SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ‘कुटी’ भित्र जीवनका यथार्थता
समीक्षा

‘कुटी’ भित्र जीवनका यथार्थता

Sahitya SagarBy Sahitya SagarAugust 20, 2021No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

ज्ञानु अधिकारी युवा पुस्ताकी सक्रिय समीक्षक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी सैद्धान्तिक एवम् प्रायोगिक दुवै किसिमका समीक्षाका क्षेत्रमा परितिच प्रतिभा हुन् । साहित्यसागरको प्रसतुत शृङ्खलामा उनको मणि अर्यालको कुटी निबन्धसङ्ग्रहको पुस्तक समीक्षालाई समेटिएको छ ।

सम्पा.

फुटकर गीतहरूका माध्यमबाट आफ्नो परिचय बनाइसकेका मणि अर्यालको पहिलो साहित्यिक कृति प्रकाशित भएको छ । कुटी शीर्षकको निबन्धसङ्ग्रह प्रकाशित गराएर उनले नेपाली निबन्ध विधामा स्थान बनाएका छन् । जम्मा एघारवटा आत्मपरक निबन्धको सँगालोका रूपमा रहेको यस कृतिमा निबन्धकारका वैयक्तिक भोगाइ, अनुभूति र विचार स्पष्टरूपमा प्रकट भएका छन् । खास गरी जीवनका पछिल्ला दिनहरूमा निबन्धकारले देखेका, भोगेका र अनुभूत गरेका कुरालाई नै निबन्धको विषयवस्तु बनाइएको छ ।

जुनसुकै विषयवस्तुमा लेखिएको भए पनि लेखकको निजी अनुभूति, विचार, भोगाइलाई केन्द्र बनाएर भाव अभिव्यक्त गर्नु आत्मपरक निबन्धको मुख्य अभिलक्षण हो । आत्मपरकता अभिव्यक्तिको एउटा ढाँचा हो । विषय प्रस्तुत गर्ने अभिव्यक्तिगत आधार आत्मनिष्ठ भएकैले आत्मपरक निबन्ध अन्य प्रकारका निबन्धभन्दा फरक देखिन्छ । आत्मपरक निबन्धमा निबन्धकारको व्यक्तित्वको प्रकटनका साथै व्यक्तिगत प्रसङ्गहरू बढी आएका हुन्छन् । मणि अर्यालको प्रस्तुत कुटी निबन्धसङ्ग्रहमा पनि निबन्धकारले आफ्ना वैयक्तिक भोगाइलाई आत्मपरक रूपमा अभिव्यक्त गरेका छन् ।

प्रस्तुत सङ्ग्रहमा गुरु भेट, होटल हाइवे, मधुशाला, मेरो गाउँ, मित्र संवाद, कुटी, नेपालगञ्ज, प्यान्थर, पसिनाको गन्ध, रिस, सम्झनामा इन्द्रबहादुर राई गरी एघार वटा छोटा आयामका निबन्ध समावेश गरिएका छन् । विविध विषयवस्तु रहेका यी निबन्धमा निबन्धकारले आफ्नो निवासस्थान, आफ्नो गाउँ, आफ्नो सहर र आफूसँग निकट हुन आइपुगेका स्थानीय व्यक्ति र साथीहरू सबैलाई निबन्धको विषय बनाएका छन् र तिनले पारेको प्रभाव र तिनीप्रतिको आफ्ना धारणा सबैसबैलाई अभिव्यक्त गरेका छन् । यस सङ्ग्रहका अधिकांश निबन्धमा व्यक्तित्वको चित्रण आएको छ । समय क्रमसँगै विभिन्न सिलसिलामा आफूसँग जोडिन आएका पात्रहरूलाई निबन्धकारले यहाँ उभ्याइएका छन् र तिनका प्रवृत्ति र स्वाभावका राम्रा र नराम्रा पक्षलाई देखाई तिनका बारेमा आफ्ना धारणा अभिव्यक्त गरेका छन् । यसरी आफ्नो जीवनमा जोडिन आएका ती पात्र र परिवेशहरू नै कहीँ न कहीँ र केही न केही रूपमा आफ्नो गुरु बनेको धारणा व्यक्त गरेका छन् ।

यस सङ्ग्रहका अधिकांश निबन्ध हृदयले लेखिएका छन् । संवेदनाले लेखिएका छन् । कृतिको शीर्षकसमेत रहेको कुटी निबन्धमा निबन्धकार आफ्नै कुटी अर्थात् जन्मघरलाई सम्झेर यसरी भावुक हुँदै लेख्छन् –

हामीले हाम्रा बालापन छोडिआएको कुटी । हितैसीका यादहरू छोडिआएको कुटी । मातापिताका मधुर वाणी छोडिआएको कुटी । हाँसे, खेलेको । रुँदै हिँडेको । गोठाला गएको । बालसुलभ खेल खेलेको सबैसबै यादहरू कुटीसँगै हराइ गएका छन् । कृत्रिमताको खोलले प्राकृतिक कुटीबाट अलग्याए पनि, तन छुटि आए पनि मन आज पनि त्यही कुटीको दलानहरूमा, भित्ताहरूमा कतै टाँसिइरहेको छ । त्यही पुरानो अवस्थामा कुटीभित्र हराउन, कुटीसँगै जीवनको धुकधुकी चलाउन मन छ । खै कसरी पाउनु फिर्ता बितिगएका ती पलहरू ? केवल प्रिय कुटी मेरो स्मृतिको धमनीमा रक्तसञ्चारझै धड्किरहेको छ, एकतमास । (पृ.५५)

यसरी कतै आफ्नो विगत, कतै देशको समसामयिक सन्दर्भ र कतै स्थानीय गतिविधिहरूलाई पनि निबन्धकारले विषय बनाएका छन् ।

सम्झनामा इन्द्रबहादुर राई यस्तै व्यक्तिप्रभावले लेखिएको निबन्ध हो । साहित्यकार इन्द्रबहादुर राईको जीवनदर्शन र साहित्यबाट प्रभावित भएर लेखिएको यस निबन्धमा भनिएको छ –

कलाकार साहित्यकारलाई कुनै देशको सिमानाले अलग गर्द सक्दैन । भाषा अलग होला तर भाव अलग हुन सक्दैन । संस्कृति–संस्कार अलग हुन सक्ला तर बुझाइ अलग हुन सक्दैन । सबैलाई दुख्छ । दुखाइ सबैको साझा हुन्छ । केवल प्रस्तुति फरक हुन्छ । सबैको मन र भावना एउटै हो । मानव भएर जन्मिएपछि त्यसमा विश्वबोध हुन सक्यो भने त्यो संसारकौ प्रिय बन्छ । राई यस्तै एउटा पात्र हुन् । उनको भूगोल, संस्कृति फरक भए पनि साहित्यमाथिको साधना नेपाल र नेपालीकै लागि समर्पित रह्यो । यो नै नेपाली साहित्यका लागि एउटा ठूलो प्राप्ति हो । (पृ.८२)

यसरी उनले भारतीय नेपाली साहित्यकार तथा चिन्तक इन्द्रबहादुर राईप्रति आप्mना धारणा व्यक्त गरेका छन् ।

प्रस्तुत सङ्ग्रहका निबन्धमा विशेष गरी नेपाली समाज, साहित्य, पत्रकारिता, राजनीति, मानवीय कमजोरी आदि विविध पक्षहरूमाथि निबन्धकारको धारणा अभिव्यक्त भएका छन् । र ती धारणाहरू निबन्धकारका भोगाइ र अनुभूतिबाट नै निर्मित छन् । आफू बाँचिरहेको समय र समाजलाई सूक्ष्म अवलोकन गरेर लेखिएका यस सङ्ग्रहका निबन्धहरू रोचक र पठनीय छन् । निबन्धको भाषा जति सरल छ, त्यति नै गम्भीर विषयवस्तुको प्रस्तुति रहेको छ ।

आधुनिक नेपाली आत्मपरक निबन्धमा वैयक्तिक अनुभूतिको प्रधानतासँगै समाज, संस्कृति, राजनीति क्षेत्रका विषयसन्दर्भहरू आएका हुन्छन् । विसङ्गत वर्तमानप्रति असन्तुष्टि, जीवन जगत्प्रतिको दृष्टिकोण, भावना, कल्पना र वैयक्तिक अनुभूति तथा भोगाइको प्रकटीकरण, कला, साहित्य, संस्कृतिप्रतिको चिन्तन र मान्यताजस्ता अन्तर्वस्तुहरू आधुनिक नेपाली आत्मपरक निबन्धमा पाइने प्रमुख अन्तर्वस्तु हुन् । नेपाली आत्मपरक निबन्धमा पाइने विषयवस्तुगत प्रवृत्तिहरू यस सङ्ग्रहका निबन्धमा पाइन्छन् । यी निबन्धहरू विषय प्रस्तुतिका दृष्टिले अब्बल देखिए पनि ती अझ परिष्कृत बन्न  सकेका भने छैनन् । विषयवस्तुलाई परिपाकमा पुर्‍याउन र कलात्मक बनाउन अझ केही मिहिनेत गर्नुपर्ने देखिन्छ ।

समग्रमा आफ्ना भोगाई, विचार र अनुभूतिलाई सरल भाषामा अभिव्यक्त गरी लेखिएका यी निबन्धहरूले निबन्धकारको साहित्यिक परिचय त दिन्छ नै त्यसभन्दा पनि उनको वैयक्तिक जीवनका कतिपय यथार्थलाई पनि उजागर गरेका छन् । आफ्ना कुरालाई निर्भीक र स्पष्ट रूपमा राखिएको यस सङ्ग्रहका निबन्धले निबन्धकारको स्वच्छ छवि र इमान्दारी लेखनको पनि झल्को दिएको छ । मान्छेका प्रवृत्तिलाई विषय बनाएर लेख्न रुचाउने मणि अर्यालको प्रस्तुत निबन्ध कृति नेपाली आत्मपरक निबन्ध विधाको पठनीय कृति हो ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 249
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.