SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » भाषिक साहित्यिक विश्वसम्पदा : भानुभक्त
समीक्षा

भाषिक साहित्यिक विश्वसम्पदा : भानुभक्त

Sahitya SagarBy Sahitya SagarAugust 10, 2021No Comments32 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

 

 

 

 

 

 

कविता लामा (इ.सं १९६५, नोभेम्बर २२ खरसाङ दार्जिलिङ, सुपुत्री : दावासिंह लामा र माया लामा) समकालीन भारतीय नेपाली भाषा साहित्यका क्षेत्रमा सशक्त समालोचक प्रतिभा हुन् । लामा सिक्किम विश्वविद्यालयकी वर्तमान डीन हुन् । उनी लामो समयदेखि सिक्किम नेपाली विभागमा प्राध्यापनरत सिर्जनशील लेखक हुन् । उनको परिचय नेपाली भाषा साहित्यका क्षेत्रमासशक्त समालोचकका रूपमा स्थापित छ। उनका भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन (सन् २००२), दिदृक्षा (सन् २००५), अनुशीलन (सन् २०१०) तथा कविता डिस्कोर्स (सन् २०१७) प्रकाशित कृति हुन्। नेपालमा भएका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका विभिन्न अवसरमा उनका ओजपूर्ण अभिव्यक्ति र कार्यपत्रहरू आइराखेका छन् । लामाले विभिन्न साहित्यिक पत्रिकाको सम्पादन पनि गरेकी छन्। पछिल्ला केही वर्षमा डा. लामाले साहित्यिक र भाषिक क्षेत्रमा प्रत्यक्ष सहभागिता समेत दिई भाषा साहित्यको उत्थानमा विशिष्ट योगदान पुर्‍याउँदै आएकी छन्। साहित्यसागरको प्रस्तुत अङ्कमा लामाको ‘भाषिक साहित्यिक विश्वसम्पदा : भानुभक्त’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले भानुभक्तको महत्व उजागर गरेको छ । २०८ औँ भानुजयन्तीका सन्दर्भमा यस लेखलाई विशेष सामग्रीका रूपमा प्रस्तुत गरिएको छ । यस समीक्षाको भषालाई दार्जिलिङतिरको भाषाको सम्मान स्वरूप कथ्य शब्दहरूको सम्पादन गरिएको छैन । यस लेखले विभिन्न कोणबाट भानुभक्त आचार्यको महत्व उजागर गरेको छ ।

-सम्पा

 

पृष्ठभूमि
कवि भानुभक्त आचार्य विश्व कविका रूपमा स्थापित कवि हुन्।यिनलाई विश्व कविका श्रेणीमा दर्ता गराउने कृति नै रामायण हो जसलाई यहाँ मूल आधार मानिएको छ। यस कार्यपत्रमा रामायण अध्ययन परम्पराको संक्षिप्त चर्चा गर्दै भानुभक्तको रामायणको महत्त्वमाथि प्रकाश पार्न विभिन्न बुँदागत आधारलाई प्रस्तुत गरिएको छ। यिनको सालिग र जन्मस्थललाई पर्यटन उद्योगसित जोडेर हेर्न सके विश्वकवि भानु विश्व धरोहरका रूपमा युनेस्कोमा सूचीबद्ध हुन सक्ने अपेक्षा पनि यस कार्यपत्रले राखेको छ।

विषय प्रवेश
मानव समाजको सबैभन्दा सुन्दर अनि महत्त्वपूर्ण अन्वेषण नै भाषा हो। यही भाषाको माध्यमद्वारा मान्छे आफूलाई अभिव्यक्त गर्न, अरूसित विचारको आदानप्रदान गर्न, अनि विश्वका विभिन्न विषयबारे जान्न सक्षम हुन्छ। दुई हजार वर्षअघि प्राचीन ग्रीसेली विद्वान्-हरूले भाषाको अध्ययन गर्न थालिसकेको पाइन्छ। नेपाली भाषाले आफ्नो विकास यात्रा थालेको लगभग एक हजार वर्ष मात्रै हुँदैछ।यद्यपि आज नेपाली भाषा विश्व भाषाको रूपमा चिनिन्छ। सारा विश्वमा छरिएर बसेका नेपाली मनलाई एक सूत्रमा बाँध्ने शक्ति यदि छ भने त्यो नेपाली भाषामा छ। नेपाली भाषा नेपाली मनको आत्मा हो।यही भाषामा लेखिएको साहित्यले आज विश्वभरिका नेपाली समुदायलाई एकाअर्कामा जोडेर राखेको छ।नेपालीमाझ सम्बन्ध स्थापित गर्ने पुल यही नेपाली भाषा-साहित्य भएको छ।

प्रत्येक साहित्यिक कृति सबैभन्दा पहिले एउटा भाषिक पाठ हो, त्यसपछि मात्र त्यो एउटा कलाकृति, सामाजिक, मनोवैज्ञानिक, दार्शनिक, वा ऐतिहासिक सङ्कथन आदि केही हो। साहित्यिक कृतिले भाषालाई आफ्नो अभिव्यक्तिको माध्यम मात्र नबनाएर स्वयम्-ले भाषाभित्र आफ्नो जन्म पनि धारण गर्दछ (श्रीवास्तव, 1981:24)। साहित्यिक कृतिको निर्माण भाषाको माध्यमबाटै हुने हुनाले साहित्यिक कृति पनि अरू किसिमका लिखित पाठहरू जस्तै एउटा भाषिक पाठ हो। अत: साहित्यिक कृतिको ग्रहण सर्वप्रथम एउटा भाषिक पाठ वा भाषिक-विधान विशेषकै रूपमा गरिन्छ। यसरी भाषिक अध्ययनका निम्ति लिखित पाठलाई मानक आधारको रूपमा ग्रहण गर्ने क्रममा पूर्व र पश्चिम दुवैतिरका आचार्यहरूले साहित्येतर पाठसँगसँगै साहित्यिक पाठहरूबाट पनि प्रशस्त मात्रामा सामग्री ग्रहण गरेका छन्। विश्व साहित्यमा रामायणलाई पनि भाषिक र साहित्यिक दुवै दृष्टिले अध्ययन गरेको पाइन्छ।

रामायण अध्ययन परम्परा
इस्वीको तिनसय वा चारसय शताब्दीतिर संस्कृत भाषामा लेखिएको वाल्मीकि रामायण विश्वको पहिलो रामायण हो। यो महाकाव्य रामको जीवनीबारे लेखिएको प्रथम साहित्यिक कृति पनि हो। तसर्थ यसलाई आदिकाव्य भनिन्छ अनि वाल्मीकिलाई आदिकवि। संस्कृत काव्य परम्परामा प्रथम महाकाव्य वाल्मीकि रामायणको प्रभाव र प्रेरणा कालीदास, भवभूति, अनि पछिल्ला रामायण लेखकहरूमा परेको पाइन्छ। मध्यकालीन भक्ति काव्यका कथाहरू यसै काव्यबाट प्रेरित भएका छन्। यसले भारतीय विद्वान्-शोधकर्ताका साथै पश्चिमेली अध्येताहरूको ध्यान सर्वाधिक खिँचेको छ। भारतीय भाषा लगायत विश्वका विभिन्न भाषामा विभिन्न प्रकारका रामायण र रामकथासम्बन्धी पुस्तकहरू विभिन्न समयमा प्रकाशित हुँदै आएका छन्। जस्तै, वाल्मीकि रामायणको अनुगामीस्वरूप एघारसय-बाह्रसय शताब्दीतिर लेखिएका कम्बको तमिल रामायण, पन्ध्रसय शताब्दीको कृतिवासको बङ्गला रामायण, अनि सत्रसय शताब्दीमा अवधीमा लेखिएको तुलसीदासको रामचरितमानस। कम्बको रामायणलाई यस अध्ययन परम्परामा अत्यन्त लोकप्रिय र सर्वश्रेष्ठ काव्य मानिन्छ। भारतीय भाषाहरूमा उपलब्ध रामायणहरूमध्ये यो सबैभन्दा प्राचीन महाकाव्य पनि हो। एघारसय शताब्दीमा पम्प नामक जैन कविले रामकथामा केही हेरफेर ल्याएर जैन दृष्टिकोणले कन्नड भाषामा लेखिएको रामायणलाई पम्प रामायण भनिन्छ। कन्नडको यो अर्को सबैभन्दा प्राचीन काव्य हो। तेलुगु द्विपद रामायण (बुल्के,1950:722)-लाई रङ्गनाथ रामायण पनि भनिन्छ। मानिन्छ। सोह्रसय- सत्रसय शताब्दीतिर लेखिएको रामानुजन् एपुत्तच्चन्-को मलयालम रामायण अध्यात्म रामायणमा आधारित छ। भक्तिभावले पूर्ण यो रामायण केरलाका प्रत्येक हिन्दूको घरमा गाइने गरिन्छ। अन्याय रामायणहरूमा तेह्रसय शताब्दीमा वाल्मीकिको उत्तरकाण्डमा आधारित तिक्कन्नको निर्वचनोत्तर रामायण हो। चौधसय शताब्दीमा लेखिएको भास्कर रामायणलाई अत्यन्त कलात्मक र साहित्यिक काव्य मानिन्छ। भिन्नाभिन्नै समयमा लेखिएका केही प्रमुख रामायणमा उत्तर रामायण, रघुनाथ रामायण, अध्यात्म रामायण, आदिलाई मान्न सकिन्छ। बुल्केले आफ्नो पुस्तकमा भानुभक्तको रामायणको चर्चा ‘आर्य भाषाओं के साहित्य में रामकथा’ उपशीर्षकमा गरेका छन् जहाँ कविलाई भानुभट्टकृत रामायण नामले चिनाइएको पाइन्छ (बुल्के, 1950:228)। कविको नाम अनि कृति प्रकाशन कालमा केही त्रुटि देखिए पनि रामायण अध्ययन परम्परामा कश्मीरी, असमेली, सिंहली, हिन्दी आदि भाषा-साहित्यको तुलनामा भानुभक्त रामायणलाई पनि नेपाली साहित्यको सबैभन्दा महत्त्वपूर्ण रचनाको रूपमा चर्चा गरिनु यो काव्य विश्व साहित्यमा ठुलो उपलब्धिको रूपमा चिनिनु हो। यस पुस्तकमा कवि भानुलाई विश्वकविका रूपमा स्थापित गरेको ठोस् प्रमाण रहेको छ।

रामायण अध्ययन परम्परामा भारतीय भाषा अनि विदेशी भाषा र साहित्यमा उपलब्ध रामायण र रामकथाहरूबारे विशद् अध्ययन गरी लेखिएका संगोष्ठी पत्रहरूलाई एकत्र गरी वी राघवनको सम्पादन अनि साहित्य अकादमी, नयाँ दिल्लीको प्रकाशनमा छापिएको पुस्तक दि रामायाणा ट्रेडिसन इन एसिया (सन् 1980)-मा यथेष्ट जानकारी गराइएको पाइन्छ। यसमा समावेशित विभिन्न लेखमा मलेसियाली, जापानेली, लाओस्, बर्मेली, श्रीलङ्का आदि भाषामा लेखिएका रामायण र रामकथाको चर्चा पाइन्छ। छिमेकी राष्ट्र थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, चीन, बाली, तथा मालद्वीपमा विभिन्न शीर्षकमा रामकथाहरू प्रकाशित छन्। कश्मिरी, उडिया, प्राकृत, संस्कृत, तमिल, तेलुगु, कन्नड, सन्थाली, मणिपुरी, असमेली, गुजराती अनि नेपाली आदि भाषामा अनेकौँ प्रकारका रामायण अनि रामकथाहरू लेखिएका छन्। ती रामायण र रामकथाहरूमा आ-आफ्नै समाज, संस्कृति, भाषा र धर्म परम्पराको विशेषता रहेता पनि यी रामकथाहरू एकाअर्कामा सम्बन्धित रहेको देखिन्छ यद्यपि प्रादेशिक भाषामा अनूदित रामायणहरू आफ्नै संस्कृति, जीवनशैली, परम्पराअनुसार लेखिएकाले केही भिन्न रूपमा पनि प्रस्तुत भएको पाइन्छ।

दि कलेक्टेट एसेस अव् ए के रामानुजन पुस्तकको एउटा लेख “थ्री हन्ड्रेड रामायाणज: फाइभ एक्जाम्पल्स एन्ड थ्री थर्डस् एन्ड ट्रान्सलेसन”-मा लेखिएको छ- जुन कथामा राम छ त्यहाँ रामायण हुन्छ। गत 25 सय वर्षदेखि दक्षिण अनि दक्षिणपूर्व एसियामा रामायणको फैलिँदो प्रभावले सबैलाई चकित पारेकै हो। आज यस्ता विभिन्न रामायणहरू प्रत्येक जाति र समाजका मिथक बन्नका साथै जातिवाचक संज्ञा भनेर चिनिन्छ। (पृ.133-134)

रामकथा अध्ययन परम्परामा फारद कामिल बल्केको नाम अत्यन्त उल्लेख्य छ। सत्रसय शताब्दीमा लेखिएको तुलसीदासको रामचरितमानसबाट प्रभावित र प्रेरित भएर कामिल बुल्केले “रामकथा का विकास” शीर्षकमा प्रयाग विश्वविद्यालयबाट विद्यावारिधी गरे र पछिबाट यो शोध पुस्तककारमा प्रकाशित भएको छ। गहन अध्ययनद्वारा लेखिएको “रामकथा उत्पत्ति और विकास” नामक पुस्तकको परिचय दिँदै धीरेन्द्र वर्मा लेख्छन्- बुल्केले रामकथासम्बन्धी कुनै पनि सामग्रीलाई छोडेका छैनन्। चारवटा भागमा विभाजित यस पुस्तकको पहिलो भागमा ‘प्राचीन रामकथा साहित्य’-को विवेचन गरिएको छ। पाँच अध्यायमा आइपुग्दा वैदिक साहित्यदेखि वाल्मीकि रामायण, महाभारतको रामकथा, बौद्ध रामकथा अनि जैन रामकथाबारे पनि विशद् अध्ययन विश्लेषण प्रस्तुत गरिएको छ। रामकथाको उत्पत्ति केलाउँदै आधुनिक भारतीय भाषाहरूमा रामसम्बन्धी विवेचनमा हिन्दीबाहेक तमिल, तेलुगु, मलायलम, कन्नड, बङ्गाली, कश्मीरी, सिंहली आदि भाषाहरूका साहित्यको छानबिन साथै विदेशमा लेखिएका रामकथाहरूको सार पनि प्रस्तुत गरिएको पाइन्छ। निष्कर्षमा यिनले रामकथाको व्यापकता, विभिन्न रामकथाहरूको मौलिक एकता आदिका विशेषता, विविध प्रभाव तथा विकासको चर्चा गरेका छन्। यिनको यस पुस्तकलाई रामकथासम्बन्धी अध्ययन गरिने सामग्रीको विश्व कोष नै मानिन्छ। हिन्दी मात्र नभएर कुनै पनि युरोपेली र भारतीय भाषामा यस प्रकार गरिएको अध्ययनको अर्को पुस्तक पाइँदैन (बुल्के, 1950:6)। विश्वका हरेक भाषामा लेखिएका रामायण र रामकथाको अध्ययन परम्परा बुझ्न बुल्केको उक्त पुस्तक यथेष्ट हुनेछ। यस दृष्टिले यो पुस्तक हिन्दू महाकाव्यको एउटा आधिकारिक ग्रन्थ हो।

भारत अनि एसियाका प्राय:जसो देशहरूलाई रामकथाको व्यापकता र सांस्कृतिक एकताले एकाअर्काको नजिक ल्याएको उल्लेख इतिहासकारहरूले गरेका छन्। दि जर्नल अव् एसियन स्टडिजमा प्रकाशित सन्तोष एन देसाईले “रामायणा- एन इन्ट्रोडक्सन अव् हिस्टोरिकल कन्टाक्ट एन्ड कल्चरल ट्रान्समिसन बिटविन इन्डिया एन्ड एसिया” लेखमा रामायण भारतदेखि एसियासम्म पुगेको यात्रालाई तिनवटा मार्गमा विभाजन गरेर हेरेका छन् – (क) भू मार्ग, (ख) समुद्र मार्ग अनि (ग) फेरि भू मार्ग।

रामायण भू मार्ग वा उत्तर मार्ग भएर पन्जाब र कश्मीरदेखि चीन, तिब्बत अनि पूर्वी तुर्किस्तानसम्म, समुद्र मार्ग वा दक्षिण मार्ग भएर गुजरातदेखि दक्षिण भारत हुँदै जावा, सुमत्रा अनि मलायासम्म अनि फेरि भू मार्ग वा पश्चिमी मार्ग भएर बङ्गाल हुँदै वर्मा, थाइल्यान्ड अनि भेयतनाम, कम्बोडियासम्म पुगेको छ। कम्बोडियाले रामकथाका केही अंश जावा अनि केही अंश पश्चिमी मार्ग भएर भारतबाट ग्रहण गरेको उल्लेख पनि यस लेखमा गरेको पाइन्छ।

हामी जब विश्व धरोहरको सम्बन्धमा छलफल गर्छौँ तब यसको एउटै मात्र आधिकारिक संस्था “संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठन” अर्थात् युनेस्कोको पनि चर्चा गर्छौँ। 4 नोभेम्बर सन् 1946 मा गठित यस संस्थाको मूल उद्देश्य शान्ति र शिक्षाको संरक्षण गर्नु भए तापनि यसले पछि आएर सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई विश्व धरोहरका रूपमा चिन्हित गरी आफ्नो सूचीमा सामेल गरेको पाइन्छ। जसले आजसम्म भाषिक साहित्यिक कृतिलाई विश्व सम्पदाका रूपमा मान्यता दिइएको सायदै होला। यो एउटा शोधको विषय हो। तर एउटा खुसीको कुरो को हो भने सन् 1967को डिसम्बर महिनाको 20औँ वर्षको युनेस्कोको मासिक पत्रिका दि युनेस्को कोरियरलाई यस संस्थाले दि रामायाणा एन्ड दि महाभारत टु एपिक्स् अव् एसिया शीर्षक अङ्कमा प्रकाशित गरेको छ। यो पत्रिका अङ्ग्रेजी, फ्रान्सेली, स्पेनेली, रसियाली, जर्मनेली, अरबेली, अमेरिकेली, जापानेली, इटालेली, हिन्दी अनि तमिल एघारौँ संस्करणमा छापिन्छ। यसो हुँदा यो पत्रिका विश्वका विभिन्न देशहरूमा पुग्न सक्छ। अहिलेसम्म कुनै साहित्यिक कृतिलाई विश्व धरोहरको रूपमा सूचीबद्ध गरेको थाहा नपाइए पनि रामायण र महाभारत जस्ता महाकाव्यलाई एसियाका महान् महाकाव्य भनेर एउटा सिङ्गो अङ्क नै युनेस्कोले प्रकाशमा ल्याउनु भनेको ठुलो कुरो हो। एसिया लगायत युरोपका विभिन्न देशहरूलाई यी दुई महाकाव्यका विशेषता र महत्त्वबारे जानकारी गराएर उक्त पत्रिकाले यी काव्यद्वयलाई विश्व धरोहरका रूपमा मान्यता दिनसक्ने सम्भावना भने निश्चय देखाएको छ। यस प्रकाशनलाई हामी शुभ सङ्केत मान्न सक्छौँ।

यस पत्रिकामा समाविष्ट तेह्रवटा लेखहरूमा आठवटा लेख रामायण अनि रामकथामा केन्द्रित रहेको देखिन्छ। यी लेखहरूले रामायणलाई विश्व साहित्य समाजमा महान् काव्यको रूपमा स्थापित गराउनका साथै यसको सम्बन्ध मौखिक परम्परा र पर्फर्मिङ आर्टसित पनि देखाइएको छ। दक्षिण एसियामा रामायणलाई साहित्य मान्नका साथै कलाको रूपमा पनि स्थापित गरेको छ। पहिलो लेख “दि महाभारता-दि रामायाणा टु ग्रेट एपिक्स अव् इन्डिया एन्ड साउथ एसिया”-मा अर्थुर एल बासाम लेख्छन्- भारतका प्रत्येक बोली र भाषामा रामकथा बाँचेको पाइन्छ। रामायणका श्लोक वाचन, नाटक तथा कठपुतलीको नाच भारतका हरेक गाउँ र सहरमा गाइएको, देखाइको पाइन्छ जसले रामायण मौखिक परम्परा हुँदै लेख्य परम्परासम्म आउँदा हिन्दू संस्कृतिको विशेषतालाई पनि बुझाउने महत् कार्य यसले गरेको छ। तसर्थ यसलाई हिन्दू संस्कृतिको पवित्र ग्रन्थ मानिन्छ। (पृ.4) शताब्दीऔँसम्म मौखिक परम्परामा बाँचेको यस महाकाव्यले आफूसित भारतका इतिहास, मिथक परम्परा, संस्कृति, तथा लोककलालाई पनि बँचाइराखेको पाइन्छ। यस्तै लोकगीतहरूमा प्राप्त रामकथालाई लिएर महेशप्रताप नारायण अवस्थीको सम्पादन अनि प्रयाग, अवधी समिति प्रकाशनको सत्प्रयासमा लोकगीत रामायण सन् 1990 मा छापिएको छ। रामको जन्मभूमि अवधका लोकगीतमा रामकथाको मार्मिक अनुभूतिलाई वर्णन गर्दै यस काव्यलाई भारतीय संस्कृतिको धरोहरका रूपमा प्रस्तुत गरेको पाइन्छ।

रामायण प्राचीन महाकाव्य भए पनि प्रत्येक युगमा यो नयाँ रूपमा जन्मिन्छ। रामायणको कुनै उमेर छैन। तसर्थ यो विश्व धरोहर भएर विगत र भविष्यको मानव समाजमा एउटा बहुमूल्य उपहारस्वरूप ससम्मान बाँचेको छ। यसले प्रवाहित गरेको मानव प्रेम, नैतिक मूल्य तथा आदर्श समाजको सन्देशले विश्व समाजलाई नै एकताको सूत्रमा उन्न सकेको छ। तसर्थ वर्तमान विश्व समाजमा रामायण विश्व सम्पदाका रूपमा प्रकाशित एउटा बहुमूल्य साहित्यिक उपहार हो। नेपाली भाषा साहित्यले पनि अब भानुभक्त रामायण जस्तो बहुमूल्य उपहारलाई विश्व स्तरमा संरक्षण सम्बद्धर्न गरेको हुनुपर्छ।

भानुभक्त रामायण र यसको अध्ययन परम्परा
रामायणका अनेक प्रकारहरूमध्ये अध्यात्म रामायण एउटा हो। वाल्मीकि रामायणबाहेक ख्यातिप्राप्त अन्य रामायणहरूमा अध्यात्म रामायणले अझ धेर प्रसिद्धि पाएको छ। कवि भानुले आफ्नो लगभग छतीस वर्ष लामो काव्य-सृजन कालमा रामायण, भक्तमाला, प्रश्नोत्तरमाला र वधूशिक्षा गरी जम्मा चारवटा लामा र उनन्चालीसवटा स्फुट कविताहरूको रचना गरे। अध्यात्म रामायण (सं 1919)-को नेपालीमा पहिलोचोटि भावानुवाद गर्ने यिनलाई नेपाली साहित्यमा आदिकविको उपाधिले विभूषित गरिसकेको छ। कविले यो रामायण चयन गर्नाका कारण यसभित्रको राम कथाले सत्यको खोजी गर्दै सांसरिक जीवनका समस्या, कठिनाइ तथा दु:खबाट मान्छेलाई मुक्ति दिनु अनि सांसारिक र आध्यात्मिक जीवनलाई एकमुष्ट रूपमा सन्तुलित तुल्याइ जीवन बाँच्ने प्रेरणा दिनु हो।यसमा वर्णित विभिन्न चरित्रले प्रेम, सद्भावना, राम्रा, नराम्रा गुणहरू, विद्या-अविद्या, धर्म, काम र मोक्षका आधारभूत मूल्यको उपलब्धिबारे स्पष्टत: चित्रण गरेको पाइन्छ। अध्यात्म रामायणको मूल उद्देश्य सही जीवन पद्धति अनि अनुशासनद्वारा एउटा आदर्श शिक्षा प्रणालीको स्थापना गर्नु रहेको छ।

यस रामायणको अनुवाद यिनले सं 1898 सालमा आरम्भ गरेर सं 1910 मा पुरा गरे। यो कृति अनुवाद नभएर यिनको आफ्नै मौलिक सिर्जना भएको छ। यसको सिर्जना हुनु नेपाली समाज र साहित्यमा एउटा युगान्तकारी घटना मानिन्छ।

एक् दिन् नारद् सत्यलोक् पुगिगया लोक् को गरूँ हित् भनी ।
ब्रह्मा ताहिँ थिया पर्‍या चरणमा खुसी गराया पनी।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै।
ब्रह्माको करुणा बुझेर ऋषिले विन्ति गर्‍या यो तसै।। (बालकाण्ड-1:1)

शार्दूलविक्रीडित छन्दमा लेखिएको रामायणको यो पहिलो श्लोक नजान्ने कुनै नेपाली छैन। यो श्लोक नगुञ्जने कुनै नेपाली घर छैन। लोकको हित र लोककल्याण गर्नालाई जन्मेका कवि नेपाली आकासका शुक्रतारा हुन्। यदि भानु नहुँदो हो त नेपाली साहित्यमा रामायण जन्मने नै थिएन। समालोचक पेम्पा तामाङ आफ्नो पुस्तक आख्यानदेखि पराख्यानसम्मभित्र राखिएको एउटा लेख “यदि भानु नभएको भए के हुनेथ्यो”-मा भन्छन्- “तपाईँ कुनै एक प्रसिद्ध नेपाली साहित्यिकको नाम लिनुहोस्- भानुको विषयमा केही भनिएको लेखेको अवश्यै पाउनु हुनेछ अहिले त यसरी भन्नसकिन्छ- त्यो साहित्यिक साहित्यिक नै होइन यदि उसले भानुको विषयमा जान्दैन। कालान्तरमा के होला कसो होला तर वर्तमान यस्तै छ। यसैले हो भानुमाथि, भानुका कृतिहरूमाथि जति बेसी लेखिएको पाइन्छ त्यतिकै सायदै अरू कुनै नेपाली लेखकहरूमाथि लेखिएका छन्। र यसरी भानुमाथि लेखिएका पुस्तक र लेखादिको ठेली हेर्दा भन्न मन लाग्छ महाकवि देवकोटासँग नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष हुन् भानुभक्त।” (तामाङ,2005:38)

भानुले आफ्नो परिवेशअनुरूप अध्यात्म रामायणको कथालाई चित्रण गर्दा यहाँ प्रयुक्त नेपाली भाषामा निहित लालित्य, सुन्दरता, सुकोमलता, आकर्षक र प्रसाद गुणका साथै बिच बिचमा कविले वाग्धाराको प्रयोग अनि मौलिकतालाई विशेष ध्यान दिइएको पाइन्छ। सूर्यविक्रम ज्ञवाली लेख्छन्- ‘आफ्नो रामायणमा भानुभक्तले लेखेको भाषा नै वर्तमान नेपाली भाषाको थालनी हो।’कविको काव्यिक अभिव्यक्ति कौशलले यो कृति नेपाली साहित्य र जनमानसमा युगव्यापी प्रभाव सृष्टि गर्ने काव्यको रूपमा स्थापित छ। जसको प्रभाव आज विश्वसमक्ष पुगिसकेको छ।

जनजिब्रोमा रहेको नेपाली भाषालाई कवि भानुले काव्यिक भाषा बनाएको सन्दर्भमा महाकवि देवकोटा भन्छन्- “भानुभक्तले त्यसबेला रामायण लेख्ने विचार गरे जुन बेला नेपाली भाषा नेपालीको ओंठमा मात्र रहन्थ्यो, जब त्यसमा निश्चित आकार र उद्देश्य थिएन, जब व्याकरण गर्भमा थियो, जब पढेका अहंमानी पण्डितहरू भाषाको नामलाई नाक चेप्राएर नफरत गर्दथे, जब उनीहरूको मनमा ‘नेपाली साहित्य’ नामक शब्दयोजना नै उपहास जस्तो लाग्दथ्यो ” (देवकोटा, 1978:24)

तत्कालीन नेपाली समाजमा राम कथाको प्रचार गर्नु नै भानुभक्तको मूल उद्देश्य थियो। यस काव्यमा पाठकलाई कविले अध्यात्म भावभन्दा पनि धेर साहित्यिक स्वाद दिने प्रयास गरेका छन्। काव्यको सुरुदेखि अन्तसम्म कविले आफ्नो कल्पना र भाषिक कलाले यसलाई साहित्य पाठको रूपमा प्रस्तुत गर्न सफल भएका छन्। तसर्थ यो काव्य विश्वभरिका नेपाली भाषीहरूको निम्ति पहिलो शास्त्रीय अनि राष्ट्रिय महाकाव्य भएको छ (सिन्हा,2015: viii)।

भानुको जीवनी पुस्तकाकार रूपमा दार्जिलिङमा आउन अघि सन् 1892 मा पारसमणि प्रधानका पिता स्व. भाग्यमणि नेवार बनारसबाट आफ्नो घर कालेबुङ फर्कन्दा पं. विश्वराज हरिहर आचार्यको आग्रहमा आफूसित केही पुस्तकहरू लिएर आए तीमध्ये भानुभक्तको रामायण पनि एउटा थियो।

रामायणले वर्णन गरेको आदर्श रामकथा त भए भए तर यसमा प्रयुक्त सरल नेपाली भाषाले भानु मौखिक परम्पराबाट नेपाली मुटु र मनहरूसित जोडिँदै गए। यिनलाई रामायणले नेपाली समाजमा जनकविका रूपमा चर्चित बनायो। नेपाली घर घरमा भानुभक्त नचिन्ने र रामायण नबाच्ने कोही थिएनन्। यहाँको समाजमा सम्पन्न हुने विभिन्न कार्यहरू बिहे, पुजाआजा, मरौँपरौँ, दु:खसुखमा तथा अन्यान्य पारिवारिक कार्य, धार्मिक अनुष्ठान लगायत महत्त्वपूर्ण पर्वहरूमा भानुभक्तको रामायणका सहज र लयात्मक श्लोकहरू साधारण मानिसहरूले बढो आनन्द मानेर वाचन गर्न थाले। यिनी नेपाली जनजीवनमा भिज्दै गए। केही वर्षको अन्तरालमा यहाँका स्कुलहरूमा यिनका फुटकर कविताहरू पढिन थालिए। सरल हृदयका गाउँले कवि आज विश्व नेपाली समाजमाझ पुग्नाका कारण रामायणमा प्रयुक्त सरल नेपाली भाषा अनि रामको आदर्श जीवनको कथा हो। केशवप्रसाद उपाध्यायको भनाइ यहाँ उल्लेख गर्न सान्दार्भिक छ –‘गाउँहरूको देश नेपालको मर्म र महत्त्वलाई उनले ठम्याएका थिए। उनले देशमा सांस्कृतिक पुनरुत्थानको लागि बहुसंख्यक नेपालीले बुझ्ने नेपाली भाषामा अपठित समाजले पनि परम्परादेखि जाने-सुनेका राम-सीताको गुणानुवाद गरे’ (उपाध्याय, 2032:7)।

नेपाली जनजीवनमा धर्मग्रन्थ र काव्य दुवैको खाँचो पुरा गर्न यो काव्य सक्षम बन्यो। फलस्वरूप समाज र साहित्य दुवैमा रामायणको महत्त्व युग प्रभावी बन्नपुग्यो। एकातिर शिक्षा क्षेत्रमा कविलाई हामी साउँअक्षरदेखि पढ्दै आइरहेछौँ भने अर्कातिर समाज र साहित्य क्षेत्रमा पनि यिनको स्थान उच्च रहेको छ। भानुभक्त नेपाली समाजमा जातीय भावना सञ्चार गर्ने प्रेरणा स्रोत, नैतिक शिक्षा दिने मार्गदर्शक र सांस्कृतिक एकताका प्रतीक रूपमा स्थापित भएकाले नेपाली जनलाई कविले काव्यात्मक रुचितिर अग्रसर हुन पनि प्रोत्साहित तुल्याएका छन्। “कवि भानु हाम्रा जातीय प्रतीक”हुन् भन्दै भारतीय साहित्यका अर्का प्रबुद्ध समालोचक लक्खीदेवी सुन्दासले पनि भानुबारे आफ्नो सुन्दर मत व्यक्त गरेकी छन्।

साहित्यले इतिहास, परम्परा, ऐतिहासिक अभिलेख, संस्कृति, प्राचीन कलाकृति तथा महान् व्यक्तिहरूलाई सधैँ गौरवान्वित बनाइ राखेको हुन्छ। त्यस्तै एउटा साहित्यिक कृति हो भानुभक्त रामायण। यिनको रामायणलाई विश्वमा नै एउटा आदर्श काव्यको रूपमा चिनिनका साथै एउटा कृति पुञ्जको रूपमा पनि मानिन्छ। यो एउटा विश्व साहित्यिक कृति हो, जसले नेपाली जीवन र साहित्य दुवैलाई एउटै सूत्रमा बाँधेर पूर्णता दिने काम गरेको छ।

भानुभक्तको रामायण पनि रामकथा परम्परामा देखा परेको एउटा महत्त्वपूर्ण काव्य हो जसको चर्चा बुल्केले आफ्नो पुस्तकमा गरेका छन्। नेपाली साहित्यमा कवि भानुभक्तलाई चिनाउने काम भारतको काशीबाट सन् 1891 (सं.1948)-मा मोतीराम भट्टलिखित पुस्तक कवि भानुभक्ताचार्यको जीवनचरित्रबाट भएको हो। भट्टकै खोजीबाट भानुभक्तको व्यक्तित्व र कृतित्वको परिचय नेपाली साहित्यका पाठकहरूले पाउन सके। भाग्यमणि नेवार ती व्यक्ति हुन् जसले पहिलोचोटि कालेबुङमा भानुभक्तको रामायणका श्लोकहरू गाउँदै कवि भानुको प्रसार प्रचार गरे। यसरी रामायणबाट दार्जिलिङको नेपाली समाजसित भानुभक्त सोझै जोडिनको श्रेय भाग्यमणि नेवारलाई नै जान्छ। दार्जिलिङमा नेपाली समाजको स्थापना झन्डै पन्ध्रौँ, सोह्रौँ शताब्दितिर भएपछि नै यहाँ बिस्तारै जाति, भाषा, साहित्य र संस्कृतिको पनि उत्थान र विकास हुन थालेको हो। प्रत्येक नेपालीको घरघरमा रामायण गुञ्जिन थालेपछि सन् 1954 मा भानुभक्त रामायण सूर्यविक्रम ज्ञवालीको सम्पादनमा पहिलोपल्ट दार्जिलिङमा छापियो। सन् 1916 देखि दार्जिलिङका स्कुलहरूमा नेपाली भाषालाई दोस्रो भाषाको रूपमा पढाउन थालेपछि भानुभक्त पाठ्यपुस्तकको माध्यमबाट विद्यार्थीहरूमा पनि निकै लोकप्रिय कवि बन्दै गए। “भरजन्म घाँसतिर” जस्ता फुटकर कविताहरू लगायत यिनको रामायणलाई पनि बिस्तारै पाठ्यक्रममा अन्तर्भुक्त गरिन थालियो।

नेपाली रामायण अध्ययन परम्परामा रामायणलाई दार्जिलिङे नेपाली साहित्यदेखि भारतीय साहित्यसम्म पुर्‌याउने महान् व्यक्तिहरूमा सर्वश्री भाग्यमणि नेवार, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, धरणीधर कोइराला, महानन्द सापकोटा, इन्द्रबहादुर राई, भाइचन्द प्रधान, रामचन्द्र गिरी, लक्खीदेवी सुन्दास, कुमार प्रधान, कमला सांकृत्यायन, गोकुल सिन्हा, रामकृष्ण शर्मा, तुलसी ‘अपतन’, मनबहादुर गुरूङ, आर.पी. लामा, हर्कजङ्गसिंह छेत्री, जगत् छेत्री, राजनारायण प्रधान, मत्स्येन्द्र प्रधान, अगमसिंह गिरी, रामलाल अधिकारी, गुमानसिंह चामलिङ, शिवराज शर्मा, हस्त नेचाली, एम.एम. गुरूङ, बी.पी.दास राई, नरबहादुर दाहाल, भीमकान्त उपाध्याय, इन्द्रदेव सिन्हा, जी.छिरिङ, अच्छा राई ‘रसिक’, बी.एस राई, विकास गोतामे, साबित्री सुन्दास, तथा एम. पथिक आदि प्रमुख देखिन्छन्। केही महत्त्वपूर्ण पुस्तकहरूमा सूर्यविक्रम ज्ञवालीले भानुभक्तमाथि जे जति काम गरे दार्जिलिङ बसेर नै गरे। यिनैको सम्पादनमा सन् 1940 मा नेपाली साहित्य सम्मेलनले दार्जिलिङमा भानुभक्त स्मारक ग्रन्थ प्रकाशमा ल्यायो। पछि सन् 1969 मा आएर सम्मेलनले नै यस पुस्तकको पूर्वार्ध र उत्तरार्ध दुई भाग गरी प्रकाशित गर्यो, पूर्वार्धको सम्पादन ज्ञवालीले गरे भने उत्तरार्धको सम्पादन तुलसीबहादुर छेत्री र जगत छेत्रीले गरेका छन्। सन् 1952 मा एकातिर पारसमणि प्रधानको सम्पादनमा भानुभक्त ग्रन्थावली छापियो जसमा रामायणसहित कविका सम्पूर्ण फुटकर रचनाहरू समावेश गरिएका छन्। अर्कातिर यसै साल भाइचन्द प्रधानलिखित आदिकवि भानुभक्त आचार्य प्रकाशित भयो। सन् 1964 मा इन्द्रबहादुर राईको सम्पादनमा मोतीराम भट्टकृत कवि भानुभक्तको जीवनचरित्र पुन: संशोधित र परिष्कृत रूपमा छापियो। राईकै सम्पादनमा सन् 1969 मा भानुभक्तका कृति: अध्ययनहरू पुस्तक प्रकाशमा आयो। सिक्किमकी समालोचक शान्ति छेत्रीले रामायणका नारी पात्रहरू: एक चिन्तन (सन् 1988) शीर्षकमा एउटा पुस्तिका प्रकाशित गरेकी छन्। विशद् अध्ययन गरी लेखिएको यस पुस्तकमा कविका प्रत्येक कृति रामायण, वधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरमाला, तथा फुटकर कविताहरूमाथि समालोचनात्मक लेखहरू छापिएको पाइन्छ। नेपाली साहित्यअन्तर्गत भानुसम्बन्धी अध्ययन परम्परामा यस पुस्तकको स्थान विशिष्ट र उल्लेखनीय छ।यी लेखकहरूले पुस्तक प्रकाशन बाहेक विविध र प्रचलित साहित्यिक पत्रिकाहरू जस्तै, भारती, दियालो, मधुपर्क, भानु, भानु-स्मारिका, भानुभक्त स्मारक ग्रन्थ, अँगालो, साहित्य सङ्केतमा छापिएका भानुसम्बन्धी लेखहरूमा चर्चा परिचर्चा गरिदिएर कविको नाम र काम दुवैको प्रचार प्रसार विश्व स्तरमा पुर्‍याएका छन्।

यस अतिरिक्त भाग्य लक्ष्मी प्रकाशन, कालेबुङले पारसमणि प्रधानको पहिलो अङ्ग्रेजी पुस्तक आदिकवि भानुभक्त आचार्य (सन् 1979) छाप्यो। त्यसपछि साहित्य अकादमी, नयाँ दिल्लीले वि राघवनको सम्पादनमा दि रामायण ट्रेडिसन इन एसिया (सन् 1980) नामक पुस्तक प्रकाशित गर्‍यो। यसै पुस्तकअन्तर्गत कमला सांकृत्यायनको “रामायणा इन नेपाली” शीर्षक लेखमा यिनले भानुभक्तको रामायणको चर्चा विस्तारमा गरेकी छन्। सन् 1982 मा दार्जिलिङबाट निस्किएको पत्रिका स्मारिका-मा कुमार प्रधानको अङ्ग्रेजी लेख “भानुभक्तज रामायण” प्रकाशमा आएको छ। यिनैको अर्को अङ्ग्रेजी पुस्तक ए हिस्ट्री अव् नेपाली लिटरेचर (सन् 1984)-मा साहित्य अकादमी, नयाँ दिल्लीबाट छापिएको छ। यसै पुस्तकको चौथो अध्यायमा “भानुभक्त एन्ड हिज कन्टेम्पोररिज” लेखमा यिनले भानुभक्तबारे विस्तृत चर्चा गरेका छन्। पछि आएर मोतीराम भट्टलिखित भानुभक्तको प्रथम जीवनी पुस्तकलाई मोतीवीर राईले अङ्ग्रेजीमा अनुवाद गरी दि लाइफ अव् भानुभक्त आचार्य (सन् 1986) प्रकाशित गर्न सफल भएका छन्।

नेपालबाट भानुभक्त र रामायणसम्बन्धी अनेकौँ महत्त्वपूर्ण पुस्तक तथा समालोचनात्मक लेखहरू विभिन्न समयमा छापिएका छन् जसलाई भानुभक्त अध्ययन परम्परामा बहुमूल्य निधिको रूपमा पाइन्छ। यसै बिच कविको द्विशतवार्षिकीको अवसरमा प्रकाशित नरेन्द्रराज प्रसाईँलिखित भानुभक्त आचार्यको जीवनवृत्त (2014), भानुसन्दर्भ र नरेन्द्रराज प्रसाईकृत भानुजीवनी:समीक्षात्मक अभिमत- प्रा. डा. वासुदेव त्रिपाठी (2015), भानुभक्त दुई सय वर्ष- इन्द्रिरा प्रसाई, प्रा.डा. महादेव अवस्थी (2015), नरेन्द्रराज प्रसाईकृत भानुजीवनी मूल्य र मान्यता- इन्दिरा प्रसाई (2016) प्रकाशित भएका छन्। परिश्रमपूर्वक गहन अध्यन र खोजद्वारा लेखिएका यी कृतिहरूलाई नेपाली साहित्यको थप उपलब्धि मान्न सकिन्छ।

भानुभक्त रामायणलाई विश्वसम्पदाका सूचीमा गाभ्न सकिने केही प्रमुख आधारहरू यस प्रकारले छन्-
(क) विभिन्न भाषामा अनूदित रामायणको प्रकाशन
(ख) भारत तथा विश्वका नेपाली डायस्पोरा समाजमा रामायणको महत्त्व र भानु जयन्ती
(ग) भारतमा भानु सालिगको स्थापना
(घ) रामायण अडियो क्यासेटको निर्माण
(ङ) भानुभक्तमाथि निर्मित पहिलो नेपाली चलचित्र
(च) विद्यावारिधी तथा
(छ) विविध

(क) विविध भाषामा अनूदित रामायणको प्रकाशन
मूल संस्कृत भाषामा रचिएको अध्यात्म रामायणलाई यसै पनि विभिन्न समयमा कतिपय अनुवादकहरूले विभिन्न भाषामा अनुवाद गर्दै आइरहेको जानकारी पाइन्छ। भानुभक्तको रामायणको सर्वप्रथम हिन्दी अनुवाद गर्ने नन्दकुमार अमात्य अनि तपेश्‍वरी अमात्य हुन् जसले संयुक्त रूपमा भानुभक्तको रामायणलाई हिन्दी भाषामा अनुवाद गरेका थिए, जो सन् 1976मा प्रथम पल्ट लखनऊको भुवन ट्रस्टबाट प्रकाशित भएको छ भने यसै प्रकाशनबाट फेरि सन् 1990मा यसको दोस्रो संस्करण पनि प्रकाशित पाइन्छ।

नेपाली साहित्यका एकजना सशक्त नारी लेखक गीता उपाध्यायले भानुभक्तको रामायणलाई असमेली भाषामा अनुवाद गरेकी छन्। असम साहित्य सभाले सन् 1987मा यस अनूदित रामायणलाई प्रकाशमा ल्याएको थियो। यस अनुवाद कार्यले असमेली नेपाली समाज र साहित्यमा मात्र नभएर यसले त्यहाँको स्थानीय असमेली जनमानसमा पनि गहिरो प्रभाव पार्‍यो जसले कवि भानुभक्तलाई असमेली भाषा साहित्यमा परिचित पनि बनायो। भजन गोपाल सन्यालद्वारा बङ्गलामा अनूदित भानुभक्तको रामायण सन् 1980 मा प्रकाशित भयो। यसमा कवि भानुभक्तको जीवनीसहित उनको साहित्यिक योगदानबारे पनि विस्तृत जानकारी दिइएको छ। बङ्गला रामायणले कवि कृतिवास लोकप्रिय भए जस्तै कवि भानु पनि बङ्गला भाषीमा यस अनुवादले लोकप्रिय भए। भानुभक्त रामायणको भोजपुरी भाषामा अनुवाद मुकुन्द आचार्यले गरेका छन्। यो अनुवाद नेपालकै वीरगञ्‍ज नामक स्थानबाट वि सं 2036मा प्रकाशित भएको छ। भानुभक्त रामायणको मैथिली अनुवाद बद्रीनारायण बर्माले गरेका छन्। यो अनूदित रामायण वि सं 2055 मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको देखिन्छ।

कवि भानुको जन्म जयन्तीको द्विशतवार्षिकीको सुअवसरमा नेपाली साहित्यका लब्धप्रतिष्ठ भाषाविद्, अनुवादक एवम् अध्येता गोकुल सिन्हाले भानुभक्तको रामायणको अङ्ग्रेजी अनुवाद दि रामायण अव् भानुभक्त (सन् 2015) प्रकाशमा ल्याएका छन्। यो काव्य अङ्ग्रेजीमा अनुवाद हुन ठिक दुईसय वर्ष लाग्यो। यस अनुवाद यस अर्थमा पनि महत्त्वपूर्ण छ कि यो केवल रामायणको मात्र अनुवाद नभएर यसको परिशिष्ट-1मा कविका केही फुटकर कविताहरूको पनि अङ्ग्रेजी अनुवाद राखिएको छ जो पश्चिम बङ्गाल साप्ताहिकमा पूर्वप्रकाशित भइसकेको पाइन्छ।

डा. गोविन्दराज भट्टराईले पनि सार्क देशद्वारा गृहीत परियोजनाअन्तर्गत यस रामायणलाई अङ्‍ग्रेजी भाषामा अनुवाद गरिरहेको जानकारी प्राप्त भएको छ। तर यो आजसम्म प्रकाशमा भने आएको थाहा छैन।

यसरी हिन्दी असमेली, बङ्गला, मैथिली, भोजपुरी अनि अङ्ग्रेजीमा भानुभक्तको रामायणको अनुवाद हुनु भनेको यो कृति विश्व स्तरमा पुग्नु हो अनि कविलाई विश्व कवि मात्र नभनेर विश्व सम्पदाका रूपमा नै आधिकारिक तौरले स्थापित गर्ने प्रयास गर्नु हो।

(ख) भारत तथा विश्वका नेपाली डायस्पोरा समाजमा रामायण र भानुजयन्तीको महत्त्व
सांस्कृतिक पर्वका रूपमा भानुजयन्ती
विद्वान् समालोचक ठाकुर पराजुली लेख्छन्- “रामायणले नेपालभित्रका नेपालीलाई मात्र होइन नेपालबाहिर छरिएका नेपाली जातिलाई पनि एकसूत्रमा उन्यो”। भारतमा भानु जयन्ती सांस्कृतिक पर्वका रूपमा पालन गरिन्छ। नेपाली साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यले सन् 1924 मा स्थापना भएको “नेपाली साहित्य सम्मेलन”-ले 13 जुलाईमा कवि भानुको जन्म जयन्ती पालन गर्ने परम्परा पहिलोपल्ट दार्जिलिङमा आरम्भ गर्‍यो। प्रथमचोटि आयोजना गरेको कविको जन्म जयन्तीको प्रभाव दार्जिलिङ भेकका वरिपरि खरसाङ, कालेबुङ लगायत सिलगढीमा पर्‍यो। जातीय वेशभूषामा सुसज्जित महिला अनि पुरुषहरूले यस दिन रामायणका छन्दोबद्ध श्लोकहरू वाचन गर्दै सहर परिक्रमा गर्छन् अनि कविप्रति श्रद्धा अर्पण गर्छन्। दार्जिलिङ अतिरिक्त तराईका नेपाली बहुल क्षेत्रमा भानु जयन्ती कविको जन्म जयन्ती मात्र नभएर यसलाई जातीय एकताको प्रतीकस्वरूप पालन गरिन्छ। भानु जयन्ती भारतीय नेपाली समुदायको निम्ति सांस्कृतिक पर्व पनि हो। यस पुनीत अवसरमा दीर्घकालदेखि नेपाली साहित्यमा अमूल्य योगदान पुर्‍याउने कवि-लेखकलाई सार्वजनिक सम्मानले सुशोभित गर्ने गरिन्छ।

सन् 1913 मा स्थापित “खर्साङ गोर्खा जन पुस्तकालय, सिक्किममा सन् 1950 मा स्थापित “अपतन साहित्य परिषद्”-ले कविको जन्म जयन्ती मनाउने गरेको देखिन्छ। सन् 1979मा नेपाली साहित्य सम्मेलन( पछिबाट नाम परिवर्तित भएर सन् 1982 मा नेपाली साहित्य परिषद् नाम हुन गयो)-को गठन भएपछि भानु जयन्ती धुमधामले मनाउने परम्परा रहेको छ। आज सिक्किमका प्राय:जसो बजार र गाउँहरूका साहित्यिक-सामाजिक सङ्घ संस्थाहरूद्वारा आयोजना गरिएको भानु शोभायात्राले रामायणका श्लोकहरू वाचन गर्दै नगर परिक्रमा गरिएको रमाइलो दृश्य देख्न पाइन्छ। यहाँ पनि यो एक सांस्कृतिक र जातीय एकताको पर्व बनेको देखिन्छ। सिक्किमको भानु जयन्तीको प्रमुख विशेषता जातीय वेशभूषामा सज्जिएका नारी अनि पुरुष, बुढापाका, बालबालिका, विद्यार्थीहरू, शिक्षकशिक्षिका, उच्च अहोदाका सरकारी अधिकारीहरू, नेपाली, बङ्गाली, माडवाडी, मुसलमान, भोटिया, लेप्चा, सबै जात गोष्ठी, बौद्ध, हिन्दू, शिख, ईसाई, सर्वधर्मावलम्बीका मानिसहरूको उपस्थितिमा एवम् राज्यका सम्माननीय मुख्य मन्त्री स्वयम् कवि भानुको शोभायात्रामा पैदल हिँड्नुहुन्छ।महामहिम राज्यपालको विशेष उपस्थितिमा सम्माननीय मुख्य मन्त्रीले भानु उद्यानमा स्थापित भानु सालिगमा माल्यार्पण गर्नुहुन्छ। धेरजसो महामहिम राज्यपालले यस दिन नेपाली भाषामा भाषण गर्नुहुन्छ। जुन भाषणले सबै श्रोताको हृदयलाई छुन्छ। यस्ता गतिविधिले नेपाली भाषाको सम्मान बढेको महसुस हुन्छ। सिक्किमका पहिलो सम्माननीय मुख्य मन्त्री एल डी काजीले भानु जयन्तीको आफ्नो वक्तव्यमा कवि भानुभक्तलाई “पाहाडेका देवता हुन्” भन्नुभएको कुरा सिक्किमका पुराना मानिसहरूले आज पनि सम्झने गर्छन्। कविको जन्म जयन्तीमा कविता पाठ प्रतियोगिता, रामायण पाठ प्रतियोगिता तथा तर्क प्रतियोगिता, नृत्य प्रतियोगिता, शोभायात्रा प्रतियोगिता आदिको पनि आयोजनामा स्कुल, कलेज र विश्वविद्यालयका विद्यार्थी-शोधार्थीहरूले विशेष उत्साहका साथा भाग लिन्छन्। यसै विशेष अवसरमा भानु-घाँसी प्रसङ्माथि नाटकहरू पनि मञ्चित गरिन्छ।

भारतीय नेपाली साहित्य समाजमा भानु जयन्तीलाई बहुसांस्कृतिक सङ्गमको मिठो झलक दिने एउटा ऐतिहासिक दिन मान्न सकिन्छ। पश्चिम बङ्गाल सरकारले सरकारी अधिसूचना जारी गरी 13 जुलाईको दिन विदा घोषणा गरेको छ भने सिक्किम सरकारले पनि यस दिनलाई विदा घोषित गरेको छ। यसरी दार्जिलिङ, खर्साङ, कालेबुङ, डुवर्स, सिलगढी, देहरादुन, असम, मेघालय, मणिपुर आदि भारतका विभिन्न राज्यहरूमा छरिएर बसोबासो गर्दै आएका नेपाली भाषी समुदायले भानु जयन्ती राज्य एवम् राष्ट्र स्तरमा सांस्कृतिक पर्वको रूपमा बढो हर्षोल्लास, श्रद्धा र भक्तिसाथ पालन गर्दै आएका छन्।

डायस्पोरा नेपाली समुदायमा पनि कविको जन्मजयन्ती पालन गर्ने परम्परा रहेको थाहा पाइन्छ। रामायणको कारणले डायस्पोरा नेपाली समाजमा कवि लोकप्रिय छन्। यस लोकप्रियताको कारण यस काव्यमा पाइने नेपालीपन हो। यस सन्दर्भमा समालोचक वासुदेव त्रिपाठी लेख्छन्- “रामायणका पात्र-पात्राका बोली-चाली, उठ-बस, शोक-उल्लास, रन्कारन्की, माया-दया, हिँडाइ-डुलाइ र पाखुरा-चलाइमा नेपाली व्यक्तित्व गुञ्जिन्छ र नेपालीपन भरिन्छ” (घिमिरे, पृ.344) आफ्नो जन्मथलेदेखि टाढा रहेका नेपालीहरूले कवि भानुलाई सधैँ सम्झिरहेका हुन्छन्। तसर्थ वर्षमा एकचोटि विश्वका विभिन्न राष्ट्रहरूमा भानु जयन्ती पालन गरिएको हो। सन् 2005 देखि नेपाली साहित्य परिषद्, हङकङले कविको जन्म जयन्ती पालन गर्दै आएको देखिन्छ। रसियामा सन् 2010 मा विश्व नेपाली साहित्य महासङ्घको स्थापना भएपछि कविको जयन्ती पालन गर्ने परम्परा सुरु भएको छ। सन् 2012मा कविको 199औँ जन्मजयन्तीमा कविरचित फुटकर कविता “चपला अबला एक सुरमा” रसियाली भाषामा वाचन गरेको थाहा लाग्छ। रसियाली कवयत्री ल्युदमिला साल्तिकोभाको विशेष सहयोगमा साहित्यकार कृष्णप्रकाश श्रेष्ठले कविका केही प्रमुख फुटकर कविता लगायत रामायणको बालकाण्डबाट केही श्लोकहरू उद्धृत गरी त्यस पुस्तकलाई “लोक् को गरूँ हित” शीर्षकमा रसियाली भाषामा अनुवाद गरेका छन्। यसलाई कवि भानुका मूल कवितासहित द्वभाषिक भानुभक्तीय कविता सङ्ग्रह नामले प्रकाशित गरेको पाइन्छ।

बेलायतमा नेपाली डायस्पोरा समुदायमा ब्रिटिस फोर्सेस गोर्खा रेडियोले समय समयमा भानुभक्तीय रामायणका श्लोकहरू प्रसारण गर्ने गर्छ। हङकङका नेपाली डायस्पोरा समुदायमा गठित नेपाली साहित्य परिषद्ले सन् 2005 यता भानु जयन्ती पालन गर्दै आएको छ।

वर्तमानमा अमेरिका, रसिया, अस्ट्रेलिया, जापान, हङकङ, इजरायल, ओमान, कोरिया, क्यानडा, जर्मनी, नेदरल्यान्डस, बेल्जियम, स्विटजरल्यान्ड, नर्वे, बेलायत आदि विश्वका विभिन्न ठुल्ठुला राष्ट्रहरूमा वर्षौँदेखि रहँदै बस्दै आएका नेपाली डायस्पोरा समुदायमा भानु जयन्ती बढो भव्यतापूर्वक पालन गरेको पाइन्छ। जसको जानकारी इन्दिरा प्रसाई अनि महादेव अवस्थीद्वारा सम्पादित पुस्तक भानुभक्त दुई सय वर्ष (2015)-मा समावेश गरिएको लेख ‘विश्वमा भानु द्विशतवार्षिकी”-मा गोपीकृष्ण प्रसाईले दिएका छन्। यिनी लेख्छन्- ‘संसारभर छरिएका नेपाली जातिहरूले गर्व गर्ने नेपाली भाषाका आदिकवि प्रत्येक मनहरूमा प्रकाशमय भएर बस्न सकून्। नेपाली डायस्पोराका सुन्दर मनहरूले भानुभक्तलाई सम्झेर उनले देखाएको बाटोमा हिँड्न सके यो निर्मल, पवित्र र सुन्दर हाम्रो भाषा कहिल्यै यो दुनियाँमा मर्नेछैन’(प्रसाई अनि अवस्थी, 2015:81)। यस भनाइबाट स्पष्ट हुन्छ भानुभक्त र रामायणप्रति नेपालीहरूको सम्मान र प्रेम।

भानुभक्तका कवितालाई समावेश गरी प्रकाशनमा ल्याएका यस्ता अमूल्य अनूदित कृतिहरूले यो स्पष्ट गर्छ कि नेपाल बाहिर विश्वका कुनै पनि मुलुकमा बसेर स्थापना गरिएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका विभिन्न च्याप्टरहरू जस्ता संस्थाहरूले (भारतबाहेक) अनि अन्य विभिन्न नेपाली डायस्पोरा समुदायले कवि भानुभक्त र यिनका लोकप्रिय काव्य रामायणको अमेट छापको अनुभव सदैव गर्दै आइरहेको छ।

(ग) भारतमा भानु सालिगको स्थापना
संस्कृत रामायणका आदिकवि वाल्मीकि अनि बङ्गलामा रामायण अनुवाद गर्ने कवि कृतिवास जस्ता प्रतिभाशाली कवि नेपाली समाजमा पनि छन् भनेर भानुभक्तलाई अन्य भारतीय भाषा- साहित्यका पाठक र अनेपाली जनसमुदाय समक्ष चिनाउने उद्देश्यले 17 जुन सन् 1949 मा प्रथमचोटि दार्जिलिङको चौरस्तामा कविको सालिग स्थापना गरियो। त्यस समय नेपालले पनि यस्तो ऐतिहासिक कार्यको थालनी गरेको थिएन। भारतीय नेपाली समाज र साहित्य कवि भानुभक्तको पर्याय बनिसकेको छ। भारतमा यिनलाई विश्वकवि रविन्द्रनाथ टेगोरको स्थानमा राखेर तुलना गरिन्छ।सन् 1961 डिसम्बरको दि युनेस्को कोरियर पत्रिकालाई अ सेन्टिनेरी ट्रिब्युट टु रविन्द्रनाथ टेगोर भनेर समर्पित गरेको छ। जसमा यिनका व्यक्तित्वलाई दार्शनिक, शिक्षाविद्, उपन्यासकार, कवि र चित्रकार रूपमा वर्णन गरिएको छ भने कवि भानुभक्त पनि बहुप्रतिभाशाली कवि हुन्। कवि टेगोरको शतवार्षिकीमा युनेस्कोले टेगोरको गोरा उपन्यासको फेन्स अनुवाद प्रकाशित गरे। रामायण र महाभारतसम्बन्धी पनि युनेस्कोले सन् 1967को कोरियर दि ग्रेट एपिक अव् एसिया भनेर प्रकाशित गरिसकेको छ जसको चर्चा माथि भइसकेको छ। सन् 1941 मा टेगोरको निधनको समयमा जवाहरलाल नेहरूले भने- “गुरुदेवको सन्देश देशको निम्ति मात्र होइन तर सारा विश्वको निम्ति थियो”। कवि भानुले पनि रामायणद्वारा दिएको रामकथाको सन्देश आफ्नो जाति तथा नेपाल राष्ट्रको निम्ति मात्र नभएर सारा विश्वको निम्ति हो। यस दृष्टिले आज कवि भानुभक्त नेपालीहरूको वैश्विक आवाज बनिसकेका छन्। यिनी आज विश्व साहित्यमा विश्व कवि भनेर चिनिन्छन्।यही सन्देश विश्वको नेपाली साहित्य समाजमा पुगेको छ।

चौरस्तामा स्थापित कवि भानुको यो सालिग युनेस्कोको सूचीमा अन्तर्भुक्त नभए पनि यो विश्व धरोहरका रूपमा विश्वका चारैतिरबाट आएका पर्यटकहरूको निम्ति आकर्षणको केन्द्र बिन्दु भएको छ। जुन सालिकको अघिल्तिर उभिएर नेपाली भाषामा रामायण लेख्ने कवि यिनै हुन् भन्दै फोटो खिँच्नमा यी पर्यटकहरू गर्वबोध गर्छन्। कवि भानुको सुन्दर र शालीन सालिगले सुसज्जित चौरस्ता आज दार्जिलिङका अन्य पर्यटन स्थलहरूमध्ये एउटा हो। तसर्थ यसलाई पर्यटन उद्योगसित जोडेर हेर्न अत्यन्त सान्दार्भिक देखिन्छ। पर्यटन अहिले विश्वको सबैभन्दा बृहत् उद्योग भएको छ। वैश्विक सांस्कृतिक जीवनमा यसको महत्त्व अझ धेर बढिरहेको छ। विश्व पर्यटक संगठन (World Tourist Organization)-को हिसाबअनुसार सन् 1950-1990 सम्म पर्यटकको आगमनको संख्या बढेर 25 मिलियनदेखि 456 मिलियन वर्षेनी भएको छ जसले आठौँ गुणाको बढोत्तरी देखाउँछ भने यसको बढोत्तरी सन् 2010 मा आएर 937 मिलियन दोबर देखाउँछ। युनेस्कोले दार्जिलिङको हिमाली रेललाई विश्व धरोहरको सूचीमा अन्तर्भुक्त गरेको छ भने कवि भानुको सालिक निर्माण स्थल चौरस्तालाई पनि विश्व सम्पदाको रूपमा घोषणा गरे यसले भारतको पर्यटन उद्योगलाई पनि उन्नतशील बनाउनेछ।

खर्साङ, कालेबुङ, सिलगढी, गान्तोक, गेजिङ बजार, सिङ्ताम, रिनाक, जोरथाङ, नाम्ली तुम्लाबुङ, पाकिम, नाम्ची, रम्फू, देहरादुन, भाग्सु, असम, शिलङ, मिजोराम आदि उत्तरपूर्वाञ्चल राज्यहरूमा कविको सालिग स्थापना भएको पाइन्छ। कवि र रामायणलाई विश्व सम्पदाका रूपमा स्थापित गर्ने हेतुले सिक्किमले सन् 2011 मा पश्चिम सिक्किमको गेजिङ क्योङसामा विश्वको सबैभन्दा बृहत् 108 फिट अग्लो कवि भानुको सालिग स्थापना गरेको छ। यो एउटा नेपाली अनुसन्धान केन्द्र हो। सांस्कृतिक मामिला तथा धरोहर विभागको संयुक्त आयोजनामा सम्पन्न 197 औँ भानु जयन्तीको सुअवसरमा 13 जुलाई 2011 मा तनहूँ नेपालबाट आयोजकवर्गको निमन्त्रणमा गेजिङ आगमन गर्नुभएका आचार्य परिवारबाट कविका खनाती डा हरिनाथ आचार्य तथा अन्य सदस्यहरूको उपस्थितिमा सम्माननीय मुख्य मन्त्री श्रीमान् पवन चामलिङको बाहुलीबाट नेपाली अनुसन्धान केन्द्रको उद्घाटन हुनाका साथै कविको सालिगको पनि अनावरण गरियो। विश्वका पर्यटकहरूको मुख्य आकर्षण रहेको सिक्किम हिमाली राज्यमा 8.20 करोड रूपियाँको लागतमा निर्मित कविको उक्त सालिग अनि नेपाली अनुसन्धान केन्द्रको क्षेत्रफल 8,685 इस्क्यार फिट रहेको छ। कवि भानुको आजसम्म यति अग्लो अनि विशाल सालिग विश्वको कुनै पनि ठाउँमा निर्माण भएको थाहा छैन। कविलाई यहाँ दर्शन गर्न वर्षमा हजारौँ लाखौँ पर्यटकहरू गेजिङ घुम्न आउँछन्। सोही रूपमा कविका भाषिक साहित्यिक योगदानको प्रसार सारा विश्वमा भइरहेको छ।

सांस्कृतिक पर्यटन
कवि भानुभक्तको जन्मस्थल नेपाल, तनहुँ जिल्लाको चुँदी बेसी गाउँको पनि ऐतिहासिक महत्त्व रहेको छ यस स्थललाई नेपाल सरकारले विश्व धरोहरका रूपमा सामेल गर्ने प्रक्रिया थाल्ने समय अब भइसकेको छ। जब जब कवि भानुभक्त रामायणको चर्चा हुन्छ तब तब मान्छेको मनमा भानु जन्मेको ठाउँ हेर्ने इच्छा हुन्छ। कविका फुटकर कविताहरूमा वर्णित सुन्दर रमणीय प्राकृतिक चित्रणले पाठकमा त्यस ठाउँलाई आफ्नै आँखाले हेर्ने उत्कट इच्छा हुन्छ तसर्थ यस ठाउँलाई पर्यटक स्थलमा रूपान्तरण गर्न सकिन्छ।

गत दिनाङ्क 8 जुलाई 2018को अङ्ग्रेजी दैनिक समाचार पत्र हिन्दूस्तान टाइम्सको लखनऊ संस्करणको मुखपृष्ठमा ‘कम नोभम्बर, रामायाणा टुरिज्म किक्स अफ’(Come November, Ramayana tourism Kicks off) शीर्षकमा छापिएको समाचारमा पत्रकार फैजान हल्दारले रामायाणा टुरिज्मबारे यसरी जानकारी गराएका छन्- ‘रामायण हिन्दू महाकाव्य सम्बन्धित ठाउँहरूको यात्राको निम्ति भारतीय रेलवेले अयोध्यादेखि कोलोम्बो हुँदै रामेश्वरमसम्म पुग्ने एउटा विशेष पर्यटन रेलको योजना बनाउँदैछ। दिल्लीबाट आगामी 14 नोभम्बरदेखि यस सेवाले 16 दिनभित्र ती ठाउँहरूको यात्रा गराउनेछ। 800 सिट भएको यस रेलका इच्छुक यात्रीहरूले श्रीलंकाको कोलोम्बोदेखि चेन्नईसम्म यात्रा गर्न सक्नेछन्। यस रेललाई श्री रामायाणा एक्प्रेस भनिनेछ। यो रेल दिल्लीको सफदरजङ्ग स्टेसनबाट आरम्भ हुनेछ र रामायण महाकाव्यका नायक रामको जन्मस्थल अयोध्यामा यो पहिलोपल्ट रोकिनेछ। त्यसपछि हनुमान गढी, रामकोट अनि कनक भवन मन्दिर हुँदै यो रेल यात्रा अन्य ठाउँहरू नन्दिग्राम, सीतामारी, जनकपुर, चित्रकुट, नासिक, हाम्पी, अनि रामेश्वरम पुग्नेछ। यसले यात्रीहरूलाई अन्य सुबिधाहरू पनि उपलब्ध गराउनेछ’।

यस समाचारबाट नेपाल सरकार अथवा सम्बन्धिक निकायहरूले तनहुँबारे केही सकारात्मक योजना निश्चय बनाउन सक्नेछन्। जसरी भारतको अहमदाबाद सहरलाई विश्व धरोहरका रूपमा घोषणा गर्नामा तुर्की, लेबनान, ट्यूनीशिया, पुर्तगाल, पेरू, कजाकिस्तान, वियतनाम, फिनलैंड, अज़रबैजान, जामैका, क्रोएशिया, जिम्बाब्वे, तंजानिया, दक्षिण कोरिया, अंगोलम अनि क्यूबा आदि देशले समर्थन दिएका थिए। उसरी नै तनहुँलाई विश्व धरोहर घोषणा गर्नाका निम्ति नेपाल लगायत भारत, अमेरिका, जापान, ब्रिटेन, क्यानाडा, अस्ट्रेलिया, इटली, वर्मा, श्रीलङ्का आदि राष्ट्रहरूले समर्थन गरे यस प्रक्रियालाई अघि बढाउनमा नेपाल सरकारलाई सहज हुनेछ।

सन् 2010 मा भानुभक्त जन्मस्थल विकास समितिले कविको जन्म जयन्तीमा भानु सङ्ग्रहालयको उद्घाटन गरेको छ। यसलाई पनि सांस्कृतिक पर्यटनको दृष्टिले विकास गर्न सकिन्छ।

(घ) रामायण अडियो क्यासेटको निर्माण
भानुभक्त रामायणको अडियो क्यासेट रेकर्ड गरेर म्युजिक नेपालले सन् 1998 (सं 2055)-मा नेपाली सङ्गीत अनि साहित्य समाजमा प्रस्तुत गरिसकेको छ। यसको प्रथम लोकार्पण भारतको दार्जिलिङ, नेपाली साहित्य सम्मेलनमा गरेको जानकारी पाइन्छ। यसरी नेपाल म्युजिकले रामायणलाई काव्यकृतिको सीमादेखि बाहिर ल्याएर यसलाई गीत-सङ्गीतको रूपमा प्रस्तुत गरेर कवि भानुलाई नेपालको नेपाली समाजदेखि विश्व समाजमा पुर्‍याउने महत् कार्य गरेको छ। आज कविको रामायण प्रत्येक नेपालीका घर घरमा गीत-सङ्गीतको माध्यमबाट गुञ्जायमान् रहेको पाइन्छ। म्युजिक नेपालले अरू कसैले नगरेको कार्य गरेर कवि भानुलाई विश्व कविका रूपमा स्थापित गर्नामा बहुमूल्य भूमिका निर्वाह गरेको छ।

(ङ) भानुभक्तमाथि निर्मित पहिलो नेपाली चलचित्र
युनेस्कोले प्राकृतिक तथा सांस्कृतिक धरोहर भनी घोषणा गर्नका निम्ति एउटा आधार अडियो भिडियो अभिलेखालयलाई पनि मानेको छ। विश्वका नेपाली समाजले भानुभक्तलाई विश्व कविका रूपमा स्थापित गरिसकेको कुरा हामीले अघिदेखि चर्चा गर्दै आइरहेका छौँ तर युनेस्कोको सूचीमा अन्तर्भुक्त हुनु अनि कवि भानुलाई आधिकारिक तौरले विश्वकविका रूपमा चिनिनु अत्यन्त जरूरी देखिन्छ। यसै सन्दर्भमा रामायण अडियो क्यासेट निर्माण भएर सङ्गीत बजारमा आइसकेको मात्र होइन तर कवि भानुको जीवनमाथि सिङ्गो चलचित्र आदिकवि भानुभक्त निर्माण पनि भानुभक्त जन्मस्थल विकास समिति, तनहुँले सन् 1999 (सं 2056) गरेर नेपाली चलचित्र जगत्-मा एउटा बहुमूल्य निधि दिइसकेको छ। यसका निर्देशक यादव खरेल हुनुहुन्छ भने चलचित्र निर्माण हुने क्रममा अध्यक्ष श्री रामचन्द्र शर्मा पौडेल रहनुभएको जानकारी पाइन्छ।यस चलचित्र निर्माण समितिका सम्पूर्ण सदस्यगण बधाईका पात्र बनेका छन्।

(च) विद्यावारिधि
दार्जिलिङबाट विशेषत: भानुभक्तमाथि शोधकार्य गर्ने आजसम्म तिनजना शोधार्थीहरू छन्- डा. कमला सांकृत्यायन- आगरा विश्वविद्यालयबाट- विषय- (1)आचार्य भानुभक्त का नेपाली रामायण और गोस्वामी तुलसीदास का रामचरित मानस के तुलनात्मक अध्ययन (सं 2010), (2) डा. कविता लामा- काशी हिन्दु विश्वविद्यालयबाट- विषय- भानुभक्त आचार्यका काव्यकृतिको भाषिक अध्ययन (सन् 1998), (3) डा. गोकुल सिन्हा- उत्तर बङ्ग विश्वविद्यालयबाट- विषय- नेपालीमा रामकथा परम्परा र प्रवृत्ति (सन् 2000)। कविता लामाको यो शोधकार्य पुस्तकाकार रूपमा भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन (2003) शीर्षकमा साझा प्रकाशन दार्जिलिङबाट प्रकाशित भइसकेको छ। असम, गुहावटीकी नेपाली नारी हस्ताक्षर शान्ति थापाले स्नातकोत्तर तहमा लघु शोध प्रबन्ध लेख्ने क्रममा हिन्दीमा तुलसीदास कृत रामचरित्र मानस और भानुभक्त कृत नेपाली रामायण में व्यक्त सामाजिक जीवन शीर्षकमा अत्यन्त उल्लेखनीय कार्य गरेकी छन्

(छ) विविध
कवि भानुलाई विश्व स्तरमा चिनाउन नेपाल सरकारले नेपालको राष्ट्रिय विभूतिको सम्मान, भानुको सालिग निर्माण, पुरस्कार, सम्मान, जनसंस्था, शिक्षण संस्था, पुस्तकालय निर्माण जस्ता कार्यहरू गर्नाका साथै कविको सम्मानमा नेपाल सरकारबाट हुलाक टिकट, नेपाल राष्ट्र ब्याङ्कबाट सिक्का र कविमाथिको चलचित्र निर्माणका कुराहरू जीवनीकार नरेन्द्रराज प्रसाईले “आदिकवि भानुभक्त आचार्यको जीवनी” लेखमा उल्लेख गरेका छन् (प्रसाई र अवस्थी, 2015:25)। सन् 2014 मा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देश विदेशमा सर्वत्र ‘आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह’-को भव्य आयोजन गरेर कविको जन्मजयन्तीमा भानु स्वर्ण पदक र भानु प्रज्ञा पुरस्कारले विद्वत्-जनलाई विभूषित गरेर यस अवसरलाई ऐतिहासिक र अविस्मरणीय बनाएको छ।

भारतीय नेपाली समाजले प्राथमिक शिक्षा केन्द्रदेखि लिएर पुस्तकालय आदिसित कवि भानुको नाम आजीवन जोडिरहन पाऊँ भन्ने उद्देश्यले सन् 1940, 1950 को दशकतिर दार्जिलिङमा स्थापित भएको पाठशालालाई भानुभक्त प्राथमिक पाठशाला नामले जानिन्छ। खर्साङको भानुपथ, दार्जिलिङ र कोलकाताका भानुभक्त सरणी, दार्जिलिङमा निर्मित भानु भवन छ भने उत्तर बङ्ग विश्वविद्यालय सिलगढीमा कवि भानुभक्त र विश्वकवि रवीन्द्रनाथ ठाकुरको संयुक्त नाममा भानु-रवीन्द्र भवन निर्माण गरिएको छ। कविको नाममा भानुभक्त समिति, सिलगढी, भानुभक्त मञ्च, सन्त जोसेफ महाविद्यालय, दार्जिलिङ, भानुभक्त ग्रामीण पुस्तकालय पङ्खाबारी, खर्साङ, आदिको नामकरण भएको पाउँछौँ।

भारत अनि नेपाल लगायत विश्वका विभिन्न डायस्पोरा नेपाली समुदायले कवि भानुका नाममा पुरस्कारको घोषणा गरेको छ।

भारतबाट पनि नेपाली साहित्यमा विशिष्ट योगदान दिनहुने साहित्यकारहरूलाई सम्मानित गरिन कविको नाममा स्थापित “भानु पुरस्कार” भारतका विभिन्न राज्य लगायत अनेकौँ साहित्यिक सामाजिक सङ्घ संस्थाहरूद्वारा पनि प्रदान गरिँदै आइरहेको छ। सिक्किमबाट भानु पुरस्कार, पश्चिम बङ्गालबाट भानु पुरस्कार आदि। यसबाहेक “पारिजात सङ्घ” सिलगढीले पनि कहिलेकाहीँ यो पुरस्कार प्रदान गर्ने गर्छ भने नब्बेको दशकमा नेपाली साहित्य परिषद्, देहरादुनबाट पनि भानु पुरस्कार प्रदान गरिएको थाहा लाग्छ।

निष्कर्षमा, नेपाली भाषा साहित्य र समाजमा कवि भानुभक्त विश्व सम्पदाका रूपमा स्थापित भइसकेका छन्। यिनको रामायण महान् साहित्यिक सम्पदालाई पनि राष्ट्रिय अनि अन्तर्राष्ट्रिय संरक्षण प्रदान गरिन अनि यसलाई विश्व धरोहरका रूपमा स्थापित गर्न आधिकारिक रूपमा पहल हुनपर्छ। जसको निम्ति नेपाल सरकार अनि भारत सरकार दुवै देशले युनेस्कोसित पत्राचार गर्न पर्नेछ। सन् 2014मा युनेस्कोले नेपालबाट विश्व धरोहरका सूचीमा अन्तर्भुक्त गरिएका लुम्बिनी, चितवन राष्ट्रिय निकुम्भ, काठमाडौँ उपत्यका, सगरमाथा राष्ट्रिय निकुञ्जलाई जस्तै ऐतिहासिक र वैश्विक मूल्यका दृष्टिले रामायणका कवि भानुभक्तको जन्मस्थललाई पनि सांस्कृतिक सम्पदाका सूचीमा सामेल गर्न सक्नेछ। यस प्रक्रियामा सरकारहरूलाई सहयोग गर्ने संस्थाहरूमा यी दुवै मुलुकका शीर्ष सरकारी संस्थाहरू अघि आउनपर्ने हुन्छ जस्तै, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली साहित्य अकादमी, भारत, अन्तर्राष्ट्रिय स्तरमा गठित नेपाल गैरप्रवासीय संस्था, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व भुटानी साहित्य संगठन, विश्व नेपाली साहित्य महासङ्घ आदि निस्वार्थ रूपले अघि आएर यसमा सहयोगको हात बढाउनपर्छ। तब मात्र हामी व्यावहारिक अनि आधिकारिक रूपमा कवि भानुलाई विश्व सम्पदाका रूपमा स्थापना गर्न सफल हुनेछौँ।

भानुभक्त एकजना यस्ता कवि हुन् जसले युगलाई आफ्नो कवित्व प्रतिभाद्वारा सही नेतृत्व दिएका छन्। यिनको प्रभावबारे समालोचक इन्द्रबहादुर राई “भानु-स्मारिका”-मा लेख्छन्- “सबैको कामको प्रभाव समाजमा लामो रहँदैन। भानुभक्त हाम्रा सुदीर्घ स्मरणका व्यक्तित्व बनेका छन्- भारतीय नेपालीले जातित्व विकासमा भानुभक्त सधैं संयुक्त राखे।”

रचनात्मक दृष्टिले पनि यिनी नेपाली साहित्यको इतिहासमा भक्ति धारालाई मौलिक प्रतिष्ठा दिने कवि हुन्। यिनका काव्यगत वैशिष्ट्य, भाषागत कलात्मकताको प्रभाव, अनि रामायणको विश्वव्यापी प्रभाव भारतीय नेपाली साहित्यमा मात्र होइन सम्पूर्ण नेपाली साहित्य तथा विश्व साहित्यमा अमर काव्यको रूपमा रहने छ।

सन्दर्भ सामग्री सूची
आचार्य, भानुभक्त सन् 1972, दोस्रो संस्क, भानुभक्तको रामायण, काठमाडौ: साझा प्रकाशन।
उपाध्याय, अञ्जन, हाम्रो प्रजाशक्ति, वर्ष 15, अङ्क 99, 12 जुन 2014
उपाध्याय, केशवप्रसाद 2032, केही रचना:केही विवेचना, काठमाडौँ: रत्न पुस्तक भण्डार।
ज्ञवाली, सूर्यविक्रम र तुलसीबहादुर छेत्री (सम्पा) सन् 1973, दोस्रो संस्क, भानुभक्त स्मारक ग्रन्थ,
दार्जिलिङ: नेपाली साहित्य सम्मेलन।
घिमिरे, भवानीप्रसाद (सम्पा.) 1971, भानुभक्त विशेषाङ्क, वासुदेव त्रिपाठी, ‘भानुभक्तको कवित्व: आफ्नै
प्रश्न र आफ्नै उत्तर’।
द्विवेदी, कपिलदेव (1980), भाषाविज्ञान एवं भाषाशास्त्र,वाराणसी: विश्वविद्यालय प्रकाशन।
देवकोटा, लक्ष्मीप्रसाद सन् 1978, लक्ष्मी निबन्ध सङ्ग्रह, काठमाडौ: साझा प्रकाशन।
तामाङ, पेम्पा 2005, आख्यानदेखि पराख्यानसम्म, गान्तोक: सरिता प्रकाशन।
तिवारी, सत्य प्रकाश (सम्पा) 2012, तुलसीदास और भानुभक्त: सामाजिक और सांस्कृतिक परिदृश्य,
कोलकाता: विजया पब्लिशिंग हाउस.
प्रधान, पारसमणि 1952, भानुभक्त-ग्रन्थावली, दार्जीलिङ: भारतीय कार्यालय।
—-, —- 1979, आदिकवि भानुभक्त आचार्य, (अङ्ग्रेजी), कालिम्पोङ: भाग्य लक्ष्मी प्रकाशन।
प्रसाई, इन्दिरा अनि महादेव अवस्थी 2015, भानुभक्त दुई सय वर्ष,काठमाडौ: नइ प्रकाशन
बुल्के, कामिल 1950, (तेस्रो संस्क.1971), रामकथा उत्पत्ति और विकास,प्रयाग: हिंदी परिषद्
प्रकाशन
राई, इन्द्रबहादुर (सम्पा) 1969, भानुभक्तका कृति: अध्ययनहरू, दार्जीलिङ: नेपाली साहित्य परिषद्
राई, चन्द्रदास (सम्पा) 1981, स्थापना भानुभक्त स्मारक ग्रन्थ, सिक्किम: भानु सालिग निर्माण समिति
गान्तोक।
शरण, दीनानाथ 1974, नेपाली साहित्य का इतिहास, पटना: बिहार हिंदी ग्रंथ अकादमी।
शर्मा, पुण्यप्रसाद (सम्पा) 2010, केही समालोचना आदिकवि भानुभक्त आचार्य, गान्तोक: जनपक्ष
प्रकाशन।
सिक्किम नाउ, 15 जुलाई 2011
सिन्हा, गोकुल (2015), दि रामायाणा अव् भानुभक्त, दार्जिलिङ: गामा प्रकाशन।
श्रीवास्तव, रवीन्द्रनाथ (1981), शैलीविज्ञान और आलोचना की नई भूमिका, आगरा: केन्द्रीय संस्थान।
श्रेष्ठ, कृष्णप्रकाश 2013 लोक् को गरूँ हित भनी।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 1,647
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.