SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » समग्र राजेन्द्र सुवेदी कहाँ खोज्नु ?
राजेन्द्र सुवेदी स्मृति अङ्क

समग्र राजेन्द्र सुवेदी कहाँ खोज्नु ?

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • सम्पादकीय

राजेन्द्र सुवेदी (२०००–२०७८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनी नेपाली साहित्य, शिक्षा, समाजसेवा जस्ता बहुमुखी क्षेत्रमा सक्रिय रही समाजलाई निस्वार्थ तर सार्थक योगदान दिने प्रतिभा हुन् । साहित्यमा उनलाई सिर्जनातर्फ मूलत: निबन्धकार र मूलत: समीक्षकका रूपमा पाठकवृत्त र प्राज्ञिक जगत्ले आदर गर्‍यो तर उनी त्यत्तिकै राम्रा कवि र आख्यानकार पनि हुन् । उनको कवितायात्रा फुटकर कविता हुँदै खण्डकाव्य र बृहत् रूप महाकाव्यसम्म विस्तारित छ । उनको आख्यानकार व्यक्तित्व लघुकथादेखि उपन्याससम्म विस्तारित छ । उनको निबन्धकार व्यक्तित्वसँग नेपाली साहित्य जगत् तुलनात्मक रूपमा बढी परिचित रहे पनि कवित्व र निबन्ध सिर्जन सामर्थ्य उत्तिकै सशक्त छ । उनका आत्मनिर्माण (२०७०) र आरोहण (२०७४ संयुक्त) महाकाव्यका साथै खण्डकाव्य त्रयोदश (२०७७) कृतिमा ‘मञ्जुश्री’ शीर्षकको गहकिलो खण्डकाव्य प्रकाशित छ । उनको अर्को एक महाकाव्य र केही काव्यहरू प्रकाशनको सूर्यदर्शन पर्खिइरहेका थिए । यी कृतिहरूको अध्ययनमा द्रष्टाहरूको ध्यान पुग्न सकिरहेको छैन । उनका २०२५ सालदेखि अहिलेसम्म सयौँको सङ्ख्यामा फुटकर कविताहरू पत्रपत्रिका र सामयिक सङ्कलनहरूमा छरिएर रहेका छन् । सुवेदीका कवितामा विचार र कला संयोजित छ । उनी शास्त्रीय छन्दमा सुललित कलायुक्त उच्च वैचारिक कविताका प्रखर साधक हुन् ।

सिर्जनातर्फ कवि सुवेदीपछि निबन्धकार सुवेदीको नाम उल्लेख्य छ । उनका निबन्धकृतिहरू निकालिदिने हो भने समकालीन निबन्धमा पुर्न नसकिने खाडल पर्न जान्छ । उनी स्वयम्ले पनि समीक्षा र निबन्धलाई आफ्नो मूल साधना क्षेत्र बनाएको कुरा उनकै जीवनकालमा प्रकाशित कृति निबन्ध र समीक्षा केन्द्रित हुनुले देखाउँछ । उनका खाली सिसी पुराना कागज (२०४८), मेरो यात्रा मेरै परिवेशभित्र (२०५३), अब मेरो क्यासेट बन्द हुन्छ (२०५६), गुडबाइ छोडिजानेहरूलाई (२०६५), म हुँ औंला नकाटिएको एकलव्य (२०६५), निबन्ध किशोर (२०६९), सम्राटका सीमाभित्र र बाहिरका भानुभक्त (२०७१), तीर्थ पर्यटन (२०७१), जीवन : गोप्य सिलबन्दी खाम (२०७१) जस्ता झन्डै दर्जन ओटा सङ्ग्रह प्रकाशित छन् । गुडबाइ छोडिजानेहरूलाई सुवेदीले आफ्ना अग्रज लेखकहरूका स्मृतिमा रचना गरिने स्मृति र सम्बोधन निबन्धका रूपमा निरन्तर लेखेर त्यसका तीन भाग निकाल्ने सामग्री रहेका छन् तर पहिलो भाग मात्र प्रकाशनमा आउन सकेको छ । उनी मूलत: संस्मरणात्मक, हास्यव्यङ्ग्यात्मक र चिन्तनप्रधान, यात्राप्रधान निबन्धका स्रष्टा हुन् । लक्ष्मीप्रसाद देवकोटाको दाडिमको रुखनेर कृतिका सम्पादक सुवेदी देवकोटाबाटै बढी प्रभावित देखिन्छन् । उनका निबन्धमा कृष्णचन्द्रसिंह र भैरव अर्यालको व्यङग्य र चिन्तनप्रधान निबन्धकारिताको निकटता र तारानाथ शर्मासँग संस्मरणप्रधान निबन्ध रचनाको तुल्य सिर्जनसामर्थ्य देखिन्छ । राजेन्द्र सुवेदीको आयामभित्र निबन्धकारिताको मूल्याङ्कन गर्दै शुभेच्छुले यसो भनेका छन् :

उनको निबन्ध सिर्जन यात्रामा नेपाली साहित्य परम्परामा देखापरेका देवकोटाको देवकोटाको आत्मपरकता र श्यामव्यङ्ग्यात्मकता, भैरव अर्यालको तीव्र व्यङ्ग्यात्मकताको केही बौद्धिक प्रयोग, तारानाथ शर्माको नियात्रात्मकता र शङ्कर लामिछाने एवम् कृष्णचन्द्रसिंह प्रधानको निजत्व सबै एकाकार हुँदै आएको देखिन्छ । (पृ. १४१)

यो मूलयाङ्कन सुवेदीको निबन्धकारिताको अध्ययनको आधार बन्न सक्छ यद्यपि उनका निबन्धको सघन अध्ययन विश्लेषण भइसकेको छैन । नेपाली समीक्षा परम्पराका विशिष्ट प्रतिभा वासुदेव त्रिपाठीले सुवेदीको निबन्धकारितालाई राजेन्द्र सुवेदीका आयाम (२०७२) कृतिको भूमिकामा यसरी मूल्याङन गरेका छन् :

‘..उहाँको निबन्धकारिता आत्मपरक र प्राञ्जल गद्यशैलीका सँगसँगै आत्मव्यङ्यकारिता पनि सूक्ष्म व्यङ्ग्य उपहासको ऊर्जाबाट पनि परिचालित छ भने उहाँ आफ्नै पहिचान र नवशैली भएका निबन्धकारका रूपमा स्थापित हुनुहुन्छ ।’

सुवेदीको निबन्धकारितालाई मूल्याङ्कन गर्ने प्रमुख सूत्र त्रिपाठीको यही मूल्याङ्कन वरिपरिबाट पहिल्याउन सकिन्छ । उनी आफ्नै पहिचान र शैलीका पनि आफैसँगका निरन्तर प्रतिस्पर्धी निबन्धकार हुन् ।

सुवेदीको साहित्यकार व्यक्तित्वका आयाममध्ये समीक्षा उनको मुख्य समर्पण र साधनाको विधा हो । उनले अन्तर्वार्ताहरूमा प्राध्यापकीय धर्म र बौद्धिक धर्मअनुरूप आफूले समीक्षा विधालाई छोड्न नसकेको विचार राखेका छन् । उनको समीक्षायात्रा निरन्तर आफ्नै कलमसँगको प्रतिस्पर्धामा अविछिन्न एकपछि अर्को कृतिका रूपमा सार्वजनिक हुँदै र नेपाली समाजबाट स्वीकृति प्राप्त गर्दै आएको छ । उनका विषय गहन सतह चिन्तन (२०३८), स्रष्टासृष्टि द्रष्टादृष्टि (२०४३), समवर्ती साहित्यकार र झपटबहादुर राणा (२०४८), केही समीक्षण, केही विश्लेषण (२०४९), नेपाली उपन्यास परम्परा र प्रवृत्ति (२०५३), सृजन विधाका परिधिमा पारिजात (२०५३), सृजन विधाका परिधिभित्र ध्रुवचन्द्र गौतम (२०५४), सृजनात्मक लेखन : सिद्धान्त र विश्लेषण (२०५७), नेपाली समालोचना परम्परा र प्रवृत्ति (२०६१), काव्य निबन्ध केन्द्रका देवकोटा (२०६६), चलचित्र सिद्धान्त र नेपाली चलचित्र (२०६९), समसामयिक नेपाली उपन्यासको अध्ययन (२०६९), समसामयिक नेपाली उपन्यासका प्रवृत्ति (२०७२), सांस्कृतिक अध्ययन र नेपाली साहित्य (२०७३), नरेन्द्रराज प्रसाईकृत एकल जीवनीको समालोचनात्मक अध्ययन (२०७३) जस्ता महत्त्वपूर्ण समीक्षात्मक कृतिहरू प्रकाशित छन् । सुवेदीको समीक्षा यात्रामा यी प्रकाशित कृतिका सामग्रीहरू जति नै सामग्रीहरू अन्य लेखकका कृतिका भूमिका, आफैले सम्पादन गरेका समीक्षा, अभिनन्दन एवम् स्मृतिग्रन्थका सम्पादकीय र फुटकर समीक्षणमा छरिएर रहेका छन् । उनको समीक्षा यात्रा कविता, आख्यान र निबन्ध सिर्जना यात्रासँगसँगै निरन्तर प्रतिस्पर्धी पाटो बनेर अगाडि बढेको देखिन्छ । उनले प्राय: उपन्यास र निबन्ध विधा केन्द्रित सामग्रीमा र कतिपय विशिष्ट प्रतिभा केन्द्रित समग्र मूल्याङ्कनमा कलम चलाए । उनले नेपाली साहित्यका प्रमुख कृतिहरूमा पहिलो समीक्षकका रूपमा कलम चलाउने हिम्मत गरेका छन् भने उनलाई ध्रुवचन्द्र गौतम, पारिजात, मदनमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, वासुदेव त्रिपाठीलगायतका अग्रज लेखक समीक्षकहरूले आदरपूर्वक युवा उमेरमै उच्चकोटिको समीक्षकका रूपमा मूल्याङ्कन पनि गरेका छन् । उनको समीक्षण विभिन्न मञ्चीय मन्तव्य र अन्तर्वार्ताहरूमा पनि छरिएर रहेका छन् ।

राजेन्द्र सुवेदीको अन्वेषक र सम्पादक व्यक्तित्व समीक्षक व्यक्तित्वकै सहव्यक्तित्व हो । उनका सम्पादित कृतिहरूमा समसामयिक साझा कथा (सहसम्पादन, २०४१), गौतमका प्रतिनिधि कथा (२०४१), दाडिमको रुखनेर (देवकोटाका निबन्ध, २०४१), स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (देवकोटाका समीक्षा, २०४३), नेपाली हास्यव्यङ्ग्य निबन्ध (सहसम्पादन, २०४६), स्नातकोत्तर नेपाली निबन्ध (२०५१), डिल्लीराम तिम्सिना स्मृतिग्रन्थ (२०५४), चालिसको दशकका नेपाली कविता (सह.२०५१), सूक्तिसिन्धु (पुन: सम्पादन, २०५५), रामायण सम्मेलन (२०५७), सुवेदी वंशावली (२०६३), प्रियदर्शिका (पुन: सम्पादन, २०६३), नेपाली निबन्ध र अन्य विधा (भाग दुई, २०६७), रत्न बृहत् नेपाली समालोचना खण्ड १ र २ (सहसम्पादन, २०६९), जुगल सैद्धान्तिक नेपाली समालोचना (२०७१), डा. वासुदेव त्रिपाठी : स्रष्टा एक द्रष्टा अनेक (सहसम्पादन, २०७०) र समालोचकका आँखामा हरिहर खनाल (सहसम्पादन, २०७०), समालोचना वृत्तमा खेमनाथ दाहाल (२०७२), सङ्गीत चन्द्रोदय (२०७२), स्रष्टा होम : द्रष्टा अनेक (२०७२) आदि छन् । यी सम्पादित कृतिहरू आफ्नै महत्त्व बोकेका सामग्रीका रूपमा प्राप्त छन् । यीमध्ये केही पाठ्य सामग्रीसँग, केही विधाविशेषसँग र केही व्यक्ति विशेषसँग सम्बन्धित छन् । सम्पादित सामग्रीमा चयनित सामग्रीहरूको ऐतिहासिक र सिर्जनात्मक महत्त्व पनि त्यत्तिकै रहेको छ । उनले प्रतिनिधिमूलक समीक्षा सङ्कलनका क्रममा समीक्षक प्रतिभाको चयन निकै होसियारीपूर्वक गर्न सकेको देखिन्छ । वरिष्ठ समालोचक, सुवेदीका पनि गुरु प्रा.डा. वासुदेव त्रिपाठीले राजेन्द्र सुवेदीका आयाम (२०७२) कृतिका भूमिका लेखनका क्रममा गरेको सुवेदीको समीक्षक व्यक्तित्वको मूल्याङ्कन यस्तो रहेको छ–

‘…परिणाम र गुणस्तर दुवै दृष्टिले उहाँ नेपाली साहित्यका आधिकारिक र प्रामाणिक रूपमा प्रतिष्ठित वरिष्ठ समालोचक हुनुहुन्छ । समालोचकीय तथ्याङ्कन र व्याख्याविश्लेषणका साथै मूल्यनिर्णयको प्रामाणिकता र विश्वसनीयता उहाँका समालोचकीय प्राप्ति हुन् भने अर्कातर्फ समालोचनालाई आक्रमणका औजारका रूपमा प्रयोग नगर्ने र लेखकीय र कृतिगत शक्ति तथा सीमागत प्राप्ति अप्रापितको शिष्ट र विशिष्ट सन्तुलित निक्र्योल गर्ने उत्तरदायी र परिपक्व समालोचकका रूपमा उहाँलाई लिनु पर्ने म ठान्दछु।’

सुवेदीको समीक्षा सामर्थ्यको सघन मूल्याङ्कन नभइसकेकै बेला अग्रज समीक्षकको यो भनाइ नै उनको समीक्षक व्यक्तित्वको सही मूल्याङ्कन हो । सुवेदीको पछिल्लो समीक्षा कृति संस्कृतिक अध्यायन र नेपाली साहित्य (२०७३) को लोकार्पणपछि त्रिपाठीले मञ्चबाट र शुभचिन्तकहरूसँगको भेटमा पनि ‘नेपाली समालोचना हराए राजेन्द्र सुवेदीलाई सोध्नु ।’ भनेका थिए । यो भनाइले पनि सुवेदीको समीक्षा सामर्थ्य थप अन्वेषणीय देखिन आउँछ । सुवेदीसँग साहित्यिक सूचना र इतिहास लेखनको र साहित्य कोश निर्माणको सामर्थ्य पनि विशिष्ट किसिमको थियो । यद्यपि जीवनकालमा ती सामग्री प्रकाशनमा आउन पाएनन् । त्यसको क्षति नेपाली साहित्यलाई पुरा गर्न कति दशक वा शताब्दी कुर्नुपर्ने हो त्यो प्रश्न अहिले अनुत्तरित छ ।

सुवेदीको आख्यान अध्ययन विश्लेषण र सिर्जन सामर्थ्य पनि बेजोड थियो । उनका कथाहरू कृतिका रूपमा प्रकाशनमा नआए पनि (क) सुद्युम्न (२०३१) र (ख) स्वप्नसंसार (२०३३), धितोकोख (२०७६) जस्ता औपन्यासिक कृति प्रकाशनमा आएका छन् । उनका आख्यानकृतिमध्ये धितोकोख विषयवस्तुका दृष्टिले नवीन र सिर्जन सामर्थ्यका दृष्टिले विशेष कृति हो । यस कृतिले नेपाली समाजमा नजानिँदो गरी सल्किइरहेको सरोगेसी समस्यालाई निकै जीवन्त रूपमा प्रस्तुत गरेको छ । यहाँ सुवेदीको शैक्षिक क्षेत्र, सञ्चार क्षेत्र र सामाजिक क्षेत्रको अनुभवका साथै उपन्यास अध्ययनबाट प्राप्त उच्च किसिमको औपन्यासिक सामर्थ्य प्रदर्शन भएको छ । यस कृतिमा पनि गम्भीर समीक्षकको कलम परिसकेको छैन ।

राजेन्द्र सुवेदी त्रैआयामिक व्यक्तित्व हुन् । उनको सिर्जन, समीक्षण र प्राध्यापन प्रतिभाको समग्रतामा उनी आफ्नो समयका विशिष्ट विद्वान्का रूपमा स्थापित भए । उनले राज्यस्तरबाट उल्लेख्य पुरस्कार र सम्मान एवम् पदक नपाएका भए पनि जनस्तरबाट अनेक सम्मान, पुरस्कार, अभिनन्दन र प्रतिष्ठापत्रहरू प्राप्त गरेका थिए । सुवेदी साहित्यकारका रूपमा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रका अनेक सभा सम्मेलनमा सहभागी भए । उनी नेपालका प्रतिष्ठित प्राध्यापकका रूपमा विदेशसम्म पुगे । उनले गाउँको विद्यालयको स्वयम्सेवक शिक्षकदेखि त्रिभुवन विश्वविद्यालयको वरिष्ठ प्राध्यापक र देशविदेशका विभिन्न विश्वविद्यालयका अतिथि प्राध्यापकका रूपमा विशेषज्ञ सेवा प्रदान गरे । उनले देशको ठुलो प्रकाशन संस्था गोरखापत्र संस्थानको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरे । त्योबाहेक साहित्य संवर्द्धन केन्द्र, लेखनाथ काव्यसभा जस्ता संस्थाका प्रमुख भएर साहित्यको अभिलेखन, सही प्रतिभा पहिचान र अन्य विभिन्न क्षेत्रमा योगदान पुर्‍याए । नेपाली साहित्यका इतिहासमा वर्षसाहित्य पुस्तकको अवधारणा उनकै अवधारणा र कार्यान्वयन, साहित्य दिवसको अवधारणा र कार्यान्वयनमा पनि उनको योगदान रहेको छ ।

सुवेदीले विश्वविद्यालयमा रहेर लिएका प्राज्ञिक निकायको जिम्मेवारीमध्ये ऐच्छिक नेपाली विषय समिति सदस्य (त्रभुवन विश्व विद्यालय, २०५१—२०६४), विद्या परिषद् सदस्य, मानविकी तथा सामाजिक शास्त्र सङ्काय (२०६४—२०६८), ऐच्छिक नेपाली विषय समिति अध्यक्ष (२०६४—२०६८)अनिवार्य नेपाली विषय समिति अध्यक्ष (२०६६—२०६८) का साथै संस्थापक कार्यक्रम संयोजक : नेपाली विषयको एम्फिल कार्यक्रम (२०६६) सञ्चालन उल्लेख्य जिम्मेवारी बनेर रहेका छन् । उनकै पालामा नेपाली केन्द्रीय विभागको पुस्तकालय विद्यार्थी र अन्य अध्येताका लागि खुला गरिएको थियो । उनले त्रिभुवन विश्वविद्यालयका साथै गुवाहाटी विश्वविद्यालय र सिक्किम विश्व विद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयका पाठ्यक्रम निर्माण, पाठ्य विषयको अभिमुखीकरण, कार्यशाला, सम्मेलन, गोष्ठी, विद्यावरिधि तहका शोध निर्देशन र विशेषज्ञ सेवा आदिमा योगदान दिएका थिए । उनले नेपाल हिन्दू विश्वविद्यालय स्थापनार्थ अवधारणासहित शिक्षामन्त्रालयमा बुझाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको पक्ष पनि नेपाली शैक्षिक इतिहासमा उल्लेख्य छ । उनी निजी शिक्षा भन्दा पनि आम जनशिक्षाका पक्षमा निरन्तर वकालत गर्ने र काम गर्ने विशिष्ट शिक्षासेवी व्यक्तित्व थिए । विद्यालयको शिक्षक, प्रअ हुँदै विश्वविद्यालयको प्राध्यापकसम्मको सुवेदीको शैक्षिक व्यक्तित्व साहित्यकार व्यक्तित्व जतिकै उच्च रहेको छ ।

सुवेदी नेपाली, साहित्य, शिक्षा र समाजसेवाका बहुआयाम छरिएका व्यक्तित्व भए पनि उनको मूल परिचय साहित्यकारका रूपमा छ । उनले साहित्यको सिर्जना र समीक्षणका साथै विभिन्न साहित्यिक सङ्घसंस्थामा रहेर निर्वाह गरेको नेतृत्वदायी भूमिका उल्लेख्य छ । यस्ता बहुमुखी प्रतिभाका धनी सुवेदीको जीवनयात्रा उनैले जीवनभरि पढेका सयौँ उपन्यासका रोमाञ्चक तर सङ्घर्षपूर्ण कथा जसरी नै पाँचथर र ताप्लेजुङको सीमानाको कावेली किनारमा जन्मिएर नेपालभरि र विश्वका नेपाली वस्तीमा फैलँदै काठमाडौँको वाग्मती किनारमा अवसान भयो । उनै सुवेदीको सम्मान र श्रद्धामा साहित्यसागरको प्रस्तुत शृङ्खला समर्पित छ । सुवेदीका विषयमा त्रिपाठीले गरेको टिप्पणी जस्तै अब समालोचना हराए कसलाई सोध्नु, त्रिपाठीले नै अर्को समालोचक व्यक्ति तोक्लान् । निबन्ध हराए कसलाई सोध्नु अर्का कुनै निबन्धका पण्डितले तोक्लान् । कविता, उपन्यास हराए पनि एक एक उत्तराधिकार निस्किएलान् तर समग्र राजेन्द्र सुवेदी नै नरहेको पीडाको जवाफ कसैसँग रहेन । सुवेदीको समग्र व्यक्तित्व भएको अर्को व्यक्तित्व कहाँ भेट्नु ? कसलाई सोध्नु ? कहाँ खोज्नु यही हप्तादेखि यो प्रश्न अनुत्तरित छ । सुवेदीप्रति सम्पादकीय अभिवादन । श्रद्धापूर्ण अभिवादन ।

– सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 508
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

‘बालसाहित्य मात्र होइन, समग्र साहित्य नै दयनीय अवस्थामा गुज्रिरहेको छ’

July 9, 2021

श्रद्धाञ्जली–समवेदना

July 9, 2021

गुरुको कर्मथलो र निवासमा पाइला हालेको दिन

July 9, 2021

समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ : प्रा. सुवेदी

July 9, 2021

भावपूर्ण श्रद्धाञ्जली

July 9, 2021

नेपाली समालोचनाका एक अभिप्राप्ति – राजेन्द्र सुवेदी May 27, 2021

July 9, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.