SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » हाम्रो नयाँवर्षकोे इतिहास
लेख

हाम्रो नयाँवर्षकोे इतिहास

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments7 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सबैले आ–आफ्नै प्रकारले नयाँवर्ष मनाउने गर्छन् र मनाउनु पनि पर्छ । नयाँवर्षले हामीलाई बितेका वर्षमा भए गरिएका तीतामीठा घटनाहरू विर्साएर नयाँ सोच र नयाँविचार जन्माउने अवसर दिने गर्छ । त्यसैले नयाँवर्षलाई प्रत्येक मानिसले आ–आफ्नै तरिकाले परिभाषित गर्ने गर्दछन् ।प्रत्येक वर्ष झै नयाँवर्षले यो वर्ष पनि फेरि हाम्रा आँगनमा पाइला राखेको छ । नयाँवर्षमा हामी एकअर्कामा शुभकामनाको साटासाट गर्न थाल्छौँ । नयाँवर्ष अर्थात् सुरु भएको वर्षको पहिलो दिन । हुन त नयाँवर्षको अघिल्लो रातदेखि नै नयाँवर्षको आगमनलाई निम्त्याउने तर्खरमा हामी विभिन्न प्रकारका हर्सोल्लासपूर्ण कार्यक्रमहरू गरेर यस पर्वलाई मनाउने गर्छौ ।

नयाँवर्ष नेपालीहरू सँगसँगै अन्य विभिन्न जातिहरूले पनि मनाउने गरेको पाइन्छ । त्यसैले यो नयाँवर्ष हाम्रो आफ्नै वर्ष नभएर बाहिरबाट आएको वर्ष हो भन्नु पर्दा हाम्रा नव सन्ततिहरूलाई अचम्म लाग्ला, तर वास्तविकतालाई नकार्न सकिदैन । हाम्रो नेपाली भाषामा शब्द ब्युत्पत्तिको अध्ययन गर्दा हामीका तत्सम्, तद्भव र आगन्तुक शब्दहरूको भण्डार रहेको पाइन्छ तर ठेट नेपाली शब्दको प्रयोगमा हामी कन्झुस्याइँ गर्छौँ भन्दा अत्युक्ति नहोला । वि.सं. २०१३ सालतिर ताना शर्मा र बालकृष्ण पोखरेल जस्ता नेपाली भाषाका भाषा शास्त्रीहरूले झर्रोवादी आन्दोलनका माध्यमबाट भाषामा नेपालीपन ल्याउन धेरै नै मिहिनेत गरेका थिए । तर नयाँनयाँ शब्दहरूको प्रयोगबाट (रेललाई लोहपथ गामिनी, मोटरगाडीलाई शिलपथ गामिनी आदि) जनमानसमा बोल्नमा कठिनाई आउने देखिएकोले यो भाषिक आन्दोलनले गति पाउन सकेन । नयाँवर्षको प्रसंगमा भाषाका कुराहरू आउनु पर्ने कारण सम्भवतः नया“वर्ष पनि यस्तै बाहिरबाट आएको वर्ष भएकोले हो । जसलाई हामी नेपालीहरूले विगत लामो समयदेखि नै मनाउदै आई रहेकाछौं । यसै सन्दर्भमा नयाँवर्षको थालनीबारे केही ऐतिहासिक तथ्यलाई केलाउने जमर्को गर्ने प्रयास यहाँ गरेको छु ।

हिन्दु धर्मावलम्बीका अनुसार यो ब्रह्माण्डमा सत्ययुग पछि त्रेतायुग अनि त्यसपछि द्वापरयुग र अहिलेको युग कलियुग मानिन्छ । भनिन्छ सत्ययुग १,७२८,००० वर्षसम्म चलेको थियो भने त्रेतायुग १,२९६,००० वर्ष सम्म, द्वापरयुग ८३४,००० वर्ष सम्म चलेपछि कलियुग सुरु भयो । जसको आयु ४३२,००० वर्ष सम्म चल्ने छ भनी शास्त्रका आधारमा इतिहासकारहरू चर्चा गर्दछन् । नेपालको प्रारम्भिक इतिहासको कुरा गर्नुपर्दा इतिहासकारहरूले नेपालको इतिहासलाई द्वापरयुगसम्म पु¥याएको पाइन्छ । नेपालमा द्वापर युगको अन्त्यतिर राजा धर्मदत्तले शासन गरेको र कलियुग लागेपछि शासन ब्यवस्ता देवबाट मानव गणमा हस्तान्तरण गरेर गोपालाहरूले राज गर्न थालेको पाइन्छ । त्यसपछि भारतबाट अहिर जातिहरू आएर यहाँ राज गर्न थालेको मानिन्छ भने अहिरपछि तराई क्षेत्रबाट किराँतीहरू ईसा पूर्व ३०९६ तिर यहाँ आएर आफ्नो राज्य संचालन गर्न थालेको पाइन्छ । किराँतकालमा किराँत वंशका चौधोँ राजा स्थुन्कोको राज्यकालमा भारतवर्षका सम्राट् अशोकले वि.सं. ३२२ पूर्व (ईशापूर्व २६५) नेपालको भ्रमण गरेका थिए । तर सम्राट् अशोक आउनुअघि उनका धार्मिक सल्लाहकार उपा गुप्ता आफ्नी छोरी चुरामतिसँग तीर्थयात्रीका रूपमा किरात राजा स्थुङ्काको पालामा नेपाल भ्रमणमा आएको मानिन्छ । पछि उपा गुप्तकी छोरी चुरामतिले नेपालको धार्मिक परम्परा एवम् मठ–मन्दिरहरू मन पराएकोले छोरीको विवाह देवपाला भन्ने ब्यक्तिसँग गराएर उनी फर्केको मानिन्छ । देवपाला र चुरामतिले आफू बसेको ठाउँमा मानव वस्ती बसालेकोले त्यस ठाउँलाई देवपातन (देवपालाको अगभ्रंस) भनिन थालियो भने चुरामतीले त्यहीँ नजिकै चैत्य निर्माण गर्न लगाएकोले त्यस ठाउँलाई चाबाहिल (चुरामतिको अगभ्रंस) भनिन थलियो । यसबाट त्यसबेलादेखि नै मठ–मन्दिर एवम् चैत्यहरू बनाउने चलन नेपाल उपत्याकामा रहेको तथ्य पाइन्छ भने यी मठ–मन्दिर एवम् चैत्यहरूमा धार्मिक जात्राहरू पनि हुने गरेको र त्यस्ता जात्राहरूमा सांस्कृतिक प्रस्तुतिहरू पनि हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

किराँतकालपछि नेपालको राज्यसत्ता सोमवंशीको हातमा जान्छ भने सोमवंशका अन्तिम राजा भाष्कर वर्मा निसन्तान भएपछि सूर्यवंशी क्षत्रीय भूमि वर्मालाई राजा बनाएर सूर्यवंशीहरूको शासन ब्यवस्था सुरु भएको पाइन्छ । सूर्यवंशी राजा शिवदेव वर्माले आफ्नो शासन कालमा धार्मिक चाड पर्वहरूलाई मान्यता दिएको एवं मठ–मन्दिर तथा देवालयहरूको निर्माण गर्दै गए । सूर्यवंशी राजाहरूको इतिहास भूमि वर्माबाट कलिगत १३८९ वर्षदेखि भएको मानिन्छ भने राजा शिवदेव बर्मालाई सत्ताइसोँ (२७) सूर्यवंशी राजा मानिन्छ । यिनै शिवदेव वर्माको समयदेखि रथमा देवी–देवताको जात्रा निकाल्ने चलन सुरु भएको मानिन्छ । यिनै शिवदेव वर्माको पालामा तत्कालीन भारतवर्षका महाराजा विक्रमादित्य (विक्रमजित) नेपाल भ्रमणमा आएको मानिन्छ । भारतबाट नेपाल आएका विक्रमजितले भारतवर्षमा आफ्नो सम्वत् – “विक्रमी सम्वत्“ सुरु गराएको मानिन्छ । भारतबाट नेपाल पसेका विक्रमजितले भारतमा जस्तै नेपालमा पनि आफ्नो सम्वत् चलाउन भनेर नै नेपाल पसेका थिए । वि.सं. १९३० ताका नेपालमा वृटिस स्वशासित भारतका तर्फबाट ब्रिटिस रेसिडेन्सी पदमा कार्यारत इतिहासकार डेनियल राईटले नेपालको वंशावलीका आधारमा नेपालको इतिहास लेखेका थिए । जसलाई सन् १८७७ मा बेलायतको क्यामरिज विश्वविद्यालयले प्रकाशित गरेको थियो । इतिहासकार राइटका अनुसार शिवदेव वर्माको पालामा भारतबाट महाराजा विक्रमजित भारत जस्तै नेपालमा पनि आफ्नो सम्वत् चलाउन आउ“दा सपनामा देवी आएर आदेश दिएअनुरूप यिनले भारतको उज्जैनबाट त्रिशक्तिदेव अर्थात् हरिसिद्धिको प्रतिमा ल्याएर नीलतारामा प्रतिष्ठापित गराएको र यिनले नै देवीको आदेशानुसार हरिसिद्धि नाच नाटकको थालनी गराएर गएपछि यो नृत्य नाटक परम्पराले नियमितता पाउँदै गएको बारे चर्चा गरेका छन् ।

त्रिशक्तिदेवीको मूर्ति ल्याएर हरिसिद्धिमा स्थापना गरी हरिसिद्धि महोत्सव मनाउने परम्परा सुरु गराएर महोत्सवमा गीत, नृत्य र नाटक देखाउने परम्पराको थालनी पनि यिनै महाराजा विक्रमजितले चलाएरको मानिन्छ । यिनै महाराजा विक्रमजितले सूर्यविनायकमा गणेशको मूर्ति स्थापना गराएका थिए । जसलाई सूर्यविनायकका रूपमा पूजा अर्चना गरिन्छ ।

विक्रमजितले नेपालमा आएर विभिन्न धार्मिक उत्थानका कार्यहरू गर्नकासाथै नेपाली जनतालाई करमुक्त गराई आफ्नो सम्वत् चलाएर गएको पनि मानिन्छ । तर विक्रम सम्वत् र ईस्वी सम्वत् बिच ५७ वर्षको अन्तर हुने भएको र विश्व वर्मालाई मानदेव, गुणदेव र शिवदेवको वंशज मानिएकोबाट मानदेवको समयलाई ई.सं. ४६४ मानिन्छ भने यो गणना नमिल्ने भएकोले विक्रमजितको आगमनको समयलाई यकिनसाथ यतिनै हो भन्न सकिँदैन । फेरि हरिसिद्धि नृत्य नाटकको थालनी विक्रमी सम्वत् ९४१ वर्ष अघिदेखि सुरु भएको बारे विभिन्न रङ्गसमालोचकहरूले भनेबाट पनि यो तथ्यमाथि शंका उत्पन्न हुन आउँछ । अहिलेसम्मको अध्ययन अनुसन्धानबाट थाहा भएअनुरूप, हरिसिद्धि पुरान अनुसार नेपालमा नाटकको अस्तित्व विक्रमी संवत् शुरु हुनुभन्दा ९४१ (कलिगत वर्ष २९६०) वर्ष अगाडि अर्थात् ईशापूर्व ९९८ देखि नै रहेको तथ्य पाइन्छ । यस तथ्यबाट नेपालमा नाटक परम्परा धेरै पुरानो रहेको प्रमाणित हुन्छ । नाटकको पहिलो राजधानीका रूपमा परिचित ग्रिसको एथेन्स सहरमा नाट्य सभ्यताको थालनी ईशापूर्व छैटौं शताव्दीदेखी सुरु भएको मानिन्छ भने नेपालमा ग्रिसभन्दा झण्डै ईशापूर्व चार शताब्दी अघिदेखि नाटक विधा सुरु भएको देखिन्छ । यस तथ्यबाट नेपालमा नाटक परम्परा धेरै पुरानो रहेको प्रमाणित हुन्छ । तर इजिप्ट र नेपालपछि सुरु भएको ग्रिसेली नाटक समयानुरूप परिस्कृत एवम् परिमार्जित हुँदै आजको अवस्थासम्म आईपुगेको छ, त्यसैले नाटकीय विकासमा ग्रिसको योगदानलाई महत्वपूर्ण मानिन्छ ।

विक्रम आदित्यले भारतबाट नेपाल आएर यहा“का जनताको ऋण मोचन गराएर आफ्नो वर्ष चलाएर गएको कुरालाई सबै इतिहासकारहरू मान्दछन् । अनि यसै बेलादेखि नेपालमा नयाँवर्ष मनाउने चलन शुरु भएको मान्नु पर्दछ । यहाँ एउटा कुरा अझ स्मरणीय के छ भने, लिच्छविकालका महासामन्त अंशुवर्माले पनि आफ्नो वर्ष चलाएको कुरा इतिहासकारहरू मान्दछन् तर त्यो सम्बत्का बारेमा त्यति धेरै चर्चा भएको पाइँदैन अनि चलन चल्तीमा पनि आएन । हुन त नेपालमा बिगत ११२८ वर्षदेखि नेपाल सम्वत् चल्दै आएको छ । कात्र्तिक १ गतेदेखि नया“वर्षको दिनको गणना शुरु हुने नेपाल सम्बत्को थालनी राघबदेवको समयदेखि भएको मानिन्छ । राघबदेवको शासनकालमा शंखधर साख्वा भन्ने ब्यक्तिले सम्पूर्ण नेपालीहरूको ऋण मोचन गराएर नेपाल संवत् चलाएको मानिन्छ । मल्लकालीन नेपालमा नेपाल संवत् बढीनै चलन चल्तीमा आएको थियो भने श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको नेपाल एकिकरणसँगै नेपालमा विक्रमी संवत् आधिकारिक रूपमा सरकारी संवत् घोषणा भयो र अहिलेसम्म हामीहरूले यसैलाई आफ्नो सम्वत्का रूपमा प्रयोग गर्दै सम्वत्को पहिलो दिनलाई नया“वर्षको आगमनको दिन मानेर हर्सोउल्लासका साथ मनाउने गर्दछौँ । नेवार समुदायहरूले मान्दै आएको र मल्ल कालमा नेपालको सम्बत्का रूपमा मान्यतासमेत पाइसकेको नेपाल सम्वत्लाई विचार पु¥याएर हेर्ने हो भने नेपाल शब्दबाट सुशोभित नेपालमा जन्मेको एउटा साधारण नेपाली श्री शंखधर साँख्वाले चलाएको (सुरु गरेको) सम्बत् भएकोले आजको बदलिदो परस्थितिमा सबैमा नेपालीत्वको भावना जागृत भएको बेला नेपाली माटोबाट सुरु भएको नेपाल सम्वत्लाई आधिकारिक सम्वत् मान्नु स्वभाविक होला की ? अनि नेपाल सम्वत्को गणना गर्दा विक्रम सम्वत्बाट ९३६ वर्ष घटाएर नेपाल सम्वत् बनाउने र नेपाल सम्वत्मा ८८० वर्ष जोडेर अङ्ग्रेजी सन् बनाउन सकिन्छ भने ९३६ अघिकोलाई नेस पूर्व भनेर वर्षको गणना गर्न सकिन्थ्यो । हुन त नेपालमा लगभग ९७ भाषाहरू बोलिन्छन् भने प्रत्येक भाषाको आ–आफ्नो परम्परा र संस्कृति हुन्छ, आ–आफ्नै परम्पराका लोक संस्कृति पनि हुने गर्दछ । नेपालको ७ प्रदेशको ७७ जिल्लामा छरिएर बसेका विभिन्न राई, लिम्बू, गुरुङ, मगर, तामाङ, नेवार, थारु, धिमाल, सुनुवार, दनुवार, राजवंशी, शेर्पा आदि जनजातिहरूको आ–आफ्नै भाषास“गै संस्कृति हुने गर्दछ भने आ–आफ्नै तरिकाले नववर्ष मनाउने परम्परा पनि रहेको पाइन्छ । तर नेपाल सम्वत्ले एउटा राजकीयकाल समेत पार गरि सकेकोले र यो सम्वत् कुनै राजाबाट प्रतिपादित नभएर एउटा साधारण ब्यक्तिबाट भएकोले यसको प्रयोगको सम्भावना देखाइएको मात्र हो ।

सन्दर्भ ग्रन्थसूची

१. मार्टिन बानहम “द क्याममरिज गाइड टु बल्र्ड थिएटर“ क्यामरिज युनिभर्सिटी प्रेस, सन् १९८८, क्यामरिज
२. विक्रमजित हसरत, “हिस्ट्री अफ नेपाल“ प्रकाशक– लेखक स्वयम् , सन् १९७०, भारत
३. डेनियल राइट, (सं) “हिस्ट्री अफ नेपाल“, क्यामरिज युनिर्भिसटि प्रेस, सन् १८७७, लण्डन
४. प्रेमबहादुर कंसाकार, “हाम्रो नाटक परम्परा“ हिमानी , मासिक, वर्ष (१/२, अंक–१,२,३, (२०१९–२०२०), काठमाडौँ

 

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 463
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पुर्खाको खोज

July 10, 2023

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

नेपालमा विक्रम संवतको आरम्भ 

April 19, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.