SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » राम्रो पैसा कमाएको छ
निबन्ध

राम्रो पैसा कमाएको छ

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
पेशल आचार्यको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी कवि एवम् निबन्धकार हुन् । यस शृङ्खलामा उनको राम्रो पैसा कमाएको छ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले नेपाली मसाजको आर्थिक दृष्टिकोणलाई बाहिर ल्याएको छ ।

– सम्पा.

फेरि २०७४ को दसैँमा तराई जाँदा पुराना र लभभग बिर्सिसकेका बाल साथीहरू भेटेँ । चौध वर्षमा ससुराली गएँ । यता गएँ । उता गएँ । निर्उद्देश्य फिनिनिनी भएरै घुमियो । धेरै पुराना मानिसहरूले मेरा बाआमाका बारे खोजीखबरी गरे । आफ्ना बारे सोधे । हामी नेपालीहरूको आफ्ना बारेमा बताउने र अरूबारे खुटखबर लिने पुरानो बानी अझै गा’को रै’नछ । रमाइलै लाग्यो । सन्तानका बारेमा बताउँदा आफूलाई समेत पृथक् अनुभूति हुने रै’छ ।

यो पटकको यात्राको निहूँचाहिँ दसैँको टीको थियो तर आफ्नो भित्री मक्सद भने आफ्नो बालापन बिताएको ठाउँ पुनः नजिकबाट नियाल्ने नै रहेको थियो । खोजेजति सबै साथीहरूसँग भेट हुन सकेन । कोही तीर्थ यात्रामा निस्केका रहेछन् । कोही स्थानीय पर्यटन टेवा दिनका लागि धरान, धनकुटा र हिलेसम्मको यात्रामा लागेछन् । कोही सप्तकोसी वारि कङ्कालिनी देवीमन्दिर र राजविराजको सखडा भगवतीका दर्शनार्थी भएकाले आङ्झार हुने गरी गफका रउस तुरिन पाएनन् ।

सबैका आआफ्ना बेबहार छन् । अमरलत्तीझैँ सबै बाँधिएका रहेछन् एकौटा जालामा ।

अनि बाँधिएका छन् सबै आआफ्ना घर गृहस्थीरूपि गोरखधन्दाका माल दाम्लाले । सन्तानका लागि कमाउने र ख्वाउने काम गर्न डल्लो परेर काम गर्नु पर्ने बाध्यता सबैको देखियो । भेट्न मन लागेरै भेट नभा’का साथीहरूमा गोविन्द बुइपाली, अर्जुन पोखरेल, रवीन्द्रमुनि कोइराला, कृष्ण कोइराला, राजु दहाल, गुणराज पोखरेल र प्रमोद पोखरेल मनका अन्तरकुन्तरमा अझै अल्झिरहकै छन् । रसिक गोपाल दाजुसँग एक बिहान एकैछिन भलाकुसारी भए’थ्यो । भेटमा वहाँले आफू अझै साहित्यिक पाठक भएको छनक राम्रैसँग दिनुभयो । मनोहारी एवम् मेरो लेखनको ‘अघोषित घाँसी’ गोपाल पोखरेललाई म कहिल्यै बिर्सन सक्दिनँ ।

तराईतिर अझै बिहानबेलुकी चिया दोकानमा मानिसहरूको बाक्लो जमघट हुने गर्छ । गृहस्थीहरू आफ्ना मालजाल सुक्रीविक्रीका कुरा, लेनदेनका कुरा, मरोपरौका कुरा, बिहे बटुलाका कुरा र राजनीतिक कुरा चखिलो भावमा गर्दा रहेछन् । मलाई अरू कुरामा त्यति चासो थिएन । व्यवहारका कुरामा म काँचै छु । अन्य प्रसङ्गादि भन्दा राजनीतिका कुरा गरेको सन्दर्भलाई चाहिँ मैले केही ध्यान दिएर सुनेँ । कोही काँग्रेसका पक्षमा घाँटी सुकाएर समर्थन गर्दा थिए भने कोहीचाहिँ एमालेका बारेमा नानीदेखिको बल लगाएर वारेसझैँ हाजिर थिए । मैले केही भनिनँ । पसलमा केही किनेर पनि खाइनँ । मात्र मुसुमुसु मुस्कानका साथ सबैका कुरा सुनेँ । मलाई बोलेर जित्नु पर्ने खाँचो थिएन । मलाई कसैको वारेस भएर एक भोट घटाउनु किमार्थ थिएन । बढाउनु थिएन । मात्र मलाई मेरो लेखनमा पात्र र पात्रहरूको खोजी गर्नु थियो ।

पात्रको खोजी सायद् पात्रहरूकै नजिक भएर गरिन्छ ।

मैले खोजेका एकजना पात्र गृहस्थी चलाएर बसेका थिए । तिनी बितेछन् । बितेको दसक भै’सकेछ । थाहापत्तो थिएन । म तिनका गृहस्थीबारे हिजो आफूमा चेतना पलाएर बुझ्ने भैसक्दा समर्थक थिएँ । तिनी जातका बाहुन । थरका पोखरेल । जुनबेला पहाड र तराईतिर समेत बाहुनले हलो जोत्नु हुँदैन भन्थे त्यो बेलाँ उनी आफ्नो गोरखधन्दीय पेसा अघि बढाउन विचरा आफैँ हलो जोत्थे । दुई भाइ थिए तिनका छोरा । एकजना स्थानीय एन्जिओमा काम गर्दथ्यो र काँचो पाराको राजनीतिक कार्यकर्ता थियो । हामी ऊसँग कहिल्यै वैचारिक बहसमा लागेनौं । राजनीतिक पार्टीको अन्ध समर्थक भएर एन्जिओको जागिर पकाउनु उसको एक सूत्रीय कार्यक्रम थियो । अर्को सानो भाइ शारीरिक रूपमा केही कमजोर । उसको एउटा आँखो कमजोर । कालान्तरमा उसलाई आफ्नो पढाइ र व्यक्तित्व बनाउन त्यही आँखो बाधक भएर निस्कियो ।

लहरै दाजुभाइका घर थिए तिनेरूका घर वरिपरि । बाक्लो गाउँ । सबै मानिसहरू गाईबाख्रा र भैँसी पाल्थे । खेतीपाती गर्थे । नहर पैनीको चिन्ता हुन्थ्यो –उनेरूलाई । मध्यमवर्गीय मानिसहरू निकै कम थिए –त्यो गाउँमा । प्रायशः निम्न मध्यम वर्गीयहरूकै बोलबाला थियो । यसपाला मात्र थाहा भो ती हलो जोत्ने ठुलाबा बितेछन् । (हामी गाउँमा रहँदा उमेरमा हाम्रा बाभन्दा जेष्ठ उमेरका गाउँलेलाई ठुलाबा भन्थ्यौ) मलाई नरमाइलो लाग्यो ।

साइनो सपना केही नपर्ने मानिस भए पनि तिन्को आफ्नो काम आफैँ गर्ने बानी औधी मन पथ्र्यो । सायद् मेरो मनले तिनलाई धुइँपत्ताल गरेर खोजेको श्रमबारे भलाकुसारी गर्न र जीवन बारे तिनले बुझेका कुरा बुझ्नु थियो । किताबमा पढेका जीवन र भोगेको जीवन बारे एकर्कामा सादृश्यता खोज्नु थियो । सामान्य गाउँलेको अन्र्तदृष्टिबाट जीवनका गणितीय पर्सेप्सन बुझ्दा मलाई अति आनन्दातिरेक भावोच्छलन हुन्छ ।

हिजोआज मलाई पढेलेखेका मानिसभन्दा अपठित मानिसहरू औधी मन पर्छन् । बुझेका मानिसका बाह्र सत्ताइस तार्किक लहराले निस्सासिने बनाइदिन्छन् । तर्कविहीन सोझा गाउँलेहरू नै असल जँच्छन् । सहरीया मानिसभन्दा म गाउँले औधी मन पराउँछु । मेरो बालापन गाउँमै बित्यो । कमाई खान जान्ने भएपछि मैले गाउँ छाड्नु पर्‍यो । अचिनारू पहाड उक्लिएपछि मैले तराईका मिष्ठ सम्झनाहरू सँधै मिस गरिरहेँ । किनकिन मलाई तराईका मानिस, तिनीहरूको काम गर्ने सिप औ जाँगर र परिश्रमसँग नडराउने सिसिफस कला औधी मन पर्छ । म हरेक मानिसले पसिना बगाएको देख्दा पुलकित हुन्छु । म आफैँ समेत श्रमजीवी हूँ । मलाई मानिसहरू काम नगरी खालीखाल्सा बसेको त्यति मन पर्दैन ।

—

सो ठाउँका गृहस्थीहरू सरसामान किन्न हाट जान्थे । मलाई हाट शब्दले सँधै नोष्टाल्जिक बनाउँछ । म सानो हुँदा आमासँग हाट जान नपाउँदा कल गर्थें । आमाले साँझ हाटबाट फर्केर आउँदा जेरी, कचौडी र मुरीबाट बनाइएको ‘लाई’ ल्याइदिनु हुन्थ्यो । मिठो मानेर खान्थ्यौं । केटाकेटीहरू झगडालु हुनु आफैँमा कुनै समस्या होइन । अहिले आफ्ना केटाकेटी भएपछि राम्ररी बुझियो । किताबले नसिकाएका कुरा समयले सिकाउँदा रहेछन् ।

समय हाम्रा लागि योग्य गुरु भएको छ –यतिखेर ।

अँ ! म इनरुवाको कुरा गर्दै छु । त्यहाँ हप्ताको दुई दिन हाट लाग्थो । अझै लाग्दै छ –सोमबार र बिहीबार । सोमबारे हाटमा गाउँलेहरू लश्कर लागेरै तरकारी, खिचिङ्मिच्रिङ् र मासुमंश खरिद गर्न जान्थे । मवेसी (गाईभैँसी र बाख्राको हाट) हाट ठूलो लाग्थ्यो । सोमबारे हाट बिहीबारेका तुलनामा धेरै गुल्जार हुन्थ्यो । रिक्साको चल्तीफिर्ती अरू दिनभन्दा सोमबार धेरै हुने भएकाले रिक्सावाल र ठेलावालहरूले धेरै काम पाउँथे । जुन दृश्य मलाई राम्रो लाग्थ्यो ।

अपसोच, म यसपटक सोमबारे हाट जान पाइनँ । न बिहीबारे हाट नै गएँ । मेरो उद्देश्य तीन दसक अघिका केही साहित्यिक मित्रहरू भेट्ने थियो । पारिवारिक मिलन र हार्दिकतालाई घोलेर एकापसमा अपनत्व साटासाट गर्नु थियो । मेरो लेखनमा अहिले मैले सर्वाधिक सम्झने र लेख्ने विषयवस्तु भनेकै बालापन बिताएको इनरुवा हो । जबदेखि लेखकीय चेत ममा झाङ्गियो अनि मैले मेरो बालापन र बालसँगातीको धुइँपत्ताल खोजी गर्न लागेँ । ‘बिते हुए कल’ को खोजीमै मानिसको जीवन तुरिने रै’छ । यो ज्ञान मलाई भयो ।

कतै पढिएको हेक्का छ –‘एउटा लेखकले आफ्नो बालापनलाई जिन्दगीभरि लेख्दा पनि सक्दैन ।’ अहिले सम्झँदा होजस्तै लाग्छ । लेखक हुनका लागि संसारमा कुनै टे«निङ् स्कुलहरू छैनन् । लेखन रहर गरेर पनि नहुने रै’छ । लेखनमा नक्कल त झनै नहुने । मानिसलाई उसका दुःखसुख, भोगाइ, बालापन र बाध्यताले लेख्न लगाउँदो रहेछ । लेखिरहेपछि मानिस आफ्ना पीडा हलौं भएको महसुस गर्न थाल्दो रहेछ । अहिलेसम्म लेखेर थाहा पाएको कुरा –‘लेख्ने गुत्थी र विषयहरू संसारिक रूपमा असमेल र अपार रहेछन् । एउटा लेखकले आफ्नो चेतनाका दिग्दिगन्तसम्म फैलने गरी लेख्दा एक जुनीमा पनि नसकिने विषयवस्तु उसका अघि राश हुने रहेछन् ।’

यो कुराको हेक्का यसपालाको भ्रमणले दिलायो । जुन भ्रमण लागि मैले विना तयारी गरेको थिएँ ।

—

घाँस काट्न गै’रहेका मानिस भेट भए । कार्यालय गै’रहेका मानिससँग समेत भलाकुसारी चल्यो । तेल पेल्न मिल गैरहेका गृहिणीहरूसँग पनि लघु परिसंवाद भए । हटारूहरू, पथिकहरू र स्कुले नानीहरूसँग पनि भेट भयो । चाहेर पनि भेट हुन नसकेका धेरै मानिसहरू मेरा सूचीमा टिपोट थिए । मैले नचाहँदा नचाहँदै पनि भेट भएका थुप्रै मानिसहरू भेटेँ ।

जीवन भेटघाट रहेछ । दिनहूँ यात्रामा कति मानिससँग भेट भै’रहेको हुन्छ । कहिल्यै नदेखेका मानिस भेट्छौं । कहिलेकाहीँ त झुक्किनु पर्छ । एकपल्ट ललितपुर ग्वार्कोमा म काम विशेषले मनि एक्सचेन्जमा जाँदा एउटा युवकलाई भनेँ –‘यहाँलाई कताकता देखेदेखेजस्तो लाग्यो । पूर्वतिर घर हो ?’

युवकले सहजतापूर्वक भन्यो –‘होइन । सर झुक्किनु’भो । मेरो घर प्युठान हो ।’

‘सरी, मलाई विराटनगरतिर कतै देखेको पुरानो अनुहारको झझल्को आयो अनि सोध्या । माइन्ड नगर्नु होला ।’ मैले भनेँ ।

उसले ‘ओके’ भन्यो । केही क्षणपश्चात् हामी काम सकेर मुस्काउँदै आआफ्ना बाटा लाग्यौं । झुक्किँदा पनि एकप्रकारको आनन्द आउँदो रहेछ ।

ठ्याक्कै त्यस्तै झुक्यानमा परेको छु –म एकपटक । जिरीमा तालिम सिलसिलामा २०४९ सालतिर । हामीसँगै तालिम लिन आउने जिरी हाइस्कुलका हेडसर पर्शुराम खड्का र मेरा दाइ दुर्गा आचार्यको अनुहार, लोलीबोली र ढप काटीकुटी मिल्दो रहेछ । मैले खाजा ब्रेकमा सो कहिरन हाल्दा मस्कुराउनु भएथ्यो –खड्का हेडसर । पछि कतै पढेँ –‘संसारमा सात जनाको अनुहार र बोलीवचन मिल्छ ।’ चित्त बुझाएँ । मैले दुर्गा दाजुका ढप र बान्कीमा खड्का हेडसरलाई देखेर दाजुकै न्यास्रो मेटाएँ ।

चौबन्न सालतिर हुनुपर्छ । नयाँ बानेश्वरमा (अहिलेको संसद् भवन अघिल्तिर) एउटा मानिसले मलाई आदवसाथ नमस्कार भन्यो । नमस्ते फर्काएँ मैले । अनि उसले झिक्यो बाग्लुङ्तिरका कुरा, जुन मलाई थाहै थिएन । मैले अहिलेसम्म गोडाले टच नगरेको बाग्लुङ्े प्रसङ्ग बुझ्ने कुरै भएन । हाम्रा गफको मेलो नमिलेको सुइँको पाएर ती अचिनारू मानिस केही हच्किए । शिष्टतापूर्वक माफी माग्दै ओझेल परे । मलाई अचम्मको आनन्द लाग्यो ।

पछि सोचेँ । जसरी म झुक्किएँ तिनी पनि त्यसैगरी झुक्किए । यसरी झुक्किँदा पनि कहिलेकाहीँ दुवैलाई रमाइलो हुने ।

—

इनरुवा भ्रमणमा मैले केही साथीले उनेरूका जीवनमा राम्रो पैसा कमाएको थाहा पाएँ । पैसा जीवनमा साधन हो । यो कसैका जीवनमा साध्य हुन सकेको छैन ।

विषय र प्रसङ्गले मानिसहरू आफूले कमाएको धनादिलाई भन्दा अरूले कमाएको लक्ष्मी कै बढाइचढाइँ गर्छन् । किन मानिस आफूले कमाएको धनचाहिँ बेबहारमा फूर्तीसाथ देखाउँछ ? तर प्रशंसा अरूको गर्छ । आफ्ना तुलनामा अरूको सम्पत्तिलाई बढाइचढाइ गर्नुमा त्यस्तो के गूढगुत्थी छ ? फलानाले राम्रो पैसा कमाएको छ भन्नुमा कत्तिको तुक छ ? कमाउनुको सापेक्षता के ? नकमाउनुको सापेक्षता के ? पैसाका पछि दुगुर्ने मानिसहरू पैसाले मनभित्र पोलेर कति पीडादायी रून्चे हाँसो हाँस्दा हूनन् । लोग्नेस्वास्नीका बीच, सन्तानका बीच र दाजुभाइका बीच पनि पैसाले ठूलो दरार ल्याएको छ । मानिस पैसाले बाहिर जति सुखी देखिएको छ, के भित्रबाट पनि त्यति नै सन्तुष्ट होला त ?

यी र यस्ता प्रश्नहरू मेरो इनरुवा भ्रमणक्रममा मथिङ्गलमा कुसुलेले झुम्राको पुतली नचाएझैँ नचाइरहेँ ।

राम्रो गाडी कम्पनी खोलेर उखुम प्रगति गर्दागर्दै उमेरमै बितेका पोखरेल भाइ । औषधी बेपारमा लागेर अमिर बन्दै गएका लम्साल भान्जा र हार्डवेयर पसलबाट अरबपति बनेका भट्टराई भाइका मनोसन्तापले पैसालाई कत्तिको मूल्याङ्कन गर्दो हो ? कि हामी उनीहरूको साइकोलोजी नबुझी उनीहरूले नसुन्ने गरी मात्र ‘राम्रो पैसा कमाएको छ’ भन्छौं तर त्यो कमाउनुको माखेसाङ्लो भित्रका पत्रेदार चट्टानी मिहिनेतका कथा र दुःखका कहिरन थाहा पाउने जाँगर सँगाल्न सक्दैनौं ।

‘कमाए लगौंटीवाल, खाए धोतीवाल’ त्यसै कहाँ भनिएको हो र ? कमाउने पुस्ताले उपभोग गर्न भ्याउँदैन । खाने पुस्ताले कमाएकै हुन्नँ । कति भेटिन्छन् यस्ता दृष्टान्तहरू ।

केही अमीरसँग सोधेको छु । जतिलाई सोधेँ ती सबै आफ्नो उन्नतिभन्दा अरूको उन्नतिमा अझ आरिस गर्ने पाएँ । कसैलाई पनि आफूले धेर द्रव्य कमाएको अनुभूति रहेनछ ।

के छ पैसाको केमेष्ट्री ? किन मानिस आफूले कमाएको पैसामा सन्तुष्ट हुन चाहँदैन ? सक्दैन ? यो प्रश्न कसलाई सोधौं भन्ने भाउन्नमा रन्थनिएको छु । जीवनको अर्ध शताब्दी उमेर बाँचिसक्दा पनि सपाट शैलीमा उत्तर दिने उत्तरदाता पाउन सकिएन ।

।।समाप्त।।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 238
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.