेहरूको विरोध गरेको छ । अरूको दु:ख हेरेर काखी बजाउनेका लागि झापड लाउन सफल छ यो कविता । यो शार्दूलविक्रीडित छन्दमा लेखिइएको छ । यो व्यङ्ग्य कविता पनि हो । जस्तै :

घुम्टोभित्र छ बेहुली निहुरँदी हो हैन त्यै बेहुली
हेर्दा लाग्दछ बेहुलो पनि उसै वा सक्कली नक्कली
हो या हैन बुझेर चिन्छ कसले बाजा बजे भैगयो
मात्रै भोज भतेर मस्त दुनियाँ जोडी उभे भैगयो ।

२७) तिमी –
तिमी कविता मैमत्त मानिसका प्रवृत्तिप्रति विरोध र व्यङ्ग्य गरिएको कविता हो । यस कवितामा अरूले तपाईँ भनोस् कि नभनोस् आफै मपाईँ भन्ने मानिसको प्रबृत्तिप्रति ब्यड्ग्य गरिएको छ । यो कविता अनुष्टुप छन्दमा लेखिकोछ । कवितामा व्यङ्ग्य यस्तो छ :

तमी चढ्ने तिमी तान्ने
ढोग्ने ढोगाउने तिमी
तिमी नेता र व्यापारी
फौवन्जारा स्वयम् तिमी
ितमी शासक, विद्रोही
कर्ता कारण हौ तिमी
अग्ला हिमाल बोल्दैनन्
बोल्ने अग्ला स्वयम् तिमी ।

२८) हन्बेर्नु–
हन्बेर्नु भान्सामा प्रयोग हुने टालोलाई विषयवस्तु बनाइएको गहन कविता हो । यस कविताले आफूलाई चाहिँदा माया गरे जस्तो गर्ने,नचाहिँदा चिन्दै नचिने जस्तो गर्ने मानिसको स्वार्थी स्वभावप्रति व्यड्ग्य गरी लेखिएको छ । शार्दूलविक्रीडित छन्दमा लेखिएको यो कविता निकै राम्रो छ । यस कविताले अनेक अर्थ बोक्न सक्छ । मुख्यत: मानिसका स्वार्थी प्रवृत्तिको विरोध गर्दछ । जस्तै :

जैले तात्दछ ताउलो तब तिमी खोज्छौ कहाँ ’गो भनी
सेलाएपछि फाल्दछौ भुइँकुना बेकार झुम्रो गनी
तिम्रा हात बचाउने पहलमा आफैँ डढेँ सल्किएँ
टोपी, घाँगर, कोटयोग्य कपडा हन्बेर्नुमा मिल्किएँ ।

२९) डिग्बोई–
डिग्बोई भारतको डिग्बोई भन्ने ठाउँलाई विषयवस्तु बनाइएको कविता हो । यस कवितामा गोर्खालीको इतिहास र गौरव गाथालाई जोगाउन सफल डिग्बोइको वर्णन सुन्दर छ । कविता शार्दूलविक्रीडित छन्दमा लेखिएको छ । यसले नेपालबाहिर पनि नेपाल नेपाली भषा र संस्कृतिका माध्यमबाट पुगिरहेको पक्ष उजागर गरेको छ । शुभेच्छुले भारत भ्रमणका क्रममा देखे बुझेको डिग्बोइलाई मूल विषयवस्तु बनाएर यस कविताको रचना गरेका छन् ।

३०) स्प्रिङ–
स्प्रिङ कवितामा तन्कन र खुम्चन सक्ने वस्तु स्प्रिङलाई मूल विषयवस्तु बनाएको छ । स्प्रिड्लाई पनि उसको क्षमता भन्दा बढी तन्कायो भने चुँडिन्छ र बढी दवायो भने धेरै पर उफार्छ वा उछिट्याउँछ भन्ने चिन्तनमा आधारित छ । स्प्रिङलाई जस्तै गरी मानिसलाई पनि ऊ सोझो छ भन्दैमा अनावश्यक जिम्मेवारी थोपर्नु हुँदैन भन्ने सन्देश कविताले दिएको छ । यो कविता शार्दूलविक्रीडित छन्दमा लेखिएको छ । यो कविता निकै शिक्षाप्रद छ । जस्तै :

मैले दाबिनुमा मेरै सीमा हुन्छ म दब्दछु
सीमामाथि दबाएमा उठ्न सक्छु म उठ्तछु ।

३१) म–हामी–
म–हामी कविता सामूहिकताका पक्षमा लेखिएको कविता हो । यस कविताले म अर्थात् एक्लैले पुरा गर्न नसकेको काम हामी अर्थात् धेरै जना भएपछि सजिलै गर्न सकिन्छ भन्ने कुरा बताएको छ । कविताले एकता नै ठूलो शक्तिहो भन्ने सन्देश प्रवाह गरेको छ । कवितामा मका माध्यमबाट एकलकाँटे र हामीका माध्यमबाट सामूहिक भावनाको प्रतिनिधित्व गराइएको छ । यस कविताबाट सामूहिकतामा बल हुन्छ भन्ने विचार व्यक्त गरिएको छ । यो शार्दूलविक्रीडित छन्दमा लेखिएकोछ । कविताको सन्देश हामी भएर काम गर्नुपर्छ भन्ने हो । जस्तै :

तातो सूर्य धिमा धिमा किन नहोस् सम्पूर्ण तारा मिले
सिङ्गै ह्वेल बुत्याउँछन् रूगरूगे साना भुरा मेलले
जो जल्ले म भने उनै पछि परे हामी हुनेले जिते
धार्नी मण्डुकको भएन कहिलै मौरी हुनेले जिते ।

३२) आसाम–
आसाम कविता स्थान विशेष कविता हो । यस कवितामा कवि आसाम पुग्दा नेपालकै जस्तो परिवेश, आतिथ्य सत्कार,न्यानो माया पाएर मन पुलकित हुँदाको अनुभूति व्यक्त गरिएको छ । यो कविता शार्दूलविक्रीडितछन्दमा लेखिएको छ । यस कविताले आसामवासी नेपाली समाजका विविध पक्षलाई उजागर गरेको छ ।

३३) म पानी–
म पानी कविता पानीको तरल स्वभावसँग सम्बन्धित छ । कवितामा मानिसमा पानीको गुण आरोप गर्दै मान्छे भएर जन्मिएपछि पानी जस्तो गुनिलो हुनुपर्दछ भन्ने सन्देश दिइएको छ । योे कविता अनुष्टुप छन्दमा लेखिएको छ । पानीका गुणलाई मानिससँग तुलना गरिएको कवितांश यस्तो छ :

देखौला उर्लंदो रूप
खहरे भै सुसाउँदा
मेरो समाधिको रूप
ताल समुन्द्रभित्र छ ।

बाफ बादलमा शुद्ध
शान्त स्निग्ध हुँदाहुँदै
मेघमा गर्जना गर्दै
चट्याङ पार्न सक्तछु ।

३४) मौरी–
मौरी कविता मालिनी छन्दमा लेखिएको छ । मौरी शिर्षकको कविताले समस्या,चुनौती, दु:ख, कष्टबाट भागेर होइन त्यसको सामना गरेर अघि बढ्नुपर्दछ भन्ने शिक्षा दिएको छ । यो कविताले सामूहिकता र परिश्रमको मूल्य उजागर गरेको छ ।

३५) काष्ठमाण्डप–
काष्ठमाण्डप काठमाडौँको एउटा साँस्कृतिक धरोहर हो । त्यो धरोहर २०७२ सालको भुइँचालोमा परी ढल्यो । एउटा रुखबाट पूर्णता पाएको काठैकाठको मन्दिर जसलाई काष्ठमण्डप भनिन्छ । त्यही भवनको गुण उजागर गरिएको कविता हो । काष्ठमाण्डप कविता अनुष्टुप छन्दमा लेखिएको छ । यस कविताले नेपालको सांस्कृतिक धरोहरको महत्त्व उजागर गरेको छ ।

३६) बाँस फल–
बाँस फल अलि नौलो खालको कविता हो । वास्तवमा बाँसको फूल फूल्दैन ,फल लाग्दैन । नेपाली समाजमा बाँसमा फल लागेको देखियो भने अशुभ हुन्छ भन्ने अन्धविस्वास छ । अरू सबैे वृक्ष फुल्न फल्न हुने सोझो बाँस फूल्न नहुने ? जो सोझो उसेैको मुखमा घोचो भन्ने उखान चरितार्थ भएको यो कविता निकै अर्थपूर्ण छ । यस कविताले त्यही पक्षलाई निकै जीवन्त रूपमा उजागर गरेको छ । कविताले रुढिबुढीको पनि विरोध गरेको छ । जस्तै :

खोव्रmो बन्दिनँ बाँसुरी र मुरली छेडिन्नँ काटिन्नँ भो
मेरो अन्तर बोल्छ साज नबनूँ, बन्द्यूँ चुरो सालको
जो हुक्र्यो अभिमानसाथ उच भै त्यै झुक्नु पर्ने किन
त्यै पानी मल गोडमेलबिनु नै अग्लेर दब्ने किन ?

चौकामा सजिएँ खुसी लगनमा, घारो तगारो भएँ
जल्दो लाससँगै म ठोसिन पुगेँ घोचो घृणाको बनेँ
जो माटो नगुमोस् भनेर पहरा गर्दैछ धर्तीप्रति
त्यै हेला किन हुन्छ बुझ्दिनँ स्वयम् यो बाँसको दुर्गति ?

३७) घण्टाघर–
घण्टाघर नेपालको काठमाडौँमा रहेको प्रशिद्ध घण्टाघरसँग सम्बन्धित छ । यो कविता अनुष्टुप छन्दमा लेखिएको छ । यो कविताले पहिला भन्दा अहिले समय धेरै बदलिएको भए पनि देशको अवस्था जस्ताको तस्तै रहेको तथ्यलाई घन्टाघरको माध्यमबाट व्यक्त गरेको छ । घण्टा घरलाई साक्षी राखेर देशको अवस्थालाई ऐतिहासिक सन्दर्भबाट उजागर गरिएको छ ।

३८) जीवन सँगिनी–
जीवनसँगिनी नारीको सम्मानमा लेखिएको कविता हो । गृहस्थी रथलाई चलायमान बनाउन पति पत्नीको समान भूमिका रहेको हुन्छ भन्ने कुरालाई यस कविताले समेटेको छ । माटोको भर ढुड्गा, ढुड्गाको भर माटो भनेझैँ जीवन सँगिनीको साथ सहयोगले मात्र पुरुषको घर स्वर्गजस्तो बन्न सक्दछ भन्ने कुरालाई यस कविताका माध्यमबाट अभिव्यक्त गरिएको छ । अनुष्टुप छन्दमा लेखिएको यो कविताले नारीप्रति सम्मान व्यक्त गरेको छ । जस्तै :

स्वास्नी होइन साथी हुन्
सिङ्गै जीवनकी यिनी
भान्छा मालिकिनी हैनन्
मेरी जीवन सङ्गिनी ।

न ता धाई सुसारे हुन्
सेविका न त धोबिनी
सयौँ सँगीहरूमध्ये
यिनी जीवनसङ्गिनी ।

३९) कालो दर्शन
कालो दर्शन दार्शनिक विषयवस्तुलाई समेटेको कविता हो । यो कविताशार्दूलविक्रीडित छन्दमा लेखिएको छ । यो कविताले कुभाव राख्नेहरूप्रति व्यङ्ग्य प्रहार गरेको छ । यसले काला चरित्र, कालो व्यवहार, दृष्टि आदिको विरोध गरेको छ । कालोको पक्षमा बोलेर प्रकारान्तरले कालो कर्म, व्यवहार र दृष्टिकोणको विरोध गरिएको छ । जस्तै :

कालो गाजल लाउँथे सब जना सौन्दर्य चम्काउँथे
कालै हाट लगाउँथे र दुनियाँ व्यापार गम्काउँथे
कालै वस्त्र लगाउँथे सब जना अस्तित्व जोगाउँथे
कालो अश्व चढी घुमेर पृथिवी कालै कला गाउँथे ।

काला यौवनमा सिँगार सजिई सारा युवा बन्दथे
काला काँध उठाउँथे र धरती आकाशमा घुम्दथे
कालो नीति बनाउँथे युग बुझी कालै निया गर्दथे
काला शासकका सुशासन भजी आराधना चल्दथे ।

४०) मलामी
मलामी पुस्तकभित्रको चालिसौँ कविता र पुरै पुस्तकको शिर्षकीकरण गरिएको कविता हो । यो पुस्तकभित्रको अन्तिम कविता हो । यो कविताले बाँचुन्जेली मानिसले जतिसुकै नयाँ वश्त्र धारण गरे पनि, हीरा, मोतीले ढाकिए पनि मरेर गएपछि त्यो सबै व्यर्थ रहेको शाश्वत तथ्यलाई उजागर गरेको छ । यो कविता अनुष्टुप छन्दमा लेखिएको छ । यस कविताले मानिसलाई उसको जीवनको यथार्थ मलामी गनेर पहिल्याउन सकिने विचार राखेको छ । जस्तै :
कोव्रmाभित्र सुसारेले

हेरुन् चमर हम्किऊन्
पास्नी, विवाहमा आफ्ना
बाटो जाम गरी हिँडून्
खुसीका क्षणका साथी
लर्को हजार लाखन
के चिन्नु खै कसैलाई
मलामी नगनीकन ।

निष्कर्ष
रमेश शुभेच्छु युवा पुस्ताका सक्रिय र सशक्त कवि प्रतिभा हुन् । उनी सिर्जना, समीक्षा र अन्य बहुमुखी गतिविधिबाट साहित्य जगत्मा समर्पित छन् । शुभेच्छुका कवितासङ्ग्रहमध्ये मलामी (२०७२) उल्लेख्य कविताकृति हो । यस कविताकृतिभित्रका सबै कविताहरू अर्थपूर्ण, सन्देशमूलक, शिक्षप्रद र स्तरीय छन् । कविको आगामी कवितायात्रा अझै उर्जाशील, अझै सिर्जनशील र विशिष्ट बनोस् । शुभकामना ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 1,171
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.