SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » समथिङको कथा जिन्दगीको : पठन र आस्वादन
समीक्षा

समथिङको कथा जिन्दगीको : पठन र आस्वादन

Sahitya SagarBy Sahitya SagarJuly 20, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
टङ्कप्रसाद न्यौपाने (२००९ माघ १६, चुङमाङ, धनकुटा, हाल : सुनसरी नेपाली भषाासाहित्य र समीक्षाका क्षेत्रमा परिचित प्रतिभा हुन् । उनका साहित्यको रूपरेखा, व्यवहारिक अनिवार्य नेपाली व्याकरण, भाषाविज्ञानको रूपरेखा, कानुन क्षेत्रको नेपाली, नेपाली ध्वनिशास्त्र, विशेष नेपाली : प्रयोजनपरक नेपाली, मानक नेपाली व्याकरण र कार्यमूलक लेखन, रूपविज्ञान आदि भाषा र भाषाविज्ञानसँग सम्बन्धित कृति प्रकाशित छन् । उनी भाषापरक अध्ययनका साथै राम्रा समीक्षक हुन् । त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त न्यौपाने विभिन्न भषाको तुलनात्मक अध्ययन गर्ने सामथ्र्यका प्रतिभा हुन् । उनलाई शिक्षासेवाका साथै भाषा,साहित्यको सेवाका नाममा दिइने विभिन्न पुरस्कार, सम्मान र पदकहरू प्राप्त छन् । उनका शुभचिन्तकहरूले उनकै नाममा प्रतिष्ठान स्थापना गरेर भाषासाहित्यको विकासको पहल कदमी पनि लिएका छन् । साहित्य सागरको प्रस्तुत शृङ्खलामा न्यौपानेको गुरुङ रामप्रकाश समथिङको पछिल्लो कथाकृतिमाथि लेखिएको समीक्षा समेटिएको छ । यस समीक्षाले कृतिका कथाको विषयवस्तुको उठानसहित मूल प्रवृत्ति केलाउने प्रयास गरेको छ ।
–सम्पा.
१. आरम्भ
समथिङ अर्थात् गुरुङ रामप्रकाश समथिङ व्यक्ति एक प्रतिभा र क्षमता अनेक भएका व्यक्तित्त्व देखिन्छन् । २०२६ माघ २९ गते पाँचथरको साबिक नाङ्गिनमा जन्मिएर फिदिम (फेदेन) लाई कर्मस्थल बनाइरहेर मानव अधिकार चेतना र विकास केन्द्र, द रेयुकाई नेपाल, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासङ्घ, मानव अधिकार तथा शान्ति समाज, सामुदायिक पुस्तकालय जस्ता दर्जनौँ सामाजिक सङ्घसंस्थामा संलग्न समथिङले समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार अक्षयकोष २०७५ को समेत स्थापना गरेका छन् ।
नेपाली साहित्य क्षेत्रमा २०४८ सालमा सर्वप्रथम ‘दाह्री’ शीर्षकमा मुक्तक लेखन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पाँचथर बहुमुखी क्याम्पसबाट प्रकाशित विद्यार्थी सन्देश पत्रिकाबाट २०४९ सालदेखि प्रकाशन आरम्भ गरेका समथिङका साहित्यिक तेत्तीस वटा र अठार खोजमूलक कृतिहरू गरी जम्मा एकाउन्न वटा कृतिहरूको प्रकाशन भएको पाइन्छ । पचास वर्षका उमेरमा एकाउन्न वटा कृतिको प्रकाशन, त्यो केन्द्रबाहिर गरिरहेको बुझ्दा उनलाई एक अविश्रान्त यात्रीका रूपमा सहजै चिन्न सकिन्छ । यो समथिङको पहिलो पहिचान हो । अनेक सामाजिक कार्यमा व्यस्त रहँदा रहँदै पनि एघार वर्षभित्र एकाउन्नवटा कृतिको प्रकाशन गर्न सक्नु उनको मौलिक व्यक्तित्व र क्षमता हेर्दा विस्मय लाग्दछ ।
२. कथाकारिताको यात्रा, सन्दर्भ र अध्ययन विधि
२०६४ मा कविता र २०६९ मा कथा क्षेत्रबाट कथाकारिताको यात्रा सुरु गरेका समथिङका मान्छेको पीडा (२०६९), याक्साभित्रका कथाहरू (२०७३) र पछिल्लो सङ्ग्रह कथा जिन्दगीको (२०७६) हुन् । यसै लेखकले विमोचन गरेको कथा जिन्दगीको पुस्तकको नाम सुन्दा यो समथिङको जिन्दगीको सस्मरण भन्ने अनुभूत भएको थियो तर यो त अरूका जिन्दगीको कथा पो रहेछ । उनी बाह्रवटा कथाहरू सङ्गृहीत सबै कथाहरूमा कथाकार सर्वज्ञ, सर्वदर्शी दृष्टिविन्दुको प्रयोग गर्दछन् । यसैले स्वतन्त्र रहेर विभिन्न किसिमका जिन्दगीको आख्यानीकरण यस सङ्ग्रहको शैली हो । यहाँ कथासिद्धान्तका आधारमा भन्दा आस्वादनका प्रभावका आधारमा ती कथाहरूको पठन प्रभाव अभिव्यक्त गरिएको छ ।
पहिलो कथा ‘दोषी कर्म’मा आफ्नै शिक्षककी श्रीमती हुँदाहुँदै छात्राले ऊसँग भागेर विवाह गरी सौता हुन पुग्नु, त्यो शिक्षक जँड्याहा भएकाले ऊससँग लडाइँ गर्दागँर्दै जीवन बिताउनु र अन्तमा त्यस्ता बाबुबाट मातेर आफ्नै छोरीलाई सम्भोग गरेकाले छोरीले आत्महत्या गर्नुलाई दोषी कर्म ठानिएको छ । यो सामाजिक विकृतिमा आधारित भाग्यवादी कथा हो । दोस्रो कथा रातो झण्डा नामअनुसार राजनैतिक विषयवस्तुमा आधारित कथा हो । यस कथामा सबै जातजाति, दलित समुदायलाई समानताको नारा दिने कम्युनिष्ट पाटीमा प्रवेश गरेको एउटी दलितले आजीवन पार्टी सङ्गठनका नाममा घरबाट त्यागे पनि खुला व्यवस्था आएपछि कुनै पनि चुनावमा नजिताउने, बिरामी हुँदा उपचार नगर्ने र मरेपछि रातो झण्डा ओढाउने राजनैतिक बिडम्बनाको बिरोध गरिएको छ । तेस्रो कथा नेपालका अबोध सुन्दरीहरूलाई अनेक प्रलोभनमा पारी बम्बै लगेर बेची वेश्यावृत्तिमा लगाइने समस्यामा आधारित कथा ‘बम्बै यात्रा’ हो । नेपाली छोरीचेलीहरू फिल्मका हिरोसिन हुने आकर्षणमा बेचिदै छन् तर यौवन सकिएपछि नेपाल फर्काइँदा उनीहरूमा एड्स लागिसकेको हुनाले गाउँमा माया स्नेह नपाउने यथार्थमा उभिएको कथा बम्बै यात्रा शीर्षकको कथाले बोकेको छ ।
कमरेडको सपना’ पनि रातो झण्डा जस्तै राजनैतिक विडम्बना चित्रण गर्ने कथा हो । कथा अनुसार जातीय विभेद र सामन्ती प्रथाका विरुद्ध क्रान्तिका लागि बलिहाङ माओवादी पार्टीमा लाग्दछ । उसलाई सैन्य लडाकु विभागको कमाण्डर बनाइन्छ । उसकै नेतृत्वमा गाउँका सामन्त भनाउँदाको तमसुक जलाउने, किर्ते पास गरिएका जग्गाहरू फिर्ता गरिदिने, धनमाल लुट्ने, प्रहरी चौकीहरूमा आक्रमण गरेर हतियार लुट्ने जस्ता तत्कालीन कार्यहरू बलिहाङकै नेतृत्वमा हुन्छन् । यसै क्रममा एउटा भिडन्तमा गोली लागी उसको एउटा खुट्टा काटिन्छ । खुट्टा काटिएको नौ महिनापछि डिस्चार्ज हुँदा माओवादी पार्टी र सरकारका बीच शान्ति सम्झौता भइसकेको थियो तर बलिहाङलाई कसैले सम्मmँदैेनन् । ऊ रित्तै घर पुग्दछ । धेरैजसो माओवादी कार्यकर्ताको हविगत यही हो । कथाकार लेख्छन्:
दुनियाँका छोरोछोरीहरूलाई बन्दुक बोकाएर मार्न र मर्न बाध्य बनाइयो तर आज ती नेताहरू सुखसयलमा बसेका छन् । करोडौँ पर्ने गाडीमा हुइँकिएका छन् । खै राजा ज्ञानेन्द्र र कम्युनिष्ट पार्टीका नेता बीच फरक ?
आजका बाम राजनीतिको यथार्थ यस कथामा चित्रण गरिएको पाइन्छ । ‘सडक जिन्दगी’ भ्रष्ट कर्मचारीका चरित्रमा आधारित कथा हो । पञ्चायतकालीन प्रधानपञ्च, आन्दोलनका समयमा पञ्चायतका विरुद्ध लागेका कारण गाविस अध्यक्ष र जिविस सभापति भइसकेको हुकुमबहादुरको छोरो बलबहादुर अधिकृत भइसकेपछि भ्रष्टाचार गरेर सम्पत्ति कमाउँदै जुवातास खेल्ने, केटीसँग होटलमा गएर खाने र बस्ने बानीले गर्दा जेठी र पछि विवाह गरिएकी कान्छी श्रीमती दुवैले सम्बन्ध विच्छेद गर्दछन् । ऊ भ्रष्टाचारका अभियोगमा निलम्बित हुँदै निष्कासित भएपछि बुबाको शरणमा पुग्दछ तर बुबाले पनि आश्रय नदिएपछि उसको जिन्दगी सडक बन्दछ । यसरी यो कथा कर्मचारीलाई भ्रष्टाचार नगर्न सन्देश दिने किसिमको देखिन्छ ।
‘मिसन पैसा’ शीर्षकको छैटौँ कथा पनि भ्रष्टाचारी कर्मचारीका जिन्दगीमै आधारित छ । कथाको प्रमुख पात्र बिनोद निजामती सुब्बामा उत्तीर्ण भएपछि लेखनदाससँग मिलेर उसमा घुस खाने बानीको विकास हुन्छ । घुस खाएर पैसा कमाएकाले उसमा उदेक लाग्दो रवाफ बढ्दछ । परिवारलाई समय दिन नसक्दा श्रीमती आफ्नै ड्राइभरसँग सम्भोग गराउन थाल्दछे । उता विनोद सम्पत्ति छानबिन आयोगबाट पक्राउ परी बाह्र वर्षका लागि जेल जान्छ । अन्त्यत: श्रीमती पनि त्यसै ड्राइभरसँग पोइल जान्छे । यसरी पैसालाई मिसन बनाएपछिका कर्मचारीको परिणतिलाई कथामा चित्रण गरिएको छ ।
‘मायाको रङ’ यौन र मायाको करामत देखाउने कथा हो । खास गरेर डाक्टरहरूको दाम्पत्य जीवनका पीडामा यो कथा आधारित छ । डाक्टरहरूले पटक पटक घरबाहिर समय व्यस्त राख्नु पर्दा उनीहरूका श्रीमतीहरू यौनअतृप्त भई कसरी परपुरुषसित यौनसुखभोग गर्दछन् भन्ने प्रश्नको उत्तर हो यो कथा । अहिले वृद्धाश्रमहरू धमाधम बन्दैछन् । यसको अर्थ आजका उपभोगवादी संस्कृतिमा मान्छे वैयक्तिक र एकल बन्दै गएकोे छ । छोराबुहारीहरू डाक्टर भए पनि उनीहरूलाई आमाबुबा र सासूससुरालाई हेरचाह गर्ने फुर्सद छैन । यस अवस्थामा अन्तिम सहारा को त भन्ने प्रश्नमा यो अन्तिम सहारा कथा संरचित छ ।
हृदयचन्द्र सिंह प्रधानको मरुभूमिका लेखक एकाङ्कीमा चित्रित लेखकीय पीडालाई सम्झाउने कथा हो जँड्याहा कवि । यस कथामा कविहरूले कविताको महत्व नबुझेकी श्रीमतीका कारण उत्पन्न बेमेल, यसका कारण कविहरूमा बढ्दै गएको रक्सी खाने प्रवृत्ति, गरिबहरूले राम्रो लेखेर पनि छपाउन नसकिने पीडा र बिरामी भएपछि उपचार गर्न नसकी मृत्युवरण गर्नुपर्ने बाध्यताको चित्रण गरिएको छ । कथाकार केन्द्रीय पात्रका पक्षमा यसरी विचार अभिव्यक्त छन्:
‘कविता लेख्दा र सुनाउँदा न त भोक लागेको बेलामा पेट भरिन्छ, न त शरीरमा कपडाले दिने न्यानो नै दिन सक्छ, न त छोराछोरीको एक आङ लुगा नै ढाकिदिन्छ, न त श्रीमतीलाई एक आनाको फुली नै लगाइदिन सकिन्छ ।’
कविले श्रीमतीको कचकच त बेहोर्नु पर्दछ नै किनभने उनीहरूलाई कविताको महत्व थाहा हुँदैन तर थाहा पाउने नेपाल सरकारबाट पनि साहित्यकारहरू ठगिएका छन् । उनीहरूलाई न त प्रदेश सरकारले हेर्छ न त स्थानीय सरकारले । यस कथाको कवि पात्र किरण अन्त्यमा उपचार गर्न नसक्ने अवस्थामा पुगी पत्रपत्रिका, किताब, सम्मानपत्र, कापी र कलमलाई सिरानी हालेर यस पृथ्वीबाट बिदा लिएको दु:खान्त परिणति यस कथामा पाइन्छ ।

‘चकुसेको जिन्दगी’ पनि रक्सी सेवनका परिणतिमा आधारित कथा हो । चकुसे अर्थात् चन्द्र, कुमार र सेसेमी । यी तीनजना गाउँमा खोयाबिर्के टोलीका नाममा परिचित छन् । माइलीका भट्टीमा लडुन्जेल रक्सी खाने यिनीहरूका चरित्रमा अकस्मात्् परिवर्तन हुन्छ । जग्गा बन्धकमा राखेर तीनैजना साउदी अरब पुग्दछन् तर केही महिनाको काम हेरेपछि मालिकले काम गर्न नसक्ने भनेर नेपाल फर्काउँछ । नेपाल फर्केपछि पनि पुरानै बानीमा रहेका चकुसेहरूले रक्सीकै सुरमा विवाह गर्दछन् तर तीनैजना श्रीमतीहरू पनि रक्स्याही हुन्छन् । अन्त्यत: ती छ जनाकै मृत्यु रक्सीका कारणले भएको छ ।

डलरको ताप वैदेशिक रोजगारीमा लागेका युवाहरूको दु:खद दाम्पत्य जीवनको कथा हो । यस कथामा मूलत: दुई नारी पात्र छन् : मैयाँ र कविता । मैयाँका श्रीमान्ले विदेशबाट डलर पठाउन थालेपछि उसको यौनाङ्ग ताती ब्वाइफ्रेण्डसँग मैयाँले रोमान्स गर्न थालेकी छे । मैयाँको रवाफ देखेर आफ्ना श्रीमान्लाई विदेश जान उत्प्रेरित गरेकी कविताले श्रीमान् पूर्णेले विदेशमा श्रम गरेर विश्वासमा सबै पैसा श्रीमतीलाई पठाएपछि श्रीमतीचाँहि आबारा किरणसँग यौनभङ्ग गर्दै पोइला जान्छे । उनीहरू भागेर दार्जिलिङ जान्छन् । विदेशबाट फर्किएको पूर्णेले यी सबै कुराहरू थाहा पाएपछि उसले आत्महत्या गर्दछ । जब कविताको यौवन समाप्त हुँदै जान्छ, पैसा पनि सकिँदै जान्छ तब किरण र कवितामा सम्बन्ध विच्छेद हुन्छ । कविता आश्रयविहीन भई कुकुरहरूसँग पीपलको बोटमुनि निदाउँछे । यसरी डलर श्रीमान्ले कमाउँछ तर ताप श्रीमतीलाई लाग्दछ ।

डलरको ताप कथामा एउटा नौलो विषय उठाइएको छ, त्यो हो नो सेक्स र यस सेक्स । लोग्ने मान्छेहरू दिनभरि स्कूल बन्द गराएर लखतरान भएर आउँछन् अनि खाना खाएर ओछ्यानमा पसेपछि श्रीमतीको शरीरको स्पर्श गर्न थाल्दछन् । यस अवसरलाई श्रीमतीहरूले स्वार्थ पूरा गर्ने समयका रूपमा प्रयोग गर्न सक्दछन् । स्कूल बन्द नगराउने वा भनेको मान्ने भए यस सेक्स, अन्यथा नो सेक्स । यसै तरिकालाई अपनाएर कविताले पूर्णेलाई विदेश पठाएकी हुन्छे ।

कथा जिन्दगीको कथासङ्ग्रहको अन्तिम कथा हो : जनयुद्धको उपहार । यो रातो झन्डा र कमरेडको सपना जस्तै राजनैतिक विसङ्गतिप्रतिको कोमल आक्रोश हो । २०५२ साल फागुनदेखि नेकपा (माओवादी) बाट सुरु भएका जनयुद्धका उद्देश्यहरू: नेपालमा जातीय विभेदको अन्त्य, जसको जोत उसको पोत र सामन्तहरूको सफाया, त्यसमा पनि जातीय रूपमा पछाडि पारिएका दलित र जनजातिहरूलाई विशेष प्राथमिकता र अन्त्यमा समाजवाद हुँदै साम्यवादी शासन व्यवस्थाको स्थापना थिए । कथामा दलित (कामी) समुदायकी धनमाया सुरुदेखि नै ठूला जातका भनिएकाले होच्याएकामा प्रतिवाद गर्ने खरी केटी, उसलाई माओवादीबाट अपहरण गरिन्छ । माओवादी पार्टीमा लाग्न सुरु सुरुमा मन नपरे पनि बिस्तारै बिस्तारै ऊ पूर्णकालीन कार्यकर्ता बन्दछे । यसै क्रममा पण्डितको छोरा कमरेड संस्कृति र पार्टीले राखिदिएको धनमायाको नाम कमरेड सूर्यका बीच प्रेम, यौन सम्बन्ध हुँदै विवाह हुन्छ । उनीहरूका दुई सन्तान पनि जन्मन्छन् । यसै क्रममा जनयुद्धमा अप्रत्याशित किसिमले परिवर्तन आउँछ । पार्टीका नेताहरूले सरकारसँग भारतमा अबदेखि युद्ध नगर्ने भनेर बाह्र बुँदे सम्झौता गर्दछन् । अब कमरेड संस्कृति र कमरेड सूर्यमा संस्कृतिक क्षेत्रमा काम गर्ने भएकाले दुवैले सैन्य शिविरमा रहन नपाएर उनीहरू घर फर्कन्छन् तर कमरेड संस्कृतिका बाबुले दलितकी छोरीसँग विवाह गरेका कारण घरमा शरण नदिएकाले उनीहरू सहरमा डेरा गरी बस्न थाल्छन् । अब कमरेड सूर्यमाले सम्झिन्छे :

“जनयुद्धका नाममा बन्दुक बोकियो, ज्यान जोखिममा राखियो, बन्दुक बोक्दासम्म पो त रहेछ जातीय छुवाछुत नभएको, बन्दुक बोक्न छोडेको दिन त हिजो जे थियो आज त्यही पो जिउँका तिउँ रहेछ । जनयुद्धमा लागेका कारणले आज उपहार पाएको भनेको छोराबुहारीको घर निकाला ।”
माओवादी पार्टीको नेतृत्व हुँदा पनि उनीहरूको खोजी भएन । पार्टीका नेताहरू पैसा कमाउँछन् र ऐस आराममा जिन्दगी बिताउन थालेपछि कमरेड संस्कृति र कमरेड सूर्यमाको नाम लेबर गर्ने क्रममा आफैँ विलय भयो । यसै क्रममा ढलान गर्ने सन्दर्भमा तीन तलामाथिबाट लडेर कमरेड संस्कृतिको मृत्यु भयो । यसो भएपछि कमरेड सूर्यमाले पुन: सम्झिन्छे :
“पार्टीमा लागेकाहरू सेनामा लाग्नु तर आफूलाई नलिनु, घरबाट निकाला हुनु अनि भएको एउटा बूढो पनि गुमाउनु ।” यही हो माओवादी जनयुद्धको उपहार ।
३. निष्कर्ष
माथि २ मा गरिएका चर्चाका आधारमा कथा जिन्दगीका कथासङ्ग्रहका विशेषताहरू निम्नलिखित देखिन्छन् :
३.१ जिन्दगीका विविध स्वरूप
  • जाँड रक्सीका कुलतबाट पीडित जिन्दगी : दोषी कर्म, चकुसेको जिन्दगी
  • इमानदार राजनैतिक कार्यकर्ताको जिन्दगी : रातो झन्डा, कमरेडको सपना, जनयुद्धको उपहार
  • भ्रष्ट कर्मचारीको जिन्दगी : सडक जिन्दगी, मिसन पैसा
  • कविको जिन्दगी : जँड्याहा कवि
  • डाक्टरको जिन्दगी : मायाको रङ
  • बेचिएकी चेलीको जिन्दगी : बम्बै यात्रा
  • वृद्धवृद्धाको जिन्दगी : अन्तिम सहारा
  • वैदेशिक रोजगारीमा गएका श्रीमान्को जिन्दगी : डलरको ताप
यसरी जिन्दगीका विविध कथाहरूको प्रस्तुति भएकाले कथा जिन्दगीका पुस्तकको नामकरण सार्थक देखिएको छ ।

३.२ संरचना र प्रस्तुति
समथिङ पूर्वी पहाडको जनजातिबहुल क्षेत्रमा क्रियाशील भएकाले उनका अधिकांश कथाहरूमा पूर्वी पहाडको ग्रामीण परिवेश आउनु स्वाभाविक हो तर यहाँका कथाहरूमा परिवेशको अनावश्यक विस्तार भएको छ । कथामा क्षिप्र प्रवाहमय शैलीको अपेक्षा गरिन्छ । यसका लागि आकस्मिक आरम्भ र अप्रत्याशित अन्त्य महत्वपूर्ण हुन्छन् तर यहाँका कथाहरूमा पृष्ठभूमि लामो छ । उदाहरणका लागि ‘डलरको ताप’ कथालाई लिन सकिन्छ । यस कथामा मैयाँको प्रसङ्ग नभए पनि कथ्य स्पष्ट हुन्छ । कथाहरूले लामो आयाम बोकेका छन् । समथिङको संरचना र प्रस्तुति गुरूप्रसाद मैनालीका ढाँचाको देखिन्छ ।

३.३ अन्त्यमा
अन्त्यमा पचास वर्षका उमेरमा एकाउन्न वटा कृति नेपाली वाङ्मयलाई समर्पित गर्न सक्षम गुरुङ रामप्रकाश समथिङप्रति सम्मान जनाउनाको विकल्प छैन । अझै तर छोटा छोटा कथाहरूको अपेक्षासहित साधुवाद समर्पण गर्दछु ।

शनिबार १५ गते चैत २०७६
धरान, सुनसरी
९८४२२–७६७६७
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 198
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.