SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नलेख्नु पर्ने कुरा लेख्नु पर्‍यो !
राजेन्द्र सुवेदी स्मृति अङ्क

नलेख्नु पर्ने कुरा लेख्नु पर्‍यो !

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
गीता सापकोटा युवा पुस्ताकी कवि एवम् समीक्षक हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको राजेन्द्र सुवेदीसँग सम्बद्ध संस्मरण समेटिएको छ । पारिवारिक वृत्त र प्राज्ञिक वृत्तबाट सुवेदीको व्यक्तित्वलाई यस संस्मरणले उजागर गरेको छ ।

-सम्पा.

अकल्पनीय ! मर्माहत ! स्तब्ध !

के सुन्नु पर्‍यो गुरु ! यो के लेख्नु परिरहेछ ?

१५ दिन अघि हजुरको घरैमा भेटेर हजुरका उर्जाशील वाणी र प्रेरक वचनले मनभरि बौद्धिक उर्जा बोकेर फर्किएकी थिएँ । केही दिनमा बिरामीको खबरले पिरोलिएँ । एकाएक गाह्रो भएको खबरले अतालिन थालेँ । आज एकाएक कृतिशेष भएको खबरले स्तब्ध बनायो । हजुरको गर्न बाँकी काम भनिसाध्य थिएन । गरेका कामहरु अतुल्य छन् । सायद त्यही बाहिरको टेवलमा त्यो ल्याप्टप त्यस्तै अवस्थामा होला । ती किताबका ठेली उसरी नै हजुरलाई खोजिरहेका होलान् । गुरु के गर्न सकियो र ! हजारौँ चेलाचेलीको मनमुटुमा हजुर उसरी नै बसिरहनुहुनेछ, जसरी हिजो बस्नुभएको थियो । फेसबुकका भित्तामा हजुरको तस्बिर भरिएको छ तर पूर्णता पाइन्न । आज नेपाली भाषा, साहित्य, समालोचना र प्राध्यापन क्षेत्रमा जुठो लागेको छ । सिङ्गो देश रोएको छ । यस दुखद क्षणलाई स्वीकार्न शिवाय केही छैन । गुरुआमा तथा कमल दाइभाउजू र दिदीभिनाजुहरुप्रति हार्दिक समवेदना । गुरुप्रति हार्दिक श्रद्धाञ्जली ।

यो अभिव्यक्ति २०७८ ज्येष्ठ ३ गते बिहानै मैले फेसबुकमा पोस्ट गरेको अभिव्यक्ति हो । यतिबेला मेरो घरको बाह्य वातावरण खलबलिइसकेको थियो । मेरो आन्तरिक मनस्थिति कमजोर बनिसकेको थियो । शुभेच्छुज्यू मुडअफ हुँदै मलामी हिँडिसक्नुभएको थियो । सानो बाबुलाई यथार्थ बुझाउन सकिरहेकी थिइनँ ।

बिहानै शुभेच्छुले पढ्दा पढ्दै जुरुक्क उठेर बाइक स्टार्ट गर्नुभएको थियो । माक्र्स पञ्जा खोजेर हिँडिहाल्नुभयो । यस्तो बेला नहिँड्नु , कोरोना सर्छ, जोगिएर उभिनु, म पनि जान्छु आदि भन्न पनि राम्रोसँग नपाई उहाँ हिँडिहाल्नुभयो । बिहान एकैछिनमा एकपछि अर्को घटना भएका थिए । एकैछिनमा फेसबुकभरि राजेन्द्र सरमा समर्पित श्रद्धाञ्जलीको लहर देखिएको थियो । त्यसैबेला मैले अरू केही गर्न नसके पनि, कुदेर मलाम जान नसके पनि, दिदीलाई भेट्न नपुगे पनि यो स्टाटस लेखेकी थिएँ ।

सानो बाबुले छेउमा आएर फोटोहरू हेर्दै राजेन्द्र बुबालाई के भएको भनेर सोधे । उनले राम्ररी स्टाटस पढ्न भने ध्यान दिएनन् । मैले बिरामी भएर बाबा भेट्न जानुभएको भनेर ढाँटेँ । उनले किन रुनुभएको त साह्रै हुनुभएछ ? कोरोना नै भएछ ? बाबालाई सर्‍यो भने ? यस्तै विभिन्न प्रश्न गरिरहे, मैले केही भन्न सकिनँ ।

काठमाडौँमा राजेन्द्र सर हाम्रा अभिभावक हुनुहुन्थ्यो । उहाँसँग आइजाइ हुन्थ्यो । तर उहाँलाई मैले धेरै अगाडिबाट पढेर चिनेँ । उहाँलाई म धेरै अगाडिबाट चिन्थेँ । कक्षा १२ को ऐच्छिक नेपालीमा निबन्धको इतिहास पढ्दा राजेन्द्र सुवेदी र उनका कृतिहरूको नाम पढेकी थिएँ । स्नातक तहमा पढ्दै गर्दा उहाँका समालोचना पढ्ने अवसर पाइयो । समालोचना र निबन्धका इतिहासमा उहाँको नाम दोहोरिएर आउँथ्यो । त्यसैबेलातिर मेची पद्यमाला (२०६९) कृतिमा उहाँको एउटा कविता पढेकी थिएँ । त्यहाँ पढिएका केही पङ्क्ति अहिले पनि कष्ठस्थ छन् ।

राजेन्द्र सरलाई महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका पूर्व क्याम्पस प्रमुखका रूपमा पनि उहाँको नाम सुनेकी थिएँ । फोटो देखेकी थिएँ । एम. ए पढ्न काठमाडौँ नआउँदै रमेश शुभेच्छुको आमाको माया काव्यमा उहाँको भूमिका पढेकी थिएँ । मेरो रुचि सञ्चार र साहित्य क्षेत्रमा बढ्दै जाँदा उहाँलाई साहित्य, सञ्चार र शिक्षा क्षेत्रमा भेट्न थालेँ ।

एम्ए पढ्न त्रिभुवन विश्वविद्यालयमा प्रवेश गर्दै गर्दा उहाँसँग भेट भयो । इलाम क्याम्पसबाट आएको भन्दा उहाँको स्नेहपूर्ण व्यवहार गर्नुभयो । उहाँलाई भेट्ता मैले पूर्वकै एक शैक्षिक अभिभावक भेटेको अनुभव गरेँ । उहाँ विश्वविद्यालयका विद्यार्थीहरूमाझ लोकप्रिय प्राध्यापक हुनुहुँदो रहेछ । त्यस बेला रत्नराज्यलक्ष्मी क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस र कोटेश्वर बहुमुखी क्याम्पसमा पनि पढाउनु हुँदोरहेछ ।

कक्षामा पढ्दा सबैभन्दा प्रभावकारी कक्षा उहाँकै लाग्थ्यो । उहाँसँग विषयवस्तुको गहिरो ज्ञान थियो । त्यो ज्ञानलाई प्रस्तुत गर्ने आकर्षक शैली । त्यो ज्ञान र शैलीले जो कोही पनि प्रभावित नहुने कुरै हुँदैनथ्यो । समालोचना पढाउँदा होस् वा उपन्यास पढाउँदा होस् उतिकै रुचिपूर्ण कक्षा बनाउन सक्नुहुन्थ्यो । सिर्जनाविधि पढाउँदा हरेक विधामा लेख्न सकिने रहेछ भन्ने बनाउनुहुन्थ्यो ।

उहाँको प्रभावशाली आवाजले त्यस बेला प्रभाव मात्र पारेन पछि पढाउन जाँदा अनुकरण गर्न पनि सघायो । उहाँको विषयवस्तुसँगै आउने ज्ञानको व्यापक फेरोले गहिरो प्रभाव छोड्थ्यो । भेट हुँदा घरतिरका र मावलतिरका खबरखाबर सोध्नुहुन्थ्यो । उहाँ गुरु मात्र भन्दा पनि अभिभाव जस्तो लाग्नुहुन्थ्यो ।

एम्.एको थेसिस गर्ने बेलामा उहाँजस्तो विद्वान् व्यक्तित्वको बारेमा मलाई थेसिस गर्न मन लाग्यो । एउटी चेलीको हैसियतले सोधेकी थिएँ : गुरु, हजुरको बारेमा मैले थेसिस गर्न सोचेको छु मिल्ला कि नमिल्ला ? गुरुले मुसुक्क मुस्कुराउँदै भन्नुभएको थियो : अहिले मेरोबारेमा थेसिस गर्ने बेला भएकै छैन । म त्यतिबेला त्यसै जिल्लिएकी थिएँ । निकै आश्यर्चचकित भएकी थिएँ । प्रविणता तहदेखि एमएसम्मको पाठ्यक्रममा समेटिएका यस्ता प्राज्ञिक व्यक्तित्वको त्यो उत्तरले अलमलिएकी थिएँ । लाग्यो, कक्षाभित्रको प्राध्यापक राजेन्द्र सुवेदी व्यवहारिक जीवनमा र सामाजिक जीवनमा निकै मलिन हुनुहुँदो रहेछ । उहाँमा विद्वताको असीम शक्ति रहेछ । बोली कडा र खरो भए पनि कत्ति पनि घमण्ड रहेन छ । त्यहीँ विश्वविद्यायलमा कोही यस्ता प्राध्यापकहरू हुनुहुन्थ्यो : कसले कसको बारेमा थेसिस गर्न लागे, को निर्देशक चुने ? मलाई चुने हुन्थ्यो ? तिनमा महत्वाकांशी भावना प्रवल देखिन्थ्यो । राजेन्द्र गुरुमा मेराबारे गरे हुन्थ्यो भन्ने थिएन । म निर्देशक बनूँ पनि थिएन । सोधेको कुरा बताइदिने सहज स्वभाव चाहिँ उहाँमा व्याप्त थियो ।

म एम. एकी छात्रा छँदै सिर्जनशील विद्यार्थी मञ्च गठन भयो । हामी विद्यार्थी क्लबमा नियमित भेला भएर छलफल गथ्र्यौ । त्यहाँ एक दुई व्याच अगाडिका अग्रजलाई बोलाएर विचार सुन्ने र मन्थन गर्ने कार्यक्रम हुन्थ्यो । हामीले त्यही संस्थाबाट एक हप्ते छन्द कविता लेखन सम्बन्धी प्रशिक्षण चलायौँ । त्यसमा नियमित प्रशिक्षक रमेश शुभेच्छु हुनुहुन्थ्यो । अतिथि प्रशिक्षकका रूपमा राजेन्द्र सरलाई हामीले अनुरोध गरेका थियौँ । उहाँले त्यस बेला छन्दका बारे दिएको प्रवचन र सिकाएका कुराबाट हामी निकै प्रभावित भएका थियौँ । कक्षामा सिर्जनविधि पनि पढाउने गुरु हुँदा उहाँको कक्षाप्रति हाम्रो गहिरो चासो थियो ।

उहाँ मलगायत प्राय: सबै चेलाचेलीको प्रेरक हुनुहुन्थ्यो । थेसिस गर्ने सन्दर्भमा म र मेरा थुप्रै साथीहरूले सामग्री कसरी खोज्ने ? सैद्धान्तिक पर्याधारका लागि केकस्ता कृतिहरूलाई आधार लिने जस्ता विविध विषयमा उहाँसँग जानकारी लिन्थ्यौँ । सेतै कपाल फुलेको, विचारले माझिएको अत्यन्त स्वाभिमानी लाग्ने यस्ता असल गुरु पाएकोमा हामी गौरव बोध गथ्र्योँ । कक्षा सकिएपछि कहिलेकाहीँ हामी विश्वविद्यालयबाट ओरको तिनकुनेसम्म गुरुका कुरा सुन्दै आउँथ्यौँ । बाटामा कुराकानी गर्दा सामान्य दुखाइपिराईदेखि कुनै विषयमा गहन प्रवचन दिनुहुन्थ्यो । हामी जस्ता सिकारुलाई विश्वास गरेर धेरै कुरा गर्नु हुन्थ्यो ।

कहिलेकाहीँ सामाजिक, राजनीतिक वा सांस्कृतिक विषयमा व्याङ्ग्यात्मक वाक्य बोलेर त्यसमाथि प्रश्न तेस्र्याइदिनुहुन्थ्यो । उहाँको प्रश्न निकै गहन हुन्थ्यो हामी गुरुको कुरा सुन्दै केही बुझेझैँ, केही नबुझेँ झैँ मुस्कुराउँथ्यौँ मात्र । तिनकुनेमा आइपुगेपछि उहाँ गाडी कुरेर कीर्तिपुर यातायातमा चढेर घर फर्किनुहुन्थ्यो । त्यतिबेला लाग्थ्यो, हामी सबै यहीँ कीर्तिपुरमा बस्छौँ । गुरु कहाँ बस्नुहुन्छ होला । यतिका मान्छेको गाडी हुनुपर्ने किन सार्वजनिक गाडीमा हिँड्नुभाको होला । पछि थाहा पाउँदा ती सबै उहाँका सरल स्वभावका परिणति रहेछन् । उहाँ गाडी किन्न नसक्ने मानिस पनि हुनुहुँदो रहेनछ ।

मैले त्यस बेला राजेन्द्र गुरुका विषयमा थेसिस गर्न नपाए पनि दैवज्ञ गुरुका विषयमा थेसिस गरेँ । मलाई राजेन्द्र गुरु गाइड भए सजिलो हुन्थ्यो धेरै कुरा सिकिन्थ्यो भन्ने लागेको थियो तर गाइड विभागले नै तोक्तो रहेछ । मेरो गाइड कृष्ण सर पर्नुभयो । उहाँसँग पनि सिकाइ त राम्रै भयो । कक्षामा विद्यार्थीसँग अन्यन्त मिलनसार, बौद्धिकमा प्रकाण्ड विद्वान् गुरु राजेन्द्र सुवेदीलाई पछिल्लो समयमा मैले कुशल अभिभावकको रूपमा पाएँ । उहाँको ससुराली मेरै कर्मघर रहेको सुभाङ, पाँचथरमा रहेछ । त्यसकारण मेरो घरतिरका सबै आफन्तले उहाँलाई भिनाजुका रूपमा श्रद्धा गर्नुहुँदो रहेछ ।

मेरो विवाहको कुरा छिनेपछि फुलमालामा उहाँ शुभेच्छुको अभिभावकका रूपमा बल्खु पुग्नुभएको थियो । त्यहाँ उहाँ शुभेच्छुको अग्रज अभिभावकको रूपमा आउनु भएको थियो । पछि विवाह हुँदा उहाँले त्यस मञ्चमा निकै ओजपूर्ण भाषण गर्नुभएको थियो । हाम्रो विवाह विवाह मण्डपमा वैदिक विधिबाट नगरी विश्वभाषा क्याम्पसमा मेरो पुस्तक विमोचन गर्दै एउटा साहित्यिक माहोलमा भएको थियो । त्यस कार्यक्रममा विशिष्ट अतिथि प्रा. राजेन्द्र सुवेदी हुनुहुन्थ्यो । उहाँले त्यस कार्यक्रममा तिनपुस्ते मानिसको सहभागिता भएको ठाउँमा तिनै पुस्ताका मानिसले स्वीकार्न सक्ने किसिमले सांस्कृतिक सन्दर्भका विषय जोड्दै सामाजिक रूपान्तरणमा यस किसिमको विवाहको महत्त्वबोध गराउनुभएको थियो । हामीलाई शुभकामना र आशीर्वाद दिनुभएको थियो ।

हामीले विवाह सामान्य ढङ्गले गरेका थियौँ । त्यसपछि निकट आफन्तहरूलाई पालैपालो घरमा बोलाएर सहभोज गर्ने र चिनजान बढाउने गरेका थियौँ । त्यस क्रममा सर हाम्रो शान्तिनगरको साँघुरो डेरामा पनि आइदिनुभएको थियो । त्यसपछि उहाँसँग साहित्यिक, प्राज्ञिक, सामाजिक, पारिवारिक कार्यक्रममा बाक्लै भेटघाट हुनथाल्यो । उहाँका घरमा पनि बाक्लै आइजाइ हुन थाल्यो । उहाँको बौद्धिकताप्रति सधैँ अतमस्तक हुन मन लागिरहन्थ्यो । पारिवारिक रूपमा भेटघाट हुँदा उहाँ अत्यन्त सरल व्यक्तित्वको रूपमा मैले पाएको थिएँ ।

पारिवारिक रूपमा भेट्ता उहाँ सात्विक खाना खान मन पराउने, मिठासपूर्ण र नम्र बोली बोलेर भान्सेप्रति कृतज्ञ हुने, बालबच्चादेखि युवा र बुढाबुढी सबैसँग यथोचित व्यवहार गरेर सबैलाई प्रभाव पार्न सक्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँको गुण थियो । उहाँलाई युरिक एसिडको समस्या हुँदा उहाँका लागि खानेकुरा बनाउँदा गेडागुडी र टमाटरमुक्त खानेकुरा बनाउनु पथ्र्यो । उहाँका शरीरमा अरू कुनै विराम भएको मलाई थाहा थिएन । हाम्रा साना बाबूले बुबा भनेर बोलाउँथे । आइजाई उहाँकोमा जाने वा उहाँ आउने भनेपछि हुरुक्क हुन्थे ।

राजेन्द्र गुरुसँगको सम्बन्ध र व्यवहार सधैँ स्मरणीय रहनेछन् । म एम्फिलको कक्षामा पढ्न जाँदा उहाँ नै विभागीय प्रमुख हुनुहुन्थ्यो । बिचमा विभागीय प्रमुखको कार्यकाल सकिए पनि राजेन्द्र गुरुको कक्षा लिन पाइयो । उहाँको कक्षा लिन पाउँदा निकै आनन्द लाग्थ्यो । कक्षा र कलेज परिसरमा उहाँले सधैँ कुलश गुरुको भूमिका निभाउनु हुन्थ्यो । उहाँसँगको पारिवारिक नातासम्बन्धभन्दा पनि गुरुचेलीको सम्बन्धले नै मैले उहाँप्रति श्रद्धा गरिरहेँ ।

घरमा आउँदा पनि गुरुआमालाई दिदी भनेर बोलाउँथ्यौँ । हामी दुवैलाई उहाँलाई भिनाजु भन्न उति मुख लाग्दैन थियो । भिनाजु भन्दा सर भन्न नै हामी मन पराउँथ्यौँ । उहाँ वास्तवमा यो बिरानो ठाउँमा हाम्रा व्यावहारिक जीवनका लागि पनि एक अग्रज अभिभावक नै हुनुहुन्थ्यो ।

विवाह कार्यमा होस् वा घरजग्गा किन्दा होस् कि चाडबाडहरूमा नै किन नहोस्, उहाँ हाम्रो अग्रज अभिभावक हुनुहुन्थ्यो । हामीलाई आँट र हौसला दिने कार्यमा उहाँको भूमिका सधैँ अविस्मरणीय रहिरहने छन् । हाम्री देवु बहिनीको विवाहको कुरा उहाँकै बैठक कोठामा चलेको थियो । बहिनीको फुलमालामा उहाँ नै हाम्रातर्फका अभिभावक हुनुहुन्थ्यो । दिनेश भाइको विवाहको छिन्न र जन्त जान उहाँ नै अगाडि हुनुहुन्थ्यो । पछि बेहुली भित्र्याउनुअगाडि डेरामा आएर यसो यसो गर्नु भनेर उहाँले नै सिकाउनु भएको थियो । उहाँले सिकाएअनुसार नै मैले देउरानीलाई डेरामा भित्र्याएकी थिएँ । गुरुसँगका सानिध्यका झिनामसिना कुरा गरी साध्य छैन । मेरी देवरानीको एम. एको थेसिसको बाह्य परीक्षक उहाँ नै हुनुहुँदो रहेछ । उहाँले त्यो थेसिस सञ्चार जगत्को विशेषज्ञका रूपमा हेर्नुभएको रहेछ । गत वैशाख १५ गते मात्र पनि मेरी देउरानी सजना तिमल्सिनाको थेसिसमाथि साइन गराउनका लागि हामी उहाँको घरमा गएका थियौँ । एक किसिम हाम्रा परिवारमा अर्को स्नातकोत्तर जनशक्ति तयार भएको खुसी लिएर गएका थियौँ ।

त्यसदिन हामीले उहाँलाई घरैमा भेटेर भलाकुसारी गर्नुका साथै प्रेरक वाणीले मनभरि बौद्धिक उर्जा बोकेर फर्किएका थियौँ । देउरानी जेठानी सँगै बौद्धिक काम लिएर पुग्दा दिदी पनि निकै खुसी हुनुभएको थियो ।

विवाह कार्यमा होस् वा घरजग्गा किन्दा होस् कि चाडबाडहरूमा नै किन नहोस्, उहाँ हाम्रो अग्रज अभिभावक हुनुहुन्थ्यो । हामीलाई आँट र हौसला दिने कार्यमा उहाँको भूमिका सधैँ अविस्मरणीय रहिरहने छन् ।

त्यस भेटको केही दिनमा नै गुरु बिरामी भएको खबरले हामी पिरोलिएका थियौँ । एकाएक गाह्रो भएको खबरले केही बेचैन बनाए पनि अनिष्ट खबर आउँछ भन्ने कत्ति पनि लागेको थिएन । पन्ध्रदिन भित्रैमा एकाबिहानै उहाँ कृतिशेष भएको खबरले स्तब्ध बनायो । त्यसबिचमा उहाँको शीघ्रस्वास्थ्यको कामना गर्नुका साथै उपचारका लागि प्रबन्ध मिलाउने क्रममा हाम्रो तर्फबाट पनि सक्दो प्रयास रहिरह्यो । तर उहाँलाई जोगाउन सकिएन । उहाँले त्यसबेला नै पनि आफ्ना गर्दै गरेका कामका बारेमा केही कुरा गर्नुभएको थियो । त्यतिबेला पनि गुरु ल्यापटप अगाडि राखेर काममै व्यस्त हुनुहुन्थ्यो । अहिले पनि लाग्छ, उहाँको त्यही बाहिरको टेवलमा त्यो ल्याप्टप त्यस्तै अवस्थामा होला । ती किताबका ठेली उसरी नै गुरुलाई खोजिरहेका होलान् ।

राजेन्द्र गुरुको पछिल्लो समय प्रकाशित धितो कोख (२०७५) उपन्यास मैले आध्योपान्त पढेकी थिएँ । सो कृतिमा अहिलेको विश्वव्यापीकरण र उत्तरआधुनिकताले नारीको जीवनमा आएको विचलनलाई प्रस्तुत गरेको छ । हिजोको दिनमा गरिबीका कारण नारीहरू सहरको कुनै गल्ली वा चोकहरूमा भट्टी पसल गरेर जीवन निर्वाह गर्ने क्रममा आफ्नो श्री बेच्न विवश थिए भने कति नारीहरू ददालको फन्दामा परेर विदेशी कोठीमा बेचिएका वेथितिहरू प्रशस्त थिए यद्यपि अहिले पनि त्यस्ता समस्या नभएको होइन । तर राजेन्द्र सुवेदीको यस उपन्यासमा वर्तमान समयमा नारीमाथि अत्याचार गर्ने प्रवृत्तिमा वृद्धि भएको कुरा उठान गरिएको छ । यस कृतिमा स्वदेशी दलालले मात्र होइन विदेशी दलालले नारीलाई आर्थिक प्रलोभन देखाएर सरोगेसी राख्ने प्रचलन बढेको विषयलाई नवीन ढङ्गले प्रस्तुत गरिएको छ । यो कृति पढ्दै गर्दा मलाई नारीमाथिको अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउँनै पर्छ भन्ने विद्रोहात्मक भाव जागृत भयो । यसकै फलस्वरूप सरोगेसी सरोकारको सन्दर्भमा एउटा खोजमूलक लेख लेखेकी थिएँ । त्यस लेखलाई मैले शब्दाङ्कुर मासिक पत्रिकामा प्रकाशन गरेँ । यस कुरालाई मैले राजेन्द्र गुरुसँग कुनै कार्यक्रममा भेट भएका बेला सुनाएकी थिएँ । गुरु निकै खुसी हुनुभएको थियो । प्रस्तुत पुस्तककी प्रमुख पात्र ऋतम्भराका विषयमा थप कुरा गर्नु भएको थियो । यो लेखलाई नै सैद्धान्तिक पर्याधार बनाएर म यस कृतिको समीक्षा पनि भारतबाट निस्कने पत्रिकामा छापिसकेकी थिएँ तर गुरुसँगको भेटमा मैले गुरुलार्ई त्यो कुरा भनिनँ । भन्नै पर्दा यो कुरा सप्राइज राखेकी थिएँ । मैले त्यस समीक्षालाई भारतको एउटा जर्नलमा प्रकाशनार्थ पठाएकी थिएँ । त्यो समीक्षा प्रकाशित भइसकेको जानकारी मैले पाए पनि कपी हात परेपछि देखाउँला भन्ने लागेको थियो । त्यस दिन गुपचुप राखेको कुराले आखिर मलाई थक्कथक्क बनाइदियो । कुनै पनि सकारात्मक कुरा भन्न साइत नहेरेकै राम्रो रहेछ भन्ने पाठ मैले त्यस गल्तीबाट सिकेँ । राजेन्द्र गुरुको धितो कोख उपन्यास नारी चेतनाका कोणबाट होस् कि सांस्कृतिक अध्ययनका पक्षमा होस्, अध्येताहरूका लागि निकै उपयोगी कृति रहेको छ ।

हाम्रो परिवारसँग उहाँको साहित्यिक बौद्धिक र पारिवारिक सम्बन्ध रह्यो । शुभेच्छु धेरैबेर हराउनुभयो भने अन्दाज लगाउन सकिन्थ्यो कि उहाँ कि वासुदेव सरकहाँ हुुनुहुन्छ कि राजेन्द्र सरकहाँ । उहाँले सरका बारे राजेन्द्र सुवेदीका आयाम भन्ने पुस्तक नै लेख्नुभएको थियो । त्यसैले शुभेच्छुको गुरुभक्ति र गुरुको बौद्धिकतालाई पनि देखाउँछ । गुरुले मेरो भान्से बाहुनी कविता कृतिमा भूमिका लेखिदिनुभएको छ । त्यो भूमिकाको आशीर्वचन मेरा लागि सधैँ सिर्जनाको उर्जा बनेर रहने छ ।

म पनि विद्यावरिधि गर्नुपर्‍यो भनेर उहाँसँग पटक पटक छलफल गरेकी थिएँ । उहाँले एम.फिलको थेसिस हेरेर विविध सल्लाह पनि दिनु भएको थियो । मैले २०७७ सालमै दर्ता पनि गरेँ । यो खबरले उहाँ निकै खुसी हुनुभएको थियो । भेटमा त्यस विषयका बारे चासो साथ स्थायी दर्ता भयो त ? भनेर पनि सोध्नु भएको थियो । त्यस बेला म उहाँको नव पुस्तालाई उर्जा दिने शैलीबाट निकै प्रभावित बनेकी थिएँ ।

यतिबेला उहाँलाई सम्झने धेरै कुरा राम्ररी सम्झन पनि सकिरहेकी छैन । उहाँप्रति कृतज्ञताको र शोकको भाषा बोल्न सकिरहेकी छैन । के मात्र गुनासो लागिरहेको छ उहाँका नाममा के गर्न सकियो र ! हजारौँ चेलाचेलीको मनमुटुमा उहाँ उसरी नै बसिरहनुहुनेछ, जसरी हिजो बस्नुभएको थियो । आज आफ्नै गुरुका बारे नलेख्नु पर्ने कुरा लेख्नु परिरहेछ । अहिले हामीले दिन सक्ने मात्र श्रद्धाञ्जली रहेछ । गुरूप्रति हार्दिक श्रद्धाञ्जली ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 153
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

‘बालसाहित्य मात्र होइन, समग्र साहित्य नै दयनीय अवस्थामा गुज्रिरहेको छ’

July 9, 2021

श्रद्धाञ्जली–समवेदना

July 9, 2021

गुरुको कर्मथलो र निवासमा पाइला हालेको दिन

July 9, 2021

समग्र राजेन्द्र सुवेदी कहाँ खोज्नु ?

July 9, 2021

समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ : प्रा. सुवेदी

July 9, 2021

भावपूर्ण श्रद्धाञ्जली

July 9, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.