SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » स्वस्थानी व्रत र कथा
लेख

स्वस्थानी व्रत र कथा

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
रामप्रसाद धिताल युवा पुस्ताका राम्रा अन्वेषक हुन् । उनको परिचय यहाँ उल्लेख गर्न सकिएको छैन । साहित्यसागरको मेलमा प्राप्त स्वस्थानी व्रत र कथा शीर्षकको लेख अहिले स्वस्थानी व्रत चलिरहेकाले सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरेका छौँ । यस लेखले स्वस्थानीबारे वस्तुगत जानकारी दिएको छ ।

सम्पा.

हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने र पूजा गर्ने परम्परा छ, नेपाली सनातन समाजमा। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र स्वस्थानीको माहत्म्य वाचन वा श्रवण गरिन्छ। व्रत अवधिभर चोखोनितो गरी मध्याह्नमा एक पटक मात्र भोजन गर्ने विधान पनि छ। तर विधिपूर्वक व्रत नबस्नेहरूले पनि घरघरमा बिहान वा बेलुकी स्वस्थानीको कथा भन्ने र सुन्ने गर्दछन्।

स्वस्थानीको अर्थ र महत्त्व

स्वस्थानी शब्दको अर्थ स्वस्थानमा रहने देवी अथवा आफ्नै स्थानमा स्थिर रहने शक्तिस्वरूपा भगवती भन्ने बुझिन्छ। अष्टदलमा रहने चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी अष्टमातृकाका माझमा त्रिशूल, तरवार, कमल र चक्र लिएर विराजमान भएकी देवीको स्वरूप बताइएको छ। स्वस्थानी व्रतको अन्तिम दिन अर्थात् माघशुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्री सहित श्रीस्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तुहरू एक सय आठको संख्यामा हुन्छ।

अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी, एवं मौसमअनुसारका फलफूलहरू एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ। श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ\आठ वस्तु पति वा छोरा\छोरीलाई दिइन्छ। प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ। चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरू व्रतालु आफैंले खाने गर्छन्।

स्वस्थानी व्रतको सुरुआत

स्वस्थानी व्रतको सुरुवात हिमालयकी पुत्री पार्वतीले गरेकी थिइन् भन्ने प्रसंग स्वस्थानी व्रतकथामै आउँछ। भगवान् विष्णुले व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी थिइन्। फलस्वरूप उनले महादेव पति पाइन्। यसैगरी गोमाले दुःख पाएको देखेर पार्वती सप्तर्षिलाई स्वस्थानीको व्रत गराइदिन गोमाको घरमा पठाएकी थिइन्।

सप्तर्षिकै सल्लाह अनुसार विधि पूर्वक स्वस्थानीको व्रत गर्नाले गोमाको दरिद्रता नाश भयो। छोरा नवराज बाबुको पत्तो लगाई घर मात्र फर्किएनन्, लावण्यदेशको राजा पनि भए। रानी हुन पाउने अहंकारले गर्दा दुखकष्ट पाएकी नवराजकी पत्नी चन्द्रावतीले पनि कपिल ब्राह्मण र अप्सराहरूको सल्लाहअनुसार स्वस्थानीको व्रत गर्दा दुःखबाट मुक्ति पाएको स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ।

स्वस्थानी व्रतकथाको आधार

श्रीस्वस्थानी व्रतकथा वाचन गरिसकेपछि प्रत्येक अध्यायको अन्त्यमा इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहत्म्ये श्रीस्वस्थानी व्रतकथायां… भन्ने संस्कृत वचन पढ्नुपर्छ। यो वचनअनुसार स्वस्थानी व्रतकथा स्कन्दपुराणबाट अनुवादित गरिएको वा मूलग्रन्थ स्कन्द पुराण भएको हो। तर स्कन्द पुराणमा मात्र होइन अन्य कुनै पनि पुराणमा सम्पूर्ण स्वस्थानी व्रतकथाको पूरा कथा पाइँदैन। ३१ अध्यायमा विभाजित स्वस्थानीका केही कथा स्कन्दपुराणबाट लिइएको भएपनि सबै कथा यसबाट लिइएको होइन।

स्वस्थानी शब्दको अर्थ स्वस्थानमा रहने देवी अथवा आफ्नै स्थानमा स्थिर रहने शक्तिस्वरूपा भगवती भन्ने बुझिन्छ। अष्टदलमा रहने चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी अष्टमातृकाका माझमा त्रिशूल, तरवार, कमल र चक्र लिएर विराजमान भएकी देवीको स्वरूप बताइएको छ।

विभिन्न पुस्तकमा विविधता हुने भए पनि सुरुका केही अध्याय भूगोल, सृष्टि आदिका वर्णन त्यसपछि महादेव सतीदेवीका कथा, महादेव पार्वतीका कथा शिवभट्ट गोमा नवराज आदिका कथा हुँदै स्वस्थानीको माहात्म्य भएको पाइन्छ। पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १ सय ५३ श्लोक स्वस्थानी व्रत माहात्म्य बताइएको छ। जसमा स्वस्थानी देवीको स्वरूप व्रतविधि लगायत शिवशर्मा गोमा, नवराज आदि स्वस्थानी व्रतकथामा आउने प्रसंगहरूको सामान्य कथा बताइएको छ।

श्रीमद्भागवतका केही कथा पनि स्वस्थानीमा आउँछ। भूगोलको वर्णन ब्रह्माले वराह अवतार लिएर पृथ्वीको उद्धार गरेका आदि प्रसंग श्रीमद्भागवतबाट झिकिएको हो। यसैगरी विष्णुले मधु कैटभ दानवलाई मारेको कथा वाराह पुराणबाट लिइएको हो।

यसरी विभिन्न पुराणका कथाहरूको सङ्ग्रह गरी स्वस्थानी व्रतकथाको निर्माण भएको थाहा हुन आउँछ। पहिले स्वस्थानी व्रतकथा नेवारी भाषामै लेखिएको अनुसन्धाताहरू बताउँछन्। पछि मात्र नेपाली भाषामा रूपान्तरण गरिएको थियो। यस्तै स्वस्थानीको व्रत पनि पहिलेपहिले नेवारी समुदायका महिलाहरूले मात्र लिने गर्दथे।

पछि आएर व्यापारिक सिलसिलामा उनीहरू देशभरि पुगेपछि उनीहरूसँगै स्वस्थानी व्रत पनि सबै समुदायमा फैलिन थालेको देखिन्छ। हिजोआज हिन्दुधर्म मान्ने नेपालीहरूमा स्वस्थानीको व्रत र व्रतकथा लोकप्रिय छ। साँखु लगायतका स्थानमा आज पनि नेवारी भाषामा भएको स्वस्थानी व्रतको पुस्तक अझै पनि पाउन सकिन्छ। नेवारी समुदायमा कसैकसैले हस्तलिखित नेवारी भाषाको स्वस्थानी कथा पढ्ने परम्परालाई निरन्तरता दिँदै आएको बुझिन्छ।

स्थानीय तीर्थहरू

स्वस्थानी व्रतकथाभित्र आउने स्थानहरू पनि नेपाल विशेषगरी काठमाडौंभित्रै पर्ने हुनाले पनि यस व्रतको महत्त्व बढेको छ। कथामा विभिन्न प्रसंगमा आएका गुह्येश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर गौरीघाट, वागमती नदी र शालीनदी जस्ता क्षेत्र नेपालभित्रै पर्ने हुनाले पनि नेपाली समाजले यस व्रतलाई महत्व दिइएको हुनुपर्छ। यसको साथै देशभर रहेका पीठहरू (सतीदेवीको अंग पतन भएको स्थान) मा पनि भक्तजनको घुइँचो लाग्छ।

स्वस्थानीको आलोचना र सन्देश

स्वास्थानीमा आउने ७० वर्षीय शिवशर्मा र सात वर्षीया गोमाको विवाहको प्रसंगलाई लिएर स्वस्थानी र हिन्दूधर्मको आलोचना हुने गरेको छ। धर्मशास्त्रमा वर र वधुको उमेर यति हुनुपर्छ भनेर विभिन्न स्थानमा उल्लेख गरिएको छ। शास्त्रमा कतैपति ७० वर्षे बूढालाई ७ वर्षे कन्या दिनु भन्ने विधान छैन। अर्कोतिर शिवशर्मा र गोमाको जोडीलाई आदर्श जोडीको संज्ञा कतै पनि दिइएको छैन।

७० वर्षको बूढोसँग विवाह गर्नाले गोमाले दुख पाएको प्रसंगबाट पनि यो एउटा आदर्श विवाह होइन भन्ने प्रष्ट हुन्छ। यसबाट अनमेल विवाहबाट कत्तिको सास्ती पाइन्छ भन्ने सन्देश पाइन्छ। अर्कोकुरा गोमाले भिक्षुकलाई निकैबेर पर्खाई राखेर अपमान गरेपछि पाएको श्रापको प्रसंगबाट समयको महत्वलाई प्रष्ट्याएको छ। जुनसुकै काम पनि ठीक समयमै गर्ने हो भने गोमाले पाएजस्तो कष्ट बेहोर्नुपर्दैन।

सनातन धर्ममा वेद र स्मृतिका गहन कुरा नबुझ्नेहरूका लागि पौराणिक ग्रन्थ बनाइएका हुन्। पौराणिक ग्रन्थहरू भावप्रधान हुन्छन्। पुराणका कथाहरूले देवी देवता वा अन्य पक्षका रमाइला प्रसंग दिएर मानिसलाई सन्देश दिइरहेका हुन्छन्। पुराणमा बताइएका पात्रहरूको क्रियाकलापलाई अनुकरण गर्ने भन्दा पनि त्यसबाट फाइदा वा बेफाइदा के हुन्छ भन्ने विचार गर्न जरुरी हुन्छ।

सनातन धर्ममा वेद र स्मृतिका गहन कुरा नबुझ्नेहरूका लागि पौराणिक ग्रन्थ बनाइएका हुन्। पौराणिक ग्रन्थहरू भावप्रधान हुन्छन्। पुराणका कथाहरूले देवी देवता वा अन्य पक्षका रमाइला प्रसंग दिएर मानिसलाई सन्देश दिइरहेका हुन्छन्। पुराणमा बताइएका पात्रहरूको क्रियाकलापलाई अनुकरण गर्ने भन्दा पनि त्यसबाट फाइदा वा बेफाइदा के हुन्छ भन्ने विचार गर्न जरुरी हुन्छ।

सबै वर्ग, तह र तप्काका मानिसहरूले धर्मशास्त्रका नियमहरू सजिलैसँग बुझ्न नसक्ने हुनाले पौराणिक ग्रन्थहरूले कथाको माध्यमबाट शिक्षा र सन्देश दिने प्रयास गरेका हुन्छन् । यी सन्देश ग्रहण गर्न नसक्नु र कथातर्फ लाग्नु मानवीय कमजोरी मान्न सकिन्छ।

स्वस्थानीमा आउने महादेव–सतीदेवी र महादेव पार्वतीबीच प्रेमलाई उदाहरणीय मान्न सकिन्छ। देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिड्नु, सतीदेवीको सम्पूर्ण अंग पतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम कत्तिको प्रवल थियो भन्ने बुझिन्छ। दक्षप्रजापतिको पतन रानी चन्द्रावतीले पाएका विभिन्न कष्टहरूले अंहकार गर्दा भोग्नुपर्ने नियतिको बारेमा सचेत गराउँछ।

जालन्धरको पतन वा विष्णुले पाएको श्रापबाट दैत्यमात्र नभई देवता नै भए पनि अर्काकी पत्नीमाथि कुदृष्टि राख्दा भोग्नुपर्ने नियतिको बारेमा शिक्षा पाइन्छ। शिवशर्मा ब्राह्मण वृद्ध नै भए पनि कमाउन परदेश गएको, दुख पर्दापनि गोमाले आफ्नो छोरालाई शिक्षा र संस्कार दिएको र नवराज बालक भएर पनि आफूले पितृहरूप्रति गर्नुपर्ने कर्तव्य पालना गरेको प्रसंगबाट जस्तोसुकै अवस्थामा कर्तव्य छोड्नु हुँदैन भन्ने सन्देश पाइन्छ।

यसैगरी नशाको सुरमा महादेवले आफ्नी पत्नी अरूलाई दिएर पठाएको सन्दर्भबाट मादक पदार्थले निम्त्याउन सक्ने परिणामका बारेमा शिक्षा लिन सकिन्छ। महादेवले नै जंगलमा राम्री युवती देखेपछि पार्वतीलाई भुलेर बिहे गर्न तयार भएको जस्ता प्रसंगबाट कसैमाथि पनि पूर्ण विश्वास गर्नुहुँदैन भन्ने सन्देश पाइन्छ। स्वस्थानी व्रत कथामा यस्ता अनेकौं प्रसंग छन्, जसबाट शिक्षा लिई अघि बढ्नु बुद्धिमानी हुन्छ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 460
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पुर्खाको खोज

July 10, 2023

कोरोनाको कहर र भविष्यमा पर्ने प्रभाव

May 17, 2023

नेपालमा विक्रम संवतको आरम्भ 

April 19, 2023

भारतमा नेपाली भाषा विकास मञ्चले लिएको तत्परता

January 15, 2023

अफ्रिकामा नेपाल

January 15, 2023

को हुन् हाम्रा प्यारा बालबालिकाहरू ?

January 14, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.