हार्दिक समवेदना पत्र

आदरणीय इन्दिरा सुवेदीज्यू
एवम् सुवेदी परिवार,
कोटेश्वर काठमाडौँ ।
यहाँका पति नेपाली साहित्यका विशिष्ट प्रतिभा प्रा. राजेन्द्र सुवेदीज्यूको ७८ वर्षका उमेरमा असामयिक निधन भएको खबरले हामी असाध्यै दुःखी बनेका छौँ । सुवेदी नेपाली साहित्यका बहुआयामिक प्रतिभाका साथै शिक्षा र समाजसेवामा पनि समर्पित विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली समाजलाई अपूरणीय क्षति भएको छ । साहित्यसागरको स्थापना कालदेखि नै उहाँले विभिन्न लेखरचना दिएर यस संस्थाको विकासमा सहयोग गर्दै आउनुभएको थियो । हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । यस दु:खद घडीमा यहाँ र यहाँको परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी वाग्देवी सरस्वतीसँग प्रार्थना गर्दछौँ । यस विपतका घडीमा यहाँलगायत यहाँका सुपुत्र कमल, सुपुत्रीहरू भूमिका, पुष्पालगायत सम्पूर्ण परिवारमा यहाँले आमा र बाबु दुवै बनेर अभिभावकत्व दिन सक्नुहोस् भनी कामनाका साथ हार्दिक समवेदना प्रकट गर्दछौँ ।
मणि पनेरू सुरने उप्रेती रमेश शुभेच्छु
प्रधान सम्पादक प्रबन्ध सम्पादक सम्पादक
श्रद्धाञ्जली–समवेदना


