SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कोरोनाको घरेलु तथा आयुर्वेदिक उपचार
लेख

कोरोनाको घरेलु तथा आयुर्वेदिक उपचार

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments12 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
गौरव लुइटेल नवोदित लेखक हुन् । उनी समसामयिक विषय र अनुभूतिलाई लेखमार्फत प्रकट गर्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको कोरोना विरुद्धको लडाइँ शीर्षकको लेख समेटिएको छ । यस लेखले कोरोनाबाट बच्ने केही घरेलु औषधी र उपचार विधिका बारे पनि प्रकाश पारेको छ ।

– सम्पा.

वैशाखको दोश्रो हप्ता छिटो छरितोरूपमा बहिनीको विवाह सम्पन्न गरेको दोश्रो दिन उमेरले ५० टेक्नुभएकी हाम्री आमाले पसलको सटर पुनः खोल्नु भयो । कोरोना कहरको दोश्रो लहर सुरु हुने तरखर गर्दै थियो । आमाले विगत दुई दशकदेखि घरमै सानो तरकारी, फलफूल तथा किराना पसल सञ्चालन गरिरहनु भएको थियो । बुबा र म दुवै जागिरे भए पनि पसल नै घरको मुख्य आयस्रोत हो भन्दा अतिशयोक्ति नहोला । तर खानलाउनलाई त्यति दुःख नभएकाले कम्तिमा यो कोरोना कहर नसकिँदासम्म पसलको दुःख आमाले नगरिदिए हुन्थ्यो भन्ने हामी सबैको राय थियो । तर जति कर गर्दा पनि कोरोनाको पहिलो लहरमा उहाँले दैनिकजसो कालिमाटीबाट तरकारी र फलपूल ल्याएर पसलको कामलाई बिराम लाउनु भएन । सायद कोरोनाको पहिलो लहरले नछोएकोमा उहाँमा एक प्रकारको विजयोन्माद हुँदो हो ।

दोश्रो लहरले आक्रान्त रूप लिँदै गर्दा कोरोनाले यसपटक चैँ हाम्री आमालाई नछोड्ने भो भन्ने कुरामा म चैँ मनमनै विश्वस्त हुँदै थिएँ । त्यसैले भवितव्य केहि आइपरी हाले व्यवस्थापन गर्न अक्सिजन, अक्सिमिटर लगायत अन्य कुराको जोहो गर्ने प्रयत्न पनि जारी राखिरहेकै थिएँ । एक बिहान सबेरै आमा हरियो तरकारी लिन कालीमाटी तरकारी बजार गएका बेला पानीमा मजैसँग भिज्नुभयो । त्यही दिन बेलुकीदेखि उहाँलाई मन्दज्वरो आउन थाल्यो र रुघाखोकीको लक्षण देखिन थाल्यो । शुरुमै बुवाले हामीलाई पथपरहेजमा रहन सतर्क बनाउनु भयो ।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको दिन पनि बिहान आमाले पसल खोल्नुभयो । एकातिर निषेधाज्ञा अर्कोतिर उहाँमा ज्वरो र रुघाखोकी । हाम्रो असहमतिले आमामा कुनै प्रभाव पारिहेको थिएन । दस बजेतिर पसल बन्द गर्न टोलमा प्रहरी नै परिचालन भएपछि सटर बन्द गरेर उहाँ माथि आउनुभयो । रातोपिरो अनुहार देखेर हामीले उहाँको ज्वरो नाप्यौँ १०२ थियो । तर पनि उहाँ भन्दै हुनुहुन्थ्यो पानीमा भिजेको कारणले ज्वरो आएको र रुघा लागेको हो । एक दुई दिनमा ठिक भैहाल्ला नि । अरु दुई दिन यसैउसै बित्यो । हामी भने आमासँगको घुलमिलबाट अलि टाढै रहन थालिसकेका थियौँ ।

पिसिआर परीक्षणका निम्ति गरिएको आग्रह आमाले मानिरहनु भएको थिएन र ज्वरो र खोकीको रफतारलाई सिटामोलले पनि रोक्दै रोकेन । बिहान दसबजेसम्म पनि उहाँ पसलतिरै व्यस्त । पसलमा आउने ग्राहकहरूको सल्लाह बमोजिम नजिकैको क्लिनिकमा जँचाउन जान भने उहाँ बल्ल तयार हुनुभयो । धेरै औषधि नभिडाउने अनुभवी स्वास्थ्यकर्मी भनेर हाम्रो टोलमा ख्याती कमाइसकेका स्वस्थ्यकर्मीले आमाको ज्वरो नाप्दा १०५ डिग्री पुगिसकेको देखियो । तीन दिनको लागि सामान्य केही औषधि दिँदै उनले घरमै आराम गर्नु भनेर पठाए । हामीले बन्द गर्न नसकेको आमाको तरकारी तथा फलफूल पसल उनको एकै बोलीले बन्द गरायो । त्यसै दिनदेखि हामीले उहाँलाई उहाँकै कोठामा जबरजस्त आइसोलेसन गर्यौँ । भोलिपल्टैदेखि उहाँको स्वास्थ्यमा पूरै गिरावट आइसकेको थियो । तातोपानीको नियमित बाफ लिने प्रबन्ध पनि उहाँकै काठामा मिलायौँ ।

औषधि सेवन गर्न थालेको दोश्रो दिनदेखि नै सुधार हुनुको साटो आमाको स्थिति झन् बिग्रँदै थियो । सिटामोल खाएको केहि समयसम्म ज्वरो नियन्त्रणमा आउँथ्यो तर त्यसको केही समयपछि नै १०३ डिग्रीसम्म पुग्थ्यो । टाउको पनि दुख्न थालेको आमाले बताउनु भएपछि तेस्रो दिन हामी बिहानै सोहि क्लिनिकमा पुग्यौँ । ज्वरो कम नभएको जानकारी पाएपछि चिकित्सकले कोरोना नै हुनुपर्छ भनेर अलि तर्किँदै तुरुन्तै पिसिआर परीक्षण गराउनोस् भन्नुभयो ।

त्यसपछि स्कुटरमा आमालाई कीर्तिपुरको आयुर्वेद अस्पतालमा पिसिआर टेस्टका लागि लिएर गइयो । खासै भिडभाड नभएकाले आमाको स्वाब नमुना दिन त्यति कुर्नु परेन । कतै निमोनियापो भइसकेको छ कि, फोक्सोको स्थिति बुझ्न छातिको एक्सरे पनि गरेर फर्किनु है भनेर बुबाले भन्नु भएको थियो । आयुर्वेद अस्पतालमा एक्सरे गर्ने सुबिधा त रहेछ तर सबैजना कोभिड नियन्त्रणमा खटिएकाले मेसिन चलाउने जनशक्ति नभएको जानकारी पाएपछि हामी त्यतैबाट कीर्तिपुर अस्पताल पुग्यौँ । कीर्तिपुरमा आमाको एक्सरे त गरियो तर ओपिडी सेवा बन्द रहेकाले एक्सरे हेरेर फोक्सोको स्थिति कस्तो छ भनी सोध्ने डाक्टर हामीले पाएनौँ । सायद सबै डाक्टरहरू जटिल प्रकृतिको केस हेर्नमै व्यस्त थिए । त्यसपछि एक्सरेको फोटो मात्रै लिएर हामी घर फर्कियौँ ।

साँझतिर एक्सरे हेरिदिन हाम्रो टोलकै क्लिनिकमा लिएर गएको बेला मेरो मोबाइलले आमामा कोरोना पोजेटिभ रहेको रिपोर्ट सम्प्रेषण गर्यो । फोक्सोमा हालसम्म केहि खराबी नदेखिएको तर कोरोनाले केहि घण्टामा नै फोक्सो बिगारेर निमोनिया बनाउन सक्ने भएकाले ख्याल गर्न उहाँले भन्नुभयो । त्यसपछि केहि भिटामिन, जीवनजल, कस्तुरी भुषण र अन्य औषधि लिएर म घर फर्किएँ ।

त्यसदिनसम्म पनि आमालाई ज्वरो र टाउको दुखाइ मात्रै थियो, डरलाग्दो खोकी अझै सुरु भएकै थिएन । तर स्थिति जुनसुकै बेला गम्भीर हुन सक्ने भएकाले पूर्वतयारी सुरू गरियो । आमा आइसोलेसनमा बसेको कोठासँगै हाम्रो डाइनिङ रूम र भान्सा पनि जोडिएकाले संक्रमण अरूमा सर्ने डर यथावत नै थियो । उमेरले ६२ टेक्नुभएको बुबा, ६ महिनाको गर्भावस्थाकी मेरी पत्नी र भर्खर २ वर्ष टेकेको छोरामा पनि संक्रमण भयो भने हाम्रो स्थिति विकराल हुन सक्थ्यो । तसर्थ, भान्सा तल्लो फ्ल्याटमा सारेर म बाहेक सबैजना तलको तलामा बस्ने सल्लाह बुबासँग भयो ।

गएको कार्तिकमै कोरोना संक्रमण भएर एक महिना आइसोलेसनमा बसेकाले यसको अनुभव मसँग थियो र परिवारका अन्य सदस्यभन्दा अलि कम जोखिममा म नै थिएँ । तसर्थ, आमाको हेरबिचार गर्न उहाँ आइसोलेसनमा बस्नु भएको कोठासँगैको पुस्तकालय कक्षमा म बस्न थालेँ । मेरो आफ्नै सुरक्षाका लागि यथेस्ट माक्स र स्यानिटाइजरको जोहो गर्दै बाइक चलाउँदा लगाउने गरेको विन्डचिटर ज्याकेटलाई पिपिइको रूपमा प्रयोग गर्ने बिचार गरेँ ।

अर्को दिन बिहानैदेखि आमाको स्वास्थ्य अवस्था झन बिग्रिँदै गयो । एकातिर लगातारको खोकीले उहाँलाई गाँज्दै लगेको थियो भने अर्कोतिर जे खाए पनि बान्ता हुन थाल्यो । शरीरमा जहाँसुकै पनि सियोले घोचे जसरी दुखेको बताउनु हुन्थ्यो । यस बीचमा बुवाले उहाँको चिनजानमा रहेका स्वास्थ्यकर्मी विशेषज्ञहरुसँग निरन्तर सम्पर्कमा रही औषधि र उपचारसम्बन्धी परामर्श गरिरहनु भएको थियो । टिकापुर अस्पतालका कोरोना फोकलपर्सन डा..रमेश उपाध्याय, काठमाडौंका सुपरिचित जनस्वास्थ्यविद डा.रविन्द्र समिर, काठमाडौं नैकापका स्वास्थ्यकर्मी उत्तम कार्की र बाबुराम भुसालहरुसँग बुवा निरन्तर परामर्शमा हुनुहुन्थ्यो । सम्पर्कमा रहेका डाक्टरहरु आमाको स्थिति जटिल बन्दै गयो भने अस्पतालमै लगेर उपचार गर्ने सल्लाह बुवालाई दिइरहेका थिए । तर अर्कोतिर कोभिड फोकल अस्पतालहरुमा कोरोनाका बिरामीहरु शैया अभावले चौरमा म्याट ओछ्याएर छटपटाइरहेका दृश्यसामग्री टेलिभिजनमा म हेरिरहेको थिएँ । यस्तो अवस्थामा आमालाई अस्पताल लैजानुको के अर्थ हुन्छ र ? हामीले आमालाई घरमै राखेर सम्भव हुनेजति उपचारात्मक कार्य गर्ने सल्लाह गर्यौँ । ज्वरो बढेपछि सिटामोल ख्वाउने, दुई तीन घन्टाको अन्तरमा पानीको बाफ लिन लगाउने, दिनको ३ पटक कस्तुरी भुषणको १५/२० थोपा मनतातो पानीमा मिसाएर ख्वाउने, यही क्रम अघि बढ्यो ।

सम्पर्कमा रहेका चिकित्सकहरुले स्वासप्रस्वासमा समस्या देखिए स्टेरोइड लगायतका केही औषधि खुवाउने सल्लाह दिनुभएको थियो । मैले ती औषधिहरुको साइड इफेक्ट के के हुनसक्छ भन्ने बारेमा गुगलसर्च गरेँ र गहिरो अध्ययन गरेँ । स्टेरोइडको प्रयोग त अक्सिजन लेभल घटेर बिरामीलाई बाह्य अक्सिजन दिन अनुकुल परिस्थिति बनाउन्जेल तत्कालको छोटो अवधिका निम्ति मात्र दिइने रहेछ । यसको प्रयोगका कारण भारतमा धेरै कोरोना पीडित बिरामीहरुले धमाधम आँखाको दृश्य क्षमता गुमाइरहेका समाचारहरु पनि मैले फेला पारेँ । मलाई असाध्य डर लाग्यो । अब, बुबासँग सल्लाह गरी स्टेरोइड औषधि तत्काल आमालाई नखुवाउने टुङ्गोमा पुगियो । फेरि पनि आमाको स्वासप्रस्वासमा समस्या आइपरे के गर्ने होला ?

खोकीको आक्रमण जारी रहेकै अवस्थामा आमालाई निरन्तर बान्ता पनि हुन थाल्यो । ससाना बालबालिकालाई निमोनियाबाट जोगाउन कस्तुरी भुषण नामको आयुर्वेदिक औषधि खुवाउने गरिएको मलाई थाहा थियो । यो औषधि आमाले नै मलाई कतिपटक खुवाउनु भएको सम्झना छ । बयस्कलाई पनि यसले अवश्य मदत गर्छ कि भन्ने मलाई लाग्यो । फोक्सोमा निमोनियाको आक्रमण नहोस् भनेर दिनको तीनपटक मनतातो पानीमा कस्तुरी भुषणका थोपा मिश्रण गरी खुवाउन थालेँ । यद्यपि आमाको खोकी अझै बढ्दै गयो । हरेक दिन २/३ पटक अदुवा, ज्वाँनो, दालचिनी र ल्वाङको धुलो र कागतीकाे रस महमा मिश्रण गरी आमालाई खान दिएँ । खाएको केहि क्षणमै फेरि उहाँलाई बान्ता हुन्थ्यो । यसरी लगतारको बान्ताका कारण न त कुनै औषधि न त कुनै अन्न उहाँको पेटमा पुग्नसकेको थियो । बान्ता रोक्ने उपायबारे चिनेजानेका डाक्टरहरूसँग परामर्श गर्न मैले बुबालाई भनेँ । मेसेन्जरबाट केहि चिकित्सकहरूसँग सल्लाह गरी खुवाउनुपर्ने औषधिबारे जानकारी प्राप्त भयो । उहाँहरुले सुझाएको औषधि लिन म आफै क्लिनिक दौडिएँ । क्लिनिकका स्वास्थ्यकर्मीलाई आमाको पछिल्लो स्वास्थ अवस्थाका बारेमा जानकारी गराएँ र खोकी नियन्त्रण गर्ने टस्क्यू डी (TUSQ —D) औषधि लिएर घर फर्किएँ ।

टस्क्यू डी.को नियमित सेवनसँगै कपुर र कागतीको बोक्रा मिसाएको तातो पानीको नियमित बाफ लिँदा खोकी र बान्ता केही हदसम्म कम भयो । पिसिआर टेष्टको रिपोर्ट प्राप्त भएको तेस्रो दिनसम्ममा ज्वरो त नियन्त्रणमा आइसकेको थियो । तर जिउ बेस्करी दुख्ने थप नयाँ समस्याले आमालाई सताइरहेकै थियो । उहाँ भन्नुहुन्थ्यो नदुखेको कुनै मांसपेसी नै छैन । बान्ता, खोकी र घाँटीको पीडाका कारण खानाको नाममा कुनै पनि ठोस पदार्थ निल्न सक्ने अवस्था बाँकी रहेन । एकहप्तासम्म पुदिनाको पत्ता हालेर उमालेको पानी, ग्लुकोज, दुूध, मौसमको जुस, राज्मा र गेडागुडीको झोलबाहेक उहाँको पेटमा केही पनि परेन ।

बिहानको न्यानो घाम ताप्दा शरीरले भिटामिन डी प्राप्त गर्दछ भन्ने मलाई राम्रै थाहा थियो । चौथो दिन बिहान सबेरै बरण्डामा न्यानो घाम आइसकेको छ । कोठामा निरन्तर थुनिनुभएकी आमालाई एकैछिन प्यासेजबाट सरक्क निस्केर बरण्डामा घाम तपाउन पाए हुन्थ्यो भन्ने लाग्यो । मैले यो कुरो आमालाई भनेँ । उहाँ बिस्तारै उठ्नु भयो । आफैं बिस्तारै पाइला सारेर घाम ताप्न बरण्डातिर जाँदा अब त उहाँले कोरोना जित्नु भयो भन्ने लागेको थियो । अर्को दिन बिहान पनि मह मिसाएको कागती पानी खान दिएँ । एकछिन पछि ज्वानो र कोदोको पिठोको झोल पनि बनाएर दिएँ । तागतिलो स्रोत घरमा त्यहि कोदोको पिठो नै थियो । त्यसै दिन बिहानदेखि बान्तामा उल्लेखनीय कमी आए पनि ठोस कुरा खाने आँट आमाले अझै देखाउनु भएको थिएन । बाहिर मीठो घाम लागेकोले घाम ताप्न आमालाई जाउँ भनेँ । उहाँ आफै हिँडेर बरण्डासम्म पुग्नुभयो । दिनमा दुई तीन पटक उहाँलाई स्वास फेर्न केही असजिलो हुन थालेको थियो । टुलमा बसेर बिहानीको घाम तापिरहेकै बेला उहाँलाई असजिलो महसुस भएछ । बेहोस भएर त्यहिँ ढल्ने सम्भावना देखेपछि मैले तुरुन्तै म्याट लिएर आएँ । आमा त्यसमै पल्टिनु भयो । साँच्चै उहाँ त हेर्दाहेर्दै बेहोस हुनुभयो । औँलामा अक्सिमिटर राखेर उहाँको शरीरमा रहेको अक्सिजनको मात्रा मापन गरेँ । त्यसले अक्सिजनको मात्रा ८३/८४ मात्र रहेको सङ्केत गर्यो ।

अक्सिमिटर र अक्सिजन सिलिण्डरको कथा बेग्लै छ । निशेधाज्ञा लगाउने चर्चा शुरु हुनासाथ मलाई मास्क, स्यानीटाइजर लगायत यी यन्त्रहरु घरमै हुनु जरुरी छ भन्ने लाग्यो । स्वास्थ्य सामग्री सप्लाई गर्ने टेकुको एउटा कम्पनीमा काम गर्ने एउटी दिदी हाम्रो घरछेउमै अर्को घरमा डेरा लिएर बस्थिन् । उनीसँग पुरानै चिनजान हो । उपर्युक्त सामानहरु एकमुष्ट ल्याइदिन भनेको थिएँ । उनले हुन्छ पनि भनेकी थिइन् । मास्क र स्यानीटाइजर भोलिपल्टै ल्याएकी पनि हुन् तर अक्सिमिटर र अक्सिजनको सानो सिलिण्डर सर्टेज छ, खोजेर भए पनि ल्याउँछु मात्र भनिन् ल्याउन सकिनन् । निशेधाज्ञा शुरु हुँदा नहुँदै राजधानीको बजारबाट अक्सिमिटर र अक्सिजन गायब । बुवाले पनि ती सामानका लागि धेरै पटक धेरैजनालाई फोन गर्नु भयो तर सबै प्रयत्न बेकार साबित भए । आमाको स्वासप्रस्वासमा जटलिता थपिँदै थियो तर हामीसँग न अक्सिमिटर छ, न अक्सिजन । आमा बेहोस हुनुभन्दा अघिल्लो दिन मात्र नगद रु. ४ हजार तिरेर बुवाको एक जना पत्रकार साथी मार्फत पल्स अक्सिमिटर हात पार्न बुवा सफल हुनुभएको थियो । बेहोस भएर म्याटमा ढलिरहनु भएकी आमाको औँलामा जोडिएको त्यही अक्सिमिटरले उहाँको शरीरमा अक्सिजनको लेभल ८३/८४ देखाएको थियो ।

रुघा र खोकीले आमाको नाक घ्यारघ्यार गरिरहेको थियो । रुघाखोकी लाग्दा आमाले हामीलाई ज्वानो भुटेर सानो कपडामा बाँधी त्यसको राग सुँघ्न लाउनुहुन्थ्यो । तत्काल नाक खुल्थ्यो र स्वास लिन सजिलो हुन्थ्यो । मैले झट्ट त्यही सम्झिएँ र नआत्तिकन भान्सातिर गएँ । सानो दिउरेमा ज्वाँनो भुटेर कपडामा पोको पारेँ, अनि आमालाई सुँघाएँ । आमाले ज्वानो सुँघ्दा सुँघ्दै औँलाको अक्सिमिटरले अक्सिजनको लेभल ९०/९१ देखायो । मलाई एउटा चमत्कार भएजस्तो लाग्यो । उहाँ होसमा आउनु भयो र विस्तारै उठ्नुभयो । बरण्डामा घाम चर्किदै गएको थियो, मैले आमालाई भित्र लगेँ । उहाँ बिछ्यौनामा पल्टिएर आराम गर्न थाल्नुभयो ।

मचाहिँ स्वास्थ्य सम्बन्धी अनलाइनहरु सर्च गर्दै शरीरमा अक्सिजनको मात्रा बढाउन सकिने उपायहरुको खोजी गर्न थालेँ । एउटा भरपर्दो साइटमा चुकन्दर (बिटरूट) वा अनारको सेवनले शरीरमा अक्सिजनको मात्रा बढाउन सक्ने कुरा उल्लेख भएको फेला पारेँ । संयोगले दुवै वस्तु हाम्रै घरको आफ्नै पसलमा उपलब्ध थिए । आमाले ठोस कुरा खान नसक्ने भएकोले चुकन्दरलाई मिक्चरमा पिसी पानीसँग घोलेर रस बनाएँ । चुकन्दरको दुई तीन चम्चा रस आमालाई खान दिएँ अनि फेरि अक्सिमिटरलाई आमाको औँला चेप्न लगाएँ । केहि क्षणमै अक्सिजनको लेभल ९३/९४ मा आइसकेको थियो । आमा आफैले निकै सहज भएकोे अनुभुति गर्नुभयो । प्रेसरको औषधि पनि सेवन गरिरहनु भएकाले त्यस सम्बन्धी विरामीलाई चुकन्दरको रस धेरै दिन नहुने कुरामा म सचेत नै थिएँ । दिउँसो बेलाबेला खोकि रहनु भए ता पनि बेलुकीसम्म आमा धेरै स्वस्थ देखिनुभयो । त्यस दिन दुई तीन पटक दुईतीन चम्चा चुकन्दरको रस खान दिएँ । त्यसपछि अक्सिजनको मात्रा ९३ बाट तल झरेन ।

भोलिपल्टै अर्थात छैटौँ दिनदेखि आमाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महसुस आमा स्वयमले गर्नु भयो । साँझपख आमा आफैले खाना माग्नुभयो । झण्डै एक हप्तादेखि उहाँको पेटमा कुनै ठोस पदार्थ परेको थिएन । राज्मा र मुङको दालसँग खाना मुछेर स्वाद मानी मानी खानुभयो । यसरी बान्ता नगरी खाना खानु भएपछि अब चैँ आमाले दुष्ट कोरोनालाई जित्नु भयो भनेर हामी अलि विश्वस्त हुँदै गयौँ ।

आमाले मज्जाले खाना खानुभएको भोलिपल्ट मातातीर्थ औँशी थियो । बिहान सबेरै कस्तुरी भुषण मनतातो पानीमा मिसाएर खान दिँदै र ज्वानो भुटेर सुँघ्न दिँदै मैले आमाको मुख हेरेँ । अक्सिमिटर औँलामा चेपिदिएर उहाँको अक्सिजनको अवस्था मापन गरेँ । त्यसले ९४/९५ रहेको सङ्केत गर्यो । बिहानैदेखि उहाँलाई मातातीर्थ औँशीको अवसरमा फोनकलहरु आइरहेका थिए । उहाँले सबैलाई एउटै कुरा भनिरहनु भएको थियो— “अब नआत्तिनु, मैले कोरोना जितिसकेँ ।”

विगतको एक हप्ता हाम्रो परिवारको लागि निकै उतारचढावपूर्ण रह्यो । देशैभरि अक्सिजन र बेडको अभावमा संक्रमित र मृतक संख्या उकालो लागि रहेको बेलामा हाम्री आमाले भने अस्पताल नगई, बिना अक्सिजन घरमै बसेर कोभिड—१९ नामक नयाँ भेरियन्टसँगको खतर्नाक लडाइँ जित्नुभयो । उहाँ क्रमशः तङ्ग्रिँदै हुनुहुन्छ । अक्सिजनको लेभल घटेर उहाँ बेहोस हुँदा पनि हामी हतास नभइ र नआत्तिकन विशेषतः घरेलु उपचार पद्धति अपनाएर नै उहाँलाई खतरामुक्त बनायौँ । सामाजिक सञ्जाल एवं विभिन्न अनलाइन साइटहरूमा कोरोना विरूद्ध लड्ने धेरै खाले उपायहरूबारे चर्चा गरिएको पाइँदैछ । कोरोनाग्रस्त हाम्री आमालाई चाहिँ हामीले जानीनजानी गरेको घरेलु उपचारको यो विधि र अनुभव अरूलाई नि काम लाग्ला कि भनेर लिपिबद्ध गरेको हुँ ।

हामीले अपनाएको उपचारविधि
१. ज्वरो र रुघाखोकी लागेको शुरु अवस्थादेखि नै हामी सतर्क रह्यौँ । आमासँगको घुलमिलबाट हामी अलग रह्यौँ, उच्च सर्तकताकै कारण आमा बाहेक परिवारका अरु कसैलाई सक्रमण भएको लक्षण देखिएको छैन ।
२. तातो पानीमा कागतीको बोक्रा र पूजा गर्ने कपुरको धुलो मिसाएर २–३ घण्टाको फरकमा तातो बाफ लिने र दैनिक २–३ पटक कस्तुरी भुषणको सेवन । यसले फोक्सोलाई आराम दिने र स्वासप्रस्वासलाई सहजता मिल्ने रहेछ ।

३ अदुवा, लसुन, गुर्जो, पिप्ला, ल्वाङ र दालचिनीको धुलो पानीमा बेसरी उमालेर कागती र मह मिसाइ चिया जस्तै गरि बिहान बेलुकी खाँदा कोरोनासँग राम्रैसँग लड्न सकिने रहेछ ।

४.ज्वानो भुटेर कपडामा पोको पारी त्यसको राग सुँघ्ने र चुकन्दरको रस सेवन गर्दा शरीरमा अक्सिजनको मात्रा तुरुन्तै बढ्ने रहेछ । तर उच्च रक्तचाप भएको व्यक्तिले भने चुकन्दरको रस सेवन गर्दा यसको मात्राका बारेमा अलि सावधानी अपनाउनु पर्छ ।

५.कोरोना विरूद्ध लड्दा शारीरिक स्वास्थ मात्रै हैन, बिरामीको मानसिक स्वास्थ पनि राम्रो हुनु जरूरी रहेछ । आफूलाई संक्रमण नहोस भनी सतर्कता अपनाउँदै बिरामीको नियमित निगरानी गर्नेर्, बिरामीलाई निरन्तर हौसला दिने, स्वस्थ्य अवस्था बारे नियमित जानकारी लिइरहने गर्दा कोरोना जित्न आत्मबल वृद्धि हुने रहेछ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 594
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पुर्खाको खोज

July 10, 2023

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

नेपालमा विक्रम संवतको आरम्भ 

April 19, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.