SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » अप्रत्याशित अमेरिका बोस्टनमा पञ्चकन्या
निबन्ध

अप्रत्याशित अमेरिका बोस्टनमा पञ्चकन्या

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
रमेश पौडेल नेपाली साहित्य, कलाकारिता र सञ्चार क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । रोडियो नेपालसम्बद्ध सञ्चारकर्मी पौडेल कविता, गीत, जगल, मुक्तक, निबन्ध जस्ता बहुविधामा कलम चलाउने प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा पौडेलको ‘अप्रत्यासित अमेरिका : बोस्टनमा पञ्चकन्या’ शीर्षकको संस्मरणात्मक निबन्ध समेटिएको छ । यहाँ एनआरएनए भाषासाहित्य उपसमितिद्वारा आयोजित अन्तराष्ट्रिय भाषासाहित्य सम्मेलन १०१९ मा सल्लाहकारका हैसियतले सहभागी हुँदाको संस्मरणलाई समेटिएको छ ।

–सम्पा.

जिन्दगीमा सोचेका कुराभन्दा बढी नसोचेकै हुँदा रै’छन्। डेढ दशक अघि साहित्यिक अनुष्ठानका लागि अमेरिकाबाट साथीले बोलाउँदा निम्ता समाएर भिषा एप्लाई नगरी बस्ने फेरि कुनै दिन अमेरिका जाउँला भन्ने लागेको थिएन। तर, भयो त्यस्तै।

कर्मस्थलो– प्रदेश नम्बर १, रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय धनकुटा। केन्द्रको काँचको पर्दाभित्र अढाई दशक बिताएको धनकुटा पुगेपछि थाहा भो। धनकुटाको समस्या भन्नु एकाबिहानै धुरीमा घाम आउँछ, धारामा पानी आउँदैन। बिजुलीको तार त छ, १ घण्टामा ५९ पटक बत्ती जान्छ। कुलमान सरलाई फोन गरूँ गरूँ लाग्थ्यो। हरेक महिना प्रमुख जिल्ला अधिकारीले बोलाउने कार्यालय प्रमुखको नियमित बैठकमा यही कुरो सुनाउँदा “रियल जोक” भनेर हाकिमहरू हाँस्थे। नेटको भेट दुर्लभ भएपछि दुनिया सम्पर्क सञ्जालबाट टाढा हुनु नौलो कुरो भएन।

साउनको याम, झमझम पानी परिरहेको थियो। बत्तीसितै नेट आएको कुरा फेसबुक म्यासेञ्जरमा नाइजेरियाबाट कवि हिक्मत थापाजीको घण्टी बजेपछि थाहा भो। नौलो आश्चर्य ! अर्धनिद्रमा कुरा हुँदैथियो। हिक्मतजीको प्रश्न थियो– धनकुटा पुग्या रहरले कि, अरू कारणले ? रहरले किन हुन्थ्यो– छोटो जवाफ दिएँ। हिक्मतजीको प्रश्न थियो– नेपाली मुक्तकमा नारी हस्ताक्षरको सम्पादन काम सकियो ? सकियो।

त्यसो भए त्यो किताब पनि बोस्टनमै विमोचन गर्ने हो। भिसा प्रोसेसका लागि गैरआवासीय नेपाली सङ्घ– भाषा,साहित्य उपसमितिका साथीहरूसित सम्पर्क गरी पासपोर्ट डकुमेन्ट पठाउनू।

आफू भने जापानबाट फर्केपछि हराएको पासपोर्टको सुर्तामा थिएँ। सरिताको पनि नीद हराम भएको थियो। धनकुटामा छु–हातमा पासपोर्ट छैन। कवि श्यामलको कविता “हतारमा यात्र” जस्तै भएको थिएँ। पासपोर्ट बनाउन पनि काठमाडौँ धाउनु पर्ने आदि, इत्यादि।

विदेशमा छरिएर रहेका नेपालीहरूलाई एकत्रित गर्न खोलिएको गैरआवासीय नेपाली सङ्घले भाषा र साहित्यका क्षेत्रमा पनि केही गर्ने ध्येयले भाषा–साहित्य उपसमिति गठन गरेको थियो। सो समितिमा सल्लाहकारको रूपमा मनोनयन गरिएपछि आफूले जानेको र सकेको अनुभवहरू सेयर गरेकै थिएँ। नेपाली मुक्तकमा नारी हस्ताक्षरको सम्पादन आफ्नै किसिमले गरिरहेको थिएँ। आफूले गरेको यौटा प्राज्ञिक कामको समितिका साथीहरूलाई पनि जानकारी गराएको थिएँ। समितिले पनि घरदेश र परदेशका नारी मुक्तककाहरूका मुक्तक सङ्कलन गर्न सघायो। २४६ जना यौटै ग्रन्थमा समेट्न त्यति सहज भने पक्कै थिएन। प्रेसमा किताब छापिँदै थियो। आफूलाई भने नयाँ पासपोर्टमा अमेरिका जाने भिसा टाँस्नु थियो। काठमाडौँस्थित अमेरिकी राजदूतावासको लाइनमा डाक्टर, ईञ्जिनियर, खेलाडी, सेलिब्रेटी र उतै बसेर फर्केका पनि थिए। आफूभन्दा अगाडि अन्तर्वार्ता दिनेहरू न्याउरो मुख लाएर फर्केको पनि देखेकै थिएँ। सोचेँ– मेरो पहिचान के छ र ? म पनि पहिलो पटक नयाँ अनुभव सँगाल्दै छु। केही सीमित प्रश्नको जवाफमै सिसाभित्रको माइकबाटै प्रश्नकर्ता कुटनीतिज्ञले “कङ्ग्र्याचुलेसन” पौडेलजी भनेपछि ढुक्क भएँ।

नेपाली मुक्तकमा नारी हस्ताक्षर बोकेर बोस्टन उड्नु थियो। २०१९ सेप्टेम्बर १ र २ तारिक नेपाली कम्युनिटी हलमा गैरआवासीय नेपाली सङ्घ भाषा–साहित्य उपसमितिको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन हुँदै थियो । नेपालबाट आमन्त्रित, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्रतिष्ठानकै काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल र यही पङ्क्तिकार।

कुलपति उप्रेती पहिले नै क्यालिफोर्निया उडिसकेका थिए। प्राज्ञ पौडेलको भनाई थियो– पहिले तिम्रो भीसा लागोस् अनि सँगै टिकट काटेर उडौला। आर. आर. कलेजमा नेपाली विषय आई.ए. र बी.ए. पौडेल सरसँगै पढेको थिएँ। गुरुसँग गरिने व्यवहारमा म सानैदेखि सतर्क थिएँ। दुबई र आयरल्यान्डको ट्राञ्जिट काट्दै २२ घन्टा एअरबस चढ्दाका गन्थन रमाइला भए पनि यहाँ नलेखूँ क्यार।

बोस्टन टेकेको पहिलो साँझ एनआरएनएका साथीहरूसँगको भेटघाट नमस्ते रेष्टुराँमा। नाइजेरिया, रसिया, क्यानडालगायत अमेरिकाका विभिन्न राज्यबाट आएका साथीहरू भाषा–साहित्यको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने चिन्तनमा थिए। सम्मेलनकै लागि भनेर नाइजेरियाबाट आएका सङ्घका कोषाध्यक्ष कवि हिक्मत थापा भाषा–साहित्य उपसमितिबाट धेरै काम गर्न सकिने कुरामा ढुक्क थिए।

सम्मेलनको पहिलो शनिबार साँझ हिमालयन बिस्त्रामा विभिन्न देशहरूबाट आएका पाहुनाहरूको परिचय, सन्ध्याकलीन काव्यगोष्ठी र रात्रिभोजको आयोजना गरिएको थियो। कार्यक्रमको संयोजन एनआरएनए म्यासाचुसेट्स च्याप्टरले गरेको थियो। च्याप्टरका अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा भएको सन्ध्याकालीन कविगोष्ठीमा कविता सुनाउनेहरूमा डा. गोविन्दसिंह रावत, हरि अधिकारी, हिक्मत थापा, रमेश पौडेल, गोविन्द गौतम, सुरेन उप्रेती, गीता खत्री, दीपा राई पुन,महेश्वर पन्त, गोवद्र्धन पूजा,सुरेश वाग्ले, कृष्ण कुसुम, हरिकृष्ण काफ्ले शैव, सर्वज्ञ वाग्ले , लालगोपाल सुवेदी, सिर्जना शर्मा, मणि नेपाली पनेरू, ममता कर्माचार्य, अनु शाह, अग्नि पराजुली, तारा उप्रेती, सूर्य भट्टराई, जयराम रेग्मी, लव अधिकारी, नवीन उप्रेती, प्रेम चौँलागाईं, पशुपति सालघारी, गोविन्द गिरी प्रेरणा, लक्ष्मी बजगाईं, जयराम रेग्मी, यम पौडेल, ईश्वरी भट्ट, हरिमाया अधिकारी, र उमा पराजुलीलगायत थिए। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको विशेष आतिथ्यमा सम्पन्न कविगोष्ठीमा तीन दर्जन कविहरूले कविता, गीत, गजल र मुक्तक सुनाए।

सम्मेलनको दोस्रो दिन– बोस्टन र त्यही राज्यका वरिपरि बस्ने नेपालीहरूको पहल र प्रयासमा खोलिएको नेपाली कम्युनिटी हलमा सम्मेलन सुरु भयो। हरितालिका तिजको दिन परेकाले सम्मेलन तोकिएको समयभन्दा केही विलम्बकासाथ आरम्भ भयो। कृति विमोचन, कार्यपत्र प्रस्तुति, प्रवचन र सांस्कृतिक कार्यक्रम सम्मेलनको सूचीमा थियो। सम्मेलनका संयोजक साहित्यकार महेश्वर पन्तले आमन्त्रित अतिथिहरूलाई स्वागत गरेपछि कृति विमोचनको क्रम चल्यो।

सुरुमै सम्मेलनका सूत्रधार साहित्यकार तथा पत्रकार सर्वज्ञ वाग्लेले “नेपाली मुक्तकमा नारी हस्ताक्षर” विमोचन हुने उद्घोष गरे। मञ्चका अगाडि तिजमा सजिएर आएका स–साना नानीहरू थिए। घरदेश र परदेशका २४६ जना नारी मुक्तककारका मुक्तक समाविष्ट कृतिको विमोचन पञ्चकन्याका कलिला हातबाट गराउँदा झन सान्दर्भिक हुन पुग्यो। पञ्चकन्याको छेउछाउमा प्रतिष्ठानका कुलपतिलगायत अन्य अतिथि उभिँदाको झलक साँच्चै मुक्तकिलो थियो।

सम्मेलनका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति उप्रेतीको कथन थियो– यौटै कृतिमा संसारभर छरिएर रहेका २४६ जना नारी मुक्तककारहरूलाई समेट्ने काम सजिलो नभए पनि पौडेलजीको मिहिनेतले मुक्तक विधामा मानक कृति आयो।

पर्वतकी छोरी भन्छिन्, पार्वती नै होलिन् भन्छु
हिमालकी छोरी भन्छिन्, पग्लिएर रोलिन् भन्छु
भृकुटी र सीताभन्दा माथि देख्न चाहन्छु म
मेरो टोपीभन्दा माथि, आकाश पनि छोलिन् भन्छु।

हरितालिका तिजको दिन सम्मेलनको रोष्ट्रममा उभिएर सम्पादकीय मन्तव्य उपर्युक्त मुक्तकबाट दिएँ। यो कृतिमा हरेक स्रष्टाका विभिन्न विषय र भावका ४÷४ वटा मुक्तकका अतिरिक्त प्रा.डा.लक्ष्मण गौतमको “नेपाली मुक्तक लेखनमा नारी स्रष्टाहरूको उपस्थिति र प्रवृत्तिगत वैविध्य” र उपप्राध्यापक ज्ञानु अधिकारीको “नेपाली मुक्तकमा नारी हस्ताक्षर मुक्तकसङ्ग्रहमा नारीचेतनाको अभिव्यक्ति” शीर्षकका गहन आलेखसमेत समाविष्ट छन्। नेपाली मुक्तकमा शोधखोज र अध्ययन गर्न चाहने सबैका लागि सन्दर्भ ग्रन्थ हुनेमा शङ्का नरहेको कुरा सम्मेलनमा सहभागीहरूले सुनाए।

विमोचन सत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित प्रा. डा. हेमनाथ पौडेल, माया ठकुरी, डा. लेखनाथ काफ्ले, गोविन्द गौतम, शशी लुबुम्बु र सुरेन उप्रेतीद्वारा सम्पादित “अन्तरदेशीय नेपाली कथाहरू” र महेश पौड्यालद्वारा अनुदित “डिस्ट्यान्ट सनरेज्” नामक कथासङ्ग्रहको पनि विमोचन गरियो।

सम्मेलनको कार्यपत्र सत्रमा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिएको थियो। कवि हिक्मत थापाले “अफ्रिकामा नेपाली भाषाको अवस्था र चुनौती” डा. गोविन्दसिंह राउतले “नर्थ अमेरिकामा नेपाली साहित्यको इतिहास र आगामी चुनौतीहरू” र गोविन्द गिरी प्रेरणाले अमेरिकाकामा नेपाली साहित्यका बारे कार्यपत्र प्रस्तुत गरे। अन्य विभिन्न देशबाट पनि लिखित कार्यपत्र प्राप्त भएको जानकारी गराइयो।

बोस्टनमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलनले घोषणा पत्र पनि जारी गर्‍यो। भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य दिवसका रूपमा मनाइने, प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय भाषा–साहित्य सम्मेलन गर्दै जाने, अन्तर्राष्ट्रिय क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई छनोट गरी सम्मान गर्ने, नेपालको भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी एक जना नोवेल पुरस्कार विजेता साहित्यकारलाई नेपालमा आमन्त्रण गरी सगरमाथाको आधार शिविरमा पुर्‍याई विश्वसाहित्य सम्मेलन गर्ने आदि योजना पारित गरियो। सम्मेलनको समापन सत्रलाई सांस्कृतिक कार्यक्रमले रौनकता दिएको थियो। सारङ्गीवादनमा विश्व प्रसिद्धि कमाएका श्याम नेपालीको प्रस्तुतिलाई सहभागी सबैले मुक्तकण्ठले तारिफ गरे। बोस्टन सेरोफेरोमा रहेका रञ्जन बुढाथोकी, मीन के.सी., महेश्वर पन्त, राम थापा, सागर खतिवडा, हरिमाया खतिवडा,शान्ता थापा, राज कपुर, सुशील गौतम, अनुभव थपलियाको प्रस्तुति पनि हेर्न र सुन्नलायक थियो।
aawaran@gmail.com

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 180
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.