SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कुलपतिसँग हार्वड विश्वविद्यालय
निबन्ध

कुलपतिसँग हार्वड विश्वविद्यालय

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments16 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
सुरेन उप्रेतीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी विदेशमा रहेर नेपाली भषा साहित्यको सेवामा समर्पित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘कुलपतिसँग हार्वड विश्वविद्यालयमा’ शीर्षकको संस्मरणात्मक निबन्ध समेटिएको छ । यस निबन्धले एन आर एन एले गरेका पहिलो अन्तराष्ट्रिय नेपाली भषा–साहित्य सम्मेलनमा भाग लिन पुगेका नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसँगको भ्रमणको संस्मरणलाई समेटेको छ ।-सम्पा.

क्यानडामा अगस्ट महिना तापक्रमको दृष्टिले निक्कै सुन्दर महिना हो । नेपालमा शरद ऋतुको झल्को दिने गरी आउँछ क्यानडामा अगस्ट महिना । कवि शिरोमणि लेखनाथ पौड्यालले भनेझैँ :

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।

प्रकृतिको यौवनामय बैँस फक्रिएको झैँ सुन्दर मौसम थियो त्यो मौसम । गर्मी सकिइसकेको र जाडो पलाई नसकेको । पानी झरी केही छैन । बादलरहित निलो आकाश त्यसै उडौँ उडाँै लाग्दो मौसम । २०१९ अगष्ट महिनाको अन्तिम दिन थियो ।

टोरन्टोको ब्राम्टन शहर बस्ने मित्र सूर्य भट्टराई र गीता भट्टराई अटवा आइ पुग्नुभयो । भोलि पल्ट सेप्टेम्वर एकदेखि अमेरिकाको तीन दिने यात्रा तय भएको थियो । खानपिन गरेर पाहुनाहरूलाई सुत्ने प्रबन्ध गर्यौ । मेरी दिदी अनेसास क्यानडाकी उपाध्यक्ष तारा उप्रेतीसहित हामी चार जनाको यात्रालाई बिहान सबेरै बढाउने सल्लाह भयो । सेप्टेम्वर एकदेखि गैह्रआवासीय नेपाली संघ भाषा साहित्य उपसमितिको प्रथम विश्व सम्मेलन अमेरिकाको बोस्टन सहरमा हुँदै थियो । कतिपय यस्ता सम्मेलनमा भाग लिन पाउनु सौभाग्यको कुरा हुन्छ । एक युगमामा एक पटक मात्र यस्ता अवशरहरू प्राप्त हुन्छन् ।

हुन लागेको सम्मेलन एनआरएनको प्रथम भाषा–साहित्य सम्मेलन थियो । यस ऐतिहिसिक कार्यक्रममा नेपालबाट प्रज्ञाप्रतिष्ठानका कुलपति र काव्यविभाग प्रमुख डाक्टर हेमनाथ पौडेल प्रमुख अतिथि र अतिथिमा आमन्त्रित हुनुभएको थियो । उपसमितिका संयोजक रसाबाट गोविन्दप्रसाद गौतम र अफ्रिकाबाट एनआरएन केन्द्रका कोषाध्यक्ष तथा सल्लाहकार हिक्मत थापाको आतिथ्य पक्का भएको थियो । वहाँहरूसँग पटकौँ कुरा भएको भए पनि प्रत्यक्ष भेटघाट भएको थिएन । मनमा निकै कौतूहल भएर होला मेरा सपनामा पनि भाषा साहित्यको सम्मेलन हुँदै रहेछ । धेरै जना साहित्यकारहरूसँग साक्षातकार हुँदै थियो । बिहानको तीन बजेको अलार्म बज्यो र मेरो सपनाको सम्मेलन टुङ्गियो । म बिउँझिएँ । अरू तीनै जना सहयात्रीको हिँड्ने तयारी हुँदै रहेछ । नित्य कर्मलाई हतार हतार टुङ्ग्याएर निस्किएँ ।

बिहानै चियाखाजा खाएर हामी बाटो लाग्यौँ । बिहानको चार मात्रै बजेको भए पनि पूर्वमा लाली पोतिइसकेको थियो । सायद सूर्यले धर्तीलाई चिहाएर हेरेको होला । चारैतिर उज्यालोको राज चलिसकेको थियो ।

बिशाल फाँटहरूमा कतै गाईहरू चर्दै गरेका देखिन्थे त कतै घोडाहरू दुबोमा रमाउँदै हुन्थे । हिँउदमा जनवारहरूलाई खुवाउन होला घाँसका रोल रोल बनाएर चौरमा राखेका थिए । क्यानडा र अमेरिकाको बोडर नजिकिंदै गर्दा ठूला ठूला घाँसे मैदान जङ्गल र कता कता फाट्टफुट्ट घरहरू देखिन्थे । शाखा रोडमा एउटा ग्याँस स्टेसन र फास्ट फुड भएको होर्डिङबोर्ड देखियो । त्यसलाई पछ्याँउदै जाँदा ग्याँस पनि लगाउने वाथरूम गएर फ्रेस हुने सल्लाह भयो ।

करिब पन्ध्र बिस मिनेटमा सबै किनमेल सकेर कफी पिउँदै गाडीमा फर्कियौँ । गाडीलाई हाइवेमा प्रवेश गराउना साथ बढेमानका बिसबाइस चक्के माल वाहक ट्रकहरू तँछाड मछाड गर्दै गुड्दै थिए । यस्ता ठुला ट्रकहरूसँग बढिनै सतर्कता अपनाउनु पर्छ । साना गाडी जस्तो भनेको ठाउँमा ब्रेक लाग्दैन र साँडेको जुधाइ बाच्छाको मिचाइ हुन बेर हुँदैन । जोगिँदै जोगिँदै हामी करिब साढे आठ बज्दा क्यानडा यू एस बोर्डरमा पुग्यौँ । हामी चारै जना क्यानेडियन पासपोर्टबाहक भएकोले धेरै सोधखोज भएन । कति दिन बस्ने कहाँ बस्ने किन जाने प्रश्नको उत्तर नै काफी भयो ।

हाम्रो बाटो देखाउने भेनेको गुगलम्याप थियो । म्याप हेरेर सूर्यजी र गीताजीले अब कति टाढा छ, कता जाने अपडेट गराइरहनु हुन्थ्यो । मैले पनि दुई जना सहयोगी भएकोले ढुक्कसँग गाडी चलाइरहेँ ।

मेरा आँखाहरू अगाडिको बाटोमा केन्द्रित भएर स्क्यान गर्दै जान्छन् । तर मेरो मन चाहिँ कहिले नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्गमा गुड्छ । त्यहाँको बाटोसँग तुलना गर्छु । यस्तो आधा बर्ष नै हिँउँ पर्ने ठाउँका बाटाहरू कति बलिया छन् । नेपालका महेन्द्र राजमार्ग र अन्य मार्गहरूले कहिलै हिउँ झेल्नु पर्दैन तर कति पटक चिराचिरा भएर फाट्छन् । खाल्टाखुल्टी टालटुल गर्‍यो फेरि उस्तै । नर्थ अमेरिकामाझैँ हिउँ पर्ने भए मातृभूमिको के हालत हुन्थ्यो होला ? त्यो सोच्दा पनि मेरो शरिर भरी काँडा उम्रन्छन् ।

हामी साना हुँदा अँध्यारो भएपछि पाहुना आउँथे । बुबाले घरको माथिल्लो तलामा लगेर राख्नु हुन्थ्यो । रातभरि मसिनो स्वरमा साउती गरेझैँ स्याउस्याउ गरेर कुरा गर्थे । यी देश बनाउन हिँडेका मान्छेहरू । यहाँको अन्याय गरिबी र भोकमरी हटाएर उन्नत देश बनाउन हिँडेकाहरू । ज्यान माया मारेर व्यवस्था बदल्न हिँडेका मान्छेहरू बुबाले भन्नुहुन्थ्यो । हामी कहिले उसिनेको स्कुस र सगरखण्डा मात्र खाएर सुतेका हुन्थ्यौँ । ती मान्छेहरूलाई हामीले चाडबाडमा खाने भात पकाएर दिन्थ्यौ । हामीलाई यस्तो दुःख गर्नु पर्दैन नि । तपाईंहरूले खाएकै दिए हुन्छ नि ती मान्छेहरू भन्ने गर्थे ।

हामी ती मान्छेहरूलाई देख्दा श्रद्धाले नतमस्तक हुन्थ्यौँ । देश बनाउँन हिडेका मान्छे भन्दा रौँ ठाडा हुन्थे । एक किसिमको गर्व लाग्दथ्यो । बुबाका बाहिर घुम्न जाँदा लगाउने एकजोडी जुत्ता थिए । ती मान्छेलाई आफूले लगाउँदै गरेका जुत्ता दिएर पठाउनुभयो । आमाले मजेत्रो दिएर पठाउनुभयो । अहिले तिनै मान्छेहरूले राज्य चलाएको तीन दशक भन्दा बढी भइसक्यो तर खै । सबै सम्झेर मन दुःखित भयो । खै किन हो आँखा रसाएछन् । टिस्यू टिपेर आँखा पुस्छेँ ।

पछाडिको सिटमा तारा दिदी निदाएको स्वाँ स्वाँ सुनिदै थियो । छेउको सिटमा सूर्यजी पनि निन्द्राको मज्जा लिँदै हुनुहुन्थ्यो । अलि लामो मौनता देखेर होला गीताजीले सूर्यजीलाई बोलाउनुभयो । सुरेन सरलाई यो चिप्स खान दिनु त सूर्य जी भन्दै आलुचिप्स अगाडी बढाउँनुभयो । सूर्यजी झसङ्ग हुनुभयो । मैले नै चिप्सको व्याग समातेर चिप्स झिकेँ । त्यो बाटो टोलरूट रहेछ । दुई डलर तिरेपछि मात्र अगाडि जाने गेट खुल्यो । हामी अगाडि बढ्यौँ । बिहानको साढे एघार बज्दा त हामी बोस्टन नै पुगिसकेका थियौँ ।

हाम्रो बस्ने होटल फेयरफिल्ड इन थियो । फेयरफिल्ड इनमा गएर हेर्दा त्यहाँ त कोही नेपालीहरूको बुक नै रहेन छ। रिसिप्सनमा कुरा गर्दा अर्को लोकेसनमा भएको कुरा पत्ता लाग्यो । मलाईचैँ अलि चाँडै पुगेर कार्यक्रमका बारेमा साथीहरूसँग बैठक बस्नुथियो । त्यस कार्यक्रमको सदस्यसचिवको जिम्मेवारी भएकोले पनि कसरी सफल बनाउँने भन्ने चिन्ता थियो ।

बोस्टनबाट कार्यक्रम संयोजक महेश्वर पन्त र अर्थ संयोजक ईश्वरी भट्टसँग बाटोमा छँदै पटक पटक कुरा भयो । होटलमा पुग्दा अफ्रिकाबाट केन्द्रका कोषाध्यक्ष तथा सल्लाहकार हिक्मत थापा आउनु भएको रहेछ । रसाबाट सपिला राजभण्डारी र गोविन्दप्रसाद गौतम, क्यालिफोर्नियाबाट मणि नेपाली पनेरू आइपुग्नु भएको रहेछ । केही क्षणमा प्रमुखअतिथि कुलपति ज्यूलाई लिएर बोस्टनका पशुपति बुद्ध फाउन्डेसनका अध्यक्ष बिष्णुमणि आचार्य र साथीहरू आइपुग्नु भयो । प्रज्ञा प्रतिष्ठानका काव्यविभाग प्रमुख डा. हेमनाथ पौडेल र हाम्रा भाषा–साहित्यका सल्लाहकार रेडियो नेपालका विम्वप्रितविम्व कार्यक्रमका प्रस्तोता तथा मुक्तककार रमेश पौडेललाई लिएर महेश्वर पन्त र साथीहरू आइपुग्नु भयो ।

गोविन्द गिरी प्रेरणा पहिलै आएर पुरानो जस्तो भइ सक्नु भएको रहेछ । फेयरफिल्ड इनको लवी त एक प्रकारले मिनी नेपाल जस्तै बन्यो । सबैको परिचय र परिचितसँग पुनर्ताजगी भयो । चिया कफी पश्चात सन्ध्याकालीन कार्यकमको तयारीका बारे मेरो मेश्वर पन्तजीसँग कुरा भयो । हामी सबै पाँच बजे भेट्ने सल्लाका साथ छुट्टियौँ ।

साँझमा पाहुना परिचय तथा काव्यगोष्ठीको आयोजना गरिएको थियो । सो कार्यक्रमका लागि २३५ एल्म स्ट्रिट देधाम अवस्थित नेपाली रेस्टुरेन्ट तय भएको थियो । नेपाली व्यवसायी राम धितालको हिमालयन बिस्ट्रो अतिथि सत्कारमा प्रतिक्षारत थियो । आकारका दृष्टिले रेस्टुरेन्ट सानो देखिन्थ्यो । तर नेपाली भाषा र साहित्यका रथीहरूलाई स्वागत र सम्मान गर्न प्रयाप्त ठाउँ थियो ।

राम धिताल त सागर जस्तै फराकिलो ह्रृदयका धनी रहेछन् । सानो ठाउँ भए पनि धेरै मानिसहरू अटाएका थियौँ । कुलपति र काव्यविभाग प्रमुखको आतित्थ्यमा तेत्तिस जना कविकवियत्रीहरूलको कविता वाचनले त्यो सन्ध्या काव्यमय बन्यो । परदेशमा रहेर घरदेशका चिन्ता र बिविध बिषयक कविता मुक्तक र गजलले नेपालकै साहित्यिक संस्था प्रज्ञाप्रतिषठानको कार्यक्रमको झझल्को दिलायो । मेरो मानस पटलमा २०४३ सालदेखि साहित्य संन्ध्यामा संलग्न पलहरू प्रतिविम्बित भए । यस साहित्यिक साँझमा प्रायशः सबै महादेशका प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रमको अन्त्यमा काव्यविभाग प्रमुख डाक्टर हेमनाथ पौडेलले बाचित कविताहरूमाथि समालोचना गर्नुभएको थियो ।

कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले एनआएनको भाषा साहित्य बिभागले यो कार्यक्रम गरेर एउटा नयाँ इतिहास रचेको छ भन्नुभयो । कार्यक्रमपश्चात नेपालकै स्वादले भरिएका परिकार सहितको रात्रि भोजको आयोजना गरिएको थियो । ईच्छानुसारका पेय पद्धार्थको समेत व्यवस्थापनले गर्दा साहित्यिक निकटता अझ प्रघाढ बनाएर सेम्मेलनको पहिलो दिन सकियो ।

धेरै खुसी भएपछि पनि निन्द्रा लाग्दैन रे भन्ने सुनेको थिएँ । त्यस्तै भयो मलाई पनि । बिहान चारबजेदेखि गाडी चलाएर आएको तर निन्द्रा लाग्ने सुरसार नै छैन । हिक्मत थापा, गोविन्द गौतम, महेश्वर पन्त र ईश्वरी भट्टसँग अर्को दिनको कार्यक्रमको सल्लाह गर्दै रातको बाह्र बज्यो । बिहान आठ बजे भेट गर्ने सल्लाह गरेर छुट्टियौँ । बिहान चाँडै उठेर चिया खाजाको लागि लविमा गयौँ ।

कुलपति गङ्गाप्रसाद उप्रेती र क्याव्यविभाग प्रमुख हेमनाथ पौडेल पनि आइसक्नुभएको रहेछ । वहाँहरूसँग मेरो भेट नभएको पनि दसकौ भै सकेको थियो । यसै क्षणलाई भलाकुसारीको भरपूर उपयोग गरियो । हरि अधिकारी र गोविन्द गिरी प्रेरणा, गोविन्दसिं रावत, रमेश पौडेल, सपिला राजभण्डारी मणि पनेरु, कृष्ण कुसुम, तारा उप्रेती, सूर्य भट्टराई, गीता पराजुलीसँगै बिहान खाजा खायाँै । यो भेटको अमूल्य पललाई आआफ्नो क्यमेरामा कैद गर्ने कार्य भयो । त्यसपछि हामी जिपियस लगाएर दोश्रो दिनको कार्यक्रम हुने स्थलतर्फ अगाडि बढ्यौँ ।

दोश्रो दिनको कार्यक्रम स्थल विशेष महत्वको ठाउँ थियो । यो ठाउँ नेपाल र नेपालीहरूलाई पहिचान गराउँने पवित्र स्थान थियो । म्यासाच्यूसेटसको बोस्टन सहर र त्यसको आसपासमा बस्ने नेपालीहरू मिलेर एउटा चर्च किन्नु भएको रहेछ । त्यो चर्चमा पशुपतिनाथको र बुद्धको प्रतिमा राखी पूजाआजा र ध्यान गर्दै मन्दिरको रूपमा विकाश गर्ने लक्ष रहेछ ।

नेपालमा धमाधम चर्चहरू स्थापना हुँदै गरेको अवस्था छ । यस्तो अवस्थामा चर्चलाई किनेर नेपालीहरूका आस्थाका धरोहर पशुपति र बौद्ध गुम्बाको स्थापना गर्नु भनेको निक्कै चुनौतिपूर्ण र सम्मानित कार्य थियो । यो अभियानका अभियन्ताहरूप्रति श्रद्धाले मेरो शीर झुक्यो । ती महान् मान्छेहरूलाई मैले नमन गरेँ । यो विशाल हलमा नै सम्मेलन गर्न लागिएको रहेछ । यो हल किनेपछि यो प्रथम भाषा–साहित्य सम्मेलन नै प्रथम कार्यक्रम रहेछ । यो कार्यले नेपालीहरूको एकताको नमुना प्रस्तुत गरेको थियो । यो एक ऐतिहासिक र उदाहरणीय कार्य भएको थियो ।

कार्यक्रम सोचेभन्दा पनि भव्यरूपमा सम्पन्न भयो । पञ्चकन्याहरूले अतिथिहरलाई पुष्पगुच्छा दिए । सबै अतिथि र सहभागीहरूलाई व्याच र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रम सफल बनाउनमा स्थानीय सङ्घसंस्था र व्यक्तिहरूको पूर्ण सहयोग र सहभागिता देखिन्थ्यो । प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले पानसमा बत्तीबालेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । पञ्चायत कालमा राजाको सवारीमा भएका तामझामकै शैलीको मञ्च सुसज्जित थियो ।

यो प्रवासको प्रयासमा बनेको एउटा भव्य र सभ्य साहित्यिक कार्यक्रम थियो । कार्यक्रममा एनआरएनए केन्द्रको भाषा साहित्य उससमिति र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त प्रकाशन अन्तरदेशीय नेपाली कथासङ्ग्रहको बिमोचन हुने कार्यक्रम थियो । यस कथासङ्ग्रहमा तेह्र देशका पचपन्न जना कथाकारहरूका कथाहरूलाई समावेश गरेको छ । यो पुस्तकको सम्पादनमा प्रतिष्ठाका प्राज्ञ डा. हेमनाथ पौडेलले निकै मिहिनेत गर्नुभएको थियो । त्यस्तै नेपाली मुक्तकमा नारीहस्ताक्षर एनआरएनए भाषा साहित्यका सल्लाहकार रमेश पौडेलको सङ्कलन र सम्पादनमा दुई सय त्रियानब्बे जना नारीहरू समेटिएको मुक्तक सङ्ग्रह नारी हस्ताक्षर र उत्तर अमेरिकाका नेपाली कथाकारहरूका अङ्गेजीमा अनुवादित कथाहरूको सङ्ग्रह द डिस्टेन्ट रे सहित तीन पुस्तकहरूको विमोचन भयो ।

सन्सारभरका नेपाली साहित्यकारहरूको यो कुम्भ मेलामा नेपाली भाषा र साहित्यको अवस्थाबारे प्रतिवेदनहरू प्रस्तुत भए । जापान ताइवान म्यान्मा इजरायल कोरिया हङकङ अष्ट्रेलिया मध्यपूर्व एसिया अफ्रिका यूरोप नर्थ अमेरिकामा नेपाली साहित्यको अवस्थाबारे एक ठाउँमा बसेर कार्यपत्र सुन्ने सुनाउनै कार्य भयो । यसै गरी एकै ठाउँमा सबै जानकारी पाउनु भनेको स्वर्णिम अवसर थियो । यस साहित्यक सम्मेलनमा प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुखले नेपाली भाषा र साहित्यको विकासमा यो समितिले गरेको कामको प्रशंसा गर्नुभयो । भाषा र साहित्यको विकासबारेमा प्रज्ञाले गरेका कामहरूको जानकारी दिनुभयो ।

अनेसासका पूर्वअध्यक्षहरूले कार्यक्रमको प्रशंसा र सफलताको कामना गर्नुभयो । गैह्रआवासीय नेपाली सङ्घकी महिला विभाग प्रमुख सपिला राजभण्डारी र कोषाध्यक्ष हिक्मत थापाले विभिन्न प्रश्नहरूको उत्तर दिनुभयो । प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले कार्यक्रमलाई सम्वोधन सुरु गर्नुभएको थियो । म आफै कल्पनामा हराएँछु ।

गणतन्त्र आउने बेलासम्म राजा नै प्रज्ञा –प्रतिष्ठानको कुलपति हुने प्रचलन थियो । यदि गणतन्त्र नआएको भए यसरी कुलपतिलाई हाम्रा सामु पाउने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो । आज नेपाली भाषा साहित्य र संस्कृतिको सम्बृद्धिका लागि सन्सारभरि अभियानहरू चलेका छन् । ती अभियानहरूलाई प्रज्ञाले उर्जा थप्ने काम गरिरह्को छ । बोस्टनमा नेपाली सङ्गीत पाठशाला खोलेर नेपाली मादल सारङ्गी हार्मोनियम जस्ता टिपिकल नेपाली बाजा सिकाउने कार्यहरू भएका रहेछन् । कुलपतिको मन्तव्यले सबै साहित्यकर्मीहरूमा उर्जा थपिएको महसुस गरेँ ।

उक्त साँझमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । श्याम नेपाली, रञ्जन बुढाथोकी, मीन केसी, महेश्वर पन्त, सागर खतिवडा, हरिमाया खतिवडा, राज कपुर, सुशील गौतम, राम थापा, अनुभव थपलिया, शान्ता थापालगायतका कलाकारले साङ्गीतिक कोसेली प्रस्तुत गर्नुभएको थियो । बालवालिकाहरूले बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । दोहोरी गीतले नेपालकै रोदी र मेलापातको सम्झना दिलाउँथ्यो भने आकर्षक नृत्यहरूले नेपाली चलचित्र हेर्दै गरेको अनुभूति गराउँथ्यो ।

मञ्चको पृष्ठभूमिमा रहेको पशुपतिनाथको मन्दिर र गौतम बुद्धकोमूर्ति देख्दा मलाई नेपालकै कुनै ठाउँमा छु भन्ने लागिरहेको थियो । यो अमेरिकाको भूमिमा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपतिज्यू काव्यविभाग प्रमुखज्यू अनि नेपाली साहित्यका सारथीहरू म्यूजिकका तालमा नाचेको देख्दा मनै फुरुङ्ग भएको थियो । नाच्न नजाने पनि सबैसँग समाहित भएर उफ्रिन तम्सिएको थियो मन ।

करिब एघार बजे कार्यक्रम सकिए पनि सहभागिहरू वासस्थान फर्कन रुचाएका देखिँदैन थिए । बर्ष दिनको चाड तीजमा भेलाभएका चेलीबेटीहरू गफमा मग्न भएझैँ सबै भलाकुसारीमा व्यस्त थिए । बिमल नेपालको क्यामेराको लेन्स समूह–समूहतर्फ ताक्दै सहभागीहरूका सुखद् पललाई बन्दी बनाउँदै थियो ।

रातको करिब एक बजे हुँदा वासस्थान पुगियो । हिक्मत थापा र गोविन्द गौतमको कोठामा फेरि भेट जम्यो । गोविन्द गिरी प्रेरणा ईश्वरी भट्ट कृष्ण कुसुम र महेश्वर पन्तसँगको बसाइमा उही आगामी दिनमा कसरी साहित्य लेखन र कार्यक्रमका योजना बुनिए । अनुभूति र जिज्ञासाहरू साटिए । बिहानको करिब तीन बजे सबै विच्छेद भएर आआफ्ना शैय्यामा लीन भयौँ । अर्को दिन बिँउझिँदा घाम जन्मिएर तन्नेरी भइसकेको रहेछ । ढिला गए ब्रेक फास्ट बन्द हुने भयले झक्झक्यायो । खाजा खाने ठाउँ फेरि नेपालमय भयो । कोही खाइसकेर बस्तै र कोही खाने लाइनमा हुनुहुन्थ्यो । हिकमतजी सपिला राजभण्डारी र गोबिन्द गौतम हामीसँग बिदा भएर जाने तरखरमा हुनुहुन्थ्यो ।

ह्रि अधिकारी दाइ र कृष्ण कुसुम पनि बिदा भएर न्यूयोर्कतर्फ फर्कने तयारीमा देखिनुहुन्थ्यो । यो अविष्मरणिय मिलनको पललाई आफ्नो क्यामेरामा कैद गर्ने सहमती भयो । केही क्षक्षलाई एक प्रकारले फोटो सेसन नै चल्यो । त्यसै बेला बिष्णुमणि आचार्य र महेश्वर पन्तजी दुईटा भ्यान लिएर आइपुग्नु भयो । हामी सबै जना बोष्टनले संसारलाई नै शैक्षिक नेतृत्व प्रदान गरेको कुरा हेर्न र जान्न आतुर थियौँ । यहाँको भौगोलिक सुन्दरता र ऐतिहासिक महत्त्वले हामीलाई चुम्वकले झँै तानीरहेको थियो ।

वोस्टन सहर आन्द्र महासागरको पासमा रहेको अमेरिकाकै प्राचीन ऐतिहासिक सहर हो । यो सहर ट्राइ माउन्टेनका नामले न्वारान भएको थियो रे । पछि बोस्टनको नाममा रूपान्तरित भएको रहेछ । ईङल्यान्डको बोस्टन भन्ने ठाउँका मानिसले यो सहरको पत्ता लगाएको हुनाले बोस्टन नाम रहेको हो भनिन्छ । अङ्ग्रेजको उपनिवेशको रूपमा स्थापना भएको हुनाले अमेरिकाको इङल्यान्ड भनेर पनि चिनिन्थ्यो । बोस्टन अमेरिकाको एक्काइसौँ ठुलो सहरका रूपमा परिचित छ । अमेरिकाको प्रथम नगरपालिकाका रूपमा पनि बोस्टनकै नाम आउँछ । उच्च शिक्षाका लागि ढोका खोल्ने प्रथम अमेरिकी शहर नै बोस्टन हो । ईस १६३६ मा न्यू कलेज स्थापना भएको थियो । उक्त कलेज नै हार्वड यूनिभर्सिटी भनेर हाल चिनिन्छ । जोन हार्वड नामका व्यक्तिले चार सय पुस्तकहरूसहितको पुस्तकालय र ठूलो आर्थिक सहयोग गरेका थिए । यसको १६३९मा हार्वड कलेज नामाकरण गरियो । सन १७८०मा गएर यसलाई नै हार्वड यूनिभरसिटी नामाकरण गरियो । आज यो नाम विश्वमा परिचित छ ।

हार्वड यूनिभर्सिटी नेपालको त्रिभुवन विश्वविधालयभन्दा तीन सय तेइस वर्षले जेठो छ । यहीँ पढेर अल्क्जेन्डर ग्रामबेलले १८७६ मा टेलिफोनको आविष्कार गरे । हामी यस्तो ऐतिहासिक ठाउँमा पुगेका थियौं । यस्तो पवित्र ठाउँमा पुर्‍याउने महेश्वर पन्त र बिष्णुमणि आचार्य हुनुहुन्थ्यो । साथमा क्यालिफोर्नियाबाट आउनु भएका मणि पनेरू र सर्वज्ञ वाग्ले हुनुहुन्थ्यो । टोरन्टोबाट सुर्य भट्टराई र गीता भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । अटवा क्यानडाबाट सुरेन उप्रेती र तारा उप्रेती रेडियो नेपालको विम्बप्रतिबिम्वका प्रस्तोता साहित्यकार रमेश पौडेल अमेरिकाबाट नै साहित्यकर्मी गोविन्द गिरी प्रेरणा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्यविभाग प्रमुख डा. हेमनाथ पौडैल र कुलपति डा गङ्गाप्रसाद उप्रेती ।

हामी यो शिक्षा क्षेत्रमा लाग्नेहरूका लागि जेरुसलम मक्का र पशुपतिनाथमा पुगेझैँ भएको थियो । हामी भक्तजनझैँ नतमस्तक भएका थियौँ । हरेक भवनका अगाडि लेखिएका शिलापत्र र ताम्रपत्रहरू उत्सुकता पूर्वक पढ्दै थियौँ । ती धातु र शिलापत्रलाई अझ क्यामेरामा कैद गर्दै थियौँ । एउटा भवनको अगाडि मानिसहरूको भीड लागेको थियो । हामीलाई पनि त्यो भीडले चुम्वकले फलामका टुक्रालाई तानेझैँ तान्यो । हामी जिज्ञासापूर्वक तानियौँ । त्यहाँ एक जना मानिस बसिरहेको धातुको पूर्णकदको मूर्ति थियो । मानिसहरू त्यस मूर्तिको बाँया खुट्टामा हात राख्दै फोटो खिच्दै थिए । हूलमा उमेरले चार बिसको नजिक पुगे जस्ती स्थानीय महिला पनि थिइन । मैले यो भिड लाग्नुको कारण के रहेछ भनेर जिज्ञासा पोखेँ । ती महिलाले जवाफ दिइन् यो जोन हार्वडको मूर्ति हो । उनको बायाँ खुट्टालाई छोयो र आशिर्वाद माग्यो भने पुग्छ रे । मैले पनि खुट्टा छोएर छोराछोरीलाई यस यूनिभर्सिटीमा पढनलाई आशिर्वाद मागेकी थिएँ । दुबैले पढ्न पाए । ती महिलाले गर्वका साथ उनको विश्वास सुनाइन् । हामीमध्येका पनि एक दुई जनाले जोनको खुट्टामा हात राखेर फोटो खिचाउनु भयो । तर कुलपति मलगायत अरूले मूर्ति सँग फोटो मात्र खिचायौँ ।

शिक्षाको उच्चतम् चेतना र विकास भएको ऐतिहासिक ठाउँमा पनि अन्धविश्वासले छोपेको देख्दा अचम्म लाग्यो । हार्वड यूनिभर्सिटीभन्दा तीन सय तेइस बर्षपछि स्थापना भएको त्रिभुवन युनिभर्सिटी हो । यहाँ पढ्ने बिधार्थीहरूले पशुपतिनाथ मनकामना र दक्षिणकाली जस्ता देवस्थलमा गएर उतिर्णका लागि भाक्कल गर्नु सामान्य लाग्यो ।

हार्वड यूनिभर्सिटीका सयौ बर्ष पुराना रातो ईँटले बनेका भवनहरू अहिले पनि सेवाप्रद रहेको देख्दा त्यस बेलाको निर्माण प्रविधि तारिफयोग्य लाग्यो । बिज्ञान भवनमा ऐतिहाँसिक टेलिफोनको आविष्कारमा भएका क्रमहरू सङ्ग्रहित छन् । यहाँ बनेका नयाँ भवनहरू सुविधा सम्पन्न भए पनि पौराणिक संस्कृतिलाई बचाएर राखेका छन् । हार्वडमा शिक्षा, स्वास्थ, कला, प्रविधि, कानून आदि बिषयको पढाइ हुँदो रहेछ । यूनिभर्सिटीको नजिकै रहेको हार्वड स्क्वाएरमा हार्वडको पहिचान गराउँने अनेक उपहारहरू किन्न पाइन्छ । हामीले पनि त्यो अवसरलाई खेर जान दिएनौ । ।

त्यस्तै बोस्टनको अर्को चर्चित विद्यालय म्यासाच्यूसट ईन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) हो । कम्प्युटर र नयाँ प्रविधि सिक्न चाहने बिधार्थीहरूका लागि यो पनि सपनाको विद्यालयमा पर्दो रहेछ । यहाँ टेक्नोलोजीलाई मात्र पढाइमा सीमित गरिएको रहेनछ । यहाँ त आर्किटेक्ट कला, समाजशास्त्र, अर्थशास्त्र जस्ता विविद बिषयको पनि पढाई हुने कुरा थाहा पाउँदा मेरो प्राविधिक शिक्षामात्र हो भन्ने भ्रम दूर भयो ।

हाम्रो भ्रमण टोली हार्वर पोर्टतर्फ बढ्यो जहाँ १६३० मा पहिलो पटक यूरोपियनहरू जहाजबाट बोस्टन आएका रहेछन् । यहाँका गगनचुम्वी महलहरू महँगा पाँचतारे होटलहरूदेखि प्राचीन प्रशासनिक भवनहरू आआफ्नो पहिचानसहित सानसँग रहेका छन् । यहाँको पोर्टमा समुन्द्रमा हेलिन तयार जहाजहरू र फर्किएर आएका जहाजहरू बिसाएका थिए । हामीले ती जहाजहरूसँग फोटो खिच्यौँ ।

मित्र रमेश पौडेल फोटोको पारखिनै नै हुनुहुँदो रहेछ । कलेज पड्दा करिब तीनदशक अगाडिको मित्रता फेरि पुनर्ताजगी बनेर आयो । सर्वज्ञ वाग्ले र मेरो तस्बिरलाई रमेशजीले कैद गरिदिनुभयो । गोविन्द गिरी प्रेरणाजी सेल्फी हान्न माहिर हुनुहुँदो रहेछ । सायद धेरै यात्राहरू एक्लै गर्दा आर्जन गरेको कला होला । प्रेरणाजीको सेल्फीले हामीलाई पनि थुप्रै पटक क्यमेरामा कैदी बनायो । हार्वडको दृश्यलाई मन मस्तिष्क र क्यामेरामा कैद गरेर हाम्रो भ्रमण टोली क्यासल आइलेन्डतर्फ बढ्यो ।

क्यासल आइलेण्डबाट ल्यान्डिङ गर्नलागेका जेटहरूसँग फोटो खिच्नेहरू व्यस्त देखिन्थे । रमेशजी र प्रेरणाजीसँगै हामीले पनि अवसरको उपयोग गर्यौं । केही क्षणमै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती र प्राज्ञ डाक्टर हेमनाथ पौडेल चढ्नु भएको गाडी विष्णुमणि आचार्यले शकुशल अवतरण गराउँनु भयो ।

दुवै गाडीमा सवार यात्रुहरूले सँगै क्यासल र त्यसको वरिपरि रहेको सुन्दर चौरी पर्खालबाट देखिने सामुन्द्रिक दृश्यलाई मन मन्दिरमा सजायौँ । क्यामेरामा बन्दी बनायौँ । हामी आफ्नो जन्मभूमिमा समुन्द्र देख्न नपाएका नेपालीहरूलाई समुन्द्रले मन्त्रमुग्ध नै बनाएको थियो । यहाँको दृश्वावलोकनपछि बिमल नेपालको स्टुडियोमा गएर फोटो लिने काम भयो । बिमलजीको फोटोलाई भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले अनाधिकृत रूपमा प्रयोग गरेको थियो । त्यस घटनाले विमलजीलाई अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छाउनु भएको थियो ।

आखिर तीनचार दिनको छोटो अवधिमा जीवनभर भुल्न नसकिने मिठा अनुभव र स्मरण लिएर हामी क्यानडा फर्कियौँ ।

-अटवा, क्यानडा

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 177
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.