SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » उत्तर अमेरिकी नेपाली कविता
समीक्षा

उत्तर अमेरिकी नेपाली कविता

Sahitya SagarBy Sahitya SagarAugust 10, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

रमेश शुभेच्छुको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी युवापुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा व्यक्तित्वका साथै साहित्यसञ्चारका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय प्रतिभा हुन् ।

-सम्पा.

सिसामा खाँदेको तामा र गुन्द्रुक पठाइदिनू है आमा
यो अमेरिका
यहाँ केको फुर्सद पाउनु र मैले
आलु र तामा पकाएर खान
भटमास र गुन्द्रुक साँधेर खान
एक हप्तादेखि बनाइराखेको खाना
डिब्बामा बोकेर दौडिन्छु काममा सधैँ ।
सकुन ज्ञवाली, भन्दिनू है बा, पृ. ११४

यो कविता विदेशमा बसेर स्वदेश सम्झने नायकको कविता हो । विदेशमा बस्ने नेपालीको समस्याको कविता पनि हो । यसैलाई डायस्पोरा चेतना भनिन्छ । परदेशको जीवनशैलीलाई छोड्न पनि नसक्ने तर स्वदेशको संसकृति सभ्यता र जीवनशैलीलार्ई भूल्न पनि नसक्ने अवस्थामा आज विश्वमा छरिएको नेपाली जाति मडारिइरहेको छ । यो जाति बाध्यता, अवसरको खोजी, शिक्षा र रोजगारीका सिलसिलामा विश्वमा छरिएको छ तर उसको जीवनशैली गरिमापूर्ण बन्न सकेको छैन । ऊ आफ्नो समाज र देशको उन्नति पनि चाहन्छ तर ऊ स्वयम् यो समाज र देशको उन्नतिमा केही गर्न सकिरहेको छैन । नजानिँदो गरी द्वैद्ध मनस्थितिका बिच द्वैध संस्कृति र सभ्यताका रापचापमा आफू को हो ? भन्ने प्रश्नले विश्वमा छरिएर रहेका नेपाली जातिमा सिर्जनात्मक उभार ल्याएको छ । त्यही उभारले सम्पन्न मुलुकमा पुगेका नेपालीहरू पनि आफू त्यहाँ स्थायी रूपमा बस्ने कि अस्थायी रूपमा बस्ने भन्ने मनस्थितिमा छन् । यही मनस्थितिको उपज हो यस समीक्षाका आरम्भमा उठाइएको सकुन ज्ञवालीको कविता । यस्तो विचारको अभिव्यक्ति दिने सकुन ज्ञवाली प्रतिनिधि पात्र हुन् । यस्ता २२१ कविताहरूको संकलन हो समीक्षित कृति उत्तर अमेरिकाली नेपाली कविता ।

उत्तर अमेरिकाली नेपाली कविता (२०७७) कृसु क्षेत्रीको सम्पादनमा नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित कविताकृति हो । यस कृतिमा उत्तरअमेरिकामा बसोबास गर्ने २२१ नेपाली कविका एक एक ओटा कविता समेटिएका छन् । यी कविताले घरदेशका चिन्ता र परदेशका पीडालाई निकै जीवन्त रूपमा प्रस्तुत गरेका छन् । धेरै कविताले आफू दु:ख गर्न परदेश पुगेका बेला घरदेशमा भएको राजनीतिक र सामजिक अस्थिरताप्रति चिन्ता प्रकट गर्दै तिनको अन्त्यको कामना गरेका छन् । देशको प्रकृतिको उच्च सम्मान पनि गरेका छन् :

हामी नेपालीको गौरव
विश्वको आँखाभित्र सजिएको खुम्बु आइसफल
तिमी सधैँभरि रहनु अटल
सौम्य अनि शान्त हुनु हरपल ।
आङछिरिङ शेर्पा, विश्वको आँगाभित्र खुम्बु आइस्फल, पृ. ५७

यी कविताहरू पढिरहँदा लाग्छ वास्तविक राष्ट्रियचेतना, देशप्रेम र राष्ट्रिय स्वाभिमान नपालभित्र बस्ने नेपालीसँग भन्दा प्रवासका नेपालहिरूसँग छ । जस्तै :

वृद्ध विरामी जननी
रगताम्य जन्मभूमि छाडेर
पराई माटोमा पसिना बगाउन हिँडेको यो यात्री
स्वयम्लाई खबरदारी
प्रेम गर्ने अधिकार छैन यतिबेला मेरो देश भनी
खबरदार, नछो मेरा हातहरू मेरो देशको झन्डा ।
निलम कार्की निहारिका, मसँग राष्ट्रियता छैन, पृ.२१२

सङ्ग्रहमा यस अभिव्यक्तिको आशयलाई बोक्ने कविताको सङ्ख्या ठुलो छ ।

प्रस्तुत सङ्कलनका कवितामा प्रेमप्रयका विषयवस्तु पनि सरावरी आएका छन् । ती कविताका प्रेमी वा प्रेमीका विदेशी संस्कृतिका आज प्रेम गर्ने भोलि छुट्ने खालका छैनन् । नेपाली वनपाखा र मेलापात गर्दा प्रेम गर्ने प्रेमी प्रेमिका जस्ता अमर विम्बमा संरचित छन् ।

यस सङ्कलनले उत्तर अमेरिकाको डायस्पोरामा रहेको नेपाली समाज, जनजीवन, तिनका भोगाईहरू र तिनको जन्मभूमिप्रतिको दृष्टिकोणलाई बुझ्न सकिन्छ ।

प्रस्तुत सङ्कलनमा मूलत: संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविकासङ्कलित छन् । सम्पादक क्षेत्रीले चार वर्षसम्म नेपालका लागि अमेरिकास्थित कूटनीतिक सेवामा रहँदा त्यहाँ सक्रिय नेपाली स्रष्टाका भाषा, साहित्य र देशभक्तिबाट प्रभावित भई सङ्कलन सुरु गरेको आत्मस्वीकृति यसको सम्पादकीयमा दिएका छन् ।

सङ्ग्रहमा समेटिएका अधिकांश कविताका कविले कर्मभूमिमा भोगेको पीडा, सुख, सङ्घर्ष, आरोह, अवरोह तथा आफ्नोपनलाई नै विषयवस्तु र विम्बमा उतारेका छन् । यहाँ संसारभर फैलिएको नेपाली मानवीय चेतनाको झाँकी देख्न सकिन्छ । त्यस मानवताका बहुमुखी आयाममा लोकतन्त्र, सामाजिक न्याय तथा मानवअधिकारका विषयलाई समेटेको देखिन्छ । ग्लोबलाइजेसन प्रभावबाट उब्जिएका बहुमुखी उत्तरआधुनिक प्रवृत्तिहरू पहिल्याउन सकिन्छ ।

प्रसतुत संकलनका कविताले भाषा, साहित्य तथा संस्कृतिले जन्मभूमिको माटोप्रतिको प्रेम, कर्तव्य र छोडिजाँदाका पीडालाई उजागर गरेका छन् । यी कवितामा ‘डायस्पोरिक’ चेतनाका साथै नेपालीको जीवन, नेपाली समाज र तिनका भोगाइका अनुभूतिलाई सँगालेका छन् । यी रचनाबाट नेपाल पनि पढ्न पाइन्छ नेपालीले भोगेको विदेश पनि पढ्न पाइन्छ ।

प्रस्तुत सङ्ग्रहमा समेटिएका कवि र उनका कवितालाई कविको नामको वर्णानुक्रममा प्रसतुत गरिएको । त्यसरी समेटिने कविहरू यस प्रकार छन् :

अग्नि साम्पाङ, अच्युत सिग्देल, जय छोचुं, अनमोलमणि, अनिल पौड्याल, अनुजा घिमिरे, अनु शाह, अपराजिता खुसी, अमर त्यागी, अमर रोका, अमोद भट्टराई, अरुण श्रेष्ठ, अर्जुन सापकोटाअशोक चाम्लिङ राई, अस्थि साख्वा:, आङछिरिङ शेर्पा, आङ जाङ्बु शेर्पा, चार्य प्रभा, आनन्द श्रेष्ठ, एनपी खार्पाली, ईश्वरी कार्की ‘वर्षा’, उज्ज्वल भट्टराई, उर्मिला श्रेष्ठ ‘भोजपुरे’, एच.बी. भण्डारी, एम निरौला, डा. ऋषि बस्ताकोटी, कपिल सिटौला, कमला प्रसाईं, कमला स्वरूप, कल्पना सत्याल, कल्पना सुवेदी, किशोर विश्वकर्मा, किसनसिंह धामी, डा. किस्मत भण्डारी, कुञ्जन रूपाखेती, कुन्ती थापा, कुसुम शर्माकुसुम ज्ञवाली, कृष्ण कुसुम, कृष्ण धरावासी, कृष्णमुरारी ढुङ्गेल, कृष्ण शाह यात्री, केशव शर्मा दाहाल, केशवराज ज्ञवाली, खेमराज दवाडी, खेमनाथ दहाल, गगन विरही, गङ्गा लिगल, गण्डकी पुत्र, गीता खत्रीगीता पन्थ, गुणराज लुइटेल, गुहनाथ पौडेल, गोकुल ढकाल, गोकुल भण्डारीगोपाल रेग्मी, प्रा.डा. गोपी उप्रेती, गोपीकृष्ण काफ्ले, गोवर्धन पूजा, डा. गोविन्द कोइराला, गोविन्द गिरी प्रेरणा, डा. गोविन्द रावत, चन्द्र बज्यू तामाङ, गन्नाथ पौडेल, जय बञ्जाडे, डा. जयन्तकृष्ण शर्माजसकुमार राई, जानुका वस्ती ढकाल, निता सुब्बा, जुनु क्षेत्री, ज्योतिकुमार श्रेष्ठ, ज्योति पौडेल, डा. तारा निरौला, तीर्थराज अधिकारी, तीर्थराज बराल ‘सानु पुनाटारे’, डा. तुलसी धरेल, थोमस बास्तोला, दीपक ढकाल, दीपा राई पुन, डा. दुर्गा दहाल, वनाथ भट्टराई ‘दर्पण’, धन लामा, नगेन्द्र न्यौपाने, नदिया, नम्रता गुरागाईं, . नवीन ‘अन्योल’. नारायण श्रेष्ठ, नीलम कार्की निहारिका, नीरा शर्मा, पदम विश्वकर्मापद्मा लिंखा मगर,पल्पसा, पसाङ शेर्पा, पीपलमणि सिग्देल, डा. पुण्यसागर मरहट्टा, पुनम काफ्ले, पुरुषोत्तम ढकाल, पुरुषोत्तम सुवेदी, पुष्कर बराल, पुष्पा अधिकारी गौतम, प्रकाश नेपाल, प्रदीपदेव पौडेल, प्रतिभा पौड्याल आचार्य, प्रदीप परियार थापा मगर, डा. प्रदीप भट्टराई, प्रमोद अमात्य, प्रेम गुरुङ, प्रेम चौलागाई, प्रेम बानियाँ, प्रेम सङ्ग्रौला, बन्धु पोखरेल, बाबुराम सेढाई, बिटु केसी बराल, बुद्ध चेम्जोङ, बुद्धि मोक्तान, भक्त लामिछाने गुरुङ, भरत पुरी, भानुभक्त आचार्य, भारती गौतम, भावना पोखरेल, मञ्जु निरौला हाडा, मणि बाङ्देल ‘सागर’, मणि भट्टराई, डा. मधु माधुर्य, मनु लोहोरुङ राई, मनोज खनाल, ममता कर्माचार्य, महेश्वर पन्त, मुकुन्द कोइराला ‘ठुटे कवि’, मुक्ति गौतम, मुरारि अधिकारी, मुरारि नराल, मोदनाथ सादा, डा. मोहनप्रसाद जोशी, प्रा. मोहन सिटौला, योगेश आदि, रजनी श्रेष्ठ, रमा सिंह, रमेश थापा, रवीन थपलिया, रवीन्द्रभक्त श्रेष्ठ, रश्मि भट्ट, राखी गौचन, राजन थपलिया, राजन महर्जन, राजव, राजवल्लभ कोइराला, राजीव नेपाल ‘अटवा ,राजेन्द्रप्रसाद प्रसाईं, राजेश मिश्र,राधा रिजाल पोखरेल, राधिका खरेल, रामकुमार सुवेदी ‘राम अविराम’, रामप्रसाद खनाल, राम लामा ‘अविनाशी’, रोहिणी शुक्र, लक्ष्मी बजगाई, लक्ष्मी श्रेष्ठ, लालगोपाल सुवेदी, लीलावती न्यौपाने, वन्दना कोइराला, वसन्त श्रेष्ठ, वासु श्रेष्ठ, विकास विष्ट, विक्रान्तविक्रम राणा, विजयराज भट्टराई, विजयासिम, विजेता थेबे लिम्बू, विद्यासागर योन्जन, विनोद न्यौपाने, विनोद रोका, विमल नेपाल, विमला निरौला, विश्वराज अधिकारी, डा. विष्णुमाया परियार, वीरेन्द्र लम्साल, वीरेन्द्र लाबुङ लिम्बू, व्याकुल पाठक, शकुन ज्ञवाली, शरद निरौला, शरद सुब्बा, शर्मिला पोखरेल, शान्तिराम ढकाल, शारदा ठकुरी, शिखर दुलाल ‘लेखु’, शिव गौतम.शिव पलाँस,शिवप्रकाश, शैलेश आचार्य, शैलेश श्रेष्ठ, श्यामकाजी श्रेष्ठ, संगीता उप्रेती रिजाल, संजिता कोइराला, सच्ची मैनाली, सरला श्रेष्ठ, सरू काली, सर्वज्ञ वाग्ले, ससङ लामा, सहदेव पौडेल, साबुरवि, सिर्जना तुलाधर, सीता खरेल, सीता पाण्डे, सुनिता बस्नेत, सुदीपभद्र खनाल, सुनीलमणि दाहाल, सुमन दहाल, सुरेन उप्रेती, सृजना आचार्य लम्साल, हरि अधिकारी, हरि घिमिरे, हरिप्रसाद काफ्ले ‘शैव’, हरिराज न्यौपाने, हरिराज भट्टराई, हरिश वैदिक, हरि सिवाकोटी, हिरण्य भोजपुरे, हेमन्त श्रेष्ठ, होमनाथ सुवेदी. होमराज आचार्य / ज्ञानेन्द्र गदाल ।

यस सङ्कलनमा यी कविका एक एक वटा कविता सङ्ग्रहित छन् । यहाँ केही नेपालका स्थापित अमेरिकामा बसेका कविहरू छन् भने कतिपय अमेरिका गएर साहित्यमा प्रवेश गरेका स्थापित र नवोदित सबैले स्थान पाएका छन् । यो नेपाली संकलित कविता परम्परामा उल्लेख्य र निकै मिहिनेत परेको कृतिका रूपमा प्राप्त छ । यसले प्रज्ञाले प्रकाशन गरेका अन्य प्रतिनिधिमूलक समकालीन कविताका इतिहासमा र यसपूर्व प्रकाशित नेपाली डायसपोराका कविता (२०७२) कृतिका इतिहासमा अर्को शृङ्खलाका रूपमा प्राप्त छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको भूमिका, उपकुलपति डा. जगमान गुरुङको प्रकाशकीय, पद्य कावयविभागका प्रमुखको संयोजकीय मन्तव्य र सम्पादकीय सहित समग्रमा ५०४ पृष्ठमा संरचित प्रस्तुत उत्तर अमेरिकी नेपाली कविता कृतिबाट उत्तर अमेरिकामा बस्ने नेपाली जनजीवनलाई राम्ररी बुझ्न सकिन्छ । यस कृतिको सम्पादन मानक कृतिका रूपमा भएको छ । यस्ता कामले प्रज्ञाप्रतिष्ठानको विस्तार विश्वका कुना कुनामा पुग्ने पनि देखिन्छ ।

कृति विभिन्न कोणबाट मानक सम्पादित ग्रन्थका रूपमा आउँदा आउँदै पनि केही केही कवितामा भावप्रवलता मात्र देखिनु र कविता कलाको अभाव देखिनु यस कृतिको सीमा हो । सबै प्रतिभा स्थापित कवि प्रतिभा नभएकाले त्यसलाई स्वभाविकै मान्न सकिएला तर प्रज्ञाप्रतिष्ठान जस्तो संस्थाबाट सार्वजनिक गर्दा कविता कलासापेक्ष पनि सम्पादन गरिएको हभए हुन्थ्यो भन्ने देखिन्छ । समग्रमा कृति सङ्ग्रहणीय र पठनीय बनेको छ । यस सङ्ग्रहले कविताका पाठकलाई परपरका विषय र रूपक सामथ्र्यको आश्वादन गराएको छ । अमेरिकी संस्कृतिको अध्ययनका लागि यो उल्लेख्य कृति हो ।
(rshubechchhu11@gmail.com)

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 617
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.