SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » अधिकार आवश्यकताको यात्रा कहाँबाट आरम्भ हुन्छ ?
निबन्ध

अधिकार आवश्यकताको यात्रा कहाँबाट आरम्भ हुन्छ ?

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments21 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
राजेन्द्र सुवेदी (२०००–२०७८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको निधन भएको एक हप्ता हुँदैछ । साहित्यसागरले उनका विषयमा यो स्मृति अङ्क सार्वजनिक गर्दैछ । उनका बहुमुखी प्रतिभामध्ये प्रमुख सिर्जन सामथ्र्य रहेको विधा निबन्ध हो । यसमा सुवेदीका अन्यत्र अप्रकाशित ‘अधिकार र आवश्यकताको यात्रा कहाँबाट आरम्भ हुन्छ’ र गुडबाई मोहनराज शर्मालाई ! गरी दुईवटा निबन्ध रचनालाई समेटिएको छ । यी रचनामार्फत सुवेदीको स्मृति गर्नु साहित्यसागरको उद्देश्य हो । यी मध्ये पहिलो रचनामा अधिकारका नाममा मानव अस्तित्वमाथि आउन थालेको सङ्कटलाई देखाइएको छ । यो निबन्ध निकै दार्शनिक र बौद्धिक निबन्ध हो । दोस्रो निबन्धमा सुवेदीका सहकर्मी एवम् गुरु मोहनराज शर्मासँगको स्मृति र श्रद्धा दृष्टिलाई समेटिएको छ । यी दुई निबन्धले सुवेदीको बौद्धिक दृष्टिकोण र स्मृतिचेतलाई समेटेका छन् ।

-सम्पा.

अधिकारका नाममा गफ गर्ने र अधिकारको सहज संवेदनाका कुरा गर्नेहरूको लामो लहरको इतिहास विद्यमान छ । तर मानव जीवनका निम्ति भौतिक संसारका अनेकानेक सभ्यताका इतिहास र तिनका अनेकौँ पक्षहरूका, सांस्कृतिक र सामाजिक पक्षहरूका विषयका आयतनमा सिङ्गै पक्षहरूका मूल्यको अन्वेषण गर्दा के कुराको निष्कर्ष निस्किन्छ भने मानव सभ्यताको इतिहासको लामो शृङ्खलामा प्रकृति जगत्को सृष्टि संरचनाको व्यवस्थित नियम रहेको छ । मान्छे प्राणीको जीवन र जगत्का गतिका पक्षको प्रक्रियाकलाई संसारको एउटा परम्परा आफैमा समायोजित भएको कुरा पनि प्राकृतिक नियमका अनुबन्धभित्र नै संसार परिचालित रहेको यथार्थ पनि यस सन्दर्भमा विद्यमान रहेको कुरा आजको भौतिक संसारको नियमले पुष्टि गरिसकेको छ ।

प्रविधिको विकास आज व्यापक रूपमा भएको छ । प्रकृतिका शाश्वत नियमका क्रमलाई मान्छेले अतिक्रमण गर्न थालेपछि भने मान्छेकै प्राकृतिक जीवन र यसको सञ्चालनको प्रक्रियालाई रूपमा कम शक्तिशाली भएका विगतका मान्छेमा मानसिक सोचको सङ्कीर्णताको अवस्था रहेको विगतको परम्परालाई अध्ययन गर्दा के कुराको आकलन गर्न सकिन्छ भने मानवीय विश्वका भौतिक जीवनका संरचनामा आएका विज्ञान र प्रविधिका प्रभाव र तिनको उपयोगका कारणबाट मान्छेले आफूलाई आबद्ध गरिसकेपछिका स्थितिहरूमा प्राणी जीवनगत विश्वको गतिमा देखिने विकसित रूपमा देखिन आएको प्रसङ्ग आजको प्रवृत्ति बनेर देखा परेको छ । अधिकारका प्रश्नहरूका सन्दर्भलाई इतिहासका कालखण्डमा भन्दा पनि आधुनिक प्रविधिको विकास भइसकेका कालखण्डमै बढी विकारग्रस्त बनेर आएको कुरा आजको विश्वले बेहोर्नु परेको छ ।

प्राणीका शरीर भित्रका कोण कोण र कण कणहरू देखाउन सक्ने दृश्य यन्त्रहरू आज आविस्कार भएका छन् । आदर्श क्षितिजपारिका र अन्य ग्रहसम्मका, पृथ्वी र अन्तरिक्षसम्मका अनेकौँ तत्त्वहरूको अदृष्टि स्तरका पनि पहिचान गरी पारदर्शी दृश्यीकरण गर्ने वैज्ञानिक उपकरणहरूको समेत आविष्कार भइसकेका आजका विश्वमा मानवीय संवेदनका आन्तरिक बाह्य पक्षहरूका स्वरूपका संयन्त्रहरूका करामतले मान्छेलाई अत्यन्त खतरनाक प्राणीका रूपमा सिद्ध गरेको छ । रिसइबी र प्रतिशोधका दृष्टिले मानवेतर प्राणीमा आत्मरक्षाको निम्ति गरिने प्रयत्नभन्दा बाहेक प्रतिशोधका गर्ने आक्रमणकारी चरित्र हुन्न । मान्छे सबै प्राणीमा प्रतिशोधका दृष्टिले खतरनाक प्राणी सिद्ध भएको छ । संसार कुनै कुनाको मान्छेलाई जिस्कयाएर कुनै नया र अज्ञात स्थलमा गएर लुक्ने प्रयत्न गरे पनि उसले आफू जोगिन गरेका प्रयत्नहरू सबै विफल हुन पुग्दछन् । अहिले कतै कसैलाई आघात पुर्‍याइयो भने त्यसको प्रतिशोधमा एकै छिनपछि आफ्नो कन्चटमा पड्किन आएको गोली खान तयार हुनुपर्छ ।

विज्ञानको विकासले मान्छेलाई वस्तुको रूप प्रदान गरेको छ । मान्छेका अङ्गहरू प्रकृतिले ऊ स्वयंको अस्तित्व रक्षाका निम्ति मात्र उपहार स्वरूप प्रदान गरेको हो । उसका समग्र अङ्गहरूमा संयोजनहरूकै मान्छे अथवा कुनै पनि प्राणीको अस्तित्व अनुरक्षित भएको छ ।

मानव अतिरिक्त अन्य जीवहरू प्रतिशोधात्मक अवस्थामा उत्रिने प्राणी होइनन् भन्ने कुराहरूमा हामी विश्वास गर्दछौँ । विश्वासमा उनीहरू बाँचेका हुन्छन् । मान्छे मात्र एउटा त्यस्तो प्राणी हो जुनसुकै अवस्था आदिका पक्षहरूसँग पनि त विषको घडा प्रतिपालन गरेको रहेको देखिन्छ । प्रतिशोध मान्छेले बाह्य तत्त्वसँग लिने गरिन्छ र आन्तरिक तत्त्वसँग पनि गरिन्छ । आफ्नो सुविधा र स्वार्थको निम्ति प्रकृतिका शास्वत नियमसँग पनि मान्छे प्रतिशोधका निम्ति तयार भएको देखिन्छ । नदीका प्रवाह रोकेर आाफ्नो अनुकूल स्वार्थका विषयमा जुट्दछ । पृथ्वी र अन्तरिक्षका समग्र कोण प्रतिकोणका विषयहरू चहार्छ । ग्रह र उपग्रहको संसार छाप्छाप्ती विचरण गर्दछ, ब्ल्याकहोलको रहस्य पहिल्याउन समर्पित रहन्छ ।

मान्छे प्राणीका शरीर संरचनाका भौतिक र मानसिक स्नायविक पक्षहरूको अन्वेषण गर्ने कार्यमा निरन्तर जुटिरहेको हुन्छ । भौतिक तहका सबै छिद्रहरूको अनुसन्धानबाट असन्तुष्ट भएपछि मानवीय संवेदनाका आन्तरिक पक्षहरूमा उसको ध्यान केन्द्रित बन्न पुग्यो । मान्छे आफैँमा एक बर्बर र दानवीय आचरणको सत्य बनेर आफै माथि खनिने कुरा पनि आज मान्छेले नै अन्वेषण गरेर उसको कमजोरीको विस्थापन पनि गरेको छ । मुटु र किड्नीको स्थितिको अध्ययन, रगत र पिसाबको स्थितिको अध्ययन, दिमाग र मनाःस्नायुको अध्ययन, स्वप्न र विस्मृतिको अध्ययन, निद्रा र तन्द्राको अध्ययन, दृष्टि र श्रुतिको अध्ययन, घ्राण र स्पर्शको अध्ययन, ध्वनि र अनुभूतिको अध्ययन गर्दै गएर म आजको अवस्थामा आइपुगेको छु भन्ने बोधको सीमा पनि उपस्थापन भएको छ । मान्छेको आन्तरिक संवेदनाका विषयको असीमित अध्ययनबाट ऊ स्वयंले प्राप्त गरेका विशिष्ट प्राप्तिहरूको उपयोग र दुरूपयोग गरेर आज स्वार्थको लिप्सामा रुमलिन पुगेको छ । अधिकार रक्षाको कथित नाराको आडमा लाखौँ मान्छेको हत्या गरेर एक जनाको रक्षा गरिनु मानव अधिकारको नाममा व्याख्या हुन थालेको छ । एक कुनाको समग्र प्राकृतिक र सांस्कृतिक मूल्य ध्वस्त गरेर अर्को कुनामा एउटा क्याक्टस उमारिनु पनि आज अधिकारको व्याख्यामा राख्न थालिएको छ । प्राकृतिको सन्तुलनमा बेथिति आइसक्दा पनि मान्छेले अधिकारको रटानको आडमा आफ्ना दुराचारको बोध गरिरहेको छैन । यस अबोधताभित्र जन्मेका अनन्त असङ्गति र असन्तुलनले मान्छेलाई कम मान्छे र बढी जीवका रूपमा स्थापित गरेको छ । जन्मभन्दा पहिले नै भ्रूण अवस्थामा मान्छेले जन्मने त्यस भ्रूणले भयानक दण्डको सामन गर्नुपर्ने अवस्थाको पम्परालाई आजका प्रविधिले विकराल र विध्वंसात्मक अवस्थालाई प्रोत्साहन गरेको छ ।

विज्ञानको विकासले मान्छेलाई वस्तुको रूप प्रदान गरेको छ । मान्छेका अङ्गहरू प्रकृतिले ऊ स्वयंको अस्तित्व रक्षाका निम्ति मात्र उपहार स्वरूप प्रदान गरेको हो । उसका समग्र अङ्गहरूमा संयोजनहरूकै मान्छे अथवा कुनै पनि प्राणीको अस्तित्व अनुरक्षित भएको छ । मुटु र कलेजो एकातिर मात्र छ, त्यो एउटा मात्र छ जोगाएर राख मात्र भनेर प्रकृतिले प्रदान गरेको होइन । दुई हात, दुई खुट्टा, दुई अण्डकोश, दुई मृगौला, नाकका दुई प्वाल, दुई कानका प्वाल, आँखा आङ्गिक सन्तुलनका निम्ति मात्र प्रकृतिले प्रदान गरेको हो । प्रकृतिले दाँत, हात गोडाका औँलाहरू निकै बढी सङ्ख्यामा प्रदान गरेको छ । शरीरमा रगत मासु र स्नायुका अनेक मात्रा प्रदान गरेको छ । यी अङ्गहरू अनिकाल लाग्यो र अभाव भयो भने सुक्री बिक्री गरेर अभाव मेट्न मिल्छ भनेर मान्छेलाई दिएको होइन । यो त प्रकृतिले आङ्गिक सन्तुलनका निम्ति प्रदान गरेको उपहार मात्र हो । यो सम्पूर्णताको स्थिति, आङ्गिक विन्यासका पक्षहरू प्रविधिको विकासका कारण भ्रूण अवस्थाका पक्षहरूको मूल्याङ्कन गरेर मान्छेलाई आज मान्छेले नै जन्मिन पाउने कि नपाउने बारेमा निर्णय गर्दछ । गर्भावस्थामै मान्छेलाई मान्छे बन्न नदिएर छोरा र छोरी बनाउँछ । लोग्ने र स्वास्नी बनाउँछ, अनि महिला र पुरुष बनाउँछ । निर्णायक भूमिकामा मान्छेले पुरुष र नारीको स्थिति प्रदान गर्दछ ।

सांस्कृतिक र आर्थिक संवेदनाहरू, राजनीतिक र धार्मिक संवेदनाहरूको आडमा मान्छेलाई जोडतोडका साथ महिला र पुरुष बनाएर हेर्न थाल्छ । महिला हुनाले हुने आर्थिक हानि जस्तै भारतीय परिवेशमा तिलक प्रथाको समस्याका कारण भ्रूण पतनको परम्परा, वैधताका र अवैधताका कारण पनि भ्रूण पतन गर्ने परम्परा, आर्थिक अपराधका कारण पनि भ्रू्ण पतन गराउने परम्पराले मान्छेलाई मान्छेबाट महिला र पुरुष सम्म बनाउने परम्परा पनि विकसित गरेको छ । कृषि र पशु पालनको युगमा नारी र पुरुषलाई हेरिने दृष्टिको, पुँजीवादी र आद्योगिक युगमा नारी र पुरुषलाई हेरिने दृष्टिकोण र आजको अन्तग्र्रहीय र उपग्रहीय युगमा महिला र पुरुषलाई हेरिने दृष्टिकोणमा विकसित भएका परम्पराहरूका शृङ्खला छुट्टै किसिमले विकासित बन्दै गएका छन् । महिलाको पाठेघरको सुरक्षण र त्यसको उपयोगको आजको दृष्टिकोण, पुरुषहरूको शुक्रकीट संरक्षण र त्यसको व्यवस्थापनको संस्कृति आज उद्योगको रूपमा विकसित हुन लागेको अवस्था हाम्रा सामु विद्यमान रहेको छ । मत्स्यपालनका निम्ति भुरा उत्पादनको अवस्था, कुखुरा पालनका निम्ति ह्याचरीको व्यवस्था आजका अर्थ संस्कृतिले विकास गरेको व्यवस्था समेतको अन्तर्जातीय सम्मिश्रणबाट विभिन्न जीवहरूको नवनव प्रवर्तन र प्रजननको संस्कृति विकास गरेको स्थिति यस युगको व्यवसाय बन्दै गएको देखिन्छ ।

पुरुष शुक्रकीट उत्पादनका व्यवसायको सम्भावना पनि निकट भविष्यमै विकसित हुने देखिन्छ । शुक्रकीटको उत्पादन र त्यसको गुणस्तरको परीक्षण र त्यसको विकसन क्षमतामा ह्रास आउन नदिने दृष्टिले गरिने संरक्षण लगायतका कार्यहरू पनि सम्भावित कार्य सूचीका विषय बनेका छन् । शुक्रीटको उत्पादन सँगै जोडिएर आउने विषयमा त्यस शुक्रकीटको परिचय पूरै खुल्ने गरी अभिलेख तयार गर्नुपर्ने काम पनि निकै बुद्धिमत्तापूर्ण ढङ्गले गर्नै पर्ने स्थिति आएको छ । अधिकार कर्मीहरूले यहाँनिर आउँदा सोच्नुपर्ने समयमै यसका आधारभूत प्रावधानहरूको समुचित व्यवस्थापन गरिनुपर्ने स्थिति पनि एकै साथ आइपुगेको छ । शुक्रकीट कुन मानव वंश परम्पराको आर्य मूलको हो कि मङ्गोल मूलको हो ?, किरात मूलको हो कि द्राबिड मूलको हो कि ?, निग्रो मूलको हो कि इस्लाम मूलको हो ?, यसको व्यवस्थापन पनि अत्यन्त सतर्कता पूर्वक गरिनुपर्‍यो । धर्मका दृष्टिले हिन्दू हो कि इस्लाम हो, हिन्दु ?, त्यसै भित्र पनि वैष्णव हो कि वैदिक सनातन मात्र हो ? इस्लामभित्र पनि सिया हो कि सुन्नि ?, मङ्गोलभित्र हान् हो कि इतर ?, क्रिस्चियन भित्र पनि यहुदी हो कि अन्य ?, अनि त्यसै भित्र पनि ओल्ड टेस्टामेन्ट हो कि न्यू टेस्टामेन्टको समर्थक ? क्याथोलिक हो कि प्रोटेस्टेन्ट ? यस्ता महत्त्वपूर्ण अभिलेखको तयारीको आरम्भ र संरक्षण आजको अवस्थामा गरिहाल्नु पर्ने काम बनेर आएका छन् । अङ्ग संरचनाका दृष्टिले कुन किसिमको मानव समुदायको संरक्षण जरुरी छ र कुन चाहिँ लोप भए पनि खासै असर पर्दैन ? कुन चाहिँ संरक्षण नगरी हुँदैन ? उच्चाइ र होचाइका दृष्टिले अबको विश्वलाई आवश्यक पर्ने मान्छे कुन चाहिँ हो र त्यसको सङ्ख्या कति हो अनि त्यसको बृद्धिदर कुन अनुपातमा भएर जानुपर्छ ? यस तर्फको अध्ययन पनि तीव्र बनाउने स्थिति आएको छ ।

कुन हावापानीमा कस्तो मान्छे निरोगी हिसाबले खप्छ र कुन समाजमा कस्तो खालको मान्छेको आवश्यकता पर्दछ ? लैङ्गिक हिसाबले कति मान्छे नारी र कति मान्छे पुरुषको आवश्यकता छ र नारी पुरुषको आवश्यकता कति र कस्तो आनुपातिक दरको व्यवस्थापन गर्नुपर्दछ ? के कुनै काल खण्डमा कति नपुंसक मान्छेको आवश्यकता पर्दछ ? त्यसको पनि त व्यवस्थापन गर्नुपर्दछ । कुन मुलुकमा बाल उमेरको वृद्धि दर कति र कुन मुलुकमा आर्थिक र भौतिक उन्नतिको दर कति अपेक्षित छ ? यसको सन्तुलनका निम्ति कुन कुन समयमा मात्र मान्छेको उत्पादनको के कस्तो व्यवस्था मिलाउने ? कुन हावा पानी, कुन भूपरिवेश, कुन सामाजिक र सांस्कृतिक पर्यावरण, कुन किसिमको जीवन पद्धतिमा कुन किसिमको मान्छेको आवश्यकता छ ? यी सबै अवस्थाका निम्ति अनुकूल हुन के कति मान्छेको कति आवश्यकता छ ? कुन समाज, देश र परिवेशमा कुन वंशाणुको जीव कति फस्टाउँछ र कुन वंशपरम्पराको मान्छे कति मात्र आवश्यक छ ? सो किसिमको माग र आपूर्तिको योजना पनि अद्यावधिक राख्नुपर्ने अवस्था छ ? अर्थशास्त्रको नियम अनुसार माग र आपूर्तिको सन्तुलनलाई खज्मजिन नदिई उत्पादन र निर्यात–आयातको समुचित सन्तुलन पनि कायम गर्दै जाने दृष्टिकोणबाट निरन्तर काम भइरहने स्थिति निर्माण गर्नुपर्ने हुन्छ । वंशाणुगत अधारमा आर्यको शारीरिक संरचना मङ्गोलको ओठको आकर निग्रो मूलको र कपालको संरचना साना आकृतिको माग भएर आयो भने तुरुन्त उपलब्ध गराउन सक्ने अवस्थामा मान्छेको बीजाणु र जीवाणुको व्यवस्थापन राम्ररी गरिएको हुनु पर्छ ।

पाइपमा बीज संरक्षण गरेर भ्रूणको अवस्था सन्तुलनका निम्ति गर्नुपर्ने धेरै कामहरू पनि आफ्नो ठाउँमा महत्त्व राख्ने किसिमका हुन्छन् । मान्छेका समग्र मूल्यहरूसँग जोडिएका अङ्गविन्यासका पक्षहरू पनि यहाँ निकै विचारणीय बनेर रहेका हुन्छन् । आमाले पाठेघर आफ्नै उपयोग गर्ने विषय हो भनेर आवाज उठाएको अवस्थामा होइन भन्ने स्थिति पनि कसैमा रहँदैन । यस कारण पुरुषले गरेको शुक्राणुको अधिकारबारे गरेको दाबी भन्दा महिलाले गरेको डिम्बाशयको र पाठेघरको अधिकारको दाबी बढी असरदार हुन सक्ने सम्भावना पनि देखिन्छ । अन्तर्जातीय सङ्क्रमणको प्रभावबाट जन्मिने बालकको दररेट महिलाले बच्चादानी बापतको दररेटको हिसाब किताब महिलाले आफ्नै निर्धारण गर्न सक्ने विषय रहेको छ । मानवीय संवेदनाको सन्दर्भलाई विषय बनाउँदा के कुरा हुन्छ भने जाति धर्म, संस्कृति र संस्कारका विषयहरूका हकमा पनि भिन्नता र मूल्याङ्कन गर्न लायक विषय बनिदिए भने महिलाले आफ्नो पाठेघरको मूल्यमा तलमाथि पनि गर्न सक्ने अधिकार सुरक्षित रहन सक्छ । महिलाको ऊर्जाशील उमेर र पुरुषको पनि सोही अनुकूलको उमेरमा तालमेल मिलाएर बच्चा उत्पादनको कार्यक्रम व्यवस्थापन गर्ने हो भने त्यसको दररेट र बच्चाको स्वास्थ्यको पनि सोही अनुसारको हेरचाहको व्यवस्थाबाट आवश्यकता पनि उल्लेख हुनु वाञ्छनीय रहेको छ ।

सन्दर्भ अत्यन्त संवेदनशील भएर पनि यहाँ विषयको प्रस्तुति हास्यास्पद ढङ्गले गरिएको छ । यस प्रकरणमा केवल मान्छेका अधिकारको बारेमा उठ्दै गएका प्रश्नहरूको परिवृत्तमा मात्र केन्द्रित रहेर यस विषयमा चर्चा गर्ने काम भएको छ । मानवेतर प्राणी, वनस्पति र प्रकृति जगत्का विविध विषय क्षेत्र र जडदेखि चेतनसम्मका वस्तु अनि तिनका मौलिक अधिकारका सन्दर्भहरू यथास्थानमा उल्लेख्य भएर रहेका हुन्छन् भन्ने कुराको सङ्केत गरियो । तिनको पहिचान र सुरक्षाका सन्दर्भहरू अधिकारकै प्रकरणमा सुरक्षित रहनु पर्ने विषय हुन् भन्ने कुरा तत्सन्दर्भमा पुष्टि हुन आउँछन् । मानव अधिकारको व्याख्या भए जस्तै मानवेतर पशु प्राणीको अधिकारको पनि व्याख्या हुनुपर्ने अवस्था आएको छ । वनस्पति जगत्को व्याख्या हुनुपर्ने अवस्था आएको छ । जड प्रकृति जगत्को अधिकारको सुरक्षाको पनि व्याख्या हुनुपर्ने अवस्था आएको छ ।

अधिकार रक्षाका यस प्रकरणमा समाज र संस्कृतिका सन्दर्भ जोडिएका छन् । शुक्रकीट र डिम्बाणुका सन्दर्भमा सांस्कृतिक संवेदना सन्दर्भित बन्न आइपुग्छ । प्राकृतिक जगत्का अन्य विषयसँग पनि सांस्कृतिक संवेदना भ्रमको सञ्जाल बनेर जोडिन आइपुग्छ । प्राणीका मृत शरीर, प्राणीका दिसा, पिसाब र अन्य प्रदूषणजन्य फोहोर वस्तुको सुरक्षाको अधिकारका सन्दर्भहरू पनि प्रकटमा आउँछन् । आर्थिक, सांस्कृतिक, धार्मिक र नैतिक तथा प्राकृतिका यावत् अधिकारका सन्दर्भहरूबारे पनि सचेततापूर्वक व्याख्या र व्यवहार हुनुपर्ने स्थिति विद्यमान रहेका प्रति क्रमशः दृष्टि विस्तार गर्दै लग्नु नितान्त आवश्यक बनिसकेको छ । आगामी सन्दर्भमा यी विषयको पनि अपेक्षित व्याख्या अवश्य हुने  ।

—

गुड बाइ ! मोहनराज शर्मालाई
समग्रमा एउटा सशक्त हस्ताक्षरको अवसान थियो-मोहनराज शर्माको अवसान । नेपाली आख्यान सृजना क्षेत्रमा योगदान दिने स्रष्टाको अवसान । नाट्य सृजनामा स्वैरकल्पनात्मक वैशिष्ट्यको बेजोड प्रयोगको अवसान । प्रबन्ध र निबन्धमा पनि हास्यव्यङ्ग्यको तीव्र प्रयोगकर्ता स्रष्टाको अवसान । साहित्यको समालोचना क्षेत्रमा भएका नवीनतम प्रयोगको अवसान । साहित्यको इतिहास लेखनका नयाँ दृष्टि र अवधारणाहरूको पनि अवसान । भाषाविज्ञान र व्याकरण चिन्तनको नवीनतम धारणाको अवसान । अनुवाद चिन्तन र अनुवाद कार्यको पनि अवसान थियो- यो अवसान । पुराना विषयको अध्ययन तथा अनुसन्धान र प्रकाशन आदिको पनि अवसान । यहाँ एकै अवसानमा भाषा र साहित्यको, समीक्षा र व्याकरणको इतिहास तथा काव्यशास्त्र साधनाको एक अध्यायको मात्र होइन, एकप्रकारको गुरुकुलकै अवसान थियो- मोहनराज शर्माको अवसान ।

मोहनराज शर्मा (१९९४-२०७५) ज्यू ! तपाईंको सम्पूर्ण शिक्षाको प्राप्ति भारतीय धर्तीमा भयो । बनारस त्यो पनि शिक्षाको केन्द्र बनारस हिन्दू विश्वविद्यालयको इतिहास विषयको स्नातकोत्तर । तपाईंका भिनाज्यू तेजप्रसाद धितालको सानोतिनो प्रकाशनको व्यवसाय । आफ्नो निर्वासनकालका लक्ष्मीप्रसाद देवकोटाले प्रतिरचना २५ पैसाको दरभाउमा उनै प्रकाशक धिताललाई सुम्पिएका र अप्रकाशित सामग्रीको रूपमा रहेका रचनाको सम्पादन गरेर तपाईंले नै प्रकाशनमा ल्याइदिनुभयो । देवकोटाको कवितासङ्ग्रहहरू आकाश बोल्छ (२०२५), छाँगासँग कुरा (२०२६), खण्ड काव्यकृति मायाविनी सर्सी (२०२४), काव्यकृति नवरस (२०२४) र कटक (२०२६) तपाइको सम्पादनमा बनारसबाटै प्रकाशनमा आए । यसरी साहित्यको सृजना र समीक्षातर्फ उत्प्रेरित बनेका तपाइको व्यक्तित्व साहित्यतर्फ प्रवृत्त बनेको छ । इतिहास विषयको प्राध्यापक बनेर मेची कलेज भद्रपुरमा आएपछिको स्थितिमा तपाईंले नेपाली विषयमा पनि व्यक्तिगत तवरमा स्नातकोत्तर उपाधि आर्जन गर्नुभयो । यसको परिणाममा तपाईंको इतिहासविज्ञ व्यक्तित्वलाई भाषासाहित्यसाधक व्यक्तित्वले तिरोहित गरिदियो । तपाईंले विषय परिवर्तन गरेर आपूmलाई नेपाली विषयको प्राध्यापकको तहमा अनुकूलित गर्नुभयो ।

तपाईंको सृजनशील व्यक्तित्व २०१६ सालदेखि आविर्भाव भएको हो । पहिलो निबन्धात्मक गद्य रचना ‘एकको एक हात लाग्यो शून्य’ शीर्षकमा (२०१६) को लेख बनारसबाट प्रकाशित दीपक पत्रिकामा प्रकाशित भएपछि तपाईं लेखकका रूपमा पनि परिचित बन्नुभयो । स्नातक तहमा अध्ययन गर्दागर्दैको एउटा पीडाको प्रसङ्ग मसँग खोल्नुभएको थियो । त्यो के थियो भने तपाईंको स्नातक तहको परीक्षाको फाराम भर्न पैसोको अभाव परेका कारण परीक्षा नै छुट्ने खतरा आएका बेला एक त्यहाँका प्रकाशकले सहयोग गरेको रोमाञ्चक प्रसङ्ग अहिले पनि मेरा कानमा गुन्जिइरहको छ । तपाईंले रोमान्सेली एउटा निकै उत्तेजक उपन्यास लेखेर दिने भए प्रकाशकले त्यतिखेर फाराम भर्न लाग्ने २० रूपयाँ दिने । सर्त पालन गर्न तपाईं तयार रहनुभयो र रातारात एउटा उपन्यास लेख्नुभयो । प्रकाशककहाँ पुर्‍याउनुभयो । त्यो उपन्यास थियो ‘आगो’ । यस पीडाको इतिवृत्त यही होइन ? तपाईं २०१८ सालमा लेखिएको त्यो उपन्यास नग्नयौनको चरम प्रयोग भएको कृति बन्यो र त्यो अनेकौँ संस्करण बिक्यो । तपाईंलाई स्नातकको अन्तिम परीक्षाको फाराम भर्ने रकमको सङ्कटमोचन गर्ने काममा त्यस उपन्यासको अनामिक लेखक तपाईं नै हुनुहुन्थ्यो, तर त्यसको स्वामीत्वसहित बिक्री गरेको कुरा तपाईंले मसँग खोल्नुभएको यो पीडादायक कथा कहिलेकाहीँ हामी दुवैको साझा कथा बनेर पनि बल्झिन्थ्यो । यस्ता स्थितिहरू मैले पनि नबेहोरेको कहाँ हो र शर्माज्यू !

सम्भव भएसम्म सबै विधाका सङ्ग्रह समसामयिक साझाकथा, कविता, एकाङ्की, निबन्ध, समालोचना प्रकाशन गर्नु नराम्रो हुन्न भन्ने प्रस्ताव सहकारीका अध्यक्ष क्षेत्रप्रताप अधिकारीसमक्ष पुग्दा समर्थन पाएका कारण तपाईं र मेरा नाममा समसायिक साझाकथा सम्पादनको जिम्मा परेको थियो । समसामयिक साझाकविता तारानाथ शर्माको एकल जिम्मामा परेको थियो ।

अँ त एउटा प्रसङ्ग साझा कथाको । साझा प्रकाशनको महाप्रबन्धकको कार्य कक्षमा तपाईं र म पुग्दा कुर्सीमा कृष्णचन्द्रसिह प्रधान हुनुहुन्थ्यो । उहाँको प्रस्ताव थियो- हामीले समसायिक साहित्यका साझा सङ्ग्रह प्रकाशनमा ल्याउनुपर्ने बेला आयो । सम्भव भएसम्म सबै विधाका सङ्ग्रह समसामयिक साझाकथा, कविता, एकाङ्की, निबन्ध, समालोचना प्रकाशन गर्नु नराम्रो हुन्न भन्ने प्रस्ताव सहकारीका अध्यक्ष क्षेत्रप्रताप अधिकारीसमक्ष पुग्दा समर्थन पाएका कारण तपाईं र मेरा नाममा समसायिक साझाकथा सम्पादनको जिम्मा परेको थियो । समसामयिक साझाकविता तारानाथ शर्माको एकल जिम्मामा परेको थियो । अरू विधाहरूका विषयमा त्यति चासो पनि रहेन, तर तपाईं र मेरो जिम्मामा रहेको समसामयिक कथा र तारानाथ शर्माको जिम्माको समसामयिक साझाकविताचाहिँ. समयमै प्रकाशनमा आए । त्यतिखेर प्रकाशनमा नआएका र आएकै विधाको पनि सङ्ग्रह प्रकाशनमा ल्याउन आज निकै ढिलो भइसकेको स्थिति छ । पछिल्ला चरणमा यसतर्फका प्रस्तावहरू पनि आएका हुन् । साझा समालोचनाको अनिवार्यता महसुस भएर मैले साझामा प्रस्तुत गरिएको प्रस्तावको उपेक्षापछि रत्न बृहत् नेपाली समालोचनानामबाट प्रकाशमा आएकाले आज केही भरथेग मिलेको छ ।

अँ त शर्माज्यू ! फेरि पनि एउटा कुरा भन्न मन लाग्यो- संयुक्त सम्पादनमा म त्यतिखेर तपाईंसँगको सहकार्यमा सामेल भएँ । साझाले हाम्ीलाई जम्मा ५००० रूपयाँ पारिश्रमिक दिएको थियो । पछि पछि तपाईंसँग सहसम्पादन गर्ने अवसर प्राप्त गर्न सकिनँ, बरु तपाईंका अरूहरूसँगका सहसम्पादन र सहलेखनका कृतिहरू बजारमा थुप्रै देखिए । कतै विद्यालय स्तरका पाठ्यपुस्तक, कतै सहायक ग्रन्थ, कतै गाइडहरू र कतै सैद्धान्तिक साहित्यशास्त्र र समीक्षाका कृतिहरू प्रकाशनमा आएका देखिए । सहलेखन, सहसम्पादन र सहकार्यको अनुभव मैलेभन्दा बढ्ता तपाईंले नै गर्नुभयो, तर मैले तपाईंसमक्ष कोसँग कस्तो अनुभव भयो त भनेर पनि सोधिनँ । अहिले पनि यो कुरा मसँग नखोल्नुहोला ! यसको अनुभव भुक्तभोगीका नाताले तपाईंमै बढी होला भन्ने चाहिँ लाग्छ नै । खै अब त सोधौँ न त भन्यो भने पनि सम्भावना रहेन । यसबाट मलाई के चाहिँ ज्ञान भयो भने भन्ने र सुन्ने कुरा सम्भावना रहँदै भन्न र सुन्न सके राम्रो हुँदो रहेछ भन्ने चाहिँ राम्ररी नै बोध भएको छ । अँ त फेरि एकपल्ट विगततर्फ नै फर्किन मन लाग्यो ।

२०३७ सालको हिउँदे चिसो निकै बल्झिरहेको समय थियो । एक बेलुका नयाँसडकको पाको भन्ने टोलमा रहेको पिपल लजसँगै जोडिएको एउटा चियापसलमा रचना पत्रिकाका सम्पादकसँको रमाइलो भेटमा समसामयिक साहित्यका विषयमा चर्चा भएको थियो । उमेरका दृष्टिले मभन्दा केही ज्येष्ठ र तपाईंभन्दा केही कनिष्ठ रोचक घिमिरेज्यूसँग तातो चिया खाएर साहित्यका विभिन्न सन्दर्भ तथा भाषा र संस्कृतिका विषयमा भएका विचारविमर्श अहिले पनि ताजै भएर जागेका छन् । म आज ३९ वर्षपछि तिनै विषयमा बोल्न विवश छु । लेखक तथा साहित्यिक पत्रकारहरूले त्यतिखेर पनि पञ्चायती शासन-पद्धतिको प्रतिपक्षमा उभिनुपर्ने स्थिति थियो र अहिलेको गणतन्त्रमा पनि हाम्रो अवस्थामा फाटेको कुर्सी त्यही प्रतिपक्षमा कायम छ । यसबाट सृजनात्मक विचार भन्ने कुरा चाहिँ जतिसुकै गतिशील यथार्थको प्रतिपक्षकै तहमा रहने विषय हो भन्ने कुरा सिद्ध भएको छ ।

अँ त त्यतिखेरको चर्चा साहित्यका विषयमा जस्तो हुन्थ्यो अहिले पनि उस्तै त छ । हामी त्यहाँ एक एक चियाँ अथवा कफी खाएर आफ्नो आवासतिर फर्किन्थ्यौँ । मेरो मनको कुरा खोलौ है त । त्यहाँ चिया खान बस्नेहरूमा कहिले, ध्रुवचन्द्र गौतम, गगन विरही, दिनेश अधिकारी, गोविन्द गिरी प्रेरणा प्रायः चियामा सहभागी हुने मित्रहरू हुनुहुन्थ्यो । चियाको पैसा तिर्ने हाम्रो पालैजस्तो थियो । त्यहाँ सहभागी हुनेमा मैले चाहिँ कहिल्यै पनि कफीको पैसा तिरिनँ र मेरो पालो परेको दिन हत्त न पत्त म चियाको अडर दिइहाल्थेँ । कफीको अडरमा चाहिँ रोचकज्यू नै पर्नुहुन्थ्यो । यहाँ पनि कताकता अभावका पीडाहरू जोडिएकै हुन्थे ।

तपाईंको लेखनको आरम्भलाई च्याखेधर्ना (२०२४) व्यङ्ग्य निबन्धसङ्ग्रहले प्रतिनिधित्व गरेको छ । यस्ता निबन्धहरूका सङ्ग्रहहरूमा मिस्टर झप्पुसिंह डबल एम ए (२०३८), पुछारको पातो (२०४०) जस्ता व्यङ्ग्य कृतिले तपाईंको व्यङ्ग्य चेतनालाई प्रतिनिधित्व गरेका छन् । त्यसो त निजात्मक तथा वैचारिकतापूर्ण निबन्ध सृजनामा तपाईंको चिन्तन ‘निबन्धशैलीमा मानिस’, ‘सिटी बसमा गजेन्द्र मोक्ष’, ‘म नारी भए’जस्ता निबन्धले पनि तपाईंको सृजनात्मक क्षमताको साक्ष्य गरेका छन् । यस्ता असङ्कलित निबन्धहरूको सङ्ग्रह आएमा तपाईंको निबन्ध सृजनाले यस युगकै प्रतिनिधित्व गरेको सन्दर्भ पाठकसमक्ष प्रस्तुत हुने देखिन्छ । वास्तवमा तपाईंको सृजना चेत अत्यन्त सामयिक र तीव्र रहेको सन्दर्भ सर्वग्राह्य रहेको छ ।

समालोचनाका सन्दर्भमा पनि तपाईंको उपस्थिति निकै हस्तक्षेपकारी रूपमा देखिन्छ । यस्ता विशिष्ट प्रकारका कृतिहरू तपाईंले आफू युवा अवस्थामा प्रवेश हुनासाथ सार्वजनिक गर्न थाल्नुभएको सन्दर्भको साक्ष्य बनेर नेपालीका केही आधुनिक साहित्यकार (२०२६), नेपाली साहित्यको इतिहास (सह २०३४), कथाको विकास प्रक्रिया (२०३५), शैली विज्ञान (२०४८), शोधविधि (२०५२), समकालीन समालोचना सद्धिान्त र प्रयोग (२०५५) प्रकाशमा आएपछि नयाँ विचार र चिन्तनका तहहरूले तपाईंमार्फत सहज ग्राह्यस्थितिका सार्वजनिक बनेका छन् । लोकसाहित्य, पाश्चात्य तथा पूर्वीय काव्यशास्त्रका सहायक सामग्रीको सहउत्पादन पनि यहाँ सहज ढङ्गले प्रतिपादन भएका छन् । यस्ता सामग्रीका माध्यमबाट पनि तपाईं पाठक जगत्मा निकै लोकप्रिय बन्नुभयो ।

आख्यानका सन्दर्भमा पनि तपाईंलाई भुल्न मिल्दैन । कोर्रा (२०४०) कथा सङ्ग्रहका साथ देखापरेको तपाईंका कथा आख्यानमा महाशून्य (२०५०), वैखरी (२०५४) प्रकाशमा आएका छन् । यस कित्तामा रचित विशिष्ट रचनाहरूमा तपाईं स्वैरकल्पनात्मक संवेदनामा सृजना गर्न कुशल हुनुहुन्छ । यस्तै उपन्यासहरूमा सलिजो (२०६६) र पल्ली (२०७१) जस्ता कृतिका आधारमा तपाईंलाई विशिष्ट वैचारिक आख्यानकारका रूपमा पनि लिने गरिन्छ । आख्यान चेतनामा विकसित बन्दै आएको उत्तर सांस्कृतिक चेतना र चिन्तनका विषयलाई केन्द्रमा राखेर गरिएका यस प्रकारका सृजनाले तपाईंलाई नेपाली साहित्यको पछिल्लो चरणको सबल स्रष्टाको स्थान प्राप्त भएको छ ।

तपाईंलाई भाषा र व्याकरणका क्षेत्रमा पनि त्यत्तिकै सम्मान प्राप्त भएको छ । त्यस्ता विषयहरूमा प्रतिनिधित्व गर्ने कृतिहरूमा शब्दरचना र वर्णविन्यास (२०३१), शब्द रचना र वर्णविन्यास भाषावैज्ञानिक पद्धति (२०३६), भाषाविज्ञान र नेपाली भाषा (२०५०) जस्ता ग्रन्थका अतिरिक्त भाषाविज्ञानका सहायक ग्रन्थहरू पनि प्रकाशमा आएका छन् । बनारसबाट झर्रोवादी आन्दोलनको आरम्भ भएको समयमा भर्खंर कलेजतर्फ प्रवेश गर्दै गरेका विद्यार्थीको कलिलो मस्तिष्कमा काव्यिक भाषिक आन्दोलनको तहमा सहभागी बन्न पाएका सन्दर्भहरू तपाईंका ग्रन्थले साक्ष्य गरेका छन् ।

तपाईंको सृजनकार्य नाटकका क्षेत्रमा पनि त्यत्तिकै शक्तिशाली भएको महसुस हुन्छ । स्वैरकल्पनात्मक चिन्तन र मनोविज्ञानको विशिष्ट प्रयोग आदिका कारण नेपाली नाटक परम्पराको पछिल्लो चरणलाई तपाईंले प्रतिनिधित्व गरेको देखिन्छ । त्यस्ता नाटकहरूमा यातनामा छट्पटाएकाहरू (२०३९), जेमन्त-जेमा (२०४१), वैकुण्ठ एक्सप्रेस (२०४२), उताको बाघ (२०६२) जस्ता नाट्य कृतिका आधारमा तपाईं सृजनक्षमतामा निहित नाट्य चेतना निकै जीवन्त बनेको छ । यस्ता कृतिका आयतनमा तपाईंको चिन्तन र चेतना विशिष्ट संवेदनाको आधार बनेर पाठक जगत्मा प्रस्तुत भएका छन् ।

सम्पादनको कुशलता पनि तपाईंमा प्रारम्भिक जीवनदेखि नै विकसित भएको थियो । तपाईंबाट सम्पादित कृतिहरू तपाईंको बनारस बसाइकै समयमा सार्वजनिक भएका छन् । त्यस्ता कृतिहरूमा त्यतिखेर धेरै त देवकोटाबाट सृजित कृतिहरू परेका छन् । उदाहरणका निम्ति मायाविनी सर्सी (१०२४) नवसरस (२०२४), आकाश बोल्छ (२०२५) कटक (२०२६) पाँचओटा कृति देवकोटाबाट सृजित छन् । त्यस्तै समसामयिक साझा कथा (२०४१) नेपाली निबन्ध भाग २(२०४८), हास्यव्यङ्ग्य कविता सङ्ग्रह भाग २ (२०४८) यहाँका सम्पादित कृतिहरू हुन् । यस्ता कृतिका माध्यमबाट पाठकले शर्मालाई चिन्ने र आत्मीय ठान्ने अवसर प्राप्त गरेका छन् । यतिमात्र होइन, तपाईं अनुवाद क्षेत्रमा पनि त्यत्तिकै लोकप्रियता स्पष्ट छ । तपाईंले विभिन्न भाषाका सामग्रीलाई नेपालीमा अनुवाद गरेर भित्र्याउने काम पनि गर्नुभएको छ ।

त्यसो त अनूदित कृतिहरूमा बङ्गालादेशका समकालीन कथाहरू (२०४९) शीर्षकमा भएको अनुवादले तपाईलाई कथा अनुवादकको रूपमा चिनाएको छ । प्रेसरकुकर (पाकिस्तानी उपन्यास २०५१) को अनुवादबाट पनि परिचत बन्नुभएको छ । त्यसरी नै रेडियो शैलीपुस्तक (२०५५), नेपाली कोरियाली शब्दकोश (२०५६) आदि कृतिका आधारमा तपाईंका अनुवाद कला र शब्दकोश निर्माण तथा सम्पादनको कला पनि पाठकजगत्प्रिय बन्न पुगेको छ । यस्तो किसिमको तपाईंको सृजनाचेत, प्रतिभा र साधनाले गहनतम योगदान दिने काम गरेको छ । यति मात्र होइन, नाटकको पर्दामञ्चसम्म पनि तपाईंको चेतना विस्तार भएको सन्दर्भ यहाँ उल्लेख गर्नै पर्ने विषय बनेको छ । यस्ता अनेक विषयमा भएका क्रियाकलापले एकातर्फ तपाईंको योगदानलाई प्राञ्जल पनि बनाएको छ भने कतिपयलाई तपाईंको यथार्थवादी सोच र तत्तत् सन्दर्भका अभिव्यक्तिले टाउको पनि दुखाइदिएको छ ।

कीर्तिपुरको माघे जाडोको नाङ्गो चौरीमा बसेर बदाम खाँदै साहित्यका सामयिक प्रवृत्तिको बहस भएको त यादै होला नि-तपाईंलाई । कक्षाबाट अवकाश भएको समय पाउनासाथ विषय सन्दर्भअनुसार हाम्रो बहस चल्थ्यो-साहित्यमा नै । ध्रुवचन्द्र गौतम र ध्रुव सापकोटाको उपस्थिति, तपाईं र मेरो उपस्थितिमा रापिलो र पारिलो घाम ताप्दै एक माना बदामको समापनसँगै हामीमध्ये कसै एक जनाको रचनाको बहस र परिमार्जन समाप्त हुन्थ्यो । यस क्रममा मेरो निबन्ध र समालोचनामाथि छलफल हुन्थ्यो । तपाईका नाटक र समीक्षामाथि छलफल हुन्थ्यो । ध्रुव सापकोटाको कथामाथि र ध्रुवचन्द्र गौतमका नाटक र कथामाथिको छलफल हुन्थ्यो । यसै बहसबाट परिचयका भएर प्रकाशनको टेबिलमा पुग्दथे । गौतमको ‘द्वन्द्व’ र ‘आगलागी’ यसै छलफलबाट पास भएर प्रकाशित नाटक र कथा हुन् । तपाईंको ‘सिटीबसमा गजेन्द्रमोक्ष’ र ‘जेमन्त’ निबन्ध र नाटक यस छलफलबाट पारित भएर प्रकाशनमा आएका निबन्ध र नाटक हुन् । मेरा ‘अब मेरो क्यासेट खुल्छ’ निबन्ध र ‘सडक’ कविता पनि यसै बहसबाट पारित भएर प्रकाशनमा आएका हुन् । सापकोटाका कुन कुन रचनामा छलफल भयो, त्यो चाहिँ अहिले ठ्याक्कै यही हो भन्ने स्थिति रहेन ।

हामी तारानाथ शर्माको उपस्थितिमा पनि बहस गर्दथ्यौँ । हामी साझाको कार्यालयमा कृष्णचन्द्रसिह प्रधानसँगको बहसमा पनि पुग्थ्यौँ । तपाईंलाई थहा छ कि भुल्नुभयो मधुपर्कका सम्पादक केशवराज पिँडाली र नारायणबहादुर सिंहको कार्यकक्षमा पुगेर पनि बहसमै जुटेका हुन्थ्यौँ । एक दिन नारायणबहादुर सिंहले आफ्नो दराजबाट झिकेर एउटा हस्तलिखित समीक्षात्मक रचना देखाउनुभयो र भन्नुभयो-‘यी यस्ता पनि हुन्छन् समीक्षकहरू, हेर्नुहोस् त’ भनेर त्यस लेखको विशेष ठाउँमा औँलाले देखाउनुभयो । लेखकको नाम पनि परिचित थियो र लेख मधुपर्कमै छापिनुपर्छ भन्ने कारण पनि खुलेको र महालेखाले प्रयोग गर्ने हरियो मसीको सिफारिस थियो । ती सिफारिकर्ता त्यतिखेरका नामुद अञ्चलाधीश थिए । ती पनि पूर्वतिरकै अञ्चलका हाकिम थिए । आज तपाईंसँग भन्दै छु-ती सिफारिसकर्ता जीवित छन् तर सम्पादक र समीक्षक दुवैलाई बाइबाइ गरिसक्यौँ हामीले । अँ त यतिखेर म तपाईंसँग यी गन्थन गरिहेको छु ।

तपाईं र मेरो उपस्थिति लूनकरण गङ्गादेवी चौधरी कलामन्दिरको संस्थापन कालमा पनि संलग्नता थियो । त्यहाँ अध्यक्ष्यता वसन्तकुमार चौधरीबाट हुन्थ्यो र हामी सदस्यहरूमा हरिहर शर्मा, किरण मानन्धर, राजेन्द्र सुवेदी, मोहनराज शर्मा र सदस्य सचिवमा त्यहाँ अच्युतरमण अधिकारी हुनुहु्न्थ्यो । आज वसन्तकुमार चौधरी विश्वकाव्ययात्राको अभियानमा जुट्नुभएको छ । यात्राबाट फुर्सद पाउनुभयो भने यो पनि पढिहाल्नु होला ! खैर नपढे पनि पढ्नेले पढ्लान् । यी त भए त्यतिखेरका गन्थन । यसपल्टको माघे झरीको चिसो आर्यघाट, त्यसमाथि पनि तपाईं ब्रह्मनालमाथिको चितामा चिरनिद्रामा मग्न बनिसक्नुभएको छ । गन्थन कति गर्ने ? मौका मिल्यो र तपाईंसँग भेट पनि भयो भने फेरि कुरा गरौँला !

अहिले हामी सबैका आँखा चिसा छन् । खुलेर बोल्ने कसैको मन छैन । तपाईंसँगको सहकार्यमा जुट्ने र फुट्ने पनि यहाँनिर अनुहार मलिन पारेर चुरीफुरी देखाइरहेका छन् । म भने तपाईंसँगको मौन संवादबाट विच्छिन्न बन्छु । चितामा सुतेका तपाईंका मुखमा अग्नि परिसकेको रहेछ । धुवाँको लप्का निकै माथिमाथि उडिसकेको चुहेछ । पारिपट्टिको सिँढीमा नाच्दै गरेका बाँदरहरूको आवाजबाट म निकै झस्किन्छु । धुवाँका लप्कामा देखिएको तपाईंको अनुहार बिस्तारै बिस्तारै धमिलो बन्दै गयो र बिलायो । मैले अनायासै भने गुडबाई मोहनराज शर्मालाई ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 173
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.